• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४०

  • ७ बैशाख २०८०, बिहीबार ११:३४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४० [चालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/०६ गते  समय :- साँझ ८ बजे
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️विकास   निमित्त  संघर्ष   गर  तर्केर    हुँदैन [०१]
    ✍️संवादबाट  निकाल  निकास   झर्केर   हुदैन [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢बन्नेछ  याे  घर  स्वर्गकाे  पुरी  पसिना बगाए [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन [०४]
    ✍️एकता  गरौँ  माेति  यहाँ  लिन  चर्केर  हुँदैन [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    ✍️विकास   निमित्त  संघर्ष   गर  तर्केर    हुँदैन [०१]
    ✍️संवादबाट  निकाल  निकास   झर्केर   हुदैन [०२]
    💢बन्नेछ  याे  घर  स्वर्गकाे  पुरी  पसिना बगाए [०३]
    ✍️चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन [०४]
    ✍️एकता  गरौँ  माेति  यहाँ  लिन  चर्केर  हुँदैन [०५]

    ✍️भवानी घिमिरे,सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०१]
    [०१]
    विकास   निमित्त  संघर्ष   गर  तर्केर    हुँदैन ।
    संवादबाट  निकाल  निकास   झर्केर   हुदैन ।
    बन्नेछ  याे  घर  स्वर्गकाे  पुरी  पसिना बगाए ,
    चटक्क भुल्दैछौँ आमाको माया जर्केर हुँदैन ।
    एकता  गरौँ  माेति  यहाँ  लिन  चर्केर  हुँदैन ।
    [०२]
    लगायौ माया पगाली मन फर्केर आएनौ ।
    जवानी चाेखाे पिएर गयौ तर्केर आएनौ।
    विश्वास घात गरेर आज फसायौ मलाई ,
    आत्माको भूत देखेर आज थर्केर आएनौ ।
    युवामा हाेस गुमायौ सबै मर्केर आएनौ ।
    [०३]
    मानव भिड एक संस्कार तर्केर हुँदैन ।
    परेको यहाँ व्यहोर्नैपर्ने झर्केर हुँदैन ।
    नखाकाे बिष लागेको देख्छु जीवन धान्नमा
    सक्दिनँ भन्दा घिस्रिनु पर्ने थर्केर हुँदैन
    सहास गरे तरिन्छ नदि फर्केर हुँदैन ।

    ✍️भवानी घिमिरे,सर्लाही ।
    ……………………………………………………

    फञ्चाङ्ग   [०२]

    कति बाटो  कुरी बस्नु तर्केर जानेको।
    मूल ढोकासम्म आई फर्केर जानेको।
    आजसम्म विश्वासमा परियो त्यतिकै,
    छैन भर अब ऑखा कर्केर जानेको।
    सम्हालेर भन्दा पनि झर्केर जानैको।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………………

    पञ्चाङ्ग  [०३]
    [०१]
    मेरा  गल्ती   होला   कति फर्केर नहेर मलाई।
    कमजोरी   भएहोला    तर्केर     नहेर मलाई।
    ब्राह्मणको  प्राणी हुँ शुभकामना व्यक्त गर्दछु ,
    मायाले  बाँध्नेछु  सधैँ   झर्केर    नहेर मलाई।
    दिलमा  राखेर   अझै   कर्केर   नहेर  मलाई।
    [०२]
    सिमाना रक्षा गर्न  काँडे  तार लगाउनु पर्छ ।
    हल्लने  होइन  बलियो   बार लगाउनु पर्छ ।
    हेपेर नै सीमा मिच्ने सानो देश ठानेर होला,
    नेपाली   दशगजा सीमा पार लगाउनु पर्छ ।
    वैरी रहेछ   खुकुरीमा   धार  लगाउनु  पर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया  ।

    ……………………………………………………

    पन्चाङ्ग   [०४]

    तास पत्तीमा भोटे एक्का पेल्न थाले यहाँ ।
    कुसंस्कारी फोहोरी खेल खेल्न थाले यहाँ ।
    शिक्षाको दाइजोमा अबरोधका जाला यी ,
    उदाहरण  कमिलाले   झेल्न  थाले  यहाँ ।
    लठ्ठी छ्न  साहरा  यिनै  ठेल्न  थाले यहाँ।

    सम पञ्चाङ्ग  

    वसन्त ऋतु  अनौठो   भावले  फर्केर आयो।
    प्रभातका  सुनौला  किरण  ति चर्केर आयो।
    सौन्दर्य आस्था बाट  यिनै सुमधुर झल्किने,
    चुम्ने तिनै कालो केश  हातमा  लर्केर आयो।
    लजालु ती तिम्रो मधु मुस्कान  झर्केर आयो।

    बाताबरणमा   तिम्रो    प्रतीक  भर्केर  आयो।
    जिबन  मिठासका   अनुप्रास  मर्केर   आयो।
    प्रती  ध्वनी  भएछ  प्रेमको  त्यो    उपवनमा,
    ग्रीष्म ऋतुझै    पालुवामा  पानी दर्केर आयो।
    घुमाउरा   छ्न  पहाड   तिनै   तर्केर    आयो।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०५]

    याे अमुय   मानव  अवतार  प्रभु चरण छुने छ ।
    थाहा छैन फेरि  यहाँ   जन्म  नहुने कि हुने छ ।
    अवसर ठानेर यसलाई सत्यकाे  बाटाे राेजेको,
    नजाने   पनि  फरक पर्दैन  धेरै  किन  रूने छ ।
    आज प्रभुकाे कृपा  भए छ म मा यहि  गुने छ ।

    ✍️मिना देबकाेटा , सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग    [०६]

    नयाँ वर्षको नयाँ तस्बिर केरिएर आयो,
    अनगिन्ती उतार चढाव घेरिएर  आयो,
    अाउने छन् सुखका दिन  प्राप्त  हुनेछ शान्ति।
    अाशाका किरण मनभरि बेरिएर  आयो,
    उहि नामको पात्रो दिनाङ्क फेरिएर आयो।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [०७]

    मिचिँदैछन  दिनरात सिमाना काँडे तार लगाउनु पर्छ।
    कोहि नछिर्ने गरि वरिपरि बलियो बार लगाउनु पर्छ।
    कति सहने  हो अन्याय र अत्याचार जहिले सानू भएर,
    टेरदै नटेरेमा हतियारमा तिखो धार लगाउनु पर्छ ।
    सबै मिली आमाको संरक्षणमा सत्रु पार लगाउनु पर्छ।

    ✍️अम्बिका दाहाल, मोरङ्ग ।
    ……………………………………………

    पञ्चाङ्ग   [०८]

    एकादेशमा बसेर कही नमरेको दुई लाइन कोर्नु छ।
    साहित्यले चिनाएको उपाहारमा यिनै दुई हात जोर्नु छ।
    ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गुनगुनाई,
    तड्पिएको आफ्नै मन विभाजित टुक्रा टुक्रा पारेर फोर्नु छ।
    निथ्रुक्क हृदय झन् छट्पटाइ हारै हार खाएर मोर्नु छ।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ………………………………………………………

    पञ्चाङ्ग    [०९]

    नयाँ वर्षमा नयाँ जोस लर्केर आए हुन्थ्यो।
    नराम्रा छोडी राम्रा जति फर्केर आए हुन्थ्यो।
    समय र परिस्थिति संग लड्डडि गर्दै जीवन,
    विकृति र विसंगति देखि तर्केर आए हुन्थ्यो ।
    हरि ॐ भन्दै गङ्गाजल छर्केर आए हुन्थ्यो।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१०]

    पैसा कमाउन खाटबाट तल झर्नु पर्छ।
    काम खाेज्नलाई भने यताउता सर्नु पर्छ।
    धनसम्पत्ति जाेड्न हेर हुँदैन नि सजिलाे,
    काम ठुलाे वा सानाे जे पाए पनि गर्नु पर्छ।
    पैसा कमाउन त सातसमुद्र तर्नु पर्छ।

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    ……………………………………………………

    पञ्चाङ्ग   [११]

    बृद्धाश्रममा पुगेर  आँमा  बाबाको  मुहार हेर्छन् यहाँ ।
    जीवनभरिको  बदलमा  एकदिन   प्यार बेर्छन् यहाँ ।
    वाह रे ! सन्तान  मात्रृत्व प्रेमको ओपचारिकता मात्र,
    वर्षदिनमा एकदिन आफ्नो उनि सन्सार फेर्छन् यहाँ ।
    जन्माएर   हुर्काए   कुन नियत सन्तानले घेर्छन् यहाँ ।

    ✍️सुरेशकुमार पाण्डे, दाङ घोराही१८।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१२]
    [०१]
    आँसु झारेर गयौ ।
    माया मारेर गयौ ।
    कति निष्ठुरी मन,
    व्यर्थै  टारेर गयौ ।
    एक्लो पारेर गयौ ।
    [०२]
    तिमीले छाडेर जाँदा ।
    आफ्नो मानेर जाँदा ।
    मन  मेरो  रोई  रह्यो ,
    डाँडा   काटेर  जाँदा ।
    एकल   पारेर जाँदा ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    …………………………………

    पञ्चाङ्ग   [१३]

    फलाम पनि सुन बन्थ्यो डढाएर मात्रै हुने भए ।
    कोहि साना हुने थिएनन् बढाएर मात्रै हुने भए।
    म आफैं भित्र केही बन्छु भन्ने जागर  त हुनुपर्छ ,
    सप्पै विद्वान बन्ने थियो पढाएर मात्रै हुने भए।
    सप्पै तेन्जिङ बन्ने थियो चढाएर मात्रै हुने भए।

    ✍️पशपती राई,  खोटाङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१४]

    छन्द: मदकलनी ( २०।५०६८८० पिङ्गल)
    लक्षण: मदकलनी नजनमसा नलगाश्छिन्ना शराङ्गवाणाङ्गैः।
    गण:         न       ज     न       म     स      न      ल    गु
    सङ्केत : ।।।    ।ऽ।    ।।।    ऽऽऽ   ।।ऽ    ।।।     ।     ऽ
    वर्ण:२० , यति:           ५/५ अक्षरमा ।

    रचना: राजेन्द्रकुमार  बज्राचार्य

    नजर   गयो, रहर भयो, तिम्रो तन  नै मलम  भयो ।
    कहर   गयो, प्रहर भयो, तिम्रो  मन नै, मलम भयो ॥
    समय  कतै, फरक  भयो, कस्तो पलमै,उदित  हुँदा,
    जहर   गयो,  कहर गयो,तिम्रो धन नै मलम   भयो ।
    डगर   भई,शहर गयो, तिम्रो  जन नै,  मलम  भयो ॥१॥
    [०२]
    उदक पसी, प्रहर रही, भो स्नान  कतै, जलन अहो !
    सडक  हिँडी, डहर घुमी, भो शीतल  नै,चलन अहो !
    प्रणय   रह्यो, नजर   घुमे, भो ग्रीष्म अझै,वदन यहाँ,
    विजय भयो, हजम भयो, लौ पूर्व झनै, गलन अहो !
    सदर भयो, अजर  भयो, यो जीवनको, फलन अहो !!२॥
    [०३]
    प्रियतमको, मदन लिई, लाली मनको, विमल भयो ।
    झरझरको, सुखद लिई, गर्मीपनको, सिमल भयो ॥
    छ खुलदुली, मनमुटुमा, कस्तो मनको, जहर   जसै,
    अगल गयो, बगल गयो,साह्रै  तनको, भिमल भयो ।
    प्रियतमको, नवरसमा, बित्यो वय यो, छिमल भयो ॥३॥

