• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

बर्थ डे मनाउन गएका युवकको मृत्यु-प्रकरण: प्रतिवादी १६ मध्ये ६ जना धरौटीमा छुटे

  • २० पुष २०७८, मंगलवार ०८:५५ मा प्रकाशित
  • दाङ, पुस १९ ।दाङको घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्।
    दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको छ।
    त्यस्तै, आर्यन केसी र विकास भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश भएको छ।
    अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पुर्पक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।
    मुद्दा फैसला हुन बाँकी रहेको र साक्षी बयानपछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरी पुर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आइतबार आदेश भएको सूचना अधिकारी शर्माले बताए।

    जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्‍याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुल्न आएको बताएका थिए।
    ‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखियो,’ एसपी काफ्लेले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही मान्न सकिन्छ।’
    उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने तर्क गरे।
    ‘एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको छ,’ एसपी काफ्लेले भने, ‘जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी छ।’
    घटना मंसिर १७ गते रातिको हो।

    साभार: जागरण अनलाइन

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बर्थ डे मनाउन गएका युवकको मृत्यु-प्रकरण: प्रतिवादी १६ मध्ये ६ जना धरौटीमा छुटे

    पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु

  • १९ पुष २०७८, सोमबार १०:३६ मा प्रकाशित
  • आइतबार तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा पल्टिएको लु १ ख ७२७९ नम्बरको बस।


    शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर रसाइलीकाे मृत्यु भयो। त्यसपछि अन्तिम संस्कारका लागि बसमा शव लिएर छोराहरू छिमेकीसहित आइतबार बिहान ७ बजे गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रिडी लागे। शव र मलामी बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा बिहान साढे १० बजेतर सडकबाट खस्याे। घटनास्थलमै ७ जनाकाे मृत्यु भयाे।

    तीमध्ये वीरबहादुरका साहिँला छोरा ३० वर्षिय पशुपति रसाइली पनि परे। ​

    ​रसाइलीसहित बुटवल –१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल –११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको पनि दुर्घटनामा ज्यान गएको छ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए।

    दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको उपचार लुम्बिनी मेडिकल कलेज र ६ जनाको उपचार मिसन अस्पताल पाल्पामा भइरहेको छ।

    प्रहरीका अनुसार घाइेतमा बुटवल उपमहानगरपालिका–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ का ३१ वर्षीय मीरा रामदाम, सोही स्थानका ५० वर्षीय श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका–३ का ४३ वर्षीय लालबहादुर विक, मालारानी गाउँपालिका–२ का ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा नगरपालिका– १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षकै तारा सुनार छन्।

    यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का ३९ को तुल्सिराम विक,  सोही ठाउँका २२ वर्षीय को दीपक विक, बुटवल उपमहानगरपालिका–१२ का ४८ वर्षीय माधवप्रसाद बस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय विष्णु विक घाइते भएको प्रहरीले जनाएको छ।

    घटनापछि बुटवलको रानीगन्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु

    उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला सम्पन्न; २६ उदक यात्रीको उत्साहजनक सहभागिता

  • १८ पुष २०७८, आईतवार २३:०९ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला मिति २०७८ साल पुष १८ गते सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुक्ति पोखरेलले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुको साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ‌।

    उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग एलाक कवि वरिष्ठ साहित्यकार डम्बर पहाडीले आफ्ना उत्कृष्ट उदक वाचन गर्नुको साथै साहित्यिक स्रष्टाहरूलाई समयसँगै हिड्न अनुरोध गर्नुको साथै साहित्यिक एकताको सुत्रमा बाँधिनुपर्ने धारणा राख्नुभएको थियो ।

    एघारौँ साप्ताहिक उदक वाचन कार्यक्रमा उदक यात्री हरि पङ्गेनी, नवराज भट्ट, सरस्वती श्रेष्ठ (रुपन्देही), पुष्प राना, निर्मला सुवेदी, वेदप्रसाद रिजाल, लक्ष्मी बस्याल, बालकृष्ण खनाल, बुद्धिप्रसाद लामिछाने, कविता देवकोटा, इन्दिरा देवकोटा, सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त पाण्डेय, केशब न्यौपाने, गुणनिधि घिमिरे, वसन्त अनुभव, सुशिला पौडेल, सोम लुइटेल, सीता बिष्ट कार्की, सविता केसी, धर्मी शाक्य, घनश्याम पौडेल र प्रेम थापा लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदक विधाका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको उपाध्यक्ष सविता केसीले गर्नुभएको थियो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको एघारौँ शृङ्खला सम्पन्न; २६ उदक यात्रीको उत्साहजनक सहभागिता

    प्रथम टुक्का वार्षिकोत्सवको अवसरमा ‘शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला- २८’ सम्पन्न; नेपाल लगायत विश्वका ८० जना टुक्का सर्जकको सहभागीता

  • १८ पुष २०७८, आईतवार २२:०८ मा प्रकाशित
  • काठमाडौ, १८ पौष । टुक्का साहित्य समाजले प्रथम टुक्का वार्षिकोत्सवको अवसर पारेर “शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८” को आयोजना गरेको थियो । उक्त अभ्यास शृङ्खला समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको संयोजकत्वमा पौष १६ गते शुक्रबार आयोजना गरिएको हो ।

    वार्षिकोत्सव ३ दिनसम्म मनाउने निर्णय गरेको समाजले पौष १५ वृहत् भर्चुअल कार्यशाला गोष्ठी, १६ गते शुभकामना टुक्का लेखन अभ्यास कार्यक्रम र १७ गते शुभकामना मन्तव्य र टुक्का वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरेको थियो ।

    टुक्का कविताका प्रवर्तक एवं समाजका अध्यक्ष चापागाईंको प्रशिक्षण रहेकोे उक्त २८ औं शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना नेपाली भाषी टुक्काकार / साहित्यकारको सहभागीता रहेको थियो । सहभागी टुक्काकारहरूले प्रयोगवादी नव काव्यिक विधा टुक्काको सफलताको लागि टुक्काका माध्यमबाट अत्यन्त सुन्दर ढंगले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

    शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८ मा सहभागी सम्पूर्ण टुक्काकारहरूमा टुक्का प्रवर्तक एवं शृङ्खला प्रशिक्षक चापागाईंले हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    प्रथम टुक्का वार्षिकोत्सवमा आयोजित शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला – २८ मा सहभागी टुक्काकार र टुक्काहरू

    १//
    १.
    स्वागतम सुस्वागतम, वार्षिकोत्सवलाई,
    नयॅा जोस जॅागर देओस् यसले यहॅा आई ।
    २.
    शुभकामना टुक्कालाई बर्ष दिनको बेलामा,
    निरन्तरता पाओस् टुक्काले विश्वभरी मेलामा ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर

    २//
    १.
    फुल्दै जाऊँ फल्दै जाऊँ टुक्का तिमी मिठो काब्य बनि,
    शुभकामना दिन्छौं हामी तिमी झाङ्गिए सधै भनि।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    ३//
    १
    हरेक पल टुक्काप्रति हात जोडिऊन्,
    नयाँ जोश उत्सुकताले प्रात: मोडिऊन् ।
    २
    लाखौंलाख शुभकामना टुक्का तिमीलाई,
    फुल्नु फल्नु जगतमा सबकाे साथ पाई ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर ,झापा

    ४//
    १.
    टुक्का लेख्दै रमाउँछु,
    मैले नाम कमाउँछु ।
    २.
    टुक्कालाई जन्मदिनकाे शुभकामना,
    प्रगति पथमा लम्कँदै गर्नु सामना ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    ५//
    टुक्काको वार्षिक उत्सवको शुभकामना,
    पुरा होओस् टुक्काकारको मनको चाहना।
    ✍️ सुशीला पाैडेल

