• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

  • २५ पुष २०७८, आईतवार २१:५५ मा प्रकाशित
  • उदक कविताको विशिष्ट अङ्गको रूपमा रहेको डा. बमबहादुर थापाको धारणा ।

    उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जितालीले उदक नेपाली साहित्यमा कविताको एउटा विशिष्ट अङ्गको रूपमा रहेको महसुस भएको धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि डा. थापाले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्दै उदक लगाएत छोटा कविताहरू छोटो, मीठो, लेख्न, पढ्न र बुझ्न सहज भएको र यी सबै प्रविधिको उपलब्धी भएको बताउनुभयो । उहाँले सिर्जनालाई पहिले सर्जकको आँखाले हेरेर पछि सम्पादकको आँखाले हेरेर मात्र प्रकाशन गर्न अनुरोधका साथ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ‌।

    कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले छोटो समयमा पनि उदकले नेपाली साहित्यमा व्यापकता पाएको धारणा राख्नुको साथै शुभकामना मन्तव्य सहित आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खलामा सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ,रोशन पराजुली, देवेन्द्र खनाल, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, सुधा बाँस्कोटा ढकाल, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

    गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

  • १७ पुष २०७८, शनिबार २०:१३ मा प्रकाशित
  • चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

    बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका जान लागेको एयरपोर्टमा उनले केही सञ्चारकर्मीलाई बताएका थिए । राजेश चलचित्र तथा आधुनिक गीतका चर्चित गायक हुन् ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

    ‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

  • १५ पुष २०७८, बिहीबार १४:१८ मा प्रकाशित
  • चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए ।

    ‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,’ एसपी थापाले भने, ‘उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ।’

    एसपी थापाले लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको बताए।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on ‘ब्राउन सुगर किन्न लागेको अवस्थामा’ र्‍यापर लाउरे पोखराबाट पक्राउ

    भान्सामा औषधी : जान्नुहोस अमलाका ७ बेजोड फाइदा

  • २७ कार्तिक २०७८, शनिबार ०१:४१ मा प्रकाशित

  • अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ ।
    भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ ।

    दैनिक एउटा अमला खादा विभिन्न फाइदाहरु पुग्छन्–

    मुटुको समस्या

    यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

    तौल कमः
    अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

    पाचनः
    अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

    कमजोरी
    अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

    अनुहारमा चमक
    यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

    राम्रो कपाल
    यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

    क्यान्सर
    अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।

    -एजेन्सीको सहयोगमा

    Posted in कला /जीवनशैलीLeave a Comment on भान्सामा औषधी : जान्नुहोस अमलाका ७ बेजोड फाइदा

    आजबाट छठ पर्ब शुरू !

  • २२ कार्तिक २०७८, सोमबार ०९:२२ मा प्रकाशित
  • काठमाडौं,

    विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।

    यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

    छठमा विशेष गरी प्रकृतिको छैटाैँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।

    यो पर्व तराई मधेशसहित पछिल्लाे दशकदेखि काठमाडाैँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएकाे छ । नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।

    परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

    कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on आजबाट छठ पर्ब शुरू !

    ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने

  • १५ कार्तिक २०७८, सोमबार १७:२७ मा प्रकाशित

  • हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे ।

    जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

    उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले अनलाइनखबरसँग भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

    यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले उमेश दुबैतिर एउटै गेटअपमा देखिदा समस्या नहुने बताएपछि जितुले शो बन्द गर्ने मुड बनाए । कि ले पनि यो कुरामा सहमती जनाएपछि अर्को सातादेखि यो चर्चित कमेडी रियालिटी शो बन्द हुन लागेको हो ।

    ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने
    हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने भएको छ । डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले पुष्टी गरे ।

    जितुले यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

    उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । जितुले अनलाइनखबरसँग भने–‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

    यो शोलाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले उमेश दुबैतिर एउटै गेटअपमा देखिदा समस्या नहुने बताएपछि जितुले शो बन्द गर्ने मुड बनाए । कि ले पनि यो कुरामा सहमती जनाएपछि अर्को सातादेखि यो चर्चित कमेडी रियालिटी शो बन्द हुन लागेको हो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण आउँदो सातादेखि बन्द हुने