    ✍️राजेन्द्रकुमार  बज्राचार्य, काठमाडौं ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१५]

    तिमी खुशी हुन्छौ भने नाच्न तयार छु।
    अतृप्त नयन  लिइ बाँच्न तयार छु।
    तिम्रो लागि त यो ज्यान बलिदान हो नि ,
    थोपा थोपा पानी भरी साँच्न तयार छु।
    काँडै काँडा बिच फूल भाँच्न तयार छु।

    ✍️धनमाया चौधरी, कैलाली ।
    ………………………………………………

    पन्चाङ्ग   [१६]

    सफलता पाउन दुःख नै गर्नुपर्छ।
    बसि काम पाइन्न  बाहिर चर्नुपर्छ।
    सानाे र ठुलाे छ त केबल हाम्रो सोच,
    खान  त्यसै पाइदैन  बीउ छर्नुपर्छ।
    घमण्ड  के काे यस्तो  सबले मर्नुपर्छ।

    ✍️मनिषा विष्ट कटुवाल, बिराटनगर ।
    …………………………………………………

    झ्याउरे लयमा पञ्चाङ्ग   [१७]

    मानिस किन सबैको सामु धनले प्यारो छ ।
    बुझेमा खास दिलको भाव मनले प्यारो छ ।
    विकास कार्य गरेर सारा सजाए दुनियाँ,
    गाउँ र घर समाज मेरो जनले प्यारो छ ।
    आखिर सौम्य संसार आफ्नो पनले प्यारो छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………………

    सम पञ्चाङ्ग   [१८]

    विश्वास   गर्न   सकिन्न  अब  तर्केर  जानेकाे ।
    नकारात्मक   रहेछ   भाव   झर्केर   जानेकाे ।
    मान्दछ  अर्ती    घर्तीले   पनि  उसले  मान्दैन,
    भन्केछ झिँगा अहम् काे गन्ध छर्केर जानेकाे ।
    अवश्यम्भावी  टुट्नेछ  दिल  धर्केर   जानेकाे ।

    ईश्वर  दायाँ  बन्नेछ  नित्य  फर्केर  हिँड्नेकाे ।
    जीवन तिम्रो उत्कृष्ट बनाेस् कर्केर हिँड्नेकाे ।
    नम्र छ  बाेली  दृष्टान्त  दिन्छाै सकल जनमा,
    समाज सारा प्राण  झैँ बनुन् जर्केर हिँड्नेकाे।
    सुक्खामा तन छहारी बनाेस् दर्केर हिँड्नेकाे।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१९]

    मायाले बोलायौ आश लाग्यो।
    भोकको पहिलो गाँस लाग्यो।
    दु:ख र कष्टमा साथ दिन्छौ,
    मन बिसाउँने बास लाग्यो।
    हजारौंमा एक खास लाग्यो।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२०]

    आफ्नो देशको सिमानामा खबरदार गर्नुपर्छ ।
    देशमा ति बैरी आएभने सिमादार गर्नुपर्छ ।
    देशको सिमा मिच्नेलाई कसैले नि छोड्ने होईन,
    यो देशको सिमा रक्षा गर्न बफादार गर्नुपर्छ।
    एकताको जमात हुँदै समझदार गर्नुपर्छ ।
    [०२]
    हिजोआज   प्रदुषणले  घामलाई  छेलेको  छ।  
    राजनीतिज्ञहरूले     जनतालाई   जेलेको छ ।
    जनता हामी जाग्नु पर्छ  चुप  लागी  बस्नु  हुन्न ,   
    कानुनी   कुराले  नचाहिने   नियम  पेलेको  छ ।
    हाम्रो देशको राजनीति बच्चा जस्तो खेलेको छ ।  
    [०३]
    मेरो यो चोखो माया तिमीलाई सुहाएन ।
    चुडायौ दिल बायाँ तिमीलाई सुहाएन ।
    अहङ्कार  गर्नेलाई आत्मामा बास छैन , 
    राखेको थिएँ दायाँ तिमीलाई सुहाएन ।
    मेरो सुन्दर छायाँ तिमीलाई सुहाएन ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२१]
                                       
    आफ्ना खुसिहरु थाती राख्दै अरुका पूरा गरिदिनु पर्छ।                          
    पीडालाई छोपेर खुसिले आफ्नो यो आङ भरिदिनु पर्छ।                               
    भन्न सबैलाई सजिलो छ तर पूरा गर्न कति कठिन ,                                      
    बसिरहेको ठाउँ अर्कोलाई खुसि पार्न सरिदिनु पर्छ।                                   
    विडम्बना धेरै जसोले यहाँ किन जिउदै मरिदिनु पर्छ।      

    ✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
    ……………………………………

    पञ्चाङ्ग   [२२]
    [०१]
    रिक्त यो मनलाई तिमीआई भरिदियौ।
    प्रेमको बिजलाई तिमीआई छरिदियौ ।
    दुवै मिली गरौं भन्थ्यौ पिरतिको यो खेती,
    अप्ठेरो यो मोडमा तिमीआई सरिदियौ ।
    यो मनको चाहना तिमीआई हरिदियौ ।
    [०२]
    नौ नौ महिना पेटमा राखी जन्म दियौ आमा।
    सारा दु:ख कष्ट तिमीले सहेकी थियौ आमा।
    मेलापात गरिकन हुर्काई बढाई गर्यौ,
    हाम्लाई दुध पिलाई आफू पानी पियौ आमा।
    हामीलाई सुख दिइ आफु पीडा लियौ आमा।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    धुवाॅ धुवां योज़िन्दगी बाॅच्न यहाँ गाह्रो भो।
    जताततै छ गन्दगी नाच्न यहाँ गाह्रो भो।
    कागजि फूलहरले वास्ना यहाँ छर्छ र,
    ऊर्जावान ज़िन्दगीलाई भाॅच्न यहाँ गाह्रो भो।
    रोगीको राष्ट्र हो हेर जाॅच्न यहाँ गाह्रो भो।

    ✍️निला घिमिरे , महोत्तरी ।
    …………………………………………………

    पञ्चाङ्ग   [२४]

    मुटुमै किला ठोकेर गयौ ।
    भन्नु  नभन्नु खोकेर गयौ ।
    चुपचाप हेरिरहेँ मैले,
    टन्न मदिरा धोकेर गयौ ।
    सन्तान सब बोकेर गयौ ।

    ✍️वसन्त अनुभव, घोराही दाङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [२५]

    आहा ! कति राम्रो गुलाफ फूल हेर।
    गर्न नपराेस् जीवनमा भुल हेर।
    जीवन अविरल बग्ने नदि जस्तै हाे,
    आँखा विजाउने बन्नु छैन धुल हेर।
    माया कति  सागर रुपी त्यो मुल हेर।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२६]

    राजनीति मा नयाँ नयाँ पाटा फेरियो ।
    नेताहरू हिड्ने धेरै बाटा फेरियो ।
    सबै सम्पत्तिको विवरणहरू हेर्दै ,
    आफ्नै देशलाई लागेको घाटा फेरियो ।
    सडक छेउको पेटिमा भाटा फेरियाे।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [२७]

    देश डुब्न लाग्यो बचाउन उठ युवा।
    हाम्रो मातृ शक्ति जगाउन उठ युवा।
    वैरीको छायासम्म पर्नु हुन्न माटोमा ,
    वीरताको पाठ  पढाउन उठ  युवा।
    रुँदा हाम्री आमा हँसाउँन उठ युवा।

    ✍️वीणा रोका, घोराही दाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२८]

    माया गर्ने टाढा भएपनि बाँचेकै छु ।
    पछिलाई तिमी गएपनि साँचेकै छु ।
    हिंसा बोध  हुनेकुरा भएन कहिले ,
    आशावादी सबै लएपनि नाँचेकै छु ।
    कुर्मलाई हेर्दै  सहेपनि  भाँचेको छु ।

    ✍️सहयात्री शोभा अर्याल , रुपन्देही बुटवल।
    ……………………………………………………

    पञ्चाङ्ग   [२९]

    मेरो   मनलाई  बुझेर  साट्नेको होला ।
    कुरा गलत भयो भनी काट्नेको होला ।
    दिलमा  बस्ने  एउटा  माया गर्ने आर्कै ,
    मेरो स्थितिलाई हेरेर  आँट्नेको होला ।
    धेरे मध्यमा मलाई नै  छाट्नेको होला ।

    ✍️कला ढकाल , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [३०]

    आर्थिक मन्दीले गतिशीलता पाओस् शुभकामना।
    दुखी गरिबहरुको अन्त्य भै जाओस् शुभकामना।
    दिनहुँ आत्महत्या गर्नेको संख्या बढ्दै आएको छ,
    अब आत्महत्या विरुद्ध अन्त्य छाओस् शुभकामना।
    सबैकाे मनमा सद्भाव प्रेम आओस् शुभकामना।

    ✍️सुशीला पौडेल ।
    …………………………………………………………

    पञ्चाङ्ग   [३१]

    पाखा बारी त खडेरीले खायो हेर।
    पाखामा पानीकै खडेरी लायो हेर।
    छैन रहेछ पहाडमा पनि पानी,
    सुख्खाले मौसम गाउँमा छायो हेर।
    कसैले पाएन कसैले पायो हेर।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [३२]

    जिन्दगी त चलिनै रहन्छ हार मान्न हुँदैन।
    हाँसाे,आँसुकाे सँगमनै हाे भार मान्न हुँदैन।
    राम्रो मात्रै कहाँ खाेजेर पाइन्छ र याे धर्तीमा,
    गाेडमेल गरे फल मिल्छ झार मान्न हुँदैन।
    सुख,दुख चल्छ खुकुरीकाे धार मान्न हुँदैन।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    पञ्चाङ्ग    [३३]

    मिठो सम्झना पठाएँ मनैबाट ऐले।
    सुम्पिने छु माया भेट्दा तनैबाट ऐलै।
    हामी टाढा भएर शङ्का नगरौँ  मित्र,
    निस्क्यौँ अब आरोपको वनैबाट ऐले।
    बाँचिन्छ जान्दा प्रेमको धनैबाट ऐले।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४०

    लघुकथा पदयात्रा; सामाजिक सञ्जालबाट समाजतिर

  • ६ बैशाख २०८०, बुधबार ०६:१४ मा प्रकाशित
  • चितवन, वैशाख २ गते
    चितवन-मकवानपुर स्रष्टा भेटघाट, पदयात्रा तथा रचना वाचन कार्यक्रम पूर्वि चितवनको राप्ती नगरपालिका वार्ड नम्बर-१०को राष्ट्रिय माध्यामिक विद्यालय, स्वामिटारमा अत्यन्त उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्च, चितवन तथा लघुकथा चौतारी, मकवानपुरको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा चितवनका ३ जना स्रष्टा, मकवानपुरका ५ जना स्रष्टा तथा भक्तपुरका १ जना अतिथि स्रष्टा गरी ९ जना स्रष्टाहरूले किरनटार, स्वामिटार र खहरेका करिब ५० जना स्थानीय साहित्यप्रेमी मनहरू माझ लघुकथा वाचन गरी सुनाउनु भएको थियो ।

