काठमाडौँ : राजनीतिक स्वार्थमा अदालतबाट समेत प्रमाणित भइसकेको गम्भीर आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिन ल्याएको अध्यादेशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीमा घेरिएका छन्।
जनमत पार्टी र नेत्र विक्रम चन्द समूहका नेताहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने बहानामा सरकारले टिकापुर घटनाका मुख्य योजनाकार ठहर भएका रेसम चौधरीको जन्मकैदको फैसला निष्क्रिय बनाउन अध्यादेश ल्याएपछि कांग्रेसकै नेताहरू विपक्षमा उभिएका छन्।
गएका थिए। घटनापछि फरार रहेका उनी फरार रहेकै समयमा २०७४ को निर्वाचनमा उम्मेदवार बनेर सांसद भएका थिए। डिल्ली बजार जेलमा रहेका उनलाई तत्कालीन एमाले नेतृत्वको सरकारले जेलबाट ल्याएर सांसदको शपथ खुवाएको थियो।
जिल्ला अदालत कैलालीले ०७५ जेठमा चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्ष कैद र एकजनालाई तीन महिना कैदको सजाय सुनाएको थियो । पछि ३ पुस ०७७ मा उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैद सजायको फैसला भएको थियो ।
उच्चले सो घटनालाईआकस्मिक नभई योजनावद्ध रहेको निष्कर्ष निकाल्दै फैसलामा दोहोरो भिडन्त नभई आक्रमणकारीहरुले योजनाबद्ध रुपमा महिला र बालबालिका समेत प्रयोग गरी वारदात घटाएको र यो क्रुर, निर्मम र अमानवीय हिंसाको रुपमा देखिई मानवता विरोधी अपराधको रुपमा लिन सकिने घटना भएको उल्लेख गरेको थियो।
एनसेलको कार्यालयमा बम पड्काउने पनि छुट्ने
२०७५ ललितपुरको एनसेलको कार्यालय अगाडि बम पड्काउँदा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरुङको मृत्यु भएको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द समूहका नवीन विश्वकर्मा पक्राउ परेका थिए।
उनी ०७५ वैशाख ९ गते ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित तत्कालीन प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको घर कम्पाउन्डमा बम विस्फोटन भएको घटनामा समेत संलग्न देखिएका थिए। विप्लव समूहले उनी लगायताको मुद्दा फिर्ता गराउन लबिङ गर्दै आएको छ।
आलमको मुद्दा फिर्ताको षड्यन्त्र ?
निर्वाचनको समयमा हिंसात्मक घटना गराउन बम बनाउनेक्रममा घाइते भएकाहरूलाई इटाभट्टामा लगेर जलाएको अभियोगमा कांग्रेसका नेता मोहम्मद आलम कारागारमा छन्। उनको मुद्दा प्रभावित बनाउन पटक-पटक प्रयास भए पनि काँग्रेस नेताहरू सफल हुन सकेका छैनन्।
२०६४ को चुनावको बेलामा बम बनाउने क्रममा विस्फोट हुँदा मृत्यु भएका र घाइतेलाई उनको निर्देशनमा इँटाभट्टामा राखेर जलाइएको थियो। घटनाको १२ वर्षपछि २०७६ मा बल्ल आलम पक्राउ परेका थिए।
उनको मुद्दामा पटक–पटक पेसी तोकिए पनि फैसला हुन सकेको छैन।
दाङ । दाङमा प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर खुवाउन श्रीमतीले लैजादा गर्दा पक्राउ परेकि छिन ।केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टाेलिले घोराही १५ रतनपुरबाट २० बर्षिय अशोक खड्कालाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।
