फाईनलमा पुगेका बिहानी युवा क्लब तुलसिपुर १५ र आयोजक बबई युथ क्लब तुलसिपुर १२ कचिला जेके कप खुला फुटबलको फाईनल म्याच आयोजक बबई युथ क्लब ले पहिलाे हात मारेकाे छ। पशुपति माबी तुलसीपुर १२ हरिपौराको खेलमैदानमा संचालित प्रतियोगिता को पहिलो बिजेता आयोजक बबई युथ क्लब भएकाे छ भने बिहानी युवा क्लब तुलसिपुर १५ दाेस्राे हुन सफल भएकाे छ। स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक खेल बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्न सफल भएकाछन् । त्यसैगरी प्रतियोगिता मा १३ टिमको सहभागिता रहेको थियो !
उमेश कुशवाहा ,बीरगंज पौष ०७ । पोखरिया युवा समाजले आयोजना गरेको पालिका स्तरीय टी २० क्रीकेट टुर्नामेन्ट मा छिपहरमाइ गाउपालिका लाई ९० रन ले हराउँदै पोखरिया नगरपालिका बाबा टीम ११ सेमिफाइनल मा प्रबेश गरेको छ।
ट्च हारेर पहिलो बैटिंग पाएको पोखरिया नगरपालिकाको बाबा ११ ले बिकास दासको बिस्फोटकीय पारी ३७ बलमा १०० रनको सहायताले निरधारित २० ओवर मा तीन विकेट को छतिमा २३६ रन बनाएको थिए ।
त्यसको विरुद्धमा छिपहरमाइ गाउपालिकाले सबै बिकेट गुमाइ १४७ रन मात्र बनाउन सफल भएका थिए।
३७ बलमा १०० रन बनाएका पोखारिया नगरपालिका बाबा ११ को दास मैन ओफ दि मैच घोसित भएका थिए। आयोजक पोखरिया युवा समाजका भगवान दासले बताउनु भयो।
सलयान पुस ५ जिल्ला क्रीकेट संघ सल्यानको प्रथम अधिबेशन सल्यान सदरमुकाम खलंगामा शनिबार सम्पन्न भएको छ । अधिबेशन जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवबहादुर बिष्टको प्रमुख आतिथियतामा सम्पन्न भएको थियो उद्घाटन कार्यक्रममा बोल्दै बिष्टले भने ” देशको बिकास हुनका निम्ति खेल क्षेत्रको बिकास हुन जरुरि रहेको बताए खेलले नै देशलाई बिश्व सामु चिनाउन सक्ने भएकाले खेल क्षेत्रको बिकाशका निम्ति सबै एक जुटभएर लाग्नु पर्ने बताएका थिए । त्यस्तै क्रीकेट संघका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका संयोजक पदम खड्काले क्रीकेटको बिकाशका निम्ति सबै क्षेत्रको सहयोग आब्स्य्क रहेको बताय ।कार्यक्रमममा क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले मन्तब्य राखेका थिए । क्रिकेट संघ सल्यान अधिवेशन आयोजक समितिका संयोजक सविन हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य वुद्धि प्रकाश हमालले गरेका थिए । यसै विच आजै सम्पन्न जिल्ला क्रिकेट संघ सल्यानको प्रथम जिल्ला अधिवशेन सविन हमालको अध्यक्षता ९ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरेको छ । संघका उपाध्यक्ष विकास शर्मा, सचिव असिम साप विष्ट, सह सचिव सन्तोष खत्री र कोषाध्यक्ष विवेक वावु श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा अविषेक हमाल,जीवन भण्डारी ,निराजन श्रेष्ठ र वुलन्द वावु सेजवाल रह्का छन् । अधिवेशनले सचेत शाह र कल्याण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
काठमाडौं : नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन मागेका छन्। शनिबार नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटगर राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गरेका हुन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एसियन खेलकुदका लागि साउदी अरबलाई सघाउन मुसाउदले आग्रह गरेको बताए।
साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन्। अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हितलाई मुख्य आधार बनाईने समेत उनले बताए।
साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ। हाल सम्म कतार र साउदी अरबले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन्। नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ। नेपालसँगै ४५ देशले मतदान गर्नेछन्।
विश्वकै चर्चित महान फुटबल खेलाडी डिएगो म्याराडोनाको भौतिक शरीर अब विश्वमाझ रहेन । प्राप्त जानकारी अनुसार ६० वर्षीय म्याराडोनाको बुधबार आफ्नै निवासमा हृदयघातका कारण मृत्यु भएको थियो ।
मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरि घरमै स्वास्थ्यलाभ गर्दै आएका म्याराडोनामा मद्यपानको पनि लत भएका कारण उक्त लत छुटाउन उपचार जारी रहेको थियो । उनको मृत्युले विश्व फुटबलमा ठूलो अपुरणिय क्षती हुन पुगेको छ । उनको मृत्युको खबरले सारा फुटबल प्रेमी लगायत विश्वलाई नै स्तब्ध तुल्याएको छ ।
अर्जेन्टिनाका लागि सन् १९७७ देखि सन् १९९४ सम्म खेलेका म्याराडोनाले ९१ वटा खेलमा ३४ गोल गरेका थिए । उनले सन १९८६ मा इङ्ल्यान्डविरुद्घको खेलमा गरेको गोलबाट सारा विश्व चकित परेको थियो । अर्जेन्टिना फुटबल टिमका कप्तान समेत रहेका म्याराडोनाकै चामत्कारिक प्रदर्शनका कारण अर्जेन्टिनाले विश्वकप जितेको थियो ।
विश्व फुटबलका महान खेलाडी म्याराडोना अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहेका थिए । उनले सन १९९० को विश्वकप फुटबलमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए पनि अर्जेन्टिना पश्चिम जर्मनीसँग पराजित भएको थियो ।
