• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पर्सामा अहिले निषेधाज्ञा नहटने,पर्सामा फेरी थपियो निषेधाज्ञा भदौ २५ गते सम्म् ,तर आलोपालो गरेर पसल खोल्न पाईने

  • १८ भाद्र २०७७, बिहीबार १९:११ मा प्रकाशित

    उमेश कुशवाहा बीरगंज भदौ १८

    पर्सा जिल्लामा भदौ १९ गते सम्म रहेको निषेधाज्ञा फेरी ६दिन सम्म को लागि थपिएको छ ।

    यसै सँगै निषेधाज्ञा भदौं २५ गते राति १२ बजे सम्म लम्बिने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो एउटा सूचना जारी गर्दै राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

    निषेधाज्ञा लम्बिएपनि बजार क्षेत्रलाई आलो(पालो गरेर खोल्न दिने बैठकले निर्णय लिएको छ ।बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार वीरगञ्जको मुख्य बजारमा रहेका पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहिबार बजारमा रहेको पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ । त्यसैगरी घण्टाघर निजैकै रहेको रेलवेको जग्गामा फलफूल र तरकारी पसल दैनिक रुपमा खोल्न पाइने प्रशासनले जनाएको छ ।

    पसल खोल्दा कम्तिमा पनि १५ फिटको दूरी बनाएर घण्टाघर चोकदेखि २ सय मिटर रहेको स्कुलदेखि दक्षिणतर्फ एक तर्फी रुपमा मात्र पसलहरु खोल्नुपर्ने प्रशासनको निर्देशन छ ।मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ ।

    तरकारी(फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला, महोत्सव, जात्रा, ठूलो भेना, भिडभाड, सभा जुलुस र चार जना भन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्म हुन् पाइने छैन ।

    परमपरागत रुपमा भई आइरहेको दैनिक रुपका आन्तरिक नित्य पूजा बहेका सम्पूर्ण धार्मिक संस्कृतिक गतिबिधिहरु समेत सञ्चालन गर्न पाइने छैन ।

    सम्पूर्ण शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिम, क्लब, स्वीमिङ्गपूल, समुहमा खेलिने खेलमा समेत रोक लगाईएको छ भने होटल रेस्टुराँ सञ्चालनसमेत गर्न पाइने छैन ।प्रशासनले १२ वर्ष मुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्किक्न विशेष अनुरोध गरेको छ ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पर्सामा अहिले निषेधाज्ञा नहटने,पर्सामा फेरी थपियो निषेधाज्ञा भदौ २५ गते सम्म् ,तर आलोपालो गरेर पसल खोल्न पाईने

    दाङमा रहेका टेक्निकल कलेजद्वारा सम्युक्त रुपमा ज्ञापन पत्र पेश

  • १८ भाद्र २०७७, बिहीबार १६:५९ मा प्रकाशित

    तुलसिपुर १८ भाद्र

    दाङमा क्रियाशिल विभिन्न टेक्निकल ईन्स्टिच्युटले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सरकारले देशभरका प्राविधिक शिक्षालयहरुको स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेको प्रति विरोध जनाउदै जिल्लाका सात वटा ईन्स्टिच्युटले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।राष्ट्रिय चिकित्सा शिक्षा आयोगको गएको साउन ३० गते बसेको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्र देखी नगर्न र नगराउन निर्णय गरेको प्रति उनीहरुले आपत्ती जनाएका छन् ।

    शैक्षिक सत्र ०७७÷०७८ को नवीकरणका लागी सिटीईभिटिले आबश्यक दस्तुर समेत जम्मा गराई सकेको अवस्थामा नवीकरण नगर्दा सरकारले खारेजी गर्न खोजेको उनीहरुले आरोप लगाएका छन् । कोरोना माहामारीका कारण शैक्षिक क्षेत्र ठप्प भएको बेला सिटिईभिटिबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षालयलाई राहत दिनुको साटो उल्टो मर्कामा पार्ने काम गरेको उनीहरुको आरोप छ । आफुहरुले ज्ञापन पत्र बुझाईदै डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु(सि.एम.ए,अनमी, ल्याव असिस्टेन्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रम सन्चालनका लागी नवीकरण तथा भर्ना प्रक्रियालाई अगाडी बढाई दिनुको साथै स्तरोन्नतीको लागी माग समेत गरेको दाङ टेक्निकल ईन्स्टिच्युट तुलसीपुरका सन्चालक दोर्ण वलीले जानकारी दिएका छन् ।