ब्राउन सुगरसहित श्रीमान पक्राउ परेपछि उनकी श्रीमती २१ बर्षिया बिनिता खड्का नियमितजसो भेटघाटमा आईरहने गर्थिन । तर, उनले हिरासतमै आफ्ना श्रीमानलाई खुवाउन सानो पोका-पोका पारेर ब्राउन सुगर लगेर गएको अबस्थामा फेला परेपछि प्रहरीले आज पक्राउ गरेको छ ।
श्रीमानलाई खाना खुवाउने बेला उनले प्रहरी हिरासतमै ब्राउन सुगर लगेर जाने गरेको खुलेको हो । बिनितालाई प्रहरीले मेडिकल गरेर म्याद थप गर्दै अनुसन्धान सुरु गरेको छ ।
घोराही । दाङमा हनि ट्रयापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका मुद्भा फाटका प्रहरी निरीक्षक सन्जिब बेलबासेले हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
प्रहरी निरीक्षक बेलबासेले तुलसीपुरका एक जना ब्यबसायिलाई व्ल्याकमेलिङ गर्दै मोटाे रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक बेलबासेले घटनाको मतियारको रुपमा पक्राउ परेकि अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
अनुष्कासंग दुइ वटा नागरिकता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता राजन गौतमले उनिहरु विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।
गौतमका अनुसार १० दिनदेखि उनिहरु प्रहरी हिरासतमा रहेका छन । प्रहरी निरीक्षक बेलबासेले उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्रहरीले समातेको हो ।
नर पल्लव लघुकथाकार, कवि, कथाकार र अनुवादक व्यक्तित्व भएका साहित्यकार हुन् । पछिल्लो समय लघुकथामा उनको बढी लगाव रहेको देखिन्छ । लघुकथाकार नर पल्लवको वास्तविक नाम नरबहादुर गुरुङ हो । उनको जन्म माता दुर्गादेवी गुरुङ र पिता होसियारसिंह गुरुङबाट वि.सं. २००४ चैत्र ७ गते भारतको देहरादुनमा भएको हो । नर पल्लवको कर्म क्षेत्र काठमाडौँ हो । हाल उनको बसोबास बुद्धनगर काठमाडौँमा रहेको छ । उनले औपचरिक रूपमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । पेसाका सम्बन्धमा उनले अध्यापनलगायत अनुसन्धान संस्थाहरू, प्राइवेट कम्पनी, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेका छन् ।
नरपल्लवको विशेष गरी अनुवादमा विशेष योगदान रहेको छ । उनका दुईवटा कवितासङ्ग्रह, एउटा कथासङ्ग्रह र छवटा अनुदित कृति प्रकाशित भएका छन् । प्रकाशित मौलिक कृतिहरूमा ‘नसुनिने पदचापहरू’ (कवितासङ्ग्रह, २०४४), छोपिएका पातहरू (कवितासङ्ग्रह, २०७०), र ‘उज्यालोतिरको खोज’ (कथासङग्रह, २०७१) रहेका छन् । त्यस्तै उनले पारिजातको ‘अनिदो पहाडसँगै’ उपन्यासको अङ्ग्रेजीमा ‘Under the Sleepless Mountain’ ( २०६४) शीर्षकमा अनुवाद गरेका छन् । अमेरिकी कवयित्री एमिली डिकिन्सनको ‘Poems by Emily Dikinson’ को नेपाली अनुवाद ‘एमिली डिकिन्सनका कविताहरू’ (कविता सड्ग्रह, २०४१) लगायत ‘Unheard footsteps’ अङ्ग्रेजी अनुवाद (२०७०), महेश पौडयाल ‘इस्माली’को ‘चिम्पेन्जीको चिन्ता’को (बालकथा सङ्ग्रह) अङ्ग्रेजी अनुवाद ‘A Chimpanzee’s Worry’ (२०७३), र अङ्ग्रेजीबाट नेपालीमा अनुवाद ‘विश्वका बालकथा’ (बालकथा सङ्ग्रह, २०७६) शीर्षकमा अनुवाद कृति पनि प्रकाशित भएका छन् । उनले विभिन्न संघ-संस्थाबाट कदर-पत्र / धन्यवाद-पत्र प्राप्त गरेका छन् । उनका साहित्यिक अन्तर्वार्ता एफएम रेडियोबाट प्रशारित भएका छन् ।
नर पल्लवलाई लघुकथाकारका रूपमा हेर्दा उनका लघुकथामा विषयवस्तुमा विविधता, सामाजिक, धार्मिक तथा सांस्कृतिक विषमता, नारीचेतना, वर्गीय विभेद, अन्धविश्वास, सामाजिक अन्याय, अत्याचार, दमन, विभेद, राजनीतिक विषमता जस्ता विशेषता रहेका छन् । नर पल्लवका प्रकाशित विभिन्न लघुकथासङ्ग्रहमध्ये यहाँ नमस्ते आधुनिक लघुकथा मञ्चमा २०७९ साल भदौ ७ गते प्रकाशित लघुकथालाई विविध कोणबाट विश्लेषण गरिएको छ :
कथानक
‘ढुङ्गा’ लघुकथा आफ्नो सुख र स्वार्थ पूरा गर्नका लागि आफ्नी विधवा आमालाई वृद्धाश्रममा पुराएको अनि सामाजिक देखावटीपनका लागि आमाको मुख हेर्ने दिन वृद्धाश्रममा पुगको विषयलाई आधार मानेर लेखिएको छ । यस लघुकथाले समाजमा रहिरहेको यथार्थ चित्रण र आधुनिक भनाउँदा सन्ततिले गर्ने व्यवहार अनि लोक बुझाउन आमाको मुख हेर्ने दिन भेट्न गएर देखाउनु पर्ने कार्यलाई गहन ढङ्गले प्रस्तुत गरिएको छ । आफूले जस्तो कार्य गर्यो त्यस्तै कुरा आफ्ना सन्ततिले पनि सिक्छन् । त्यसैले त्यबाट टाढा रहनुपर्छ भन्ने सङ्केत गरेको छ ।
विधवा आमालाई आमाको मुख हेर्ने दिन भेट्न वृद्धाश्रममा पुगेको प्रसङ्गबाट लघुकथा आरम्भ भएको छ । रमणीय र आध्यात्मिक वातावरणमा आश्रममा ती विधवा आमाले तुलसीको मठसँगै शिवलिङ्ग बनाई जल चढाएको देखेर नातिले जिज्ञासा राखेको छ । जसमा हजुरआमाले शिवभगवान् रहेको हुनाले ईश्वरप्रति आस्था राख्नुपर्छ भनेको विषय विकसित भएको छ । नातिले ईश्वरको पूजा गरी जल चढाउँदा के हुन्छ ? भन्दा सारा दुखकष्ट र सङ्कट नष्ट हुन्छन् भन्ने विश्वास नातिसमक्ष हजुरआमाले गरेकी छन् । लघुकथाको उत्कर्ष स्वरुप हजुरको दुखकष्ट बुवाले हटाउन सक्नुहुन्न र ? भन्दा लघुकथा उत्कर्षमा पुगेको छ । नाति बोलेपछि हजुरआमाले “तेरो बावु त ढुङ्गा भइसकेको छ” भनी व्याङ्ग्यात्मक झटारोबाट कथानक समाप्त भएको छ ।
लघुकथामा वृद्ध विधवा आमाप्रति छोराछोरीको दृष्टिकोण कस्तो हुन्छ ? देखावटीका लागि मात्र आमाको मुख हेर्ने दिन भेट्न जाने अघिपछि वास्ता नगर्ने प्रवृत्तिप्रति नातिको भनाइ र हजुरआमाको भनाइबाट यथार्परक कुरा प्रकट भएको छ । नाति र हजुरआमाको संवादात्मक भूमिकामा लघुकथाको कथानक सलबलाएको छ । यसमा घटना वा विषयवस्तुलाई पात्रका सहायताले उचित परिवेशमा कथानक व्यवस्थापन गरिएको छ । घटनाको अन्त्यभन्दा अगाडि ह्रासको अवस्थामा एकदुई वाक्य प्रकट गनृ सकिएको भए एक्कासी कथा