सन १९९४ को विश्वकप फुटबलमा अर्जेन्टिनी टिममा रहेका म्याराडोना डोपिङमा असफल भएपछि घर फर्कनु परेको थियो । साथै म्याराडोना सन् २००८ देखि सन् २०१० को विश्वकपसम्म अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक समेत रहेका थिए । म्याराडोना चर्चित स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब नापोली, स्पेनिस क्लब सेभिलजस्ता प्रतिष्ठित युरोपियन क्लबमा आवद्ध भइ व्यावसायिक फुटबल खेलेका थिए।
जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम हुनुभएको हो । खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी हुनुभयोे । उहाँहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम हुनुभएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय रुपैयाँ प्रदान गरियो । विजयीहरुलाई वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गर्नुभयो ।
काठमाडौं । आईपीएलको १३ औँ सीजनको फाइनलमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको छ । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले नट आउट ६५, ऋषभ पन्त ५६, शिखर धवनले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । दिल्ली पहिलो पटक फाइनलमा पुगेको हो ।
साथै पहिलो फाइनलमै आफूले उपाधि जित्न चाहन्छ । त्यस्तै मुम्बई ५ औँ पटक आईपीएलको उपाधि जित्ने दाउमा रहेको छ ।
२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको उपाधिका लागि मंगलबार साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । फाइनलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले भने दिल्ली फाइनल पुग्दासम्म कुनै खेल खेल्न पाएनन् । अहिलेसम्म दिल्लीले खेलेका लिगको १२ र प्लेअफको २ गरी कुल १६ खेल सन्दीपले बेन्चबाटै हेरे । फाइनल अर्थात दिल्लीको १७ औं खेलमा पनि सन्दीप बेन्चमै रहने भएका छन् । दोस्रो क्वालिफायरमा सनराइजर्ज हैदरावादलाई पराजित गरेको प्लेइङ ११ लाई नै दिल्लीले फाइनलमा निरन्ततरता दिएको छ । उता सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने टिममा सामान्य परिवर्तन गरेको छ । स्पीनर राहुल चाहरको स्थानमा जयन्त यादवले फाइनलमा स्थान बनाएका छन् । छैटौं पटक फाइनल पुगेको मुम्बई पाँचौ पटक उपाधि जित्ने तयारीमा रहँदा पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि जित्दै अर्को इतिहास रच्न चाहन्छ । मुम्बईका कप्तान रोहित शर्माले आईपीएलमा मंगलबार २०० औं खेल खेल्दैछन् । उनी २०० औं आईपीएल खेल खेल्ने दोस्रो खेलाडी बन्दैछन् । यसअघि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले उक्त उपलब्धी हासिल गरिसकेका छन् । धोनीले २०४ खेल खेलिसकेका छन् । यो खबर अनलाइन खबर को आजको सस्करण मा छापिएको छ !
काठमाडौं, २० कात्तिक : मुम्बई इण्डियन्स यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
आज दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । मुम्बईविरुद्ध दिल्लीका चार खेलाडी शून्यमै आउट भए ।बलिङमा जसप्रीत बुमराहले करियरकै उत्कृष्ट बलिङ गरे । उनले आज ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कुणाल पाण्ड्याले एक/ एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।उसका लागि सूर्यकुमार यादवले ५१, इशान किशनले अविजित ५५, क्विन्टन किककले ४०, हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्कासहित नटआउट ३७ र कृणाल पाण्ड्याले १३ रन बनाए ।बलिङमा रविचन्द्रन आश्विनले ३, एनरिक नोर्टजे र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।आज पनि सन्दीप बेन्चमै
लिग चरणका कुनै पनि खेलमा मौका नपाएका दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा अवसर पाउन असफल भए ।
योसँगै सन्दीपले आईपीएल २०२० मा कुनै पनि म्याचमा मौका नपाउने सम्भावना निश्चित जस्तै भएको छ । आज दिल्लीले अघिल्लो खेलमै प्लेइङ-११ लाई निरन्तरता दिएको थियो ।
मुम्बईले भने प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको थियो । उसले जेम्स प्याटिन्सन, सौरभ तिवारी र धवल कुलकर्णीलाई विश्राम दिँदै हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहलाई मौका दिएको थियो ।
दाङ । जिल्ला स्तरिय पुरुष खुल्ला डबल ब्याडमिन्टनकाे उपाधी घोराहीका केशव बुढा र हरि केसिको जोडीले जितेको छ । दाङ तुल्सिपुरको कबहलमा भएको फाइनलमा घोराहीकै हिमान्सु कवर र सुरज गुप्ताको जोडिलाई पराजित गर्दै केशव र हरिको जोडीले उपाधी हातपारेको हो ।दसैंको अबसरमा “भ्वाइस अफ युथले “आयोजना गरेको उक्त प्रतियोगितामा दाङ भरिबाट १७ टाेलिकाे सहभागिता रहेको आयोजकले जनाएको छ। प्रथम हुने टाेलिले खसि ,कप र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुन सफल टाेलिले लाेकल कुखुरा ,कप र प्रमाण पत्रमा चित्त बुझाएको छ। दाङमा ब्याडमिन्टनकाे बिकासका निम्ति यो प्रतीयोगिता आयोजना गरिएको आयोजक तथा “भ्वाइस अफ युथका” अध्यक्ष झलक बस्नेतले बताउनु भएको छ ।”भ्वाइस अफ युथले” विभिन्न सामाजिक कार्य गर्दै आइरहेकाे बस्नेतले बताउनु भयो