    चितवनका ३ स्रष्टाहरूमा नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा'( रानपा-८ ) सदस्यहरू मीठु कुमारी पाठक ( रानपा-८) र प्रभा देवी पौडेल ( भरतपुर ) को सहभागीता थियो भने मकवानपुरबाट लघुकथा चौतारीका संयोजक किशन पौडेल( हेटौँडा ), सदस्यहरू समीर पाख्रिन( हेटौँडा ), तोयानाथ सुवेदी ( हेटौँडा ), विष्णु प्रसाद गौतम( हेटौँडा ) र श्याम प्रसाद श्रेष्ठ( हेटौँडा ) को सहभागीता रहेकोे थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’को सभापतित्वमा र अतिथि स्रष्टा मनीषकुमार शर्मा समित (भक्तपुर) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर-१० का वडाध्यक्ष तेज बहादुर तामाङ, चितवन- मकवानपुरका सम्पूर्ण स्रष्टाहरू, रा.मा.वि., स्वामिटारका प्रधानाध्यापक आशमान तामाङ ; रा.आ.वि., किरनटारका प्रधानाध्यापक ज्ञामु गिरी; रा.आ.वि., चारकिल्लाका प्रधानाध्यापक दशरथ तामाङ, रा.आ.वि., पोखरीका प्रधानाध्यापक सन्त बहादुर बि.क.; स्वास्थ्य चौकी, चौघराका इन्चार्ज कुमार सापकोटा लगायत स्वामिटार र खहरेका विभिन्न सामाजिक तथा बौद्धिक व्यक्तिहरूलाई विशिष्ट अतिथिको आसन ग्रहण गराइएको थियो ।

    कार्यक्रममा वडाध्यक्ष तामाङले नमस्ते आधुनिक लघुकथा मञ्चबाट प्रकाशित डा. विदुर चालिसे कृत लघुकथालय, लघुकथाकल्प, मञ्चका सम्पादकहरूद्वारा सम्पादन गरिएका लघुकथाको सुगन्ध ( विषय केन्द्रित विभिन्न संयुक्त लघुकथा सङ्ग्रहहरू : ‘बाल’, ‘बा’, शिक्षक विषयक तथा स्मारिका अङ्क-४ ) लघुकथा समाज, नेपालद्रारा प्रकाशित पूर्ण प्रसाद ब्राह्मणको कृति ‘झिल्का’ तथा विभिन्न स्रष्टाका विभिन्न लघुकथा कृतिहरू स्थानीय स्वामिटार र खहरेका विभिन्न माध्यामिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गर्नुभएको थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीको गृह परिसरमा ११ बजेसम्ममा भेला तथा भेटघाट भएका ९ जना स्रष्टाहरू बिहान ११:३० बजेतिर राष्ट्रिय माध्यामिक विद्यालयको परिसरमा पुगेका थिए । १२ बजे सुरु गर्ने भनिएको कार्यक्रम टाढाटाढाबाट पैदल यात्रा गरी आउन र सर्वसाधारण जुट्न समय लागेको कारण अपरान्ह १ बजेपछि मात्र सुरु भएको थियो भने अपरान्ह ४ बजेतिर समापन भएको थियो ।

    कार्यक्रम समापन पछि हिमालयन अर्गानिक चियाले सौजन्य गरेको उच्च पहाडी भेगको विशिष्ट र उत्कृष्ट गुणस्तरको चिनी नराखी पिउन सकिने प्राकृतिक रूपमा स्वादिष्ट कालो चिया र रा.न.पा.वडा-१० को तर्फबाट स्याउ, अङ्गुर, बिस्कुट खाजा वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन आधारभूत विद्यालय बजरहट्टीकी प्र.अ. तथा नमस्ते आधुनिक लघुकथा मञ्चकी सदस्य श्रीमती मीठू कुमारी पाठकले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथा पदयात्रा; सामाजिक सञ्जालबाट समाजतिर

    एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित !!

  • ३ बैशाख २०८०, आईतवार १३:२२ मा प्रकाशित
  • समर्पण रम्जान

    १४ अप्रिल २०२३ !
    गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो पाचौ अधिवेशन र दसौ बार्षिकोत्सब तथा श्रमिक अन्तक्रिया कार्यक्रम गत १४ अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ ।
    संस्थाका कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा २०२३-२०२५ कार्यकालका लागि आयोजित उक्त अधिबेशनबाट १४ जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा कृष्ण अधिकारी सहित, वरिष्ठ उपाध्यक्षमा खिलेन्द्र (काजी) कन्दङ्वा, उपाध्यक्षमा बिनोद खड्का, सचीवमा ध्रुब कटुवाल, सह-सचिबमा सिद्दीलाल श्रेष्ठ, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा वीर बहादुर तमाङ, युवा संयोजकमा बद्री (समीर) के. सी., सदस्यहरुमा रमन अर्याल, राज (मुकेस) पौडेल, बिक्रम रुम्बा, दिपक क्षेत्री, धन कुमार आचार्य र अलि हुसेन मियाँ निर्वाचित भएका छन् ।

    कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा सचिब ध्रुब कटुवाल तथा सह-सचिब सिद्दीलाल श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका प्रथम सचिब ऋषिराज आचार्य प्रमुख अतिथीमा, एनसिसीका अध्यक्ष डम्बर यादब,आइसिसीका मध्य पुर्व संयोजक राजेन्द्र (जोन) अर्याल, एनसिसीका सस्थापक संरक्षक राजु सैयद बिशिस्ट अतिथिमा, र एनसिसीका उपाध्यक्ष भक्त वीर राई, एनसिसीका कोषाध्यक्ष मनिष कोइराला, एनसिसीका निवर्तमान उपाध्यक्ष विशाल कुमार श्रेष्ठ , एनसिसीका सदस्य नेत्र न्यौपाने, गन्तव्य नेपालका अभियान्ता यादब घिमिर, जनप्रगतीसिल मन्चका सचिब सुमन दाहाल, साथै आरसिसी अल कासिमका सल्लाहकार परिषदका पदाधिकारीहरु लगायत मिडियाकर्मीहरु अतिथिमा रहेका थिए ।

    दुई चरणमा गरि समापन गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा आसन ग्रहण देखि राष्ट्रिय गान, कार्यक्रम उद्घाटन गर्नुको साथै २०२१-२०२३ कार्यकालको कार्य प्रगति प्रतिवेदन सचीव र सह-सचिब द्वयद्वारा अडियो भिडियोद्वारा र संस्थाका सह कोषाध्यक्ष वीर बहादुर तमाङद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको र सभापतिले पुरानो कार्यसमिती विघटन गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।

    एनसिसी कोषाध्यक्ष मनिष कोइराला द्वारा संचालित दोस्रो चरणको कार्यक्रम बन्द सत्र बाट सुरु भएको र निर्वाचन समितीका संयोजक भक्त वीर राइ द्वारा नयाँ उम्मेद्बारीहरुको नाम प्रस्तुत गर्दै यदि अरु कसैलाई उम्मेद्बारी दिन इच्छुक भए १ मिनेटको समय दिई दाबीविरोध भए सुझाउन गरिएको अनुरोधमा कोहि कसैको दावी विरोध नपरेकोले उम्मेद्बारी दिएका नामहरु नै निर्विरोध निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

    उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितीले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुको समस्या समाधान मा ठुलो योगदान दिन सफल भएकोले २०२१-२०२३ कार्यकालका समितीलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझ अगाडी बढ्न शुभकामना दिएका थिए।
    अन्त्यमा कार्यक्रम समापन गर्दै सभापति अधिकारीले सबै उपस्थित अतिथिहरुलाइ, सहयोगी मनहरुलाइ, पत्रकार मिडियाहरुलाइ, उपस्थित दाजुभाइहरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित !!

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ९९

  • २ बैशाख २०८०, शनिबार १८:३२ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    पर्व
    नयाँ वर्ष
    खुसी अनि हर्ष !

    • वसन्त अनुभव
      घोराही, दाङ

    [२]
    नौलो
    दशक आयो
    खुसियाली पनि छायो !

    • सुरेशकुमार पाण्डे

    [३]
    हर्ष
    नवीन वर्ष
    सुख शान्ति उत्कर्ष !

    • आर्त अकुलीन, कैलाली

    [४]
    वर्ष
    उमङ्ग हर्ष
    फेरिए गरेका सङ्घर्ष !

    • रिता खराल, रुपन्देही

    [५]
    आयो
    नयाँ वर्ष
    छायो खुसी हर्ष !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [६]
    स्पर्श
    नयाँ वर्ष
    अलिअलि मुस्कान हर्ष !

    • अम्बिका अधिकारी
      झापा, विर्तामोड

    [७]
    शुभकामना
    सबै नेपालीको
    नियमित औपचारिक भावना !

    • देवी पन्थी

    [८]
    आयो
    नयाँ वर्ष
    मनमा उमङ्ग हर्ष !

    • सरिता सेढाई, धादिङ

    [९]
    बहार
    उमङ्गके इन्तजार
    खुसियाली सबके मुहार !

    • सागर कुस्मी, कैलाली

    [१०]
    बिर्सेर
    मनाउनु कसरी
    आखिर नयाँ वर्ष !

    • मनोज राना, सल्यान

    [११]
    वर्ष
    नयाँ उमङ्ग
    छाएको छ हर्ष !

    • धनमाया चौधरी, कैलाली

    [१२]
    शुभकामना
    नव वर्षमा
    ऐश्वर्य आराेग्य प्रगति !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [१३]
    उदाएको
    नयाँ वर्ष
    अस्ताउँदा साँझ पर्ने !

    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी

    [१४]
    वर्षको
    खुशी हर्षको
    हार्दिक मङ्गलमय शुभकामना !

    • उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौ

    [१५]
    शुभकामना
    नयाँकाे स्वागत
    खुसीको अपूर्व वर्षात् !

    • भवानी घिमिरे, सर्लाही

    [१६]
    मनभरि
    उत्साह लिएर
    आउँदै नयाँ वर्ष !

    • रामचन्द्र भट्टराई

    [१७]
    उत्कर्ष
    आज हर्ष
    नुतन वर्ष सहर्ष!

    • जमुना कायस्थ, पोखरा

    [१८]
    हर्ष
    नव वर्ष
    आशा भरोसा उत्कर्ष !

    • विवश पारदर्शी, झापा

    [१९]
    शुरुआत
    नयाँ वर्षको
    उमङ्ग उत्साह जाँगर !

    • गुणनिधि घिमिरे, अमेरिका

    [२०]
    आएको
    नयाँ वर्ष
    बदलिँदो उमङ्ग हर्ष !

    • बेदु न्यौपाने, काठमाडौँ

    [२१]
    उपलब्धि
    सत्तरीकाे दशक
    टुक्का कविता फिँजियाे !

    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

    [२२]
    शुभकामना
    असीकाे दशक
    उदककाे विकास उत्कर्ष !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [२३]
    हाँसाैँ
    कर्मले बाँचाैँ
    मित्रताकाे माला गाँसाैँ !

    • निरज कोइराला

    [२४]
    उज्यालाे
    असीकाे दशक
    भ्रष्टचार विहिन शासक !

    • राेशन पराजुली, धरान

    [२५]
    शुरूवात
    नयाँ दशकको
    ल्याओस् समृद्धि उमङ्ग !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [२६]
    नववर्ष
    बढाउँदै हर्ष
    चुल्याओस् अझै उत्कर्ष !

    • वासु काफ्ले

    [२७]
    कामना
    नव वर्षको
    हार्दिक मङ्गलमय शुभकामना !

    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी

    [२८]
    शुभकामना
    नयाँ वर्ष
    थपोस् रङ्गिन हर्ष !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२९]
    हर्ष
    खुसीको चाहाना
    नयाँ वर्षको शुभकामना

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [३०]
    नववर्ष
    रहाेस् हर्ष
    छाइरहाेस् सधैँ उमङ्ग !

    • उर्मिला के.सी., धनकुटा

    [३१]
    शुभकामना
    नयाँ वर्षको
    शान्ति समृद्धि हर्षको !

