• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७९, शुक्रबार ०७:३६ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू –

    १.
    पानी
    तिर्खाएर छट्पटी
    आकुलव्याकुल भएकी सानी !

    २.
    सम्पन्न
    सौखिन मनको
    मनमा अनेक घमण्ड !

    ३.
    देश
    हाम्रो गौरव
    परिचय बोकेको राष्ट्रियता !

    ४.
    भोग
    आफू योग्य
    कर्मको भोगाइको योग !

    ५.
    कर्तव्य
    जिम्मेवारी बोकेको
    सच्चा सङ्घर्ष आभास !

    • दुर्गा आचार्य
      मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग सम्पन्न

  • ११ फाल्गुन २०७९, बिहीबार २२:५३ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media
    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –

    • १]
    • प्रकृति
    • सुन्दर आकृति
    • धरतीकै अमूल्य सम्पत्ति !
    • आर्त अकुलीन, कैलाली
      [२]
      बिहानी
      रमणीय हरियाली
      सूर्यको ज्योतिको प्रभाव
    • गुणनिधि घिमिरे, सूर्यविनायक
      [३]
      प्रकृति
      सुन्दर प्रतिकृति
      मन लोभ्याउने शक्ति !
    • म्यामराज राई, भोजपुर
      [४]
      प्रकृति
      साझा सम्पती
      स्वार्थी मानव प्रवृत्ति !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [५]
      सूर्य
      उज्यालो किरण
      प्रकृतिका जीवहरुको जीवन !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [६]
      काल्पनिक
      सपनाको संसार
      कथित स्वर्गको आभाष !
    • दुर्गा भमरकोटे सुसेली
      [७]
      सूर्य
      उज्यालो किरण
      छर्दै बिहानी पख !
    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत
      [८]
      सूर्य
      उज्यालो ज्योति
      धरामा प्राकृतिक सौर्न्दर्य !
    • सरस्वती वली, बर्दिया
      [९]
      पर्व
      उत्साही मन
      सौन्दर्य भरिएको ज्ञान
    • शिव कुमार रेग्मी
      [१०]
      उदक
      प्रकृति
      साक्षात भगवान
      पुज्न सिकौँ सबैले !
    • पशपति राई, खोटाङ
      [११]
      प्रकृति
      अतुलनीय सौर्न्दर्य
      पीडा भुलाउने स्थल !
    • मङ्गला उपाध्याय, बारा
      [१२]
      प्रकृति
      मनोरम वातावरण
      स्वर्गको अनुभति गराउने
    • बिमला पोख्रेल, अर्घाखाची
      [१३]
      प्रकृति
      ब्रह्माण्डकाे सम्पत्ति
      रक्षार्थ जनाऊ सहमति !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [१४]
      मौसम
      मनोहर प्रकृति
      स्वर्गतुल्य दिव्य आकृति !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [१५]
      प्रकृति
      सुन्दर आकृति
      सौर्य वादल वनस्पति !
    • जमुना कायस्थ, पोखरा
      [१६]
      मन
      सफा प्रकृति
      तिमीससँग बसेको प्रिती !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१७]
      मित्र
      सार्थक नाम
      दर्शनले खुसी संसारी !
    • टीकाराम जाेशी, इमाडोल
      [१८]
      प्रकृति
      अनौठो सुन्दरता
      पृथ्वीमा दुईदिने रमझम !
    • सविता के.सी., काठमाडौँ
      [१९]
      प्रकृति
      मनोरम दृश्य
      बसन्त ऋतुको आभास !
    • धनमाया चौधरी, कैलाली
      [२०]
      प्रकृति
      मौसमको परिवर्तन
      मीठो अदृश्य सौगात !
    • अम्बिका अधिकारी, झापा
      [२१]
      प्रकृति
      सुन्दर आकृति
      विनम्र माया प्रिती !
    • अच्युत घिमिरे, भुटान
      [२२]
      सुर्य
      चम्किलो प्रकाश
      धर्तिमा आनन्दको आभास !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२३]
      प्रकृति
      सुन्दर आकृति
      दिलाउँछ खुशीको अनुभूति !
    • मिलन के.सी.(थापा), पोखरा
      [२४]
      मनमोहक
      कञ्चन दृश्य
      आकर्षक गर्विलो चमक !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [२५]
      /उदक/
      प्रकृति
      अनुपम दृश्य
      पृथ्वीमा दिव्य अनुभुती !
    • श्रद्धा आचार्य, पोखरा
      [२६]
      प्रकृति
      सिर्जनाकाे लहर
      दृश्य बिहानीकाे प्रहर !
    • भवानी घिमिरे, सर्लाही
      [२७]
      जाज्वल्यमान
      निस्कपट प्रकृति
      प्रफुल्लित धरणीको सौन्दर्य !
    • गोपालप्रसाद पौड्याल, विराटनगर
      [२८]
      भानु
      दिव्य दृष्टिले
      नियाल्दै सुन्दर धर्ति !
    • कण्ठराज गिरी, टीकापुर
      [२९]
      प्रकृति
      मनमोहक दृश्य
      उज्यालो सूर्यको किरण !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [३०]
      दर्शन
      उज्यालाे कर्ममा
      रमाउदै जीवन आधारहरू !
    • राेशन पराजुली, धरान
      [३१]
      भास्कर
      अनुपम दृश्य
      मन लोभ्याउने समय !
    • कविता आचार्य, कैलाली
      [३२]
      दृश्य
      लोभ्यायो मन
      प्रकृति ईश्वरको वरदान !
    • समुन्द्रा शर्मा, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग सम्पन्न

    नयाँ दिल्ली उड्न लागेका टर्किसको झोलामा साउदी रियाल

  • ७ फाल्गुन २०७९, आईतवार १०:४२ मा प्रकाशित
  • काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न लागेका एक जना टर्किस नागरिकको साथबाट ठूलो परिमाणमा साउदी रियाल फेला परेको छ । दिउँसो सवा २ बजे एअर इण्डियाको उडानमा त्यसतर्फ जान लागेका हैदर कायान सारिकाकमाकको साथबाट एक लाख २६ हजार साउदी रियाल बरामद गरिएको बताइएको छ ।

    टर्किस पासपोर्ट नम्बर यु२६९२०२८२ बोकेका सारिकाकमाकको ह्याण्ड ब्याग सुरक्षाकर्मीले जाँच गर्ने क्रममा निजलाई उक्त विदेशी मुद्रासँगै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको थालिएको जनाएको छ ।

    यो खबर जनआस्थामा प्रकाशित भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नयाँ दिल्ली उड्न लागेका टर्किसको झोलामा साउदी रियाल

    कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको मुत्यु।

  • ४ फाल्गुन २०७९, बिहीबार ११:३७ मा प्रकाशित
  • काठमाडौँ – ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मुत्यु भएको छ।

    गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा आज बिहान मुत्यु भएको हो।
    गएराति करिब १० बजेतिर भएको सिलिन्डर विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका हुन्।

    अस्पतालका अनुसार हाल चन्द्र भण्डारीको आइसियूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ।

    चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको मुत्यु।

    पञ्चाङ्ग चित्रपट भाग- ३०

  • २९ माघ २०७९, आईतवार ११:०१ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३०
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/२६ गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३० [तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन 
    —————–
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट  पञ्चाङ्ग    [०१]

