🌺 केही उदक 🌺 ———————- … ✍️ आर्त अकुलीन १ श्रावण नारी सौन्दर्य हरियो प्राकृतिक उपज ! २ चखेवा संयोग वियोग दुई थोपा आँसु ! ३ सूर्योदय पूर्वबाट घाम सुन्दर शान्त बिहानी ! ४ श्रावण खहरे खोला दुई दिनको चोला ! ५ गगन कालो बादल दैनिक कालो चलखेल ! ६ आकाश ताराहरूको भेट आत्मिक मेलको आभास ! ७ नागपञ्चमी श्रावण महिना नाग देवताको पूजन ! ८ सर्प अनेक रङ्ग काला कतै सेता ! ९ परिस्थिति भीरको गाई राम राम राम ! १० श्रावण वर्षाको समय काला सर्पको चलखेल !
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
आज साउन पन्ध्र अर्थात खिर खाने दिन भएकोले हाम्रो परम्परा अनुसार १/१ पञ्चाङ्ग लेख्न अनुरोध गर्दछु ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं ।
सबैले श्रावणकाे पन्ध्रमा नै मीठाे खिर खाने हाे त्यसमा हाल्ने मरमसला बजारबाट लाने हाे हुन त दुधकाे खिर खान कहिले तीताे हुन्छ र मीठाे खीर खान महाकालीकाे साहूखर्क जाने हाे सहीकुराे यही नै छ मेराे कुरा सबैले माने हाे
💢नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर
चित्रपट पन्चाङ्ग ०३
आफ्नै जमिनको चामलमा खिर बनाउन पाए आफ्नै गाई पालेर दुधमा खिर बनाउन पाए खीरको मिठासको आनन्द पनि बेग्लै हुन्थ्यो होला विदेशिएको छोरोसितै बसेर खिर खान पाए साउन पन्ध्रमा खिरको उत्सव मनाउन पाए ।
💢देबकि के.सी. बिरगंज ।
चित्रपट पञ्चाङ्ग ०४
खिर जस्तै मिठो बोली बोल मायालु मन भित्र कुरो के छ खोल मायालु हाने मर्छ बोले टर्छ जिन्दगानीमा आऊ मायासँग माया घोल मायालु शु भ – का म ना छ गाउँ टोल मायालु ।
💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०५
साउन पन्ध्र सबैले नै भ्याएर मनाउ दुःख सुख हामीले खिर खाएर मनाउ हातमा हात समाइ साथमा साथ गर्दै माया र प्रेम आपसमा लाएर मनाउ सबैको मन र मुटुमा छाएर मनाउ।
💢सुशीला ढकाल अधिकारी ‘श्री’ काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०६
आमाको नजिकमा बसेर खिर पकाएर खाइन्छ, दुध र भात भनेर भाइलाई छकाएर खाइन्छ। सबैभन्दा मीठो परिकारमा दुधबाट बन्ने खिर, बैनीले धेरै सक्तिन खिर खान फकाएर खाइन्छ, यति मीठो छ खिर भाँडोको सबै सकाएर खाइन्छ।
💢होम प्रसाद नेउपाने धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०७
आज आमाले पकाएको खिर खाएर जाने। धेरैटाढा छु तर लामो बाटो धाएर जाने। श्रावण पन्ध्र हो परम्परा देखि खिर खाने, सबै परिवारको साथ,माया पाएर जाने। धान रोपेर बेलुका हिलो लाएर जाने।
💢दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग ०८
साउन पन्ध्र मिठो खिर पकाएर खुवाउने भयो असार पन्ध्रलाई दहि चिउराले सुहाउने भयो युवाहरू आधुनिक नृत्य पार्टीमा बेफुर्सद हुन्छन् विकृति बढे नेपालीको मनलाई रुवाउने भयो अनादरताले संस्कृतिलाई नै कुहाउने भयो।
✍️💢 अच्युत घिमिरे-भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग ०९
झर्को नमानी सबैले माने चलन हाम्रै हो शिवलाई जल बोकी लाने चलन हाम्रै हो सनातनी धर्म हाम्रो संस्कार-संस्कृति राम्रो साउन पन्ध्रमा खिर खाने चलन हाम्रै हो तीजमा चैँ दरखान जाने चलन हाम्रै हो।।
💢अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १० ०१ अरूकाे गाेठमा बसेर दुध दुहेर जाने भाे । झरीकाे रातमा खरकाे छानु चुहेर जाने भाे । डालोमा छैन चामलको गेडाे खल्तीमा नपैसा , कसरी मनाउँ खिरकाे चाड तुहेर जाने भाे । गरिबकाे शिर साहुकाे अघि नुहेर जाने भाे । ०२ कसैलाई आज मिठाे खिर छ यहाँ । कसैलाई धेरै दुःख पिर छ यहाँ । हुनेखाने र हुँदा खाने बीचकाे याे , असमानताकाे घाेच्ने तीर छ यहाँ । सत्ताधारीकाे त उच्च शिर छ यहाँ ।
💢भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ११
खान त हुन्थ्यो पक्कै खिर दुध भएन साह्रै लाग्छ मनमा पिर दुध भएन गाई भैँसी नपालेर किन हुन्थ्यो दुध सपना थियो बन्ने धीर दुध भएन समस्या भो साह्रै गम्भीर दुध भएन ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
चित्रपट पञ्चाङ्ग १२ ✍️✍️ सहयोगार्थ मन मिले घरमा खिर खुवाइ हुन्छ टेडामेडा सबैजनामा शरमा पिर रुवाइ हुन्छ चित्त नबुझेमा आपसको सल्लाह पो मिठो सार्थक जोहो गरिराख पोको आमै! पछि नीर कुवाइ हुन्छ खेप्दै सँहदै बस्दा कालान्तरमा वीर सुवाइ हुन्छ ।।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १३
चामल र दूध पाक्दा खिर बन्नेछ । हतार कत्ति नगर्नू धीर बन्नेछ । गुलियो अनि मसला ठीकै हाल्नु है , धेरै पकाएमा पनि झीर बन्नेछ । अड्कलेर खानु नत्र पीर बन्नेछ ।
💢घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग १४
कि बाेलाउनु कि त आउनु खिर खान आज । बाटाे खर्च ल्याउनु यमुना तिर जान आज । पर्वहरु सुरु भए यहाँ सद्भावका खानी , हाम्रा मिठा रसिला पर्वकाे छ है सान आज । मादलु मुरलीले गाउनु पर्छ गान आज ।
💢मिना देवकोटा, लालबन्दी, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १५
मेरो आँखाबाट आँसु रसाएको छ आज। विगतको सम्झनाले सताएको छ आज। आमाले दिएको खिरको यादले मलाई, मेरो दिलको धड्कन बढाएको छ आज। विगतले आकर्षित गराएको छ आज।
💢सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १६
