• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १५ असार २०८०, शुक्रबार ११:४७ मा प्रकाशित
  • उदकहरू
    १.
    बिछोड
    सहन गाह्रो
    अन्तिम घडीको निचोड।
    २.
    मर्म
    लेखान्त भएको
    आफैँ भोगिने कर्म।
    ३.
    माया
    कहिल्यै नछाड्ने
    अपत्यारिलो आफ्नै छाया ।
    ४.
    मान
    साथमा गौरव
    उच्चस्तरको सम्मानित सान।
    ५.
    सदाचार
    ज्ञानको भण्डार
    अमुल्य शब्द बिचार ।
    ६.
    हिमाल
    नेपालको सान
    हरेक नागरिकको पहिचान ।
    ७.
    हरियो
    देख्दा सानो
    तीखो मीठो पिरो।
    ८.
    आमा
    निश्वार्थ मनमा
    जगतको भलो सोच्ने।
    ९.
    कर्म
    कहाँ गरिन्छ
    फल पाउने धर्म।
    १०.
    सम्झौता
    जीवन चलाउन
    अपनाइने अनेक बाध्यता।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग साहित्य समाज, नेपालको प्रथम वार्षिकोत्सव विशेष शुभकामना पञ्चाङ्गहरू

  • १४ असार २०८०, बिहीबार १७:०४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अनौपचारीक रूपमा २०७८/०३/०१देखि सुरु भएता पनि  औपचारीक रुपमा वा सरकारी आलेखमा आजैको दिन देखि सुरु भएको हुँदा ( २०७९/०३/१३ )यस दिनलाई विशेष बनाउनको लागि वार्षिक उत्सव विशेष एक एक वटा पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध गर्दछौं।

    पञ्चाङ्ग:०१
    पञ्चाङ्ग भव्य बनाउनु छ हामी मिलेर।
    वार्षिक दिन मनाउनु छ हामी मिलेर।
    आजै हो पञ्चाङ्ग औपचारीक जन्मिएको,
    साझेदारीता जनाउनु छ हामी मिलेर।
    रङ्गीन फूल खनाउनु छ हामी मिलेर।
    -सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    शब्दहरू उत्कृष्ट बुनाैं पञ्चाङ्गलाई।
    अक्षरलाई सधैं गुनाैं पञ्चाङ्गलाई।
    शुभकामना धेरै दिन्छु सफल रहाेस्,
    साहित्यमा जहिल्यै चुनाैं पञ्चाङ्गलाई।
    शिखर चुम्या सधै सुनाैं पञ्चाङ्गलाई ।
    -दामोदर ढकाल दीपक

    पञ्चाङ्ग-०३
    अक्षर-१९
    पञ्चाङ्ग साहित्यलाई शुभकामना भनेकि छु सधँ।
    पञ्चाङ्गको हर दिनमा सच्चा मित्र बनेकि छु सधैँ।
    फलोस र फुलोस पञ्चाङ्गले संसार ढाकेर जावस्
    तिमीले पुग्न नसक्ने गोरेटोपनि खनेकि छु सधैँ ।
    सच्चा साहित्यको कलम दिन रात गनेकि छु सधैँ।
    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जन्मदिनको  कामना गर्छु पञ्चाङ्ग साहित्यलाई ।
    सुन्दरताको  वामना  भर्छु पञ्चाङ्ग साहित्यलाई ।
    नेपालदेखि  विदेशसम्म त  कृति फैलिदै जान्छ ,
    मेलमिलाप  सामना  पर्छु पञ्चाङ्ग साहित्यलाई ।
    हामीसबैको महामना हर्छु पञ्चाङ्ग साहित्यलाई ।
    -सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल:-  काठमाडौं ।

    पञ्चाङ्ग:०५
    पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ।
    पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ।
    अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
    शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ।
    साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    शुभकामना
    मनाउँ वार्षिक उत्सव पञ्चाङ् रहर बनोस,
    सबैको  सुन्ने  बुझ्ने यो  राम्रो खबर  बनोस
    फैलियोस् जगतमा उज्यालो बनेर साहित्ये
    पञ्चाङ्ग युक्तो नेपाली धर्ती र सगर  बनोस्
    लेखौं समाज देशको  साहित्य  घर बनोस।
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:०६
    पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ
    पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ,
    अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
    शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ,
    साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    पञ्चाङ्ग साहित्यको वार्षिकोत्सबमा शुभकामना गरौँ है ।
    जीवन भर पञ्चाङ्ग साहित्यको शव्दमा अक्षर भरौँ है।
    पञ्चाङ्ग साहित्य कृति लेखेर इतिहासमा छाप छोड्नु छ ,
    पञ्चाङ्ग साहित्यका कृतिहरू लेखेर बिश्व भरी छरौँ है।
    पञ्चाङ्ग साहित्य शब्दहरू बाट मानवीय पिडा हरौँ है।
    -बेदु न्यौपाने
    काठमाडौ 💕

    पञ्चाङ्ग:०८
    पुग्याे वर्ष दुई निरन्तर यहाँ पञ्चाङ्ग चल्दै छ याे
    तेस्राे वर्ष प्रवेश भैकन यहाँ पञ्चाङ्ग बल्दै छ याे
    लेखेँ याे शुभकामना छ सबमा छाेटाे विधा सम्झिई
    सम्झेँ उत्सव हाे भनेर अहिले शब्दादि फल्दै छ याे
    धेरै काल पछाडि अक्षरहरू लेखेँ र ढल्दै छ याे।
    -ताेयानाथ सुवेदी
    काठमाडौं कागेश्वरी मनाेहरा-९

    पञ्चाङ्ग:०९
    नेपाली माटोमा जन्म लिन आयौँ शुभकामना ।
    अपार माया भाषा संस्कारमा लायौ शुभकामना
    स्रष्टाको याे मलिलो हातले चलाउँदै गर्दा कलम
    नेपाली बाटोमा खेल्न बढ्न पायौँ  शुभकामना ।
    पञ्चाङ्गमय भावबाट विश्वमा छायौ शुभकामना ।
    -भवानी घिमिरे
    सर्लाही

    शुभकामना:
    पन्चामृत  तयार  हुन्छ  पाँच  तत्व बाट
    हाम्रो शरीर  बनेको   छ पाँच  बस्तु बाट
    पान्चायनको   पुजा  गर्छौं देवी देवलाई
    निर्णय  नि सदर हुन्छ पाँच  मान्छे बाट
    हात   पन्जा  कसिलोभो पाँच  औंला बाट
    -कमला  देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:१०
    दोस्रो वर्ष  प्रवेश  गर्दा  शुभकामना ।
    साहित्यमा पंञ्चाङ्ग भर्दा शुभकामना।
    अनन्तकाल सम्म यो यात्रा चलिरहोस्,
    पंञ्चाङ्ग विधा अघि सर्दा शुभकामना ।
    पंञ्चाङ्ग लेखन म  झर्दा शुभकामना।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:११
    प्रेमले कजाउनू  शुभकामना ।
    मनमा सजाउनू  शुभकामना।
    पञ्चाङ्ग तिमी सदैव स्रष्टा माँझ,
    बाँसझैँ  गजाउनू शुभकामना ।
    मृदङ्ग  बजाउनू शुभकामना ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    शुभकामना
    पञ्चाङ्गलाई साहित्यको घर बनाउनु छ
    सर्जकमा विश्वासको शहर बनाउनु छ
    जन्मदिनको भुगोल शुभकामना राखेर
    काव्यमा प्रकाश छर्की रहर बनाउनु छ
    पञ्चाङ्ग लेखी दैनिकी खवर बनाउनु छ।
    -शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    पञ्चाङ्ग:१२
    वार्षिक उत्सव मनाउ पञ्चाङ्गमा।
    उपस्थिति हामी जनाउ पञ्चाङ्गमा।
    जन्म दिनको भव्य शुभकामना छ,
    फूलमाला हामी खनाउ पञ्चाङमा।
    सबै मिली भव्य बनाउ पञ्चाङ्गमा।
    -ह्यारिस

    पञ्चाङ्ग:१३
    पञ्चाङ्ग तिमी याे धरामा पाइला  गनेर आऊ ।
    हरेक जनकाे मनको वहार बनेर आऊ ।
    ठेस कतै नलागाेस् तिम्रो यात्रामा कामना गर्छु ,
    साहित्यकाे अभिन्न सुन्दर बाटो खनेर आऊ ।
    आर्तकाे गहिरो घाउकाे मलम जनेर आऊ ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग :१४
    पञ्चाङ्ग तिमी हामी माझमा आएको दिन।
    हामी सबैमा खुसियाली नि छाएको दिन।
    हाम्रो माझमा सधैं सधैं राख्नै पाउ भनि,
    पञ्चाङ्गमा मैले  सदस्यता पाएको दिन।
    कहिले पञ्चाङ्ग  तिम्रा लागि धाएको दिन।
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१५
    अक्षर-२५
    अथक प्रयासले जन्म लिई आयौँ  पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    साहित्यमा शुद्ध र संस्कारमा धायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ,
    कलम चलेकाछन् हजारौका यसरी  करोडमा पुगेको हेर्न पाउँ
    हातबाट सेता पन्ना रंगिन पायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    मानव रुपि भावले विश्वमा छायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    -अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:१६
    तिमी मलाई खोज्न आएकी थियौ।
    शुभकामना गीत गाएकी थियौ।
    चेतनाको बिउ निस्किएको दिन,
    जन्मोत्सव देखि रमाएकी थियौ।
    पञ्चभुत् तत्वज्ञान पाएकी थिथौ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    शुभकामना

