• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

नर्भिकमा १६८ किलो तौल भएकी महिलाले शिशुलाई जन्म दिइन् [भिडियो

  • १४ असार २०७७, आईतवार २१:१९ मा प्रकाशित
  • काठमाडौं – नर्भिक अस्पतालमा १ सय ६८ किलोग्राम तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन्। उनले शल्यक्रिया मार्फत् शिशुलाई जन्म दिएकी हुन्। 

    कलंकीकी ३१ वर्षीय मेरिना हमालले जन्म दिएको शिशुको तौल २ दशमलव ९ किलोग्राम छ। असार १० गते स्वस्थ शिशुलाई जन्म दिएकी मेरिना र उनले जन्माएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

    नेपालमा यति धेरै तौल भएकी महिलाले स्वस्थ शिशुलाई जन्म दिएको यो पहिलोपटक भएको अस्पतालको दाबी छ। स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्योप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले उनको शल्यक्रिया गरेको थियो। 

    बढी तौल भएका गर्भवतीको शल्यक्रिया आफैमा जटिल भएको शर्माको भनाइ छ। मोटोपना समस्या भएपनि मातृत्वका लागि बाधक भने नभएको उनको भनाई छ। 

    मेरिनाले सुरुमा आफूलाई डर लागेपनि अहिले भने खुसी लागेको प्रतिक्रिया दिइन्। मोटापना भएका महिलाले शिशु जन्माउन सक्दैनन् भन्ने कुरा सत्य नभएको उनको भनाइ छ। 

    उनको यो दोस्रो सन्तान हो । उनले पहिलो सन्तान पनि शल्यक्रियामार्फत् नै जन्माएकी थिइन्। 

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on नर्भिकमा १६८ किलो तौल भएकी महिलाले शिशुलाई जन्म दिइन् [भिडियो

    कोरोना अपडेट – आज थप ४६३ जना कोरोना पोजेटिभ, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

  • १४ असार २०७७, आईतवार २०:५१ मा प्रकाशित
  • वसन्त अनुभव


    काठमाडौ, १४ असार
    नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । विगत २४ घण्टामा ४६३ जना नयाँ संक्रमित थपिएका छन । जसमा १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । जसमा १ हजार ४ सय ७४ जना महिला र ११ हजार २ सय ९८ जना पुरुष रहेका छन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव न्मुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
    कोशी अस्पताल, विराटनगर
    मोरङ – १ महिला र १६ पुरुष
    झापा – २ महिला
    उदयपुर – ४ महिला र २ पुरुष
    ईलाम – १ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    सुनसरी – १ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
    धनुषा – ४ महिला र ६ पुरुष
    महोत्तरी – ३ महिला र ५३ पुरुष

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    डडेल्धुरा – १ पुरुष
    अर्घाखाँची – ४ महिला र ६ पुरुष
    दार्चुला – १ पुरुष
    दोलखा – १ महिला र १ पुरुष
    गोरखा – १ पुरुष
    गुल्मी – १७ पुरुष
    खोटाङ – २ महिला र २ पुरुष
    रौतहट – २ महिला र १५ पुरुष
    सर्लाही – १ पुरुष
    सिन्धुपाल्चोक – १ महिला

    किटजन्य अनुसन्धान प्रयोगशाला, हेटौंडा
    गुल्मी – २० पुरुष
    कपिलवस्तु – २ पुरुष

    त्रि वि शिक्षण अस्पताल प्रयोगशाला
    बाजुरा – २९ महिला र ३४ पुरुष

    पाटन अस्पताल प्रयोगशाला
    धादिङ – १ महिला
    ललितपुर – १ महिला

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    कास्की – ५ महिला
    नवलपरासी पुर्व – २ महिला र २९ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    बाग्लुङ – २ महिला र २७ पुरुष
    पर्वत – २ पुरुष
    सल्यान – १ पुरुष
    लमजुङ – १ पुरुष
    म्याग्दी – २ महिला
    तनहुँ – ३ महिला र ३ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
    कपिलवस्तु – १ महिला
    पाल्पा – २ पुरुष
    प्युठान – २ महिला र ३३ पुरुष
    गुल्मी – १ पुरुष
    रुपन्देही – ४ महिला र ८ पुरुष

