‘छाउगोठमा फूल’ – कविता ——————- – देवकी के.सी. सबैको आँखामा सजिएको म एक सुन्दर फूल आज समाजको कुप्रथाले गलहत्याएर कैद छु छाउगोठमा रजस्वला म जस्ता फूलको प्राकृतिक प्रक्रिया हो सृष्टिको आधार हो आधुनिक युगमा पनि अन्धविश्वासले जेलिएका मान्छेहरू रजस्वलालाई घृणित नजरले हेर्दै कैद गर्छन् छाउगोठमा अन्धविश्वासको शिकारले छाउगोठमा म नजरबन्द भएको बेला जून तिमी रातमा सुस्तरी चियाउन नआउनु किनभने मैले उज्यालो हेर्नु हुन्न झुक्किएर पनि बतास छाउगोठमा नपस्नु किनकि मैले निस्सासिँदै बाँच्नुपर्छ जङ्गली जनावर विषालु गोमन भोकाएका लाहुरे भमराहरू कुसंस्कारको मौकामा चौका हान्न रातमा छाउगोठमा नआउनु मेरो अस्मिता गिजोल्न यतिखेर म सुन्दर फूल प्रकृतिको नियम पालना गर्दै रगतले लपक्क भिजेको छु मेरो यो रक्ताम्य शरीरलाई समाजले अछुतो बनाएको छ अझैँ मैले केही दिन छाउगोठमा बिताउनु छ उज्यालोको स्पर्शबिना हावाको सुवासबिना गोमन जङ्गली जनावर र जङ्गली मानसिकता बोकेर फर्केका तिर्खालु लाहुरे भमराहरूको आहार बनेका आफ्ना आमाहरूको धमिलो ती विगत सम्झेर सुनेको थिए मैले सहरमा फूलहरू रजस्वला हुँदा केक काटेर खुशियाली बाँड्छन रे तागतिला भोजन गर्छन् रे नुहाएर सफा बन्छन् रे आफनै घरको बिस्तारामा सुत्छन् रे आमाको मैलो फरियाको टालो होइन स्यानिटरी प्याड प्रयोग गर्छन रे के थाह ? सहरिया फूलहरूलाई रजस्वला हुँदा छाउगोठमा नजरवन्द मृत्युसित मितेरी गाँसेका गाउँले फूलहरुको व्यथा !!
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१] सडक गरिबको घर प्राणी एकअर्कामा निर्भर !
वसन्त अनुभव, घोराही, दाङ
[२] मान्छे खुल्ला आकास पशुसँगै सडकको बास !
भुपेन्द्र राना मगर, धादिङ
[३] अनाथ हातमा भाग्य भेट्न सकिन्छ सौभाग्य !
म्यामराज राई, भोजपुर
[४] विवशता खुला आकाशमुनि भोक तिर्खा अलग !
निर्मला सुबेदी, बागलुङ
[५] आर्तनाद मनभित्र वेदना यही हो साम्यवाद !
देवी पन्थी
[६] सम्बन्ध मालिक कुकुर सँगसँगै पुग्छन् सहर !
राजेन्द्रकुमार बज्राचार्य, काठमाण्डौँ
[७] संसार विचित्रताकाे आवास मान्छे पशुमा एकता !
राेशन पराजुली, धरान
[८] जिन्दगी बिधाताको खेल राज्यले मिलाएन तालमेल !
ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
[९] विपन्नता धर्तीलाई डसना आकाशलाई सिरक वनाउने !
अमृत सुवेदी, रुपा सात, कास्की
[१०] जीवन खुल्ला आकाश सम्बन्ध अन्यका साथ !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे
[११] बाध्यता प्राणीमा निर्भरता गरिबको अनेक विवशता !
मिलन के.सी.(थापा), पोखरा
[१२] मानव हेर्दछ बिचल्ली पशुले दिन्छ सहारा !
सीता पान्डेय मरासिनी तम्घास, गुल्मी
[१३] मानवता हराउँदै जाँदा कुकुर बन्यो साहारा !
तेजप्रसाद खनाल, लमही, दाङ
[१४] बाध्यता हजारौँ सङ्घर्ष भोको पेटका लागि !
प्रेम थापा ‘मन’, बागलुङ
[१५] सडक दिन्छ बास मानिस कुकुर एकसाथ !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[१६] सहर धनीको कथा कैयौँ गरिबको यथा !
अच्युत घिमिरे, भुटान
[१७] वेदना प्राणी समान अदृश्य प्रेम चेतना !
प्रभादेवी पौडेल भरतपुर-९, चितवन
[१८] आर्तनाद मनभित्रको पीडा आँखामा आँसुको सागर !
आर्त अकुलीन, कैलाली
[१९] कुकुर स्वामी रक्षक मालिकको छाडेन साथ !
ईमानसिंह राई, भोजपुर
[२०] परिस्थिती गरिबको जिन्दगी पशु मानिस बराबरी !
सरिता सेढाई
[२१] सहारा जनावरको साथ सडकको जीवन दर्दनाक !
इन्दिरा देवकोटा, कपिलवस्तु
[२२] बेसहारा आफ्नै संसार भिडभाड कुकुर साथी !
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई-४, झापा
[२३] शहर सडकको बिचमा एक अर्कामा निर्भर !
सरस्वती वली
[२४] जिन्दगी सडकको बास सास छ्ञ्जेलको आस!
बुद्धिप्रसाद लामिछाने, कैलाली
[२५] साहारा नाङ्गो सडक दुःख बिसाउने ठाउँ !
होम प्र. नेउपाने, धरान, सुनसरी
[२६] कुकुर बफादार प्राणी बारम्बार मालिकको निगरानी !
शारदा आचार्य, ललितपुर
[२७] छ कुकुरको साथ छैन जीवनमा त्रास !
रमेश मानन्धर
[२८] विश्राम निलो आकाश मानिस कुकुरको साथ !
समुन्द्रा शर्मा, सुनसरी
[२९] प्रकृति प्राणीको घर आत्मियता र एकता !
डि पी दोभान, कैलाली
[३०] सहारा पशुको माया चिसो भुइँको आनन्द !
अम्बिका अधिकारी, झापा, बिर्तामोड
[३१] प्राणी खुला धर्ती एकअर्कालाई जीवनको आस !
घनश्याम पौडेल, गौरीगङ्गा नगरपालिका-९, कैलाली
[३२] विवश स्वान सिरानी सडक नरम शय्या !
गोपालप्रसाद पौड्याल, विराटनगर
[३३] कुकुर मानवभन्दा असल मानवमा मानवता हराएपछि !
रमेश प्रभात, चितवन
[३४] घर खुल्ला आकाश प्राणी एकअर्काको विस्वास !
प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे
[३५] गौण अनाथको जीवन सडक शहर मौन !
बिके माकजु, भक्तपुर
[३६] प्राणी प्रेमिल सहनशीलता स्वजातीय भिडको उपेक्षा !
कण्ठराज गिरी, टीकापुर, कैलाली
[३७] मित्रता सजीव प्राणी एक अर्कोमा आत्मियता !
बिमला पोख्रेल, अर्घाखाँची
[३८] जनता सडकको बास संसदमा ताण्डव नृत्य !
राजाराम रत्गैंया, अमौरा, कैलाली
[३९] जिन्दगी मित्रताको साथ विवशता आत्मिक सन्तुष्टि !
रुपा भट्टराई, जुम्ला
[४०] आकाश प्राणीको वासस्थान एकापसमा प्रेम सद्भाव !