    दोहोरी च्याम्पियन : उपाधिका लागि प्रकाश -मीनासँग बालचन्द्र-शोभाको प्रतिस्पर्धा

  • ८ कार्तिक २०७८, सोमबार १२:३२ मा प्रकाशित

  • नेपाल टेलिभिजनको प्रस्तुती रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आउँदो शनिबार पोखरामा हुँदैछ । आयोजकले पोखराको बाराही घाटमा ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले गर्न लागेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीम प्रतिस्पर्धामा छ । प्रकाश पराजुली र मीनाको टीम यसअगाडि नै उपाधि प्रतिस्पर्धामा पुगिसकेको थियो भने बालचन्द्र र शोभाको टीम राजेन्द्र पाठक र मीना नेपालको टीमलाई हराउँदै उपाधिका लागि प्रतिस्पर्धामा पुगेको हो ।
    उपाधिका लागि प्रतिस्पर्धामा रहेका यी दुई टीममा एउटाले उपाधि हात पार्नेछ भने अर्को टीम द्धितिय हुनेछ । त्यस्तै, तृतिय स्थानका लागि सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमको प्रतिस्पर्धा हुनेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा टीम तृतिय हुनेछ भने अर्को टीमले सान्त्वना स्थान प्राप्त गर्नेछ । भोटिङका आधारमा विजेता छनोट गरिने र शनिबार साँझदेखि भोटिङ राउण्ड खुला गरिएको ‘दोहोरी च्याम्पियन’का निणर्ायक रहेका रमेश बिजीले जानकारी दिए । नेपाल टेलिभिजनको एप डाउनलोट गरि भोटिङ गर्न सकिने उनले बताए । ‘दोहोरी च्याम्पियन’मा डिजिटल अडिसनबाट छनोट भएका ३५ टीमको फिजिकल अडिसन गर्दै उत्कृष्ट २४ टीम छनोट गरिएको थियो । २४ टीमबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म प्रवेश गरेको हो ।

    ‘दोहोरी च्याम्पियन’मा प्रथम हुने टीमले उपाधिसँगै २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोश्रो हुने टीमले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुने टीमले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    ‘दोहोरी च्याम्पियन’मा निर्णायकमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’मा संचालकको भूमिकामा छन् । नेपाल टेलिभिजनमा शनिबार राती ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ ।

    Posted in कला /जीवनशैलीLeave a Comment on दोहोरी च्याम्पियन : उपाधिका लागि प्रकाश -मीनासँग बालचन्द्र-शोभाको प्रतिस्पर्धा

    सुनील सेट्टी नेपाली चलचित्रमा ! यस्तो छ सुटिङ र बसाइको सेड्युल !

  • ५ कार्तिक २०७८, शुक्रबार १३:४२ मा प्रकाशित
  • काठमाडौं । बलिउड अभिनेता सुनील सेट्टी आउँदो फेब्रुअरीको तेस्रो साता नेपाल आउने भएका छन् । नेपाली कथानक चलचित्र ‘एक्स–९’ को छायांकनका लागि उनी नेपाल आउन लागेका हुन् । उनी ६ दिन नेपालमा रहनेछन् ।

    चलचित्रमा उनको छायांकनको सिन सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ ।

    “चलचित्रका मुख्य भूमिकामा रहने कलाकारमध्ये उहाँ पनि एक हो । बलिउडको ठूलो फिगर भएका कारण मात्रै उहाँलाई हामीले समावेश गरेका होइनौँ । कथाको डिमान्डले नै उहाँ समावेश हुनुभएको हो,” एक्स–९ का निर्देशक मुकुन्द भट्टले भने, “स्क्रिप्टमा काम गर्दा को कलाकार फिट हुन्छ भन्ने थियो । अप्सनमा अरू पनि धेरै कलाकार थिए । तर, उहाँले अफर स्वीकार गरेपछि हामीले अप्सनमा जानै परेन ।”

    आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको मुकुन्द सुनाउँछन् । “मैले स्क्रिप्ट पिच गर्दा नै उहाँले यस्तो चलचित्र नेपालमा पनि बन्छ ? भनेर भन्नुभयो,” मुकुन्द भन्छन्, “मेरो चलचित्र एलसी हेर्नुभएको रहेछ । एलसी–२ पनि हेरिसकेकाले उहाँले एलसी–२ को सटको प्रशंसा पनि गर्नुभयो । त्यसैले यो प्रयास र प्यासनका लागि प्रभावित भएको भन्दै तपाईंसँग काम गर्न तयार रहेको बताउनुभयो ।”