अवतरण हुने थिएन । तर यसरी अकस्मात घटनाको अन्त्य भएपनि विषयवस्तुको सार्थकता र कथाले प्रदान गर्ने सन्देश खजमजिएको छैन । लघुकथाको कथानकमा रहेको विषयवस्तुको क्रम संरचनात्मक रूपले संरचित रहेको देखिन्छ । कथाको विषय र घटनाक्रम सहसम्बन्धित छ । कथानकलाई गति प्रदान गर्नका लागि कथाकारले पात्रलाई सशक्त बनाएर विषायवस्तुलाई अगाडि बढाउन सहयोग गरेकाले यसमा तृतीय पुरुषीय दृष्टिविन्दुको प्रयोग भएको देखिन्छ ।
पात्र वा चरित्र
‘ढुङ्गा’ लघुकथामा विधवा, निरव, र नाति पात्रका रूपमा आएका छन् । प्रस्तुत लघुकथामा विधवा एक वृद्धाश्रममा बस्ने आमा हुन् । उनी निरवकी आमा र नातिकी हजुरआमा हुन् । विधवा वृद्धाश्रमा बसेकी पात्र हुन् । आध्यात्मिक वातावरण रहेको वृद्धाश्रममा विधवा आमाले तुलसीको मठसँगै शिवलिङ्ग निर्माण गरी पूजाआजा गरी बाँच्ने आधार बनाउने पात्र हुन् । ईश्वरको पूजाआजा गर्नाले दु:खकष्ट हरण हुन्छ भन्ने विश्वास व्यक्त गर्ने आध्यात्मिक पात्रका रूपमा भूमिका निभाएकी छन् । विधवा आमा कथामा एक सामाजिक विषयको प्रतिनिधित्व गर्ने आध्यात्मिक, स्नेही, कर्मशील पात्रका रूपमा देखिन्छिन् । छोराको भूमिकामा रहेको निरव समाजको लोकाचार पूरा गर्न आमाको मुख हेर्ने दिन वृद्धाश्रम पुग्ने ढोँगी चरित्रको व्यक्ति हो । यस पात्रले हालको समाजमा देखा परेको वृद्धवृद्धाप्रति छोराबुहारीको दृष्टिकोण र उनका कारण वृद्धाश्रममा पुग्नु परेको कारुणिक अवस्थाको चित्रण गरेको छ । निरव आफ्नो कर्तव्य पूरा नगर्ने संस्कारविहीन आधुनिक सन्ततिको प्रतिनिधित्व गर्ने पात्र हो । लघुकथाको भूमिकामा रहेको नाति एक जिज्ञासु अनि ईश्वर के हो ? भन्ने कुरा जान्न खोज्ने आधुनिक पात्र हो । ईश्वरको पूजा गरेर दुःख हरण हट्छ भन्ने वाक्यांश सुन्दा बुवाले तपाइँको दुःखकष्ट हटाउन सक्नुहुन्न र ? भनी कुरा राख्न सक्ने तेस्रो पुस्ताको व्यक्तिका रूपमा रहेको छ ।
यसरी पात्र चयनका हिसाबले कम पात्र रहेको र पात्रकै सहायताले कथावस्तुलाई गतिशील बनाएको हुनाले लघुकथा पात्रानुकूल रहेको देखिन्छ । पात्रले जुन विषायवस्तुलाई बाँधेको छ त्यसका आधारमा हेर्दा पनि पात्रको प्रयोग सार्थक रहेको छ । यस लघुकथामा पात्रले व्यक्त गर्ने विषय स्तरअनुकूलको कथन बनाउन सकेको भए अझ सशक्त बन्ने देखिन्छ ।
परिवेश
‘ढुङ्गा’ लघुकथाको परिवेश नेपाली समाजको सहरीया परिवेशमा आधारित रहेको देखिन्छ । लघुकथामा आएको वृद्धाश्रमको घटनाले विशेषतः सहरीया परिवेशको सङ्केत गरेको छ । लघुकथाको परिवेश मूलतः वृद्धाश्रमको सेरेफेरोमा घुमेको छ । समयगत रूपमा हेर्ने हो भने पनि आमाको मुख हेर्ने दिनको एक समयको घटना हुनाले पूर्व स्मृतिबाहेक लगभग एकै समयको एक घन्टाको समयभित्र लघुकथा सिर्जना भएको देखिन्छ । यसरी हेर्दा परिवेशले समातेको विषयवस्तु भने सार्थक रहेको छ । यसले गर्दा विषयवस्तुलाई परिवेशले बाँध्न सकेको देखिन्छ ।
उद्देश्य
