पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३२ [बत्तिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/१० गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ………………………
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
गरिब वासिन्दा हामी खाना खानु कसरी। धनी भन्ने मरिजाँदा धन लानु कसरी। श्वास रहेसम्म मिलेरै दिन काट्नु पर्छ, भ्रष्ट बनी सच्चा समाजमा जानु कसरी। बिना काम धनी हुन्छन् भन्ने ठानु कसरी।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । ……………………………………………………
पञ्चाङ्ग [०२]
तोडी जाने बाचा कसम खानु नजाती । वचन दिई सकेपछि लानु नजाती। नानाथरि मान्छेहरू भेटिन नि सक्छन्, पछि पछि लागेर अन्तै जानु नजाती। मागी मागी खाएको मीठो मानु नजाती।
✍️घनश्याम पौडेल, पोखरा । …………………………………………………
पञ्चाङ्ग [०३]
नियममा नभएको त मानु कसरी। अर्काकाे मनकाे भावना जानु कसरी। चाहँदैमा काेही त आफ्नाे हुँदैन यहाँ, राम्राे छैन भन्ने थाहा छ छानु कसरी। तिमीबाट धाेका हुँदैन ठानु कसरी।
✍️उर्मिला के.शी., धनकुटा । ………………………………………………
पञ्चाङ्ग [०४]
ऊ किन धायो रहरै रहरमा । कसैले चिन्दैन नौलो शहरमा। मरिहत्ते गरी के पाउनु थियोे , सोझो बिचरा परेछन् कहरमा। कसरी जिन्दगी पर्यो नहरमा।
✍️सन्जना सर्मा, लमही दाङ । …………………………………………
पञ्चाङ्ग [०५]
टर्दछ बेला आफन्त भन्दै जानु नै नजाती । बाेल्दछाै झुट कसम सत्य खानु नै नजाती। इमान तिम्राे ताैलने गर्छन् समाज आफन्त, उध्रेकाे दिल चुहुने प्रेम छानु नै नजाती । दु:खमा बस्दा कृत्रिम हाँसाे लानु नै नजाती।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ । ……………………………………………………
पञ्चाङ्ग [०६]
सबैले एकदिन मरेर जानु छ। छोडौ घमन्ड साथमा खै के लानु छ? यहाँ न तिमी रहन्छौ न म रहन्छु, आफ्नो दु:ख आफैँले गरेर खानु छ। सबैको साझा धर्ती,आकाश छानु छ।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम । ……………………………………………
पञ्चाङ्ग [०७]
तिमी बाहेक अन्त जानु कसरी। पराइको पसिना खानु कसरी। दुःखकष्ट सहेर बाचौँला प्रिय, सन्तान छाडी अरु छानु कसरी। भाडभैलो, मच्चाई धानु कसरी।
✍️कला ढकाल, झापा । ………………………………………
पञ्चाङ्ग [०८]
बेहिसाव सम्बन्ध गास्ने हुन्छन छानु कसरी। तालपरे कर्के नत्र झर्के मैले जानु कसरी। विश्वास आत्मियता प्रगाड बनाउनु हजुर, हुन्न भने हुँदैन भन्नु ग्यारेटी ठानु कसरी। याे अमुल्य जीवन हाेमेर यसै लानु कसरी।
✍️धन कुमारी रेग्मी ,चितवन। …………………………………………………
पञ्चाङ्ग [०९] [०१] जाल झेल छैन भन्ने जानु कसरी। प्रेम केही हैन भनी मानु कसरी। अचम्म लाग्छ नि याे सृष्टि बुझ्न खाेज्दा, तिमी नै हाे सबैथाेक ठानु कसरी। ईश्वर भन्दा नि अरू छानु कसरी । [०२] देश छाडेर, प्रदेश जानु कसरी। प्याकेटका खानेकुरा खानु कसरी। आफ्नाे देश छाडेर प्रदेश नजाऊ, फर्केर अाउँछाै भन्ने मानु कसरी । देशप्रेमी हैन भनी ठानु कसरी ।
पराई भूमिमा जानु कसरी ? विषयुक्त खाना खानु कसरी ? आमालाई छोडी तिमी गएमा, देश प्रेम भनी मानु कसरी ? धर्तीकै पुत्र ठानु कसरी ?