    चलचित्रका लागि १२ करोड रुपैयाँ अनुमानित बजेट लाग्ने मुकुन्द बताउँछन् । यद्यपि, उनले सुनीललाई दिएको पारिश्रमिक भने खुलाउन चाहेनन् । उनको सुटिङ सक्न करिब १२ दिन लाग्नेछ । नेपालबाहेक स्कटल्यान्डमा पनि सुनीलले छायांकन गर्नेछन् । घुमघाम र आउन–जान गरेर करिब २० दिन लाग्ने उनी सुनाउँछन् ।

    नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको उनी बताउँछन् । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनको भनाइ छ ।
    यो सबै गर्नुका पछाडि हाम्रो मुख्य उद्देश्य नेपाली चलचित्रलाई इन्टरनेसनल बजारमा लैजाने हो । बलिउड र हलिउडका ठूला फिगरलाई लिइयो भने विश्वभरका दर्शकको पहुँचमा रहेका डिजिटल प्लेटफर्ममा जान सहज हुन्छ भन्ने पनि हो,” निर्देशक मुकुन्द भन्छन्, “अब पनि हामीले अन्तर्राष्ट्रिय बजारमा जान सकेनौँ भने ढिलो हुन्छ । कम्तीमा विदेशी बजारको ढोका खोल्यौँ भने यसपछिलाई सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो । यदि, हामी यो चलचित्रमा सफल भयौँ भने नेपाली चलचित्रले बजारका लागि फेरि पछि फर्किएर हेर्नु पर्दैन ।”

    ‘एक्स–९’ फेब्रुअरीबाट छायांकन हुनेछ । छायांकनका लागि अहिलेबाटै वर्कसप सुरु भइसकेको छ । एक्सन, जिम, एक्टिङको वर्कसपमा निर्माण युनिट जुटिसकेको छ ।

    सुनीलको नेपाल आगमनलाई पर्यटनसँग पनि जोड्ने प्रयास गरिरहेको निर्देशक मुकुन्द बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने प्रस्तावको योजना बनिरहेको उनको भनाइ छ । “पर्यटन व्यवसाय सुस्ताइरहेको यो समयमा सुनीलको नेपाल भ्रमणलाई पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सगरमाथाको बेसक्याम्प, लुम्बिनी, जनकपुरजस्ता ठाउँमा घुमाउन सकियो भने भारतसहित विश्वका धेरै देशमा सकारात्मक सन्देश जान्छ । त्यसैले यसका लागि सरकारले सहयोग गरोस् भन्ने हाम्रो मनसाय हो । तर, यो प्रस्ताव हामीले गरिसकेका छैनौँ ।”

    ‘एक्स–९’ आउँदो वर्षको दसैँमा रिलिज गर्ने मुकुन्द बताउँछन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on सुनील सेट्टी नेपाली चलचित्रमा ! यस्तो छ सुटिङ र बसाइको सेड्युल !

    मनोज गजुरेलले बिहे गरे

  • २५ आश्विन २०७८, सोमबार १४:५३ मा प्रकाशित
  • काठमाडौं। कलाकार मनोज गजुरेलले बिहे गरेका छन् । उनले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत आफू वैवाहिक जीवनमा बाँधिएको जानकारी दिएका छन् । गजुरेलले मन्जु पोखरेलसँग बिहे गरेका हुन् । मन्जु पोखरेल नेपाल सरकारको न्याय सेवामा अधिकृतको रुपमा कार्यरत छिन् । गजुरेलले आफूले विवाह गरेको जानकारी दिँदै फेसबुकमा लामो नोट पनि लेखेका छन् ।

    गजुरेलले फेसबुकमा लेखेका छन् ‘ आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी । जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

    जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

    यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

    एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सुःख÷दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

    सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाइदिनु होला ।

    कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

    बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ– कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

    अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।

    नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना ।

    Posted in कला /जीवनशैलीLeave a Comment on मनोज गजुरेलले बिहे गरे

    बैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल

  • २५ आश्विन २०७८, सोमबार १३:१९ मा प्रकाशित
  • २५ असोज, काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।
    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।
    दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।
    सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on बैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P