त्रिलोक रामदाम भैरहवा-८, रुपन्देही
[४१] शहर छैन मानवता कुकुर छ महानता ! -:धनमाया चौधरी, कैलाली
[४२] विश्वास साथ उसैको कठिनाइमा साथ जसको !
सिङ्गर विशाल, कोहलपुर, बाँके
[४३] बेसहारा छैनन् कोही कुकुर असल साथी !
प्रदिप नेपाली बिहादी-५, उराम, पर्वत
[४४] नाथ छु अनाथ प्रभु पाऊँ साथ !
रसज्ञ छहरा कावासोती-३ नवलपुर, नेपाल
[४५] प्राणी सहारामा जीवन प्रकृतिको अनुपम उपहार !
सविता के.सी., काठमाडौँ
[४६] सम्बन्ध पिडामा गाँसिएको देखियो भाग्यले ठगिएको !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा
[४७] जीवन सडककाे बास आखिर पशु मानवसँगै !
भावना मञ्जु
[४८] साहारा सडकमा सर्वहारा दुबै जगतका बेसाहारा !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४९] परस्पर गहिरो माया पशु मानिस सुखी !
टीकाराम जाेशी, टीकापुर
[५०] मित्रता दु:खमा साथ मानव पशुको सम्बन्ध ! -:श्रद्धा आचार्य, पोखरा
[५१] सडकछाप फराकिलाे मन कुकुरझैँ लावारिस जीवन !
ताराप्रसाद चापागाई, धुनिबेसी, धादिङ
[५२] सम्झौता बाच्नको लागि नाङ्गो आकास बाध्यता !
दुर्गा आचार्य, मोरङ
[५३] ममता मान्छेकाे साथी इमानदार प्रिय कुकुर !
टङ्कबहादुर आलेमगर त्रियुगा नगरपालिका-११, उदयपुर
[५४] जीवन लमपसार बाटोमा बेसाहारा कुकुर साथी !
सम्झना ‘कुसुम’, जापान
[५५] पशु नि:स्वार्थी मित्र स्वार्थी मानव दुनियाँ !
राम बहादुर चौधरी जानकी-५, कैलाली ( हाल: गोरखा )
[५६] बेसहारा मानव रक्षक सडकमा कुकुर साथी ।
राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८८ औँ भाग गत शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
[१] राजनीति घिनौनो खेल देशभक्त सधैँ फेल ! 🌑वसन्त अनुभव घोराही, दाङ [२] देशभक्त सदैव पोख्त इमान्दार ठगिँदै ध्वस्त ! 🌑जमुना कायस्थ, पोखरा [३] राजनीति बिग्रेको नीति राज्य अभावको विधि! 🌑टीकाराम पुन ‘टिपु’, सल्यान [४] राजनीति सत्य छोपाछोप असत्य हुनेछ लोप ! 🌑अच्युत घिमिरे, भुटान [५] राजनीति असत्य अधर्मीको विजय हुने निसर्मीको ! 🌑अमृत सुवेदी, रुपासात, कास्की [६] राजनीति जालझेलको खेल कहिल्यै नमिल्ने तालमेल ! 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [७] राजनीति फोहोर खेल सत्ता पक्षको जालझेल ! 🌑मङ्गला उपाध्याय, बारा [८] राजनीति फोहोरी खेल जताततै ठुलो बेथिति। 🌑पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे [९] चलखेल चौतर्फी अन्धकार औँसीको रातमा बागडोर ! 🌑आर्त अकुलीन, कैलाली [१०] मियो एकताको सूत्र बनाउँदै उज्यालोविहीन दियो ! 🌑हिमाल अम्मै, घोडाघोडी, कैलाली [११] राजनिती कमाउने भाँडो जनतालाई झुक्काउने खेल ! 🌑बिमला पोख्रेल, अर्घाखाँची [१२] षडयन्त्र सत्ताका लागि फोहरीले फुक्ने मन्त्र ! 🌑शारदा आचार्य, ललितपुर [१३] राजनीति होइन अनौठो नेताले गरिरह्यो जालझेल ! 🌑नारायण कोइराला, तानसेन, पाल्पा [१४] राजनीति अनौठो चलखेल सतिले सरापेको देश । 🌑समुन्द्रा शर्मा, सुनसरी [१५] नेता देशका घृणित जनताको नजरमा क्षणिक ! 🌑विक्रम तिरूवा सलिन, जुम्ला [१६] मानव सबैका लागि कानुन बराबर हुने ! 🌑कमलराज बिष्ट मगर,(पश्चिम)रुकुम [१७] देश फिरौटी भेष चल्दैछ राजनीति रेस ! 🌑सागर कुस्मी, कैलाली [१८] राजनीति हुँदै गएको गरी खाने भाँडो ! 🌑सुशिला पौडेल, काठमाडौँ [१९] राजनीति फोहोरी खेल तानातान अनि जालझेल ! 🌑इमानसिंह राई, अमाचोक, भोजपुर [२०] राजनीति कु-नीतिमा परिणति नेतृत्वकाे बिग्रेको मति ! 🌑प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर [२१] भाषण सधै जालझेल सत्ता हत्याउने खेल ! 🌑ऋजु दिल्पाली, इटहरी-१, सुनसरी [२२] राजनिती फोहोरी खेल भ्रष्ट तस्करीको जालझेल ! 🌑सरीता सेढाइ, धादिङ [२३] राजनीति सधैँ जालझेल व्यक्तिगत स्वार्थमा तालमेल ! 🌑राजाराम रत्गैंया, अमौरा, कैलाली [२४] राजनीति सर्बज्ञानी नेतृत्व नियन्त्रित राष्ट्रकाे बेथिति ! 🌑नारायणप्रसाद उपाध्याय, कैलाली [२५] चौतर्फी मेरो जन्मभूमि नेता भएका विमुख ! 🌑सम्झना कुवँर ‘कुसुम’, जापान [२६] नीतिगत झेल फगत अवस्था गम्भिर अवगत ! 🌑जमुना आचार्य, सिन्धुपाल्चोक [२७] नेता चुनाव जिते नागरीकताको अभावमा एता ! 🌑सुमित्रा पोखरेल, काठमाडौँ [२८] राष्ट्रसेवक भएका अनागरिक आफ्नै प्यारो जन्मभूमिमा ! 🌑दुर्गा भमरकोटे, काठमाडौँ [२९] जनता निराश चौतर्फी भ्रष्टले बाँडीरहेका बर्फी ! 🌑तेजप्रसाद खनाल, लमही, दाङ [३०] राजनीति नीतिको राज यहाँ देख्नेलाई लाज । 🌑म्यामराज राई, भोजपुर [३१] राजनीति सदा जालझेल प्रणाली विहिन खेल! 🌑कमला देवकोटा, पाल्पा [३२] न्याय अल्मलिएकाे देशमा जनता कतिञ्जेल झुक्किने 🌑राेशन पराजुली, धरान [३३] नेता राजनीतिको फेटा चर्काउने देशको व्यथा ! 🌑सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल [३४] राजनीति सत्ताको खेल एक अर्कामा ठेलमठेल ! 🌑डम्बर थामी ‘अनुपम’ कालिञ्चोक गा.पा.-६, दोलखा [३५] राजनीति अस्थिर चाहाना देशभक्त निकाल्ने बाहाना ! 🌑सविता के.सी., काठमाडौँ [३६] राजनिती भ्रष्टाचारको खेती शहिदको रगतको क्षती ! 🌑 पशपति राई, खोटाङ्ग [३७] राजनीती नेताको भाषण गरिबको नहुने रासन ! 🌑त्रिलोक रामदाम, भैरहवा, रुपन्देही [८८] राजनीति घिनलाग्दो खेल सच्चा नागरिक फेल ! 