✍️आर्त अकुलीन, कैलाली । …………………………………………
पञ्चाङ्ग [११]
तिम्रो मन सफा छ भनी म जानु कसरी। त्यो मनमा कोही छैन भनी मानु कसरी। तिमी सधैँ अन्त अन्तै बिजी छु भन्छौ के गरूँ, तिमी नै मेरो जिन्दगी हौ भनी छानु कसरी। एक्लै छोडी जान्छौ यो घर म धानु कसरी।
✍️सुमित्रा पोखरेल , काठमाडौं । ………………………………………………………
पञ्चाङ्ग [१२]
नियम अनुसार नै मानु पर्छ। मन भित्रबाट भाव जानु पर्छ। देखेको काेही पनि आफ्नाे हुँदैन, राम्रो नराम्रो मनले छान्नु पर्छ। पराई पनि आफन्त ठानु पर्छ।
चिन्ता बढायो मनमा जानु कसरी । कलह हुन्छ जनमा मानु कसरी। खालि छ त्यो राष्ट्रपतिको कुर्सी एक, तानातान छ धनमा हानु कसरी। सामान्य कुरा रनमा ठानु कसरी ?
✍️बिबस पारदर्शी , झापा । ……………………………………………
पञ्चाङ्ग [१४]
गल्ती छैन,कसम खानु कसरी। राम्रो नराम्रो अब जानु कसरी। सोचेकै थिएन यस्तो होला भन्ने, तिमी सत्य छौँ भनी मानु कसरी। कोसिस सत् मार्गमा लानु कसरी।
✍️दुर्गा आचार्य, मोरङ । …………………………………………
पञ्चाङ्ग [१५]
परदेश जानु कसरी। स्वदेशमा खानु कसरी। कानून नमान्ने देशमा, नियम नै मानु कसरी। नेता राम्रो छानु कसरी ।
✍️भगवती दवाडी, झापा । …………………………………
पञ्चाङ्ग [१६]
बैगुनीको मायालाई गुणले मार्न सकिन्छ। लेख्दै जाँदा पञ्चाङ्गलाई पनि खार्न सकिन्छ। जीवनमा आएका समस्या त आउँछन् जान्छन्, मन दुखेको के गरी सजिलै टार्न सकिन्छ। औँसीको रात पुर्णीमा जुनले बार्न सकिन्छ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड । ……………………………………………………
पञ्चाङ्ग [१७]
उनै हुन् भगवान भनी मानु कसरी। ती मनका भावनाहरु जानु कसरी। समय परिस्थिति अनुसार चल्नु छ, तन्नलाई छैन अंकुसे तानु कसरी। मझधारमा परेको छु लानु कसरी।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………
पञ्चाङ्ग [१८]
न गरिबलाई मानो न छानु भयो। कहाँ गई यो जीवन धानु भयो। पोखेर पसिना देश विदेशमा, सुन्यौ बचन खानु नखानु भयो। अब मलाई जानु न जानु भयो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………
पञ्चाङ्ग [१९]
तिमी मलाई माया गर्छु भन्छौ मानु कसरी। तिम्रो दिलमा के चलिरहेछ जानु कसरी। दुनियाँको अगाडी नाटक नगरेकै राम्रो, स्वार्थी दुनिया छ मैले कसम खानु कसरी। को असल को खराब हो मैले छानु कसरी।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………………
पञ्चाङ्ग [२०]
आघ न बस गरिबको घरमा केही खानु नभए नि। बिसाएर जाउ न एकैछिन घरको छानु नभए नि। घरमा आएको अतिथि त देवता समान पो हुन्छ रे, सुनिदेऊ न पीडा यो गरिबको केही लानु नभए नि। एकै चिम्टी भए नि माया देऊ न एक मानु नभए नि।
