• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

साउदी अरबबाट फर्केर गाइपालन, कमाई बर्षको १२ लाख।

  • ६ पुष २०७९, बुधबार ११:०४ मा प्रकाशित
  • दाङ, ५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकाछन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकााछन् ।
    यो पेसाबाट सन्तुष्ट भएका बुढाथोकी भन्छन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।”
    बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउँछन् ।

    पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लागेका उनले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उनीसँग छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ ।

    अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी बताउँछन् ।

    उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताउँछन् । उनी भन्छन्, “यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसीलागेको छ ।” सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताउँछन् ।

    बुढाथोकीको फार्ममा अहिलेसम्म रु ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाख सम्म आम्दानी हुने गरेको छ ।
    आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्दै आएका उनले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताउँछन् ।

    पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ ।
    कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् ।

    पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकीको सुझाव छ । त्यसका लागि स्वयं युवा बर्रले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ ।

    गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उहाँ दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गछन् ।

    विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ ।
    अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उनी जोड दिन्छन् । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीको सुुझाव छ । रासस

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबबाट फर्केर गाइपालन, कमाई बर्षको १२ लाख।

    खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

  • ९ कार्तिक २०७९, बुधबार ११:२६ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ ।

    तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।


    कतार

    यूएई

    साउदी अरेविया

    ओमान

    बहराइन

    कुवेत
    वैदेशिक रोजगार सम्बन्धि अझै जानकारी आवश्यक भएमा वैदेशिक रोजगार एप डाउनलोड गर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

    विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

  • ६ कार्तिक २०७९, आईतवार ०७:५० मा प्रकाशित
  • काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा व‌ैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।

    हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।

    कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

    फ्री भिसा-फ्री टिकटमा विदेश पठाइदिन्छु भन्ने कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टिकरण

  • ३ कार्तिक २०७९, बिहीबार १२:१९ मा प्रकाशित
  • काठमाडाैं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर-४ बाट प्रनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसँग स्पष्टिकरण माग गरेको छ ।

    आचारसंहिताको उल्लंघन हुने गरी चुनावी प्रचारप्रसार गरेको विषयमा आयाेगले श्रेष्ठसँग २४ घण्टे स्पष्टिकरण मागेकाे हाे ।

    श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा- फ्रL टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टिकरण पेस गर्न आयाेगले निर्देशन दिएकाे छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on फ्री भिसा-फ्री टिकटमा विदेश पठाइदिन्छु भन्ने कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टिकरण

    अमेरिकी डलर घट्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • २४ आश्विन २०७९, सोमबार ०९:५२ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । हिजोको तुलनामा डलर केही सस्तो भएको हो । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ ।

    त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ ।

    त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अमेरिकी डलर घट्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्राे छ : राज्यमन्त्री श्रेष्ठ

  • ९ आश्विन २०७९, आईतवार १७:५८ मा प्रकाशित
  • काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको बताउनुभएकाे छ । आज आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्रो हुने बताउनुभयो । 

    मन्त्री श्रेष्ठले सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन नसकेको बताउनुभयाे । विश्वमा द्वन्द्वपछि विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको उहाँले सुनाउनुभयाे । कतिपय नीतिहरू सङ्घीय संरचना अनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको उहाँकाे भनाइ छ । 

    आउँदाे निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव हुने बताउँदै उहाँले भन्नुभयाे, ‘समय सापेक्ष नीतिहरू परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्ने कुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लग्यौँ, अब विकास हुनुपर्छ । धेरै कुराहरू सङ्घीय संरचना अनुरूप अपेक्षित विकास हुन सकेको छैन । अब आउने निर्वाचित सरकारले नीतीहरू समय सापेक्ष परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ । रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ ।’   मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत्, वनजङ्गल र जडीबुटीलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन–अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी पनि गर्नुभयो । 

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on रेमिट्यान्स आएन भने सरकार चलाउनै गाह्राे छ : राज्यमन्त्री श्रेष्ठ

    भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजको दैनिक उडान।

  • १ आश्विन २०७९, शनिबार ०९:३९ मा प्रकाशित
  • भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।

    विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने यो एक मात्र एअरवेज कम्पनी हो। ‘शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेका छौँ’, जजिरा एअरवेज नेपालको अपरेसन प्रमुख संगीता रौनियारले भनिन्, ‘राम्रो प्रतिक्रिया आए भविष्यमा विमान थप गरेर पनि सेवा दिने छौँ।’