    पञ्चाङ्ग साहित्यको शहर बनाऊ
    त्यही शहरमा एउटा घर बनाऊ
    पञ्चाङ्ग साहित्य बाषिर्कोत्सबमा
    साहित्यलाई बिश्वको खबर बनाऊ
    पञ्चाङ्ग लेख्ने सबैमा रहर बनाऊ ।

    दुर्गा भट्टराई मोरङ

    पञ्चाङ्ग:१७

    साहित्यको बागमा फुलेको फूल पञ्चाङ्ग।
    खडेरीमा बगेको पानीको मुल पञ्चाङ्ग।
    यसैमा नै हाम्रो मौलिकपन झल्केको छ,
    पुर्खाले रोपेको हो सुन्दर तूल पञ्चाङ्ग।
    हाम्रो सस्कृति र सभ्यताको हुल पञ्चाङ्ग।
    देवकी केसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज, नेपालको प्रथम वार्षिकोत्सव विशेष शुभकामना पञ्चाङ्गहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ४९

  • १४ असार २०८०, बिहीबार ०६:४० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४९ अैाँ ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०३/०११ गते
    भोलि साँझ ८ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
    पञ्चाङ्ग वा सम पञ्चाङ्ग✍️

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- आफूखुसी

    ………………………………………………
    सम पञ्चाङ्ग:०१
    अक्षर-९

    खुशी देख्दा जल्दैछ झन,
    किन दर्द फल्दैछ झन।
    रङ्ग मञ्च जस्तै सजायौँ
    प्रिती आज गल्दैछ झन,
    उस्ले पाउ मल्दैछ झन।

    महल ति ढल्दैछ झन,
    सदा क्रान्ति चल्दैछ झन।
    सच्चा नजर जगतको,
    युग युग बल्दैछ झन,
    उ मृत्युमा टल्दैछ झन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०१

    स्थिर छ जीवन अन्त कतै चलेकाे छैन मेराे शरिर
    दुष्टले जति हानेता पनि गलेको छैन मेरो शरीर।
    दुष्टको सामु मजबुत खम्बा बनेर उभिने छु सधैं,
    दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
    आगो लगाएर जलाउँदा जलेको छैन मेरो शरीर।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    दिन त्यसै उज्यालो हुन्न घाम भएर हाे ।
    मान्छे भन्न लायक हुन्छ काम भएर हाे ।
    आफ्नो स्वार्थ भन्दा माथि उठेर हेर यहाँ ,
    चिठीकाे महत्त्व बढेको खाम भएर हाे ।
    आत्मनिर्भर हुन्छ उही दाम भएर हाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    *******
    गरिबीले विदेशीको कामको कहर भयो।
    कार्यक्षेत्र मरुभूमिको  तातो जहर भयो।।
    भाग्यले जता डोर्यायो उतै जानूपर्ने रै’छ।
    त्यही तातो बगर  गरिवको रहर भयो।।
    मेरो लागि  मरुभूमि नै  ठूलो शहर भयो।।
    ************
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४

    आँसु र वेदनामा  लुकेको हुन्छ माया ।
    पीडा र तनावले   सुकेको हुन्छ माया ।
    तनले हैन   माया    मनले गर्दा  राम्रो ,
    विश्वासको भरमा चुकेको हुन्छ माया ।
    सत्य र भावनामा झुकेको हुन्छ माया ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    आँसु र हासोले जलेको छ जिन्दगी।
    खडेरीले आगो बलेको छ जिन्दगी।
    कहिले घाम कहिले छायाँ बनेर,
    प्रकृतिले सधैं छलेको छ जिन्दगी।
    अकस्मात आज गलेको छ जिन्दगी।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०६
    हामी अगाडि हिड्ने साथीको खुट्टा तान्ने कहिले सम्म
    फरक   विचारलाई   टाउकोमा   हान्ने   कहिले   सम्म
    कमिलाले  कत्रो  जीव  घिसार्छ   मिलेर   एकापसमा
    हामी  भने  आफैंलाई   सर्वेसर्वा   ठान्ने  कहिले  सम्म
    देश  पछि  पर्नुको  कारण  चाहिँ  जान्ने  कहिले  सम्म।
    ✍️पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    बोलेन भनेर आफू महान् बन्नु हुँदैन।
    हेप्न पाए भनेर औंलामा गन्नू हुँदैन।
    समयले दिने छ महान् व्यक्तिको जवाफ,
    मनपरी कोही कसैलाई भन्नु हुँदैन।
    अपराधीलाई जस्तै खेदो खन्नु हुँदैन।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    अक्षर-१७

    गाउँ छोडे केही आशामा स्वार्थी शहरले लुट्यो,
    घाती जगतमा प्रेमको स्वार्थी रहरले लुट्यो।
    जीवनमा रमाएर बाच्ने सप्ना हजारौँ थिए,
    मँनैे खाउँ मँनै लाउको स्वार्थी लहरले लुट्यो,
    दिदा पागलको उपाधी स्वार्थी ठहरले लुट्यो।

    अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    कहिले पहाड बाेक्छौ राम यहाँ  ।
    समुद्रमा पुल हाल्ने काम यहाँ ।
    सीता भेटि आउँदा लङ्का पुगेर ।
    पानीमा देख्दा   युद्धको डाम यहाँ ।
    लस्कर छन् बाँदरका जाम यहाँ ।

    मीना देबकाेटा
    सर्लाही
    पञ्चाङ्ग:१०

    हावा चलेको छ ।
    आस्था ढलेको छ ।
    हुरी बतासले,
    आगो बलेको छ ।
    तन जलेको छ ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:१२

    आज सुकुम्बासी माथि डाेजर चलेकाे छ।
    बेचारा बस्न नपाएर मन जलेकाे छ।
    अब सहारा कतै दिखिन्न जाने कहाँ हाे,
    हेर भाग्यले पनि यिनलाई छलेकाे छ।
    अरुलाई के हुन्छ यिनलाई खलेकाे छ।

    पञ्चाङ्ग:१३

    काेही सध‌ैं नमस्कार गर्छन् विहानै।
    कतिपय पूजा गर्न सर्छन् विहानै।
    खाेट लगाउनु हुन्न दुबै काम राम्राे,
    कति समाजसेवामा झर्छन् विहानै।
    विवेकहीनहरू दारु भर्छन् विहानै।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१४

    बिर्सनेलाइ बिर्सीदेउ सम्झिएर रुने होइन।
    कल्पिकल्पी उसकै यादमा मुहार धुने होइन।
    आफुले नै खोज्नु पर्छ नि आफु भित्रको आत्म खुसी,
    तनाव लिए रोगी हौला अरु केही हुने होइन।
    तिम्रा आँसुले हर्ष दिन्छ अरुलाई छुने होइन।

    सरिता सेढाई धादिङ

    पञ्चाङ्ग:१५
    मनभित्र पिडा भएपनि खुलेर हाँस्नु पर्छ।
    आफ्नै हातले टिपेर नै फूल थुँगा गाँस्नु पर्छ।
    तिमीले मलाइ धाेका दिइ छलेर गए पनि,
    राम्रो कुरा गरेर त नराम्रो कुरा मास्नु पर्छ।
    दु:ख सुख जीवन हाे सम्झी छातिमा टास्नु पर्छ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१५
    मर्दैछ   रहर   के  गर्नु
    ढल्दैछ सहर   के गर्नु
    जब गयौ तिमी मबाट,
    फुट्दैछ  नहर के गर्नु
    चढ्दैछ जहर  के गर्नु ।

    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ४९

    पञ्चाङ्ग चित्रपट भाग- ३३

  • ९ असार २०८०, शनिबार २२:०८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०३/ ७  गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३३ [तेत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग- चित्रपट
    ०१
    अक्षर-२३

    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि।
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियूग लागेछ भन्थे कहालीलाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसंग मायाको नाटक गर्दै संबन्ध गोडेर हिडेपछि।
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०२
    लालाबाला यिनैलाई सम्हालेर बसेको छु।
    मुटु चिरा परे पनि डोरी लाई  कसेको छु।
    आमालाई प्रकृतिकी खानी जस्तै भने पनि,
    हेर्दाहेर्दै आफू त्यही खानीभित्र खसेको छु।
    सङ्गीनी नै बैरी हुॅदा जंजालमा फॅसेको छु।
    घनश्याम पौडेल, पोखरा

    चित्रपट पञ्चाङ्ग:०३

    सन्तानको पिरले  सताएर  बसेको छु ।
    साहुको  ऋणलाई लताएर बसेको छु ।
    समाल्न पनि गाहारो भयो पिरैपिरमा ,
    जिन्दगी तनाव हो  बताएर बसेको छु ।
    बालकलाई   पुगे   मताएर बसेको छु ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०४

    गरीब दुखीको कुरा कसले सुन्ने यहाँ।
    यी लालबालालाई कसरी तुन्ने यहाँ।
    बाल्यकालमै यी आमा विहिन हुन पुगे,
    अब  यिनले  भबिस्य कसरी चुन्ने यहाँ।
    यस्तो अवस्थामा कुरा कसले गुन्ने यहाँ।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०५