    राष्ट्रिय   पोशाक   दाैरासुरवाल  कति राम्राे।
    धेरै   सुहाउँछ  राष्ट्रिय   पाेशाक अति राम्रो।
    हाम्रो देशकाे नै राम्रो लाग्छ राष्ट्रिय पाेसाक,
    राष्ट्रिय पाेसाक झैँ  खुल्दैन अरु त्यति राम्रो।
    नारीकाे अरू  सुहाउँदैन   सारी   जति राम्रो।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    सबै अगाडि नै कति राम्रो  देखिन्छ    सारी।
    धेरै   सुहाउने   जति   राम्रो   देखिन्छ सारी।
    हरेक  चाडपर्वमा        पनि   लाउने  मिल्ने,
    राष्ट्रिय पोसाक नै त्यति राम्रो देखिेन्छ सारी।
    नारीलाई  धेरै  अति  राम्रो    देखिन्छ  सारी ।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल रुपन्देही ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    नेपालमा  नेपालीत्व  झल्किने   पहिरन।
    साडी चोलो महिलाको टल्किने पहिरन।
    किन होला  चलनमा   बिचलन आएको,
    दौरा    सुरुवाल  पद   पल्किने  पहिरन।
    विदेशीको  नक्कलमा सल्किने पहिरन।

    ✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    नेपाली भूमि नाम राम्रो ।
    हुन्छ सर्वोच्च काम राम्रो ।
    भाषा संस्कृति भेष भुषा,
    सौम्य प्रकृति ठाम राम्रो ।
    लेक र बेसी गाम राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    देश अनुसारकाे भेष हुन्छ सबैकाे।
    छुट्टै नै संस्कृतिकाे देश हुन्छ सबैकाे।
    रहन सहन खापिन फरक हुन्छ,
    यहाँ भिन्न खालकाे केस हुन्छ सबैकाे।
    नेपालीकाे पाेशाक पेश हुन्छ सबैकाे।

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………

    पञ्चाङ्ग    [०६]

    कहिले देश अनि विदेश आउने जाने गाह्रो छ।
    जतिसुकै दौडधुप गरौं   स्वप्न  समग्र थारो‌ छ।
    ‌नेपाल ~ गए कपाल सँगै बर्मा गए कर्म सँगै,
    एकै लयमा हुँदै यो जिन्दगी चलाउन साह्रो छ।
    जहाँ रहेपनि भाषाभेष प्राण भन्दा झन् प्यारो छ ।

    ✍️गणेश लोहनी, चितवन हाल काठमाडौं ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    हिमाल पहाड  तराई  संसारमै   दुर्लभ  देश  हुन्छ
    नेपाली नारीको विवाह उत्सवमा पो सारी पेश हुन्छ
    राष्ट्रियता झल्काउने  पोशाक   लगाएर  सजिरहँदा
    आ-आफ्नो देश अनुसारकै चिटिक्क मिलेको भेष हुन्छ
    नेपालीलाई सुहाउने  दौरा  सुरुवाल  विशेष  हुन्छ

    ✍️भगवती दवाडी दमक, झापा
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]
    [०१]
    राष्ट्रिय पोशाक दौरा सुरुवाल गुन्यूचोली लाउदैन जसैले त ।
    नेपाली हुँ भन्नु पनि लाजैमर्न ब्यर्थै हुन्छ जस्तै लाग्छ त्यसैले त ।
    राष्ट्रियता भाषा धर्म संस्कार र संस्कृतिको परिवेश छ भित्रै,
    नेपाली हुन विभिन्न कारण,देशको पहिचान खोज्छ यसैले त ।
    त्यो पहिरन नेपाली हो,राष्ट्र गौरव परिचय दिन्छ कसैले त ।
    [०२]
    दौरा सुरुवाल सारी चौबन्दी चोली  लाएको मनपर्छ।
    नेपालीले नेपालको राष्ट्रिय गीत गाएको मनपर्छ।
    हिमाल पहाड तराइ मिलेको यो स्वर्गतुल्य देशमा,
    ढिँडो रोटो खाएनी हाँसीखेली बस्न पाएको मनपर्छ ।
    सबै थरी जाती  भाषी सबैमा माया छाएको मनपर्छ
    बिबस पारदर्शी।

    ✍️बिबस पारदर्शी ,झापा ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    हामी नेपालीको नेपाल राष्ट्रिय देश राम्रो लाग्छ ।
    ढाका टोपी दौरा सुरुवाल गुन्यौ चोली हाम्रो लाग्छ ।
    हरियाली डाडाकाँडा सुन्दर  ती नदी हिमाल  छन् ,
    नेपाल यस्तो सुन्दर  देश हुँदा पनि डाम्रो  लाग्छ ।
    अविज्ञ धेरै  राजनीति  भएर  होला  दाम्रो  लाग्छ ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    मेराे माटो मेरो देश आहा ।
    मेरो देह मेराे भेष आहा ।
    प्याराे लाग्छ प्राण भन्दा धेरै ,
    टल्किने त्यो श्वेत केश आहा ।
    बाँकी छ पुर्खाकाे शेष आहा  ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    पञ्चाङ्ग साहित्यकाे माझ हुर्किएकाे फूल भयो
    याे फूललाई टिपी फाल्ने नगर्नु है भुल भयो
    मगमगाउँदै गाउँ शहर बास्ना फैलियाेस् अझै,
    पाखा पखेरा सबैतिर माैलाउँदै झुल भयो ।
    बाँधेर आए हुने  साथी भाईहरू हुल भयो ।

    ✍️धनकुमारी रेग्मी , भरतपुर चितवन ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१२]
    [०१]
    त्याे पीडा दिनेलाई भगाउनु छ।
    चाेटलाई मलम मगाउनु छ ।
    सफल जिन्दगी जिउनकाे लागि,
    पराइलाई पाखा लगाउनु छ।
    खुशीको पलहरु जगाउनु छ।
    [०२]
    जिन्दगी सांसारिक खेल रहेछ।
    बगिरहने आँसुको भेल रहेछ।
    सोचेर सोची नसक्नु भएको छ,
    माया जालकाे मीठो नेल रहेछ।
    सम्बन्धहरुकाे त्याे मेल रहेछ।

    ✍️सुशीला पौडेल ।
    …………………………………………

    चित्रपट पञ्चाङ   [१३]
    [०१]
    नेपाली पहिचान पोसाक लगाऊ है।
    नेपाली सबै मिली एक भई आऊ है।
    सुन्दर राम्रो छ हाम्रो राष्ट्रिय पोसाक,
    एक एक न फुटी जुटी साथ छाऊ है।
    राम्रो र सुन्दर आफ्नै गाउँ धाऊ है।
    [०२]
    सन्ततिमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो।
    पश्चिममी कुसँस्कार कुरिती फाल्न पाए हुन्थ्यो।
    अहिलेको यो पुस्तामा हराउँदै गएको संस्कृति,
    आउने पिढीमा भए पनि ढाल्न पाए  हुन्थ्यो।
    कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग    [१४]

    नेपालीको पोशाक त जात जातीमा छ ।
    अनेक   भेषभुषा    भाँती-भाँतीमा छ ।
    अनेकतामा       एकता   पोशाक नै हो ,
    दौरा र सुरुवाल        खात-खातीमा छ ।
    हाम्रो पोशाक  हाम्रै  जीउ छातीमा छ ।

    ✍️कला ढकाल, झापा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    दौरा र सुरूवालकोे भेष सुहायो।
    नारीलाई चै  सारी र केश सुहायो।
    आआफ्नै मौलिकता बोकेको सुन्दर,
    संस्कृति अनेक भाषा   देश सुहायो।
    पुर्खाले थाति राखेको शेष सुहायो।

    ✍️सीता शर्मा पन्थी, बिरगंज ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६] 