    उनका अनुसार दाङ पोलिटेक्निक ईन्स्टिच्युट तुलसीपुरका विजय बहादुर थापा,तुलसीपुर प्राविधिक शिक्षालय तुलसीपुरका कौसिला खड्का र बगरबावा प्राविधिक शिक्षालय लमहीका राम बहादुर चौधरी लगाएतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।

    Posted in ताजा अपडेटLeave a Comment on दाङमा रहेका टेक्निकल कलेजद्वारा सम्युक्त रुपमा ज्ञापन पत्र पेश

    दाङमा नगद रकम सहित १३ जुवाडे पक्राउ

  • १८ भाद्र २०७७, बिहीबार १६:३१ मा प्रकाशित

    तुलसिपुर १८ भाद्र

    दाङमा जुवाको खालबाट तेह्र जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा तुलसीपुर वडा नम्बर १४ पननपुर स्थित सोहि ठाउँ निवासी निम बहादुर केसीको घरमा जुवा खेलिरहेका अवस्थामा नगद ६३  हजार आठ सय चालिस र तास बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा तुलसीपुर १४ बस्ने वर्ष ३५ को मधुकर बस्नेत, सोहि ठाउँ निवासी ३७ वर्षिय माधव विक, ३० वर्षिय दिपक वादी, ३८ वर्षिय राजाराम विक, ३० वर्षिय निर्मल केसी, ३१ वर्षिय चुडामणी खत्री, ३३ वर्षिय भागवत डाँगी, ४८ वर्षिय बाबुराम नेपाली, ६५ वर्षिय निमबहादुर केसी, १६ वर्षिय विकेश परियार, २२ वर्षिय दिपक डाँगी, वडा नम्बर १५ निवासी ३५ वर्षिय प्रधुन धिताल र घोराही ९ बस्ने वर्ष २९ को बसन्त बुढाथोकी रहेका छन् ।  पक्राउ परेका सबैकाे थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे ।

    Posted in ताजा अपडेटLeave a Comment on दाङमा नगद रकम सहित १३ जुवाडे पक्राउ

    असहाय,बेवारिसेलाई युवा जनशक्ति समाज नेपाल संस्थाद्वारा उद्धार टीम संचालनमा

  • १८ भाद्र २०७७, बिहीबार १३:३३ मा प्रकाशित

    वीरगंज १८ भदौ।
    युवा जनशक्ति समाज नेपाल संस्था द्वारा असाहय, बेवारिसेको लागि उद्धार टीम संचालनमा ल्याएको छ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण काल को कारण सर्वसाधारण तथा बाटोमा शुस्त मनस्थिति असहाय, बेवारिसे ( जुन खान, लाउन नपाएर, औषधि उपचार लगायत व्यवस्थित ठाउँ नपाएर) बाटोमा परेका छन ।

    त्यस्ता व्यक्तिहरू लाई यस संस्था युवा जनशक्ति समाज नेपाल द्वारा खटाइएका स्वयंसेवक बाट उदार गर्ने र तिनिहरु लाई सम्बन्धि संस्था वा तिनिहरुको परिवार जनसंग समन्वय गरि जिम्मा लगाइने जस्तो कार्य गर्ने युवा जनशक्ति समाज नेपालका अध्यक्ष बिनेश प्रसाद कुर्मीले जानकारी दिनुभयो। ।

    उद्दार समितिमा रोहित कुमार पटेल,सतिस कुमार हजरा, सचिन कुमार सर्राफ, युवराज पटेल रहेका छन्।
    कार्यक्रममा उद्दार समितिमा रहेको सदस्य हरुलाई स्वास्थ्यकर्मी राजु साहले प्रशिक्षण दिएका थिए।

