• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

  • २७ माघ २०८२, सोमबार १४:२१ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाइ (फेरि भेटौला) कार्यक्रम गरियो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुबाट यस चिकित्सालयमा सरुवा भई आउनुभएका कविराज निरीक्षक वसन्त रावतलाई स्वागत तथा लामो समय यस चिकित्सालयको पञ्चकर्म विभागमा काम गरी हाल कोशी प्रदेश, भोजपुरमा नयाँ नियुक्ति भई जानलाग्नुभएका कविराज राजन चौधरीको विदाइ, अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगी र चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले संयुक्त रूपमा टीका, माला तथा दोसल्ला ओढाएर गर्नुभएको थियोे । साथै उक्त अवसरमा राजन चौधरीलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियोे ।

    अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव स्वागत तथा विदाइ मन्तव्य दिनुभएको थियोे । विदाइ हुँदै गर्नुभएका राजन चौधरीले पनि चिकित्सालयमा काम गर्दै गर्दा आफूले अनुभूत गरेको राख्नुभएको थियोे ।

    कार्यक्रमको सञ्चालन चिकित्सालयका वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी बसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजTagged वसन्त अनुभव

    व्यङ्ग्यात्मक झिल्का कविता: मतदान

  • २६ माघ २०८२, आईतवार २३:२२ मा प्रकाशित

  • १)
    बाँड्छन् राति नोट
    देखाउँछन् अनेक सपना
    चाहियो मात्रै भोट ।
    ​२)
    रक्सी र मासु
    मिल्छ चुनावको बेला
    नेता बन्छन् आँसु ।
    ​३)
    आफ्नो मत दिएर
    पछि अन्धो भई
    उल्टी हुन्छ पिएर ।
    ​४)
    बन्छन् साह्रै सोझा
    नजितेसम्म त नेताले
    बोकाउँछन् पछि बोझा ।
    ​५)
    आयो फेरि मेला
    झुटा आश्वासन सुन्ने
    चुनावी यो बेला ।
    ​६)
    गर्छन् ठूला कुरा
    भ्रष्ट ती अनुहार
    भाषण मात्रै पूरा ।
    ​७)
    चिल्ला गाडी कुद्ने
    धुलो उडाउँदै गाउँमा
    सोझा जनता गुद्ने ।
    ​८)
    हाम्रो होइन राम्रो
    नखोजौँ अब विकल्प
    परिवर्तन हो हाम्रो ।
    ​९)
    पाँच वर्ष रुने
    एक दिन बिकेर
    देशै सिध्याउने हुने ।
    ​१०)
    सयको नोटमा बिक्ने
    सचेत नभए नागरिक
    हार मात्रै सिक्ने ।
    ​११)
    झुसिलकिरा ती नेता
    चुनावमा पुतली बन्छन्
    खान्छन् हाम्रै जेथा ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    रास्वपा प्रवास संगठन साउदी अरबको दोस्रो अधिवेशन सम्पन्न, सभापतिमा भुपाल भण्डारी चयन

  • २६ माघ २०८२, आईतवार ०१:५२ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ

    साउदी अरब

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास संगठन “‘प्रवास नेपाली सम्पर्क विभाग” साउदी अरबको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । साउदीमा कार्यरत रास्वपाका नेता भुपाल भण्डारीको सभापतित्वमा २०२६–२०२८ कार्यकालका लागि 15 सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

    संस्थाका का.बा. सचिब घनश्याम खत्रीद्वारा संचालित उक्त कार्यक्रम निवर्तमान का.बा. सभापति प्रेम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा साउदी अरबस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेती, अतिथिहरुमा समाजसेवी यम तमु, पत्रकार महासंघ साउदीका अध्यक्ष विष्णु घिमिरे, पत्रकार लालबहादुर श्रीपाली तथा पत्रकार लोकेन्द्र खड्का, रियाद क्षेत्रीय समितीका सभापति मनिष लामा रहेका थिए।

    रास्वपाको चुनाव चिन्ह घन्टि बजाएर उद्घाटन गरिएको कार्यक्रममा अधिकांस रास्वपा प्रेमि दाजुभाई दिदिबहीनीहरुको बाक्लो उपस्थिति रहेको थियो । निर्वाचन प्रक्रिया निर्वाचन समिति प्रमुख उमेश भट्टज्यूको नेतृत्वमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक ढङ्गले सम्पन्न गरिएको थियो ।

    उक्त अधिबेशनद्वारा नव निर्वाचित सभापति भण्डारीद्वारा आफ्नो कार्यकालमा प्रवासमा रहेका नेपालीहरूको समस्या न्यूनीकरणका लागि व्यापक, व्यवहारिक गरिने महत्वपूर्ण चरणबद्ध ६ बुँदे कार्ययोजना, बाचाहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालभित्रमा पूरा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