    घर छैन थर छैन मायाको पाेकाे  छ ।
    खाली गाेडा नाङ्गो शरीर पेट भाेकाे छ ।
    आमा कता गइन् चटक्कै छाेडी बचेरा ,
    आधुनिकताले नराम्ररी नै छाेकाे छ ।
    छाेराछाेरी टुहुरा भए बाउ  राेकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६

    यी लालाबाला   टुहुरा   भए,  जन्म   दिई छोडी जाँदा।
    दुधमुखे   बालक  रुन्छ, उसले  नाता  तोडी  जाँदा।
    सडकपेटी  छेउमा  यी, निदाएका बुबाको काख,
    जिन्दगानी  अन्धकार भो, उनले बाटो मोडी जाँदा।
    अन्योलमा नै  बित्ने  भयो,  बालापनमा  गोडी जाँदा।
    सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके

    पञ्चाङ्ग-०७
    सिमाहरु  त  मिचिदै  गए थोरै थोरै  किला  सराउदै  जाँदा।
    अन्त्यमा  सिमाना  नै तोडिए  नियम खुकुलो गराउदै जाँदा।
    रीतिथिति नमान्नाले आज नै यस्तो छ भोलि के होला समाज,
    बालबच्चाको  बेहाल  भो  जथाभावी  सिन्दुर  भराउँदै जाँदा।
    खै  कहाँ रह्यो  सिन्दुर  यसको  मूल्य  मान्यता हराउदै जाँदा।
    पशुपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८

    दुखित मान्छेको कुरा कस्ले सुन्छ यहाँ।
    बालबच्चा हेरचाह कस्तो हुन्छ यहाँ।
    सडक पेटीमा बाबुको हालत यस्तो,
    बालक अधिकार खोजेर रुन्छ यहाँ।
    आमा बिनाका टुहुरा यसै बन्छ यहाँ।
    भगवती दवाडी,झापा

    पञ्चाङ्ग:०९
    यी  मुहारहरु    रुवाएर   बसुँ  कसरी।
    आफ्नै नजरबाट  झरेर  खसुँ  कसरी।
    एक्लै एक्लै  सडकमा अलपत्र छाेडेर,
    कर्म  गर्न  भनेर  कम्मर  कसुँ  कसरी।
    लड्खडाएका यी घुँडाहरु धसुँ कसरी।

    पञ्चाङ्ग:१०
    ******
    यी ज्यानका टुक्रा कसरी पो फालौँ मैले।
    दुःखलाई खाल्डोमा  कसरी हालौ मैले।।
    न   हातमा  काम छ  न  कुनै  ईलिमा नै,
    यो  जिन्दगीलाई कसरी पो चालौँ मैले।।
    नबलेको  चुल्हो कसरी पो  बालौँ मैले।।
    ************
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:११

    यो समय देखी डर लाग्छ ।
    जसरी पानीमा तर लाग्छ ।
    कसरी भनुँ म सबै सामु,
    आफ्नै मानिसको भर लाग्छ ।
    आँखा छोपी रुन कर लाग्छ ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:१२

    घरबार छैन तर मायाको पोको छ यहाँ।
    शरीर ढाक्ने लुगा छैन पेट भोको छ यहाँ
    नालामा बच्चा छोडेर गइन आमा खै कता,
    पश्चिमी शैलीले नराम्ररी नै छोको छ यहाँ 
    यो देखेर बाउ धरधरी नै रोको छ यहाँ ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१३

    यी लालाबाला सम्हालेर बाँच्नु छ  अब।
    अामा, बाबाको माया दिई साँच्नु छ अब।
    सिन्दुर हालेर  ल्याएकीले छाेडेपछि,
    समस्याको जस्तै नि  लठ्ठी भाँच्नु छ  अब।
    जीवनरुपी  सङ्गीतमा नाच्नु छ अब।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४

    यो जिन्दगीको भारी बिसाउ कहाँ गएर।
    मैले दुःखको आँशु मिसाउ कहाँ गएर।
    लालाबालालाई छोडेर  एक्लै के गरु म,
    जलेको तन मन  चिसाउ कहाँ गएर।
    लालाबाला छोडेर  रिसाउ कहाँ गएर।
    ह्यारिस

    पञ्चाङ्ग:१५
    दुःखी भएर जिउन कति गार्‍हो हुन्छ।
    फाटेको मन सिउन कति गार्‍हो हुन्छ।
    भाग्य मेरो खोटो रैछ ,अभागी भो कर्म,
    जहिल्यै आँसु पिउन कति गार्‍हो हुन्छ।
    आमाको माया दिउन कति गार्‍हो हुन्छ।

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:१६
    आफ्नो भन्दा अरूलाई जिउने कहर भयो।
    मेरो यो जिन्दगी  पानी  सुकेको  नहर भयो।
    छैन गास बास कपास पाल्नु छ लाला बाला,
    महंगी   गरिबहरुको  लागि   जहर    भयो।
    दु:ख  सुख  जसरी  नि जिउने शहर भयो।
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१७

    मायाको लौरो म टेकाउँ कसरी।
    पेटको अागो खै सेकाउँ कसरी।
    महङ्गी म भन्दा धेरै भयो अग्लो,
    कसको खातामा लेखाउँ कसरी।
    यो कन्तबिजोग देखाउँ कसरी।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१८

    बाबुले संसारमा सन्तान छाेडेकाे देखेकाे छैन।
    साह्रै कष्ट भएपनि मुख माेडेकाे देखेकाे छैन।
    धनमनकाे पछिलाग्ने निष्ठुरी आमा हेर कस्ती,
    यस्ताे हुँदा बाबुले टाउकाे फाेडेकाे देखेकाे छैन।
    यस्ता बाबुले नयाँ सम्बन्ध जाेडेकाे देखेकाे छैन।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१९
    सम्बन्ध दाेहाेराे ननिभाएर व्यथा बढ्छ यहाँ ।
    परम्परागत तिखो काँडाे मुटुमा गढ्छ यहाँ ।
    एकाेहाेराे जिम्मेवारी धान्न सक्दैन कसैले नि,
    जसलाई अबला भन्छ समय नै पढ्छ यहाँ ।
    समता नहुँदा यसरी समस्या उभाे चढ्छ यहाँ ।

    मिना देवकोटा
    सर्लाही ।

    पञ्चाङ्ग:२०
    कसैले हेर्दैनन् यहाँ समस्या पर्दा पनि।
    बुझ्दैनन् कोही नि आँखामा आँसु झर्दा पनि।
    लुटि रह्यो समयले मेरा खुसी नै सबै,
    नदेखे झैं हुने कैयौ पटक मर्दा पनि।
    दुःख हटेन  परिश्रम जति गर्दा पनि।

    केसी उर्मिला
    धनकुटा

    पञ्चाङ्ग:२१
    अक्षर-१८

    लाला र बालाको भोको पेट भरेर देखाउनुछ,
    आमाले गर्ने माया बाउले गरेर देखाउनुछ
    हो नियतले ठगेका हामि कस्लाई दोष दिनुर?
    एक्लो महसुसमा नजिकै सरेर देखाउनुछ,
    खोसेको कर्मलाई आफैले हरेर देखाउनुछ।

    अनुप आचार्य
    के टि एम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ३३

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १०९

  • ९ असार २०८०, शनिबार २२:०२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    साथ
    आमाको काख
    सन्तानको निमित्त लाख !

    • वसन्त अनुभव, दाङ

    [२]
    विकराल
    वर्तमान हाल
    हाम्री आमा नेपाल !

    • अमृत सुवेदी, कास्की

    [३]
    आमा
    तिमी ठूलो
    मेरो यो दुनियाँमा !

    • बालकृष्ण खनाल, टीकापुर

    [४]
    बाघ
    खाएर सन्तान
    कसैलाई टुहुरो नबनाउनु !

    • सुशिला पौडेल

    [५]
    प्राण
    बाघको हातमा
    बच्चा आमाको साथमा !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [६]
    आमा
    आफैँ मृत्युमा
    बबुरो बेखबर काखमा !

    • जमुना कायस्थ, पोखरा

    [७]
    जननी
    सन्तानको लागि
    लगाउँछिन् ज्यानको बाजी ।

    • दुर्गा भट्टराई, मोरङ

    [८]
    बाघ
    परम्परागत कर्म
    गुम्छ कि अस्तित्व !

    • रोशन पराजुली, सुनसरी

    [९]
    बालो
    आमाको काख
    टुहुरा नबना काख !

    • भवानी घिमिरे, सर्लाही

    [१०]
    अनभिज्ञ
    महाप्रलयको समय
    सम्पूर्ण सहारा आमा !

    • गुणनिधि घिमिरे, अमेरिका

    [११]
    भोक
    मायाको संसार
    शून्य चेतनाको उपहार !

    • होम प्रसाद न्यौपाने, धरान

    [१२]
    आमा
    धर्ती माता
    छुट्दैन कहिल्यै नाता !

    • टीकाराम पुन ‘टीपु’, सल्यान

    [१३]
    आमा
    सन्तानकाे लागि
    ईश्वरकाे एक रूप !

    • उर्मिला के.शी.