    सो कार्यक्रममा संस्थाका सचिव जायेद हुसेन, सदस्य प्रदिप ठाकुर, संतोष कुमार साह, सुजित त्रिपाठी, मनोज मेहरा संचारकर्मी रंजित चौरसिया, श्रवण प्रसाद साह लगायतका सहभागिता रहेको थियो।
    युवा जनशक्ति समाज नेपाल द्वारा संचालन गरेको उद्धार टीमका संयोजक आदित्य ठाकुर लाइ सम्पूर्ण जीमेवारी दिएको संस्थाका अध्यक्ष कुर्मीले बताए।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on असहाय,बेवारिसेलाई युवा जनशक्ति समाज नेपाल संस्थाद्वारा उद्धार टीम संचालनमा

    तुलसिपुरमा कार र माेटरसाइकल ठाेक्किदा दुइजना घाइते

  • १८ भाद्र २०७७, बिहीबार ०९:१९ मा प्रकाशित

    तुलसीपुर १८ भदौ । तुलसीपुरको गुम्राह चोकमा बिहान सवा सात बजे कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन्

    घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २५ बर्षका मोहन पाठक र तुलसीपुर उपमहानगरपालिका– ६ गाईडर बस्ने ४२ बर्षकी मिना पाठक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    राप्ती बबईबाट क्याम्पस रोडबाट बजार तर्फ आउँदै गरेको रा५प ५२३३ नम्बरको मोटरसाईकललाई ग३च १४७६ नम्बरको कारले गुम्राह चोकमा ठक्कर दिदा उक्त घटना भएको थियो । चालक सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् ।

    Posted in ताजा अपडेटLeave a Comment on तुलसिपुरमा कार र माेटरसाइकल ठाेक्किदा दुइजना घाइते

    नवलपरासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक युवाको मृत्यु,एक जना घाइते

  • १७ भाद्र २०७७, बुधबार २३:४४ मा प्रकाशित
    पश्चिम नवलपरासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा रुपन्देहीका एक युवाको मृत्यु :फ़ोटो : उर्मिला यादव नवलपरासी


    उर्मिला यादव नवलपरासी
    भदौ १७

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा आज सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।


    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्ड अन्तर्गत परासीबाट भुमही तर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ बर्षिय सुरेश चौधरीको रहेका छन भने मोटर साइकल पछाडि सवार पाल्हिनन्दन गाउपालिका ४ बस्ने १९ बर्षिय प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।


    घाइते प्रिती चौधरी लुम्बिनी नर्सिंग होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on नवलपरासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक युवाको मृत्यु,एक जना घाइते

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • १७ भाद्र २०७७, बुधबार १८:०० मा प्रकाशित
  • काठमाडौं, १७ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज मात्र १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    ओखलढुंगाका २ जना
    खोटाङका १ जना
    झापाका ११ जना
    धनकुटाका २ जना
    पाँचथरका १ जना
    भोजपुरका ३ जना
    मोरङका ५३ जना
    सुनसरीका ७२ जना

    प्रदेश २ मा
    धनुषाका ६३ जना
    पर्साका ४९ जना
    बाराका २३ जना
    महोत्तरीका ३१ जना
    रौतहटका १८ जना
    सप्तरीका १२ जना
    सर्लाहीका ५० जना
    सिरहाका १५ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३५० जना
    काभ्रेका १ जना
    चितवनका ४३
    धादिङका २ जना
    नुवाकोटका १ जना
    भक्तपुरका ९ जना
    मकवानपुरका ३३ जना
    रामेछापका २ जना
    ललितपुरकस २९ जना
    सिन्धुपाल्चोकका २ जना
    सिन्धुलीका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २४
    गोरखाका १ जना
    तनँहुका ४ जना
    नवलपरासी पूर्वका १६ जना
    पर्वतका १ जना
    लमजुङका १९ जना
    स्याङजाका १ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका १ जना
    दाङका ६ जना
    नवलपरासीका ३ जना
    पाल्पाका १ जना
    प्युठानका २ जना
    बर्दियामा ५ जना
    बाँकेमा ४१ जना
    रुपन्देहीमा २७ जना
    रोल्पामा १ जना