    • मन्दिरा सेढाई, मलेखु, धादिङ

    [३२]
    नववर्ष
    सबैमा हर्ष
    चलोस समृद्धिको अस्त्र !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [३३]
    म
    मान्दैन हर्ष
    आफ्नै घटेछ वर्ष !

    • बि.के. विरही, टीकापुर

    [३४]
    गरौं
    दु:खको सामना
    नयाँ वर्षको शुभकामना !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [३५]
    सोच
    नवीन हाेस्
    उपहार यही बनोस् !

    • नन्दलाल आचार्य ‘अक्षान्त’
      सिद्धार्थटोल, उदयपुर

    [३६]
    शुभकामना
    उन्मुक्त भावना
    नयाँ वर्षमा सामना !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३७]
    सम्झना
    पुरानाे वर्षकाे
    शुभकामना नयाँ वर्षकाे !

    • नवराज भट्ट, कञ्चनपुर

    [३८]
    दिन
    गन्दा गन्दै
    आयो नयाँ वर्ष !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३९]
    नववर्ष
    सबै काममा
    मिलोस् धेरै सफलता !

    • प्रदिप नेपाली, पर्वत

    [४०]
    शुभकामना
    बितुन् दिनहरू
    अविरल अटुट भावना!

    • दुर्गा आचार्य, मोरङ

    [४१]
    चाहाना
    समृद्धिको कामना
    नयाँ वर्षको शुभकामना !

    • पशपती राई, खोटाङ

    [४२]
    नववर्ष
    विकृति पन्छाएर
    भरोस् सकारात्मक सोच !

    • मङ्गला उपाध्याय, बारा

    [४३]
    चाहना
    नूतन साधना
    फलदायी नतिजाको कामना !

    • म्यामराज राई, भोजपुर

    [४४]
    नववर्ष
    मनै फुरुङ्ग
    छाओस् सबैतिर उमङ्ग !

    • केन्द्रप्रकाश बराल, इलाम

    [४५]
    हृदयत:
    दिन्छु शुभकामना
    सुखी जीवनको चाहाना !

    • त्रिलोक रामदम

    [४६]
    श्रीवृद्धि
    नयाँ वर्षको
    स्वास्थ्य खुसी समृद्धि !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [४७]
    कामना
    शान्तिकाे चाहाना
    नव वर्षकाे शुभकामना !

    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदुरपश्चिम, अछाम

    [४८]
    नववर्ष
    आउने जाने
    मनका अभिलाषा रित्तिने !

    • कण्ठराज गिरी, टीकापुर

    [४९]
    सिर्जना
    बगेको भावना
    नवीन वर्षको शुभकामना !

    • भगवती दवाडी, झापा

    [५०]
    भावना
    मनको सपना
    फूलझैँ फुल्ने चाहाना !

    • कविता आचार्य, कैलाली

    [५१]
    शुभकामना
    नयाँ वर्ष
    दुई हजार असी !

    • दुर्गा अधिकारी भमरकोटे
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ९९

    साताको तीन लघुकथा

  • २ बैशाख २०८०, शनिबार १८:०० मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (२८ औँ) शृङ्खलाका लागि लघुकथाकार समीर पाख्रिनको ‘ढुक्क’, लघुकथाकार प्रभा देवी पौडेलको ‘मनोवृत्ति’ र लघुकथाकार गम बयम्बु मगरको ‘सुरक्षा’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : ढुक्क

    ✍️ समीर पाख्रिन
    भूकम्पको धक्का महसुस गरियो । मानिसहरू उहीँ पुरानै पारामा आतत्तिँदै कराउँदै हुरूहुरू घर बाहिर निस्किए । र, सडकमा जम्मा भए ।

    भीडबाट एकजना बोल्यो- “खै त खुलानन्द बा ? देखिएनन् त ? “
    सबैले भीडमा खोजे । उनलाई नदेखेपछि नाता पर्ने एकजना केटो खुलानन्दको नवनिर्मित तीन तले घरमा छिर्‍यो । र, सिँढी उक्लदै तीन तलामा पुग्यो । बुढा आफ्नो कोठामा सुस्ताइरहेका थिए ।

    “ए, हजुरबा ! तपाईं एक्लै के गर्दै हुनुहुन्छ ? भूकम्प गएको थाहापाउनु भएन ?” केटोले सोध्यो ।
    “ए हो, कहिले ? मैले त थाहै पाइन त ! आएर फर्की पनि सक्यो कि ? ” बुढाले ठट्यौँली पारामा सोधे ।

    “हिँडनोस् बाहिर फेरि पनि आउन सक्छ ।” केटोले पाखुरामा समातेर तान्दै भन्यो ।
    “हरे शिव ! त्यैँ भाग्न नपरोस् भनेर त यति बलियो घर बनाको । तँ जा बाबु मलाई आराम गर्न दे ।” खुलानन्द ढुक्क साथ विछ्यौँनामा पल्टिए ।
    ०००
    हेटौडा, मकवानपुर ।
    २०७९/ १२/ २६

    २)
    लघुकथा : मनोवृत्ति

    ✍️ प्रभादेवी पौडेल
    “एकछिन पख त बहिनी ! के गर्न लागेकी यस्तो ? छिटो तल झर।”
    “अहँ दिदी ! मलाई नारोक्नुहोस् । म बाँच्न चाहन्न ।”
    “त्यसो भनेर कहाँ हुन्छ र बहिनी, बरू के भयो भन ?”

    मन्दिर जान हिँडेकी मञ्जुले आत्महत्या गर्न रुखमा चढ्दैगरेकी चन्दालाई अकस्मात् रोकेपछि उनी तल झरेर छाती पिटीपिटी रुन लागिन् र भनिन्- “दिदी ! म अब कस्को आधारले बाँचौँ ?”
    “किन र बहिनी ! त्यस्तो के भयो तिमीलाई ?”
    “के भएन भन्नु न दिदी ! रातदिन जाँड खाएर हिँड्ने बेइलमी लोग्ने । भनेको नमान्ने तन्नेरी छोरो । एकबारको जिन्दगीमा कति सहनुँ ?”

    “आत्म हत्या गर्दैमा समस्या समाधान हुन्छ त लाटी ? नारी त पृथ्वी हो रे भन्छन् । आ-आफ्नो भागमा जे पर्छ त्यहीँ भोग्नुपर्छ ।” भन्दै मञ्जुले सम्झाएर चन्दालाई कोठामा लगिन् ।
    धेरै दिनको भोकले होला उनी निकै कमजोर देखिएकी थिइन्। मञ्जुले छिटो छिटो गरेर चिया पकाइन् र एक पुरिया बिस्कुटसँगै दिइन् । चिया पिउने क्रममा मञ्जुले भनिन्-,
    “बहिनी ! तिम्रो बुढाले त रक्सी मात्रै खाने रहेछन् । मेरो बुढाले त हातपात पनि गर्दथे । यी हेर, यो दाहिने हात चिर्पटले हानेर भाँचिदिएका । अझैपनि झरी बादलमा दुख्छ।”

    यो सुनेर चन्दाले आफ्नो बुढासँग तुलना गरी र अलिकति मुस्कुराई।
    “कुनैसँग लसपस छ कि छैन नी ?”
    “त्यो त छैन दिदी ।”
    “हाम्रोले त अर्कोसँग मिलेर मलाई घरबाट निकालेको हो । त्यसैले त म दस वर्षदेखि यो ठाउँमा बस्दैआएकी छु । अझ छोराले त उड्नेमा जहाज र गुड्नेमा बस बाहेक सबै खान्थ्यो । बिहे पनि आफूखुसी गरेर बाहिर बसेको थियो ।”
    यो सुनेपछि त झन् चन्दाको मुहारमा कान्ति छायो । उनले यहाँभन्दा बढी सुन्न चाहिनन् र बसेको ठाउँबाट जुरुक्क उठिन् र भनिन्,-
    “दिदी कुनै दिन धेरै अत्यार लागेछ भने हजुरलाई सम्झिएर आउँछु है ?”

    यी सबै कुरा सुनेकी पल्लो कोठाकी पार्वती आमा उनी जानेबित्तिकै आइन् र भनिन्,-
    “नानी तिम्रो त बिहे नै नभएको भन्या होइन र ?”
    “हुन त हो आमा ! तर अरूको उपकार हुन्छ भने कहिलेकाहीँ झुट पनि बोल्नुपर्छ भन्छन् । मलाई महाभारतले सिकाएको ।”
    भरतपुर ९ ,चितवन
    २०७९ / १२ / ३०

    ३)
    लघुकथा : सुरक्षा

    ✍️ गम बयम्बु मगर
    शुक्रबारको दिन । दिउँसोको एक बजेतिरको घटना हो । छोरोलाई लिन स्कुलतिर निस्कँदै थिएँ । घाम उखरमाउलो थियो । घरबाट दस मिनेट जति पाइला बढाउँदै गर्दा हान् हान्, पकड् पकड् भन्ने होहल्लाको आवाज कानमा ठोक्किन आइपुग्यो। टक्क रोकिएँ । के भएछ भेउ पाउनु थियो मलाई । पक्की सडक सुनसान थियो । अलमलमा परेँ ।

    अलिपर मान्छेहरूको भीड देखियो । टोलको एक घरबाट सुनको सिक्री र पैसा चोरेर भाग्दै गरेका चोरहरूलाई टोलबासीले घेरा हालेका थिए । चोरहरू खुकुरी नचाउँदै थिए भने पाँच छ जना टोलका युवाहरू हातमा रड, चिर्पट लिएर तयारी अवस्थामा थिए ।

    त्यही छेउको पक्की सडकबाट साईरन बजाउँदै प्रहरीको गाडी आयो । भीडमा जम्मा भएकाहरूले सोचे “ढुङ्गा खोज्दा देवता मिल्यो।” अघिपछि दुई दुई वटा भ्यान र बीचमा एउटा चिल्लो गाडी खुल्ला सडकमा आइरहेको थियोे । सायद प्रहरी भ्यानले सरकारका ठूलै मन्त्रीको सवारी सुरक्षा दिँदै थिए ।

    त्यो भीडबाट चार/पाँच जना मान्छे प्रहरी भ्यानतिर दौडिए । चोरलाई नियन्त्रणमा लिन प्रहरीलाई गुहारे । तर एक सयमा डायल गरी खबर गर्न सुझाएर सुरक्षाकर्मीको भ्यान गन्तव्यतिर हुँइकियो ।
    निस्दी गाउँपालिका-६ अर्चले, पाल्पा
    मिति-२०७९/१२/२९

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताको तीन लघुकथा

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग-३९

  • १ बैशाख २०८०, शुक्रबार ०६:१८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३९ [उनन्चालिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    नयाँ वर्ष २०८० सालको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण सहित्यकर्मी मा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै नयाँ वर्षको बारेमा आफ्नो भनाई पञ्चाङ्ग मार्फत सन्देश दिनहुन पनि अनुरोध गर्दछौँ ।

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/२८ गते  समय :- साँझ ८ बजे
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️फेरि  पनि फर्किएर  नयाँ  वर्ष आयो हेर [०१]
    ✍️आँगनीमा उमङ्गको  राग मिठो छायो हेर [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै[०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️कोइलीले गीत भित्री मन छुने   गायो हेर [०४]
    ✍️झरनाको धून उर्ली  प्रित गाढा लायो हेर [०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    पञ्चाङ्ग

    ✍️फेरि  पनि फर्किएर  नयाँ  वर्ष आयो हेर [०१]
    ✍️आँगनीमा उमङ्गको  राग मिठो छायो हेर [०२]
    💢रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै[०३]
    ✍️कोइलीले गीत भित्री मन छुने   गायो हेर [०४]
    ✍️झरनाको धून उर्ली  प्रित गाढा लायो हेर [०५]