    नेपालीको  पाेशाक  लगाउन  मन लाग्छ मलाई ।
    दाैरा  र  सुरुवाल  मगाउन  मन  लाग्छ   मलाई ।
    नेपालीको गाैरव बाेकेकाे माैलिक संकृतिकाे याे,
    अर्कोकाे  पहिरन  भगाउन   मन   लाग्छ मलाई ।
    विदेशीको  पोशाक  बगाउन   मन लाग्छ मलाई ।

    ✍️प्रविणा पल्लवी , महाेत्तरी ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    नेपाली  पहिचान  बचाउँनु  पर्छ  हामीले ।
    शिरमा ढाका टोपी सजाउँनु पर्छ हामीले ।
    हाम्रो  संस्कृतिको जगेर्ना गरौँ सबै मिलेर ,
    दौरा  सुरुवालमा  रमाउँनु  पर्छ    हामीले ।
    गुन्यु र चोली  सधैँ लगाउँनु पर्छ   हामीले ।

    ✍️वीणा रोका, घोराही दाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    दौरा सुरुवाल ढाका टोपी सजाएर सबै ।
    सारी अनि चौबन्दीमा चट्ट गँजाएर सबै ।
    नबसेर निरर्थक फाली समय  त  खेर ,
    दिनदिनै सदुपयोगमा  कजाएर   सबै ।
    प्रतिस्पर्धात्मक मौलिकता दँजाएर सबै ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग    [१९]

    हामीले त राष्ट्रिय पाेशाक लगाएको राम्रो।
    ढाका टोपी दाैरा,सुरुबाल मगाएको राम्रो।
    नेपालीको पहिचान राष्ट्रिय पोशाक हो हाम्रो,
    अरुको नक्कल गर्नेलाई भगाएको राम्रो ।
    गून्यू  चोलो दौरा सुरुवाल जगाएको राम्रो।

    ✍️दुर्गा आचार्य, मोरङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    जातअनुसारको  पाेसाक लाऊ हामीले ।
    मिठाे मिठो दाेहाेरी गीत गाऊ हामीले ।
    विविधताले भरिपूर्ण भएकाे देश हाम्रो ,
    सबै मिलिजुली वनभाेज खाऊ हामीले ।
    उपहारमा नि राम्रो कपडा पाऊ हामीले ।

    ✍️लक्ष्मी महतारा ,खजुरा बाँके ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    भाेकभाेकै हुनुभन्दा  अघाएकाे राम्रो ।
    भाइचारा  सकेसम्म  जगाएकाे राम्रो ।
    मरिजाँदा सँगसँगै  लानु छैन केही ,
    रिसराग आफूबाट  भगाएकाे राम्रो ।
    राष्ट्रिय  पाेषाक चट्ट लगाएको  राम्रो ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    नारीले सारी लाएको मलाई राम्रो लाग्छ।
    सधैँभरी नै धाएको   मलाई राम्रो लाग्छ ।
    इज्जत  गरौँ   हाम्रो प्यारो भेषभुषालाई,
    लोकमा सधैँ छाएको मलाई दाम्रो लाग्छ।
    ढाकाटोपी नै पाएको मलाई राम्रो लाग्छ।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    नेपाली पोशाकले देशको मान बढाउँछ।
    विश्वमा नेपालको बृहत ज्ञान बढाउँछ।
    नर-नारी मिलेर पोशाकको गरिमा राखौं ,
    आफ्नो देशको संसार भरी सान बढाउँछ।
    हामीलाई नै नेपाली भन्ने भान बढाउँछ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा।
    ………………………………………………
    चित्रपट पञ्चाङ्ग   [२४]

    दौरा सुरूवाल ढाकाटोपी  लगाएको छैन।
    चौबन्दी पटुकी र फरिया मगाएको छैन।
    भेष र भुषा यो संस्कृती  पहिचान बिग्रियो।
    गाउँघरमा दोहोरी गीत नै गाएको छैन।
    नेपालको राष्र्टिय पोषाक मगाएको छैन।

    ✍️कमला पाण्डे पराजुली, झापा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    नेपाल र नेपालीको पहिचान बचाउँनु पर्छ ।
    आफ्नो भेषभुषा र संस्कृतिमा रमाउँनु पर्छ ।
    विदेशीको नक्कल गरेर केही नै छैन फाइदा ,
    दौरा सुरुवाल टाेपी गुन्यु चोली लगाउँनु पर्छ ।
    नेपाली सबै मिली नेपाल हाम्रो बनाउँनु पर्छ ।

    ✍️तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    पहिचान हाम्रो पोशाकमा खुलेको हेर ।
    मेचीदेखि कालीसम्म रम्दै फुलेको हेर ।
    ढाका टोपी ,दौरा सुरुवाल र गुन्यू चोली  ,
    हौसेर आङमा लटरम्मै झुलेको हेर ।
    सास्कृतिक एकता सहर्ष डुलेको हेर ।

    ✍️प्रभा  पोखरेल, हाल अमेरिका ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    नारीलाई सुहाउँदो मिल्ने सारी नै हो ।
    जिउमा चिटिक्क अति खिल्ने सारी नै हो ।
    आजभोलि बजारमा विकृति नै छायो ,
    फाटेपछि मिलाएर सिल्ने सारी नै हो ।
    वरपर देखाइमा जिल्ने सारी नै हो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    राष्ट्रिय पोशाक  लगाउनु  आफ्नै सम्मान हो ।
    आरुको पोशाक भगाउनु आफ्नै सम्मान हो ।
    दौरा, सुरुवाल  र  सारीले      सान  बढाउछ,
    जनमा  विचार  जगाउनु  आफ्नै सम्मान हो।
    अरुको  संस्कृति बगाउनु आफ्नै सम्मान हो।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
    ……………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ३०

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९०औँ भाग शनिबार सम्पन्न

  • २९ माघ २०७९, आईतवार १०:४६ मा प्रकाशित
  • काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media
    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –

    [१]
    रहर
    लगाउने सुन
    खरानी घस्दै बसुन् !

    • सरिता सेढाई, धादिङ

    [२]
    सन्यासी
    धनकाे माेह
    सुनका गहनाकाे प्रदर्शन !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [३]
    देह
    सुनले लपेट्ने
    जाेगी जस्ता ढाेँगी !

    • ताराप्रसाद चापागाई, धुनिबेसी

    [४]
    साधु ज्ञान शून्य सुनको गहना मनग्य !

    • देवकी केसी, काठमाडौँ

    [५]
    साधु
    सुवर्ण जलप
    खाली प्रभुको तथास्तु !

    • आर्त अकुलीन, कैलाली

    [६]
    फकिर
    फोस्रो दर्शन
    झपक्कै सुनको प्रदर्शन !

    • वसन्त अनुभव, घोराही, दाङ

    [७]
    जोगी
    धनका लोभी
    सुनका भुक्त भोगी !

    • सरस्वती श्रेष्ठ, रूपन्देही

    [८]
    ओहो
    सुनको भारी
    हेर्दा सन्यासी औतारी !

    • भुपेन्द्र राना मगर, धादिङ

    [९]
    साधु
    नाटकिय भेष
    नलाग्ने सुनको केश !
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६, संखुवासभा

    [१०]
    भोगी
    रुपको जोगी
    धनको आसध्यै लोभी !

    • अच्युत घिमिरे, भुटान

    [११]
    सोख
    असर्फी दर्शन
    भेष हेर्दा कुदर्शन !

