कोरोना अपडेट – आज थप ४६३ जना कोरोना पोजेटिभ, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

  • १४ असार २०७७, आईतवार २०:५१ मा प्रकाशित
  • वसन्त अनुभव


    काठमाडौ, १४ असार
    नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । विगत २४ घण्टामा ४६३ जना नयाँ संक्रमित थपिएका छन । जसमा १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । जसमा १ हजार ४ सय ७४ जना महिला र ११ हजार २ सय ९८ जना पुरुष रहेका छन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव न्मुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
    कोशी अस्पताल, विराटनगर
    मोरङ – १ महिला र १६ पुरुष
    झापा – २ महिला
    उदयपुर – ४ महिला र २ पुरुष
    ईलाम – १ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    सुनसरी – १ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
    धनुषा – ४ महिला र ६ पुरुष
    महोत्तरी – ३ महिला र ५३ पुरुष

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    डडेल्धुरा – १ पुरुष
    अर्घाखाँची – ४ महिला र ६ पुरुष
    दार्चुला – १ पुरुष
    दोलखा – १ महिला र १ पुरुष
    गोरखा – १ पुरुष
    गुल्मी – १७ पुरुष
    खोटाङ – २ महिला र २ पुरुष
    रौतहट – २ महिला र १५ पुरुष
    सर्लाही – १ पुरुष
    सिन्धुपाल्चोक – १ महिला

    किटजन्य अनुसन्धान प्रयोगशाला, हेटौंडा
    गुल्मी – २० पुरुष
    कपिलवस्तु – २ पुरुष

    त्रि वि शिक्षण अस्पताल प्रयोगशाला
    बाजुरा – २९ महिला र ३४ पुरुष

    पाटन अस्पताल प्रयोगशाला
    धादिङ – १ महिला
    ललितपुर – १ महिला

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    कास्की – ५ महिला
    नवलपरासी पुर्व – २ महिला र २९ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    बाग्लुङ – २ महिला र २७ पुरुष
    पर्वत – २ पुरुष
    सल्यान – १ पुरुष
    लमजुङ – १ पुरुष
    म्याग्दी – २ महिला
    तनहुँ – ३ महिला र ३ पुरुष

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
    कपिलवस्तु – १ महिला
    पाल्पा – २ पुरुष
    प्युठान – २ महिला र ३३ पुरुष
    गुल्मी – १ पुरुष
    रुपन्देही – ४ महिला र ८ पुरुष

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
    दाङ – ७ महिला र २७ पुरुष
    कपिलवस्तु – ५ पुरुष
    रोल्पा – १ पुरुष

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
    बाजुरा – १ महिला र २१ पुरुष
    रुकुम पश्चिम – १ पुरुष
    सल्यान – १ पुरुष

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला
    कैलाली – ४ महिला र १३ पुरुष
    डोटी – ९ महिला र ४ पुरुष

    बिगत २४ घण्टामा RT-PCR बिधिबाट ४ हजार ९ सय ६२ जनाको र RDT विधिबाट २ हजार ७ सय ३२ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६१ हजार ७ सय ३१ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ९ हजार ७ सय ३१ जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २८ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७९ जना रहेको छ । जसमध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका छन । जसमा रौतहटबाट ४६ पुरुष, धनुषाबाट ११ पुरुष, पर्साबाट ५ महिला र २३ पुरुष, महोत्तरीबाट ३ पुरुष, सप्तरीबाट १ महिला र १५ पुरुष, दाङबाट ६ महिला र ३३ पुरुष, सिराहाबाट १ महिला र १८ पुरुष र बाराबाट १७ पुरुष रहेका छन ।

    हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३हजार १३ जना रहेको छ । जसमध्ये २ सय ५५ महिला र २ हजार ७ सय ५८ पुरुष रहेका छन ।

    Leave a Reply