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०१]

    फेरि  पनि  फर्किएर  नयाँ  वर्ष आयो हेर ।
    आँगनीमा उमङ्गको राग मिठो   छायो हेर ।
    रौसिएर  प्रकृतिले  भाका  फेरि  हेर्दा हेर्दै ,
    कोइलीले गीत भित्री मन छुने   गायो हेर ।
    झरनाको धून उर्ली  प्रित गाढा लायो हेर ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………………

    पञ्चाङ्ग   [०२]
    [०१]
    अन्धकार चिर्दै आयो फेरि बिहानी यो।
    सबै जना खुशी रहुन्  हेरी बिहानी यो।
    पूर्वबाट उदाउने उषा लाली जस्तै,
    मनैदेखि  भन्न पाउॅ मेरी बिहानी यो।
    उपयोग गरौॅ  केही  केरी बिहानी यो।
    [०२]
    व्यङ्गबाण हाने पनि पचाउॅछन् नेताले।
    भ्र्ष्टाचारीहरू स्वयम् बॅचाउछन्  नेताले।
    आखिरीमा जसै पनि सत्तामा जानु पर्यो,
    रूघा लाग्दा विदेशमा जॅचाउॅछन् नेताले।
    नाना भाॅती तानाबाना रचाॅउछन् नेताले।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    नव  वर्षको  उपलक्ष्यमा  काम  थाले    हुन्छ ।
    विभिन्न  नयाँ  सोँच  गर्छु  भनेर   पाले  हुन्छ ।
    दुई हजार असीमा सबैको आकाङ्क्षा पुगोस् ,
    अनैतिक  काम  सबै  मिलेर  नै  फाले   हुन्छ ।
    विकास  अनि  उन्नतिको  ज्योति बाले  हुन्छ ।

    त्रि पञ्चाङ्ग  [०१]
    ………………………

    नराम्रो कुरालाई   बार्न आऊ तिमी ।
    राम्रो बानीलाई नै सार्न आऊ तिमी ।
    मेरोलागी   आऊ   सम्झेर   फर्कदै,
    सदैव  वरिपरी    चार्न आऊ तिमी ।
    झगडा हैन  झाँको झार्न आऊ तिमी ।

    अमूल्य वस्तुलाई पार्न आघ तिमी ।
    जित मात्र होइन  हार्न आऊ तिमी ।
    जिन्दगीको हिसाब  मिलाउने गर्नू,
    दु:खद दिनलाई   टार्न आऊ तिमी ।
    विपरीत भएमा   दार्न आऊ तिमी ।

    दाउरा चिरे जस्तै  फार्न आऊ तिमी।
    हल  गोरु भएमा  नार्न  आऊ तिमी।
    हरेक  विपत्ति   तिमी   मिलाइिदनु,
    बढी बोल्नेलाई नै खार्न आऊ तिमी।
    विद्रोह गर्नेलाई    मार्न आऊ तिमी।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    घुम्दै दुई हजार असी साल आँगनमा आउँदै छ।
    बिहानी मिर्मीरेमा कोइलीले मीठो गीत गाउँदै छ।
    आउने नयाँ वर्षले सबैको घरघर  खुसी छावोस् ,
    नयाँवर्षले हामी सबैमा शुभकामना छाउँदै छ।
    वसन्त ऋतुसँगै नयाँवर्षले पालुवा लाउँदै छ।
    [०२]
    किन आज मेरो मुटुको धड्कन सुस्त चल्छ किन।
    मेरो शरीरका यी नशा फतक्क भइ गल्छ किन।
    शरीरमा पौष्टिक तत्वको कमी भएकोले गर्दा , 
    किन यो शरीर एक्कासी खोजी रहेछ ढल्न किन ।
    सम्झँदै मेरो तनमन खोजी रहेछ जल्न किन ।  

    त्रि पञ्चाङ्ग  [०२]
    …………………………

    ती कुरा काट्नेलाई खार्न आऊ । 
    विद्रोहीहरूलाई  मार्न  आऊ । 
    आइलाग्ने  विपत्ति  सुल्झाउने , 
    बारीमा  लगे गोरु  नार्न  आऊ ।
    सालको  मुढालाई फार्न आऊ। 

    सुनचाँदी चिट्ठामा पार्न आऊ ।        
    जितमात्र  होइन  हार्न आऊ। 
    सबैलाई   समान   भाव  गर्नू ।
    उदारो  माग्नेलाई टार्न आऊ ।
    गर्मीमा  फलफूल  दार्न  आऊ । 

    खेतको कुलोलाई बार्न आऊ ।  
    राम्रा बिरुवालाई सार्न आऊ । 
    कर्म   गर   मानव   जीवनमा । 
    तिमी सधैँभरि नै  चार्न आऊ ।
    शत्रु हरुको झाँको झार्न आऊ । 

    त्रि पञ्चाङ्ग   [०३]
    …………………………

    खोला तार्न जाऊ।
    गला खार्न जाऊ।
    अब  आफैं  बुझ ,
    माया मार्न  जाऊ।
    आफैं हार्न जाऊ।

    च्याँखे पार्न जाऊ।
    झाँको झार्न जाऊ।
    हरपल    मील ,
    गोठ  सार्न  जाऊ।
    हलो  नार्न  जाऊ।

    बारी  बार्न  जाऊ।
    आपत टार्न जाऊ।
    आफैं   कर्म   गर ,
    सधैँ  चार्न  जाऊ।
    रिस  दार्न  जाऊ।
        बेदु न्यौपाने
         काठमाडौ ❤️

    ✍️बेदु न्यौपाने , काठमाडौ ❤️ ।
    ………………………………………

    पञ्चाङ्ग    [०५]

    गुमेका सबै खुशी लिएर आऊ नयाँवर्ष।
    कोइलीको  भाका झिकी गीत गाऊ नयाँवर्ष।
    धेरै खेल्यौ खेल आफनैसँग, फुट्ने फुटाउने,
    दुखेको मनलाई मल्हम लाऊ नयाँवर्ष ।
    तितो बिर्सेर सफा दिलले धाऊ नयाँवर्ष ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………

    पञ्चाङ्ग   [०६}
    [०१]
    फेरिपनि उहीँ नयाँ साल आयाे,
    खै  कुन्नि कस्तो लिएर चाल आयाे,
    कति वसन्त गयाे  नि यसै गरी,
    हेराैँ पिडडितकाे कति माल आयाे,
    रङ्गिन या वेरङ्गकाे छाल आयाे।
    [०२]
    जस्तो आवोस् नयाँवर्ष  स्वागत गर्ने छु ।
    उमङ्ग, खुसीका कलमले कपी भर्ने छु।
    नयाँ साल राम्रो आवोस् राेग व्याध हटाेस्
    खुसी साट्दै  यहाँ, सबैसँग‌ दु :ख हर्ने छु।
    जस्तो आवोस् याे  साल नि हाँसेरै तर्ने छु।
    [०३]
    फेरि याे साल मिति फेरिएर आउँनेछ,
    दु :ख हटेर सुख घेरिएर  आउँनेछ,
    आशाहरू  हामी राम्राे कुराकाे नै राखिन्छ,
    खुसीका रङ्गहरू बेरिएर आउँनेछ।
    सम दृष्टिले एकै हेरिएर आउँनेछ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [०७]
    [०१]
    रोग कष्ट सबै हरोस् यो नयाँवर्षले।
    पिर व्यथा पार गरोस् यो नयाँवर्षले।
    छुट्टिएका जुटाईदेउ हे भगवान,
    शत्रुता बैरी  नपरोस्  यो नयाँवर्षले।
    उमङ्गको बर्षात्  भरोस्   यो नयाँवर्षले।
    [०२]
    मेरो प्रिय चोखो माया सार्न आई देउन ।
    भित्री मेरो अन्तर्मन चार्न आई देउन ।
    सुम्पिदिएँ तनमन तिम्रै नाउँमा मैले,
    तिम्रो चाह नभयमा मार्न आई देउन।
    वाचा तोडे मर्छु नुन बार्न आई देउन।

    ✍️सरिता सेढाई, धादिङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    दियो मजनुले   यिनै हात खालीका    कुरा के गर्नु।
    जिस्किदै हिँडने भेना छ्न्  सालीका   कुरा के गर्नु।
    स्मरण  भए   सपनामा    गुन्जिन्छ्न्   मनमा यिनै,
    यो चाडपर्वमा   बझाउने  झालीका   कुरा के गर्नु।
    प्रसिद्ध उस्तै त्यो बाग्लुङको कालिका कुरा के गर्नु।
    [०२]
    प्राकृतिक   श्रोत   साधन   दोहन    गर्दै  सारे  हुन्छ।
    आम   उपभोक्ता   जनताहरु  अब   यतै  मारे  हुन्छ।
    वैरभावको    अंहकार   यो   लोभी  मह  भ्रष्ट  माथि ,
    स्वाधिन्ता बिच धक्का लाग्यो यिनले बोली बारे हुन्छ।
    खेतबारीमा  खोजी   हलो  समाई  अब  नारे  हुन्छ।
    [०३]
    हात जोडी बिन्ती गर्ने सत्कर्ममा धायो चर्को लागेर ।
    फक्रिने यो जगतको  हरणमा  छायो झर्को  लागेर ।
    छ है  शुभकामना फेरि दुई  हजार  असी  सालको,
    सौभाग्यमा अटल  भै संजिवनी खायो अर्को लागेर ।
    हितकारी  बुद्धि विवेक  सधैँ  पलायो लर्को लागेर ।

    ✍️डिल्ली राज घिमिरे (मन मुटु), अर्घाखाँची ।
    ………………………………………………………………

    पञ्चाङ   [०९]

    दु:ख बिच मुस्कुराउन सक्नू जिन्दगी।
    महङ्गी,भोकमरिबिच तक्नु जिन्दगी।
    मर्दा लानु केही छैन भन्छन् भन्नेले त,
    भोको पेट नै प्राण धान्न सक्नु जिन्दगी।
    मनभरि पीडा बोकेर बक्नु जिन्दगी।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग    [१०]

    कर्मिहरु विछिप्त छन् रानु हरायाे।
    गरिबी निभाउँदा झन्  छानु हरायाे ।
    युवा खाडी  वारि झाडिी गाउँ उराठ,
    के खानु ती बाला बृद्धाले दानु हरायाे।
    बयान यानका यहाँ मुठी मानु हरायाे।

    ✍️मीना देवकोटा , सर्लाही ।
    ……………………………………………………

    पञ्चाङ्ग   [११)
    [०१]
    कति गरूँ मानाकाे कुरा ।
    धेरै भयो छानाको कुरा ।
    मूर्ति छ संस्कार आज , ब
    सुन्दैनन् याे सानाका कुरा ।
    भाेकाे पेट दानाका कुरा ।
    [०२]
    अरुको खुसीमा हरपल रमाउँन जाने आज ।
    विश्व भरका प्राणी एकै भन्ने मनमा ठाने आज ।
    बन्द हुन्थ्यो अदालत आधुनिक अस्त्र खानी यहाँ ,
    घर घरमा बुद्ध जन्मिन्थे साेच राम्रो छाने आज ।
    भ्रष्टाचारी हराउथ्याे नहुन्थे है घुस खाने आज ।
    [०३]
    निम्ताे हाे याे समयकाे साल फेरिदैन ।
    सक्दाे कुदे रातदिन काल फेरिदैन ।
    बेला गएकाे पत्तो छैन  नयाँबर्षमा
    बाल,युवा बृद्ध हुने चाल फेरिदैन ।
    केश सेता गाला सुके खाल फेरिदैन ।
    [०४]
    सुख पाउने आसले गर्दा दुःख झेलेका छन्  ।
    रुँदै हाँस्दै नित्य दिन आफ्नै खेल खेलेका छन् ।
    छाेराछाेरी इष्टमित्र देश मेरो भन्दै यहाँ ,
    संकुचित दायरा छ माया भन्दै जेलेका छन् ।
    शान्ति भाव हरायो अशान्तितिर ठेलेका छन् ।
    [०५]
    शुभकामना भन्दैछन् नयाँ बर्षमा ।
    बर्ष उमेर गन्दैछन् नयाँ बर्षमा ।
    समयकाे चक्रमा घुम्दा घुम्दै आज ,
    उन्नति मार्ग खन्दैछन् नयाँ बर्षमा ।
    कति मानव बन्दैछन् नयाँ बर्षमा।