    नवनियुक्त सभापति भुपाल भण्डारीको ६ बुँदे कार्ययोजनाहरु

    १. कानुनी सहायता र श्रमिक अधिकार संरक्षण
    प्रमुख शहरहरूमा कानुनी सहायता संयन्त्र स्थापना गर्ने, श्रम विवाद परेका कामदारलाई दूतावास र सम्बन्धित निकायसँग समन्वय गरी सहयोग उपलब्ध गराउने, श्रम सम्झौता, भिसा प्रक्रिया र रोजगारदाता परिवर्तनसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना ।

    २. सूचना प्रवाह र डिजिटल प्लेटफर्म विस्तार
    प्रवासी नेपालीहरूका लागि एकीकृत डिजिटल प्लेटफर्म विकास गरी श्रमिक अधिकार, दूतावास सेवा, आपतकालीन सम्पर्क नम्बर, कानुनी प्रक्रिया, बीमा र स्वास्थ्य सेवासम्बन्धी जानकारी उपलब्ध गराइनेछ। अनलाइन उजुरी प्रणालीमार्फत समस्याको छिटो समाधान खोजिने।

    ३. सामाजिक सुरक्षा र आपतकालीन सहयोग
    आपतकालीन सहयोग कोष स्थापना गर्ने, मृतक श्रमिकको शव स्वदेश फर्काउन तथा परिवारलाई सहयोग पुर्‍याउने संयन्त्र बनाउने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने योजना बनाईने।

    ४. मानसिक स्वास्थ्य र सामाजिक एकता
    नियमित सामाजिक भेटघाट, सांस्कृतिक कार्यक्रम र सामुदायिक संवाद सञ्चालन गर्ने, मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने, तथा युवाहरू, महिला श्रमिक र कमजोर वर्गका लागि विशेष कार्यक्रम ल्याइनेछ।

    ५. सीप विकास र पुनःस्थापनाको योजना
    प्रवासी नेपालीहरूको सीप अभिलेख तयार गर्ने, व्यवसायिक तालिम, उद्यमशीलता विकास कार्यक्रम र लगानी जानकारीसँग जोड्ने, तथा सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी पुनःस्थापनाका अवसर सिर्जना गर्ने ।

    ६. संगठन सुदृढीकरण र पारदर्शिता
    नियमित बैठक, सार्वजनिक प्रतिवेदन, लेखा परीक्षण, डिजिटल सदस्यता प्रणाली, तथा नीति निर्माण प्रक्रियामा प्रवासी नेपालीहरूको सुझाव समावेश गर्दै संगठनलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने ।

    यी मुख्य बाचाहरु बाहेक समय समयमा भैपरी आउने अन्य श्रमीक समस्याहरुमा सदैव कटिबद्द रहेर निस्वार्थ भावनाले सहयोग गर्ने पनि सभापति भण्डारीले बताए ।

    कार्यक्रममा अहिलेसम्म पार्टिको उथ्थान तथा पार्टि बिस्तारमा योगदान दिने सबैलाई सम्मान स्वरुप खादा, दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो

    कार्य समितिमा

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीमा कार्यरत तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

  • २६ माघ २०८२, आईतवार ००:५५ मा प्रकाशित
  • साउदी अरब । सिन्धुली घऱ भई बिगत लामो समयदेखि साउदी अरबको जेद्दामा कार्यरत लोकगायक तथा सर्जक तेज सिलवालले आफ्नो क्षेत्रका प्रतिनीधि सभा सदस्का उमेद्वार समर्पित नयाँ चुनावी गीत ‘आशिष गजुरेल जिताऔँ यसपालि’ बोलको गित सार्वजनिक गरेका छन्।

    जनजी आऩ्दोलनपछिको अन्तरिम सरकारले तय गरेको फागुन 21 को चुनाब नजिकिँदै गर्दा, देशमा चुनावी माहोल तातिरहेको सन्दर्भमा तयार गरिएको यो गीत सिन्धुली क्षेत्र नम्बर २ बाट घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तर्फबाट उम्मेदवार बनेका यातायात विज्ञ आशिष गजुरेललाई लक्षित गरिएको छ।

    गीतमा “महान युवा नेता आशिष गजुरेल जिताऔँ यसपालि” भन्ने सन्देश प्रस्तुत गरिएको छ। सर्जक तेज सिलवालको शब्द सिर्जनामा तयार भएको गीतमा सिन्धुलीकी चेली कविता कुमारी श्रेष्ठ र ओमप्रसाद प्रसाईंको स्वर रहेको छ। गीत निर्माणमा गायिका मिना बेलबासेले विशेष सहयोग गर्दै मुख्य भूमिका निर्वाह गर्नुभएको छ।