🌑दुर्गा भट्टराई, मोरङ [३९] नेता भाषण चर्को खोतल्दै जाँदा लर्को ! 🌑धर्मी शाक्य, बुटवल, रुपन्देही [४०] राजनीति राज्यको सुशासन भ्रष्टाचारको घृणित बेथिति ! 🌑 दुर्गा भट्टराई, मोरङ [४१] उदक राजनीति भाँडभैलोको स्थिति तिथि न मिति ! 🌑प्रेम थापा, बागलुङ [४२] अदालत समान कानुन फाेहाेरी राजनीतिक खेल ! 🌑श्रद्धा आचार्य, पोखरा [४३] नेता राजनीति भाषण दस्तावेजमा मात्र सुधार ! 🌑सोमनाथ लुइटेल, बर्दिया [४४] राजनीति फोहोरी खेल जालझेल जनतामा सास्ती ! 🌑अम्बिका अधिकारी, झापा [४५] बोली भोटको झोली झोली भर्छ भोलि ! 🌑गोपेन्द्र रिजाल, पाँचथर [४६] नेता आफै जान्ने अरूको राम्रो अमान्य ! 🌑चक्र शाही, कैलाली [४७] राजनीति नेताको खेल जनता सधैँ पीडामा ! 🌑प्रदीप नेपाली, पर्वत [४८] राजनीति कानुनविनाको खेल नेताहरू गर्दै जालझेल ! 🌑खेमराज पुरी, कैलाली [४९] राजनीति अदालतले हस्तक्षेप सत्तामा राम्रो फेस ! 🌑मङ्गला उपाध्याय, बारा [५०] वेथिती नेपालको नीति भ्रष्ट नेताका राजनीति ! 🌑भगवती दवाडी, दमक, झापा [५१] राजनीति किन जालझेल सत्ता हत्याउने मेल ! 🌑दुर्गा आचार्य, मोरङ [५२] नेतृत्व घिनौना खेलाडी कुरा गर्छन् जाली ! 🌑रमा पन्त, पाल्पा [५३] राजनीति चोर भ्रष्टहरूको जिन्दगी सपार्ने बाटो ! 🌑अन्जिता राउत, सोलुखुम्बु [५४] राजनीति ढाटीछलीको खेल गरिबको टाउकोमा तेल ! 🌑होमप्रसाद न्यौपाने, सुनसरी [५५] राजनीति नेपालको गतिविधि घृणित नियम प्रवृत्ति ! 🌑रामप्रसाद पुरी, खोटाङ ५६ राजनीति कुरूप आकृति चौतर्फी कुरूप बिचार ! 🌑कविता आचार्य, कैलाली
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २९ [उनन्तिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/१७ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————जन
पञ्चाङ्ग संरचना …………………
परेवाको जोडि जस्तै बन्न पाए हुन्थ्यो [०१]
मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
मायाको संसार त तिमीमा मात्र देख्छु [०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो[०४] बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो[०५] ……………………………………………………
उदाहरण पञ्चाङ्ग ……………………
परेवाको जोडि जस्तै बन्न पाए हुन्थ्यो [०१]
मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो [०२] मायाको संसार त तिमीमा मात्र देख्छु [०३] बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो [०४] बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो [०५]
शहिदको बलिदान त खेर जाने भयो । देशको सम्पत्ति नेताले सधैँ लाने भयो । जनता मरे देशमा महङ्गी र भ्रष्टाचारले, यहाँ दरिद्र बढी भए उतै ताने भयो । शहिदको सपना नेताले नै खाने भयो ।
परेवाको जोडी जस्तै बन्न पाए हुन्थ्यो। मिल्ने दिन औंलामा नै गन्न पाए हुन्थ्यो। मायाको संसार त तिमीमा मात्र देख्छु , बाँच्दासम्म तिमीलाई भन्न पाए हुन्थ्यो । बाँच्दै तिमीसँग खान अन्न पाए हुन्थ्यो ।
आमाबाले भने जस्तै हुन पाए हुन्थ्यो । रात पनि काट्थेँ बरु जून पाए हुन्थ्यो । नसुनूँ म तिम्रा कुनै नजाती ती कुरा , जति खोजूँ उत्ति तिम्रा गुन पाए हुन्थ्यो । त्यो मनका सबै कुना छुन पाए हुन्थ्यो ।
✍️श्रीकृष्ण शर्मा पोखरा । ……………………………………………
पञ्चाङ्ग [०३]
झरेको पात हेरेर । पातको खात हेरेर । समय बित्छ यसरी, अँधेरी रात हेरेर । जूनको मात हेरेर ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………
पञ्चाङ्ग [०४]
हिमाल पहाड मिलेर बनेको छ तराई। मान्छेको बस्ती बस्न खनेको छ तराई। हरियाली वसन्त पार गरेर पनि, खुशीको लहरामा रमेको छ तराई। खेतीपाती उब्जाउ जमेको छ तराई।
✍️अम्विका अधिकारी झापा विर्तामोड ……………………………………………
पञ्चाङ्ग [०५]
दुनियाँ संसार छाडी तिमीलाई मन पराएकी थिएँ। तिमीमा नै सर्वस्व जिवन समर्पित गराएकी थिएँ। विस्वास गरेनौ मेरो मायालाई किन हो र गयौ छाडी, जन्मघर बाट त कर्मघर बसाई सराएकी थिएँ। सैयौं वाचा कसम मुटुभरीको माया भराएकी थिएँ।
✍️सरिता सेढाई धादिङ । ……………………………………………………
पञ्चाङ्ग [०६]
शहिद दिवस याैटा अभिभारा हाे। अहिले नेताहरु गरीब मारा हाे। सच्चा शहिदलाइ मेराे सलाम छ, अहिले मनाउने त टार्ने झारा हाे । ए नेता मनपरि गर्छाै त के पारा हाे ।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं । ……………………………………
पञ्चाङ्ग [०७]
नारा लाए ठुला ठुला मुखले गफ गरेर गए। अरुलाई उचाले उचाले आफू चैं झरेर गए। जो साहसी थिए लडे छाती थापेर रणभुमिमा, स्वतन्त्रताको लागि रगतको बीउ छरेर गए। देशको लागि केही गर्छु भन्ने जति मरेर गए।
✍️होम प्रसाद नेउपाने धरान,सुनसरी । …………………………………………………………
पञ्चाङ्ग [०९]
देशको निम्ति रगत बलि दिएका शहिद । भुल्दैनौ हामी देशमा आँसु पिएका सहिद । अर्पण गर्यौ जीवन आफ्नो जन्मेको भूमिमा, चेतना छर्दै जनता सामु जिएका शहिद। राणाको धेरै यातना पनि लिएका सहिद।
✍️तारा घिमिरे, सङ्खुवासभा । …………………………………………………
पञ्चाङ्ग [१०]
जनता खातिर गरौँ क्रान्ति, नबसौँ हेरेर, भनेर सहिदले। पाउन सुख,मरे नि हामी, व्यवस्था फेरेर भनेर सहिदले। हामी लड्दा,लडेर मर्दा, यो देशको उन्नति हुन्छ भने मरौँ, आपत नै पर्यो, त्यो बेला दुष्मनले घेरेर,भनेर सहिदले। के गर्नु हाल, सहिदलाई फूलले बेरेर, भनेर सहिदले।