खिर खाएर बर्षाले गालेको फाल्नुछ मिठो नमिठो रहर पालेको फाल्नुछ खिरले असार र साउनको पानी सोस्छ दु:ख पीडालाई नै टालेको फाल्नुछ बिसंगति जरैबाट थालेको फाल्नुछ ।
💢संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १७
दाजुभाइले पकाएको खिर खाने हाे माइती घरमा म आज साँझ जाने हो घुम्दै फिर्दै आयाे फेरि चाडपर्व यहाँ छाेरा, छाेरीहरुले आज जान माने हाे भुईमा लत्रिन्छ नि सारी माथि लाने हाे ।
💢सहयात्री शोभा अर्याल, रुपन्देही १४ बुटवल ।
चित्रपट पञ्चाङ्ग १८
श्रावण बनेर आँखा, वर्षिनु हुन्न कहिल्यै। पीडा बनेर जीवन, खर्चिनु हुन्न कहिल्यै। नियति यस्तो ठान्ने ,कायर नबनोस कोही, सुखद भविष्य खोज्न तर्किनु हुन्न कहिल्यै। आफैसँग निराश भई तर्सिनु हुन्न कहिल्यै ।
💢गोपाल कुमार मैनाली नमस्कार ।
चित्रपट पञ्चाङ्ग १९ ******* साथी हाे आज घरैमा जान्छु म त काजु ,पेस्ता , नरिबल लान्छु म त साउन पन्ध्र ~~ खीर खाने पर्व हाे परिवारसँगै बसी ~~ खान्छु म त सानो परिवार सुखी ठान्छु म त ।
साउन पन्ध्र खिर खाने दिन हो। सबै जना जम्मा हुन् जाने दिने हो संस्कार, संस्कृति बचाउनु पर्छ, कोसेली आफ्नोकोमा लाने दिन हो। भेट्नको लागि हानेफाने दिन हो।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २१
साउन महिनामा खिर खानु पर्छ साउने पर्वमा माइत जानु पर्छ चेलिबेटी जम्मा हुँदै रम्ने दिन हो आमाबाबुलाई उपहार लानु पर्छ पन्ध्रको मीठो मीठो खान गानु पर्छ।
काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे “अनन्त टुक्का यात्रा-७” मानव बेचबिखन विरुद्धमा टुक्का कविताहरू सिर्जना गर्दै गत शनिबार सम्पन्न भएकाे छ ।
प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र वरिष्ठ टुक्काकार तथा टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा ४७ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।
अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले समाजमा दबाइएका र अन्यायमा पारिएका समुदायकाे पीडाहरू र सामाजिक विकृति, विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” शुरु भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।
त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले नेपाली साहित्यमा नविनतम काव्यिक विधा टुक्का कविताले अनन्त टुक्का यात्रा काे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उद्देश्य लिएर सञ्चालन हुँदै आएकाे र यसले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्याउदै जाने व्यहाेरा जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन विरुद्धमा जनचेतना जगाउँ र यसलाई राेक्न सबैले पहल गराैँ भन्ने आव्हान गर्दै चाेटिला टुक्काहरू सिर्जना गरेका थिए।
यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि मानिसको अवैध व्यापार हुने गरेकाे छ। यो गम्भिर सामाजिक अपराध हो । मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये ठुलाे अपराधको रूपमा बढ्दै गएकाे छ।
कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रामा विश्वभरिबाट सहभागी भई मानव बेचबिखन विरुद्धमा चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “मानव बेचबिखन” सम्बन्धी केही टुक्काहरू
[१] दुई खुट्टा टेकेर मात्रै मान्छे हुँदैन बेचिन्छ एक मान्छे जब अर्को रुँदैन । ~ निरज काेइराला बेलका १ उदयपुर हालः इटहरी
[२] १. निकृष्टतम् उद्योग हो मानव बेचबिखन जगमा नाके डोरी लगाऊँ है यस्ता तस्करको रगरगमा। २. मानव तस्करी अभिशाप हो बुझ्ने कोसिस गरौँ अन्त्य गर्न यो घृणित कार्यको जनचेतना छरौँ। ~ दीपक ठटाल जलन खरसाङ
[३] १. गरिबी र अशिक्षा मानवका शत्रु ठानी, उद्धारमा लागौँ सत् ज्ञानी पुण्य कर्म मानी। २. मानवले मानवकै सुरक्षा नगरे, आपत् विपत् आइलाग्ला आफैँलाई भरे। ~ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[४] १. पसलका सामान जस्तै मान्छे बेचिए भन त बेचिने मानव कति हेपिए ? २. रोजगारी कत्ति पनि छैन हाम्रो देशमा मान्छे बेच्छन् तस्कर सधैं नक्कली भेषमा। ~ तेजप्रसाद खनाल लमही दाङ।
[५] १. पैसाको लागि बेचिन्छ मानव तिनै हुन समाजकाे दानव। २. मानव बेचबिखनकाे विरुद्धमा जागौँ उद्धार कार्यमा अब एक भै सबै लागौँ । ~ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गमकाेलनी भक्तपुर ।
[६] १. हामीले मानव बेचविखन बन्द गरौँ यस विरुद्धको अभियानमा ज्ञान छराैँ । २. कति चेलीबेटीले आँसु बगाए, बेच्नेहरू सधैं खुसीमा रमाए। ~ सुशीला पौडेल
[७] १. सांसद,मन्त्री पनि भए गिरोहका भागी अपराध सबै दबाए आफू पनि लागी । २. देश बेच्ने,खोला बेच्ने मानव बेच्ने तस्कर सांसद अनि मन्त्रीसँगै दलालीका लस्कर। ~ दस्ता कौशिक पाँचथर।
[८] १. मानव बेचबिखनका हिमाइतेलाई जेलमा कोचौँ यस्ता कुकर्मीसँग जोगिनुपर्छ अब समय मै सोचौँ । २. मानव बेचबिखनका विरुद्ध लेख्नुपर्छ सचेत सबैले चेतना छरेर छेक्नुपर्छ । ~ प्रेम थापा “मन” बागलुङ
[९] १. आफ्नो खुसीको लागि किन अरुलाई बलि चढाउँछौ, मान्छे भएर किन कुकर्मतिर कदम बढाउँछौ ? २. मान्छे बेचीबेची आफ्नो स्वार्थ पूरा नगर पूर्ति पापको बाटो अँगालेर नि किन लाउँछौ फूर्ति ? ~ गंगा खड्का बूढानीलकण्ठ काठमाडौँ