    कर्णाली प्रदेशमा
    कालीकोटका २१ जना
    जुम्लाका ३७ जना
    दैलेखका १ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका १ जना
    कञ्चनपुरका ३ जना
    कैलालीका १३ जना
    डडेल्धुराका १ जना
    बझाङका ९ जना
    बैतडीका १ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    आज १ हजार १ सय २० जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुग्यो

  • १७ भाद्र २०७७, बुधबार १७:३० मा प्रकाशित
  • काठमाडौ, १७ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय र महिला ३ सय २० रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । जसमा पुरुष ३२ हजार ३ सय ७९ र महिला ९ हजार २ सय ७० रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७ सय ६६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ०८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना र होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १२ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ५१ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २८ जना, प्रदेश न. २ मा ९६ जना, बागमती प्रदेशमा ६६ जना गण्डकी प्रदेशमा १४ जना, प्रदेश नं. ५ मा ३३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय १२ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ७ सय ८७ जना, प्रदेश नं. २ मा ६ हजार ३४ जना, बागमती प्रदेशमा १ हजार ५ सय ६९ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय ०९ जना, प्रदेश नं. ५ मा ५ हजार ६६ जना, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार १ सय ०८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ६ सय १५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ६ सय ७६ जना, प्रदेश नं. २ मा ४ हजार १ सय ०३ जना, बागमती प्रदेशमा २ हजार १ सय ७६ जना, गण्डकी प्रदेशमा ३८ जना, प्रदेश नं. ५ मा ४ सय ०७ जना, कर्णाली प्रदेशमा ७७ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ३८ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ४ सय ९३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ३८ जना, प्रदेश नं. २ मा १ हजार १ सय २७ जना, बागमती प्रदेशमा ५ हजार ६७ जना, गण्डकी प्रदेशमा ६ सय ३९ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ५२ जना, कर्णाली प्रदेशमा ३ सय ५० जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय २० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ७ सय ६६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ३३ जना, प्रदेश नं. २ मा ६ सय ८६ जना, बागमती प्रदेशमा ३ सय २८ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ४७ जना, प्रदेश नं. ५ मा ७ सय ८९ जना, कर्णाली प्रदेशमा २ सय ५९ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय २४ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ४४ रहेको छ । जसमा प्रदेश न.१ मा ७ जना, प्रदेश न. २ मा ३० जना, बागमती प्रदेशमा ८१ जना गण्डकी प्रदेशमा ६ जना र प्रदेश नं. ५ मा २० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १८ जना रहेका छन । जसमा प्रदेश नं.१ मा १ जना र वागमती प्रदेशमा १४ जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, भोजपुर, मुगु, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ५९ लाख ३५ हजार ५ सय ११ रहेको छ भने सक्रिय संक्रमित संख्या ६८ लाख ५६ हजार ५ सय १७ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ६१ हजार ९ सय पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ८२ लाख १७ हजार ९४ जना रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज १ हजार १ सय २० जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुग्यो

    एनआरएनए, दोश्रो बिश्व नेपाली स्वास्थ्य सम्मेलन , १८ देखी २०, सेप्टेम्बर २०२० सम्म अमेरिकामा हुदै !