    • म्यामराज राई, भोजपुर

    [१२]
    लुट्ने
    अनौठो तरिका
    सन्तसम्म गलत बाटोमा !

    • सलिन, जुम्ला

    [१३]
    आवरण
    देखावटी भेष
    सुन प्रदर्शन विशेष !
    प्रद्युम्न चालिसे, भक्तपुर

    [१४]
    साधु
    अर्थ एक
    काम अनेकौँ अनेक !

    • शिव ज्ञवाली, गुल्मी

    [१५]
    जाेगी
    मनकाे भाेगी
    नक्कली सुनकाे राेगी !

    • नवराज भट्ट, कञ्चनपुर

    [१६]
    लपेटेर
    शरीरमा सुन
    जिन्दगीको गन्तव्य कुन ?

    • सावित्री अधिकारी

    [१७]
    रहर
    कसैलाई अचम
    सुन प्रदर्शनको दम्भ !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [१८]
    जोगी
    सुनैसुनको थुप्रो
    यस्ता हुन् ढोँगी !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [१९]
    साधु
    सुनको भोगी
    साधुको भेषमा ढोँगी !

    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कन्काई-४, झापा

    [२०]
    साधु
    ढोँग देखाउने
    जिउभरि सुन लगाउने !

    • धर्मी शाक्य,बुटवल, रुपन्देही

    [२१]
    साधु
    नाम मात्रै
    संसारिक मोहमा लिप्त !

    • पशुपति राई, खोटाङ्ग

    [२२]
    जाेगी
    आभुषणकाे भाेगी
    साधुकाे नाममा कलङ्क !

    • भवानी घिमिरे, सर्लाही

    [२३]
    साधु
    जिउ भारी
    लाउँ सुवर्ण कति ?

    • सुदिप पुर्कुटि ‘त्रिनेत्र’
      सिन्धुली हाल: ललितपुर

    [२४]
    अवतार
    देखावटी जोगी
    देखिन्छ विचित्रको संसार !

    • सरस्वती वली, बर्दिया

    [२५]
    ढोँगी
    कलियुगे जोगी
    भौतिक वैभवको आसक्ति !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [२६]
    प्रभुलाई
    भौतिकताले गालेपछि
    अशोभनीय लोभमोह पालेपछि !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [२७]
    अनौठो
    भेष भएको
    सुन छपक्कै लाएको !

    • रिता खराल, रुपन्देही

    [२८]
    अवतारी
    ढोंग अनेक
    मनमा लोभको भारी !

    • रतन बिष्ट, आलिताल, डडेल्धुरा

    [२९]
    सजावट
    अलङ्कार आभूषण
    सन्तको अनौठो चटक !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [३०]
    नेता
    साधुको भेष
    लुटेर रित्याए देश !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [३१]
    भनाउँदाहरू
    बलात्कृत रङ्गमा
    मगन्ते साधुको ढङ्गमा !

    • मनोज थापा, कैलाली

    [३२]
    साधु
    घसेर खरानी
    लगाएर सुनको माला !
    प्रदीप नेपाली
    बिहादी-५, उराम, पर्वत

    [३३]
    मनोरोग
    भेषको दुरुपयोग
    विलासी जीवन यापन !

    • बिके माकजु

    [३४]
    नाटक
    विचित्र सजावट
    सुवर्ण विज्ञापन झलक !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३५]
    ढोंगी
    घसेर खरानी
    सुनैमा छ परानी !

    • धनमाया चौधरी, कैलाली

    [३६]
    महात्मा
    सम्पत्तिको आत्मा
    लुटेरा होलान् जगत्मा ।

    • होम प्र. नेउपाने, धरान, सुनसरी

    [३७]
    तनको
    जोगी भएर
    मनको भोगी रहेको !

    • बालकृष्ण खनाल, टीकापुर

    [३८]
    जोगी
    उनै भोगी
    बन्दै माहात्मा ढोँगी !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [३९]
    योगी
    धनका भोगी
    हेर्दा देखिन्छन् निरोगी !

    • दुर्गा भमरकोटे, काठमाडौँ

    [४०]
    ढोँगी
    असाध्यै लालचमा
    देखिन्छन् नाट्यकार जोगी !

    • दुर्गा आचार्य, मोरङ

    [४१]
    नाम
    जोगीको रहेको
    काम भोगीको हुनाले !

    • गुणनिधि घिमिरे, काठमाडौँ

    [४२]
    साधु
    मोहमा लिप्त
    कपटपूर्ण वैभवी संसार !

    • दुर्गा भट्टराई, मोरङ

    [४३]
    साधु
    भेष धोका
    धनको घमण्डको पोका !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [४४]
    लुटेरा
    साधुकाे भेष
    सामन्तीकाे जादुमय खेल !

    • श्रद्धा आचार्य, पोखरा

    [४५]
    लिएको
    भेष जोगीको
    गऱ्यो कर्म भोगीको !

    • सहयात्री शाेभा अर्याल, बुटवल, रुपन्देही

    [४६]
    भेष
    जोगीको आभूषण
    देखिएका कोही भोगी

    • सुमित्रा पोखरेल, काठमाडौं

    [४७]
    जोगी
    सुनको भोगी
    अवतार अनेक खोजी !

    • मिलन के.सी.(थापा ), पोखरा

    [४८]
    जोगी
    देखावटी भक्ति
    भरपूर जलपमा आसक्ति !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [४९]
    जोगी
    आफै भोगी
    सबैको धन ठगी !

    • जमुना कायस्थ, पोखरा

    [५०]
    जिन्दगी
    समय साधक
    घाम शीत खाएर !

    • सागर कुस्मी, कैलाली

    [५१]
    सोझो
    साधुको रूप
    काँडाको जस्तो स्वरूप !

    • कविता आचार्य, कैलाली

    [५२]
    माला
    ठुलै गलामा
    लगाई हुँदैन साधु !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    [५३]
    जोगी
    भक्त भोगी
    सम्पत्तिमा गदैछन् अहङ्कार !

    • खेमराज पुरी, कैलाली

    [५४]
    साधु
    आडम्बरी रूप
    आत्मामा खोक्रो स्वरूप !

    • इमानसिंह राई
      आमचोक, भोजपुर

    [५५]
    दौलत
    साधुको नाम
    लुटतन्त्रको यसको काम !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [५६]
    सन्त
    भेष जटाधारी
    मात्मा कि भष्टाचारी !

    • बिन्दु पौडेल, दाङ

    [५७]
    सुन
    रहर अनेक
    नाम मात्रका जाेगी !

    • उर्मिला के.सी., धनकुटा

    [५८]
    योगी
    अचम्मको भोगी
    सम्पत्ति चाहने रोगी !

    • सविता के.सी., काठमाडौँ

    [५९]
    भोग
    जीवनको लक्ष्य
    साधुको उत्कण्ठा विवरण !

    • पुष्पासायरा, विराटनगर

    [६०]
    जोगी
    अनावश्यक पहिरन
    बहुरूपी ढोँगी नपत्याउँदो !

    • अम्बिका अधिकारी, झापा

    [६१]
    स्वर्ण
    स्वर्ण मनुष्य
    उदेक लाग्दो संसार !

    • लक्ष्मी अर्याल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९०औँ भाग शनिबार सम्पन्न

    उसक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • २७ माघ २०७९, शुक्रबार २२:५५ मा प्रकाशित
  • उसक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –

    १
    जुनेली
    जून जस्तै
    धपक्क बलेको उज्यालो !

    २
    भावनात्क
    भावमा डुबेको
    मानिसको एक विशेषता !