‘ढुङ्गा’ लघुकथाको मूल उद्देश्य आफ्ना वृद्ध बुवाआमालाई अशक्त भएपछि वृद्धाश्रममा लगेर राखी आफ्ने कर्तव्यबाट पन्छिने प्रवृत्तिको उद्घाटन गर्नु यस कथाको मूल मर्म हो । बुवाआमाको चाहनाविपरीत वृद्ध विधवा आमालाई वृद्धाश्रममा लगेर राख्ने अनि सामाजिक प्रतिष्ठा बढाउनका लागि आमाको मुख हेर्ने दिन त्यही मुख लिएर आमासामु पुगेको देखावटी चरित्रको उछितो काढ्नु पनि कथाको मूल मर्म हो । दोस्रो फुस्ताले वृद्धालाई अपहेलना गरे पनि तेस्रो पुस्ताको नातिमार्फत वृद्धवृद्धाको सेवा गर्नुपर्छ, वृद्धाश्रममा होइन उनीहररूको खुसी दिन सक्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । उमेर पुगेपछि धार्मिक कार्यमा बढी आस्था र विश्वास रहने कुरा पनि विधवा आमाले वृद्धाश्रममै भएपनि तुलसीको मठसँगै शिवलिङ्ग बनाएर पूजा गर्नुले प्रमाणित गरेको छ । जस्तोसुकै दुःखकष्ट भएपनि आफ्ना सन्तानको उन्नति र प्रगतिका लागि आमाको कोमल हृदय हलचल हुँदैन भन्ने कुरा कथाले सङ्केत गरेको छ । ईश्वरीय चिन्तनमा आधारित यस कथामा ईश्वप्रति आस्था राख्दा सबैको भलो हुने धार्मिक तथा हाम्रो सांस्कृतिक मान्यतालाई पनि समावेश गरिएको छ । यस लघुकथामा द्रोस्रो पुस्तामा कमजोरी देखिए पनि तेस्रो पुस्ताको सन्तानले आफ्ना विचार राख्दै “हजुरको दुखकष्ट बुवाले हटाउन सक्नुहुन्न र ?” भन्दै सच्चिनु पर्ने सन्देश प्रवाह गरेको छ । यसरी मूल रूपमा हामीले वृद्धावृद्धाको सम्मान गर्नुपर्छ अनि ईश्वरप्रति आस्था जगाउन सक्नुपर्छ भन्ने सन्देश प्रदान गर्नु लघुकथाको मूल उद्देश्य हो ।
भाषाशैली
‘ढुङ्गा’ लघुकथामा ११ अनुच्छेद र २१९ शब्द रहेका छन् । यो लघुकथा रैखिक संरचनामा संरचित छ । सरल, सहज र स्वभाविक भाषाशैली रहेको यो कथा बोधगम्य रहेको छ । व्याकरणिक रूपले भगवान (भगवान्) जस्ता कसरमसरबाहेक भाव र अर्थका हिसाबले स्वभाविक रहेको छ । विषयवस्तुलाई स्वादिलो बनाई विवरणात्मक ढङ्गले प्रस्तुत भएकाले भाषिक प्रयोग उचित देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको सही प्रयोगले भाषाशैलीमा निख्खरता देखिन्छ । विषयवस्तुअनुसारको भाषिक प्रयोग र पात्रानुकूलको भाषिक प्रयोगले लघुकथाको भाषाशैली सार्थक, सफल र उपयुक्त रहेको छ ।
शीर्षक
‘ढुङ्गा’ लघुकथा एक शब्दमा संरचित छ । ‘ढुङ्गा’ नाम शब्द हो । यसको अर्थ पत्थर, पाषाण भन्ने हुन्छ । यस लघुकथामा छोराको मन ढुङ्गा बनेर आफ्नी आमालाई वृद्धाश्रममा पुराएको छ । यति मात्र नभएर आमाको मुख हेर्ने दिन नातिले बुवाले हजुरको दु;खकष्ट हटाउन सक्नुहुन्न भन्दा आमाको वाक्य तेरो बावु त ढुङ्गा भएको कुरा गरी आफ्ने पीडा, बेदना, छटपटी र कुण्ठा नातिसामु अभिव्यक्त गरेको कारण प्रतीकात्मक रूपमा शीर्षक सार्थक र सफल रहेको छ । यसका साथै विषयवस्तुले छोराबुहारी कडा बनेर विधवा आमालाई वृद्धाश्रममा पुराउनु र आमाको सेवा नगरेको हुनाले विषयवस्तु र शीर्षकबिच सहसम्बन्ध रहेको देखिन्छ । लघुकथामा वर्णित घटनाक्रमअनुसार ढुङ्गारूपी मन र व्यवहार देखाएका कारण शीर्षक चयनका हिसाबले लघुकथा सार्थक र सफल रहेको छ ।