✍️रामप्रसाद पुरी बादेल खोटाङ। ………………………………………………
पञ्चाङ्ग [११] [०१] गरिब भएपछि सधैँ भोकले घेरेको छ। मन भित्रको पीर अनि शोकले घेरेको छ। छैन धन व्यावहार उथल पुथल आयो, परिवारमा अभाव र थोकले घेरेको छ। अगाडि बढने बाटो त रोकले घेरेको छ। [०२] अब नसा नसामा सहिदको सम्झना गरौँ । मनको भावनाले सहिदको सम्झना गरौँ । श्रद्धाञ्जली अर्पण गर्छु सहिदहरु प्रति , समर्पण गरेर सहिदको सम्झना गरौँ । आज हैन सधैं नै सहिदको सम्झना गरौँ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ……………………………………………
पञ्चाङ्ग [१२]
जनताको बोलीको थान हरायो शहिदको नामको दान हरायो साँच्चै शहिद त चार जान हो रे, शहीद दिवशको भान हरायो। शहीदको साच्चै मान हरायो ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ………………………………………
पञ्चाङ्ग [१३]
देशको लागि अघि पो सर्न तयार भयौं। पुर्व पश्चिम सम्म नै झर्न तयार भयौं। सबैको अधिकारको लागि लडी हिँड्न नै, सयौं जंघार नै पार तर्न तयार भयौं । शहिद देशको भई मर्न तयार भयौं ।
✍️सीता शर्मा , बिरगंज । ……………………………………………
पञ्चाङ्ग [१४] [०१] जसले ज्यानको माया नगरि छातीमा गोली थाप्छ त्यो हो शहिद। देशको लागि त मरिमेट्दै रगतको झोली थाप्छ त्यो हो शहिद। आजभोलि हेर जसले विकाश नै गर्छु भन्दा तल झार्न खोज्छन्, अन्याय र भ्रष्टचार बिरोधी को तिखा बोली थाप्छ त्यो हो शहिद। हिम्मत जुटाएर न्यायको निम्ति पोल खोली थाप्छ त्यो हो शहिद। [०२] हाम्रो नेपालमा दुर्घटना धेरै हुन्छ बरै। सम्झेर ल्याउँदा मन यति धेरै रून्छ बरै। हवाइजहाज र एयरर्पोड उस्तै त पुराना छन्, उद्दार गर्नु छोडी भिडियो त्यहाँ छुन्छ बरै। सहयोग गर्न खै किन पछाडी हुन्छ बरै।
✍️कमला पाण्डे पराजुली, झापा चारआली । ……………………………………………………………
पञ्चाङ्ग [१५]
व्यक्तिगत स्वार्थभन्दा माथि सरेर गए सहिद। नेपालीको वीरता विश्वमा छरेर गए सहिद । आफ्नो जन्मभूमिभन्दा ठूलो कोही हुँदैन भनेर, माटो रक्षार्थ सयौँ जङ्गार तरेर गयौ सहिद। नेपाली जनताको हितमा मरेर गयौ सहिद।
✍️वीणा रोका, घोराही दाङ। ………………………………………………………
पञ्चाङ्ग [१६]
हेपेको हुँदा लाटो नभुलौं। आफ्नो देशको माटो नभुलौं। शाहिदको आत्माले धिकार्ला, हेर सत्यको बाटो नभुलौं। इतिहासको पाटो नभुलौं।
माया प्रेमको आश देखाएर । सुखी जीवन बास देखाएर । चलेको जीवन दोधार भयो , प्रेमको बास खास देखाएर । अमुल्य चोला नाश देखाएर ।
✍️बेदु न्यौपाने, काठमाडौ ✍️। ……………………………………
पञ्चाङ्ग [१९]
शहिदको सपना पूरा गर्न अझै बाँकी छन् । नेपाली आमालाई खुशी भर्न अझै बाँकी छन् । रोदनलाई छुटाई शक्ति फोहरा बटुल्दै , शान्तिको ज्योतिले प्रकाश छर्न अझै बाँकी छन्।
हरकुरा महसुस हुन्छ तर पूरा हुँदैन। गरिवले सोचे जस्तो यहाँ केही कुरा हुँदैन। ए भगवान शिव वरदान देऊ सबैलाई, तिमीले अाँट्यौ भने तिम्रो भक्त टुहुरा हुँदैन। हरेक भक्तका इच्छा कहिले अधुरा हुँदैन।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा । ……………………………………………………
पञ्चाङ्ग [२१]
आफ्नाे हृदयमा भरेर शहिदको सम्झना । भावनाकाे गंगा तरेर शहिदको सम्झना । श्रद्धा सुमन ज्ञात अज्ञात शहिदहरुमा, समर्पण अघि सरेर शहिदको सम्झना । आजकाे दिनमा गरेर शहिदको सम्झना।
✍️सुशीला पौडेल । ………………………………………………
पचाङ्ग [२२]
मानिसले त्यहीँ हैवान सँग गुन लगायो। आफ्नै समाज निचोर्नलाई नै घुन लगायो। चिनिन आफ्नो बर्गलाई कहिल्यै पनि उसले, काटेको घाउमा सधै चुक र नुन लगायो। कोही पसिना बगाएन कोही खुन लगायो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । …………………………………………………
पञ्चाङ्ग [२३]
अधिकार खाेज्दा यसै बिझाएर बाँच्नु पर्ने उनैका लागि । दुर्बलहरूले गाेडा रिझाएर साँच्नु पर्ने उनैका लागी । बिराेधमा सडक उत्रिएपछि कसरी थाह भयाे यहाँ , बाध्यता दुष्टलाई नै गिज्याएर नाच्नु पर्ने उनैका लागि । मरेर पनि केवल सिध्याएर भाँच्नु पर्ने उनैका लागि ।
✍️धन कुमारी रेग्मी, चितवन । ………………………………………………………………
पञ्चाङ्ग [२४]
बाेल्दा पनि धेरै बिचार गरेर बाेल्नुपर्ने रहेछ। मनमा अनगिन्ती प्यार भरेर बाेल्नुपर्ने रहेछ। मित्रता अथाह फैलिँदाे रहेछ है तवमात्रै साथी, सँगसँगै आत्मियतानि छरेर बाेल्नुपर्ने रहेछ। गरेर विश्वास भरमा परेर बाेल्नुपर्ने रहेछ।
✍️उर्मिला के.शी., धनकुटा । ………………………………………………
पञ्चाङ्ग [२५]
देशको लागि केही गर्छु भन्ने आशाले बेरेर गयौ । राना र सामन्तीका विरुद्धमा आवाज भरेर गयौ। सहिदको सम्मान पायौ आज रहेनौ यश धर्तीमा, देशलाई सुन्दर बनाउने अठोट गरेर गयौं । प्रेरणाको स्रोत बन्छु भन्दा आज तिमी मरेर गयौ।
कामका शहिद हुनाले बाँचेका हुन् । आमाको ममता छातीमा साँचेका हुन्। देश उठाउन डटेर गोली खाँदा , अमर सपूत आँखामा नाँचेका हुन् । बेलामा विभेदको बार भाँचेका हुन् ।
✍️प्रभा पोखरेल , हाल अमेरिका । ……………………………………………
पञ्चाङ्ग [२७]
शहिदकाे सपना पूरा गर्न अझै बाँकी छ । जिउँदो शहिदका दु:ख हर्न अझै बाँकी छ । समान भन्दा सालिकलाई माला चढाउँछन्, शहिदको परिवार अबत मर्न बाँकी छ। सरकारले धेरै कुराहरू भर्न बाँकी छ।
