नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ पनि घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३० रूपैयाँ १२ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९७ पैसा तोकिएको छ।
दाङ – सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।
सीता एअरले आफ्नाे जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।
अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।
सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।
काठमाडौं : नेपालको अर्थतन्त्र विदेशबाट भित्रिने रेमिट्यान्सको भरमा मात्रै टिकेको छ। राष्ट्र बैंकका अनुसार देशको वस्तुव्यापार घाटा तीव्र रुपमा बढेर गए पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विदेशी मुद्राका कारण नै चालु खाता हालसम्म सन्तुलनकै अवस्थामा छ।
गत आर्थिक वर्ष (०७८/७९) मा नेपालले १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्यायो। रेमिट्यान्स बाहेक नेपालले वैदेशिक मुद्रा आर्जन गर्ने अर्को ठूलो स्रोत भनेको निर्यात हो, जुन २ खर्बमा मात्र सीमित छ। रेमिट्यान्सका तुलनामा यो रकम धेरै नै कम हो।
यसको तुलनामा नेपालमा झण्डै वार्षिक १९ खर्ब रुपैयाँभन्दा बढीको आयात हुने गरेको छ। यसलाई धान्ने क्षमता रेमिट्यान्स र निर्यातसँग छैन।
यसै कारण मुलुकको अर्थतन्त्रमा वर्षेनी ठूलो खाडल पर्दै गइरहेको छ। त्यो खाडललाई भर्ने काम वैदेशिक ऋण र अनुदानले गर्ने गरेको छ। जुन अर्थतन्त्रका लागि सुखद अवस्था होइन।
रेमिट्यान्सको भविष्य र विकल्प
देशको अर्थतन्त्रका लागि आगामी वर्ष चुनौतीपूर्ण बन्ने घोषणा राष्ट्र बैंकले गरिसकेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नै आगामी वर्ष विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शून्य हुने र वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिने बताएका छन्।
अधिकारीका अनुसार आगामी वर्ष विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने देखिएको छ।
यस आर्थिक वर्षका विगत ८ महिनामा गत आर्थिक वर्षको यसै अवधिका तुलनामा १.८ प्रतिशतले रेमिट्यान्स बढेको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा झण्डै ६ खर्ब रेमिट्यान्स भित्रिएको छ।
तर आगामी वर्षमा भने विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ। राष्ट्र बैंकका गभर्नरले भने झैं यदि विप्रेषण आप्रवाह घट्दै जाने हो भने मुलुकको अर्थतन्त्रको भविष्य संकटमा पर्ने देखिन्छ।
मुलुकभित्रै ठुला-ठुला उद्योगहरूको स्थापना गरेर युवा जनशक्तिलाई उपयोग गर्ने हो भने वस्तुहरूको आयातमा विदेश जाने पूँजीलाई केही हदसम्म रोक्न सकिन्छ।
अर्कातिर मुलुकभित्र रहेका महत्त्वपूर्ण सम्पदाहरूको संवर्द्धन र प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउन सकेमा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन जान्छ।
त्यस्तै अर्को विकल्प भनेको कृषि क्षेत्रको विकास हो।
एकातर्फ खाद्यान्न, तरकारी, फलफूल लगायतका धेरै उपभाेग्य वस्तुका लागि नेपालबाट धेरै पैसा विदेश जाने अवस्था छ। अर्कातर्फ देशका युवाहरु भने विदेश पलायन भइरहेका छन्।
यदि रेमिट्यान्सको भविष्य कमजोर बन्दै गयो भने युवा शक्तिलाई स्वदेशमै उपयोग गर्ने योजना ल्याउन तर्फ सरकारको ध्यान जानु आवश्यक छ।
वैदेशिक रोजगारीको अवस्था
आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार करिब ३५ लाख नेपाली विदेशमा कार्यरत छन्। श्रम स्वीकृति नलिइ भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने यो संख्या निकै धेरै हुन जान्छ।
यसै आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ९७ जनाको श्रम स्वीकृति जारी भएको छ। भारत बाहेक अन्य देशमा हालसम्म दोहोर्याएर जाने समेत गरी करिब ७५ लाख जनाको श्रम स्वीकृति जारी भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।
मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा कुवेत गरी पाँच देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन्।
सबैभन्दा धेरै श्रम स्वीकृति लिने देशमा मलेशिया रहेको छ भने दोश्रोमा कतार रहेको छ। त्यसपछि क्रमशः संयुक्त अरब, साउदी अरेबिया र कुवेत परेका छन्।
श्रम स्वीकृति लिएकामध्ये पुन: श्रम स्वीकृति लिएर विदेश जाने ३२ प्रतिशत छन्। हाल वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू कार्यरत रहेकै मुलुकबाट श्रम स्वीकृति नविकरण गर्न पाउँछन्।
श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला रहेको पनि तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगारीबाट एकातिर मुलुकले विदेशी मुद्रा संकलन गर्ने अवसर पाएको छ भने अर्कातिर मुलुकमा सामाजिक समस्या भने निम्त्याएको छ।
अर्थविदहरु रेमिट्यान्सलाई युद्धका घाइतेलाई दिइने पेन्सनसँग तुलना गर्छन्। उनीहरु भन्छन्, ‘पैसा त आएको छ तर त्यसको सामाजिक मूल्य महँगो छ।’
२०७९ फागुन ०२ गते उकेरा डटकममा १७:१८ मा प्रकाशित यो रिपोर्ट सभार गरिएको हो।
काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेकाे छ ।
यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ।
श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन्।
मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको जानकारी दिए।
श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो। श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ।
काठमाडौं : चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु भएको छ। लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच योजना कार्यान्वयन सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ। करिब एक महिनाभित्र सम्झौता हुने तयारी भइरहेको बोर्ड स्रोतले बतायो।
तर, बोर्ड सहप्रवक्ता रमेश अधिकारीले कम्पनी र बोर्डबीच योजना कार्यान्वयन सम्झौता वार्ताकै चरणमा रहेकाले अहिले भन्न नसक्ने बताए। २०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर ए मा १० अर्ब ५४ करोड लगानीमा नेपालमा कम्पनी सुरुवात गर्नेछ। यो प्रत्यक्ष वैदेशिक लगानी हुनेछ। कम्पनीले १० वर्षमा ५० हजार युनिट र पाँच वर्षमा २० हजार युनिट यात्रुवाहक तथा व्यावसायिक गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। कम्पनीले नेपालमा नै पहिलोपटक विद्युतीय गाडीको पनि पाटपुर्जा एसेम्बल गर्ने पनि जनाएको छ।
योजना कार्यान्वयन सम्झौता भए करिब तीन वर्षपछि कम्पनीले उत्पादन सुरु गर्नु पर्नेछ। मोट्रेक्सले किया र हुन्डाई गाडीका पाटपुर्जा विश्वभर बिक्री वितरण गर्दै आइरहेको छ।
बोर्डको ५१औं बैठकले भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोटे«क्स कम्पनीसँग वार्ता प्रििक्रया सुरु गर्ने निर्णय गरेको थियो। मोटे«क्स कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।
यो योजना के पी ओली सरकारका पालामा चर्चामा थियो भने सरकार पतन भएसँगै योजना थन्किएको थियो।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएका थिय ।
प्रधानमन्त्रीले निर्देशन दिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री दाहालले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छ”, प्रेस संयोजक शर्माले बताए ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
दाङ, ५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकाछन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकााछन् । यो पेसाबाट सन्तुष्ट भएका बुढाथोकी भन्छन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएका थिए । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकी बताउँछन् ।