    ✍️भवानी घिमिरे , सर्लाही ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    उनले लगाउँने मखमली चाेली राम्राे छ
    अरु त के कुरा गर्नु र झन् बाेली राम्राे छ
    घायल भएँ हजुर उनकाे रुप देखेर
    के भनूँ म उनकाे काेशेलीकाे झाेली राम्राे छ
    चन्चले त्याे हेर्ने नजरकाे त गाेली राम्राे छ

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१३]

    सबैले यहाँ आफ्नै नाफा हेर्ने रहेछन्
    पैसा पाउँदा नयाँ लुगा फेर्ने रहेछन्
    जसरी पैसा आउँछ खर्च पनि त्यस्तै
    मान्छेले पनि तिनलाई टेर्ने रहेछन्
    र गरीबलाई धनीले घेर्ने रहेछन्

    ✍️नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………………

    पञ्चाङ्ग   [१४]
    [०१]
    हर्ष उमङ्ग छाओस् नयाँवर्षमा।
    देशमा शान्ति आओस् नयाँवर्षमा।
    सु स्वास्थ्य र दीर्घायुको कामना छ,
    आर्थिक गति पाओस् नयाँवर्षमा।
    पीडा हटेर जाओस् नयाँवर्षमा।
    [०२]
    प्यास लाग्दा पिउने पानी बन्नु पर्छ प्रिय।
    सधैंभरि आँखाको नानी बन्नु पर्छ प्रिय।
    भन्नेले जे सुकै भनोस्  मतलब नगर्नू,
    मायामा रम्न सक्ने बानी बन्नु पर्छ प्रिय।
    क्षमा याचना गर्ने  दानी बन्नु पर्छ प्रिय।

    ✍️सुशीला पौडेल  ।
    ………………………………………………

    पञ्चाङ्ग   [१५]
    [०१]
    फूल बुट्टे नै चाेली राम्रो छ।
    मायालुकाे नै बाेली राम्रो छ।
    हेर्दा राम्रो देखिने खालको ,
    सिंगारिएकाे डाेली राम्रो छ।
    भरि भएको झाेली राम्रो छ।
    [०२]
    पुरानो साल नै अर्को फेरियाे नयाँवर्षले।
    सबैलाई सद्भाव गरियो नयाँवर्षले।
    खुशी भाइचाराकाे सम्बन्ध सबैमा जगाइ,
    मनमा धेरै उमङ्ग भरियाे नयाँवर्षले।
    भय दुःख कष्ट सबै हरियो नयाँवर्षले।
    [०३]
    उमंग र उत्साह जागाेस्२०८० सालमा ।
    चिन्ता पिरहरू नै भागाेस् २०८० सालमा।
    सबैकाे मनको इच्छा पूरा हाेस् नयाँवर्षमा,
    खुशीकाे वरदान मागाेस् २०८० सालमा।
    नयाँवर्ष कै साल लागाेस् २०८० सालमा ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [१६]

    चितामाथिको लास जलाऔ न छिटो।
    अङ्ग प्रत्यङ्ग सबै गलाऔ न छिटो ।
    जो प्रेत बनेर बौलाहाझैँ छन्  आज ,
    यस्ता नरपिशाचलाई चलाऔं न छिटो ।
    विजयको एकतालाई फलाऔ न छिटो ।

    ✍️रामचन्द्र पौडेल, महोत्तरी ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    घुमी घुमी दौडिएर नयाँवर्ष आयो फेरि।
    ढकमक्क बागभरि फूलैफूल छायो फेरि।
    ऋतुराज वसन्त आगमनले सजिएर अनि,
    वनस्पति  जताततै  हरियो  पलायो फेरि।
    कोदालो लिई किसान कर्ममा धायो फेरि ।

    ✍️भगवती दवाडी, दमक, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१८]

    वैरागीको  मन भुल्ने कसरी ।
    निष्पक्षको मन डुल्ने कसरी।
    औडाहाले  मन  भयो टुहुरो,
    निर्दयीको मन सुल्ने कसरी।
    कपटीको मन खुल्ने कसरी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१९]

    नव वर्ष  दुइहजार  असीको   सबैलाई शुभकामना।
    देश  विदेशमा रहनुभएका दाजु-भाई  शुभकामना।
    साहित्यकार लेखकहरूले देशको हित मै लेख्नुपर्छ,
    प्रगतिशील       रचनासँग  गीत नै गाई शुभकामना।
    अञ्जानहरूलाई समेत नवको नै हाइ शुभकामना।

    ✍️सुरेशकुमार पान्डे दाङ, घोराही १८।
    …………………………………………………

    पञ्चाङ्ग   [२०]

    देशको कुना कुना  घुमेर आऊ नयाँवर्ष।
    सबैको मन र मस्तिष्कमा छाऊ नयाँवर्ष।
    शुभकामना  छ दुई हजार असी सालको,
    जर्जर जमिन हराभरा बनाऊ नयाँवर्ष।
    कोइली लयमा मीठो गीत गाऊ नयाँवर्ष ।

    ✍️सरस्वती श्रेष्ठ,  इटहरी ।
    …………………………………………………

    पञ्चाङ्ग   [२१]

    नयाँवर्षको नयाँ तस्बिर केरिएर आयो,
    अनगिन्ती उतार चढाव घेरिएर  आयो,
    आउने छन् सुखका दिन  प्राप्त  हुने छ शान्ति।
    आशाका किरण मनभरि बेरिएर  आयो,
    उही नामको पात्रो दिनाङ्क फेरिएर आयो।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]
    [०१]
    वनभरि लाली गुराँस फुलेका छन् हेर ।
    फूल वरिपरी भँमरा  भुलेका छन्  हेर ।
    लालीले सृङ्गारिएर नव वधूझैँ देख्दा ,
    हाँगा हाँगामा चराहरू डुलेका छन् हेर,
    कोइलीको मधुर बोली खुलेका छन् हेर।
    [०२]
    नयाँ हर्ष नयाँ उमङ्ग लिएर आयो नयाँ वर्ष ।
    यहाँ भातृत्वको सन्देश दिएर आयो नयाँ वर्ष ।
    धनी गरिब छुट्टाउदैन कहिल्यै पनि यसले ,
    च्यातिएका ती लाल पूर्जा सिएर आयो नयाँ वर्ष ।
    झुपडीका आँसु आफैले पिएर आयो नयाँ वर्ष ।

    ✍️वीणा रोका, घोराही दाङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    हर्ष उमङ्ग छाओस् शुभकामना ।
    खुसीको दिन आओस् शुभकामना ।
    डालीमा आफैँ बोलेर कोइलीले,
    शान्तिको गीत गाओस् शुभकामना ।
    वसन्तसँग प्रेम लाओस् शुभकामना ‌।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    काठमाडौं विस्तारै प्रदेश लाग्न थाल्यो ।
    भ्रष्टाचारी देखेर इमानी भाग्न थाल्यो।
    जनताको रगत र  पसिना चुसेर ,
    मोटाएपछि,  काठमाडौं  त्याग्न थाल्यो ।
    पी आर पनि विदेशीसँग माग्न थाल्यो।

    ✍️देवी पन्थी, बिराटनगर ।
    …………………………………………………

    पञ्चाङ्ग   [२५]

    नयाँबर्षसँगै आऊ तिमी ।
    ज्ञान गुण गाठा गाऊ तिमी ।
    धनी गरिब भाव नराखी ,
    हर्ष सुख चारै छाऊ तिमी ।
    रिस राग त्यागी जाऊ तिमी

    ✍️धनमाया चौधरी ,  कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [२६]

    शुभकामना  भरिभरि  नयाँवर्ष   शुरु  चरणमा सबैलाई।
    जगाऊ आउँदो सालको यस हर्ष शुरु चरणमा सबैलाई ।
    नकारात्मक काम उर्जा ध्यान सारा हटाएर कुकृति धारणा ,
    दिँदैदिँदै  जाऊ खात खुशी उत्कर्ष शुरु चरणमा सबैलाई ।
    बनाई  राख सघन ध्यान निष्कर्ष  शुरु चरणमा सबैलाई ।

    ✍️जमुना आचार्य,  सिन्धुपाल्चोक ।
    ……………………………………………………………

    पञ्चाङ्ग    [२७]

    तिमीले मलाई  माया गरेनौ भने ।
    साँच्चै रिसाएर  दिल भरेनौ भने ।
    मेरो दिल टुक्रा टुक्रा हुनेछ राजा,
    मरेतुल्य हुन्छु  दु:ख  हरेनौ भने ।
    ग्लानी  हुनेछ  मतिर सरेनौ भने ।

    ✍️कल्पना भण्डारी , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२८]

    आयो नयाँवर्ष नयाँ योजना थाल्नु पर्छ।
    विगतका रिसराग वैमनस्यता फाल्नु पर्छ।
    जस्तो परिस्थिति आएपनि सकरात्मक सोचौँ,
    आजैबाट कम्मर कसरी चाल्नु पर्छ।
    कपटी जोडीले मनको मैलो छाड्नु पर्छ।

    ✍️कला ढकाल, झापा  ।
    ……………………………………………

    पञ्चाङ्ग    [२९]

    इन्द्रबज्रा छन्द ११ अ०
    ssl.ssl.lsl.ss ( ततज गु०गु०)

    घुम्दै  नयाँवर्ष  ल  हेर  आयो,।
    सम्पूर्ण  संघर्ष   थमेर  आयो।
    कल्याणकारी सुखशान्ति छर्दै,
    उत्त्साह  उत्त्कर्ष   रमेर   आयो।
    सौहाद्रता  हर्ष   जमेर  आयो ।

    ✍️बिबस पारदर्शी,  झापा ।
    ……………………………………

    पञ्चाङ्ग    [३०]
    ( नयाँ बर्षको शुभकामना)
                                            
    घुम्दै फिर्दै र थपिदै आउनु नयाँवर्ष तिमी।
    सुख शान्त्ति पनि खाेज्दै धाउनु नयाँवर्ष तिमी।
    दुईहजार असी सालकाे  शुभकामनासँगै,
    सधैँ हर्ष र उमङ्ग छाउनु  नयाँवर्ष तिमी।
    देश भक्तिको गीत नै गाउनु नयाँवर्ष तिमी।

    ✍️नानीबाबा अधिकारी, हालअस्ट्रेलिया ।
    ………………………………………………

    पञ्चाङ्ग    [३१]

    तिम्रो मनले किन होला आज सम्झिँदै छ।
    आउन  छिट्टै  यो  मुटुले  पनि  पर्खिँदै छ।
    बेला-बेला लाग्छ धड्कन रोकियो नै जस्तो ,
    मेरो  मनपनि  यादमा  धेरै  तड्पिँदै छ।
    तिम्रोलागि मात्र यादमा  मुटु चर्किँदै छ।