पञ्चाङ्ग २८ हार भन्दा ठुलो जित हुनुपर्छ । राम्रो त्यो कामको गीत हुनु पर्छ । भुल्नु पर्छ सधैं ती तिता पलहरू, बोली नै हो सबैको पृत हुनु पर्छ। सबै समान मान्ने रीत हुनु पर्छ।
✍️सन्जना शर्मा, दाङ लमही ।
पञ्चाङ्ग [२९]
शहिदको सपना त भित्तामा हुन थाल्यो। विकासका कुराहरू फित्तामा हुन थाल्यो। नेताले विकासको नाममा झोली भर्दैछन्, देशलाई बाँडिचुँडी कित्तमा हुन थाल्यो। नेपालीको विकास नै वित्तामा हुन थाल्यो।
✍️मिराज लुइटेल , काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [३०]
शहिदले जन्मभूमितिरै हेर्दा होलान् छातीमा टाँसेपछि मायाले बेर्दा होलान् आमामाथि को ज्यादती चुपचाप लागी सहने छोरा देखेर मन फेर्दा होलान् रुँदैरुँदै यो देशको चित्र केर्दा होलान्
✍️पुष्पा नेपाल ( सुवेदी ), इलाम । ……………………………………………
पञ्चाङ्ग [३१]
जन्म भूमिकाे मायाले सहिद भए कति, आफ्ना प्यारा परिवार छाेडेर गए कति , सहिदलाई सम्झिदा मन पाेलेर आयाे, तिनका सपनाहरू अधुरा रहे कति सहिदका ति आमा, बाबा दुखि भए कति।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [३२]
सहिदहरू कत्ति भए भनेर गुन्छन् यहाँ । सहिदहरूकै सम्झना गरेर रुन्छन् यहाँ । सम्झनामा माला त सहिदलाई चढाइन्छ, सहिदहरूकाे सम्झनालाई नै बुन्छन् यहाँ । सम्झना समाचारमा बनाएर सुन्छन् यहाँ ।
✍️प्रविणा पल्लवी , महोत्तरी । …………………………………………………
पञ्चाङ्ग [३३]
माघ सोह्र गते मनाउने सहिद दिवस । लोकतन्त्रलाई जनाउने सहिद दिवस । ज्यानको वलिदान दिँदै देशका सहिद, वीरको सम्झना बनाउने सहिद दिवस । देशभक्तिमा नै तनाउने सहिद दिवस ।
पञ्चाङ्ग चित्रपट भाग :- २८ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/१०/१३गते साँझ ८ बजे ।
आज विद्यार्थीको मात्र नभएर सम्पूर्ण शिक्षा आर्जन गर्नेकालागी महत्वपूर्ण दिन सरस्वती पूजा भएकोले यसैको बारेमा पञ्चाङ्ग लेख्न अनुरोध गर्दछौँ ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वींणावरदण्डमण्डितकरा या श्वेतपदमासना॥ या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता। सा माम पातु सरस्वती भगवती निःशेषजाड्याऽपहा॥
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक : ———— गुणनिधि घिमिरे घनश्याम पौडेल
चित्र संकलन धादिङबाट —————– सरिता सेढाई
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
सरस्वतीको पुजा गर्नु महत्व जानी राम्ररी। देवी-देवताको पाठ गर्नु सधैँ छानी राम्ररी। हिन्दु धर्मको प्राचीन महत्त्व बुझ्नु पर्छ हामी, मन्दिरमा पैर राख्दा भाग्य खुल्छ मानी राम्ररी। पुजा गर्नु विद्याको देवी हुन् भन्ने ठानी राम्ररी।
शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । …………………………………………………
चित्रपट पञ्चाङ्ग [०२] [०१] शारदे पाउमा पछौॅ तिम्रो। हर्दम भजन गछौॅ तिम्रो। सदा हामीलाई साथ देऊ, मनोभाव पक्कै भर्छौॅ तिम्रो। सुनाम चौतर्फी छर्छौॅ तिम्रौं। [०२] सदा तिम्रो शरण पर्छु सरस्वती माता। मनै देखि नमन गर्छु सरस्वती माता। ज्ञान विज्ञानको ठूलो भण्डार तिमी भयौ, सोही लिन नजिक सर्छु सरस्वती माता।
✍️घनश्याम पौडेल, पोखरा । …………………………………
चित्रपट पञ्चाङ्ग [०३]
विवेक भर्ने तिमी । उज्यालो छर्ने तिमी । गाउँ समाज सारा, सन्तुष्ट गर्ने तिमी । अँध्यारो हर्ने तिमी ।
✍️आर्त अकुलीन, कैलाली । …………………………………
चित्रपट पञ्चाङ्ग [०४]
तिम्रो आशिर्वादले माता ज्ञान लिन सकिन्छ । शिक्षा ग्रहण गरेपछि मान लिन सकिन्छ । बिद्या ज्ञानको भण्डार सबैलाई छर्दै जानु, आरम्भ गरेर कामको सान लिन सकिन्छ । सरस्वतीले दिएको नै दान लिन सकिन्छ ।
चित्रपट पञ्चाङ्ग [०५] [०१] विद्याकी खानी हौ शारदे माता । अपार ज्ञानी हौ शारदे माता । गर्छु नित्य पूजा तिम्रै पाउमा, देवकी रानी हौ शारदे माता। प्यासकी पानी हौ शारदे माता। [०२] विद्याकी खानी हौ हे बन्दे माता। अपार ज्ञानी हौ हे बन्दे माता । गर्छु नित्य पूजा तिम्रै पाउमा, देवकी रानी हौ हे बन्दे माता। प्यासकी पानी हौ हे बन्दे माता।
✍️अम्बिका दाहाल, मोरङ्ग । ……………………………………
चित्रपट पञ्चाङ्ग [०६] [०१] सरस्वती माता विद्या कि खानी हुन् । लाग्छ मलाई देउती कि रानी हुन् । बनाउ है देवी उज्वल भविस्य , भक्तहरूको आशालाई जानी हुन् । दुष्टलाई नि आत्मासथा मानी हुन् । [०२] मुखमा सरस्वतीको बास होस्। उनको वाहन सधैँ हाँस होस् । न आवोस् दुर्वाच्य यो मुखमा , विद्या बुद्धि अनगिन्ती रास होस। साना ठुला सबैको लागि खास होस्।
✍️सरिता सेढाई , धादिङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
अज्ञानीलाई ज्ञान पिलाउन सक्छौ । विवेक साथै बुद्धि दिलाउन सक्छौ। फाटे कतै मन र मस्तिष्क भएमा, अमृतमय वाणी खिलाउन सक्छौ । हार्दिकताले जैले सिलाउनसक्छौ ।
✍️त्रिलोचन भण्डारी मेचीनगर ८, झ्नपा ………………………………………………
चित्रपट पञ्चाङ्ग [०८]
यिनै विद्याकी देवी हुन् माता सरस्वती लौ शरण परौं सम्झी दाता सरस्वती विभिन्न रूप लिएर भक्तको उद्दार गर्ने ज्ञान बढाउने ज्ञाता सरस्वती सबैलाई छायाँ दिने छाता सरस्वती
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