    ३
    अनिदो
    निद्रा नपुगेको
    दिनमा देखिने लाटोकोसेरो !

    ४
    सुखदुःख
    मानवीय अनुभूति
    रुपियाँले किन्न नसकिने !

    ५
    ठेस
    मनमा चोट
    सम्पत्तिको तुजुकको पासा !

    ६
    खल्ती
    लुगामा बगली
    नखोज्नु कात्रोमा, गल्ती !

    ८
    खडेरी
    रिसाहा प्रकृति
    ढकमक्क बादल प्रदर्शनी !

    ९
    अस्थिर
    बतासे मन
    सुख खोज्ने तन !

    १०
    जोडी
    दुई पंछी
    सङ्घर्षमा बनेको गुँड !

    ११
    उत्ताउलो
    भावनामा खेल्ने
    सक्ने जतिलाई पेल्ने !

    १२
    नियति
    फ्याट्टै आइपर्छ
    हेर्ने दृष्टिमा भरपर्छ !

    १३
    रुवायो
    अर्काको खेल
    कति जानेका जालझेल !

    १४
    सहयोग
    थाम्नु हात
    छाड्नु उचालेको गाँस !

    १५
    अप्ठ्यारो
    घाँटीमा गाँड
    झिक्नु न राख्नु !

    १६
    छोड्नु
    सम्बन्ध तोड्नु
    आफ्नोतर्फ दुनो मोड्नु !

    १७
    राजनीति
    कजाएर खाने
    मन खियाउन जाने !

    १८
    दक्ष
    क्षमता भएको
    मन बेच्न गएको !

    १९
    व्वाँसो
    छट्नु जनावर
    कन्याउँछ भुँडी फोर्छ !

    २०
    ख्याल
    आफ्नै गर्नु
    एकान्तमा बसाइँ सर्नु !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उसक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३०

  • २७ माघ २०७९, शुक्रबार २२:३३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३० [तिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/२४ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी


    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  फाल्न, पाल्न, टाल्न, बाल्न, हाल्न, दाल्न,ढाल्न, चाल्न,थाल्न, आदि ।

    स्थायी :- आफूखुसी

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————

    पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना
    ………………………………………

    बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१]
    नीति नियम समेटी   टाल्न पाए राम्रो हुन्थ्यो [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    काम गर्नेलाई   विरोध   गर्न   कत्ति     हुँदैन [०३]
    …………………………………………………………………

    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    भ्रष्टाचारीहरूलाई  गाल्न  पाए  राम्रो हुन्थ्यो [०४]
    जरैदेखि  कुप्रथा  नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]
    ……………………………………………………
    १,२ मा जस्तै  ६ र ७ लाई पनि माथी भन्न खोजेको उठान गेर्नु पर्छ ।

    पूरा  नहुने  मिसिल  बाल्न  पाए राम्रो हुन्थ्यो [०६]
    ठिक  बेठिक  सदैव चाल्न  पाए राम्रो हुन्थ्यो [०७]
    …………………………………………………………………
    ८ स्वतन्त्र हुन्छ र सबैको भाव छुनु पर्छ।

    व्यवस्था  चल्दैन  निति   नियम  पालन   गर्नु {०८]
    ………………………………………………………………

    ९ र १० ले समपञ्चाङ्गको बिस्तार गर्नु पर्छ ।

    विकास निकास  दुबै  हाल्न पाए राम्रो हुन्थ्यो [०९]
    नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]
    ……………………………………………………………

    उदाहरण पञ्चाङ्ग तथा पञ्चाङ्ग
    ……………………………………

    बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१]
    नीति नियम समेटी   टाल्न पाए राम्रो हुन्थ्यो [०२]
    काम गर्नेलाई   विरोध   गर्न   कत्ति     हुँदैन [०३]
    भ्रष्टाचारीहरूलाई  गाल्न  पाए  राम्रो हुन्थ्यो [०४]
    जरैदेखि  कुप्रथा  नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]

    पूरा  नहुने  मिसिल  बाल्न  पाए राम्रो हुन्थ्यो [०६]
    ठिक  बेठिक  सदैव चाल्न  पाए राम्रो हुन्थ्यो [०७]
    व्यवस्था  चल्दैन  नीति   नियम  पालन   गर्नु {०८]
    विकास निकास  दुबै  हाल्न पाए राम्रो हुन्थ्यो [०९]
    नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    ……………………………………………………………

    समपञ्चाङ्ग    [०१]

    बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो ।
    नीति नियम समेटी   टाल्न पाए राम्रो हुन्थ्यो ।
    काम गर्नेलाई   विरोध   गर्न   कत्ति     हुँदैन ,
    भ्रष्टाचारीहरूलाई  गाल्न  पाए  राम्रो हुन्थ्यो ।
    जरैदेखि  कुप्रथा  नै ढाल्न पाए राम्रो हुन्थ्यो ।

    पूरा  नहुने  मिसिल  बाल्न  पाए राम्रो हुन्थ्यो ।
    ठिक  बेठिक  सदैव चाल्न  पाए राम्रो हुन्थ्यो ।
    व्यवस्था  चल्दैन  निति   नियम  पालन   गर्नु ,
    विकास निकास  दुबै  हाल्न पाए राम्रो हुन्थ्यो ।
    नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो ।

    💢सोमनाथ लुइटेल ” रवि पाल्पाली ” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    समपञ्चाङ्ग   [०२]

    ईश्वरको  बाहना  फाल्न  जान्नु पर्छ।
    मनको  दीपदानी  बाल्न जान्नु पर्छ।
    सलेदो झै बल्दै नासिने  जिन्दगीमा ,
    भरोसाको पाइला चाल्न जान्नु पर्छ।
    नकरात्मक  तेज झाल्न जान्नु पर्छ।

    दिमागमा क्षमता  हाल्न जान्नु पर्छ।
    तहबह आभास  गाल्न  जान्नु पर्छ।
    रुपान्तरण     भैरहने    जिन्दगीमा,
    अलिकति सन्देह ढाल्न जान्नु पर्छ।
    शुद्धको सेतोबिन्दु पाल्न जान्नु पर्छ।

    💢अच्युत घिमिरे-भुटानबाट🇧🇹।
    …………………………………………

    पञ्चाङ्ग   [०३]

    मनलाई थाङ्ग्ना सरी टाल्न मिलेन।
    काम केही छैन भनी फाल्न मिलेन।
    जस्तो मिल्यो त्यसैमा काम निखार्नु,
    काठलाई   पगालेर  गाल्न  मिलेन।
    इन्द्रेणीको रङ्ख त्यहाॅ हाल्न मिलेन।

    💢घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [०४]

    आज फेरि फाल्न थाले ।
    छुद्र नीति चाल्न थाले ।
    तिमी आफू राम जस्तै,
    तिमीलाई ढाल्न थाले ।
    हेर आगो बाल्न थाले ।

    💢आर्त अकुलीन, कैलाली ।
    …………………………………

    पञ्चाङ्ग   [०५]

    काम गर्छु  भन्नेलाई फाल्न थाले ।
    विना अर्थका  उजुर  हाल्न थाले ।
    अबत केही होलाकी भन्ने सोच्यो,
    थोत्रा पुराना  खोजेर टाल्न थाले।
    फेरि व्यर्थको कदम चाल्न थाले ।

    💢गुणनिधि घिमिरे, सूर्यविनायक भक्तपुर।
    ……………………………………………

    पञ्चाङ्ग   [०६]