    ६//
    १.
    साहित्यको फाँटिलो चौतारी बनोस् टुक्का आज,
    दिनानुदिन बढ्दै जाओस् यो स्रष्टाहरू माझ।
    २.
    बामे सर्दै हिँडेको टुक्का काव्य दौडिने होस,
    टुक्काकारहरुमा यसले भरिरहोस् जोस।
    ३.
    दुबो जस्तै मौलाएर संसारै ढाक्यो टुक्काले,
    अन्यायीलाई हान्छ कहिले गतिलो मुक्काले ।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ,दार्जीलिङ।

    ७//
    १.
    शुभकामना छ है मित्र टुक्का प्रथम वर्षको,
    निरन्तर लेखनी आओस् भावनासँग हर्षको ।
    २.
    मिठा भाव सिर्जनाका हामी सजाउँला,
    प्रेमिलता पस्कि-दिए केही लजाउँला ।
    ✍️ रामजी लामीछाने
    पाेखरा

    ८//
    १.
    जन्मेकाे बर्ष पुग्याे टुक्का काव्य आज,
    अमर बनी रहिरहोस् सबै माझ।
    २.
    फलोस् फुलोस् सधैँभरी टुक्का धेरै राम्रो होस,
    दुई हरफको टुक्का लेख्न आओस् नयाँ जोस।
    ✍️ निर्मला शाही ठकुरी
    दैलेख

    ९//
    शुभकामना शुभकामना शुभकामना,
    वसन्त पारभो पुर्ण होऊन् मनकामना।
    ✍️ कमला देवकोटा ,पाल्पा
    हाल काठमाडौ

    १०//
    १.
    मनैबाट उदाएको मानवी टुक्का भावना,
    शब्द लालित्य पाएको शुभेच्छा, शुभकामना।
    २.
    टुक्काको बार्षिक उत्सव सबै हर्ष आत्म सानिध्य उज्ज्वल, हरेक क्षण सदाचार उदाएको आत्मामा देख्छु झल्मल ।
    ✍️ अम्बिका अधिकारी
    बिर्तामाेड, झापा

    ११//
    टुक्का काव्य गागरमा सागर अटाओस् यसैगरी
    टुक्का काव्य सुन्दर वागमा फूलिरहोस् सँधैभरी ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    १२//
    १.
    गन्तव्यमा नै पुग्न सकोस् अनेक जंगार तरेर,
    नयाँ इतिहास कोर्न सकोस् मिठो मुस्कान छरेर ।
    २.
    फूलको बास्ना जसरी मिठो सौरभ चलिरहोस् ,
    टुक्काको नाम अलौकिक दीप भई बलिरहोस् ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १ काठमाडौँ

    १३//
    परिस्थिति जस्तो नै आओस् गर्नु सधै सामना,
    प्रथम वार्षिकोत्सवको यही शुभकामना!
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ

    १४//
    टुक्काको वृक्ष फैलेर जाओस् नेपाली धरामा,
    उन्नति सधैं बढेर जाओस् बारी र गरामा।
    ✍️ तिला लेकाली
    बेलबारी, माेरङ्ग ।

    १५//
    १.
    जन्मोत्सव मनाउँदै छ टुक्का विधा आज,
    लोकप्रिय बन्दैछ यो हेर सबका माझ ।
    २.
    शुभकामना सबैलाई टुक्का जन्मेको दिन,
    अगाडि बढौँ लेख्दै हामी हिच्किचाउँने किन ?
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    १६//
    १.
    यो देशमा सबै मिली टुक्का अघि बढाउनु पर्छ,
    यसैले कथा र उपन्यास बराबर काम गर्छ।
    २.
    सम्पूर्ण टुक्काकार मनैदेखि शुभकामना,
    अब बुझ्नुपर्छ एक अर्का प्रतिको भावना ।
    ✍️ बिक्रम तिरुवा सलिन
    जुम्ला

    १७//
    १.
    सुवास छर्दै जानु साहित्यको माझमा,
    हामी सबैको शुभकामना छ साथमा ।
    २.
    अघि सारेका पाइला कहिल्यै नथाकून
    टुक्का कविताले सधै उच्च नाम राखून ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    १८//
    १.
    समृद्ध बन्दै बढोस् अघि उल्लासमय,
    साहित्यिक यात्रामा सबैले भनून् जय।
    २.
    पाइला गन्दै हिंडून् सही डोबमा सधैंभरि,
    अनगिन्ती वर्षहरू आइरहून् यसैगरी।
    ✍️ म्यामराज राई
    हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान

    १९//
    १.
    भावकका भावनाको यो सङ्गम चाैतारी,
    टुक्का साहित्यले गाँस्यो नाता बलियो पारी।
    ३.
    टुक्का गाँस्दै रमाउने हाे सबकाे चाहना,
    जन्माेत्सवकाे अवसरमा शुभकामना ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा रुपन्देही

    २०//
    १.
    जन्मोत्सव मनाऔँ टुक्का विधाको साँझ,
    लोकप्रिय बनाउनु छ सबैका माझ ।
    २.
    लेखेर बढ्दै जाऔ लिएर नयाँ भावना,
    शिखर चुमोस् टुक्काले यहि शुभकामना ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    २१//
    १.
    समेट्दै मनोभावना लाखौं लाख सर्जक बढून,
    वर्षौवर्षसम्म टुक्का तिमीलाई मान्छेले पढून ।
    २.
    विकृति, विसंगतिका अवरोध चिर्न गर्दै सामना,
    अघि बढ्दै जाऊँ टुक्का तिमीलाई लाखौ शुभकामना !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर न० प० २, झापा

    २२//
    बधाई तथा शुभकामना टुक्का कविता,
    प्रगति देख्न पाऊँ है सदा तिम्रो रमिता।
    ✍️ मनोहरी पौडेल
    नवलपुर, गैडाकोट १

    २३//
    व्यक्त हुन्छ दुई लाइनमै, सम्पुर्णका भावना,
    टुक्का तिमिलाई जन्मदिनको,अथाह कामना।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर

    २४//
    १
    जन्मदिनको धेरै धेरै शुभकामना,
    सर्जक कमायौ टुक्का काव्यको नाममा।
    २
    प्रथम वार्षिकोत्सव सफल पारौँ,
    मन र मुटुमा टुक्काको नाम सारौँ।
    ✍️ जगत थापा
    बझाङ

    २५//
    १.
    बाटोमै देखेँ अनेकौं दुर्घटना पनि,
    अहो! सकिन्न सजिलै बाटो काट्न अनि।
    २.
    खेतबारीमा पँहेलपुर फुल्यो तोरी,
    घरमै भइदिए हुन्थ्यो एउटी छोरी।
    ✍️ भगवती दवाडी
    झापा

    २६//
    हृदय भरिको शुभकामना शुभ शुभ रहोस् सबमा,
    आनन्दमयी परिबन्दले हाँसी रहौँ, सुन्दर जगमा।
    ✍️ अर्जुन उप्रेती अप्रतिम
    असम भारत ।

    २७//
    १.
    हार्दिक बधाई तथा शुभकामना वार्षिक उत्सवलाई,
    मन खुब हर्षित र रमाएकाे छ टुक्कामा जाेडिन पाई।
    २.
    हामी सबै टुक्काकार मिलेर समाजमा ज्योति छर्नुछ,
    आपसी रिसराग अनि घमण्ड त्यागी अगाडि सर्नुछ।
    ✍️ रिना याेल्माे
    दार्जिलिङ्ग भारत ।

    २८//
    उच्च कामको गर्दछु आशा अनि चाहना,
    टुक्का काव्य वार्षिकोत्सवको शुभकामना !
    ✍️ अनुग्रह राना मगर