    ✍️दस्ता कौशिक, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग     [३२]

    सुख अनि शान्तिको गीत बनोस् नयाँ बर्ष ।
    शोषित पीडितको हित बनोस् नयाँ वर्ष ।
    विकासमा प्रत्येक जनको पहुँच पुग्दै,
    विधि र विधानको रित बनोस् नयाँ वर्ष ।
    हरेक नेपालीको जित बनोस् नयाँ वर्ष ।

    ✍️त्रिलोचन भण्डारी , मेचीनगर झापा ।
    …………………………………………………

    पञ्चाङ्ग   [३३]

    रुदै रुदै जन्मेको मान्छे खुशी मात्रै खोजी हिड्छ।
    आधालाई भर्न जान्दैन झुसी मात्रै खोजी हिड्छ।
    आफैंभित्रको  मगमगाउने  खुशी  छाडी  मान्छे ,
    बाहिर  गनाइरहेको  ढुसी  मात्रै  खोजी  हिड्छ।
    सोझोलाई हेर्दैन मान्छे छुसी मात्रै खोजी हिड्छ।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [३४]
     
    हर्ष उत्साह लिएर आउ नयाँ बर्षमा।
    घर आँगनमा खुसी छाउ नयाँ बर्षमा।
    आउदै गर्ने नयाँ बर्षको शुभकामना ,
    सङ्कट हरु हटाई पाउ नयाँ बर्षमा।
    सबैसंग मआत्मियता लाउ नयाँ  बर्ष।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ………………………………………

    पञ्चाङ्ग   [३५]

    सबैतिर खुसियालि लिएर आउँ ।
    गरिब दु:खीको आँसु पिएर आउँ।
    भोकै नाङ्गै पेटिमा सुत्न नपरोस,
    फाटेका तनका लुगा  सिएर आउँ।
    ज्ञ्यानको ज्योति सबेमा दिएर आउँ।

    ✍️सीता शर्मा  पन्थी,  बिरगंज ।
    …………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग-३९

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला भाग- ७९

  • २५ चैत्र २०७९, शनिबार २३:३१ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७९ औँ शृङ्खला यही चैत २५ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ३५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    तिमी मुसो म बिरालो, हुन्छ कसरी मेल ?
    शिकार बन्नु तिम्रो भाग्य, नियतिको खेल ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    तिमी ढाडे हामी मुसो, खेलाई खेलाई मार,
    जीत तिम्रो जहिल्यै पक्का, हाम्रो सदैव हार ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    मुसोले नै बिरालोलाई खेलाउॅंछ खेल,
    नपत्याए राजनीतिमा हेरौँ बाँचुञ्जेल।
    🌑 म्यामराज राई
    भोजपुर ।

    [३]
    दुध खाने ढाडे रहेछ मुसा खाने सुरी,
    देख्यौ आज बिरालोको हामिले चुरीफुरी।
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [४]
    सधैँभरि मुसाे बन्ला भन्ने साेचेका हाैला,
    बाघ बनेर गर्जन्छु तब बल्ल बुझौला।
    🌑धन कुमारी
    भरतपुर

    [५]
    नियतिलाई लात मार्दछौ शक्तिशाली बन्छौ,
    प्रलयको आँधी ल्याउन उठ जनता भन्छौ ।
    🌑बिबस पारदर्शी
    झापा,

    [६]
    कस्तो लोभी बिरालो परेछ,
    त्यो दूध खाँदा खादै मरेछ।
    🌑साँग्रीस मानन्धर मोती

    [७]
    ब्वाँसाहरू मान्छेका त अनुहार मात्रै परे,
    हातमा सत्ता परेपछि हेर अचाक्ली गरे ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [८]
    सुख र दुःख, कर्मको खेल,
    कहिले टाढा, कहिले मेल !
    🌑आर्त अकुलीन
    कैलाली

    [९]
    मुसाे मुसाे भ्यागुतो भाे, जीन्दगीकाे खेल,
    आस देखायाै ,धाेका दियाै आँसुकाे भेल ।
    🌑शम्भु ढकाल
    सूर्याेदय न पा १२ आठघरे,ईलाम

    [१०]
    नारा लाउँदै उफ्रनु जम्काभेटमा,
    माछो माछो भ्यागुतो भो खाली पेटमाब।
    🌑प्रदीप के रिमाल
    सुनसरी,कोशी प्रदेश।

    [११]
    धेरै धेरै घमण्ड नदेखाऊ जानुपर्छ कालमा ,
    जति घमण्ड गरेपनि एकदिन पर्छौ जालमा।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [१२]
    भिजेको मुसा नसम्झिनु जुर्मुराए त बाघ बन्छु,
    औकातमा आए संसारलाई खबरदार भन्छु।
    🌑सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [१३]
    पर्नुहुन्न कहिल्यै ढाडे बिरालोको खेलमा,
    जहिले पनि निम्छराेलाई नै हाल्छन् जेलमा।
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [१४]
    कुटनीतिको माखे साङ्लो नङ्ग्रा फिजाई तान्छु,
    खेलाई खेलाई मारी तिम्रो सारा मासु खान्छु ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा

    [१५]
    कति बस्नु दलाल र भ्रष्टाचारी पाली,
    आफ्नै भाग्य खोटो भनी दोष दिँदै खाली । ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [१६]
    यहाँ सुख सुविधा जति छन् आफूतिर सार्छौ,
    आफू बिरालो बनी जनता मुसो ठानी मार्छौ ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [१७]
    मुसो बनी छिर्ने र बाघ बनेर रमाउने बानी,
    स्वार्थ पुरा गरेपछि चिन्न छोडी गर्छौ आनाकानी ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    २०७९/१२/२५

    [१८]
    तिम्रो सामर्थ्य छउञ्जेल त हो तिमीले हामीलाई सताउने,
    हाम्रो दिन आएपछि गर्नेछौँ घाँटीमा घण्टी बाँधी बजाउने।
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१९]
    सिद्धान्तलाई थाती राखि हामी गठबन्धन गराैँला,
    मुसाे बिरालाेकाे खेल छाेडेर याे भाेकाे भुँडी भराैँला ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [२०]
    तिमी बाघ हौ म बाख्रो, सिकार खेल्न आऊ,
    हाम्रो सङ्ख्या देखाइदिन्छौँ, तिमी नडराऊ।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [२१]
    जापानमा त मुसो बिरालो नि मिलीजुली बस्छन्
    नेपालमा भने नेता सधैँ जनतालाई डस्छन् ।
    🌑गृष्मा पौड्याल
    टोक्यो जापान
    २०२३.४.८

    [२२]
    थाहा छ मुसो र बिरालोको हुन्न कहिल्यै मेल,
    बिरालोको शिकार नै मुसा हो कसरी भो झेल।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [२३]
    कुकुर र बिरालो झैँ गर्छन्, छिमेकीमा प्रायः झैझगडा।
    हेर्नु छ एकचोटी भिडे हुन्थ्यो, को रहेछ बेसी तगडा।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२४]
    सोझाले केही बोल्दैनन्, ठूलाको छ दम,
    तिमीले खान्छौ भने त झन् म किन कम ?
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [२५]
    सधैँ बिरालो, मुसाे झैँ गरेर नि यहाँ चल्छ,
    मान्छेजस्तो गर नत्र जनताको आगाे बल्छ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [२६]
    एक आपसमा भिन्न विचारले सामिप्यता कहाँ,
    जसरी पनि मेरै कुरा ठूलो एकता टाढा जहाँ ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२७]
    दु:खले च्यापेपछि जनताका सुख टाढा गए,
    मुसो बिरालोको खेल खेलाई आफू ठूला भए ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२८]
    मुसाे अनि बिरालाे हुन् है प्राकृतिक सत्रु,
    यस्तै मेलको खेल खेल्ने हाम्रा नेता पत्रु ।
    🌑प्रेमकला चापागाईं( सिटौला )
    मेचीनगर – १२ सहरेडागी झापा

    [२९]
    मुसो बिरालोको खेल पनि धेरै भयो यहाँ,
    जनता आहत बनिसके अब जानी कहाँ।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३०]
    हावा सधैँ एकै दिशातिर मात्र बहन्न ,
    तिमीले ठूलाे कुरा नगर अब सहन्न ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३१]
    नियतिको खेल हैन, हो यो तिम्रो नियतको खेल,
    हेक्का रहोस् धेरै दिन टिक्ने छैन अब जालझेल ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [३२]
    सिकारी पनि सिकारै हाे बुझ्न सके हुने,
    सिकार गर्न खुसी सिकार बन्दा चैँ रुँने ।
    🌑निरज कोइराला

    [३३]
    हरेक घरमा छन् अचेल ठूलाठूला कुकुर पालेका,
    हिजोआज मुसाले पनि छन् बिरालोलाई हेप्न थालेका ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ ।

    [३४]
    मुसो बिरालोको खेल कहिलेसम्म खेल्छौ ,
    सोझा जनतालाई भन, अब कति पेल्छौ ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३५]
    नेता नेताबीच हुन्छ कुकुर बिरालो जस्तो,
    जालझेल हामी सहनु पर्ने अभागी कस्तो।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला भाग- ७९

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ९८

  • २५ चैत्र २०७९, शनिबार २०:०७ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    संसार
    मोहको जाल
    हरपल साथमा काल !

    • वसन्त अनुभव, दाङ

    [२]
    अगाडि
    पहाड दुर्गम
    खेद्दै मृगले पछाडि !

    • कमला देवकोटा, पाल्पा

    [३]
    प्रकृति
    सारा विपत्ति
    अनेकौँ समस्या विकृति !

    • सागर कुस्मी, कैलाली

    [४]
    जन्जाल
    मानव जीवनमा
    सँगसँगै रहन्छ काल !

    • सरस्वती वली, बर्दिया

    [५]
    जीवन
    जिउन कठिन
    संकटमाथि झन् संकट !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [६]
    संसार
    देखिने विचित्र
    आपतमा असली चरित्र !

    • भवानी घिमिरे, सर्लाही

    [७]
    मृत्यु
    नजिक देखेर
    जीवनको मोह बढेको !

    • रमेश प्रभात, चितवन

    [८]
    मोह
    संसारको रीति
    कालले गर्दैछ बेथिति !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [९]
    जीवन
    सीमित सरल
    हरपल समस्या विकराल !

    • केन्द्रप्रकाश बराल, इलाम

    [१०]
    मानिस
    बुद्धिजीवी प्राणी
    को ठूलो जानिस !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [११]
    प्रकृति
    जीवनमा किन
    आखिर देखिँदै बिकृति !

    • बेदु न्यौपाने, काठमाडौँ

    [१२]
    भयङ्कर
    परेमा सङ्कट
    बचाऊ हे! शिवशङ्कर !
    घनश्याम पौडेल,पोखरा

    [१३]
    जिउन
    साह्रै कष्ट
    मान्छेको बुद्धि नष्ट!

    • योगेन्द्र भट्टराई, खोटाङ

    [१४]
    मान्छे
    मृत्युको घेरामा
    चिलको एकोहोरो हेराइ !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१५]
    अनुभूति
    आखिरी जीवन
    प्यारो मृत्युको काख !

    • आर्त अकुलीन, कैलाली

    [१६]
    संसार
    सम्झिँदा बेकार
    एक अर्काको आहार !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [१७]
    जीवन
    सङ्घर्षको यात्रा
    मोह जालको नियती !

    • त्रिलोक रामदाम, भैरहवा-८, रुपन्देही

    [१८]
    आपत
    चिलको आहारा
    खोज्दैछ मान्छे सहारा !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [१९]
    मानिस
    गिद्धको नजर
    बस्दै मृत्यु पर्खेर !