[१०] १. आफ्नै मूल्य थाहा छैन माेल खाेज्छ किन , मान्छे भयाे अपराधी भावनाकाे हीन । २. सम्पत्तिकाे लाेभ गरि बेच्छन् मान्छेहरू , कुहिएर मरुन् यस्ता पापी दुष्ट बरू । ~ रामकृष्ण दुवाडी पाेखरा
[११] १. मानव बेचविखनले अपराध मौलाएर गएको गरिबी अशिक्षामा अज्ञानताले घेरेर कष्ट भएको। २. मानवले मानवलाई बेचेर देशमा विध्वंस मच्चियो हजार चेलीबेटीसँगको विभेदले शिक्षा खजमजियो। ~ अम्विका अधिकारी झापा विर्तामोड
[१२] १. जघन्य अपराध हो मानव बेचबिखनको काम, कति दिन चल्छ र हजुर अनैतिक कर्मको दाम? २. मानव बेचबिखनको विरुद्धमा सबैजना जुटौँ, त्यस्ता मानव व्यापारीलाई भेटे नमरुञ्जेल कुटौँ। ~ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[१३] १. पशु हाेइनन् मानव बेचबिखन गर्न, सुन्दा पनि तर्सिन्छन् कान यस्ता कुरा भर्न । २. दशकाैंकाे याे विकराल समस्या अन्त्य हुँदैन किन? आखिर कहिले आउने हाे मानिस सभ्य हुने दिन । ~ शान्ति याक्साे काठमाडौं ।
[१४] १ मानव भइ मानवकै किनबेच गर्नुहुन्न सर्वश्रेष्ठ प्राणीकाे दर्जामा कलङ्क छर्नुहुन्न। २ अपराध हाे मानव बेच्नु गर्ने हाेइन कर्म बुझ्नुपर्छ है अनिवार्य सबले यसकाे मर्म। ~ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
[१५] १. चेलीबेटी बेचबिखन अपराध हो भन्ने नै जानौँ एकले अर्कालाई सम्मान गर्न पर्दछ भन्ने मानौँ । २. मानव अधिकारको सबैले यहाँ रक्षा गरैाँ मानव भए पछि सबैले मनमा माया भरौँ । ~ पवन कुमार बुढाथेाकी काठमाडौं
[१६] १. देशमा बलात्कारी नै साँढे हुँदा आँखाबाट आँसु झर्छ चेली रुँदा । २. मानवले मानव बिक्री गरेकाे सुन्दा म त मासु भात खान्थेँ तिनलाई थुन्दा । ~ गणेश तिमल्सिना गति धनुषा गणेशमान चारनाथ नगरपालिका
[१७] १. गरिब र असहायमा धनको पासा फ्याकीफ्याकी ! किन गर्छौ मान्छेको तस्कर धन्दा घाँटी न्याकी न्याकी ? २. सन्तनको लागि बन्धक बनाई देह व्यापार गर्ने गराउने काम, बन्द गर सरकार चाडो सुरक्षा प्रबन्ध मिलाई भयो बदनाम। ~ बिबस पारदर्शी भद्रपुर झापा
[१८] १. जति ठुलो पद होस् मान्छेले मान्छे बेच्नेलाई पदको मूल्य गनिन्न, यस्ता मान्छेलाई अरुले त होईन धर्मशास्त्रमा नि मान्छे भनिन्न। २. सबै हामी मिलेर मानव बेचबिखनको विरुद्धमा जोडौं, यही टुक्का कविताबाट सबैमा जनचेतना को छाप छोडौं। ~ बेदु न्यौपाने काठमाडौ
[१९] १. मान्छेले मान्छेलाई बेच्छ कस्ताे घृणित काम आफू श्रेष्ठ जाति ठान्छ उसकै पाे ठुलाे नाम । २. मृगौला निकाल्दै बेच्छ प्रलोभनमा निमुखा पार्छ जीवन भर पीडा दिदै ज्यूँदै पाे उसलाई मार्छ। ~ मित्र उराठी गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२, रुपन्देही
[२०] १. मानवअधिकार भन्दै हिड्ने कता गए आज, दिन दिनै हिंसा छ बोल्नलाई लाग्नु पर्ने लाज। २. मानवको बेचबिखन बन्द गरे राम्रो, गाउँ गाउँमा चेतनाको कमि भको हाम्रो। ~ दुर्गा आचार्य मोरङ
[२१] १. कसैले पनि गर्नु हुँदैन यहाँ मानव बेच्ने काम, कति दिनलाई पुग्छ यस्तो गरेर कमाएको दाम। २. कति चेलिबेटी रोएको देख्दा मन रुन्छ , यहाँ गरिबको बोली न त कसैले सुन्छ । ~ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[२२] १. बहुदलमा फस्टायो मानवको तस्करी, म यिनै नेतालाई दलाल भन्छु बेस्सरी । २. खोस्छ जस्ले मानवको मानव अधिकार, यस्ता अपराधीलाई झुन्ड्याएर नै मार । ~ ईशहाक हुसैन जितपुर सिमरा १४ बारा
[२३] १. अवकाश पारेर मान्छेले बेच्छन् मान्छेलाई झुक्क्याइ, दुःख पीडामा डुबे होलान् सहेर मूर्खताको मुक्क्याइ। २. हुदैन गर्नु बेचबिखन मानिसको भुलेर कहिल्यै पनि, सके जति सहायता पुर्याउनु एउटा असल मान्छे बनि। ~ अच्युत घिमिरे भुटानबाट
[२४] १. बन्ला कहिले कानुन जटिल, मान्छेको व्यापार गर्नेलाई थुन्न गर्छन् पैसाको आडमा जबकि थाहा छ यस्तो कदापि गर्नु हुन्न। २. जुटौँ सबै मानव बेचबिखन अपराध रोक्न बढौँ हामी यस्ता अपराधीलाई पछारेर ठोक्न । ~ राजेशराज गड्तौला रतुवामाई- १० मोरङ, हाल- प्रवास
[२५] १. मलाई आगो लाउन मन छ कोठी भित्रको घर आफ्नै शरिर लुटाउने कसलाई हुन्छ रहर ? २. समाजकाे धमिराहरुलाई फुटाएर चपाउछु मानव बेच्ने गिराेहलाई कठघरमा नचाउछु । ~ उमा ओडारी पाँचथर
[२६] १. पुँजीवाद भित्र धन भन्दा प्यारो केही रहेन, बिक्रिभयो बस्तु जस्तै अछुतो मानव भएन। २. मान्छेको व्यापारी मान्छे भए राक्षसको के काम? डुल्छन भक्तबनी धर्म गर्न उनै चार धाम । ~ सुरेशकुमार पान्डे। दाङ घोराही १८
[२७] १. मानवीय बेचबिखन कसैले नि नगरौँ कालो धन सम्पत्तिले गोजी कहिल्यै नभरौँ। २. हरेक अपराधीको पाप धुरीबाट कराउँछ भन्छन् विस्फोटन हुनका लागि लाै हेर तिथि मिती दिन गन्छन्। ~ सरस्वती श्रेष्ठ इटहरी
[२८] मानवअधिकारका कुरा हुन्छ जहिले गाउँ गाउँमा चेतना फैलाउने कहिले । ~ दुर्गा भट्टराई मोरङ
[२९] १. उत्कृष्ट सृष्टिको अति नै निकृष्ट काम आफैँलाई बेचेर गुमाउँदै छ नाम । २. कहिले पो बेचिएन होला यहाँ जतै ततै मानव रोकिदैन यस्ताे कुकर्म जबसम्म रहन्छ दानव । ~ अर्जुन उप्रेती (अप्रतिम) असम (भारत)
[३०] १. किड्नी बेच या त छोरीचेली कर्तुत खुल्नेछ नालीबेली । २. छेकेर छेकबार हुन्न है तस्करी बाध मानव तस्करी गर्नु जघन्य अपराध। ~ जि कुमार गौतम भद्रपुर -१ झापा