    [१४]
    अनौठो
    भोकाएको बाघ
    सन्तानलाई आमाको काख !

    • बेदु न्यौपाने, काठमाडौँ

    [१५]
    समता
    आमाकाे ममता
    मृत्यु सहने क्षमता !

    • निरज कोइराला, इटहरी

    [१६]
    प्राणी
    आहारा कसैको
    आमाकै काख प्यारो !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    [१७]
    आमा
    सन्तानको लागि
    लगाउँछिन् ज्यानको बाजी !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१८]
    आमा
    तिम्रो काख़
    आखिर मृत्युभन्दा प्यारो !

    • सुनिल स्मृती, रोल्पा

    [१९]
    काल
    चितुवाको जाल
    माउ बच्चा एकताल !

    • अच्युत घिमिरे, भुटान

    [२०]
    आमा
    प्राण गएको
    बबुरोलाई थाहा नहुने !

    • पशपती राई, खोटाङ

    [२१]
    आमा
    सन्तानकाे लागि
    ज्यानै बाजी लगाउने !

    • सरिता सेढाई, धादिङ

    [२२]
    मार्छ
    बलियाले निर्धालाई
    यत्रतत्र हेर सर्वत्र !

    • मङ्गला उपाध्याय, बारा

    [२३]
    आमा
    बाघको मुखमा
    बच्चा पर्‍यो आपतमा !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [२४]
    दृश्य
    सकिन्न हाँस्नलाई
    गर्दैछ सङ्घर्ष बाँच्नलाई !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [२५]
    प्याराे
    आमाको काख
    ढुक्कले लियाे साथ !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [२६]
    निष्ठुरी
    भयो शिकारी
    यताउता कतै नहेरी !

    • घनश्याम पौडेल, पोखरा

    [२७]
    आमा
    मृत्युको मुखमा
    अटुट बन्धन साथमा !

    • समुन्द्रा शर्मा
      इटहरी, सुनसरी

    [२८]
    भोक
    अनौठो रोग
    जीवन कहालिँदो शोक !

    • सविता के.सी.

    [२९]
    आमा
    सन्तानको खातिर
    राख्दछन् ज्यान धरापमा !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [३०]
    संसार
    कालको गास
    बेखबर चलिरहेछ दौडिरहेछ !

    • टेकनारायण रिमाल ‘कौशिक’
      याङ्गौँ, म्यान्मा(बर्मा)

    [३१]
    जिन्दगी
    घाम छाया
    अतुलनीय आमाको माया !

    • शिव ज्ञवाली, गुल्मी

    [३२]
    विस्वास
    आमाको काख
    मृत्युभन्दा पनि प्यारो !

    • रमा पन्त, पाल्पा

    [३३]
    कथा
    जीवन सङ्घर्षको
    बच्चा बाँच्ने आशा !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [३४]
    आमा
    ममताका लागि
    ईश्वरले गरेको सिर्जना !

    • देवी पन्थी

    [३५]
    माता
    सन्तानको खातिर
    लगाउने ज्यानको बाजी !

    • टीकाराम लामिछाने, कैलाली

    [३६]
    आमा
    उड्दैछ प्राणपखेरु
    बुझ्दैन दुष्टले प्रेम !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३७]
    छहारी
    आमाको माया
    गर्मीमा शितल छाया !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [३८]
    आमा
    सन्तानको निम्ति
    त्यागिन् शरीर किम्मती !

    • रिता खराल, रुपन्देही

    [३९]
    प्राणी
    कसैको आहारा
    ममता संतानको सहारा !

    • बद्री पोखरेल, विराटनगर

    [४०]
    आमा
    सबैकी प्यारी
    मृत्यु एउटा माध्यम !

    • पं ज्यो तोयनाथ सुवेदी, हेटौंडा

    [४१]
    अप्ठ्यारो
    कालको मुखसम्म
    आमाको काख प्यारो !

    • दुर्गा भमरकोटे, कपन

    [४२]
    बिडम्बना
    कालको मुख
    आमाको काख सुख !

    • धनमाया चौधरी, कैलाली

    [४३]
    भोक
    आक्रमणको सिकार
    आमासँग मृत्युको शोक !

    • दुर्गा आचार्य, मोरङ

    [४४]
    जीवन
    बाघको मुख
    हिर्दय बुझाउने शोक !

    • घनश्याम पौडेल
      गौरीगङ्गा -९, कैलाली

    [४५]
    आमा
    सृष्टि कर्ता
    सधैँ सन्तानका साथम !

    • सरस्वती वली, बर्दिया, नेपाल

    [४६]
    विडम्बना
    कस्तो यो?
    बच्चाको सहारामा चोट !
    धर्मी शाक्य, बुटवल, रुपन्देही

    [४७]
    साथ
    जननीको हात
    नछुटोस् आमाको काख !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४८]
    आक्रमण
    विलख बन्धन
    शत्रुको मुखमा आमा !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [४९]
    मममा
    मायाकी खानी
    आमा मनकी रानी !

    • शारदा आचार्य, ललितपुर

    [५०]
    आमा
    मृत्युकाे मुखमा
    सदैव सन्तानकाे माया !

    • श्रद्धा आचार्य, पोखरा

    [५१]
    नियामक
    जीव जगत्
    भाेक प्रकृतिकाे देन !

    • टीकाराम जोशी, काठमाडौँ

    [५२]
    आमा
    ममताकी खानी
    बाघका मुखमा जिन्दगानी !

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [५३]
    आमा
    बाघको आहार
    सन्तान छोडेन काख !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न.पा.-३

    [५४]
    माथ
    पक्रियो बाघ
    प्यारो आमाको काख !

    • कमला देवकोटा, पाल्पा

    [५५]
    क्रुरता
    जातिय गुण
    मातृप्रेम र मातृवात्सलमयता !

    • कण्ठराज गिरी, टीकापुर

    [५६]
    आमा
    बाघको मुखमा
    बच्चो साथै खोकिलामा !

    • विवश पारदर्शी, झापा

    [५७]
    आमा
    तिमी छ्यौ
    बिचमा को आयो ?

    • लक्ष्मी रिजाल, सप्तरी

    [५८]
    सजीव
    मृत्युको काख
    आखिर समयको दास !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [५९]
    अवस्था
    मृत्यु सामुन्ने
    सन्तान नभुल्ने आमाले !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    [६०]
    आत्मघात
    अति राष्ट्रवाद
    उल्टो शत्रुलाई फलिफाप

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६१]
    आमा
    आफूलाई भुलेर
    सन्तानको भलो सोच्ने !

    • कविता आचार्य, कैलाली

    [६२]
    बाघ
    डरलाग्दो स्वरूप
    न्यानो आमाको काख !

    • आर्त अकुलीन, कैलाली

    [६३]
    आमा
    मृत्युको मुखमा
    सन्तानलाई मातृकाेख प्याराे !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [६४]
    आमा
    गर्छिन् सङ्घर्ष
    आफ्नो सन्तान बचाउन !

    • राजकुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [६५]
    आमा
    बाघकाे सिकार
    बच्चाकाे आमाप्रतिकाे माया !

    • नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १०९

    ‘लघुकथा वन्दना’को लोकार्पण कार्यक्रम सम्पन्न

  • ९ असार २०८०, शनिबार २०:१२ मा प्रकाशित
  • डा.विदुर चालिसेद्वारा रचित एवम् नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रस्तुत ‘लघुकथा वन्दना’को शनिबार लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो पाँचौँ जन्मदिवसको अवसर पारेर शनिबार अपरान्ह भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी लघुकथा वन्दनाको लोकार्पण गरेको हो ।

    नआलमका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को प्रस्तुति, लघुकथा वन्दनामा वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेको शब्द रचना, मुरलीधरको सङ्गीत र आनन्द कार्कीको सुमधुर स्वरमा रहेको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार, कवि प्रा.डा.कृष्णहरि बरालले बन्दनाको लिरिकल भिडियो बजाएर विमोचन गर्नुभएको थियोे ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले वन्दना नेपाली र संस्कृत शब्दको समिश्रणबाट बनेको र अत्यन्त सुमधुर रहेकोे बताउनुभयो । वन्दनाको रचना, सङ्गीत र गायन कठिन हुँदाहुँदै पनि अत्यन्त सहज ढङ्गले यति मिठो सृजना पस्केकोमा सबैको प्रशंसा गर्नुभयो ।