विद्या नै सब ठुलो ठानेर विद्यादेवी। ज्ञान विवेक तिम्रो तानेर विद्यादेवी। रहन सकौँ सदा म समीपमा सधैंँ, अपार खानी जहा जानेर विद्यादेवी । पर्छु शरण माता मानेर विद्यादेवी ।
✍️होम प्रसाद नेउपाने ,धरान सुनसरी । …………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
बेला उमेर लगाब नमिले फल्दैन फल त ताका राख्दैमा, जमिन्न मह माहुरीको नि घारमा फोस्रो खाली चाका राख्दैमा, काल छेक र लगानी गरी वातावरण तयार गरौ पनि, भोलि भोलि भन्दै दिन समय कति गए पढ्ने भाका राख्दैमा, नपढी आएन हे माता सरस्वती नियमको खाका राख्दैमा।
जिब्रामा सरस्वती माताको बास होस्। बिद्या ज्ञान बुद्धिले पूर्णता खास होस्। बिद्या ज्ञान बुद्धिको शाश्वत बनाऊ, ममा आइलाग्ने शत्रु सबै नाश होस्। ज्ञान बिद्या बुद्धिले सबैमा पास होस्।
✍️बेदु न्यौपाने, काठमाडौ ✍️ ………………………………………………
चित्रपट पञ्चाङ्ग [१२]
वसन्त पञ्चमी याद आउने सरस्वतीको। अर्चना गरेर भक्ति पाउने सरस्वतीको। जपेर मुखले मन्त्र, ‘ॐ एं सरस्वत्यै नमः’ सास्टङ्ग गरेर पूजा लाउने सरस्वतीको। प्रेरणा ठूलो मन्दिर धाउने सरस्वतीको।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹। …………………………………………………
चित्रपट पञ्चाङ्ग [१३]
मुखमा सरस्वतीको बास होस् । दुश्मनहरू जतिको नाश होस् । आजको दिनको शुभकामना , विद्या चाहे अनुसार रास होस् । विद्या नै सबैकोलागि खास होस् ।
✍️सुशीला पौडेल । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
आज सरस्वतीको पुजा गरेर भोलि गाली नगर्नु। मुखमा राम राम गरेर व्यवहार जाली नगर्नु। सत्बुद्धि दिउन् है सरस्वती माताले हामी सबैलाई , ज्ञान सबैमा आओस् कुरा नबुझिकन ताली नगर्नु । भरियोस् सधैं ज्ञानको भण्डार कहिल्यै खाली नगर्नु।
पशपती राई, खोटाङ । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
विद्याकी दाता सरस्वती माता। सबैकी माता सरस्वती माता। उनको जन्मदिन परेको छ, ज्ञानकी खाता सरस्वती माता। वर्षाकी छाता सरस्वती माता।
✍️लक्ष्मी महतारा, खजुरा बाँके । ……………………………………
चित्रपट पञ्चाङ्ग [१६]
कालो मैलो फालिदेऊ माता । दीप ज्योति बालिदेऊ माता । अज्ञानताको विष वृक्षमा , सचेतता हालिदेऊ माता । छुद्र मूल टालिदेऊ माता ।
✍️मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार बिर्तामोड झापा । …………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
विद्या कि देवि माता सरस्वती । ज्ञान र बुद्धि कि दाता सरस्वती । सृष्टिका मनवको ज्ञानी बनाई , बच्चादेखि ठुलाका ज्ञाता सरस्वती । शिक्षाले भरिपूर्ण छाता सरस्वती ।
✍️शोभा आचार्य गौतम , काठमाडौं । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
बिद्याफकि दाता हुन। सबैकी माता हुन । उनको जन्मोत्सव , ज्ञानकी खाता हुन। बर्षाकी छाता हुन।
✍️सुमित्रा पोखरेल , काठमाडौं । ………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
मेरो आमा जस्तै सरस्वती माता हुन् । यो दुनियाँको नैऔषधीको खाता हुन् । नमन् विद्याकि खानी सरस्वतीलाई , नगरौँ है मनोमानी हाम्री दाता हुन् । लिनुपर्छ शिक्षा संसारकी ज्ञाता हुन् ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २८ [अठ्ठाइसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०९ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना …………………
✍️मन फेरियो तर फेरिएन तन कहिले [०१] ✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️एक नजर भयो पलाएन मन कहिले [०४] ✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५] …………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️मन फेरियो तर फेरिएन तन कहिले [०१] ✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२] 💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३] ✍️एक नजर भयो पलाएन मन कहिले [०४] ✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५]
बोली वचन फेर्नु हुँदैन । खराब दृश्य हेर्नु हुँदैन । हे मेरा दैव सृष्टिका कर्ता, ग्रह दशाले घेर्नु हुँदैन । पीडाले गला बेर्नु हुँदैन ।
💢आर्त अकुलीन, कैलाली । ……………………………………
पञ्चाङ्ग [०२] [०१] मन फेरियो तर फेरिएन तन कहिले । बोली सकिए पनि जोडिएन धन कहिले । मायाले गाँसेको माया हुन्छ सफल सदैव , एक नजर भयो पलाएन मन कहिले । जागृत भएन जागेन आफ्नो पन कहिले । [०२] नजिक आएमा मन खुसी हुने थिएँ होला । मनका हातले तिमीलाई छुने थिएँ होला । मायाको जालो ह्र्दय भित्र देख्न नसकिने, विपत् मा हृदयलाई नि धुने थिएँ होला। तिमीलाई साथ दिँदैसँगै रुने थिएँ होला।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ………………………………………………
पञ्चाङ्ग [०३]
एकरत्ति पनि कमाउन सकिएन धन कहिले । त्यही भयर होलाकि पग्लिएन तिम्रो मन कहिले। सारा हड्डी खियाएकै होनी धन कमाउनको लागि, विश्वास गरिकन सुम्पिएनौ तिमीले तन कहिले। तिमीले मलाई जगाएनौ हैन आफ्नो पन कहिले।
💢सरिता सेढाई, धादिङ । …………………………………………………………………
पञ्चाङ्ग [०४]
गरिबका घरको छानो फेर्नु छ । नयाँ नेतृत्वको विकास हेर्नु छ। नेपाल आमा स्वर्ग बनाउ आफैं , सिमाना काँडे तारले घेर्नु छ । सज्जन र बृद्वको कुरा टेर्नु छ ।
💢तारा घिमिरे, सङ्खुवा सभा । ………………………………………………
पञ्चाङ्ग [०५]