  • १७ भाद्र २०७७, बुधबार ००:४० मा प्रकाशित
  • साउदी अरब । एनआरएनए , अन्तराष्ट्रिय समन्वय समिति , आई.सी.सी. ,स्वास्थ्य समितिद्वारा आयोजित दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन यही आउँदो सेप्टेम्बर १८ ,१९ र २० ( २०२० ) गरी तीन दिनसम्म अमेरिकामा हुन गैरहेको छ।
    गतसाल अमेरिकाको जर्जियामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनको भब्य र ऐतिहासिक सफलतापछि यसको महत्व र निरन्तरताको अरु महसुश भएपछि दोस्रो सम्मेलनको आयोजना गरिएको कुरा ।
    मेडिया तथा प्रमोसन दोस्रो बिश्व नेपाली स्वास्थ्य सम्मेलन, अमेरिकाका को- चेयर डाक्टर चिरन्जीबी भट्टराईले जानकारी दिनु भयो।
    अहिले कोरोना भाइरसको ( कोभिड-१९ ) को विश्व महामारीको कारणले समय फरक र अरु कठिन भए पनि यो दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनलाई पनि अत्यन्त भब्य र ऐतिहासिक रुपमा सम्पन्न गर्ने विश्वास आयोजकहरुले लिएका छन्।
    यो विश्व नेपाली स्वास्थ्य सम्मेलन देश -विदेश का स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टरहरु , नर्सहरु एबं स्वास्थ्य क्षेत्रका विभिन्न विधाहरुमा रुचि राख्ने नेपालीहरु ,बिज्ञ ,बैज्ञानिकहरु ,अनुसन्धानकर्ताहरु लगायतका व्यक्तिहरुको बिशेष उपस्थितिले अरु ऐतिहासिक हुनुका , साथै उपस्थित व्यक्तिहरु बीचको छलफल , विचार ,बिमर्श र सुझाबले अझै महत्त्वपूर्ण हुने छ ।
    स्वास्थ्य क्षेत्रका बढी भन्दा बढी बिधाहरुलाई समेट्नु, संसार भरि कै बढी भन्दा बढी देशहरुबाट प्रतिनिधिहरु वा स्वास्थ्य क्षेत्रका बिषय विज्ञहरु सहभागी गराउनु सम्मेलनको बिशेषता रहेको छ । यस सम्मेलनले संसार भरि कै बिषय विज्ञहरुको अनुभवहरु आदान
    प्रदान गर्नमा पनि ठूलो मद्दत पुग्ने, स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुले यस सम्मेलनलाई अत्यन्त नजिकबाट र महत्वकासाथ लिने, र
    यो सम्मेलनको आशातित सफलताले आउदा दिनहरुमा यो क्षेत्रको समग्र बिकासका लागि पनि अत्यन्त महत्व राख्ने सोचिएको छ।
    वर्तमान कोभिड-१९ को विश्व महामारीको संघारमा हुन गैरहेको यो सम्मेलनले संसार भरि कार्यरत नेपाली डाक्टर ,नर्स तथा
    स्वास्थ्य क्षेत्रका विभिन्न विधामा कार्यरत सबै व्यक्तिहरुको सामुहिक अनुभब , विचार बिमर्श र छलफल एबं सुझावले नेपाल तथा संसार भरि बस्ने नेपालीहरुले यो महामारीबाट बढी भन्दा बढी कसरी सुरक्षित हुने भन्ने सम्बन्धमा पनि एकिकृत , ठोस र अत्यन्त भरपर्दो सुझाब दिने पनि विश्वास गरिएको छ ।

    एनआरएन लाखौ लाख बिदेशमा बस्ने सबै नेपालीहरुको साझा भरपर्दो सामाजिक संस्था भएकोले बिदेशमा बस्ने लाखौ लाख नेपालीहरुको हितमा सक्दो काम गर्नु एनआरएनको कर्तब्य भएको र स्वास्थ्यको पाटो पनि एनआरएन को लागि बिशेष पाटो भएकोले स्वस्थ्य क्षेत्रमामा उल्लेखनीय सेवा प्रदान गर्नका लागि, बिदेशमा बस्ने लाखौ लाख नेपालीहरुको स्वास्थ्यको क्षेत्रमा काम गर्न,पनि एनआरएनएले एक महत्वपूर्ण स्वास्थ्य समिति बनाएको छ ।,
    यो समितिलाई सबै पक्षबाट अरु सबल र बृहत्तर बनाउन पनि यो सम्मेलनलाई बढी भन्दा बढी सफल बनाउन आवश्यक
    रहेकोले यो सम्मेलनमा विश्वभरिबाट नै बढी भन्दा बढी सहभागी सबै देश बिदेशमा बस्ने नेपालीहरुमा हार्दिक अनुरोध गरिएको छ।
    एनआरएनए बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको अन्तरास्ट्रिय साझा सामाजिक संस्था पनि भएको हुँदा यस अन्तर्गतका विभिन्न समितिहरुलाइ यस्ता काम तथा सम्मेलनहरुलाई सफल , प्रभाबकारी र उद्धेश्यमुलक बनाउन एनआरएनए अन्तरास्ट्रिय समन्वय समितीले अनुरोध गरेको छ ।
    साथै नेपालको समग्र बिकासमा प्रबासमा बस्ने लाखौ लाख नेपालीहरुको पनि अत्यन्त ठूलो र महत्वपूर्ण योगदान हुने हुदा एनआरएनएले गर्ने यस्ता कार्यक्रमहरुमा नेपाल सरकारले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न नेपाल सरकारसंग पनि यस सम्मेलनलाई सबै प्रकारले सक्दो सहयोग पुर्याउन एनआरएनए ले विनम्र अनुरोध गरेको छ ।