पछि नेपाली दूतावासको सयोगमा २०५६ सालमा नेपालमा फर्किएर गाईपालनमा लागेका उनले सुरुका वर्षमा आफ्नै घर जग्गामा रु एक लाख ५० हजारको लगानीमा तीनवटा जर्सी गाई किनेका थिए । अहिले जर्सी क्रसजातका १४ वटा गाई र छ वटा बाच्छाबाच्छी उनीसँग छन् । एउटा जर्सी गाईको मूल्य रु एक लाखदेखि रु एकलाख ५० हजारसम्म पर्छ ।
अहिले दैनिक ८० देखि ९० लिटर दूध तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्दै आएको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका बुढाथोकी बताउँछन् ।
उक्त फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा नं ८ निवासी सन्तोषी शर्माले आफ्नै घर आगनमा शुद्ध दुध खान पाइएको बताउँछन् । उनी भन्छन्, “यसअघि एक लिटर दूध किन्न गाउँभर घुम्दा पनि नपाएपछि तुलसीपुर बजारमा जानुपर्ने वाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसीलागेको छ ।” सोही ठाउँकी गोमा शर्मा पनि आफूले घरमा तरकारीखेती गरेको र त्यसका लागि गाईको मल खरिद गर्ने गरेको बताउँछन् ।
बुढाथोकीको फार्ममा अहिलेसम्म रु ५० लाखको हाराहारीमा लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र गाईबाच्छा बिक्रीबाट वार्षिक रु १८ देखि २२ लाख सम्म आम्दानी हुने गरेको छ । आन्तरिक सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु १२ लाख रुपैयाँ बचत गर्दै आएका उनले यसअघि गाईपालनका लागि दुई बिघा जमिन भाडामा लिएपनि सिँचाइ अभावका कारण घाँस खेती गर्न नसक्दा समस्या परेको बताउँछन् ।
पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य समाग्री खरीद गर्दा लागत खर्च बढ्न थालेको र उत्पादित दूधले बजार नपाएर घाटा व्यहोर्नु परेको बुढाथोकीको गुनासो छ । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उनको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेका छन् ।
पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ या विदेश नै जान नपर्ने र पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने बुढाथोकीको सुझाव छ । त्यसका लागि स्वयं युवा बर्रले एक सञ्जाल निर्माण गरेर गाईपालनका पूर्वाधार पहिचान गरी सहकार्यमार्फत् व्यवसायलाई अगाडि बढाउनुपर्ने र राज्यले पनि नारामा मात्र सीमित नभई व्यवहारिक रुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । स्थानीय सरकारले कम्तीमा पनि गाईभैँसीको कृत्रिम गर्भधानलाई निःशुल्क गराएमा राहत मिल्ने बुढाथोकीको भनाइ छ ।
गाईपालनका लागि घाँस, दाना र स्थायी बजारको समस्या रहेको बताउने उहाँ दूध प्रशोधनका लागि चिस्यान केन्द्रसमेत नहुँदा दूधको सुद्धतामा उपभोगताहरुले आसङ्का गर्ने गरेको गुनासो गछन् ।
विभिन्न क्षेत्रबाट दिइने अनुदानको कार्यक्रमका बारेमा प्रश्न उठाउँदै अनुदान खाली प्रक्रियामुखी र आवश्यताभन्दा पनि कार्यक्रममुखी भएकोले त्यसको प्रभावकारिता नभएको बुढाथोकीको ठम्याइ छ । अनुदान लोकसेवा आयोगले माग्ने निवेदन जस्तो नभइ व्यवसाय सुरुवात गर्दा कृषकले थाहा नपाउनेगरी गोठमा आइपुग्ने किसमको हुनुपर्ने र पशु बीमाजस्तै पचहत्तर प्रतिशत सरकार र २५ प्रतिशत हामी कृषकले बुझाए पुग्ने हुनुपर्नेमा उनी जोड दिन्छन् । उत्पादित समाग्रीलाई बजार प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने बुढाथोकीको सुुझाव छ । रासस
काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ ।
तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।
काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।
विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।
विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।
हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।
कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।