छिपहरमाइ लाई ९० रन ले हराउँदै पोखरिया ११ सेमिफाइनल मा प्रबेश !

  • ८ पुष २०७७, बुधबार ०९:५५ मा प्रकाशित
  • उमेश कुशवाहा ,बीरगंज पौष ०७ । पोखरिया युवा समाजले आयोजना गरेको पालिका स्तरीय टी २० क्रीकेट टुर्नामेन्ट मा छिपहरमाइ गाउपालिका लाई ९० रन ले हराउँदै पोखरिया नगरपालिका बाबा टीम ११ सेमिफाइनल मा प्रबेश गरेको छ।

    ट्च हारेर पहिलो बैटिंग पाएको पोखरिया नगरपालिकाको बाबा ११ ले बिकास दासको बिस्फोटकीय पारी ३७ बलमा १०० रनको सहायताले निरधारित २० ओवर मा तीन विकेट को छतिमा २३६ रन बनाएको थिए ।

    त्यसको विरुद्धमा छिपहरमाइ गाउपालिकाले सबै बिकेट गुमाइ १४७ रन मात्र बनाउन सफल भएका थिए।

    ३७ बलमा १०० रन बनाएका पोखारिया नगरपालिका बाबा ११ को दास मैन ओफ दि मैच घोसित भएका थिए। आयोजक पोखरिया युवा समाजका भगवान दासले बताउनु भयो।

    Leave a Reply