    लड्नै  पर्छ समाज सँग कुरिती फाल्न हामी ।
    अंध्यारो चिर्नलाई उज्यालो दियो बाल्न हामी।
    कु  संस्कारले   भ्रष्टचार  लाई   टेवा    पुरायो,
    जुर्मुराउँ  यो  कुविचारलाई  नै गाल्न  हामी।
    मिलिजुली बढौँ दुस्मनका किल्ला ढाल्न हामी।

    💢सुरेशकुमार पान्डे घोराही दाङ १८
    …………………………………………………………

    पञ्चाङ्ग   [०७]

    देशको बेथिति विसंगतिलाई फाल्न पाए हुन्थ्यो।
    चारै तिर छ प्वाल पारेको  देश  टाल्न पाए हुन्थ्यो।
    राम्रो नेता छान्दा पनि गर्छन् अनेकानेक बहाना ,
    यस्ता देश द्रोहीलाई सखाप् पारी ढाल्न पाए हुन्थ्यो।
    नराम्रो  जति फालेर राम्रो काम थाल्न पाए हुन्थ्यो ।

    💢सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………
    पञ्चाङ्ग   [०८]

    अब एउटा राम्रै गाेटी चाल्न पाए हुन्थ्यो ।
    नवीन ति याेजनाहरू हाल्न पाए हुन्थ्यो ।
    ठगी खाने नेतागणले हाँकेकाे देशमा,
    भ्रष्टहरूको उच्च शिर ढाल्न पाए हुन्थ्यो।
    फाहाेरकाे कन्टेनरमा फाल्न पाए हुन्थ्यो।

    💢त्रिलाेचन भण्डारी, मेचीनगर,झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०९]

    यो मनलाई तड्पाई तड्पाई गाल्न थालिछौ।
    मेरो घरमा अर्कै मान्छेलाई पाल्न थालिछौ।
    के बयान गरौं अब तिम्रो चरित्रको मैले,
    मेरो नामको सिन्दुर पनि पखाल्न थालिछौ।
    जीवन गति उसकै तालमा ढाल्न थालिछौ।

    💢मन्दिरा सेढाई, मलेखु धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१०]

    कुरीति र कुसंस्कार लाई अब हामी सबै मिली फाल्नु पर्छ।
    एउटाले मात्र होइन देशको नियम सबैले पाल्नु पर्छ।
    नेपाल आमाको रक्षा गरेमात्र हामी नेपालीको रक्षा हुन्छ,
    देशको कुना कुनामा गएर अशिक्षामा शिक्षा अँगाल्नु पर्छ।
    देशमा भएको  भ्रष्टाचारी  हरूलाई जरैदेखि ढाल्नु पर्छ ।

    💢बेदु न्यौपाने, काठमाडौ✍️ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [११]

    फाटेको यो हाम्रो दिल टाल्न मन लाछ।
    अंध्यारोको टुकी झैं यो बाल्न मन लाछ।
    हिंड्नु पर्छ अब त एउटै गन्तव्यमा,
    रिस गर्ने शत्रु जति ढाल्न मन लाछ।
    सतबुद्दी यो मनमा पाल्न मन लाछ।

    💢सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१२]

    कुसंस्कार याे मनबाट फाल्न मनपर्छ।
    ज्ञानकाे ज्याेति दियाे जस्तै बाल्न मनपर्छ।
    सधैँ सकारात्मक हुन सकुँ जीवनमा,
    नकारात्मक कुराहरू ढाल्न मनपर्छ ।
    अाध्यात्मिक ज्ञान, मनमा पाल्न मनपर्छ ।

    💢शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१३]

    धर्म संस्कृति फाल्न हुँदैन।
    लुगा फाटेको टाल्न हुँदैन।
    समयसँग मिल्न सिक्नुहोस्
    लामो कपाल पाल्न हुँदैन।
    बोट विरुवा ढाल्न हुँदैन ।

    💢भगवती दवाडी , जापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१४]

    अडकाउका क्रिया सङ्ग रिसाएर हेर।
    मुर्खतालाई  जोरसित  पिसाएर  हेर।
    भित्र भित्रै रमाउने मन खुशी पार्नु हो ,
    जिन्दगी जलाउने दुःख बिसाएर हेर।
    उमङ्गमा  नम्र  कौशल  मिसाएर  हेर।

    💢अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ……………………………………

    पञ्चाङ्ग   [१५]

    कुसंस्कार विरुद्ध आगो बाल्न पाए हुन्थ्यो।
    भ्रष्टचारीहरुको दम्भ ढाल्न पाए हुन्थ्यो
    प्रगती गर्नेहरुलाई  गर्न दिनु पर्छ,
    खुट्टा तान्नेलाई खाल्डोमा हाल्न पाए हुन्थ्यो।
    खराब काम गर्नेलाई फाल्न पाए हुन्थ्यो।

    💢सुशीला पौडेल ।
    …………………………………………………

    पञ्चाङ्ग   [१६]

    प्रेमिल संसारमा पाइला चाल्न पाए हुन्थ्यो।
    भएका  दुश्मनहरु सबै गाल्न पाए हुन्थ्यो।
    समाजमा अनेक तह तप्काका मान्छे हुन्छन्,
    गरिब र दुःखीहरुलाई पाल्न पाए हुन्थ्यो।
    अहमता देखाउनेलाई फाल्न पाए हुन्थ्यो।

    💢ह्यारिस, काठमाडौं  ।
    ………………………………………………

    पञ्चाङ्ग   [१७]

    फूलेर  मगमगाउन  थाल्न खोज्छु।
    भमरालाई दिलभित्र हाल्न खोज्छु।
    बहकिएर  उड्न  खोज्छु  जताततै ,
    फाटेका मन समाएर टाल्न खोज्छु।
    मनमा सलाई कोरेर बाल्न खोज्छु।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ………………………………………

    पञ्चाङ्ग   [१८]

    सन्ततीमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो।
    पश्चिममी कुसंस्कार कुरिती फाल्न पाए हुन्थ्यो।
    अहिलेको यो पुस्तामा हराउदै गएको संस्कृति,
    आउने पिँढीमा भए पनी ढाल्न पाए  हुन्थ्यो।
    कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।

    💢सुमित्रा पोखरेल , काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१९]

    घरमा कुकुर पाल्न थालेछन्।
    राम्रा जतिलाई ढाल्न थालेछन्।
    यो पाराले देश उँभो लाग्ला र ?
    ठाउँ ठाउँ राँको बाल्न थालेछन्।
    तानाशाही निति चाल्न थालेछन् ।

    💢धनमाया चौधरी ,कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [२०]

    भत्किरहेका घरका भित्ता टाल्न आएँ ।
    बिहान बेलुका तिम्रो चुलो बाल्न आएँ ।
    दाइजोको  कारण  हेला भएँ  अहिले ,
    विकृति कुसंस्कारको जालो फाल्न आएँ।
    निरंकुश तन्त्रको जरोनै  ढाल्न आएँ ।

    💢तारा घिमिरे स्वेच्छा,  सङ्खुवासभा ।
    ……………………………………………

    पञ्चाङ्ग   [२१]

    बसन्तको पालुवा झै जस्तै हरियालीले बलेको भए।
    मान्छेको ज्यानमा आघात नपुगि कपडा जलेको भए।
    आफुले सोचेजस्तो भनेजस्तो कहाँ पुग्दो रहेछ यहाँ,
    चोरी हुदा घाटा लाग्दैनथ्यो सुनमा कीट दलेको भए।
    अगाडि बढ्न गाह्रो जीवन हर खाएर गलेको भए।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२२]
                                              