    २९//
    १.
    हेर्दाहेर्दै लेख्दालेख्दै आज वर्ष दिन पुगेछ,
    साहित्यमा टुक्का सृजना उत्कृष्ट विधा हुनेछ।
    २.
    टुक्का तिम्रो जन्मदिनको अनगिन्ती शुभकामना,
    साहित्यप्रेमी हृदयमा बस्न सक्नु यही चाहना।
    ✍️ सूर्यमणि रेग्मी
    चितवन

    ३०//
    १.
    दुई हरफे कवितामा टुक्का नवीन विधा भयो,
    यो एक वर्ष उल्लासपूर्ण अभ्यास-साधना रह्यो!
    २.
    साहित्यिक जगतमा टुक्काले नवीनता ल्याओस्,
    अभियान र अभ्यासमा थप गहनता पाओस् ।
    ३.
    गरौं सबैले निरन्तर अभ्यास र अथक साधना,
    टुक्का लेखनको वार्षिकीको सबैलाई शुभकामना!
    ✍️ डा.चन्द्र खत्री
    काठमाडौं

    ३१//
    १.
    साहित्यकाे अभिन्न अङ्ग टुक्का लेख्ने हाम्रो चाहना,
    बर्ष दिन पाे पुगेछ त पाेखेका मनका भावना ।
    २.
    माैलाउँदै जानु टुक्का तिमी पुरा होऊन् सबै तिम्रा सपना,
    यही छ है मेराे तर्फबाट वार्षिकाेत्सवकाे शुभकामना ।
    ✍️ शान्ति याक्साे
    ताप्लेजुङ, हाल काठमाडौं ।

    ३२//
    १.
    साहित्यको भविष्य सदा फलोस् फुलोस्,
    स्रष्टाको मन सदा टुक्का तिर भुलोस् ।
    २.
    साहित्य को सेवामा सब को भलो देखौँ,
    हामी सबै मिलेर टुक्का साहित्य लेखौँ ।
    ✍️ लव खड्का
    बुढानिलकण्ठ, काठमाडाैँ ।

    ३३//
    १.
    वर्ष पुग्यौ वामे सर्दै छिटै नै दगुर्ने हुनु,
    सफलताको सिढी चढ्दै शिखर पनि छुनु।
    २.
    टुक्का तिमी फुल्नु, फल्नु सर्वत्र सुगन्ध छर्नु,
    काव्य रसले मन जित्नु सबको दुःख हर्नु।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग, भारत।

    ३४//
    १.
    प्रथम टुक्का वार्षिकोत्सवले उत्साह उमङ्ग पाओस्,
    पुषको यो जाडो मौसमले सबैमा अलि न्यानो छाओस् !
    २.
    प्रथम टुक्का वार्षिकोत्सवलाई धेरै धेरै शुभकामना,
    उपस्थिति हुन सकिएन त्यसैले चाहन्छु क्षमा याचना!
    ✍️ शरद प्रधानाङ्ग
    विराटनगर-७

    ३५//
    १,
    एक बर्षको बालक बनी टुक्का अघि बढ्नेछ,
    टुक्काकारले साथ दिए छिटो शिखर चढ्नेछ।
    २,
    सबै मिली बालक टुक्काको जन्मोत्सव मनाअौँ,
    हातेमालो गरेर सबैले उपस्थिती जनाअौँ।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    ३६//
    १.
    वार्षिकोत्सव धेरै धेरै मनाउँदै जाउँ,
    टुक्का कविता लेखिलेखि रमाउन पाँउ।
    २.
    टुक्का कवितामा पूर्ण अभिब्यक्ति देखेर,
    सन्तुष्टि प्राप्त गर्ने धेरै रसिला लेखेर।
    ✍️ अच्युत घिमिरे
    दोभान सर्पाङ्ग भुटान

    ३७//
    साहित्यमा कलम जाेड्दै लेख्ने छ चाहना,
    टुक्का दिवसकाे सबैलाई शुभकामना!
    ✍️ तारा खत्री
    धरान-१७, सुनसरी

    ३८//
    सुख ,समृद्धि, आराेग्य अनि वैभवताकाे छ शुभकामना,
    राम्रै राम्रा रहून् प्रत्येक समय पल भन्ने मेराे चाहना ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक ७, झापा

    ३९//
    पूरा होस् सबै मनको चाहना,
    वार्षिक उत्सवको शुभकामना ।
    ✍️ श्री लिम्बू
    पाँचथर

    ४०//
    १.
    जबदेखि टुक्का- काव्य आयो,
    कयौँ नयाँ सर्जक जन्मायो !
    २.
    सुन्न पाइयो धेरै खुसिको कुरा,
    सिक्दै सिकाउँदै एक वर्ष पुरा।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी

    ४१//
    १.
    वार्षिकोत्सव मनाएर हामी हर्षित बनौँ,
    टुक्का कति लेखियो होला ! भनेर पनि गनौँ।
    २.
    हर हृदयको झैँ मेरो पनि माया बसेको,
    टुक्का लेख्न भनी मनैदेखी कम्मर कसेको।
    ✍️ श्रेस्ठ “परिक्रमा”
    धरान- १५, सुनसरी ।

    ४२//
    १.
    प्रथम टुक्का वार्षिकोत्सवको मङ्गलमय शुभकामना,
    फलोस् फुलोस् दुबो झैँ सर्वत्र टुक्का कविता यही छ चाहना ।
    २.
    टुक्का कविताले सबैको मनमुटु छुन सकोस्,
    अन्यत्र हैन हरपल शान्तिको बिगुल फुकोस्।
    ✍️ संझना कुसुम
    कास्की ।

    ४३//
    १
    शुभकामना छ सबमा धेर,
    अमुल्य जीवन नजाओस् खेर!
    २
    टुक्काकारका सृजना अब हेर फैलदै जान्छ,
    जस्ले अरुको मन जित्छ, उसैले सन्तुष्टि खान्छ !
    ✍️ पवन कुमार बुढाथेाकी
    चेाभार चारघरे, काठमाडौं

    ४४//
    १.
    तुकान्त मिलाएर टुक्का दुई लहरमा,
    समान अक्षरमा लेख्दै जाऔं रहरमा ।
    २.
    मनाउँदै टुक्का दिवस पहिलो नै आज,
    शुभकामना साटौं नमानी अप्ठेरो-लाज ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर

    ४५//
    १.
    मनको बह भन्नलाई धेरै छन् बिधा,
    टुक्का मार्फत राख्न सकिन्छ कुरा सिधा।
    २.
    फुलबारीको फूलहरू हुन टुक्का फुलोस् चाहना,
    टुक्काकार सबै जनलाई फूल झैं शुभकामना ।
    ✍️ कविन्द्र लाल प्रधान
    ललितपुर, सुन्धारा ।

    ४६//
    १.
    पहिलो बर्षमा टुक्का साहित्य समाजको पुगोस् चाहना,
    ज्योति बनी समाज जाज्वल्य पार्नु आत्मिक शुभकामना।
    २.
    बिज रोपी टुक्काको गर्यौ सहित्य सेवा,
    निरन्तर पुगोस् भाषा विकासमा टेवा।
    ✍️ मिसु श्रेष्ठ
    काठमाडाैँ ।

    ४७//
    १.
    सबको रहोस् टुक्का लेख्ने तीब्र चाहना,
    सफल वार्षिकोत्सवको शुभकामना ।
    २.
    टुक्का लेखन सधैं अग्रपंक्तिमा पुगोस्
    सर्जकको मनहरू टुक्काले नै छुओस्।
    ✍️ नानिमाया सुनुवार
    उदयपुर ।

    ४८//
    १.
    दुई हरफ छोटो टुक्का कवितामा विभिन्न विधा लेखी पुर्ण गरौं सामना ,
    टुक्काको वार्षिकोत्सव मनाउँदै गरौं सबैले मंगलमय शुभ कामना ।
    २.
    सबैले काव्यिय टुक्का लेखौं बिधि बिधान भित्र ,
    आ-आफ्नो नाम, थर, ठेगाना लेखी पठाउँ चित्र ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ।