✍️पशपती राई, खोटाङ । ………………………………………………
पञ्चाङ्ग [२१]
थाहै नदिई अरुको धन त लानु कसरी । आफ्नो देश छोडेर विदेशमा जानु कसरी । आफ्नै भूमिमा गरिखाने ठाउँ नभए पछि , परिवार आफझले पेटभरी खानु कसरी । देशको यस्तो बेथिति नियम मानु कसरी ।
✍️दुर्गा भट्टराई, मोरङ । ………………………………………………
पञ्चाङ्ग [२२]
देशको माया छ भनेर कसरी जानु मैले । कर्मठ धर्ती पुत्र भनी कसरी मानु मैले । मैले देख्छु सबै बराबर कर्मले चिनाऊ , विषादीयुक्त खानेकुरा कसरी खानु मैले । सच्चा देशभक्त हौ भनी कसरी ठानु मैले ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ । …………………………………………………
पञ्चाङ्ग [२३]
जानी जानी कुबाटाे जानु कसरी ? आत्माले स्वीकार्दैन मानु कसरी ? चलाउँदा चल्ने मानव भाे आज , याेग्य कर्मशील म छानु कसरी ? धरालाई विकासमा लानु कसरी ?
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………
पञ्चाङ्ग [२४]
तिम्रो र मेरो सम्बन्ध छ भन्ने जानु कसरी । हाम्रो माया बलियो मात्र भनी मानु कसरी । जालझेल भएमा माया अस्तित्व रहन्न है, तिमीले दिएको वचन पनि खानु कसरी । साँचो सत्य भएको मायालाई धानु कसरी ।
तिमीले माया गर्छौ भन्ने लागेको छैन अझै । सदैव तिमी देखी टाढा भागेको छैन अझै । आफैलाई बुझ्दैछु माया कसरी गरुँ भन, आफ्नो सम्झेर पनि केही मागेको छैन अझै। तिमीलाई कहिले मैले त्यागेको छैन अझै ।
देशकाे नियम निती यस्तै छ मानु कसरी। गल्तीलाई नै सही हो भनी म ठानु कसरी। सानालाई नियम कानुन ठुलालाई चैन, अरुलाई चाेट पुराई आफु खानु कसरी। बिवेकहिन भ्रष्ट भई -भई जानु कसरी ?
✍️नानीबाबा अधिकारी, काठमांडौ । ………………………………………………
पञ्चाङ्ग [२७]
प्यास बिनाको पानीको के काम। मुटु बिनाकी रानीको के काम । सबै कुरा परिपुरक हुन्छ , ईष्या र क्षुद्र बानीको के काम। दान बिनाका दानीको के काम ।
✍️देवि पन्थी , झापा । ……………………………………………
पञ्चाङ्ग [२८]
बिर्सिएको कहानी याद आयो । पुरानो जिन्दगानी याद आयो। फक्रिएको फूल देखेर आज, खुद आफ्नै जवानी याद आयो। प्रेमको त्यो निसानी याद आयो।
✍️पद्मा रिजाल, नेपालगन्ज बाँके । ………………………………………
पञ्चाङ्ग [२९]
नेपाल आमाको रक्षा गर्नु सन्तानले। मर्न परे पनि आफू मर्नु सन्तानले। भ्रष्टाचारले सीमा नाघ्यो हाम्रो देशमा , कसैको यहाँ भर नपर्नु सन्तानले। हाम्रो वीरता विश्वमा छर्नु सन्तानले।
✍️वीणा रोका, घोराही दाङ। ……………………………………………
पञ्चाङ्ग [३०]
गरिबलाई आखिर के खानु छ र ? नचुहिने पक्की त कहाँ छानु छ र ? पीर व्यथा जीवनभरि सधैँ यहाँ खानको लागि पनि कहाँ मानु छ र ? बाँड धनी धन मरी के लानु छ र ?
काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३१ [एकतिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/०२ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना ………………………………………
💢तिमीले दिएको दुःख लुकाउन सक्छु [१] 💢मनकै भित्रकाे गाठो फुकाउन सक्छु [२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
💢परे पर्ला मलाई नै सधैँ भरि पिर [०३] …………………………………………………………………
तिमीले दिएको दुःख लुकाउन सक्छु [१] मनकै भित्रकाे गाठो फुकाउन सक्छु [२] परे पर्ला मलाई नै सधैँभरि पीर, [३] बगिरहने आँसु नै सुकाउन सक्छु [४] मान जोगाउन मोल चुकाउन सक्छु [५]
💢प्रविणा पल्लवी , महोत्तरी । ………………………………………………
पञ्चाङ्ग [०१]
तिमीले दिएको दुःख लुकाउन सक्छु । मनकै भित्रकाे गाठो फुकाउन सक्छु । परे पर्ला मलाई नै सधैँभरि पीर, बगिरहने आँसु नै सुकाउन सक्छु । मान जोगाउन मोल चुकाउन सक्छु ।
💢प्रविणा पल्लवी , महोत्तरी । ………………………………………………
पञ्चाङ्ग [०२]
नमस्कार गर्छु पहिले। शरण म पर्छु पहिले। अचम्मको छ यो संसार, पञ्चाङ्गमा भर्छु पहिले। सत्यतामा मर्छु पहिले।
💢शिव कुमार रेग्मी,पोखराथोक पाल्पा । ……………………………………………
पन्चाङ्ग [०३]
पन्चाङ्ग [०१] नत थियाे बर्षात् नत बर्षे झरी थियाे । फुल्न लागेका ति काेपिला डाली भरी थियाे। जेजे फूल्छ अपनाउँदै गएँ चुपचाप, बगैँचामा फूलका रंग थरीथरी थियाे । बेली,चमेली भन्दा राम्राे सुनाखरी थियाे। [०२] दाैरासुरुवाल र गुन्युचाेली लाउँ सबैले। नेपालकाे हितमा हुने गीत गाउँ सबैले। देशकाे लागि केही गर्छु भनेर गर्व गर्दै, मेहनती वनि बिश्वभरीनै छाउँ सबैले। सफल वनि कामकाे सम्मान पाउँ सबैले।
💢उर्मिला के.शी. ,धनकुटा । ………………………………………………
पञ्चाङ्ग [०४] {०१] जनयुद्ध चर्काए यिनैले। सोझासाझा थर्काए यिनैले। मुक्ति दिने नाउॅमा अचाक्ली, हातखुट्टा मर्काए यिनैले। जहानियाॅ फर्काए यिनैले। [२] नून चुक छर्काए यिनैले। देश पछि घर्काए यिनैले। कति चाॅडो ती दिन भुलेर, जाने बाटो तर्काए यिनैले। अष्रुधारा दर्काए यिनैले।
💢घनश्याम पौडेल,पोखरा । ………………………………………
पञ्चाङ्ग [०५] [०१] गुन्द्रुक छिटाे मिठाे पकाउनु पर्दैन । सालीनानी हाे भने फकाउनु पर्दैन। उखान याे पुरानाे र खाटी भए पनि, ख्याल गर राेगीले छकाउनु पर्दैन । लप्काएर त्याे खुट्टा थकाउनु पर्दैन । [०२] बलियाे हाेस् नाता सिधा रहाेस् बात हाम्राे । साहित्यका सुनाैला अक्षर सबै खात हाम्रो । गर्नु सहयाेग दिनु सुझाव र ज्ञान सत्य , आराम रहाेस् सदा साथीभाईकाे रात हाम्रो । सधैँ उच्च रहाेस् हजुरहरूकाे मात हाम्रो ।