    लोकार्पित लघुकथा वन्दनाको समालोचना समालोचकद्वय डा.लेखप्रसाद निरौला र डा.बासुदेव काफ्लेले गर्नुभएको थियोे ।
    कार्यक्रममा डा. विदुर चालिसे, डा.हिमलाल पन्थी, राजेन्द्र कुँवर, प्रमोद प्याकुरेल, गंगा कर्माचार्य, अच्युत घिमिरे, अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा प्रा. डा.कृष्णहरि बराल, डा.लेखप्रसाद निरौला, डा.बासुदेव काफ्ले, डा.हिमलाल श्रेष्ठ, अनन्तराज उपाध्याय, त्रिलोचन ढकाल, कृष्ण बजगाई, आनन्द कार्की, गंगा कर्माचार्य, रामकुमार पण्डित, प्रमोद प्याकुरेल, डा. शेखर कुमार श्रेष्ठ, शेखर अर्याल, वसन्त अनुभव, अनुग्रह राना मगर, सि.एन बन्जाडे, जयदेश श्रेष्ठ, कर्ण दयाल, कृष्ण सुवेदी, लता के.सी., मित्र उराठी गौतम, मुरारी सिग्देल, राजेन्द्र कुँवर, उमेश कुमार, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अच्युत घिमिरे, सुधा बास्कोटा ढकाल, राजन घले, म्यामराज राई, शिवहरि अधिकारी, प्रभादेवी पौडेल, रचना शर्मा, मीठू कुमारी पाठक, कमल पौडेल, प्रकृती बराल, निर्मला, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत थुप्रै लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, सञ्चारकर्मी एवम् शुभेच्छुकहरूको उपस्थिति रहेकोे थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालकद्वय प्रतीक्षा पौडेल र आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘लघुकथा वन्दना’को लोकार्पण कार्यक्रम सम्पन्न

    युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई “हेमलता स्मृति लघुकथा सम्मान-२०८०”

  • ९ असार २०८०, शनिबार ०८:२५ मा प्रकाशित
  • युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’ ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मानित हुनुभएको छ । आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।


    कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथा विशेष कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।


    एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको जनाइएको छ । यो सम्मानबाट गतवर्ष युवा लघुकथाकारद्वय वसन्त अनुभव र नानी विभु सम्मानित हुनुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई “हेमलता स्मृति लघुकथा सम्मान-२०८०”

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४८

  • ७ असार २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४८ [अठचालिसौँ] ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०३/०५ गते  समय :- साँझ ८ बजे ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- आफूखुसी

    ………………………………………………
    पञ्चाङ्ग:०१
    सुख दुःख घुमिफिरी आउँछ जीवनमा।
    सुखसंगै दुःख पछि धाउँछ जीवनमा।
    आफू आफैलाई महान् नठान्नु महोदय
    त्यो महानताले के के पाउँछ जीवनमा।
    महान् बन्न खोज्ने बिल्ला लाउँछ जीवनमा।
    सुशीला पाैडेल

    पञ्चाङ्ग-२
    जग्गा राम्रो कुलो पैनी आली हुदा खेरि ,
    मंसिर राम्रो झुल्दछ बाली हुदा खेरि।
    बित्यो जीवन संघर्ष लक्ष्य भेटिएन,
    उपदेश बुद्धको नै गाली हुदा खेरि,
    कसरी फुल चोरी भो माली हुदा खेरि।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०३
    जस्तो चल्छ चल्न दिनु आफ्नै हो ।
    आगो बोल्छ बल्न दिनु आफ्नै हो ।
    जानेको गर्नु पर्छ नजानेको हुन्न है ,
    वृक्ष जस्तै   फल्न दिनु आफ्नै हो ।
    आफै  तिर  ढल्न दिनु  आफ्नै हो ।

    सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।

    पञ्चाङ्ग:०४
    समाजको नजरमा गिर्छु कि भन्ने डर छ।
    अस्मितामा धब्बाहरू भिर्छु कि भन्ने डर छ।
    नपरोस् है भगवान गलत कदम चाल्न,
    गन्तव्यहिन गल्लिमा छिर्छु कि भन्ने डर छ।
    रोगी ति बा-आमालाइ पिर्छु कि भन्ने डर छ।
    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग :०५
    छातिभित्र यादको भण्डार सकिएको छ
    मेरो माया जबर्जस्त फिर्ता  लगिएको छ
    यादमा  तड्पाइ-तड्पाइ  सताएर  पनि,
    मलाई  नै  धोखेबाज  पनि भनिएको छ
    झुक्याएर मलाई  नै किन  छलिएको छ
    -दस्ता कौशिक,पाँचथर।

    पञ्चाङ्ग:०६
    काेही सजिलै कागज काेरेर खाएका छन्  ।
    काेही पर्ती त्यो बाँझो फाेरेर खाएका छन् ।
    गरिब पसिना बगाउँदै कष्टमा यहाँ ,
    श्रम बेच्दै दुई छाक जाेरेर खाएका छन् ।
    प्राण अल्झाउँन दु:ख घाेरेर खाएका छन् ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग ०७
    एउटीलाई काखा अर्कीलाई पाखा सार्दै  गर।
    लाग्छकी जिउ त्यसकाे भनेर  घिउ खार्दै गर।
    एकदिन  हेलाकाे फेला नि अवस्य परिन्छ है।
    उसकाे अगाडि आफुलाई सधैनै हार्दै गर।
    अब केगरेर सक्छौ तिमी जालमा पार्दै गर।
    मनिषा विष्ट
    मेचिनगर १५

    पञ्चाङ्ग:०८
    पापी अधर्मिको  अन्त्य गरि देउ।
    दुखी,गरिबको पेट भरि देउ।
    अरूको कुभलो सोच्नेलाई अब,
    सद्बुद्धि,ज्ञानको ज्योति छरि देउ। 

    पापीमा भएको खुसी हरि देउ।
    ह्यारिस

    पञ्चाङ्ग:०९
    जीवन सङ्गै छ मृत्यु तर किन डराएको छ मान्छे।
    मृत्युु भन्ने बित्तिकै जोड जोडले कराएको छ मान्छे।
    आखिर मृत्युु त सृष्टिको नियम हो कति बुझाउनु,
    मृत्युको भयले उसको अस्तित्व हराएको छ मान्छे ।
    मृत्युको हल्ला सुनाएर जीउँदै मराएको छ मान्छे ।
    -पशपती

    पञ्चाङ्ग:१०
    शिक्षालाई नि सीपसँग जोड्नु पर्छ अब।
    श्रमजीवी बन्न मै मन जोड्नु पर्छ अब।
    विकासको मार्ग कोर्न लिनु पर्छ तालिम,
    मानवको दानवी रूप गोड्नु पर्छ अब।
    भावी पुस्ताले आहा! भनि छोड्नु पर्छ अब।
    सरिता काफ्ले
    कोहलपुर बाँके

    पञ्चाङ्ग:११
    एउटा दिमाग चल्छ चल्दैन हिड्न खुट्टा,
    उकाली अोराली भिर गल्दैन हिड्न खुट्टा
    छैन   गौरव   मलाई   बाँचेको   कुनै   पनि,
    काँडा सीसा जे जे टेक्छ छल्दैन हिड्न खुट्टा,
    मार्ग लिन्छ वीरताको ढल्दैन हिड्दा खुट्टा ।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    पञ्चाङ्ग:१२
    भर  कसैको  नपर्नु  जिन्दगीमा ।
    अरुको आशा नगर्नु जिन्दगीमा ।
    आफ्नै परिश्रम  गर्न  जान्नु  पर्छ ,
    कसैको सुख नहर्नु  जिन्दगीमा ।
    माथिको तल नझर्नु जिन्दगीमा ।
      बेदु न्यौपाने
      काठमाडौ

    पञ्चाङ्ग :१३
    भोकमा त जस्तो नि खाइन्छ अरे।
    भाग्यमा जे छ तेही पाइन्छ अरे।
    खै के भनु के गरु सोच्नै सकिन,
    उकाली ओराली नि धाइन्छ अरे।
    दुःख परोस् जस्तो नि लाइन्छ अरे।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१४
    नबताउनु अब मेरो खबर जिन्दगाीलाई।
    पुरानाभए भोनतान रबर जिन्दगीलाई।
    मुखियामा चालक कस्तो आलोचक खुल्दुली,
    अपमान  हुँदै  रहेछ अबर जिन्दगीलाई।
    बनाई छाडे आखिरमा गबर जिन्दगीलाई।
    ✍️डिल्ली राज घिमिरे
    अर्घाखाँची

    पञ्चाङ्ग:१५
    जिन्दगीभर म तिम्रै साथमा हुनेछु प्रिय।
    अापत  बिपतमा  तिमीसंगै रुनेछु प्रिय।।
    खुसीसाथ जीवन बिताउने प्रयास गरौँ।
    म देखि टाढिए अाँसुले मुख धुनेछु प्रिय।।
    हरेक दिन म  तिम्रो पाउमा छुनेछु प्रिय।
    मल्ल लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    पञ्चाङ्ग:१६
    बितेका हरेक पल तिम्रो सम्झना काटिदै थियो।
    फाटेको लुगा अनि जाडोले बदन बाटिदै थियो।
    अहिले आएर ठूलो मान्छे हुदा कोहि थिएन रे,
    सपनाअर्काको भाँडा माझ्दा चिसोले लाटिदै थियो।
    अहंकारले गर्दा आज आफ्नै चिता खाटिदै थियो ।
    अम्विका अधिकारी
    झापा विर्तामोड

    पञ्चाङ्ग-१७
    माटोको मुर्ति कसैको नाम शिव पार्वती अनि काली हुन्छ।
    माग्दा पुगे सबैको भगवान नत्र उल्टै दिने गाली हुन्छ।
    पैसा चढाउँन जानेहरू भिड लाग्छन्  जहिले मन्दिरमा ,
    बाहिर हेर्दा माग्न बसेका मगन्तेका कचौरो खाली हुन्छ।
    फेरि किन त्यहीँ मान्छे नै मानव अधिकारको माली हुन्छ।
    अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:१८
    आफ्नै क्षमताकै बलमा बाँच्न जानेकी छु मैले।
    मन भित्रै कै मुटुलाई साँच्न जानेकी छु मैले।
    कुरै कुरा ओछाएर हैन विश्वास देखाएर,
    अरूका कुरा सुनेर नै जाँच्न जानेकी छु मैले।
    बाेलेकाे भरैमा नै मन भाँच्न जानेकी छु मैले।
    प्रविणा पल्लवी
    महाेत्तरी