निष्कर्ष
नर पल्लवको ‘ढुङ्गा’ लघुकथा सामाजिक तथा धार्मिक सोचमा आधारित रहेको छ । हाम्रो समाजमा आधुनिक युगका नाममा वृद्धवृद्धालाई गर्ने व्यवहार कस्तो छ ? घरपिरवारको जिम्मेवारीबाट वृद्धबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने सोच रहेको र त्यो सोच समाज परिवर्तनसँग मेल खाएको छैन । बरु कुरीति र कुविचारले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ । जसले आफ्ना सन्तानले त्यही सिक्ने हुनाले खराब संस्कार बस्न सक्ने कुराको सङ्केत गरेको छ । पात्रकै सहायताले कथावस्तुलाई गतिशील बनाएको हुनाले लघुकथा पात्रानुकूल रहेको छ । लघुकथामा पात्रले व्यक्त गर्ने विषय स्तरअनुकूलको कथन बनाउन सक्दा कथा अझ सशक्त बन्न सक्छ । नेपाली समाजको सहरीया परिवेशमा यो लघुकथा आधारित छ । लघुकथाको उद्देश्य आफ्ना वृद्ध बुवाआमालाई अशक्त भएपछि वृद्धाश्रममा लगेर राखी आफ्नो कर्तव्यबाट पन्छिनु हुँदैन भन्ने हो । सरल, सहज र स्वभाविक भाषाशैली रहेको ढुङ्गा लघुकथा बोधगम्य रहेको छ । छोराको मन ढुङ्गा बनेर आफ्नी आमालाई वृद्धाश्रममा पुराएको हुनाले पाषाणयुक्त छोराको मनसँग ढुङ्गालाई दाँजिएकाले शीर्षक चयनका हिसाबले उपयुक्त रहेको छ । मूलत: लघुकथाको आयम, दृष्टिकोण, कथानक, पात्रको चयन, परिवेश, उद्देश्य र भाषाशैलीका आधारमा हेर्दा लघुकथा सबल रहेको छ ।
लघुकथाः ढुङ्गा
नर पल्लव
नर पल्लव
विधवा आश्रममा आश्रित आफ्नी विधवा आमालाई भेट्न आमाको मुख हेर्ने दिन निरव विधवा आश्रम पुगेको थियो। ऊ जस्तै अरु पनि संस्कारविहीन आधुनिक सन्तति लोकापवादबाट बच्न विधवा आश्रम पुगेका थिए।
आश्रमको वातावरण अत्यन्तै स्वच्छ र आध्यात्मिक भावनाले ओतप्रोत थियो। आश्रमभित्र निरवकी विधवा आमाले आफ्नै पहलमा तुलसीको मठसँगै शिवलिङ् स्थापित गरेकी थिइन्। शिवलिङ्मा प्रातः र सन्ध्याकालमा जल अर्पण गर्नु उनको दैनन्दिनको नित्य कर्म थियो। उनको त्यो आस्था नै उनको लागि बाँकी जीवन बाँच्ने एउटा आधार थियो।
आश्रममा आफ्नो बाबु निरवसँग हजुर आमालाई भेट्न आएको सात वर्षीय नाति जिज्ञासु स्वभावको थियो। उसले आफ्नी हजुर आमालाई शिवलिङ्मा जल चढाउँदै गरेको देखेर बालसुलभ जिज्ञासा राख्दै सोध्यो, ‘हजुरआमा…” ‘किन बाबु’? स्नेहिल स्वरमा हजुरआमाले सोधिन्।
“हजुरले यो ढुङ्गामा पानी किन हाल्नु भाको?” जिज्ञासापूर्ण भावमा नातिले सोध्यो।
‘यी त शिव भगवान हुन्। यिनको पूजा गरेको नि!’ ईश्वरप्रतिको आस्था प्रकट गर्दै हजुर आमाले भनिन्।
‘माता र पिताबाहेक अरुको अस्तित्वबाट अनभिज्ञ बालकका लागि ईश्वरको महत्ता बुझ्न कठिन भइरहेको थियो।
हजुरआमा केही क्षण आफैँभित्र हराइन्। बालक नातिले पुनः अर्को जिज्ञासा राख्यो, ‘यसो गर्दा के हुन्छ, हजुर आमा?’