    ४९//
    १.
    वार्षिक उत्सवको बाँसुरी धुन,
    मधुर बजेको छ सबैले सुन।
    २.
    मिलाई अाकार चित्र टुक्काकार,
    ढुकढुकी भित्र बस्नेछन् अपार।
    ३.
    धागोमा माला फूलका थुँगा जोडी,
    इन्द्रेणी रङ्गमा रचना नछोडी।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ५०//
    १.
    रिसराग अहंकारको लुतो सबै फालोस्,
    टुक्का काव्यले चेतनाको सधैं ज्योति बालोस् ।
    २.
    आऊँ रम्दै रमाऔंँ वार्षिकोत्सव आफ्नै भनेर,
    यो फलोस् फूलोस् टुक्का काव्य सबको मुटु बनेर ।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    ५१//
    १
    सुटुक्क आइ रङ्गिएर साहित्यका पानाभरि
    सफलतामा चढिरहोस् टुक्का काव्य यसै गरि !
    २
    प्रीति रोप्दै दुई हरफमा ठुलो संघर्ष गर्दै,
    एक वर्ष पुग्यो है टुक्का काव्य दिव्य ज्योति छर्दै ।
    ✍️ धनु शर्मा
    पाेखरा

    ५२//
    १.
    शुभकामना अचार जस्तै चखिलो चट्ट परेछौ,
    टुक्का तिमीले उन्नतीका एक बर्ष पूरा गरेछौ ।
    २.
    अझ उन्नति प्रगति गर्दै जाओस् टुक्का कविताले,
    उज्यालो पारोस् मन टुक्कारुपी रश्मि र सविताले ।
    ✍️ पुष्पाशायरा
    बिराटनगर ।

    ५३//
    १.
    संसार अड्छ मायामा देखिँदैन यहाँ तर,
    मायाकै जालमा सारा घुमेकाे छ चराचर !
    २.
    एक वर्ष भई सक्यो टुक्का साहित्य लेखन,
    सकिनँ बुझ्न मैले त गाह्राे छ ज्ञान देखन !
    ✍️ सावित्री न्यौपाने ( पौडेल )

    ५४//
    १.
    चुनाैतीकाे गरियाे सामना,
    बर्ष पुग्याे छ शुभकामना ।
    २.
    माैलिकता छानाेस् है टुक्काले,
    हैन भने हानाेस् है मुक्काले ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    ५५//
    १.
    क्या मिठो भाव छर्दछ टुक्का मनमा बसेर,
    साहित्य रस मिठास भर्दै दिलामा पसेर।
    २.
    वर्ष दिन भयो फक्रेको टुक्का छरेर भावना,
    साहित्य आकासमा फुलिरहोस् छ शुभकामना।
    ✍️ नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    ५६//
    पुरा होऊन् मनका ईच्छा फलोस् फुलोस् सुखी जीवनको चाहना,
    इश्वरले सदा रक्षा गरून् वार्षिक उत्सवको शुभकामना।
    ✍️ नवीन जोशी
    प्रदेस ७, कैलाली

    ५७//
    १
    संसार भरि मग्मगाउने टुक्का बनोस् फूल,
    साहित्यको सागर तार्ने टुक्का बनोस् पुल ।
    २
    विकास अनी समृद्धिले छाओस् सबैको चाहना,
    प्रथम वार्षिकोत्सवको हार्दिक शुभकामना ।
    ✍️ तारा घिमिरे
    सङ्खुवासभा

    ५८//
    १.
    प्रथम टुक्का-वार्षिकोत्सव मनाउँन पाउँदा,
    पेटे भोटो समेत यौटा ल्याउँनु पर्ला आउँदा।
    २.
    साहित्यमा जेठो कान्छो हुनुहुन्न भेद,
    सबै हाँगा बिँगा हुन् अरू, मूल हो वेद।
    ✍️ रामशरण न्यौपाने,भक्तपुर

    ५९//
    १.
    हार्दिक बधाई टुक्का कबिता, आदिदेखि अनादिसम्म छरिनु,
    संसारभर हर कुनाकाप्चामा जनमनको ओठमा भरिनु !
    २.
    तिम्रै नालीबेलीमा लहराई रहन पाउँ,
    सधैं नै तिम्रै डाँडाकाँडामा सुसेलिमा गाउँ !
    ✍️ टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    ६०//
    रमेर टुक्का लेखन बिधि बिधान भित्र,
    राखिदिनु नाम थर ठेगाना अनि चित्र ।
    ✍️ जिकुमार गौतम
    भद्रपुर -१ (पृथिबिनगर) झापा

    ६१//
    १.
    शुभकामना टुक्का काव्यलाई प्रथम वर्षको,
    लेख्न पाउँ अनन्तसम्म सिमा नै छैन हर्षकाे।
    २.
    अन्त्यानुप्रास बराबर अक्षर र भावपूर्ण दुई हरफ,
    ब्यङ्गय,हान्छाै समसामयिकता बाेल्छाैँ गर्दैनौं फुस्रा गफ,
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ

    ६२//
    १.
    नेपाली साहित्यमा टुक्का छाेटाे र मिठाे विधा,
    सुन्न र पढ्न पाउँदा मन खुसी हुन्छ सिधा ।
    २.
    सबै मिली यो टुक्का काव्य लेख्ने बानी गरौँ
    नजान्नेले जान्नेको सिकाइमा भर परौँ।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडौ

    ६३//
    १)
    फलोस् फूलोस् टुक्काले उन्नती गरोस्,
    सर्वत्र उन्नतिको सन्देश छरोस् ।
    २.
    लाखौंलाख शुभकामना म आज अर्पण गर्छु,
    तिमी हिड्ने बाटोमा टुक्का मेरा शब्द सधैँ छर्छु ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    ६४//
    १.
    वार्षिकोत्सवको उपलक्ष्यमा छ शुभकामना!
    टुक्का लेखनमा लागि परौं सर्जक सबैजना ।
    २.
    फलोस् फुलोस् प्रगतिको पथमा लम्किरहोस्,
    जुन झैँ टुक्का काव्य सधैँभरी चम्किरहोस्।
    ✍️ काेकिला चाैधरी
    बाँके ।

    ६५//
    १.
    टुक्काले उर्जा चलाउँछ चलाउँछ चाहना,
    अझै सफलता पाओस् है धेरै शुभकामना ।
    २.
    लेख्छु टुक्का जहिले नगरी कुनै बाहाना,
    पल्टियोस् सदैव टुक्काको नयाँ नयाँ पाना ।
    ✍️ कल्पना थामी
    सिन्धुपाल्चोक

    ६६//
    १
    हरेक वर्ष आउँछ उत्सव आइराखोस् चाहना,
    सम्पूर्णमा हृदय देखि दिनेछु म शुभकामना।
    २
    यसरी नै कविको त एक एक पाईला लम्किरहोस्,
    आकाशको चन्द्रसुर्य झैँ सबैको हृदय चम्किरहोस्।
    ३
    नछोड कहिल्यै साहित्यको बाटोलाई,
    जान्यौ भने सजिलो छ सम्झ दुनो गाई।
    ✍️ कमला पाण्डे पराजुली
    झापा

    ६७//
    १.
    फलोस् फुलोस् अनि सगरमाथा चुमोस्
    नेपाली टुक्का कविता विश्वमै घुमोस् ।
    २.
    नयाँ कोकिला, वसन्तले पालुवा पलाऊन्,
    सिर्जनशील हातहरू सिर्जना जन्माऊन्।
    विक्रम वली “नेपाली बाबु”
    घोराही -११- दाङ