[३१] १. मानव बेच्ने दलालहरू फैलिए देशमा, आउँछन् घुम्दै शहर गाउँ जालीको भेषमा । २. दलाल मास्ने कानुन अब ल्याउनु पर्दछ, कानुन त्यस्तो ल्याएर मात्र संकट टर्दछ । ~ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[३२] १. सबै मान्छे बराबर विभेद गर्नु हुन्न अन्धविश्वास कुरीतिको भ्रम छर्नु हुन्न। २. छोरी बेचे पाप होइन महापाप जाग्छ छोरीहरुका आँसु अनि खुबै श्राप लाग्छ। ~ तिला लेकाली बेलबारी,मोरङ।
[३३] १. मान्छे किन्ने र बेच्नेहरू खराब छ यो काम, आफ्नो जाति नै नचिन्नेले कमाउँछन् दुर्नाम । २. मानिस सबै एकै नै हो जात दास मालिक काेहि हैन, समान जातिमा बेचबिखन जस्तो खराब केही छैन । ~ रामप्रसाद पुरी बादेल, खाेटाङ ।
[३४] १. क्रुर अनि निर्दयि छ यो मान्छेको जात, बेचिए चेली कोठीमा कठै राता रात। २. मान्छेले मान्छेसँग गर्छ व्यवहार यस्तो, खसी बोका जस्तै बिक्ने मानव भयो सस्तो। ~ नवशिला। बेलबारी-२, लालभित्ती, मोरङ।
[३५] १. मानव बेचबिखन हुन्छ , बस्तुको मुल्य भाउमा , जघन्य अपराध गर्छन् , पैसा कमाउने दाउमा । २. सरोकारवाला मौन छ, चेलीबेटी मानव बेच बिखनमा , दिनहुँ दिन बढिरहेछ अपराध, नेपाली जन जनमा । ~ बुद्धिमान दनुवार सुरुङ्गा-४ झापा
[३६] १, भेडा बाख्रा जस्तै मान्छे बेच्ने काम गर्छौ, एकदिन त ए चोरहरू तिमी पनि मर्छौ। २, नगर कसैले पनि छोरी चेलीको व्यापार, नारी जातीनै हुँन सृष्टिका अमूल्य आधार। ~ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा
[३७] १. परमात्माकाे सृष्टिमा उत्तम मानव जन , मान्छेलाई बेचबिखन गर्ने नगर मन। २. मान्छे त माल बस्तु हैन बिक्री याेग्य हैन, पर्छाै फन्दा मानव अधिकार थाह छैन ? ~ प्रद्युम्न चालिसे देवघाट तनहुँ ।
[३८] १. मान्छे भई मान्छेसँग बेचिने र बेच्ने जाल गर्नु भन्दा मर्नु राम्रो खराब यो दुष्ट चाल । २. श्रम यौन अंग बच्चा गोप्यसँग बिक्री गर्ने विरुद्धमा लागी परौँ सहेर नै हामी मर्ने ? ~ गुणनिधि घिमिरे अमेरिका
[३९] १. मानव बेचबिखन प्रति जन जागरुक बनौँ विश्वमै यस्ता घृणित कार्यमा जन जागृति गरौँ। २. गरिबी जन कतिसम्म गर्न सक्छन् हेर घरको गर्जो टार्दछन् आफ्नै किड्नी बेचेर । ~ भगवती दवाडी दमक झापा
[४०] १. विदेश हेर्ने रहरमा नगर्नु विश्वास आँखा चिम्लेर अनेकौं दु:ख पीडा पाइन्छ दलालको जालमा फसेर । २. बेचबिखन चाहे नारीको होस् चाहे पुरुषको अति ठूलो पाप, पराकाष्ठा नै हो अपराधको । ~ रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नपा ४, ललितपुर ।
[४१] १. मरिसक्यो मानवता भेटिदैन कहीँ, राक्षसकै राज देख्छु हेर्दा जहाँतहीँ । २. सचेत रहौँ फकाउलान् झिकिदेलान् अङ्ग, चिनजानबाटै डर हुन्छ नपरौँ दङ्ग । ~ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[४२] १. मान्छेले मान्छे बेच्ने कस्तो आयो चलन यस्तो प्रविधि रोक्न बनौँ सबै जलन। २. सबैजना लागि परि निर्मुल पारौँ यस्तो काम गरेर उद्वार चेलीबेटीको उच्च राखौँ नाम। ~ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन – ६ संखुवासभा, हाल मलेसिया
[४३] १. बालश्रम, किशोरी र युवा बेची गर्नेलाई मस्ती, दिनुपर्ने सबै मिली फाँसी सजाय जबरजस्ती । २. बटुल निस्फिक्री अरू काम गर्न तिमीलाई केले छेक्यो बाटो, मानव जीवन मरेतुल्य बनाई परिणाम के पायौ साटो । ~ जमुना आचार्य सिन्धुपाल्चोक
[४४] १. प्रत्येक समाजमा लुट्न खोज्छन् इज्जत या त श्रम, आवश्यकता सबैतिर जनचेतना कार्यक्रम । २. गरिब र अशिक्षितहरूलाई लुट्छन् हरेक बखत, लुटेरा तह लाउन हुनैपर्छ शिक्षितको बहुमत। ~ म्यामराज राई,भोजपुर हाल-प्रवास
[४५] १. अब मानव बचाउ अभियान चाल्नुपर्छ मानव बेच्ने तस्करलाई आगो बाल्नुपर्छ । २. मानव विहिन भए संसार उजाड हुन्छ जीव जन्तुको राज्य सहर पसी स्याल रुन्छ। ~ रुपा गौतम बारा निजगढ
[४६] १. मानव बेच्ने अपराधीलाई अति भयाे मस्ति यिनकै शानले त्रसित छ हाम्राे गाउँ र बस्ति । २. मानव बेचबिखन उन्मुलन गराैँ सबैलाई सचेत गराई ज्ञान छराैँ । ~ अरुण नदी खत्री काठमाडाैँ ।
[४७] १. चेली बेटी बेचबिखन समाज पिर्ने जालाे अपराध गर्नु हुन्न सबकाे आउँछ पालाे । २. सबकाे स्वतन्त्र अधिकार हुन्छ नबेच्नुस् है मानव अर्काकाे जीवन बर्वाद पारेर बन्नु हुन्न दानव । ~ ताराप्रसाद चापागाईं धुनिबेसी
नेपाली महावाणिज्य दूतावास जेद्दा ले ताबुकमा ३० जुलाई २०२२मा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको छ ! यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै-आएका राहदानी बितरण लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ! सो कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दा बाट कन्सुलर भुवन पौड्याल, जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह साथै राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ! कार्यक्रममा ताबुक लगयात आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. टाडा सम्मबाट उपस्थिति भई नेपाली दाजु भाइहरुले सेवाबाट लाभ लिनु भएको थियो ! महावाणिज्यदूतावास जेद्दा द्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २९ जुलाइ २०२२ भनिए तापनि सेवाग्राहीको उच्च चाप लाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासका प्रतिनिधि द्वारा बिहिवार बिहान १०:०० बजे देखि शनिवार बिहान ०९:३० बजे सम्म लगातार सेवा दिँदै महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।
राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सस्थापक तथा सल्लाहकार भक्त हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष देवी बहादुर कार्की, सचिव युवराज पोख्रेल, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ द्वारा कार्यक्रम व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो ,
सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका थिए भने यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित पनि देखिएका थिए।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं ।
पञ्चाङ्ग चित्रपट ( कुकुरको बारेमा )
चित्रपट पञ्चाङ्ग ०१ कुकुर पनि ठुलो भन्दा सानो मनपर्छ मलाई । रातो कालो भन्दा त मान्ने कानो मनपर्छ मलाई । घरको पाले त्यो हो राती पहरा दिन्छ नसुतेर , घरमा बस्ने कुकुरको रानो मनपर्छ मलाई । जति दियो उतिमै रम्ने मानो मनपर्छ मलाई ।
🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”।
चित्रपट पञ्चाङ्ग ०२ जीवत चेतन प्राणीमा मित्र भाव झल्किन्छ, सके त बुझ्न यिनको प वित्र भाव झल्किन्छ । बालक साना सम्झेर यिन सँग रमाउँदा। फूलका झै साना कोपिला भित्र भाव झल्किन्छ , म भित्र लेखेर राख्दछु चित्र भाव झल्किन्छ ।
🙏होम प्रसाद नेउपाने धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०३ मानव पछि चेतन गनिने प्राणी । निन्द्रा छोडी घर रक्षा भनिने प्राणी । काम इनाम मस्तिष्क उस्तै चलाख , अनजान दुष्कर्मीमा खनिने प्राणी । भैरव मानी पूजामा जनिने प्राणी ।
✍️जमुना आचार्य सिन्धुपाल्चोक
चित्रपट पञ्चाङ्ग ०४ चाेरबाट बच्न कुकुर पालिन्छ घरमा । पाल्न सजिलै छ त गाँस हालिन्छ घरमा । शुरुमा कुकुर पाल्न सानाे बच्चा नै पालौं , फाेहर सहनु नै पर्छ फालिन्छ घरमा । खाना नपाउँदा कुकुर झालिन्छ घरमा ।
🙏नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग ०५ चेतनाको तुलनामा मान्छे भन्दा बाठो प्राणी घ्राण शक्ति प्रभु भक्ति हामी देख्छौं लाटो प्राणी हेलाँ गर्छौं ढुङ्गा हान्छौं हाम्रो बुद्धि पशु जस्तो भोको पेट लखर् लखर् चारैतिर घाटो प्राणी पेट अग्नी ज्वाला बल्दा फोहर् मैला चाटो प्राणी ॥
🙏गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ०६ अहमता गरेको राम्रो हुन्न । दम्भहरू भरेको राम्रो हुन्न । आज्ञाकारी बनेर हिँड मित्र, रातो खोला तरेको राम्रो हुन्न । आफैभित्र मरेको राम्रो हुन्न ।
🙏आर्त अकुलीन कैलाली ।
चित्रपट पञ्चाङ्ग ०७ चेतनशील प्राणी मध्ये तिमीलाई धेरै गुणी छानेको छु । आफ्नै छोराछोरी जस्तै मुटुमा राखेर ज्ञानी नै मानेको छु । कहिल्यै चोट नपुर्याउनु परिवारमा पनि कसैलाई , पालेर सदाएर राख्न सबैभन्दा नजिकको जानेको छु मनको गहिराईमा पशु नसोची बफादार ठानेको छु।
🙏अम्विका अधिकारी झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ०८ घरको राम्रो सुरक्षा गर्ने कुकुर । अपराधीको निर्मुल गर्ने कुकुर । सजग नभएमा रेबिजको डर , अन्तरिक्षमा पहिले पुग्ने कुकुर । यमराजको द्वारमा कुर्ने कुकुर ।
🙏देबकी के .सी. दक्षिणकाली ,काठमाडौ ।
चित्रपट पञ्चाङ्ग ०९ न लोभ देखाउँछ न लालचमा फस्छ घरको रक्षक । सधैं मालिकको अनुशासनमा बस्छ घरको रक्षक । आफू भन्दा बढी नै मालिकको सेवा गर्ने बानी उसको , नदिनुस् खाना कहिल्यै बरु पेट कस्छ घरको रक्षक । ज्यानको बाजी राखेर शत्रुलाई डस्छ घरको रक्षक ।
🙏केशव न्यौपाने सानु।
चित्रपट पञ्चाङ्ग १० मान्छे भन्दा कुरा जानेका तिमीले छौ । आफ्नाको चाहना मानेका तिमीले छौ । कसरी सुखदुःख साटेको देखिन्छ , सबैको माया त तानेका तिमीले छौ । परे चौका दाउ हानेका तिमीले छौ ।
🙏अनुप आचार्य काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ११ लोभलाग्दो देखेर दायाँ राखौँ जस्तो । गर्मी धेरै अचेल छाया राखौँ जस्तो । आहा कति सुन्दर पनि हो तिमी त , लुकाउदै अब त बायाँ राखौँ जस्तो । मनमा तिमीसँग माया राखौँ जस्तो ।
🙏दुर्गा आचार्य मोरङ ।
चित्रपट पञ्चाङ्ग १२ मान्छे भन्दा चेतनशील प्राणी ठानेको छ । आफ्नैं छोराछोरी झैँ समान मानेको छ । घर रक्षक इमान्दारी रुपमा हेरिन्छ , घरमा पाली शोभा बढाउन जानेको छ , यहाँ सबैभन्दा निस्वार्थि प्राणी छानेको छ ।
🙏दुर्गा भट्टराई मोरङ
चित्रपट पञ्चाङ्ग १३ तालिम दिए बफादार हुन्छन् यी पशुहरू । अपराध गर्नेले यहाँ छुन्छन् यी पशुहरू । जे सिकायाे त्यहीँ कुरा राम्ररी बुझेर सिक्छन् , मालिकले जे सिकायाे त्यै सुन्छन् यी पशुहरू । केही नराम्रो हुने भए रुन्छन् यी पशुहरू ।
🙏ताेयानाथ सुवेदी काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १४ ०१ घ्राण शक्तिमा अद्भुत देखिन्छौ है धेर यहाँ । शत्रुताका निमित्त तिमी हौ प्राणी शेर यहाँ । आशक्ति भेटिन्न तिमीमा रतीभर कहिले , अत्यन्त बफादार छौ स्वामी भक्त हेर यहाँ । अपरिचित आए भुक्न गर्दैनौं बेर यहाँ । ०२ आफैं बफादारीमा कुकुर सदा रमाएकाे छ । अपराधीलाई सुँघ्ने शक्तिबाट समाएकाे छ । गल्ली देखि ओहदामा पुग्न सक्ने तागत हेर, अजीवकाे काम गरेर नै नाम कमाएकाे छ। चातुर्यले गर्दा आफ्नो स्थान यहाँ जमाएकाे छ ।
🙏भवानी घिमिरे सर्लाही ।