💢धन कुमारी रेग्मी, चितवन । ………………………………………………
पञ्चाङ्ग [०६]
खाली सिउँदो सिन्दुरले सजाउँछ्यौ तिमी । छिनछिन हातमा चुरा बजाउँछ्यौ तिमी । नेपाली पोसाकमा चिटिक्कै परेकी देख्दा, जिस्काउँदा स्वामी राजाले लजाउँछ्यौ तिमी । एउटै आत्मा भन्दै भाँडा मजाउँछ्यौ तिमी।
💢वीणा रोका, घोराही दाङ । ………………………………………………
पञ्चाङ्ग [०७] [०१] समाजलाई संस्कारित परम्परामा ढाल्न पाए हुन्थ्यो। सबै बेथिति र कुसंस्कारहरूलाई फाल्न पाए हुन्थ्यो। अन्धविश्वास र कुरितिहरूलाई फाल्दै समाजलाई, रुढिवादी कुरा छोडेर पूर्ण नितिमा गाल्न पाए हुन्थ्यो । पूर्खाले देखाएका सत्य मार्गहरूमा हाल्न पाए हुन्थ्यो । [०२] देशमा बिधिको शासन चलाउने कदम चाल्न पाए हुन्थ्यो। भत्केका र बिग्रेका पौराणिक सम्पदाहरू टाल्न पाए हुन्थ्यो। देशमा प्रजातन्त्रको समुचित उपयोग नभएको देख्दा, जातजाति ठुलोसानोको नचाहिँदो विभेद फाल्न पाए हुन्थ्यो। हामीले यस्तै सुकर्महरूमा आफ्नो समय हाल्न पाए हुन्थ्यो। [०३] मान्छे आफ्नो खर्च बताउँदै अर्काको आम्दानी जान्न चाहन्छ। खर्च रोग बिमार र दुःख आफूलाई मात्र परेको मान्न चाहन्छ। बालबच्चाहरू आफ्ना मात्र राम्रा अरूका नराम्रा देख्ने मान्छे, सम्पत्तिको लोभले दयामाया नराखी अरूलाई हान्न चाहन्छ। आफू अगाडि जान अर्कालाई कुल्चिन र खुट्टा तान्न चाहन्छ।
💢गुणनिधि घिमिरे, सूर्यविनायक भक्तपुर । ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पञ्चाङ्ग [०८]
नेपाली पोषाक हाम्रो सान बढाउँछ । आफ्नो भेष र भाषाले मान बढाउँछ । विदेशी पोषाकमा सौन्दर्य झल्किदैन, जहाँ आत्म विश्वासको भान बढाउँछ। व्यापारीको व्यवसाय तान बढाउँछ।
💢शोभा आचार्य गौतम, काठमाडौँ । …………………………………………
पञ्चाङ्ग [०९]
नेताजति सबैले नाता खोज्दै गयो । विदेशी बैकमा खाता खोज्दै गयो । नेपालमा लुकाउवदा थाहा पाउवछ भनी, पैसालाई बन्द गर्न पाता खोज्दै गयो । गुण्डाले सामूहिक छाता खोज्दै गयो ।
💢जनुका गौतम, काठमाडौं । ……………………………………
पञ्चाङ्ग [१०]
जीवन यो मर्ने चोला भर केही हुन्न। सत्यको लागि लडिन्छ डर केही हुन्न। जाग लम्क चम्क हे नेपाली युवाहरु, राम्रो काम गर्नलाइ सर केही हुन्न। सबै जाती एकै सोचौं पर केही हुन्न।
💢सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [११]