    ६८//
    १.
    अबको पालो टुक्का कविता जनजनमा,
    झाँगिदै लहरिएला यी जनका मनमा ।
    २.
    टुक्का कविताको सधैनै गर्नु छ सामना,
    वार्षिकोत्सवको यो हार्दिक शुभकामना ।
    ✍️ ऋषिराम खनाल । मध्यविन्दु ६ नवलपुर ।

    ६९//
    टुक्का वार्षिकाेत्सवकाे शुभकामना,
    फुल्दै फल्दै अघि बढाेस् हाम्रो चाहना।
    ✍️ साधना पाैडेल
    अाेखलढुङ्गा

    ७०//
    १.
    दुबो झैँ मौलाउँनु टुक्का, बाँस झैँ गजाउँनु,
    मधुर साहित्य रसले विश्व नै सजाउँनु।
    २.
    तिम्रै साम्राज्य साहित्यमा छ चलेको हेर्न मन,
    मुटुमै बस्न सफल हुनु विश्वास जितिकन।
    ३.
    फलोस् फुलोस् प्रगति होस् टुक्काको छ यही चाहना,
    निरन्तर अघि बढोस् काव्य यात्रा शुभकामना !!
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ७१//
    १.
    फलुन् उमङ्गका, फल लटरम्म,
    यो धर्ती आकाश, रहुन्जेल सम्म ।
    २.
    उर्वर बनोस् टुक्का, साहित्यको भूमि,
    यसरी नै सधैँ, शिखरहरु चुमि ।
    ✍️ मुकुन्द कृष्ण थापा
    खोटाङ

    ७२//
    १.
    फूलको वर्षा हुँदै योजनाले सत्कार गरे,
    टुक्काकार सबै मिलेर अहम पछि सरे।
    २.
    अझैँ नै फुलोस् सयपत्री नसुकेर फूल,
    फल लाग्दा नथाकी पहिचान दिदै झुल ।
    ✍️ धनुष न्यौपाने

    ७३//
    १.
    दिल देखि व्यक्त गर्छु मेराे भावना,
    टुक्कालाई मुरीमुरी शुभकामना ।
    २.
    थाहै भएन एकवर्ष कति छिटो गयो ,
    टुक्का साहित्य आजदेखि दुईवर्षे भयाे ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´

    ७४//
    उत्कृष्ट विधा भएर जन्म्यो टुक्का यो भवमा,
    हटाई बाधा साहित्य सर फैलियोस् नभमा।
    २
    लेखेर ब्यङ्ग्य वार्षिकोत्सव मनाउँ तुक्काले,
    विकृती फाल्न मिलेर हानौँ झटारो टुक्काले।
    ✍️ अबजस चन्द्र
    क्षितिज पारी मायाको गाउँ, झापा

    ७५//
    टोपी दिवसमा ट्वाक्क टुक्का,
    लेखी हानूँ कि चोटिलो मुक्का ।
    ✍️ “देववर्तिनी”

    ७६//
    एक बर्ष अगाडि सिर्जना भएको टुक्का कविता विधा,
    मन परेर मलाई चढाई रहन्छु नयाँ नयाँ सिधा।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही , हाल सुर्खेत

    ७७//
    १.
    टुक्का तिमी फल्नु फुल्नु बासना मगमगाउँनु
    साहित्यको ज्योती फैलाइ गाउँवेशी जगाउँनु ।
    २.
    बढ्दो तिम्रो लोकप्रियता छोटै अवधिमा,
    बाँधी राख्नु नफुकाउनु तिम्रो आफ्नो सीमा ।
    ✍️ कर्ण दयाल
    मेलौली नगर पालिका ७, बैतडी

    ७८//
    १
    टुक्का तिमी संसारमा नाम कमाएर बाँच,
    लेखन र वाचन साथै ईज्जतलाई साँच ।
    २
    कामना छ तिमीलाई यो जन्मदिनमा,
    पाइलाले शिखर चुम्नु छिनछिनमा
    ✍️ सुस्मिता नेपाल सुनसरी

    ७९//
    १.
    टुक्कामा कलम चलाई अब अघि सराैँ,
    नेपाली भाषा साहित्यमा याेगदान गराैँ।
    २.
    जस्तै परिस्थिति आउँदा पनि गर्न सकाेस् सामना,
    टुक्का-कविता जन्माेत्सवकाे अनेकौं शुभकामना,
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही बुटवल

    ८०//
    १.
    अन्त्यानुप्रास समान वर्ण दुई हरफकाे काव्य,
    टुक्का नामले प्रखर बन्दैछ मिठाे भावमा श्राव्य ।
    २.
    शुभकामना! टुक्का तिमीलाई अझै चाेटिलाे बन्दै जानुँ,
    पार भयाे पहिलाे वर्ष युगयुग बाँच्नु बनेर भानु ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    🌹🌹जय टुक्का ! जय साहित्य !! 🌹🌹

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on प्रथम टुक्का वार्षिकोत्सवको अवसरमा ‘शुभकामना टुक्का लेखन अभ्यास शृङ्खला- २८’ सम्पन्न; नेपाल लगायत विश्वका ८० जना टुक्का सर्जकको सहभागीता

    निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

  • १८ पुष २०७८, आईतवार २०:५५ मा प्रकाशित
  • काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ ।

    १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

    निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।
    कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए । उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’
    यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on निर्मला हत्याकाण्ड : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

    हाम्रो नोवेल साकोस, घोराही दाङको १३औं साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न

  • १७ पुष २०७८, शनिबार २२:५१ मा प्रकाशित
  • घोराही, १६ पौष । हाम्रो नोवेल साकोसको १३औं साधारण सभा तथा पाचौं अधिवेशन घोराही स्थित सुन्दर रमणीय स्थल बाह्रकुने दहमा शुक्रबार सम्पन्न भएको छ ।
    साकोसकी अध्यक्ष सुषमा कुमारी रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घाेराही उप-महानगरपालिका, राेजगारी तथा सहकारी प्रवर्द्धन शाखा प्रमुख हाेमलाल भुसालले पानसमा बत्ती बालेर गर्नुभएको थियोे। उक्त अवसरमा गाेरखनाथ वैदिक गुरुकुल चाैघेरा, दाङका बटुकहरूले स्वस्ती वाचन गरेका थिए।

    संस्थाका उपाध्यक्ष केशवराज ढकालले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा काेषाध्यक्ष प्रकाश भट्टराईले आर्थिक प्रतिवेदन ,लेखा संयाेजक राजकुमार थापाबाट लेखा प्रतिवेदन तथा संस्थाका अध्यक्षबाट संस्थाकाे वर्तमान अवस्था र भावि याेजनाबारे सभामा प्रतिवेदन राख्नुभएकाे थियाे ।

    संस्थाले जेष्ठ शेयर सदस्य खिमकान्त भट्टराई ,असल ऋणीमा हुलास गुप्ता र कमला वलीलाई सम्मान गरेकाे थियाे । त्यस्तै संस्थाले संस्थामा अतुलनीय याेगदान पुर्याउने शेयर सदस्यहरू मध्येबाट बसन्त के.सी.लाई सम्मान गरेकाे थियो भने उत्कृष्ट कर्मचारीमा अमृता कुमाललाई सम्मान गरेकाे थियोे। त्यस्तै सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरू मध्ये रेडियाे स्वर्गद्वारीकी समाचार वाचिका र बिबिसी नेपाली सेवा दाङ प्रतिनिधि एवं शेयर सदस्य बसुन्धरा गाैतमलाई सम्मान गरेकाे थियाे ।

    त्यस्तै हरेक बर्ष झैँ यस वर्ष पनि SEE मा सर्वाेत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छाेराछाेरीहरू मध्येबाट एक छात्र र एक छात्रा गरि २ जना राेशन डाँगी र अन्जु खत्रीलाई पुरस्कृत गरेकाे छ । यसै बर्ष देखि सुरुवात गरेकाे बाल खुत्रुके खातामा उत्कृष्ट बचत कर्ता बालबालिका मध्येबाट गाेरखनाथ वैदिक गुरुकुल सिद्ध रत्ननाथ मठका वटुक प्राञ्जल भट्टराई र कन्या आरती याेगीलाई प्रमाण पत्र सहित पुरस्कृत गरेकाे छ ।

    शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि भुसालले नाेबेल साकाेसकाे दिन प्रतिदिन हरेक वर्षकाे कृयाकलाप हेर्दा राम्राे रहेकाे र उद्देश्य अनुरुप कार्य गर्दै गएकाेमा खुसी ब्यक्त गर्नुभएकाे थियो। साथै उहाँले संस्थाले धर्म संस्कारकाे क्षेत्रमा पनि आफ्नाे सेवाका हातहरु बढाएका कारण बालबालिकाकाे सानाे सानाे संचित रकमलाई संकलन गर्न सकेकाे छ भन्दै चाैघेराकाे गुरुकुलका बालबालिकाहरुकाे प्रशंसा गर्नुभएकाे थियाे ।

    संस्थालाई शुभकामना ब्यक्त गर्दै राष्ट्रिय सहकारी बैक घाेराही शाखाका प्रमुख डिल्लीराज दहालले शुभकामना सहित संस्थाकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दै राष्ट्रिय सहकारी बैक यस्तै राम्रा सहकारी सँग काराेवार गर्न पाउँदा खुसी लागेकाे धारणा व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त बहादुर के.सी.ले गर्नुभएकाे थियाे ।

    पहिलाे सत्रकाे समापन सँगै सञ्चालन भएको दोस्रो सत्रमा कोषाध्यक्ष प्रतिवेदन, लेखाको प्रतिवेदन अध्यक्षको प्रतिवेदन लगायत प्रस्तावित निति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित भएको थियो ।

    दोस्रो सत्रमा संचालित अधिवेशनबाट संस्थाको आगामी ४ वर्षका लागि पुनः सुषमा कुमारी रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्व सहमतिबाट गठन गरेको थियो । जसको उपाध्यक्षमा केशवराज ढकाल सचिवमा प्रकाश भट्टराई काेषाध्यक्षमा दाेर्ण भण्डारी र सदस्यहरुमा नन्द प्रसाद केसी, भिमा डिसी , सुमित्रा शर्मा ,मिना विष्ट,परशुनारायण श्रेष्ठ लाई चयन गरेकाे थियो ।

    नव निर्वाचित कार्यसमिति

    त्यस्तै राजकुमार थापाको संयोजकत्वमा निर्मला न्याैपाने र समिरमणि गाैतम गरेर तीन सदस्यीय लेखा समिति सर्व सहमत रुपमा चयन गरेको थियो।

    नव निर्वाचित लेखा समिति

    त्यस्तै ऋण उपसमितिमा २ जना सदस्यहरूमा निरा केसी र बसन्ता थापालाई सर्वसहमत रुपमा चयन गरेको थियोे ।

    नव निर्वाचित ऋण उपसमिति

    त्यस्तै अधिवेशनले संस्थाका सल्लाहकारहरुमा शरद कुमार शर्मा, डिल्ली बहादुर बस्नेत, गिरिराज बुढाथाेकी, चेतलाल न्याैपाने र संस्थापक सदस्य पार्वती लाेहनीलाई सल्लाहकारमा मनाेनित गरेकाे थियोे ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on हाम्रो नोवेल साकोस, घोराही दाङको १३औं साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न

    प्रथम टुक्का वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न

  • १७ पुष २०७८, शनिबार २१:४६ मा प्रकाशित
  • काठमाडाैँ, १७ पौष । टुक्का साहित्य समाजको आयोजनामा प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम शनिबार सम्पन्न गरेको छ । नेपाली साहित्य आकाशमा प्रयाेगवादी लघुत्तम नवकाव्यिक विधा “टुक्का कविता” लेखनकाे औपचारीक शुरुवात भएकाे एक बर्ष पूरा भएकाे अवसरमा उक्त कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार डा. देवी पन्थी रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा डा.घनश्याम परिश्रमी र तिला लेकाली रहनुभएको थियो । साथै अतिथिमा अरुण नदी खत्री, सोमनाथ लुइँटेल रवि र सुशीला पौडेल रहनुभएको थियो ।

    भर्चुअल लाइभका माध्यमले संचालित उक्त कार्यक्रममा टुक्का वाचन गरिनुका साथै शुभकामना आदानप्रदान गर्ने कार्य पनि गरिएको थियो । कार्यक्रममा टुक्का साहित्य समाजका पदाधिकारीहरू, टुक्का अभियन्ताहरू लगायत टुक्का सर्जकहरूको उपस्थिति रहेकोे थियो । अपरान्ह ४ बजेदेखि सन्चालन भएको उक्त कार्यक्रम करिब ७ बजेसम्म सन्चालन भएको थियो ।

    कार्यक्रममा डा. देवी पन्थी, तिला लेकाली, अरुण नदी खत्री, सुशीला पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन टुक्का अभियन्ताद्वय भगवती दवाडी र दुर्गा रिजालले गर्नुभएको थियो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on प्रथम टुक्का वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न

    साप्ताहिक उदक अभ्यासको ३३औं शृङ्खला सम्पन्न; ८० जना उदक स्रष्टाहरूको सहभागीता

  • १७ पुष २०७८, शनिबार २०:०० मा प्रकाशित
  • काठमाडौ, १७ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३३ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदकका सहभागी सर्जकहरू

    १//
    हिमाल
    नेपालको शान
    राष्ट्रियता हाम्रो अभिमान !
    ✍️
    सविता के.सी.

    २//
    पहिचान
    राष्ट्रिय गौरव
    सगरमाथा उच्च सम्मान।
    ✍️
    राेशन पराजुली,धरान।

    ३//
    सगरमाथा
    नयाँ वर्ष
    लक्ष्य चुम्ने आकाँक्षा !
    ✍️
    शिव खनाल जीवम

    ४//
    सगरमाथा
    सर्वोच्च शिखर
    नेपालीको शिरको ताज !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ५//
    सगरमाथा
    सुर्य चन्द्र
    अंकित झन्डा फर्फरायो!
    ✍️
    बालकृष्ण खनाल

    ६//
    शिर
    उच्च सगरमाथा
    पुर्खाको अतुलनीय गाथा !
    ✍️
    टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    ७//
    सगरमाथा
    उच्च शिखर
    हाम्रो देशको गौरव!
    ✍️
    राजाराम रत्गैंया अमौरा कैलाली

    ८//
    रक्तिम
    झन्डा नेपालीको
    चन्द्र सूर्य अंकित !
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ९//
    उच्च
    मेरो टोपी
    विश्वको गौरव गाथा !
    ✍️
    गुणनिधि घिमिरे #पाँचथर

    १०//
    झन्डा
    हिमाल शान
    उच्च छ जान !
    ✍️
    अनुग्रह राना मगर ‘पुस्प’
    संखुवासभा हाल मलेसिया

    ११//
    सगरमाथा
    हाम्रो स्वाभिमान
    नेपाली मनको सान !
    ✍️
    मिलन के .सी.( थापा) पोखरा

    १२//
    हिमाल
    झन्डा नेपाल
    नेपालीको अमुल्य माल!
    ✍️
    खड्गबहादुर गुरुङ बुटवलदेखि ।

    १३//
    सगरमाथा
    राष्ट्रिय ध्वज
    हिमालयमा हराएको कस्तुरी!
    ✍️
    कण्ठराज गिरी, टिकापुर कैलाली हाल अष्ट्रेलिया

    १४//
    सगरमाथा
    अटल युगौंयुग
    स्वतन्त्र स्वयम्भु फर्फराउँछ!
    ✍️
    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    १५//
    सगरमाथा
    मुस्काउँदै हाँस्छ
    बोकेर नेपाली झन्डा !
    ✍️
    गोपालप्रसाद पाैड्याल
    विराटचोक मोरङ