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
    दाङ – ७ महिला र २७ पुरुष
    कपिलवस्तु – ५ पुरुष
    रोल्पा – १ पुरुष

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
    बाजुरा – १ महिला र २१ पुरुष
    रुकुम पश्चिम – १ पुरुष
    सल्यान – १ पुरुष

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला
    कैलाली – ४ महिला र १३ पुरुष
    डोटी – ९ महिला र ४ पुरुष

    बिगत २४ घण्टामा RT-PCR बिधिबाट ४ हजार ९ सय ६२ जनाको र RDT विधिबाट २ हजार ७ सय ३२ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६१ हजार ७ सय ३१ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ९ हजार ७ सय ३१ जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २८ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७९ जना रहेको छ । जसमध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन । जसमा रौतहटबाट ४६ पुरुष, धनुषाबाट ११ पुरुष, पर्साबाट ५ महिला र २३ पुरुष, महोत्तरीबाट ३ पुरुष, सप्तरीबाट १ महिला र १५ पुरुष, दाङबाट ६ महिला र ३३ पुरुष, सिराहाबाट १ महिला र १८ पुरुष र बाराबाट १७ पुरुष रहेका छन ।

    हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३हजार १३ जना रहेको छ । जसमध्ये २ सय ५५ महिला र २ हजार ७ सय ५८ पुरुष रहेका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोना अपडेट – आज थप ४६३ जना कोरोना पोजेटिभ, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

    निःशुल्क उद्धारको कार्यविधि बन्यो, सोमबारको मन्त्रिपरिषदको बैठकले पास गर्ने

  • १४ असार २०७७, आईतवार २०:०७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रभावले समस्यामा परेका नेपालीहरुलाई निःशुल्क उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले कार्यविधि स्वीकृतिका लागि आइतबार नै मन्त्रिपरिषदमा पठाएको जानकारी दिए ।

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीहरुलाई पहिलो चरणमा उद्धार गर्ने सरकारले निर्णय गरे पनि हवाई भाडा स्वयंमले तिर्नुपर्ने प्रावधान बनाएको थियो । अलपत्र श्रमिकलाई चर्को शुल्कमा सरकारले उद्धार गर्न लागेको भन्दै चौतर्फि विरोध भएपछि सर्वोच्च अदालतले सरकारको नाममा श्रमिक कल्याणकारी कोषको रकमबाट निःशुल्क उद्धारको लागि आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश लगत्तै मन्त्रालयले वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा आवश्यक कार्यविधि बनाएको हो । कार्यविधि सोमबारको मन्त्रिपरिषदको वैठकले पास गरेमा समस्यामा परेका

    श्रमिकहरु निःशुल्क नेपाल आउन पाउने छन् । तर, निःशुल्क उद्धारमा पर्नेहरुमा श्रम स्वीकृती लिएर गएका र फिर्ती टिकट कम्पनीले नदिएकाहरु मात्र पर्ने छन् । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत विभिन्न दूतावासबाट त्यस्ता श्रमिकहरुको तथ्यांक निकाल्ने छ । आजको क्यापिटलनेपाल.कम मा छापिएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on निःशुल्क उद्धारको कार्यविधि बन्यो, सोमबारको मन्त्रिपरिषदको बैठकले पास गर्ने

    तुलसीपुरको उरहरी क्वारेन्टाईनका २ जना कोरोना संक्रमित

  • १४ असार २०७७, आईतवार १८:१३ मा प्रकाशित
  • बसन्त अनुभव

    दाङ,१४ असार ।
    तुलसीपुर उमनपा स्थित उरहरी क्वारेन्टाइनमा रहेका २ जना ब्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । निजहरूको स्वाव नमुनाको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको कोरोना परिक्षणमा पोजेटिभ भेटिएको हो ।