चित्रपट पञ्चाङ्ग १५ सानो सानो कुकुर हेर कति प्यारो लाग्ने हो यसलाई भोक लाग्दा यस्ले हो आफै माग्ने हो बफादार हुन्छ , घरको हेरचाह गर्छ आफै सारै निन्द्रा पातलो यसको चाडै नै जाग्ने हो संग सगै रहे यो डर चिन्ता सबै भाग्ने हो ।
🙏बुद्धिमान दनुवार सुरुङ्गा —-४ झापा।
चित्रपट पञ्चाङ्ग १६ कुकुरलाई मायाले फुके पनि हुन्छ गएर कतै कुनामा लुके पनि हुन्छ मालिकलाई सजिलै चिन्दछ उसले नटोकेमा जतिसुकै भुके पनि हुन्छ उसको बफादारीमा झुके पनि हुन्छ।।
🙏घनश्याम पौडेल पोखरा ।
चित्रपट पञ्चाङ्ग १७ दुतको रूपमा पुजिन्छ कुकुर साथीको रूपमा बुझिन्छ कुकुर कुकुरको बच्चा सानो राम्रो हुन्छ केही बिराम् गरे कुटिन्छ कुकुर मालीकको पछी डुलिन्छ कुकुर।
🙏सुमित्रा पोखरेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १८ पाले पनि भोटे कुकुर पाल्छु हेर जाइलागेमा त्यसैलाई ढाल्छु हेर घरको पाले बनेर पहरा दिन्छ नखाएर मालिकलाई दाल्छु हेर कराएर मान्छेको कान टाल्छु हेर ।
🙏दुर्गा निरौला काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९ घरपालुवा जनावर मध्ये कुकुर राम्रो हुन्छ किनेर घर ल्याए पछि सधैंका लागि हाम्रो हुन्छ हुनत कुकुर मानिसको पुरानो मिल्ने साथी हो हेरचाह नपुर्याउँदा उस्को जीवन चाम्रो हुन्छ खुल्ला सडकमा छोडिदिए खुट्टा तिर काम्रो हुन्छ।
🇳🇵अच्युत घिमिरे भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग २० जात मात्र कुकुर हो बफादारी हुन्छ। मान्छे भन्दा बरु उहीँ सदाचारी हुन्छ। अद्भुत शक्ति दिएछन् ईश्वरले पनि। कुकुरको आवाजले सत्रु भारि हुन्छ। जिवात्मामा सदैव पालन हारी हुन्छ।
🙏मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा।
चित्रपट पञ्चाङ्ग २१ कुकुरलाई आज्ञाकारी प्राणी मान्छौं हामीले। दुश्मनलाई तह लगाउने ठान्छौ हामीले। त्यसैले तिहार र भैरव रूपमा पुजिन्छ , कहिले काँही भनेको नमान्दा हान्छौ हामीले। ज्ञानी भएर ऊसलाई घुम्न लान्छौं हामीले।
🙏सुशीला पौडेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २२ घरको हेरचाह गर्न प्राणी पालेको छु। म घर छोडी बाहिर पाइला चालेको छु। आज्ञाकारी प्राणी एक मानिसको कुकुर, यसको व्यवसाय सुरु गर्न थालेको छु। राम्रो घरमा तिनीहरूलाई हालेको छु।
🙏ह्यारिस ह्यारिसन काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २३ कुकुर जहिले पनि बफादारी हुन्छ राम्रो मालिक आउँदा हात र खुट्टामा छुन्छ राम्रो घरको सुरक्षा गरी मालिकलाई रिझाइ राम्रो व्यवहार गरि मान्छेलाई चुन्छ राम्रो केहि नराम्रो कुरा हुन छ भने रुन्छ राम्रो
🙏आर्मित्मा थापा मगर स्याङ्जा।
चित्रपट पञ्चाङ्ग २४ हामीले पालेको कुकुर नै जाती हुन्छ बाहिर तिर कुकुर भाँती भाँती हुन्छ घरमा सुरक्षाको लागि पाल्ने कुकुर उनीहरूको काम भनेको राती हुन्छ बाहिरका कुकुर सारै नै काती हुन्छ ।
🙏भावना न्यौपाने काठमाडौं ।
चित्रपट २५ माया गर आँखा नतर है कसैले ढुङ्गा हान्न अघि नसर है कसैले स्वामीभक्त यी प्यारा प्राणीहरूलाई पशु भनि हेला नगर है कसैले मान्छे भन्दा तल नझर है कसैले।।
🇮🇳 अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग २६ कोमल तन बचाउन सास त्यो खोज्छ साङ्लोले बाधिएर पनि गाँस त्यो खोज्छ रात दिन घरको हेर विचार गर्छ खाना नपाएर फोहर रास त्यो खोज्छ मायाको भोको बनी भास त्यो खोज्छ ।
🙏सरिता काफ्ले कोहलपुर बाँके।
चित्रपट पञ्चाङ्ग २७ जहिले पनि बफादारी मानेका हुन्छौ तिमीले । खुसी छौ भने सधैंभरि मन नै छुन्छौ तिमीले । गर्नेछौ घरको सुरक्षा अनि पुरै चौकिदार , राम्रो व्यवहार गर्दा अनगिन्ती चुन्छौ तिमीले । अशुभ हुनेछ भन्ने संकेतमा रुन्छौ तिमीले ।
🙏पुजा शर्मा सुनसरी ।
चित्रपट पञ्चाङ्ग २८ स्वमिभक्तमा निष्ठा भएकोमा लाटो प्राणी । फाेहर खाँदा र फाेहाेर गर्दा माटाे प्राणी । माया गर्नु न हाे उसलाई राम्रो मानेर , नचिनेकाकाे लागि अत्यधिक फाटाे प्राणी । आफैं खाई आफैं उखलेर नै चाटाे प्राणी ।
🙏सहयात्री शाेभा अर्याल बुटवल-१४, रुपन्देही ।
चित्रपट पञ्चाङ्ग २९ आजभोलि कुकुर मान्छे, मान्छे कुकुर भएको छ । बरु सुध्रदै छ कुकुर, मान्छे बौलाही रहेको छ । खाली डर एउटै, कतै रेबिज लाग्ने त होइन , भय, चिन्ता र त्रासले भित्रभित्रै पाकी सहेको छ । कुकुर देखिन्छ निश्चिन्त, मान्छेले दुःख कहेकाे छ ।
🙏वसन्त अनुभव घोराही, दाङ।
चित्रपट पञ्चाङ्ग ३० साथी ठानी घुमाउन लान्छाैँ हामी । कुकुर थियोे लाइका मान्छाैँ हामी । गरी पूजा वर्षैपिच्छे तिहारमा । परम्परा संस्कृति नि धान्छाैँ हामी , कुत्तालाई स्वामी भक्त ठान्छाैँ हामी ।
चित्रपट पञ्चाङ्ग ३१ काम लाग्ने कुकुरहरू यहाँ देखिने मान्छेकाे साथी हो । जनावरहरू मध्येमा कुकुर मान्छेका लागि जाती हो ।। सबैकाे घरमा एकएक पाल्तु पालेकै हुन्छन् गाउँमा , धनजनको रक्षार्थ कुकुर नभै नहुने त राति हो । कुकुर जस्तो सहयोगी जनावर मार्नेहरू घाती हो ।
🙏रामप्रसाद पुरी बादेल, खाेटाङ ।
चित्रपट पञ्चाङ्ग ३२
इमान्दारी भक्त कुकुर बन्छ नबोले पनि । कसैसँग मनको पिर ब्यथा नखोले पनि । स्वामीभक्तिको पाठ सिकाउने कुकुर हाम्रो , मान्छे भन्दा अब्बल भयौ गोडा नमोले पनि । स्वार्थमा लिप्त हुँदैन चिनी झैँ नघोले पनि ।
🙏पुष्पा नेपाल झापा ।
चित्रपट पञ्चाङ्ग ३३