बोलीको मिठासले मात लागोस् । मनभरि प्रेमको खात लागोस् । लुकेर छड्के नजरले हेर्दा , समर्पणमा सधैँ जात लागोस् । नजिकै बस्दा पनि आत लागोस् ।
💢दुर्गा आचार्य, मोरङ । ……………………………………………
पञ्चाङ्ग [१२] [०१] मनकाे पीडा लुकाउँनु पर्दैन। सबै कुरा नै फुकाउँनु पर्दैन। जस्ताे सुकै अवस्था परेता पनि, शाेकले ज्यान सुकाउँनु पर्दैन। बाेलीमा केही चुकाउँनु पर्दैन।। [०२] विदेशीसामु हाम्रो मान बढाउँछ। नेपाली पाेसाकले सान बढाउँछ। सारी चाेलीले नै साैन्दर्य झल्किन्छ, विश्वका सामु पहिचान बढाउँछ। भिन्न राष्ट्र भएको भान बढाउँछ।
कहाँ छ स्वर्ग र नर्क मलाई देखाऊ। आफ्नो सुरमा नगर मपाईँ देखाऊ। जुगाड ढोंगी अल्छिहरुको पेट पाल्ने, न खाऊ मेरो मगज फकाई देखाऊ। बरू कामको साइनो लगाई देखाऊ।
💢सुरेशकुमार पान्डे , दाङ घोराही १८ …………………………………………
पञ्चाङ्ग [१४]
घरी हसाउँछौ त घरी रुवाउँछौ तिमी। घरी माया गर्दै काखमा बसाउँछौ तिमी। केही बुझ्नै सकिन तिम्रो त्यो नक्कले पारा, घरी ओठ टोकी बहुत सताउँछौ तिमी। घरी घुम्टो ओढेर त्यसै लजाउँछौ तिमी।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा, ………………………………………………
पञ्चाङ्ग [१५]
मेरो लागि तिमी के गर्न सक्छौ । भनेको बेलामा के मर्न सक्छौ । माया गर्छु भनेर हुँदैन , मेरो दु:ख नै हो हर्न सक्छौ । मलाई हेरि के सर्न सक्छौ ।
💢गिता रिजाल, धरान । ……………………………………………………………………
पञ्चाङ्ग [१६]
एकलकाटे हुनु रम्रोकुरा हैन। सानो कुरामा रुनु राम्रोकुरा हैन। सबैमा समभाव राख्न सक्नु्पर्छ, फोहर मैला छुनु राम्रोकुरा हैन। बेकसुरमै धुनु राम्रोकुरा हैन !
💢बिबस पारदर्शी , झापा । ………………………………………………
पञ्चाङ्ग [१७]
तिम्रा रोदन मेरो दिलमा बसेको छ। अङ्ग अङ्गमा मीठा सपना पसेको छ। कुन शब्दले पुकारौ मेरा यी भावना, अथाह प्रेम झरना बनी खसेको छ। सागरको गहिरो बिन्दुमा फसेको छ।
💢होम प्रसाद नेउपाने, धरान,सुनसरी । …………………………………………………
\पञ्चाङ्ग [१८]
रसायाे आँखा पूरानाे दिन सम्झना आएर । भत्भती पोल्छ दिलले बाेल्छ पाइन्न चाहेर । ढलेका साथी आएनन् फेरि न पुग्याे सपना , गरिबी गाउँ मौलायाे हेर सर्वत्र छाएर । न्याउली अझै रुँदै छ यहाँ विरह गाएर ।
💢भवानी घिमिरे, सर्लाही । …………………………………………………………
पञ्चाङ्ग [१९]
कालो रोडमा चिल्लो कार अब चलाउनु पर्ला । निष्ठुरीलाई दिलभित्र पक्कै सजाउनु पर्ला । यहाँ त अन्याय पनि दुबोझैं मौलाउन थाल्यो, भ्रष्ट मान्छेको नै ठुलो शालिक बनाउनुपर्ला । पापी मन च्यात्न सक्ने कलम मगाउनु पर्ला।