    पञ्चाङ्ग: १९
    हातेमालो गरेर जीवन चल्छ सबैको।
    साथ राम्रो भयो भने दीप जल्छ सबैको।
    बिहानी शीतल हावामा आनन्द बिसाइ,
    मानवले दानव देखाए गल्छ सबैको।
    मानवको साथमा उज्यालो बल्छ सबैको।
    जानुका गौतम

    पञ्चाङ्ग :२०
    कसैले हारे यहाँ कसैकाे जीत हुने रहेछ।
    धाेका पाएपछि जिन्दगी नै गीत हुने रहेछ।
    सुख, दु:ख पलपल आउँछन् , जान्छन् घरीघरी,
    मिल्नु,छुट्टिनु पाे जीवनकाे रीत हुने रहेछ।
    हाँस्नु,रुनुले यहाँ  सवैकाे हित हुने  रहेछ।

    ✍️उर्मिला के.शी., धनकुटा  ।

    पञ्चाङ्ग:२१
    अाफ्नै देशको माटोको भर राम्रो।
    पुर्खाले दिएको हाम्रो  थर राम्रो।
    हरियाली भरिएको देश
    हाम्रो,
    वरिपरि छ पिपल वर
    राम्रो।
    माटोको बनाेटकाे त्यो  घर राम्रो ।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:२२
    असार दुई गते बाढीले सङ्खुवासभा बगाएको छ।
    जिउने आधार र बासस्थान हामीबाट भगाएको छ।
    नेताहरु राहतको नाम दिएर फोटो खिच्छन जान्छन्,
    पीडितले मागेका जड्याैरी नाङ्गो ढाक्न लगाएको छ।
    पीडितको ब्यबस्था गर्न सरकार सँग मगाएको छ ।

    तारा घिमिरे स्वेच्छा
    सङ्खुवासभा

    पञ्चाङ्ग:२३
    जिन्दगीमा रङ्ग धेरै भरौँ हामी
    काँध जोडी सधैँ हिँड्ने गरौँ हामी
    जुनी अर्को फेर्न पर्दा कता कता
    खुशी हुँदै खोला नदी तरौँ हामी
    लक्ष्य चुम्न सक्दो अघि सरौँ हामी ।

    प्रभा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४८

    पञ्चाङ्ग चित्रपट भाग- ३२ सप्पन्न

  • २ असार २०८०, शनिबार १९:५९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३२
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०३/०१ गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३२ [बत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    मान्छे दैवको भरमा छन् ।
    सुख र दुःख करमा छन ।
    गरिबी सारा हेर आफै,
    पीडाले सबै डरमा छन् ।
    बाटोको खुला घरमा छन् ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    जिन्दगीको हर मोडमा दुख पनि खेप्नु पर्छ।
    कहिले काहीं मनै भित्र बेदनाको चेप्नु पर्छ।
    सम्पूर्ण चक्रको चावी भगवानको हातमा छ,
    अत्यावश्यक कार्यको शुद्ध भावले छेप्नु पर्छ।
    भत्किन लागेको दुखद घरलाई लेप्नु पर्छ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    जस्तोसुकै भए पनि मेरो घर यही हो।
    हिॅउद र झरीभरी हाम्रो भर यही हो।
    बाध्यतामा परेर जसो पनि हुन सक्छ,
    यही पनि हडप्देलान् भन्ने डर यही हो।
    मनले नमाने पनि यत्य तर यही हो।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    पीरमा परें दु:खले झार्‍यो  भाग्य नै यस्तै छ ।
    शरीरलाई शिथिल पार्‍यो  भाग्य नै यस्तै छ ।
    देखेको  नपाइने   रहेछ   पाइन्छ    लेखेको ,
    आफूलाई  ईश्वरले  तार्‍यो भाग्य नै यस्तै छ ।
    सबैभन्दा शोषकले मार्‍यो भाग्य नै यस्तै छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    बस्ने कुटी छैन बरै सडकको बास छ ।
    केही खान पाइन्छ कि भन्ने मात्र आश छ।
    छोराछोरी भोकै रुन्छन् खाने अनाज छैन,
    भरे आइ बास उठाउँछन् भने त्रास छ ।
    कथा अनि वेदनाका पोकाहरू रास छ ।

    ✍️सरिता सेढाई ,धादिङ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    चलेकै छ जिन्दगीको सफर गरिबको।
    धर्ति आकासको छ सधै भर गरिबको।
    कामछैन दामछैन जन्मिए लालाबाला,
    उन्कै  लागी मात्र ज्युँने रहर गरिबको।
    खान  र  लगाउँन  पर  पर   गराबको।

    ✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    आकाशको छानाको नै भर भएपछि ।
    जिन्दगी जिउन नै कहर भएपछि ।
    अन्न जुटाउने कसरी हो सोच्दा सोच्दै ,
    मनमा अनकै ती रहर भएपछि ।
    आशा मरे वचन जहर भएपछि ।

    ✍️सरिता काफ्ले , कोहलपुर बाँके ।
    …………………………………………

    पञ्चाङ्ग चित्रपट   [०८]

    खुल्ला आकाश मुनिको बास भयो।
    सधैंभरि मौसमको त्रास भयो।
    अभाव र गरिबी देख्दा लाग्दछ,
    यहाँ बाँच्नु भन्दा मर्नु खास भयो।
    देख्नमा त एकमुठी सास भयो।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]
    १/
    हामी दुःखीकाे बस्न कुनै बास छैन।
    बालबच्चा भाेका छन् खान गाँस छैन।
    बस्ने  पाईप, खुला आकाश नै छत,
    स्वार्थी दुनियाँमा कसैको आस छैन।
    ठूलो सपना देख्नु कुनै खास छैन।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    दिनता जीवन भूमिको भार देखियो ।
    कस्सिको जित र कसैको हार देखियो।
    पीडाको लिस्नो नै निर्धोको मुख्य सहारा,
    एकत्र ह्युम पाइपको घार देखियो ।
    यो मानवता मासिएको छार देखियो ।

    ✍️अच्युत घिमिरे, भुटान बाट ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    अन्नको प्राण हो मान्छे पेटमा अन्न परेको छैन ।
    खुला आकाश मुनि छ आँखा मा निद भरेको छैन।
    हाम्रो देशमा गरिबै स्वतन्त्र बाँच्न ठाँउ कहाँ छ ,
    कृषकका खेतमा गरामा सिंंमजचाइ सरेको छैन।
    यहाँ गरिबको आदर सरकारी गरेको छैन।

    ✍️बेदु न्यौपाने , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    नबस्ने बास छ ।
    नखाने गास छ ।
    दैबको लिला हो ,
    केवल सास  छ ।
    बच्चाको आस छ।

    ✍️धनमाया चौधरी, कैलाली ।
    …………………………………

    पञ्चाङ्ग   [१३]

    समानताको  कुरा कहिले सम्म गर्ने सरकार ।
    तिम्रो  बारीमा भ्रम  कहिले सम्म छर्ने सरकार ।
    निमुखाको रगत र पसिनामा पौडी खेलीखेली ,
    आफ्नै मात्र त्यो भुँडी कहिले सम्म भर्ने सरकार ।
    गरिब  भने  भोकै कहिले  सम्म  मर्ने  सरकार ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    मानिसको जन्म लिए पछि हरेक सामना खेप्नु पर्ने रहेछ।
    हर दिन हर रात वेदनाको पोकोलाई चेप्नु पर्ने रहेछ ।
    भनिन्छ नि छ दिनको दिन छैँठीले के कोरेको छ भाग्य रेखामा,
    डगरमा घर बन्यो हिलो भरिएमा पानी छेप्नु पर्ने रहेछ।
    त्यहीँ ओत चर्किन लाग्यो रे हिलो लिएरनै लेप्नु पर्ने रहेछ ।

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ………………………………………………………………

    चित्रपट अञ्चाङ्ग   [१५]

    न गाँस छ , नकुनै बास छ ।
    यो जिन्दगी मेरो बक्वास छ ।
    भाग्यले मलाई ठग्नु ठग्यो ,
    न कोहि हाम्रो, मान्छे  खास छ।
    सधैँ बिस्तरा ढल्को पास छ ।

    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …………………………………………………

    पञ्चाङ्ग   [१६]
    [०१]
    त्याे छितीज पारी आकाश खुलेकाे हेर ।
    स्वच्छ, अनि  निर्मल मन भुलेकाे हेर ।
    बिहानीकाे घाम पूर्वमा उदाउँदा त,
    बेली,चमेली,सुनाखरी फुलेकाे हेर ।
    फूलमा रमाइ भमरा डुलेकाे हेर ।
    [०२]
    कठै गरीबीहरुकाे हेर बाटाेमा नै बास भयाे।
    दुखमा बित्छन् दिनहरु न कसैकाे आश भयाे ।
    खान,लाउँन दुइ छाकनै टार्न नपाउँदाखेरी ,
    जीवन जिउन गार्हाे भयाे एक मुठी सास भयाे ।
    कहिले कसैले भाेक टारीदिँदा त्याे नै खास भयाे !