    कोरोना संक्रमण पुष्टि हुनेमा तुलसीपुर उमनपा ११ निवासी एक पुरुष र रुकुम चौरजहारी ८ निवासी एक पुरुष रहेका छन ।उनिहरु भारतबाट नेपाल आई जेठ १८ गते देखि उरहरी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    उनिहरु सहित उरहरी क्वारेन्टाइनमा बस्ने ५४ जनको स्वाव जेठ ३० गते नै संकलन गरि पठाइएको ४९ जनाको शुक्रबार नै नेगेटिभ रिपोर्ट आएको थियो । वाकी रहेका ५ जनाको आज भएको परिक्षणमा २ जनाको पोजिटिभ र ३ जनाको नेगेटिभ आएको हो ।

    पोजिटिभ आएका २ जनालाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लैजाने तयारी भएको छ भने नेगेटिभ रिपोर्ट आएका ५२ जनालाई १ हप्ताको होम क्वारेन्टाइनमा बस्ने सुझाव सहित घर पठाइदैछ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on तुलसीपुरको उरहरी क्वारेन्टाईनका २ जना कोरोना संक्रमित

    मारवाडी सेवा समाजद्वारा गोरक्ष रत्ननाथ मठ चाैघेरामा निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

  • १४ असार २०७७, आईतवार १३:१६ मा प्रकाशित
  • बसन्त अनुभव

    चाैघेरा, दाङ, १४ असार / मारवाडी सेवा समाजले श्री गाेरक्ष सिद्दरत्ननाथ मठ चाैघेरा, दाङमा राेग प्रतिराेधात्मक हाेमियाेपेथिक औषधि नि:शुल्क वितरण गरेको छ । समाजका दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालको अध्यक्षतामा औषधि वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै मारवाडी सेवा समाज, दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालले वितरण गरिएको हाेमियाेपेथिक औषधि काेराेना ठिक गर्ने औषधि नभएर हाम्रो शरीरको राेगसंग लड्न सक्ने रोग प्रतिराेधात्मक शक्ती वृद्वि गर्ने भएकाले काेराेना ठिक गर्छ भनेर भ्रममा नपर्न सबैमा अनुरोध गर्नुभयो । साथै उहाँले उक्त औषधि नियमानुसार मात्रा मिलाएर पथपहरेजमा रही सेवन गरेमा राम्राे फाईदा पुग्ने बताउनु भयाे ।

    उक्त कार्यक्रममा सिद्द रत्ननाथ मठका महन्त महानुभाव सुरतनाथ याेगी, चेम्वर अफ कमर्शका कुमारराज श्रेष्ठ, बलदेव याेगी, नरबहादुर न्याैपाने, गोरखनाथ वैदिक गुरूकुलका अध्यक्ष प्रकाश भट्टराई लगायतका महानुभावहरूकाे प्रमुख उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा १०० भन्दा बढि घरपरिवारका ७५० जना ब्यक्तिलाइ पुग्ने गरी कोरोना विरूद्व रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमियोप्याथिक औषधि वितरण गरिएको थियो । कार्यक्रममा विश्व कल्याणका लागि गाेरखनाथ वैदिक गुरुकुलका वटुक तथा कन्याद्वारा स्वस्ति वाचन गरिएको थियो भने कार्यक्रमको सञ्चालन गुरूकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on मारवाडी सेवा समाजद्वारा गोरक्ष रत्ननाथ मठ चाैघेरामा निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

    दाङ जिल्लाको क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको मृत्यु

  • १४ असार २०७७, आईतवार १०:०६ मा प्रकाशित
  • घोराही, १४ असार
    दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाडागाउँ गोग्लिको क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा क्वारेन्टाइनमा बस्दै आएका ३६ वर्षीय पुरुष भएको बुझिएको छ । प्राप्त जानकारी अनुसार निज ब्यक्ति मृगौला सम्बन्धि समस्याबाट पीडित रहेका थिए ।