    जजिराले कुवेतका लागि उडान भर्ने गरे पनि यात्रुहरूले ट्रान्जिट गरेर अन्य मुलुकमा पनि विमानस्थलबाट जाने गरेका छन्। विमानस्थलबाट सिधा कुवेत र ट्रान्जिट गरेर दोहा, दुबई र साउदी अरेबियामा बढी यात्रुहरू जाने गरेको अपरेसन प्रमुख रौनियारले बताइन्।

    हालसम्म एयरलाइन्सले कुबेत–भैरहवाबीच हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान भर्दै आएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एअरवेजले कुबेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए। 

    कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाईयात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना गएका छन्। जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमानले हवाई उडान भर्दै आएको छ। यो विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एअरवेजबाट काठमाडौं–कुबेतभन्दा भैरहवाबाट भाडा दर धेरै सस्तो छ।

    लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा वीरगन्जसम्मका यात्रुले कुबेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन्। हंगेरीको वायुसेवा कम्पनी विज एयरले पनि अक्टोबर ३० देखि दुबईको अवुधाबी–भैरहवा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजको दैनिक उडान।

    दशैंमा विदेशबाट फर्किंनेले के–के ल्याउँदा तिर्नुपर्दैन भन्सार ?

  • ३१ भाद्र २०७९, शुक्रबार १५:४७ मा प्रकाशित
  • दशैंका लागि विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किंदा टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्‍याउनुहोला । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ ।

    तुलनात्मक रुपमा विदेशबाट तोकिएभन्दा बढी परिमाणमा सुन, रक्सी र मोबाइल ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले अनुसार सरकारको झिटीगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए जफत हुने उनको भनाइ छ ।

    झिटीगुन्टा आदेशले दिएको सुविधामा पनि अरुको समान बोकेर ल्याएको पाए तोकिएको दरमा भन्सार तिराउने गरेका छौं,’ उनी भन्छन्, ‘सुन, रक्सी र स्मार्टफोन (आईफोन) ल्याउनेहरुले बढी नियम मिचेको पाउँछौं ।’

    सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने व्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिन अनुरोध गर्छन् भन्सार प्रमुख पोखरेल ।

    परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्ने क्रम पनि बढेको छ । विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँछन् । तोकिएको भन्दा बढी ल्याए सामान सिधै जफत हुने वा महँगो भन्सार तिर्नुपर्ने पनि हुनसक्छ । कतिपय सामान त परिमाणभन्दा बढी ल्याएमा जफत समेत हुनसक्छ ।

    के-केमा भन्सार लाग्दैन ?

    विदेशबाट महँगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट बढीमा १ लिटर मात्रै रक्सी ल्याउन पाइन्छ ।

    यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट हुन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

    वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर, अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

    विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन दिइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्बन्धित सामानमा पनि भन्सार लाग्दैन ।

    डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १/१ थान ल्याउन भन्सार तिर्नुपर्दैन ।

    निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री ल्याउन भन्सार लाग्दैन । तर, ठूलो परिमाणमा ल्याउन पाइँदैन ।

    औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

    यात्रुको अवस्था, परिवार संख्या, विदशेमा व्यतित गरेको अवधि लगायतलाई ध्यानमा राखेर भन्सार अधिकारीले औचित्य हेरेर तोकिएभन्दा बढी परिमाणका वस्तु रहेछन् भने छोडिदिन सक्ने व्यवस्था छ ।

    ६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ ।

    शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २–२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।

    यो सीमा नाघेर आएका सामान भने आर्थिक एन अनुसारको भन्सार महसुल तिरेर मात्रै छुटाउन सकिने छ ।

    ३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महसुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

    विदेशमा बसेका व्यक्तिले नेपालमा बसेका आफन्तलाई ल्याएका ३५० डलर मूल्यसम्म्का जुनसुकै वस्तु पनि प्रमाण हेरेर छोडिने नियम पनि छ ।

    चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । तर, सोभन्दा बढी परिमाणमा ल्याएमा दोब्बर भन्सार महसुल लिएर मात्रै भन्सार जाँचपास हुने व्यवस्था छ ।