    उक्त गीत TejSilwal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो देखिएको छ। उम्मेदवार आशिष गजुरेल यातायात व्यवस्थापन विज्ञका रूपमा परिचित छन्। उनी सवारी साधनमैत्री मात्र होइन, मानवमैत्री सडक र सुरक्षित यातायात प्रणालीको अवधारणामा जोड दिन्छन्। “सडक बनाउँदा पैदलयात्री र साइकल प्रयोगकर्तालाई बेवास्ता गरिन्छ,” गजुरेल भन्छन्, “मानवमैत्री पूर्वाधारले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न सक्छ।” जर्मनीबाट उच्च शिक्षा हासिल गरेका इन्जिनियर गजुरेलको नेतृत्वमा चोभार परियोजना सम्पन्न भइसकेको छ भने अन्य थुप्रै विकास योजनाहरू अघि बढिरहेका छन्। गोबिन्द ओलीको लय रहेको उक्त गीत सार्वजनिक भएसँगै मतदाता माझ सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिएको छ। गीतले आगामी चुनावी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

    पुरा गित यसमा हेर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीमा कार्यरत जित गैरे क्यान्सरद्वारा पिडित, उपचारका लागि सहयोगको अपिल

  • २५ माघ २०८२, शनिबार २३:५४ मा प्रकाशित
  • साउदी अरब— साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा कार्यरत रहँदै आएका पाल्पा जिल्लाका जित बहादुर नेपाली (गैरे) गम्भीर प्रकृतिको क्यान्सर रोगद्वारा पिडित भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । जीवन–मृत्युको संघर्ष गरिरहेका ४३ बर्षिय गैरे आर्थिक अभावकै बीच उपचाररत छन्।

    पाल्पा जिल्लाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी ठेगाना भएका गैरेले साउदी अरबमा श्रम गरी परिवारको भविष्य सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। तर स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदीमै गरेपनि रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव हुने नदेखिएकोले उनलाई नेपाल ल्याइएर उपचार गरिरहेको परिवारले जनाएको छ।

    नेपालकै उत्कृष्ट चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निरन्तर उपचार गराईरहेका गैरेको उपचार प्रक्रिया लामो र अत्यन्तै खर्चिलो रहेको उपचार गर्ने चिकित्सकहरुले बताएका छन् । गैरेको आर्थिक अवस्था कमजोरका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेकोले स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु उपचारकोलागि सहयोग गर्न परिवारले अपिल गरेको छ।

    श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै “सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” परिवारजनले बताएका छन्।

    जित गैरेको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले साउदी अरबमा रहनु भएका नम्न समाजसेवी सँग सम्पर्क गरि सहयोग गर्न सक्नेछन्।

    आर्थिक संकलन संयोजक:
    श्री बीरेन्द्र कुमार चौधरी : 054-054-7829
    श्री पदम महत : 055-700-3824

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    रहेनन् राते काइँला

  • २५ माघ २०८२, शनिबार ११:०८ मा प्रकाशित
  • नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।

    शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।

    नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ ।
    दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    अहिले नगरे कहिले- झिल्का कविता

  • २५ माघ २०८२, शनिबार ०८:१६ मा प्रकाशित
  • चुनाव विषयक १० झिल्का कविताहरू

    १)
    लिएर प्रलोभन धेर
    आउँछन् सचेत बनौँ
    ब्वाँसो गाई बनेर !
    २)
    भन्ने होइन हाम्रो
    खराब भ्रष्ट नेतालाई
    बिदाइ गरेकै राम्रो ।
    ३)
    अहिले बिक्दा मासुभातमा
    पर्नेछ पछि पछुताउनु
    सराप्दै बसेर दिनरातमा ।
    ४)
    सोची, विचारी जानी
    भिजन हेरेर मात्र
    गरौँ मतको लगानी ।
    ५)
    लगाइदिँदा भ्रष्टलाई माला
    अन्धकार देशको भविष्य
    जनतालाई आँसुको प्याला ।
    ६)
    अहिले जोड्दैछन् हात
    चिन्दैनन् तिनैले पछि
    छातीमै हान्नेछन् लात ।
    ७)
    छोडेर झोलेश्वरको भक्ति
    बेला आयो देखाउने
    जनता जनार्दनको शक्ति ।
    ८)
    खराब ठाउँबाट उध्रिनुपर्छ
    सुधार्न खातिर नेता
    पहिले जनता सुध्रिनुपर्छ ।
    ९)
    विवेकले मत हानेर
    देशको भविष्य कोरौँ
    सही नेतृत्व छानेर ।
    १०)
    अहिले नगरे कहिले
    मतको सही सदुपयोग
    सराप्दै बस्ने जहिले ?
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, वसन्त अनुभव