    ” मिटिगेटिंग पान्डेमिक वीथ हेल्थ ,रिसर्च , कोलाबोरेसन एन्ड एक्सन “
    भन्ने मूल नारा रहेको यो सम्मेलनका प्रमुख अथिति तथा बक्तामा नेपालका स्वास्थ्य मन्त्रि माननीय श्री भानुभक्त ढकालज्यू हुने र अन्य बक्ताहरुमा बिश्व स्वास्थ्य संगठन र युनिसेफका ग्लोबल, रिजनल र कन्ट्री डाईरेक्टर , एनआरएनएका प्रेसिडेन्ट एबं एनआरएनए स्वास्थ्य समितिका सभापति डाक्टर सन्जिब सापकोटा हुनेछन् ।
    तीन दिनसम्म चल्ने यो सम्मेलन सफलतापूर्बक सम्पन्न गर्न बिभिन्न समितिहरु र एउटा सल्लाहकार समिति पनि बनाईएको छ । यो दोस्रो बिश्व नेपाली स्वास्थ्य सम्मेलन नेपाल र नेपालीहरुको स्वास्थ्य सम्बन्धि यस किसिमले बृहत्तर रुपमा सम्बोधन र मनन् गरिएको एउटा अत्यन्त महत्वपूर्ण र बिशेष कार्यक्रम भएकोले पनि यस्लाई अत्यन्त सफल र सार्थक बनाउन : सबैमा हार्दिक अनुरोध गरिएको छ । समाचार श्रोत मेडिया तथा प्रमोसन
    दोस्रो बिश्व नेपाली स्वास्थ्य सम्मेलन, अमेरिकाका को- चेयर डाक्टर चिरन्जीबी भट्टराई । ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए, दोश्रो बिश्व नेपाली स्वास्थ्य सम्मेलन , १८ देखी २०, सेप्टेम्बर २०२० सम्म अमेरिकामा हुदै !

    बहिरंग (ओपिडी) सेवा सुचारु गर्दै राप्ती प्रादेशिक अस्पताल

  • १६ भाद्र २०७७, मंगलवार १९:४२ मा प्रकाशित
  • तुलसीपुर, दाङ, १६ भदौ
    दाङ जिल्लाको तुलसीपुरमा अवस्थित राप्ती प्रादेशिक अस्पतालले भोली देखि बहिरंग (ओपिडी) सेवा सुचारु गर्ने भएको छ ।

    उक्त अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जना कर्मचारीहरुमा कोभिड १९ पुष्टि भएपछि अस्पताललाई सिल गरिएको थियो ।

    भाद्र १३ गते एक सुचना जारी गर्दै सोही दिनदेखि सबै सेवा बन्द गरेको अस्पतालले यस अघि सोमबार साँझबाट ईमर्जेन्सी र प्रसुती सेवा सुचारु गरेको थियो ।

    अस्पतालमा कार्यरत थप २ जनामा कोभिड १९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ११ पुगेको छ । संक्रमित सबैलाई आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले अस्पताल डिसईन्फेक्ट्यान्ट गरि ओपिडी सेवा सुचारु गर्न लागेको अस्पतालले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बहिरंग (ओपिडी) सेवा सुचारु गर्दै राप्ती प्रादेशिक अस्पताल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P