    ✍️उर्मिला के.शी. , धनकुटा ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    चार प्रहर रात काटने ओडारको बास छ।
    कल्भटभित्र परिवारको बसोबास खास छ
    आलीशान महलत कल्पना भन्दा धेरै पर ,
    हात मुख जोर्ने एउटै कन्दमुलको गाँस छ।
    तर पनि बाध्यतामा यो जिन्दगी बाँच्ने आश छ ।

    ✍️बिबस  पारदर्शी, झापा ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    आकाश नै हाम्रो त छानो भो।
    काम गरेसि बल्ल मानो भो।
    यहाँ कसैको नि भर छैन,
    दुःख गरेपछि त दानो भो।
    यहाँ घर नहुदाँ सानो भो।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    न गाँस छ हुम पाइप मुनि बास छ ।
    किन यस्तो भयो भन्दा गरिबी खास छ।
    के गर्ने ओत लाग्न ठाउँ नभएपछि ,
    सरकाले बास देला भन्ने आश छ ।
    नत्र यी गरिवकोहरूको सधैँ नास छ ।

    ✍️नवराज भट्ट
    , कञ्चनपुर ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    बनाई देउ न दैव सबैलाई एकै नास मान्छेहरूलाई ।
    खानलाई दुई छाक,बस्नलाई छैन बास मान्छेहरूलाई ।
    आखिर किन? कसैलाई महल त कसैलाई सडक पेटि,
    अब, न्याय दिनुपर्यो बने हजुरकै दास मान्छेहरूलाई।
    भगवान् हजुरकै भरोसा छ एउटा आस मान्छेहरूलाई ।

    ✍️शिव ज्ञवाली , गुल्मी ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग  [२१]

    उनको ठूलो मेरो खास नभएपछि ।
    कसैले हेर्ला भन्ने आस नभएपछि ।
    धर्ती ओछ्यान अनि आकाश छानो हुन्छ,
    आर्तको ओतलाग्ने बास नभएपछि ।
    बिहान साँझ खाने गाँस नभएपछि ।

    ✍️वसन्त अनुभव , घोराही दाङ्ग ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग    [२२]

    गरिबीको कारण पाइप  मुनिको बास भयो।
    हाम्रो रात्दिन बिताउनको लागि खास भयो।
    जसरी पनि जिन्दगी कटाउन्ज पर्दो रहेछ ,
    बाँचेर बस्दा धर्तिको भोझ जिउँदो लास भयो।
    सधैँबाढी पहिरो र हावाहुरीको त्रास भयो ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ३२ सप्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४७

  • ३२ जेष्ठ २०८०, बिहीबार २२:३० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४७ [सत्चालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/३२ गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️चरचर  घरति यो  चिरिएको बेला [०१]
    ✍️दिनभरि घरभित्रै  छिरिएको बेला [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢बेइमान भयो अरे यो देशमा अति [०३]

    माथिको शेरलाई सम्बोधन गरी परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️महासय सामु  गइ गिरिएको बेला [०४]
    ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️चरचर  घरति यो  चिरिएको बेला [०१]
    ✍️दिनभरि घरभित्रै  छिरिएको बेला [०२]
    💢बेइमान भयो अरे यो देशमा अति [०३]
    ✍️महासय सामु  गइ गिरिएको बेला [०४]
    ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]

    ✍️घनश्याम पौडेल,पोखरा ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [०१]
    [०१]
    चरचर  धरती  यो  चिरिएको बेला।
    दिनभरि घरभित्रै   छिरिएको बेला।
    बेइमान भयो  अरे यो देशमा अति,
    महासय सामु  गइ गिरिएको बेला।
    राॅगालाई नागरिक तिरिएको बेला।
    [०२]
    आज किन बिहानमा घाम देखिएन।
    ज्यानै दिई  गरेॅ पनि काम देखिएन।
    भाग्य मेरै बिग्रिएर हो कि खोई कुन्नी,
    आफन्तकामाझ मेरो नाम देखिएन।
    कहाॅ जाने भन्ने कुनै ठाम देखिएन।

    ✍️घनश्याम पौडेल, सृजना चोक पोखरा ।
    ……………………………………………

    पञ्चाङ्ग   [०२]

    नेताले देश मासेर खाइसके।
    ट्वाइलेटमा मार्बल लाइसके।
    अब परीक्षा लिनु-दिनु  पर्दैन ,
    शत्रुले व्यंग्यको गीत गाइसके।
    हाम्रो कमजोरी थाहा पाइसके ।

    ✍️देवी पन्थी, बिराटनगर ।
    ………………………………………

    पञ्चाङ्ग   [०३]

    गर्मी साह्रै छ पानी पर्न सकेकाे छैन।
    बादल नभै पानी झर्न सकेकाे छैन।
    गर्मीले गर्दा तराईमा बस्न छ गाह्राे,
    आकाशमा बादल सर्न सकेकाे छैन।
    किसानले त खेती गर्न सकेकाे छैन।

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    माया पनि यस्तो गर जुनी जुनी होस् ।
    मनबाट   प्यारो भइ  दिल छुनि होस् ।
    साथीले मान  पाओस्  चारैतिर कृति ,
    मित्रता हाम्रो  साथ बलियो हुनि होस् ।
    दु:ख पर्दा  साथी पनि सँगै रुनि होस् ।
    [०२]
    आऊन  छेउ  बस  द्वेष  राग  फालेर   आज।
    कुप्रथाको पथलाई नै  साँच्चै   ढालेर आज।
    गन्तब्यमा पुग्न साह्रो हुन्न   साथ भए हाम्रो,
    आऊ  मनमा  दिगो  दिपलाई  बालेर आज।
    नौलो भबिष्यको कल्पनालाई पालेर आज।
    [०३]
    छिमेकीलाई सुटुक्क  भेट्ने नेतालाई कार्वाही गरौँ।
    कुरै  कुरामा  निकास  मेट्ने नेतालाई कार्वाही गरौँ।
    सिमा मिच्दा नबोल्ने पद सत्ता यिनैलाई नै चाहिने,
    नेपालको अस्मिता नै  रेट्ने नेतालाई कार्वाही गरौँ।
    संबिधान मिच्ने पापी ठेट्ने नेतालाई कार्वाही गरौँ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।
    हाल:- काठमाडौं  ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०५]
    [०१]
    बेर गयो टिप्न सकिन्न ।
    फेर गयो टिप्न सकिन्न ।
    जीवन त्यो लहैलहैमा ,
    धेर गयो टिप्न सकिन्न ।
    खेर गयो टिप्न सकिन्न ।
    [०२]
    आहा ! राम्री छ हाम्री नानी हेर ।
    सुन्दरताकी साँच्चै खानी हेर ।
    हेर्दा मायालु देखिने लजालु  ,
    असाध्यै राम्रो बोली  बानी हेर  ।
    छहराकाे निश्छल पानी हेर ।
    [०३]
    मुखले बाेल्छ भन्दथे आँखा पनि बाेल्दाे रहेछ ।
    नजानिदाे पाराले मनको वह खाेल्दाे रहेछ ।
    प्रेमकाे गहिरो पाेखरीमा चुर्लुम्म डुब्दै गर्दा ,
    शीतलता दिने जूनले भत्भति पाेल्दाे रहेछ ।
    जीवनमा आउने सारा जाेखिम माेल्दाे रहेछ  ।

    ✍️भवानी घिमिरे ,सर्लाही ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    अहिलेका नेताले केही गर्न सकेनन्।
      निमुखा जनताको दुःख हर्न सकेनन्।
      लुछाचुँडी तानातान हानाहान छ सधैँ,
    नराम्रा विचारमा पछि सर्न सकेनन्।
      देशमा समृद्ध भावना छर्न सकेनन्।
     
    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    केही हुँदैन काम राखेर ।
    जानुछ सबै नाम राखेर ।
    उसले आफै गरेको बिन्ती,
    रुपैयाँ पैसा दाम राखेर ।
    सडक खण्ड जाम राखेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [०८]

    असिनाझैँ वर्सायौ माया सायद बटुल्न सकिनँ।
    कति वसन्त आए लालित्यसँगै म फुल्न सकिनँ।
    शिशिर होस् या गृष्म, तिम्रै पदचाप पर्खेर बसेँ,
    स्वीकृतिको पछ्यौरी विछ्यायौ तर म खुल्न सकिनँ।
    भमरा जस्तै प्रेमको फुलबारीमा डुल्न सकिनँ।

    ✍️मन्दिरा सेढाई , मलेखु धादिङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०९]

    सधैँ जसो लेख्दा पनि कसैले नदेखे जस्तै गर्दा रहेछन् ।
    अलिअलि जानेकाले त झन घमण्ड  मस्तै गर्दा रहेछन् ।
    मैले कोरेको सृजना चटपटा र प्रेमिल नहुदाखेरि ,
    कामै केही नभएको जस्तो धेरै कुरा बस्तै गर्दा रहेछन् ।
    आधुनिक साहित्यकार आलोचना प्रसस्तै गर्दा रहेछन् ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१०]