💢दस्ता कौशिक, पाँचथर। ……………………………………………
पञ्चाङ्ग [२०]
निलो सफा आकासमा उड्न मन लागेको छ। नीलो नदीको गहिराईमा गुड्न मन लागेको छ। कहालिँदो त्यों संसारको सुन्छु जब समाचार, रन्थनिदै त्यतैतिर मुड्न मन लागेको छ। अर्को सुन्दर संसार जुड्न मन लागेको छ।
💢निला घिमिरे , जनकपुर । …………………………………………………………
पञ्चाङ्ग [२१]
पिरतीकाे मात प्याराे। एकान्तकाे बात प्याराे। हर नव जाेडीलाई, सुहागको रात प्यारो । चुम्बनको हात प्यारो ।
💢त्रिलोचन भण्डारी , मेचीनगर झापा । ………………………………………………
पञ्चाङ्ग [२२]
दिएको सबै वचन चुकाउँदै भन्यो । सबैका सामुन्ने बाचा फुकाउँदै भन्यो। मनको पिडा लुकाई आफ्नै सोच लिन्छ, हाँस्दै अनगिन्ती पिडा लुकाउँदै भन्यो । वाचा गर्दै आफ्नो शिर झुकाउँदै भन्यो ।
💢बेदु न्यौपाने , काठमाडौ ❤️ । ………………………………………………
पञ्चाङ्ग [२३]
दिएको वचन चुकाएर गयो । आज त्यही मन फुकाएर गयो । बुझ्नै नसकिने बाहिर हाँसेर, आयो अनि पीडा लुकाएर गयो । खै किन हो शिर झुकाएर गयो ।
💢आर्त अकुलीन, कैलाली । …………………………………………
पञ्चाङ्ग [२४]
केही कुरा पनि लुकाउन नपरोस् । गल्तीले नै शिर झुकाउन नपरोस् । तरेली कुञ्जका लहरा पहरामा, बगेको यो माया सुकाउन नपरोस्। मेरालागि भनी भुकाउन नपरोस्।
💢जमुना आचार्य, सिन्धुपाल्चोक । …………………………………………
पञ्चाङ्ग [२५]
मायाकाे बात होस्। प्रेमको खात होस्। शुभकामना छ, हातमा हात हाेस्। प्रेमिल रात हाेस्।
💢सुशीला पौडेल । …………………………
पञ्चाङ्ग [२६]
तिम्रो एकचिम्टी मायाले नै मेरो मुटुभरी गयो। मुटुमा नि भरिएर कलेजी तिर पो सरी गयो। पोखियो हेर दुबै ठाउँ नै तिम्रै माया भरिएर, अब कहाँ राखौ बाकी माया त सागर तरी गयो। तिमी नै भन के गरौ यो मायाले गर्नु गरी गयो।
💢पशपती राई , खोटाङ । …………………………………………………………
पञ्चाङ्ग [२७]
गुलाब लिएर आउने छु म। तिम्रै पछि पछि धाउने छु म। प्रेम दिवसको शुभकामना, प्रेममय गीत गाउने छु म। प्रेमील गीतमा पाउने छु म।
💢ह्यारिस, काठमाडौं । …………………………………
पञ्चाङ्ग [२८]
प्रणयको भेल बग्छ प्रेममाला जपौँ हामी । काट्न बाटो बाँकी रैछ बाधा बिघ्न खपौँ हामी । दुई दिने रङ्ग मञ्च छोडी जानुभन्दा अघि , सम्बन्धको कस्न गाँठो ईँटा केही थपौँ हामी । हृदयको कुनाकानी बत्ती बाली कपौँ हामी ।
💢प्रभा पोखरेल , अमेरिकाबाट । ……………………………………………………
पञ्चाङ्ग [२९]
