• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

जजिराले साउदीबाट मार्च ८ देखि भैरहवामा उडान भर्ने

  • १८ फाल्गुन २०७९, बिहीबार १९:०३ मा प्रकाशित
  • जजिरा एयरवेजले साउदी अरेबियाको रियाद, जेद्दा, मदिना, ताईफ र हायल शहरबाट कुवेत ट्रान्जिट हुदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी ०८ मार्च २०२३ देखि पुन: उडान सञ्चालन गर्ने भएको छ।

    यस अघि जजिरा एयरलाइन्सले मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने बताएको थियो । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।

    २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on जजिराले साउदीबाट मार्च ८ देखि भैरहवामा उडान भर्ने

    डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

  • १० फाल्गुन २०७९, बुधबार ११:१८ मा प्रकाशित
  • तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

    बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

    ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो ।

    उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उहाँ छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

    डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

    जजिराले मार्च ९ देखि भैरहवामा उडान भर्ने

  • ६ फाल्गुन २०७९, शनिबार ०८:५७ मा प्रकाशित
  • भैरहवा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफलपछि यस्तो सहमति भएको हो । २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

    छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनस् उडान सञ्चालन गर्ने भएको बताए ।

    ‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अर्बौं लगानी गरिएको लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनु पर्ने रुपन्देहीका व्यवसायीहरु बताउँछन् ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on जजिराले मार्च ९ देखि भैरहवामा उडान भर्ने

    आजको बिदेशी विनिमय दर कति? साउदी रियाल कतिमा हुँदैछ किनबेच।

  • ५ फाल्गुन २०७९, शुक्रबार ११:१२ मा प्रकाशित
  • नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

    शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ पनि घटेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

    बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।

    युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा पाइन्छ।

    बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो।

    यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३० रूपैयाँ १२ पैसा पाइन्छ।

    शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९७ पैसा तोकिएको छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on आजको बिदेशी विनिमय दर कति? साउदी रियाल कतिमा हुँदैछ किनबेच।

    सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा ८ हजार रुपैयाँ

  • ३ फाल्गुन २०७९, बुधबार ११:०४ मा प्रकाशित
  • दाङ – सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।

    सीता एअरले आफ्नाे जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।

    अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।

    सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा ८ हजार रुपैयाँ

    रेमिट्यान्सले मात्रै धान्न नसक्ने भयो देशको अर्थतन्त्र, के छन् अन्य विकल्प?

  • २ फाल्गुन २०७९, मंगलवार १८:३० मा प्रकाशित
  • काठमाडौं : नेपालको अर्थतन्त्र विदेशबाट भित्रिने रेमिट्यान्सको भरमा मात्रै टिकेको छ। राष्ट्र बैंकका अनुसार देशको वस्तुव्यापार घाटा तीव्र रुपमा बढेर गए पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विदेशी मुद्राका कारण नै चालु खाता हालसम्म सन्तुलनकै अवस्थामा छ।

    गत आर्थिक वर्ष (०७८/७९) मा नेपालले १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्यायो। रेमिट्यान्स बाहेक नेपालले वैदेशिक मुद्रा आर्जन गर्ने अर्को ठूलो स्रोत भनेको निर्यात हो, जुन २ खर्बमा मात्र सीमित छ। रेमिट्यान्सका तुलनामा यो रकम धेरै नै कम हो।

    यसको तुलनामा नेपालमा झण्डै वार्षिक १९ खर्ब रुपैयाँभन्दा बढीको आयात हुने गरेको छ। यसलाई धान्ने क्षमता रेमिट्यान्स र निर्यातसँग छैन।

    यसै कारण मुलुकको अर्थतन्त्रमा वर्षेनी ठूलो खाडल पर्दै गइरहेको छ। त्यो खाडललाई भर्ने काम वैदेशिक ऋण र अनुदानले गर्ने गरेको छ। जुन अर्थतन्त्रका लागि सुखद अवस्था होइन।

    रेमिट्यान्सको भविष्य र विकल्प

    देशको अर्थतन्त्रका लागि आगामी वर्ष चुनौतीपूर्ण बन्ने घोषणा राष्ट्र बैंकले गरिसकेको छ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नै आगामी वर्ष विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शून्य हुने र वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिने बताएका छन्।

    अधिकारीका अनुसार आगामी वर्ष विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने देखिएको छ।

    यस आर्थिक वर्षका विगत ८ महिनामा गत आर्थिक वर्षको यसै अवधिका तुलनामा १.८ प्रतिशतले रेमिट्यान्स बढेको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा झण्डै ६ खर्ब रेमिट्यान्स भित्रिएको छ।

    तर आगामी वर्षमा भने विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ। राष्ट्र बैंकका गभर्नरले भने झैं यदि विप्रेषण आप्रवाह घट्दै जाने हो भने मुलुकको अर्थतन्त्रको भविष्य संकटमा पर्ने देखिन्छ।