    • खेमराज पुरी, कैलाली

    [२०]
    संसार
    विचित्र प्रकृति
    अनौँठो जिउने तरिका !

    • प्रदिप नेपाली, बिहादी-५, उराम, पर्वत

    [२१]
    मनुष्य
    परेको धरापमा
    काल मडारिँदै आकाशमा !

    • धनमाया चौधरी, कैलाली

    [२२]
    बाज
    पर्ख एकछिन
    मर्छु अनि लुछ्नु !

    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी

    [२३]
    सदैव
    अगाडि माल
    पछाडि हुन्छ काल !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [२४]
    नियति
    बलवान् समय
    जताततै कालकाे मुख !

    • श्रद्धा आचार्य, पोखरा

    [२५]
    जीवन
    हरेक पल
    गोधूलि होस् बिहान !

    • म्यामराज राई, भोजपुर

    [२६]
    अवस्था
    दम्भको भण्डार
    तल न माथि !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२७]
    चित्र
    जीवन अगाडि
    काल अपत्यारिलो बिचित्र !

    • दुर्गा आचार्य, मोरङ

    [२८]
    काल
    छाड्दैन साथ
    घेर्छ मोह जाल !

    • समुन्द्रा शर्मा, सुनसरी

    [२९]
    नरभक्षी
    गिद्देदृष्टि धर्तिपुत्रमा
    वर्तमान परिस्थिको दर्पण !

    • कण्ठराज गिरी, हाल: काठमाण्डौ

    [३०]
    मानिस
    जाने भन्छस्
    खै के जानिस् !

    • पशपती राई, खोटाङ

    [३१]
    जिजीविषा
    आउँछन् चुनौति
    सङ्घर्षमै हुन्छ प्रगति !

    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी

    [३२]
    सङ्घर्ष
    जीवन मृत्यु
    मानव गिद्ध विमर्श !

    • जमुना कायस्थ, पोखरा

    [३३]
    जलमा
    तनाव मनमा
    परे मृत्युको भयमा !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [३४]
    परलोक
    विष्णुको आगमन
    पक्षीबाट मोक्ष प्राप्ति !

    • योगेन निरौला, दमक, झापा

    [३५]
    अन्धकार
    विषम परिस्थिति
    समयको सदा दाउपेच !

    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ९८

    साताका तीन लघुकथा

  • २४ चैत्र २०७९, शुक्रबार १२:२७ मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (२७ औँ) शृङ्खलाका लागि वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेको ‘लय’, लघुकथाकार किशन पौडेलको ‘निरुत्तर’ र लघुकथाकार विवेक दुलाल क्षेत्री ‘दमक’को ‘लालायित’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : लय

    ✍️डा. विदुर चालिसे
    “कति जल्छौ आरिसैले, अझै जल्दै गर ! म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर !”
    जति याे बाेलकाे गीत कानमा पर्थ्याे, अगाडि बढ्ने सङ्कल्प त्यति नै दृढ थियाे । त्यसैले सङ्कल्प घाेरिएर बस्थ्याे । उसकाे साथमा रहेका ध्वनिले निकालेका शब्दहरू झ्याउँकिरीकाे लय निकालेर पुन: साथमा कराउँथे। आरिसका साथ वेदना र पीडा उकुसमुकुस हुन्थे । सहन एक अभियान थियाे । भावुकताकाे लय र करूणाकाे भयमा मन बर्बराउँथ्याे ।

    “म त उसै झ्याउँकिरी, कराइरहने झ्याइँ झ्याइँ !” नजिकै रहेकाे अल्लारे गुनगुनाउन थाल्याे । उसलाई जीवनकाे वैराग्य थियाे । पुतली र झिँगाहरूकाे एक विशेषसभामा उसले पन्डित्याइँपूर्ण आराेपमा घाेषणाा गर्‍यो।
    “अब बाटाे बन्द गर ।”
    “के काे बाटाे ?”
    “त्यसकाे बाटाे ।”
    दर्शकहरू सबै वाल्ल परे । कसैले कुनै पनि कुरा बुझ्न सकेनन् । अल्लारेकाे गलामा माला थियाे । सायद प्लाष्टिककाे थियाे । प्लाष्टिककाे रङ्गिन मालाकाे अत्तरकाे सुगन्ध घट्दैगएकाे थियाे । नक्कली मालाकाे सुगन्ध उडेपछि पाेतिएका रङ्गले आँखा तिर्मिराएकाे थियाे । अत्तरकाे सुगन्धमा झुम्मिएका पुतली र झिँगाहरू बिस्तारै गलाबाट भाग्न थाले । अल्लारे चिच्याउन थाल्याे ।
    “अब बन्द गर, बन्द गर ।”
    उसकाे अत्तालिएकाे स्वर सुनेर सबैले मुख बन्द गरे । सङ्कल्प दृढविश्वासमा अगाडि बढिरह्याे । पुतली र झिँगाहरू नयाँ गीत गाउन थाले ।
    –“बन्द गर । अब तिम्राे मुख बन्द गर ।”
    अल्लारेलाई रिस उठ्नथाल्याे । उसले एक नयाँ सङ्गीतकाे धुनले फेरि लय भरेर लघुकथाकाे प्रवचन दिन थाल्याे ।
    “सिम्फाेनीमा तिम्राे माया । माया गर्दै गर !”

    २)
    लघुकथा : निरुत्तर

    ✍️किशन पौडेल
    “यो गरिबलाई केही सहयोग गर्नुस् ! पुरानो कपडा र केही खानेकुरा भए दिनुस् हजुर !”
    घरको बरन्डामा आएर एउटा मैलो बोरा बोकेको झुत्रो मान्छे ठिङ्ग उभियो । म हत्तपत्त मास्क लगाएर बाहिर निस्किएँ ।

    “हामी महामारीले मरिन्छ कि भन्ने डरले घरभित्र लुकेर बसेका छौँ । तिमी चाहिँ निस्फिक्री मास्क पनि नलगाई घुमिरहेछौ । तिमीलाई कोरोनादेखि डर लाग्दैन ?” म अलिक कडा स्वरमा म झोक्किएँ । मेरो त्रासदीपूर्ण कडा प्रश्नले ऊ झस्कियो ।

    “कस्तो कोरोना ! के हो कोरोना भनेको हजुर ?” उसको अनभिज्ञता देखेर म झन् अचम्मित भएँ ।

    “अहिले सारा विश्वमा महामारी फैलिरहेको छ । मान्छेहरू मरिरहेछन् । थाहा छैन तिमीलाई ?” मैले उसलाई कोरोना महामारीको बारेमा बुझाउने कोसिस गरेँ ।

    “खै हजुर ! पत्रपत्रिका पढ्न आउँदैन । हातमा मोबाइल छैन । त्यहीँ खोला किनारमा प्लास्टिकले बेरेको झोपडीमा जिन्दगी चलिरहेको छ । लालाबालाहरू छन्; भोकले कराई रहन्छन् । हामीलाई रोगसँग त्यति डर लाग्दैन । भोकले चाहिँ मरिन्छ कि भन्ने डर लाग्छ । केही खानेकुरा भए दिनुस् हजुर !”
    उसको दयनीय पूर्ण अनुनयले म निरुत्तर भएँ ।
    °°
    हेटौंडा-४
    २०७९ चैत २४

    ३)
    लघुकथा : लालायित

    ✍️ विवेक दुलाल क्षेत्री’दमक’
    “उनीहरू किन गैरहेका छन् जुनकीरी ?”
    “चोक्टा खान ।”

    “चोक्टा भनेको के हो नि, जुनकीरी ?”
    “चोक्टा मासुभन्दा मिठो खानेकुरा । अर्थात् स्वादिलो चिज । त्यो पाउन मान्छे लालायित हुन्छन् । झन् पाइसकेपछि कसैलाई गन्दैन ।”

    “त्यही भएर पो कर्मचारीहरू, राजनितिकर्मीहरू विद्यार्थीहरू, शिक्षकहरू, व्यापारीहरू, डाक्टरहरू, समाजसेवीहरू, स्रष्टाहरू, पत्रकारहरू त्यता लागेका रहेछ्न् है ?”

    “लागेका रहेछन् मात्र होइन लागे । सबैले नीति नियम पालना गर्नुपर्छ । अनुशासनमा बस्नुपर्छ पनि भनिन्छ । तर यिनीहरू नै तोड्छ्न अनि केही नगरे झैँ पन्छिन्छ्न् ।”

    “अमूर्त कुरा नगर्नु न, जुनकीरी ! खासमा के चाहिँ गर्छन् भन्न खोजेको ? मैले बुझिनँ ।”

    “ल सुन ! कर्मचारी तलबको सट्टामा घुसमा निर्भर हुन खोज्नु । विद्यार्थीले पढ्न छोडेर राजनीति गर्नु । शिक्षकले विद्यालयको सट्टा निजी बोर्डिङमा गएर पढाउनु । डाक्टरले बिरामीको रोगभन्दा कति लुट्न सकिन्छ, भन्नेमा ध्यान दिनु । व्यापारीले चामल, पिठो, तेल आदिमा मिसावट गर्नु । नेताले जनताको पीरभन्दा राजधानीमा घर बनाउन जोड गर्नु । समाजसेवीहरूले अनाथालयको नाममा केटाकेटीहरूलाई परोक्षमा यौन शोषण र बालमजदुरीमा खटाउनु । लेखकहरूले जिम्मेवार प्रतिपक्षको भुमिका बिर्सेर सत्ताले दिने पुरस्कारहरूमा र्‍याल काढ्नु । पत्रकारहरू हरदम शक्तिको भजन मन्डलीमा लाग्नु ।”

    “भनेपछि चोक्टाको लागि यत्रो जालो ? यसको अन्त्य नै हुँदैन त जुनकीरी ?”

    “हुन्छ, किन नहुनु नि । त्यसमा सम्पूर्ण निकायका मानिसहरूले आत्मशुद्धीमा ध्यान दिनुपर्छ । माटो र सर्वसाधारणमा आफूले गर्ने कर्मबाट बाधा नपरोस् भन्ने सोच्नुपर्छ । पीडितको मुद्दालाई सत्ताको या प्रतिपक्षको प्रभावमा नपरी पिडकलाई सजाय दिनुपर्छ । हरेक नागरिकको मन खराबी हटाउने कुरामा लालायित हुनुपर्छ ।”

    दमक बजार ,झापा
    हाल – अबुधाबी ,युएइ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दस उदकहरू

  • २४ चैत्र २०७९, शुक्रबार १२:१० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    सन्तान
    आशाको दीपक
    मनमा छाएको उज्यालो !

    २
    सुन्दर
    डालीको फूल
    कञ्चन मूलको पानी !

    ३
    जीवन
    भोगाइमा एक
    मानिसको दृष्टिकोण अनेक !

    ४
    बिहानी
    चराको चिरविर
    सुन्दर दिनको सङ्केत !

    ५
    काँडा
    बाहिरी स्वरूप
    वचन मनमनै बिझाउने !

    ६
    जिन्दगानी
    बगेको पानी
    सुखदुःखको लामो कहानी !

    ७
    समय
    चैतको हुरी
    बढाउने मनको दुरी !

    ८
    चैत्र
    हुरी बतास
    पिर व्यथाको समास !

    ९
    प्रकृति
    सुन्दर आकृति
    विश्व ब्रह्माण्डको सम्पत्ति !

    १०
    दम्भ
    विनासक तत्त्व
    विकृत प्रदुषित उपज !

    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दस उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P