    १६//
    झन्डा
    उच्च सगरमाथा
    स्वाभिमानी नेपालीको गाथा!
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    १७//
    देवढुङ्गा
    सर्वोच्च शिखर
    नेपाली माटोको शान !
    ✍️
    आर्त अकुलीन, कैलाली

    १८//
    अटल
    सगरमाथा हिमाल
    झण्डा फर्फरायो नेपालको !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    १९//
    हिमाल
    झन्डाको सङ्केत
    सुन्दर शान्त नेपाल !
    ✍️
    खगेन्द्र बस्याल
    तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

    २०//
    सर्वोच्च
    बोकेर शान
    गर्दैन कहिल्यै अभिमान !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    २१//
    हिमाल
    विश्वक‍ो शिरताज
    सुन्दर शान्त विशाल!
    ✍️
    मुक्ति पोखरेल
    इटहरी ४, सुनसरी

    २२//
    हिमालय
    गर्विलाे ईतिहास
    दर्विलाे उँचाई पहिचान !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    २३//
    पर्वतराज
    शिखरमा चम्केको
    देख्छु म आज !
    ✍️
    दुर्गा अधिकारी भमरकोटे ।

    २४//
    फहराएको
    सगरमाथामा झन्डा
    नेपालीका सर्बोच्च महिमा !
    ✍️
    पुष्पशायरा । बिराटनगर ।

    २५//
    शिरमा
    नेपालको शान
    अग्लो हिमाल सगरमाथा
    ✍️
    बासुदेव दनुवार = सिन्धुली

    २६//
    हाम्रो
    देशको सान
    सगरमाथा यसको नाम !
    ✍️
    मंगला उपाध्याय
    बारा कलैया १

    २७//
    सगरमाथा
    नेपालीको शान
    झन्डाले बोक्यो पहिचान !
    ✍️
    इश्वरी अधिकारी लमजुङ।

    २८//
    पहिचान
    महिमा गान
    नेपालको आफ्नै शान !
    ✍️
    प्रेम थापा बागलुङ

    २९//
    सगरमाथा
    सर्वोच्च शिखर
    हामी नेपालीको सान !
    ✍️
    चक्र आले “लाफा” कैलाली

    ३०//
    नेपाल
    पृथक् पहिचान
    झन्डा सगरमाथाको देश !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा, कैलाली

    ३१//
    फर्फरायो
    राष्ट्रिय झण्डा
    सगरमाथाको उच्च शीरमा !
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही लुम्बिनी प्रदेश।

    ३२//
    सगरमाथा
    नेपालीको शिर
    राष्ट्रको अभिन्न अङ्ग !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा तानसेन ।

    ३३//
    झन्डा
    राष्ट्रको ताज
    रमाऔंँ आफ्नै पनमा!
    ✍️
    कमला देवकोटा, पाल्पा

    ३४//
    हिमाल
    उर्जा जिन्दगीको
    उच्च शिर नेपालकाे !
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    ३५//
    सगरमाथा
    विश्वमा बहादुर
    वीर नेपालीको गाथा !
    ✍️
    पशपती राई खोटाङ

    ३६//
    सगरमाथा
    नेपालीको गौरव
    स्वाधीनताको अमूल्य प्रतीक !
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    ३७//
    हिमाल
    नेपालको गौरव
    चन्द्र सुर्य अङ्कित !
    ✍️
    धर्मी शाक्य,बुटवल रुपन्देही

    ३८//
    सगरमाथा
    शिरकाे टाेपी
    नेपालीको साझा पहिचान !
    ✍️
    रामराजा के.सी.
    फर्पिङ , काठमाडौं

    ३९//
    विश्व
    नियालेर हेर्छ
    सगरमाथा उच्च हिमाल
    ✍️
    तोयनाथ सुवेदी

    ४०//
    सगरमाथा
    राष्ट्रकाे गाैरब
    नेपालको सर्वोच्च शिखर !
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ४१//
    राष्ट्रिय
    झन्डा फर्फरायो
    सगरमाथा नेपालीको शिरमा।
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    ४२//
    हिमाल
    हाम्रो शिर
    बिश्वमा चिनाउने तिर !
    ✍️
    सुमित्रा पोखरेल काठमाडौं

    ४३//
    झन्डा
    शिरमा बोकेर
    हाँस्दै छ सगरमाथा !
    ✍️
    रमेश प्रभात , चितवन

    ४४//
    नेपाल
    सगरमाथाको देश
    स्वाधीनताको प्रतीक राष्ट्रियझण्डा !

    बुद्धिप्रसाद लामिछाने कैलाली

    ४५//
    सगरमाथा
    विश्वको श्रीपेच
    नेपालको झण्डा फर्फर !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काडमाण्डौँ

    ४६//
    विश्वकाे
    शिर नेपाल
    सगरमाथा हाम्राे सान !
    ✍️
    प्रद्युम्न चालिसे

    ४७//
    नेपाल
    झन्डा सगरमाथा
    विश्व चिनाउने कथा!
    ✍️
    जमुना कायस्थ

    ४८//
    खुलेको
    सगरमाथाको शिरमा
    राष्ट्रिय झन्डा झुलेको !
    ✍️
    बिके माकजु ,भक्तपुर ।

    ४९//
    सगरमाथा
    विश्वको सान
    नेपाली मौलिक पहिचान !
    ✍️
    अविराज व्यञ्जन,नवलपुर

    ५०//
    सगरमाथा
    गौरव सान
    चन्द्र सूर्य रहदासम्म !
    ✍️
    अशोक थापा
    धनगढी , कैलाली

    ५१//
    लोभलाग्दो
    हाम्रो सगरमाथा
    संसारकै अमुल्य उपहार !
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ५२//
    सगरमाथा
    नेपालको गहना
    फहराउदै नेपालको झन्डा !
    ✍️
    खेमराज पुरी कैलाली हाल मुम्बई

    ५३//
    सगरमाथा
    नेपालीको सान
    नेपाली झन्डा फहराउँदै!
    ✍️
    चक्र शाही ,कैलाली

    ५४//
    सगरमाथा
    हाम्रो शिर
    हामी नेपालीको शान !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ५५//
    सगरमाथा
    फहराउँदो ध्वजा
    शिरमा नेपालकाे झण्डा !
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ५६//
    हिमशिखर
    हाम्रो शान
    ध्वजा सर्वाेच्च पहिचान!
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    ५७//
    सगरमाथा
    नेपालको गौरव
    शिखरमा नेपालको शान !
    ✍️
    धनमाया चौधरी कैलाली

    ५८//
    सगरमाथा
    नेपाली सान
    विश्व गिनीज मान !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    ५९//
    सगरमाथा
    शिर ताज
    पहिचान नेपाली मान !
    ✍️
    शारदा आचार्य

    ६०//
    सर्वोच्च
    शिखर सगरमाथा
    नेपालको गौरवशाली गाथा!
    ✍️
    राम बहादुर चौधरी, गोरखा

    ६१//
    सगरमाथा
    फरफर झन्डा
    नेपाली माटोको माया !
    ✍️
    भवानी घिमिरे, सर्लाही

    ६२//
    झन्डा
    राष्ट्रकाे चिनारी
    सर्वाेच्च शिखर विशाल !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ६३//
    सगरमाथा
    नेपालको शान
    प्राकृतीक शौन्दर्यको गाथा !
    ✍️
    चेतराज जैशी ( हाल UAE)

    ६४//
    पहिचान
    शिरमा टोपी
    बेग्लै हाम्रो शान !