मेरो देश डुबिसक्यो बचाउनउ । यहाँका लुटेरालाई पछ्याउन आउ । असल नेतालाई टिक्न नदिने भयो , बिगार्न लागेछन् देश सम्झाउन आउ । यहाँ रगत पसिना बगाउन आउ ।
वसन्त अनुभव १४ श्रावण । नेपाली लघुकथा क्षेत्रकै भिमकाय ग्रन्थ “लघुकथालय (चिन्तन, मनन र लेखन)-२०७९” लोकार्पण भएको छ । शनिबार अपरान्ह साढे चार बजे जुम एप मार्फत आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, समालाेचक, भाषाविद तथा लघुकथाकार डा.विदुर चालिसेद्वारा लिखित उक्त पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीज्यूले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रम मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) काे अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
भर्चुअल माध्यमबाट सञ्चालित उक्त पुस्तक विमाेचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा.कपिल लामिछाने, वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसे, साहित्यकार डा. दीनबन्धु शर्मा, साहित्यकार डा. शंकरप्रसाद गैरे, साहित्यकार डा. रविन्द्र समीर, साहित्यकार प्रा.पुष्कर लाेहनी, वरिष्ठ नियात्राकार कृष्ण बजगाईं र कृतिकार डा. विदुर चालिसेकाे विशिष्ट अतिथिकाे रूपमा उपस्थिति रहेकाे थियाे ।
यसै गरी कृतिमाथि गहन समालाेचना गर्नु हुनेमा वरिष्ठ समालाेचक प्रा.डा.कुमार काेइराला, लाेक साहित्यका वरिष्ठ खाेजकर्ता प्रा.डा.रिन्कू बडेरा(भारत), वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार एवम् चिन्तक प्रा. कपिल अज्ञात हुनुहुन्थ्याे ।
प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायत सबै वक्ताहरूले “लघुकथालय (लघुकथा चिन्तन, मनन र लेखन)” लघुकथाकाे सिद्धान्त र सिर्जनाकाे एक नयाँ प्रयाेगात्मक मानक पुस्तककाे रूपमा आएकाे कुरा उल्लेख गर्नुभयो ।
साथै उक्त कार्यक्रममा पुष्कर लोहनी, प्रा.डा.कपिल लामिछाने, विजय चालिसे, दीनबन्धु शर्मा र कृष्ण बजगाईले शुभकामना मन्तव्य दिनुहुँदै कृतिबारे बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न समालोचकहरूले अनेक काेणबाट समीक्षा गर्दै आ-आफ्नाे धारणा राखेका थिए । धेरै वटा कृतिका पिता भइसक्नुभएका कृतिकार डा.विदुर चालिसेको यस कृतिमा विभिन्न आयाममा विभक्त गरी विविध नियम र सिद्धान्त सहित सृजना गरिएका २३६ वटा लघुकथा सङ्ग्रहित छन् । विभिन्न पाँचवटा आयाम (शीर्षक)मा ४५/४५ वटा र छैटौँमा लघुकथाको सिद्धान्त राखेर ११ वटा लघुकथा रहेका छन् ।
लघुकथाको सागरको रुपमा रहेको यस भिमकाय ग्रन्थमा अधिकतम कुराहरू पुराना हुँदाहुँदै पनि नयाँ प्रस्तुतिको कारण उत्कृष्ट बन्न पुगेको केही समालोचकहरूको मत छ । यो सिकारु एवम् लघुकथा लेखनमा अभिरुचि राख्नेहरूका लागि अत्यन्त उपयोगी, लाभदायक र पठनिय रहेको छ । यस ग्रन्थमा नेपाली समाजमा हुने विविध विधि र व्यवहारलाई टपक्क टिपेर राख्नुभएको छ । प्रयोगवादी एवम् प्रयोगात्मक लघुकथा सिद्धान्तमा आधारित यस पुस्तकमा आख्यानमा हुनुपर्ने सम्पूर्ण तत्वहरू समावेश छन् ।
यति उत्कृष्ट हुँदाहुँदै पनि यो पुस्तक सामान्य पाठकका लागि अबोधगम्य हुनसक्ने आशङ्का समालोचकहरूले व्यक्त गरेका छन् । साथै छोटो समयमा यस भिमकाय ग्रन्थको समीक्षा गर्न नसकिने तसर्थ यसको समीक्षाका लागि पर्याप्त समय चाहिने उल्लेख गरेका छन् । यस्तै अतिथिहरूमा साहित्यकार शेखर अर्याल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, कमल पाैडेल, म्यामराज राई, गणेश नेपाली, कृष्ण ढुङ्गेल, तुलमान गुरुङ, अनिल आचार्य, अनिष पाठक, दिपक बाेहरा, चन्दा थापा, अमित प्रधानाङ्ग, विश्वराज अधिकारी, कल्याण पन्त, गोपाल प्रसाद बस्याल, जनार्दन दाहाल, लता के.सी., मीठू कुमारी पाठक, रामहरि पौड्याल, रामकुमार पण्डित, सरोज, कुन्दन, शालिकराम पाण्डे, शिव गौतम, एस आर दुवाडी, मिसु श्रेष्ठ, तारा श्रेष्ठ, शान्ता शाक्य, छविलाल खड्का, नानी विबु, मनोहर पोखरेल, अवधेश सिंह, डा.अनुप श्रेष्ठाचार्य, रचना शर्मा, हेम पोखरेल, ज्योति पाण्डे खड्का, आई पि अधिकारी, शिव गौतम, आयुष बडाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
आफ्नो व्यस्त समयका वावजुद पनि पुस्तकको लोकार्पण कार्यक्रममा उपस्थित हुनुभएकोमा खुसी प्रकट गर्दै कृतिकार डा. विदुर चालिसेले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले पुस्तक प्रकाशनको ठूलो अभिभारा बोकेर भव्य कार्यक्रम बिच पुस्तक लोकार्पण गरिदिएकोमा लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) लगायत मञ्च परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
साथै उहाँले आफ्ना केही लघुकथाहरू सामान्य पाठकका लागि अबोधगम्य, घुमाउरो, लाक्षणिक भएको स्वीकार्दै विज्ञ समालोचकहरूले दिएको गहन र महत्वपूर्ण परसेप्सन, सुझावलाई आगामी कृतिमा समेट्ने जानकारी दिनुभयो ।
समापन मन्तव्य राख्नुहुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) ले हामीलाई विश्वास गरेर आफ्नो अमूल्य पुस्तकको प्रकाशन लगायत लोकार्पणको जिम्मेवारी दिनुभएकोमा कृतिकार डा.विदुर चालिसे प्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरूलाई वरिष्ठ साहित्यकार एवम् मञ्चकी अभिभावक रन्जुश्री पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण प्रतीक्षा पाैडेलले गर्नु भएकाे थियाे ।