मानाे राेपि मुरि फलाउनु पर्छ यहाँ। अैाषधि जरैमा हालेपछि मर्छ यहाँ। जति राेपेनि नफल्ने बाली भो के गर्ने, उत्पादन घटेपछि मान्छे सर्छ यहाँ। औषधी छरेपछि किराहरू हर्छ यहाँ।
💢प्रविणा पल्लवी, महोत्तरी । …………………………………………
पञ्चाङ्ग [०६]
जागौँ सबै रमाएर पञ्चाङ्गको आँगनीमा। बढौँ हात समाएर पञ्चाङ्गको आँगनीमा। चेतनाको दियो बाली ज्ञान ज्योति छर्दै जाऊँ, लेखुँ नाम कमाएर पञ्चाङ्गको आँगनीमा। दम्भ जति थमाएर पञ्चाङ्गको आँगनीमा।
💢अम्बिका दाहाल, मोरङ्ग । ……………………………………………………
पञ्चाङ्ग [०७]
हजारौ दुःखीहरूको उद्धारमा काम टेर्ने गर । देशलाई चारैतिर रोजगारीको बाटोले घेर्ने गर । आफै तिम्रो देशको मुहार फेरिनेछ त्यतिबेला अनि , हत्या हिंसा बलात्कार रोकेर दण्डहिनता फेर्ने गर । हरेक आमाबुबाको आँसुको मोल सोधेर हेर्ने गर।
💢अम्विका अधिकारी, झापा विर्तामोड । ………………………………………………………
पञ्चाङ्ग [०९] [०१] गाढा थियोे सम्बन्ध,भरोषा कति थियो। सबथोक हरायो, तिमीमा जति थियो। बदलियौ तिमी आज,हिजो जस्ति छैनौ, त्यो साथ समय, मेरालागि खति थियो। तिम्रो विस्वास गर्नु, बिग्रने मति थियो। [०२] नगर ए! दुनियाँ म सँग, सुनको कुरा। भित्र मुटु चस्किन्छ ,सम्झेर उनको कुरा। लुटिएर कंगाल छु, केही छैन म सँग, सम्झन्छु सपनिमा, तारा र जुनको कुरा। पोतेको सिउँदोमा, हातको खुनको कुरा। [०३] बिचैमा अलपत्र, पारेर जानु रैछ। सुटुक्क मायाँ अन्तै,सारेर जानु रैछ। बसेर आँखाभित्र, रतिको रुप धरी, घोचेर अँश्रुधारा, झारेर जानु रैछ। आशाको दिप झ्याप्पै,मारेर जानु रैछ।
माया लाएर केगर्नु अर्कै पाए पछि । छुट्दैन माया केगर्नु अर्कै आए पछि । जुन देखें जुन राम्रो घाम देखें घामै , मन भित्रको जान्ने अर्कैले लाए पछि । विरक्त मन हुन्छ अर्कैले धाए पछि ।
💢बेदु न्यौपाने, काठमाडौ ✍️ । ………………………………………………
पञ्चाङ्ग [११]
खेलकुदप्रती सबैको मन खुलेको राम्रो । स्वार्थी र घमण्डी पन सबैले भुलेको राम्रो। आफू जस्तै अरूलाई भुमरीमा परेको देख्दा, इच्छा अनुसार शिक्षा सदैव चुलेको राम्रो। शिखरमा पुग्ने व्यक्ति सदैव झुलेको राम्रो। [०२] चोलो सारी लगाउदा पाखे नभन मलाई। माडवारी लगाउदा लाखे नभन मलाई। नेपालीको राष्ट्रिय पोसाक नै यहि हो भने, बरु नराम्रो देखियो आँखे नभन मलाई। राष्ट्रको अहित गर्ने च्याँखे नभन मलाई। [०३] स्वर्ग कस्तो छ भनि हेर्न जाने मन थियो। आफू गएको ठाउँमा त लाने मन थियो। अन्धविश्वास नै हो भन्ने थाहा भए पनि, एउटाले अर्कोलाई त ताने मन थियो। सबै धर्मावलम्बी मिलि खाने मन थियो। [०४] आपसमा भएको सम्बन्ध तोड्न मन छैन। वैरागी भएको मनलाई जोड्न मन छैन। सम्बन्ध भनेको त सम्झौतामा चल्छ थाहा छ, आवेगमा आएर सम्बन्ध छोड्न मन छैन। बिग्रेको जीवन मल हाली गोड्न मन छैन। [०५] पौरख गर्नेलाई रोक्ने प्रयास नगर तिमी । बल भएकालाई बोक्ने प्रयास नगर तिमी । बुद्धिको अगाडि बलको केही लाग्दैन है, कसैलाई इनामले तोक्ने प्रयास नगर तिमी । गर्छु भन्ने व्यक्तिलाई ठोक्ने प्रयास नगर तिमी । [०६] दिन्छु भनेपछि आस लाग्छ मलाई। बेइच्छाको काम दास लाग्छ मलाई। सन्तुष्टि नै जीवन हो सबैलाई थाहा छ, राम्रो काम गर्न खास लाग्छ मलाई। शिर झुकाउँदा लास लाग्छ मलाई। [०७] खाना पकाएर मात्र खुवाउन दास होइन म। सबले मलाई मान्नु पर्छ भन्ने खास होइन म। आखिरमा साधारण रुपमा जीउँदै गर्दा पनि, जस्तोसुकै पनि पचाउन सक्ने लास होइन म। बेघर भएर बस्न सक्ने बनी बास होइन म। [०८] शिक्षा नै ठुलो धन हो सम्झ तिमी । उदारता नै मन हो सम्झ तिमी । दिएर कोहि खुसी छैनन आज, आत्मा एउता तन हो सम्झ तिमी । खुशी त आफ्नो पन हो सम्झ तिमी । [०९] पौवाकोट नजिक चोकमा छ मेरो गाउँ । दुर्घटनामा परि शोकमा छ मेरो गाउँ । बाटोघाटोको राम्रो ब्यवस्था नभएपछि, खान नपाएर भोकमा छ मेरो गाउँ । गर्न नसक्ने लोकमा छ मेरो गाउँ । [१०] इज्जत छ भन्दैमा नचाहिने काम गर्नु हुदैन। सबैको राम्रो भइन्छ भनेर सीमा तर्नु हुदैन। कर्तव्य पालन गर्दागर्दै विचरो हुने चोला, स्वाभिमान नै तल पर्ने गरि झर्नु हुदैन। नहुने काममा त कहिले आँखी पर्नु हुदैन।
💢इन्दिरा गौतम, खजुरा बाँके । ………………………………………………
पञ्चाङ्ग [१२]
नेता होइनन् यि त दोकान गर्दै छन् । यिनैका कारणले जनता मर्दै छन् । ठगीलाई माफि दिँदा काम चल्दैन , सरकारको बजेट थोरै छर्दै छन् । नेतालेनै आफन्तीको गोजि भर्दै छन् ।
आफू जलेर नि तिमीलाई ज्योती दिन सक्छु म। खुसी दिएर दु:खलाई साथमा लिन सक्छु म। बत्तिमुनिको अँध्यारो थेग्ने आदत परिसक्यो तिमीलाई सम्हाल्दा सम्हाल्दैमा तिखिन सक्छु म। तिमीलाई रुवाएर आफू हाँस्न किन सक्छु म।
यो दिलसँग त्यो दिल साट्न पाए हुन्थ्यो। पिरतीको डोरीसँगै बाट्न पाए हुन्थ्यो । मानिसको जिन्दगी प्रेममा अल्झेको छ, हाम्रा दुष्ट जतिलाई काट्न पाए हुन्थ्यो। माया,प्रेममा संसार ढाट्न पाए हुन्थ्यो।
💢सुशीला पौडेल । ……………………………………………………………
पञ्चाङ्ग [१५]
यी आँखाले तिमीलाई नै एकफेर टेक्न मन छ। धेरैकुरा भन्नुु थियो त्यो हिड्ने बाटो छेक्न मन छ। तिम्रो सम्झनामा मन पिरोलिएको बेला मलाई , अब दुख्ने मनलाई तिम्रो काखमा फेक्न मन छ। चिसो भाको मनलाई तातो बनाई सेक्न मन छ।