    ✍️
    रवि खडका रोदन, कैलाली

    ६५//
    झन्डा
    शिखरमा फरफराउँदा
    नेपालीको उच्चस्तरीय शान !
    ✍️
    सरस्वती श्रेष्ठ, इटहरी

    ६६//
    झन्डा
    हाम्रो सान
    बस्छ उच्च आशन !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    ६७//
    सगरमाथा
    सर्वोच्च शिखर
    पहिचान हामी नेपालीको !
    ✍️
    शिव ज्ञवाली,गुल्मी

    ६८//
    सगरमाथा
    नेपालको गाथा
    संसारकै सर्वोच्च शिखर !
    ✍️
    अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    ६९//
    सगरमाथा
    नेपालको पहिचान
    झन्डा हाम्रो सान!
    ✍️
    डम्बर पहाडी#एलाक’

    ७०//
    सगरमाथा
    विश्वको सान
    नेपालीलाई चिनाउने पहिचान !
    ✍️
    प्रतिमा पोख्रेल
    भोजपुर

    ७१//
    सम्मान
    मात्र सगरमाथा
    हामी नेपालीको सान !
    ✍️
    विष्णुदीप सङ्कल्प

    ७२//
    उचाइ
    राष्ट्रिय झन्डा
    सर्वोच्च शिखर सगरमाथा !
    ✍️
    लक्ष्मी उपाध्याय, धादिङ

    ७३//
    ध्वजा
    उच्च हिमाल
    नेपाली माटोमा गौरव !
    ✍️
    कविता आचार्य, कैलाली

    ७४//
    हिमाल
    हाम्रो पहिचान
    झण्डा हाम्रो सान !
    ✍️
    रघु थापा सु न पा १.

    ७५//
    सगरमाथा
    राष्ट्रिय झन्डा
    विश्व भरी चर्चित !
    ✍️
    भजुराम के. सि.

    ७६//
    रातो
    त्रिकोण झन्डा
    आहा! फहरायो हिमालमा !
    ✍️
    शाही सुरेन्द्र

    ७७//
    सगरमाथा
    नेपालीको सान
    विश्वकै हाम्रो पहिचान !
    ✍️
    रिता खराल,रुपन्देही

    ७८//
    सगरमाथा
    विश्वकै गाथा
    गौरवशाली हामी नेपाली !
    ✍️
    वासुदेव ज्ञवाली,
    पाल्पा,तानसेन – १

    ७९//
    सगरमाथा
    नेपालको शान
    राख्दछ बिश्वमा पहिचान !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ८०//
    सान
    हामी नेपालीहरुको
    पहिचान सगरमाथा शिर !
    ✍️
    सुशिला पौडेल

    जय उदक ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३३औं शृङ्खला सम्पन्न; ८० जना उदक स्रष्टाहरूको सहभागीता

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७८, शुक्रबार १७:५६ मा प्रकाशित
  • १
    सगरमाथा
    हिउँको पर्वत
    गाउ देशको गाथा !

    २
    नेपाल
    सुन्दर देश
    प्रकृति आफ्नै विशाल !

    ३
    तराई
    समथर मैदान
    नसोच्ने कसैले पराई !

    ४
    गीत
    मनको वह
    आनन्द उमङ्ग प्रीत !

    ५
    ज्ञान
    भावको सागर
    अन्तर मनको शान !

    • शारदा आचार्य
      काठमाडौँ
    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    टुक्का कविताको प्रथम वार्षिकाेत्सवकाे सम्बन्धमा “टुक्का कार्यशाला गाेष्ठी” सम्पन्न

  • १६ पुष २०७८, शुक्रबार १७:४१ मा प्रकाशित
  • काठमाडाैँ, १५ पौष । नेपाली साहित्य आकाशमा प्रयाेगवादी लघुत्तम नवकाव्यिक विधा “टुक्का कविता” लेखनकाे अाैपचारीक शुरुवात भएकाे एक बर्ष पूरा भएकाे अवसरमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समाजले वार्षिकोत्सब कार्यक्रम ३ दिनसम्म मनाउने निर्णय सँगै पहिलाे दिन अर्थात मिति २०७८ पाैष १५ गते उक्त गोष्ठीको आयोजना गरेको हो ।

    टुक्का कविताका प्रवर्तक तथा टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले सन्चालन गर्नु भएकाे करिब ३ घण्टासम्म चलेकाे उक्त गाेष्ठीमा टुक्का अभियन्ता तथा टुक्काकारहरू बिच टुक्काकाे प्रथम वर्षकाे कार्यसमिक्षा, भावि कार्ययाेजनाहरू र प्रथम टुक्का वार्षिकाेत्सव केन्द्रित भई वृहत् छलफल भएकाे थियाे ।

    भर्चुअल माध्यमबाट सन्चालन भएकाे उक्त गाेष्ठीमा अध्यक्ष चापागाईले प्रथम बर्षमा टुक्कामा करिब १९ हजार टुक्काप्रेमीहरू जाेडिएका, पाँच सय भन्दा बढी सर्जकहरूले टुक्कामा कलम जाेडि सकेका र ४० जनाकाे टुक्का अभियन्ता समूह तथा टुक्का साहित्य समाजका पदाधिकारीहरू सक्रिय रुपमा टुक्काकाे उन्नयनमा अहाेरात्र खटिएकाे जानकारी गराउनु भयाे ।

    कार्यक्रममा टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार सुरेश कुमार पाण्डे तथा टुक्का साहित्य समाजकी संस्थापक काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले देशभक्ति तथा बिकृति बिसंगति मा केन्द्रित भई टुक्का मार्फत समाज परिवर्तनमा याेगदान दिनु पर्ने सुझाव पेश गर्नु भएकाे थियाे । टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार वसन्त अनुभव तथा टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार म्यमराज राईले व्यङ्ग्यात्मक टुक्का, छन्दमा टुक्का जस्ता साप्ताहिक टुक्का अभ्यास श्रृङ्खलाहरू मार्फत टुक्का विधा तथा नेपाली भाषा साहित्यमा याेगदान दिने प्रयास भएकाे कुरा अाैल्याउँदै टुक्का लेखनमा देखिएका कमी कमजाेरी हरू पहिचान गरि क्रमिक रुपमा सुधार गर्दै जानुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

    गोष्ठीमा सहभागीहरू टुक्काकारहरू

    वेदु न्याैपाने
    अरूण कुमार भुजेल
    रचना शर्मा प्रतीक्षा
    राजेशराज गठताैला
    घनश्याम पाैडेल
    जगत थापा
    भगवती दवाडी
    हाेमप्रसाद न्याैपाने
    म्यामराज राई
    सुरेश कुमार पाण्डे
    इन्दिरा देवकाेटा
    पूष्पा सायरा
    ललिता गिरी
    कल्पना थामी
    इश्वरी अधिकारी
    वसन्त अनुभव
    धनुष न्याैपाने
    पूर्ण बहादर श्रैष्ठ
    लक्ष्मी श्रैष्ठ
    केशव ढकाल प्रितविज
    लालिमाया मगर
    बिनाेद रिजाल
    त्रीलाेचन भण्डारी
    दुर्गा अाचार्य

    कार्यक्रमकाे समान गर्दै अध्यक्ष चापागाईंले टुक्का साहित्य समाजका सल्लाहकार तथा पदाधिकारीहरू, टुक्का अभियन्ताहरू, देश विदेशमा रहनु भएका टुक्काकारहरू, टुक्का प्रेमीहरू, साहित्यकारहरू, पत्रकारहरू तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टुक्काकाे उन्नयनमा सहयाेग पुर्याउनु हुने विभिन्न संघ संस्थाहरू लगायत सम्पूर्णमा हार्दिक अाभार व्यक्त गर्दै प्रथम टुक्का बार्षिकाेत्सवकाे मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का कविताको प्रथम वार्षिकाेत्सवकाे सम्बन्धमा “टुक्का कार्यशाला गाेष्ठी” सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P