    तिम्रो त्यो मनको शंका फाल्न पाए हुने।                                                   दाग लागेको हृदय टाल्न पाए हुने।   
    संका पनि अति गर्छौ  तिमीले के सानु ,                                               त्यो मन फलाम जस्तो गाल्न पाए हुने।                                              कुरा गर्ने सत्रु बैरी ढाल्न पाए हुने।    
       
    💢दुर्गा रिजाल आचार्य, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    फुलेर जताततै  मगमगाउन थाल तिमी ।
    भमरारुपि त्यो कोमल दिललाई हाल तिमी ।
    बहकिएर उड्नु हुन्न जताततै अब हामी ,
    छियाछिया भएको मेरो मनलाई टाल तिमी ।
    निभ्न लागेको ज्योतिलाई सलाईले बाल तिमी ।

    💢इन्दिरा गौतम, खजुरा बाँके ।
    …………………………………………………………

    पञ्चाङ्ग    [२४]

    पुर्खाले आर्जेको माटो छ यहाँ।
    खन्न बाँकी दम्भी राँटो छ यहाँ ।
    जान्दा समानता कायम राख्ने ,
    हजारौँ  सरल  बाटो  छ  यहाँ ।
    कस्तो आफ्नाबीच फाटो छ यहाँ ।

    💢प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………

    पञ्चाङ्ग   [२५]

    राम्रो कामको छिट्टै दियो बाल्न पाइयोस्  ।
    विकृतिको जरो उखेली फाल्न पाइयोस्  ।
    अप्ठ्यारा बाटा आए कदम नरोकिउन् ,
    पाइला त  सहज  बनी चाल्न पाइयोस् ।
    असहायको सहारामा थाल्न पाइयोस् ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग- ३०

    पञ्चाङ्ग चित्रपट भाग :- २९

  • २२ माघ २०७९, आईतवार २१:१२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २९
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/२० गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २९[उनन्तिसौ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन  धादिङबाट
    —————–
    सरिता सेढाई

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपय  पञ्चाङ्ग   [०१]

    दौरा सुरुवाल कोट टोपी हाम्रो भेष हो रे ।
    टिष्टा सतलज सम्म सबै हाम्रो देश हो रे ।
    बावु बाजे  पिता पूर्खा लागे देश बढाउन,
    लडे भिडे रे  देशको लागि ठूलो रेश हो रे ।
    आजभोली हालत के भो मात्रै मधेश हो रे।

    ✍️गुणनिधि घिमिरे सूर्यविनायक ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    चार किल्लाभित्रको माटो रहेछ देश ।
    हिॅडेर नसकिने  बाटो  रहेछ  देश।
    मुटुभित्र सॅगालेर राख्न सक्यौॅ भने,
    बिहान र बेलुकाको आटो रहेछ देश।
    स्वार्थ भन्दा फरक पाटो रहेछ देश।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    टिष्टादेखि  सतलज सीमा आफैँ खाेल्छ।
    हिजो नेपाल ठूलो थियोे नक्साले बाेल्छ।
    भूमि   सानो  भएपनि  छैन  मन सानो ,
    मायाप्रीति  लगातार  दुनियाँमा  घाेल्छ ।
    शान्ति अनि मानवता  छताछुल्ल ढाेल्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    सुन्दर अनि शान्तमा गनिन्छ हाम्रो देश नेपाल।
    भेष भुषामा झपक्क बनिन्छ हाम्रो देश नेपाल।
    चारै तिर हरियाली बन पाखा कल कल खोला,
    पर्यटनको खानि हो भनिन्छ हाम्रो देश नेपाल।
    सम्पदाको प्रतिकमा जनिन्छ हाम्रो देश नेपाल।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    मन सानो नहोस् देश यो सानो नहोस्।
    हामी बस्ने घर अरुको छानो नहोस् ।
    मातृ भूमि नेपालको होस् मानचित्र ,
    रक्षा होस् सिमानाको सत्ता कानो नहोस्।
    मायाले मुरी मुरी भरोस् मानो नहोस्।

    ✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    हिजो थिए हाम्रा पू्र्खाहरू कहाँ आज हामी कता हेर यहाँ ।
    यस्तो कारुणिक अवस्थादेखि चस्स दुख्छ मनमा धेर यहाँ।
    सिमा रक्षा र तारवार छैन झगडा कुर्सी मै  भै रहे पनि,
    भोलि छिमेकीले सिङ्गै देश निल्न लाउदैन कत्ती बेर यहाँ ।
    देश बचाउन करोड जनता जाग्नै पर्छ एक फेर यहाँ ।

    ✍️रुपा  गौतम , निज्गढ बारा ।
    ……………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    टिष्टा देखुन सतलज सम्म विशाल थियो।
    संसारमा  गुलाम  नभएको मिसाल थियो।
    थर्कमान थिए गोर्खा विरहरूलाई  देखी,
    हाम्रो मस्त यो मधेश पहाड निसाल थियो।
    विर जातिलाई देखी दुनियाँ रिसाल थियो।

    ✍️सुरेशकुमार पान्डे।
    दाङ घोराही १८
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    राम्रो  भूमि  देख्नै  हुन्न हडपेर लगि छाडेका छन्।
    चारैतिरबाट भ्याएसम्म मस्त किल्ला गाडेका छन्।
    किन राख्दथे यतैका पो  नेतृत्व पनि मिलेपछि,
    आफ्ना आर्जित जमिनहरु घटाएर बाँडेका छन्।
    सिमानामा न त तारबार न तगारो फाँडेका छन् ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    दुइ ठुला देशको बिचमा सानो मेरो देश छ।
    अरु देशको भन्दा भिन्न मेरो देशको भेष छ।
    हिमाल पहाड तराई मिली बनेको छ देश,
    खोला नाला ती वन जंगल हरियाली फेस छ।
    जे जस्तो भयपनि मलाई मेरै देश बेस छ।

    ✍️सरिता सेढाई धादिङ
    …………………………………………………………

    पञ्चाङ्ग   [१०]

    तराई,पहाड, हिमालकाे देश हाम्रो।
    जातीय विविधता भएको भेष हाम्रो।
    आफ्नाे देश राम्रो देख्दा  गर्व लाग्छ,
    देश हिमालले सजिएको लेस राम्रो।
    खाेलानाला, हरियाली डाँडा फेस राम्रो ।

    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    सगरमाथाको देश हाम्रो सान हो ।
    वीर गोर्खालीको यहि राम्रो मान हो।
    विकास अनि समृद्धि हाम्रो चाहना ,
    नेपाल र नेपालीको त यामान हो।
    बुद्धले दिएको शान्ति ज्ञान  दान हो ।

    ✍️तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    टिष्टादेखि सतलजसम्म हिजो हाम्रो देश ।                                                    मेचीदेखि महाकालीसम्म आज राम्रो देश।                                           सुगौली सन्धिलाई सम्झदा पनि मुटु दुख्छ,                                         दुई छिमेकीको बिच चेपिएको दाम्रो देश ।                                        थाह छैन कहाँ पुग्ने हो भोलिको चाम्रो देश ।   
                                       