💢दुर्गा आचार्य , मोरङ । …………………………………………………………………
पञ्चाङ्ग [१६]
सधैँभरि तिम्रो छेउमा हुन पाए पुग्छ । एकै पटक तिमीलाई छुन पाए पुक्छ । सुन तिम्रो लागि मर्छु म भन्दिन मायालु , तिम्रो न्यानो काखमा सधैँ रुन पाए पुग्छ । तिम्रै साथ बसेर मन धुन पाए पुग्छ ।
💢बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई नगरपालिका ४ झापा । …………………………………………………
पञ्चाङ्ग [१७]
मानाे राेपी मुरीमुरी फलाउन सिकाैँ । कृषियाेग्य देश नाम चलाउन सिकाैँ। जुटाैँ साथी आजैदेखि केही गर्नुपर्छ , भाेकमरी अशिक्षा ती ढलाउन सिकाैँ । टुसा नयाँ नामी बनी पलाउन सिकाैँ ।
पुरानै माग हुन जनताका तिनै पनि पूरा हुन्नन् । मानिसको मन दुखाउने कहिल्यै पनि कुरा हुन्नन्। गर्छु भनि लागेपछि असम्भव पनि सम्भव हुन्छ, धार लगाउन खाेज्दाखेरि धार नकाट्ने छुरा हुन्नन्। गाडी घाेडा कुदाउन नसक्ने यस्ता कुनै धुरा हुन्नन्।
💢धन कुमारी रेग्मी , भरतपुर चितवन । ………………………………………………………
पञ्चाङ्ग [१९] [०१] हाँस्दा तिमी सधैँभरिनै मायाँ गराैँ जस्तो लाग्छ। प्रिती लाउन लेकबाट वेँसी झराैं जस्तो लाग्छ। तिमीसँग भेट हुँदैन किन हाेला आजकल, थाहैनदि तेतैतिर बसाइँ सराैँ जस्तो लाग्छ। सम्झना आउँछ है तिमी सामु पराै जस्तो लाग्छ। [०२] गरे सबै यहीँ माटाेमा सुन फल्छ यहाँ। फलाए राम्राे अन्न,दाना चुलाे बल्छ यहाँ। गर्वले किसानका छाेराछाेरी भन्नु पर्छ, परिश्रम गरे बाँझाे खेतनि गल्छ यहाँ। विदेश नजाँदा काेही जीवन चल्छ यहाँ।
💢उर्मिला के.शी. ,धनकुटा ! ………………………………
पञ्चाङ्ग [२०]
शान्तिको गीत गाएर बाँचौँ हामी । ओढेर घुम्टो प्रितको नाँचौँ हामी । चेतनाको खेती फस्टाउँदै गर्दा , दम्भका पर्खाल अग्ला भाँचौँ हामी। मनमा सेवाको भाव साँचौँ हामी ।
💢प्रभा पोखरेल, हाल अमेरिका । …………………………………………
पञ्चाङ्ग [२१]
साकार हुने सपना छोडेर गयो मन। हाकार दिने कठोर मोडेर गयो मन। निरास हुँदै बसेको जीवन व्यय पार्दै, प्राकार घेरो दर्बिलो तोडेर गयो मन। आकार स्वरूप इसारा फोडेर गयो मन।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 ……………………………………………………
पञ्चाङ्ग [२२]
हजारौं रहर मारेर बसेको छु। देखावटी माया पारेर बसेको छु। मानिसको जिन्दगी रहेछ अजीब, साहुको बसाई सारेर बसेको छु। आफन्तसँग म हारेर बसेको छु।
💢ह्यारिस, काठमाडौं । ……………………………………
पञ्चाङ्ग [२३]
याे मानवको जगतमा कथा एउटै। बिषय फरक भएनि व्यथा एउटै। बाहिरि सुख सुन्दरता हाेला कसैकाे, भाेगाई पीडा अनुभव ज्यथा एउटै। नगरि नहुने विवाह यथा एउटै।
मलाई छोडेर कहिले नजानु। बाटो त मोडेर कहिले नजानु। आँखाको वरिपरि बस्नु है तिमी , हृदय तोडेर कहिले नजानु। दु:खले गोडेर कहिले नजानु।
💢गिता रिजाल , धरान । ………………………………………
पञ्चाङ्ग [२५]
आँखाले देख्ने गरि आउनु है। सदैव तिमीले नै धाउनु है। अनि सम्झने छु मेरो नै भनी , मायाको आकाशले छाउनु है। मलाई उपहार ल्याउनु है।
💢कला ढकाल , झापा । ……………………………………
पञ्चाङ्ग [२६] [०१] हार जित खेलमा हुन्छ नै। हतकडी जेलमा हुन्छ नै। कर्मको फल भोग्नु छ त नि, लाहुरे नि रेलमा हुन्छ नै। सुख शान्ति मेलमा हुन्छ नै। [०२] आफ्नो ज्युलाई दाउमा राखी हरेरै छाड्यौ । अग्रपङ्तिमा पनि तिमीहरू नै परेरै छाड्यौ । खेलमा शिक्षण प्रशिक्षकको कारणले होला , मिहिनेतले सफलताको खोला तरेरै छाड्यौ । असल बिध्यार्थीले नाम रोशन गरेरै छाड्यौ ।
निसानामा कति राख्छौ एकै बाणले ढलाई देउ अब। गुम्स्याएर नराख भो एकै काँटीले बलाइ देउ अब। कतिन्जेल जिउँछौ सधै अनिर्णयको नै बन्दी भएर, बाचा-कसम र कागजका सम्झौता जलाई देउ अब। मेरो मुटु लैजाउ तिम्रो दुख्ने मुटु मलाई देउ अब।
💢पशपती राई, खोटाङ्ग । ……………………………………………………………
पञ्चाङ्ग [२८]
धारा कुवा पानीको मुहान सुकेर गयो खेर। देशको सारा सम्पत्तिहरू फुकेर गयो खेर। प्राकृतिक र सरकारी सम्पत्तिको सुरक्षा खै, अनेक् विभक्तले बन्धुहरू ढुकेर गयो खेर। बिना दोष पनि स्वभिमान झुकेर गयो खेर।
💢रामप्रसाद पुरी बादेल, खोटाङ। …………………………………………………
पञ्चाङ्ग [२९]
सत्य कहिल्यै नाश हुँदैन । असत्य यहाँ बास हुँदैन । अहमता र घमण्ड गर्दा , जीवन तिम्रो खास हुँदैन । हाँसो खुसीको आस हुँदैन ।
💢वीणा रोका, घोराही दाङ। ……………………………………………
पञ्चाङ्ग [३०]
कताकता पुर्याउँछौ तन कहिले । हुन्छ कि भनि बोलायो झन कहिले । जीवन राख्नु व्यस्तता हुने फाइदा, कसरी मोडिने हो कि मन कहिले । बन्न पनि नखोज है डन कहिले ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक । ……………………………………………
पञ्चाङ्ग [३१] [०१] सबै सँग त्यो मन खुलेकाे प्यारा । आधार गर्दा शिर झुलेकाे प्यारा। सबैलाई नै आफ्नै मानेकाे देख्दा, अहम्ता र घमण्ड भुलेकाे प्यारा। बाबा आमा सदैव चुलेकाे प्यारा। [०२] तिमीसँग नाता जाेड्ने मन थियोे दुश्मनी समाज छाेड्ने मन थियो जिन्दगीलाई खेलाैना नसम्झनु , जीवन आफैले गाेड्ने मन थियो तिता ति सम्बन्ध ताेड्ने मन थियोे।
मुटु दुखेको छ यतिबेला तन दुखेको छ । बढ्दैछ पीडा दिनानुदिन झन दुखेको छ । निर्दोषले अकालमा ज्यान गुमाउनु पर्दा , रोएका छन् यी आँखा कोमल मन दुखेको छ । देश पीडामा छ सारा जन दुखेको छ ।
💢वसन्त अनुभव घोराही, दाङ्ग । …………………………………………………………