    सुनको व्यवस्था

    विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।

    ५० ग्रामसम्म सुन ल्याउँदा दश ग्रामको ९ हजार ५०० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार ५० ग्रामको ४७ हजार ५ सय रुपैयाँ भन्सार लाग्छ ।

    ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्नेछ । यसअनुसार थप ५० ग्रामका लागि ५२ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।

    ५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप सय ग्रामसम्म ल्याएमा प्रति १० ग्राम १२ हजार ५०० रुपैयाँका दरले भन्सार लाग्ने व्यवस्था छ । सोभन्दा ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

    ‘अहिले काँचो सुनलाई बेरुवा औंठी वा बाला बनाएर गहना भन्दै ल्याउनेहरु पनि छन्,’ विमानस्थल भन्सार प्रमुख पोखरेल भन्छन्,‘तस्करी गर्ने नियतले ल्याइने सुन बरामद गरेर तोकिएको परिमाणसम्म भए भन्सार तिराएर छाड्छौं, तोकिएभन्दा बढी भए जफत समेत गर्छौं ।’

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on दशैंमा विदेशबाट फर्किंनेले के–के ल्याउँदा तिर्नुपर्दैन भन्सार ?

    विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन? ल्याएपछि कहाँ र कसरी दर्ता गर्ने?

  • ३१ भाद्र २०७९, शुक्रबार १५:२६ मा प्रकाशित
  • नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ।

    प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनहरूलाई भने ‘ह्वाइट लिस्ट’ मा राखिसकेको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई दर्ता गरिराख्नु पर्दैन। दर्ता भएकोबारे प्राधिकरणले मोबाइलमा सूचना पनि पठाइरहेको छ।

    आजदेखि भाे नेपाल भित्रिने सबै फोन एमडिएमएस प्रणालीमा दर्ता गर्नुपर्छ। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।

    विदेशबाट आउँदा चलाइरहेको मोबाइल ल्याउँदा के हुन्छ?

    विदेशबाट नेपाल आएका वा आउने व्यक्तिले चलाइरहेको फोन नेपालमा ल्याउँदा त्यस्ता फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुँदैन।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार यस्ता मोबाइल पनि दर्ता गर्नुपर्छ। यसका लागि मोबाइल ल्याउने वा चलाउने व्यक्ति आफैंले दर्ता गर्न सक्छन्। दर्ता गर्न कहीँ जानु पर्दैन। प्राधिकरणको वेबसाइटमार्फत गर्न सकिन्छ।

    विदेशमा प्रयोग गरिरहेका मोबाइल नेपाल फर्किँदा सँगै ल्याउन पाउने व्यवस्था छ। तर ती फोनको आइएमइआई नम्बर प्राधिकरणमा व्यक्ति आफैंले अनलाइनमार्फत दर्ता गर्नुपर्ने हुन्छ,’ अध्यक्ष खनालले भने, ‘उपहारका रूपमा वा कसैले ल्याइदिएका फोनलाई पनि वेबसाइटमार्फत दर्ता गर्न सकिन्छ।’

    विदेशबाट नयाँ फोन ल्याउँदा के हुन्छ?

    हाल भन्सार विभागको व्यवस्थाअनुसार विदेशबाट आउँदा एक जनाले एउटा फोन सँगै ल्याउन मिल्छ। विदेशबाट कसैले मोबाइल पठाउँछ भने त्यस्ता फोनको भन्सार शुल्क तिर्नुपर्छ। भन्सार शुल्क तिर्नेबित्तिकै फोनको आइएमइआई प्राधिकरणमा दर्ता हुन्छ र उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ।

    हाल मोबाइल आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तः शुल्क बुझाउनुपर्ने व्यवस्था छ। व्यक्तिले सोही बराबर रकम भन्सारलाई मोबाइल लिनु अघि तिर्नुपर्छ। त्यसैले यसरी ल्याएका मोबाइलमा समस्या भएन।

    दर्ता कहाँ र कसरी गर्ने?