    निजको गत १० गते कोरोनाको आशंकामा स्वाब नमुना संकलन गरि परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएतापनि हालसम्म रिपोर्ट आइसकेको छैन । हाल निजको शव क्वारेन्टाइन स्थलमै रहेको छ ।

    शवलाई परिवारको जिम्मा लगाउने कि नलगाउने भन्ने निर्णय पिसिआर रिपोर्ट आएपछि हुने बताइएको छ । यो समाचारको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on दाङ जिल्लाको क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको मृत्यु

    आफ्नी श्रीमतीलाई खुशी बनाउने २५ सुत्रहरू ! प्रत्येक पुरूषले पढ्नुपर्ने

  • १३ असार २०७७, शनिबार २०:३६ मा प्रकाशित
  • आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

    (१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने। (४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।

    (५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने। (६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

    (७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने। (८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने। (९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने। (१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

    (११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला। (१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने। (१३). श्रीमतीले बो’लेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने। (१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।

    (१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जि’स्केको भनी ठट्टा गर्ने। (१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीम’ती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने। (१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बि’त्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।

    (१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने। (१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीम’तीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने। (२१). श्रीमती क’तै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।

    (२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने। (२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने। (२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमें ट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on आफ्नी श्रीमतीलाई खुशी बनाउने २५ सुत्रहरू ! प्रत्येक पुरूषले पढ्नुपर्ने

    अमेरिकामा एकैदिन ४० हजार कोरोना सङ्क्रमित भेटिव

  • १३ असार २०७७, शनिबार २०:३० मा प्रकाशित
  • एजेन्सी – संयुक्त राज्य अमेरिकामा एकै दिनमा ४० हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

    कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि प्रतिबन्धात्मक उपायहरू अवलम्बन गरेका छन्। अमेरिकाले गम्भीर समस्याको सामना गरिरहेको कोरोनाभाइरससम्बन्धी सरकारका एक प्रमुख सल्लाहकार डा.एन्थोनी फाउसीले बताएका छन्।

    दुई महिनायता ’ह्वाइट हाउस टास्क फोर्स’को पहिलो ब्रीफिङमा बोल्दै उनले भने, त्यसलाई अन्त्य गराउने एक मात्र उपाय भनेको हामी सबै मिलेर अन्त्य गराउने हो। डा. फाउसीले कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रमलाई रोक्न नसकिए राम्रो गरिरहेका देशका अन्य भाग पनि अब प्रभावित हुनसक्ने बताए।

    तर भाइरस फैलिने क्रमलाई अमेरिकाले सफलतापूर्वक मन्द बनाइदिएको उनको दाबी छ। अमेरिकामा हालसम्म २४ लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने देशभरि १,२५००० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

    कोरोनाभाइरस सङ्क्रमित र त्यसबाट मृत्यु हुने सङ्ख्याको हिसाबले अमेरिका विश्वमै पहिलो स्थानमा छ। आगामी अक्टोबर महिनासम्ममा १,८०,००० व्यक्तिको मृत्यु हुन सक्ने वाशिङ्टन विश्वविद्यालयको अनुमान छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on अमेरिकामा एकैदिन ४० हजार कोरोना सङ्क्रमित भेटिव

    सलह लिएर आउनुहोस् २० रुपैयाँ प्रती कि.ग्रा. रकम लिएर जानुहोस

  • १३ असार २०७७, शनिबार २०:२९ मा प्रकाशित
  • बुटवल, १३ असार
    नेपालमा पनि सलह किरा देखिन थालेको छ । रुपन्देहीमा सलह किरा देखा पर्न थालेपछि किसानहरूको बालिनाली जोगाउने उद्देश्यले प्रदेश नं.५ सरकारले सलह किरा २० रुपैया प्रतिकिलो दरमा किन्ने भएको छ ।

    सलह किरा पकडेर ल्याउने ब्यक्तिलाई प्रती के जि २० रुपैया नगद प्रोत्साहन स्वरुप दिने निर्णय प्रदेश ५ ले गरेको छ । प्रदेश नं.५, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीव तेज बहादुर वलीले सलह पकडेर ल्याउने ब्यक्तिलाई १ किलोको २० रुपैयाँका दरले नगद भुक्तानी दिने ब्यवस्था गरेको जानकारी दिनुभयो । जसका लागि सलह किरा पकडेर सम्बन्धित पालिकाको वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