‘यी सबैका दुःख-कष्ट-संङ्कट हर्ता हुन्। यिनले नै मेरा सारा दुःख-कष्ट-सङ्कट हर्छन्, बाबु।’ हजुर आमाले ईश्वरप्रतिको आफ्नो अटल विश्वास व्यक्त गर्दै भनिन्।
हजुर आमाको कुरा सुनेर नातिले फेरि प्रश्न गर्यो, ‘हजुरको दुख-कष्ट बुवाले हटाउन सक्नुहुन्न र?’ अबोध नातिको त्यो बोली सुनेर हजुरआमाले भनिन्,’ होइन, बाबु। तेरो बाबु त ढुङ्गा भइसकेको छ।’
२४ मङ्सिर /घाेराही दाङ हाम्राे नाेवेल वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आफ्नो १४औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डि.सीले आज आयोजित कार्यक्रममा बिच पानसमा बत्ती बालेर उक्त सभाको उद्घाटन गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष सुषमा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरकी उपमेयर हुमा डि.सी. र विशिष्ट अतिथिका रूपमा घोराही -१५ की जनप्रतिनिधि कृष्णा रानाको उपस्थिति रहेकोे थियो ।
संस्थाका उपाध्यक्ष केशवराज ढकालबाट स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा विभिन्न महानुभावहरूले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि हुमा डि.सी.ले सहकारी हरेक निकायसँग जाेडिएकाे हुनाले केवल पैसा जम्मा गर्ने र निकाल्ने मात्र नभई मानिसकाे जीवनकाे हरेक क्षेत्र सँग जाेडिएकाे हुनाले जिम्मेवारी वहन गर्ने कार्यमा सहकारीकाे ठूलाे भुमिका रहेकाे भन्नुहुंँदै शिक्षा,स्वास्थ तथा विभिन्न खाले हिंसाका बारेमा सचेतना जगाउने कार्यमा सहकारीले अझै भूमिका समाजमा अपनाउनु पर्ने कुरामा जाेड दिनुभयो । साथै उहाँले गुरुकुलका विद्यार्थीहरुलाई संस्थाले समेटेकाेमा खुसि प्रकट गर्नुभयाे ।
त्यस्तै विशिष्ट अतिथि घाेराही १५ कि जनप्रतिनिधि सदस्य कृष्णा रानाले आफ्नो मन्तव्य राख्दै संस्थाकाे उन्नति प्रगतिकालागि शुभकामना ब्यक्त गर्नुभयो । साथै उहाँले सहकारीका लागि आफ्नाे व्यक्तिगत तथा वडाकाे तर्फबाट सधै सकारात्मक सहयाेग रहने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै मन्तव्य राख्नुहुनेमा नेपाल अपाङ्ग संग खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाकी अध्यक्ष रुपा वली , गाेरखनाथ वैदिक गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदी ,संस्थाका सल्लाहकार चेतलाल न्याैपाने, शरद शर्मा लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा काेषाध्यक्षकाे प्रतिवेदन /संस्थाकाे आर्थिक प्रतिवेदन काेषाध्यक्षकाे अस्वस्थताका कारण संस्थाका व्यवस्थापक पुर्ण बहादुर वलीले प्रस्तुत गर्नुभएकाे थियाे भने लेखा संयाेजक राजकुमार थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । संस्थाकी अध्यक्ष रेग्मीले संस्थाकाे बार्षिक गतिविधि र आगामि कार्यक्रमका बारेमा जानकारी गराउनु हुँदै सबैका जिज्ञासा माथि प्रकाश पार्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई प्रमुख अतिथिले अबिर दोसल्लाद्वारा सम्मानित गर्नुभएको थियोे । सम्मानित हुनेमा असल ऋणि सदस्यहरू २ जना, असल बचतकर्ता सदस्यहरू २ जना, संस्थालाई याेगदान पुर्याउने सदस्य १ जना, उत्कृष्ट पत्रकार १ जना, असल ऋणि सदस्यहरूबाट २ जना तथा संस्थाका जेष्ठ शेयर सदस्य १ जना हुनुहुन्थ्यो ।
कार्यक्रममा गाेरखनाथ वैदिक गुरुकुल चाैघेराका विद्यार्थीहरुबाट स्वस्ति वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश भट्टराईले गर्नुभएको थियोे ।