    प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर फोनको आइएमइआई दर्ता गर्न मिल्छ। दर्ता गर्नका लागि व्यक्तिको नाम, आइएमइआई, मोबाइलको ब्रान्ड, मोडल नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल आइडी र नागरिकता, पासपोर्ट वा व्यैक्तिक पहिचान खुल्ने परिचय पत्रको नम्बर भरेर यसको फोटो समेत अपलोड गर्नुपर्छ।

    अध्यक्ष खनालका अनुसार यस्ता फोनको आइएमइआई दर्ता गर्न मोबाइल विदेशबाट पठाएको वा सँगै ल्याएको भन्ने प्रमाण गर्ने कागजातको फोटो अपलोड गर्नुपर्ने हुन्छ।

    दर्ता भएपछि उक्त फोन एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छ। आवेदन स्वीकृत भए फोन ब्लक हुँदैन। एकपटक दर्ता भएको व्यक्तिको सम्पूर्ण विवरण यसमा हुन्छ। त्यसैले एउटै व्यक्तिले धेरै फोन दर्ता गर्दा वा गर्न खोजेमा प्राधिकरणले जाँच गरिरहेको हुन्छ। त्यसैले सबै दर्ताका लागि गरिएको आवेदन स्वीकृत हुन्छ भन्ने हुँदैन।

    प्राधिकरणमा मोबाइल दर्ता गर्दा शुल्क लाग्छ कि लाग्दैन?

    व्यक्ति आफैंले फोन दर्ता गर्न चाहेको खण्डमा कुनै शुल्क नलाग्ने अध्यक्ष खनालले जानकारी दिए।

    उनले भने, ‘हामी अनलाइनमार्फत विवरण पूरा भए निःशुल्क दर्ता फारम स्वीकृत गर्छौं।’

    के नेपाल आउने पर्यटकले पनि फोन दर्ता गर्नुपर्छ?

    अध्यक्ष खनालका अनुसार केही समयका लागि नेपाल घुम्न वा काम परेर आउनेले पनि नेपाली सिममा फोन चलाउन परे दर्ता गर्नुपर्छ।

    ‘नेपालको सिम प्रयोग गर्न चाहेको खण्डमा सेटमा सिम प्रयोग भएलगत्तै फोन दर्ता गर्न एसएमएसमार्फत मेसेज पठाइन्छ,’ उनले भने।

    यस्ता पर्यटकले भ्रमणको अवधि खुलाएर पासपोर्ट र भिसाको फोटो अपलोड गरी प्राधिकरणको वेबसाइटमा भएको फारम भर्न सकिन्छ। उक्त फारम जाँच गरी प्राधिकरणले फोनलाई एमडिएमएस प्रणालीमा अस्थायी रूपमा दर्ता गरिदिन्छ।

    अस्थायी रूपमा दर्ता भएका मोबाइल सेटहरू ह्वाइट-लिस्टमै हुन्छन्। अवधि सकेपछि सूचीबाट सेटको विवरण आफैं हट्छ। कुनै व्यक्ति तोकिएको अवधिभन्दा बढी समय नेपाल बस्छ भने त्यस्तो खण्डमा पुनः अवधि तोकेर दर्ता गर्नुपर्छ।

    ‘तोकिएको अवधिभन्दा अगावै कोही विदेश फर्किन्छन् भने पनि समस्या हुँदैन। हाम्रो प्रणालीबाट अवधि सकेपछि विवरण आफैं हट्छ। विदेश पुगेपछि त्यो फोन त्यसै चलिहाल्छ। कुनै समस्या हुँदैन,’ अध्यक्ष खनालले भने।

    आइएमइआई नम्बर आफूले नराखेको भए प्राधिकरणले पत्ता लाइदिन सक्छ?

    एमडिएमएस प्रणाली लागू भएसँगै अपराध नियन्त्रण पनि हुने अपेक्षा छ। एमडिएमएसमा दर्ता भएका फोनहरू ट्र्याक गर्न सजिलो हुन्छ।

    खनालका अनुसार तपाईंलाई फोनको आइएमइआई नम्बर याद छैन, फोन नम्बर मात्रै याद छ भने आफ्नो सेवा प्रदायकलाई निवेदन दिएर सिमको नम्बरबाट सेटको आइएमइआई नम्बर निकाल्न सकिन्छ। प्रहरीलाई पनि हराएको फोन खोज्न मद्दत मिल्छ।

    फोन नभेटिएको खण्डमा फोन ब्लक समेत गर्न मिल्छ। यसले गर्दा फोन हराएको व्यक्तिको विवरण बाहिरिनबाट रोक्न सकिन्छ।

    कुनै पनि फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन? ल्याएपछि कहाँ र कसरी दर्ता गर्ने?

    आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

  • ३० भाद्र २०७९, बिहीबार ११:०२ मा प्रकाशित
  • ३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

    नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।

    प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

    मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

    यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P