प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर खुवाउन लैजादा पक्राउ !

  • २६ मंसिर २०७९, सोमबार २१:४७ मा प्रकाशित
  • दाङ । दाङमा प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर खुवाउन श्रीमतीले लैजादा गर्दा पक्राउ परेकि छिन ।केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टाेलिले घोराही १५ रतनपुरबाट २० बर्षिय अशोक खड्कालाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

    ब्राउन सुगरसहित श्रीमान पक्राउ परेपछि उनकी श्रीमती २१ बर्षिया बिनिता खड्का नियमितजसो भेटघाटमा आईरहने गर्थिन । तर, उनले हिरासतमै आफ्ना श्रीमानलाई खुवाउन सानो पोका-पोका पारेर ब्राउन सुगर लगेर गएको अबस्थामा फेला परेपछि प्रहरीले आज पक्राउ गरेको छ ।

    श्रीमानलाई खाना खुवाउने बेला उनले प्रहरी हिरासतमै ब्राउन सुगर लगेर जाने गरेको खुलेको हो । बिनितालाई प्रहरीले मेडिकल गरेर म्याद थप गर्दै अनुसन्धान सुरु गरेको छ ।

    Leave a Reply