    झिल्का कविता

  • २४ माघ २०८२, शुक्रबार २१:५९ मा प्रकाशित
  • झिल्का कविता
    १)
    विकासको नौलो योजना
    खोजमूलक कार्य थालौँ
    कृषि उत्पादनको सपना ।
    २)
    पेसाको लागि राजनीति
    नगरौँ सहमति कसैले
    संस्कारमा बन्दैछ बेथिति ।
    ३)
    हरियो वन जोगाए
    निरोगी हुन्छौँ हामी
    खुसहाल दिन उदाए ।
    ४)
    देश जलाउनेहरू दलाल
    विदेशी थिए बुझौँ
    पछि हुनसक्छ मलाल ।
    ५)
    नेपाली वीरहरूका सन्तान
    बन्नुहुंँदैन विदेशीको गोटी
    जोगिँदैन आफ्नो स्वाभिमान ।
    ६)
    अखण्ड देशका लागि
    भ्रष्टाचार निर्मूल पारौँ
    कोही नबनौँ दागी ।
    ७)
    आत्मनिर्भर बनाउन योगदान
    हुन्छ कर्तव्य नागरिकको
    जोगाउन आफ्नै स्वाभिमान ।
    ८)
    भन्छौ विकास बराबर
    गर्छौ झारफुक देशमा
    छाड कुरीतिको सफर ।
    ९)
    विज्ञानले पुग्यो संसार
    आकास पाताल खगाल्यो
    छाड्न सकेनौँ कुसंस्कार ।
    १०)
    राजनीतिमा भई इमान्दार
    गरौँ स्वच्छ राजनीति
    सकिन्छ देशबाट भ्रष्टाचार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार २१:३३ मा प्रकाशित
  • झिल्का कविता
    १)
    जाेगाउन लागाैँ देश
    बचाएर राख्नुपर्छ स्वाभिमान
    लुटिनु हुँदैन भेष ।
    २)
    घुस्याहा सबैलाई निर्मुल
    गराैँ मिलीजुली हामीले
    नदाेहाेरियाेेस् अब भूल ।
    ३)
    सजाई देशको आँगन
    बढारेर फाेहाेर सबै
    बढुन् अग्रपथमा जन !
    ४)
    नदेखाए हुन्थ्यो लाज
    बचाएर राख भित्रै
    मिलीजुली गराैँ काज ।
    ५)
    बनेर भरिया नेपालको
    सेवा गर्न पाऊँ
    तराई पहाड हिमालको ।
    ६)
    कला, संस्कृतिको सान
    जोगाइराखौँ नेपाली माटा
    गाेर्खालीको यो मान ।
    ७)
    मरेर देश बचाउँछु
    हुँ नेपाली छोरा
    सदैव माटाे हँसाउँछु ।
    ८)
    भिरालो आँगन नेपाल
    सबै अट्छन यही
    तराई पहाड हिमाल ।
    ९)
    सद्भाव र माया
    सब छ यहाँ
    घाम र छाया ।
    १०)
    भाैतारियाे मेरो मन
    उसको यादमा यताउता
    बोकेर मौन क्रन्दन ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामाराेशन गाउँपालिका ६  सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद (भिक्षु), झिल्का कविता, वसन्त अनुभव

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार ००:०४ मा प्रकाशित
  • झिल्का कविता

    १)
    जाडोमा थुरुरु काँप्दै
    बस्दछौँ शरीर तताउन
    माघको घाम ताप्दै ।
    २)
    असल सम्बन्ध गाँसेर
    सबैमा सद्भाव छर्दै
    बसौँ हामी हाँसेर ।
    ३)
    दुष्टताको भाव फालेर
    शान्तिले जीवन बिताऊँ
    एकताको दीप बालेर ।
    ४)
    हत्या हिंसा फालेर
    दसैँ मनाउँछौँ खुसीले
    सत्यको दीप बालेर ।
    ५)
    बिजुली जस्तै चम्केर
    गर्दछौँ कुरा अरूको
    सारा गाउँघरमा लम्केर ।
    ६)
    सोचेर गरेमा काम
    लाग्दैन दाग कहिले
    रहन्छ इज्जत नाम ।
    ७)
    बलको घमण्डले गर्दा
    दुःख पाउँछ मानिसले
    दुष्टको फेला पर्दा ।
    ८)
    वीणा र पुस्तकधारिणी
    हंसवाहिनी सरस्वती माता
    सारा पीडा कष्टहारिणी ।
    ९)
    अगाडि हामी सरेर
    सरस्वती माताको पूजा
    गर्दछौँ चरणमा परेर ।
    १०)
    रमाई आज सङ्क्रान्ति
    मनाउँ सबैले मिलेर
    हटाई मनको भ्रान्ति ।
    ✍️
    खोम काफ्ले
    दागाना,निचुला, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged खोम काफ्ले, झिल्का कविता, वसन्त अनुभव

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P