    ✍️देबकी के.सी. , दक्षिणकाली ३,काठमाडौ ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    ग्रेटर नेपाल कल्पनामा मात्र सिमीत भयाे हाम्रो ।
    पटके सन्धिमा सिध्याएर नेपाल यस्ताे गयो हाम्रो ।
    अझै बाँध लगाउँदै पिल्लर सार्दछ छिमेकी ,
    नेता आसन फेरेर गरेकाे शासन के बयो हाम्रो ।
    गएकाे भूमी आउँदै नआउने विलय लयाे हाम्रो ।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    सहिदको सपना पुरा गर्ने कोहि भइदिए हुने।                                                   
    भ्रष्टाचारको भारी बोक्नेहरु चाडै गइदिए हुने।
    बलात्कार ,हत्याहिंसा, अपराध बढाउनु भन्दा नि,
    समय खर्चिलो पावन्धीलाई छोडि धोइदिए हुने।
    कता टिष्टा सतलज चिनेर राष्ट्र रइदिए हुने।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड।
    ………………………………………………………

    चित्रमा पञ्चाङ्ग   [१५]

    अभिभावक सरह हेर्न नासो राख्ने सरकार छ हामीलाई।
    देश, जनताको हित् गर्ने सरकारको दरकार छ हामीलाई।
    पुर्खाहरुको नासो, जनताहरूको उन्नति प्रगतिका खातिर,
    आफ्नो सम्पत्ति नै संरक्षण गर्न नसक्ने अधार छ हामीलाई।
    गर्न सके पुर्खाले आर्जित सम्पत्तिमा अपकार छ हामीलाई।

    ✍️रामप्रसाद पुरी बादेल, खोटाङ ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    नेपाल बिशाल थियो रे।
    कहि भारतले लियो रे।
    मेची कालीमा सिमीत,
    पुर्खाको श्राप पियो रे।
    थियो त हाम्रो मियो रे।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    फर्केर आउ युवा परदेश छोडेर आउ।
    देश जोगाउन तिमी त्यो मन मोडेर आउ।
    पराइले मिच्दै छ सिमा देश रहन्न अब,
    मेट बिदेशी तक्दिर पर्खाल फोडेर आउ।
    मनमा देश छ काँधमा झण्डा बोकेर आउ।

    ✍️रतन बिष्ट_ आलिताल,डडेल्धुरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    हिमाल पाहाड तराई बाडिएकोछ मेरो देश।
    हाम्रो सिमाना चारकिल्ला गाडिएकोछ मेरो देश।
    हरियो वन् नेपालो धन् गित सुनेकै हौला हैन र।
    लिपुन्लेक अधुरामा बैरी  फाँक्यडिएकोछ मेरो देश।
    यिनै भ्रष्टचारी ले धेरै माडिएकोछ मेरो देश।

    ✍️कमला पाण्डे पराजुली, झापा चारआलि ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    हाम्रो देशको आफ्नै ठूलो शान छ।
    विश्व सामु एतिहासिक मान छ।
    गरिब भनेर कसैले नहेप्नु,
    दुश्मनको जहिले लागि हान छ।
    आत्मीयताको लागि भने दान छ।

    ✍️ह्यारिस काठमाडौं ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    प्रकृतिको यो धनी देश हाम्रो ।
    अरु भन्दा फरक भेष हाम्रो ।
    बिश्वमा   चिनिने नेपाली भनी ,
    शुद्धता  नै मनको  क्लेश हाम्रो ।
    चुडेर  रहेकोे याे शेष हाम्रो ।

    ✍️दुर्गा भट्टराई , मोरङ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    पुर्व,पश्चिम चट्ट फैलिएकाे देश हाम्राे ।
    दाैरा,सुरुवाल,काेट टाेपी हाे भेष हाम्राे।
    पाैरखी र मिहनेती हामी सवैले जानाै,
    परिश्रम गरी खाँदा लाग्दैन ठेस हाम्राे।
    गाेर्खाली सन्तान हामी मिलकाे फेस हाम्राे।

    ✍️उर्मिला के.शी. , धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    मेरो देशमा हीराको खानी छ हेर ।
    चिन्न नसक्ने नराम्रो बानी छ हेर ।
    सीप र श्रमको सही प्रयोग भए,
    पाल्छ देशले निस्वार्थ  दानी छ हेर ।
    फुट्न छोडौँ जुध्दै आफ्नै हानी छ हेर ।

    ✍️प्रभा पोखरेल , अमेरिका ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    हाम्रो देश कहाँसम्म छ नक्शाले बताउँछ यहाँ।
    हेर्दा सारा नेपालीको रगत तताउँछ यहाँ।
    हाम्रो देश कित्ता कित्तामा बिक्री हुँदै  छ दिनहुँ,
    हाम्रो देशको मायाले दैनिक सताउँछ यहाँ।
    हाम्रो देश किन अरु देशले जताउँछ यहाँ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    देशलाई बचाउने नेता भएनन् । 
    इतिहास रचाउने नेता भएनन् ।
    दोहन गर्ने मात्र भए नेताले नै ,
    हौसियत जचाउने नेता भएनन्। 
    राम्रोसँग मच्चाउने नेता भएनन् ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………

    चित्रपट   पञ्चाङ्ग    [२५]
                                                                                  स्वर्ग जस्तो जन्मभूमि नेपाल हाम्रो देश छ।                               नेपालीको छुट्टै चिन्न आफ्नै त्यो भुषा भेष छ।                                       जन्मभूमि नेपाल जस्तो स्वर्ग नि  प्यारो छैन ,                                         मेची काली तिब्बत नेपाल नक्साको रेस छ।                                   वीर गोर्खाली सन्तान भन्ने हाम्रो फेस छ।  
                                                                                                               ✍️बेदु न्यौपाने,काठमाडौ ✍️ ।                                                                                     ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    नेपालको सिमाना मिच्ने छिमेकी छ ।
    नेपालकै पानीले सिच्ने छिमेकी छ ।
    सुस्ता लिपुलेक लिम्पेधुरा हाम्रो हो ,
    दिनदिनै सिमाना किच्ने छिमेकी छ ।
    नेपालको अस्तित्व घिच्ने छिमेकी छ ।

    ✍️कला ढकाल ,झापा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग    [२७]
                    
    विदेशीले नेतालाई नचाउने भयो ।
    नेपालको धनमाल पचाउने भयो।
    सिमाना दिनहुुँ सार्ने काम छिमेकी छ ,                                        चोर डाकालाईहरू बचाउने भयो।
    लोभी हुँदै इतिहास रचाउने भयो ।

    ✍️गिता रिजाल , धरान ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    मलाई आस देशको ।
    किन हो खास देशको ।
    कपास सौम्य माटोमा ,
    स्वादिष्ट गाँस देशको।
    मेरो त बास देशको ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………

    चित्रपट पञ्चाङ्ग   [२९]

    थोरै थोरै गर्दै देश साँघु-रीन थाल्यो।
    राजनीति देख्दा किन लाग्न घिन थाल्यो ।
    देशभक्ति ओँठे भन कहिलेसम्म ?
    भ्रष्टाचार देशको बरु के दिन थाल्यो ।
    गुमेका भूमी के नेपालले लिन थाल्यो ।

    ✍️तेजप्रसाद खनाल , लमही दाङ्ग ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [३०]

    कमिलाले माटो खन्दा घर बन्छ अरे ।
    फलाम तताई पिट्दा शर बन्छ अरे ।
    चलन यहाँ चल्दै छ स्वीकार्दै छौँ हामी ,
    बिहे गरे छाेरीकाे नि थर बन्छ अरे ।
    घाँस राम्ररी सुकेमा खर बन्छ अरे ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग :- २९

    पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

  • २२ माघ २०७९, आईतवार १०:३८ मा प्रकाशित
  • दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् ।

    प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका
    अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ ।

    बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

    घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए ।

    प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

    त्यसक्रममा घटना अपराह्न ३/४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भएपनि शनिबार अरु दुई जना बाहिर थिए ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P