तिमी छौ र त मेरो जिन्दगी चलेको पाउँछु । घरको चुलो आशै आसमा बलेको पाउँछु । माया भन्नलाई प्रणय दिवस चाहिन्छ र ? तिम्रो आत्मा त्यहा यहाँ मुटु जलेको पाउँछु । साथ नहुँदा सदैव आत्मा गलेको पाउँछु ।
💢कला ढकाल, झापा । ……………………………………………………
पञ्चाङ्ग [३०]
बन्धन पनि बलियो कसिदेउ तिमी। वचन गर्दै समिपै बसिदेउ तिमी। माया नि एकोहोरो भयो के गरुँ अब, लेख्न कापी कलम र मसिदेउ तिमी। मायाकै मसिले सधैँ घसीदेउ तिमी।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ………………………………………………
पञ्चाङ्ग [३१]
बेली चमेली झैँ मग्मगाउने माया दिऊँला भन्थेँ, त्यै मायाले चिरिएकाे घाइते मुटु सिऊँला भन्थेँ, साेचेजस्ताे रैन्छ जीवन मेची काली सुसाउँदै छ, बाध्यताले बीष घाेल्याे अमृत सरी पिऊँला भन्थेँ चकाेर झैँ हुनुपर्याे ,चखेवा बनी जीऊँला भन्थेँ ।
शार्दूलविक्रीडित छन्दमा ३ पञ्चाङ्ग [३२] १ भोको पेट छ लोकतन्त्र जगमा आएर के हुन्छ र नाङ्गा छन् तन यी बसी सडकमा गाएर के हुन्छ र भान्छामा नुन तेल छैन कसरी बाँच्ने छ चिन्ता ठुलो धान्नै मुस्किल जिन्दगी छ समता छाएर के हुन्छ र खान्छौ व्यर्थ तिमी झुटा सपथ ती खाएर के हुन्छ र २ चर्को यो महँगी भयो जहरझैँ ढाल्ने भयो जिन्दगी कस्ले देख्छ र दर्द यो गरिबको गाल्ने भयो जिन्दगी खाना गास कपास बेगर यहाँ बाँचेर के अर्थ भो पीडा दर्द अभावले हरघडी चाल्ने भयो जिन्दगी बाँकी जीवन आसका मलमले टाल्ने भयो जिन्दगी ३ हो यो उत्सव प्रेमको सुन भनी हाँसेर बस्छौ तिमी दिन्छौ पुष्प र साइनो खुब मिठो गाँसेर बस्छौ तिमी हाम्रा जीवन नर्कझैँ प्रणयको के अर्थ आयो गयो आफ्ना जे जति छन् कला सब मिली माँसेर बस्छौ तिमी नेपालीपनको झुटो कवच त्यो टाँसेर बस्छौ तिमी
एकैदिन् प्रणय दिवस मनाएर के गर्छौ। सुन्दर घर भताभुङ्ग बनाएर के गर्छौ। निस्वार्थ माया कहीँ पनि पाइदैन अहिले, नहुने ठाउँमा सम्बन्ध बनाएर के गर्छौ। मरुभुमिमा गइ पानी खनाएर के गर्छौ।
💢सन्जना शर्मा, लमही दाङ । ……………………………………………………
घञ्चाङ्ग [३४]
हिजो भन्दा आज झन लाग्छ प्यारो मान्छे। तिमी साथ हुदा माया जाग्छ प्यारो मान्छे । परिस्थिति जस्तो सुकै आए साथ साथै , निभाई नै सबै त्रास भाग्छ प्यारो मान्छे। सपनिमा नै तिमीले डाग्छ प्यारो मान्छे।
💢सीता शर्मा पन्थी, बिरगंज । ……………………………………………………
पञ्चाङ्ग [३५]
धेरै नै माया पाएको रहेछु जानूँ म कसरी । मुटुको धड्कन मानेछु एक छानुँ म कसरी । बाडुल्की लाग्छ,आभास हुन्छ सम्झेर पो हो कि त , यो दिलभित्र कोहि त छ मेरो मानुँ म कसरी । तिमिलाई भुली पराया वर तानुँ म कसरि।