    हो हल्ला मा रमझम् बिहेमा गर्दैछन् हेर्नू।
    सिङ्गार्दै बेहुली आँचल भर्दैछन हेर्नू।
    अचानक फोनमा सुनेर आत्तिदै छन्,
    मटर पल्टेर त्याँ कति मर्दैछन् हेर्नू।
    कोही अस्पताल   मलामी झर्दैछन् हेर्नू।

    ✍️कमला पाण्डे पराजुलि, झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [११]

    देश बचाउन लागि पर्नु छ।
    दुःखी गरिबको पेट भर्नु छ।
    मान्छे मान्छे बिच फरक देख्दा,
    धनी मानिसको खुसी हर्नु छ।
    अब दुःखीको जंघार तर्नु छ।

    ✍️ह्यारिस, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग    [१२]
    [०१]
    हाम्रा नेता विदेशी मेजमानीमा पर्न छिरेका थिए।
    छिमेकी महासयका पाउमा गएर गिरेका थिए ।
    अखण्ड भारत नेपाल नक्शामा सही गरेर आए ,
    उहिले सही भन्दै मुर्रामा नागरिक तिरेका थिए।
    मोदी पाउमा यहाँ का नक्शा तिम्रै भन्दै फिरेका थिए।
    [०२]
    सांसद  भवनमा   सांसदहरू  भुक्छन्  मात्र ।
    चेलीबेटी हिँड्न हुन्न गुन्डा बाटो ढुक्छन् मात्र।
    आ-आफ्नै  घमण्डले देश आर्थिक  संकटमा ,
    देश भ्रष्टाचार  गर्दै  नेता आफैँ  लुक्छन्  मात्र।
    विदेशी देश चल्दा नेता आफैँ चुक्छन् मात्र।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१३]

    हालात्  यस्तो  छ देश  कु-बाटो  हिंड्न थाल्यो।
    विदेशीको काखमा  हाम्रो  माटो  हिंड्न थाल्यो।
    मिठो  खान्कीको  तलाशमा  हामीहरू  हिँड्दा,
    हाम्रो आफ्नै खान्की गुन्द्रुक आटो हिँड्न थाल्यो।
    पहिरन्  विदेशी  फेसन्को  साटो   हिँड्न थाल्यो।

    ✍️सुरेशकुमार पाण्डे,  दाङ घोराही ।
    ………………………………………………

    पञ्चाङ्ग   [१४]

    नेता भोज खान छिमेकीकोमा छिरेका छन्
    महामहिम भन्दै पाउमा गिरेका छन्
    नेपाली भुमि अखण्ड भारतमा गाभ्दा नि
    खुसी भइ उपहार काधमा भिरेका छन्
    छिमेकीको भैंंसीमा  नागरिक  तिरेका छन्

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………………

    पञ्चाङ्ग  [१५]

    भोको पेट चर्किने गरि खान कमाउनु छ।
    विदेशबाट फर्किएर घर जमाउनु छ।
    देशमा बसेर केही गर्न नसकिने भयो,
    विदेशबाट ल्याएको पैसामा रमाउनु छ।
    वृद्ध हुँदा एक अर्कोको हात समाउनु छ।

    ✍️सुशीला पौडेल ।
    …………………………………………………

    पञ्चाङ्ग   [१६]

    गहिरो  सागर  सजिलै  तर्छु  झै लाग्छ।
    जानिजानी अडकाउमा पर्छु झै लाग्छ।
    औडाहाले  कठिन  दुःख दिन सकेको,
    प्रलोभनले  सताएर  झर्छु  झै  लाग्छ।
    यसै डाहले  तड्पिएर  मर्छु झै  लाग्छ।

    ✍️अच्युत घिमिरे, भुटानबाट🇧🇹 ।
    ……………………………………………

    पञ्चाङ्ग   [१७]

    सधैँ चोखो माया मनमा रहोस् ।
    अमृत हो प्रेम तनमा रहोस् ।
    गुमाउन लाइदैन यो प्रेम,
    अझै प्रेम आफ्नो पनमा रहोस् ।
    भातृत्वको भाव जनमा रहोस् ।

    ✍️वीणा रोका, घोराही दाङ।
    …………………………………………

    पञ्चाङ्ग   [१८]

    आफ्नो देश त आफैंले बनाउनु पर्छ भन्छ हर्क साम्पाङ।
    आफ्नो जिउ पनि आफैं कनाउनु पर्छ भन्छ हर्क साम्पाङ।
    पसिना  शरीरमा  जमेपछि  त  हो  जिउ  पनि  चिलाउने,
    नाथे  पसिना  माटोमै  खनाउनु पर्छ  भन्छ  हर्क साम्पाङ।
    पसिना  काढेर  जिउ  गनाउनु पर्छ  भन्छ  हर्क  साम्पाङ ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१९]

    भन मेरो लागि के के गर्न सक्छौ।
    वर अनि  पर  कता  सर्न सक्छौ।
    मित्रताको नाममा स्वार्थ देखायौ,
    के यो मुटु तिमी फेरि भर्न सक्छौ।
    एकै पल्ट अरु    भर पर्न सक्छौ।

    ✍️सञ्जना शर्मा, दाङ लमही ।
    ………………………………………

    पञ्चाङ्ग   [२०]

    मन्दिर , चर्च , मस्जिदमा जस्तो पस्ने नगर ।
    हाम्रो संस्कृति प्यारो छ यस्लाई डस्ने नगर ।
    युगौँदेखि  रमेका  छौ  खलबली नगर्नु है ,
    मिति  पुगेर   पनि   नेपालमै   बस्ने   नगर ।
    जोगि भयौ  मन्दिरको   खरानी घस्ने नगर ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२१]

    मनको कुरा साथीलाई नै खोल्नु पर्छ भन्छु ।
    माया भएमा सधैँभरी नै बोल्नु पर्छ भन्छु ।
    दुई दिनको  जिन्दगीमा मरेर लानु छैन ,
    दुई आत्मा मिलाई  सदैव घोल्नु पर्छ भन्छु ।
    कुविचार , कुमार्ग मिलेर पोल्नु पर्छ भन्छु ।

    ✍️संगिता शर्मा, सिन्धुली ।
    …………………………………………………

    पञ्चाङ्ग   [२२]

    आयो पानी छायो खुसी।
    किसानले पायो खुसी।
    खडेरीले मर्न लागेका,
    बोटमा त  आयो खुसी।
    बिरुवाले रमाइ गायो खुसी।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [२३]

    तिम्रा चिप्ला कुराले मेरो मन चुक्यो साथी।
    मनमा धेरै चिन्ता हुँदा तन सुक्यो साथी।
    आँखा चिम्म पारेर मैले विस्वास गर्नाले,
    मुटु ढुकुढुक भै सासकन रुक्यो साथी।
    घाती रैछौ तिमी यो शिर झन झुक्यो साथी।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२४]

    बिनाकाम  रुक्नु हुन्न हामीले  मान्नुपर्छ
    धर्म कर्म संस्कृति नि  मिलेर  धान्नुपर्छ
    पन्चरबाट बचाउन गाडी  जिन्दगीको
    छाडेर हाम्रा राम्रा राम्रा साथी छान्नुपर्छ
    तथ्य कुरा सत्य हुन्छ सबैले जान्नुपर्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखाणउ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२५]

    लाग्थ्याे  मलाई तिमीभित्र करुणाकाे बास  थियाे ।
    मेरा अाँसु पुच्छाै भन्ने  झनै ठुलाे आश थियाे ।
    समयले काेल्टे फेर्दा टाढिँदै छु पीडा हुन्छ ,
    मेरा खुशी उडाउने मेरै भाग्य खास थियाे ।
    मुटुभित्र खाँदिएकाे जलनकाे रास थियाे ।

    ✍️चन्द्रावती अधिकारी , दुरा डाँडा लमजुङ
    हाल:- बाँके कोहलपुर ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२६]

    कानुन  बनाउनेले, आफू माथि  हुने  बनायो।
    निमुखालाई  पुर्पुरोमा,  हातले  छुने  बनायो।
    समाजवादको  झाँसा दिएर, सत्तामा जानेले,
    शिरमा  लगाको  टोपी,पसिनाले धुने बनायो।
    एकान्तमा घोप्टो परि,डाँको छोडी रुने बनायो।
                           
    ✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    …………………………………………………

    पञ्चाङ्ग   [२७]

    कहाँ भेटूँ कहाँ देखूँझैँ  तिमीलाई हुन्न र?
    सागर भन्दा गहिरो मेरो मायाले  छुन्न र?
    हेरेर रुन्छु चन्द्रमामा निष्ठुरी तिमीलाई
    मेरैजस्तो भएदेखि मन सम्झेर रुन्न र?
    मैले दिएको जाले रुमाल आँसुले धुन्न र?

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चङ्ग   [२८]

    दिल  खोलेर  आउ  पुजा  गर्छु सधैँ।
    तिमी  बिना  वियोगमा  नै मर्छु सधैँ।
    कस्तो छ मलाई तिमीलाई के थाहा?
    तिमी  तिर  आउने  दिए  सर्छु सधैँ।
    अब  त  म तिम्रो  नै  भर  पर्छु सधैँ।

    ✍️रेणु चन्द ठकुरी , डोटि हाल काठमाडौं ।
    ………………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P