३० जुलाई २०२२! साउदी अरब रियादमा स्थित नेपाली दूतावासले आर्थिक बर्ष २०७८-२०७९ मा कार्य सम्पन्न गरेका केहि महत्त्वपूर्ण २३ बुदेँ कार्य प्रगति विवरण आफ्नो आधिकारिक फेसबुक पेजबाट सेयर गरेको छ ।
१४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको ।
रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
यस अवधिमा साउदी मन्त्रालयहरू , श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएका ।
दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको । १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको ८ जनाको शव पठाउन बांकी रहेको मृत्युको कारणमा प्राकृतिक कारण ( हृदयघात समेत ) ११२ जना , आत्महत्या ३४ जना , सडक दुर्घटना ३ ९ जना , कार्य दुर्घटना १४ जना , कोरोना संक्रमण १४ जना र हत्या ०१ जना रहेको ।
मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बांकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम जम्मा साउदी रियाल ५० लाख ९ ० हजार ९ १८
ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाईमा भाग लिएको । २८ वटा केसमा फैसला भएको । १८ वटा केसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।
कार्य दुर्घटनामा परी मृत्यु / घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक / घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या जम्मा ३१०
गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेब्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।
साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्या : २,३५७
साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्या ३६
वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) गएको संख्या : – १ ९ ८
घर फिर्तिकेन्द्र ( deportation centre ) ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) भ्रमण संख्या २०५
राजदूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्या : – १ ९ ३ ९ .
समस्या समाधान कम तलव दिएका ३८ ९ , समयमा तलव नदिएका ५३४ , राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ४२५ , विदामा जान दिन अनुरोध ३६७ , नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६ ९ , कानूनी मानसिक एवं अन्य परामर्श ८ , ३४५
कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न अनुरोध गरिएको संख्या ३१५
१२,२१ ९ माग पत्रहरुको प्रोसेसिङ गरी १०,८२५ मागपत्र प्रमाणिकरण गरिएको ।
विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३ भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ५१३ कामदारलाई राखेर खान / बस्नको व्यवस्था गरेको
विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका २५ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
राहदानी जारी गरिएको संख्या १२,०४३ सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या १२५७ निशुल्क यात्रा अनुमतिपत्र जारी- १४२३ ( जेल र घरफिर्ति केन्द्रका लागि )
निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या १०६१
विभिन्न स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन संख्याः २४ •
राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९ ३ वटा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको जसबाट करीब ६०,००० हजार नेपाली कामदार लाभान्वित भएको ।
कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५,००० हजार भन्दाबढी ह्वाट्स एप सन्देश र ९ ५ हजार भन्दाबढी टेलिफोन प्राप्त गरेको ।
राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोष्ट गरिएको ।
राजदूतावासको आधिकारीक फेसबुक पेजबाट फेसबुक लाईभमार्फत राजदूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन शुरू गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या / गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको ।
दूतावास रियादको सूचना जस्ताको त्यस्तै तल हेर्नू होला ।
कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।
बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो ।
त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।
तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चाररपाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।
‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अपराधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’
पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, ‘उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।’
सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो । त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।
बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी पर्यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको सुवेदीले बताए ।
सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।
उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि पक्राउ परेका छन् ।