    मन्त्रालयले सलह नियन्त्रणका लागि मालाथिन र क्लोरपाइरिफोस नामक विषादी छर्कन सकिने पनि बताएको छ । जसको लागि मालाथिन ३ एम एल प्रतिलिटर र क्लोरपाइरिफोस २ एम एल प्रतिलिटर पानी मिसाएर छर्कनु पर्ने हुन्छ ।साथै मन्त्रालयले धानको विउलाई जोगाउन त्रिपाल वा प्लास्टिक छोपेर राख्न भनेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सलह लिएर आउनुहोस् २० रुपैयाँ प्रती कि.ग्रा. रकम लिएर जानुहोस

    बबइका १ जना, बंगलाचुलीका २ जना र घोराहीका २८ जना गरी दाङमा थप ३१ जनामा कोरोना पोजिटिभ

  • १३ असार २०७७, शनिबार १८:३९ मा प्रकाशित
  • बसन्त अनुभव

    घोराही, १३ असार / दाङमा थप ३१ जनामा कोरोना संक्रमण भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा RT-PCR विधिबाट गरिएको नमुना परिक्षणमा बबइ गापाका १ जना, बंगलाचुलीका गापाका २ जना र घोराही उमनपाका २८ जना गरी दाङमा थप ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    प्रतिष्ठानबाट शनिबार अपरान्ह जारी प्रेस विज्ञप्तिका अनुसार संक्रमित हुनेमा बबइ गापा ३ का २१ वर्षिय पुरूष १ जना रहेका छन । निजको बबइ गापामा नमुना संकलन गरिएकाे थियाे ।

    त्यस्तै बंगलाचुलीका गापा वडा नं. ५ का ५२ वर्षका र वडा नं. ६ का ३२ वर्षका गरि पुरूष २ जना संक्रमित भएका छन । निजको बंगलाचुली गापा ५ सुधा मावि झेल्नेटाबाट नमुना संकलन गरिएकाे थियाे ।

    त्यस्तै घोराही उपमहानगरपालिकाका ३ जना महिला र २५ जना पुरूष गरि २८ जनामा कोरोना पोजिटिभ देखिएकाे छ । जसमा घोराही उमनपा वडा नं. २ का १८, २१, ४५ र ४६ वर्षका पुरूष ४ जना, वडा नं. ४ का १७, १८, १८, २०, २०, २३, २६, २७, ३२, ३२, ३६, ३६, ३८, ३८, ४०, ४० र ४५ वर्षका पुरूष १७ जना र २८ र ४१ वर्षका महिला २ जना गरि १९ जना, वडा नं. ९ का २२, ३६ र ३९ वर्षका पुरूष ३ जना, वडा नं. १४ का ४३ वर्षकी महिला १ जना, वडा नं. १७ का २० वर्षका पुरूष १ जना रहेका छन । निजहरूकाे घोराही उमनपा १० को आइसोलेसन, घोराही उमनपा हर्नोक र घोराही उमनपा ९ बाट नमुना संकलन गरिएको थियो ।

    त्यस्तै प्रतिष्ठानबाट जारी विज्ञप्ति अनुसार प्रतिष्ठानमा गरिएको परिक्षणमा रोल्पा रून्टिगढी गापा २ की ४८ वर्षिय महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै कपिलबस्तु विजयनगर निवासी ५ जना पुरूष र २ जना महिलामा पनि कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ ।

    प्रतिष्ठानमा आज १९० वटा नमुना RT-PCR विधिबाट परिक्षण गरिएकोमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको र १५१ जनाको नेगेटिभ देखिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बबइका १ जना, बंगलाचुलीका २ जना र घोराहीका २८ जना गरी दाङमा थप ३१ जनामा कोरोना पोजिटिभ

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P