    मुलुकभित्रै ठुला-ठुला उद्योगहरूको स्थापना गरेर युवा जनशक्तिलाई उपयोग गर्ने हो भने वस्तुहरूको आयातमा विदेश जाने पूँजीलाई केही हदसम्म रोक्न सकिन्छ।

    अर्कातिर मुलुकभित्र रहेका महत्त्वपूर्ण सम्पदाहरूको संवर्द्धन र प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउन सकेमा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन जान्छ।

    त्यस्तै अर्को विकल्प भनेको कृषि क्षेत्रको विकास हो।

    एकातर्फ खाद्यान्न, तरकारी, फलफूल लगायतका धेरै उपभाेग्य वस्तुका लागि नेपालबाट धेरै पैसा विदेश जाने अवस्था छ। अर्कातर्फ देशका युवाहरु भने विदेश पलायन भइरहेका छन्।

    यदि रेमिट्यान्सको भविष्य कमजोर बन्दै गयो भने युवा शक्तिलाई स्वदेशमै उपयोग गर्ने योजना ल्याउन तर्फ सरकारको ध्यान जानु आवश्यक छ।

    वैदेशिक रोजगारीको अवस्था

    आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार करिब ३५ लाख नेपाली विदेशमा कार्यरत छन्। श्रम स्वीकृति नलिइ भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने यो संख्या निकै धेरै हुन जान्छ।

    यसै आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ९७ जनाको श्रम स्वीकृति जारी भएको छ। भारत बाहेक अन्य देशमा हालसम्म दोहोर्याएर जाने समेत गरी करिब ७५ लाख जनाको श्रम स्वीकृति जारी भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

    मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा कुवेत गरी पाँच देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन्।

    सबैभन्दा धेरै श्रम स्वीकृति लिने देशमा मलेशिया रहेको छ भने दोश्रोमा कतार रहेको छ। त्यसपछि क्रमशः संयुक्त अरब, साउदी अरेबिया र कुवेत परेका छन्।

    श्रम स्वीकृति लिएकामध्ये पुन: श्रम स्वीकृति लिएर विदेश जाने ३२ प्रतिशत छन्। हाल वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू कार्यरत रहेकै मुलुकबाट श्रम स्वीकृति नविकरण गर्न पाउँछन्।

    श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला रहेको पनि तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगारीबाट एकातिर मुलुकले विदेशी मुद्रा संकलन गर्ने अवसर पाएको छ भने अर्कातिर मुलुकमा सामाजिक समस्या भने निम्त्याएको छ।

    अर्थविदहरु रेमिट्यान्सलाई युद्धका घाइतेलाई दिइने पेन्सनसँग तुलना गर्छन्। उनीहरु भन्छन्, ‘पैसा त आएको छ तर त्यसको सामाजिक मूल्य महँगो छ।’

    २०७९ फागुन ०२ गते उकेरा डटकममा १७:१८ मा प्रकाशित यो रिपोर्ट सभार गरिएको हो।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on रेमिट्यान्सले मात्रै धान्न नसक्ने भयो देशको अर्थतन्त्र, के छन् अन्य विकल्प?

    आज यस्तो छ मुद्राको विनिमय दर ! साउदीको कति?

  • २७ माघ २०७९, शुक्रबार १०:५० मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेकाे छ ।

    यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ ।

    त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

    यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा छ ।

    यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on आज यस्तो छ मुद्राको विनिमय दर ! साउदीको कति?

    साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

  • १२ माघ २०७९, बिहीबार १०:५२ मा प्रकाशित
  • श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन्।

    मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको जानकारी दिए।

    श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो।
    श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्कालीहरूलाई रोजगारी दिने

    देशमै विद्युतीय गाडी एसेम्बल गर्ने तयारी

  • २१ पुष २०७९, बिहीबार १०:३३ मा प्रकाशित
  • काठमाडौं : चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु भएको छ।  लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच योजना कार्यान्वयन सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ। करिब एक महिनाभित्र सम्झौता हुने तयारी भइरहेको बोर्ड स्रोतले बतायो। 

    तर, बोर्ड सहप्रवक्ता रमेश अधिकारीले कम्पनी र बोर्डबीच योजना कार्यान्वयन सम्झौता वार्ताकै चरणमा रहेकाले अहिले भन्न नसक्ने बताए। 
    २०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर ए मा १० अर्ब ५४ करोड लगानीमा नेपालमा कम्पनी सुरुवात गर्नेछ। यो प्रत्यक्ष वैदेशिक लगानी हुनेछ। कम्पनीले १० वर्षमा ५० हजार युनिट र पाँच वर्षमा २० हजार युनिट यात्रुवाहक तथा व्यावसायिक गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। कम्पनीले नेपालमा नै पहिलोपटक विद्युतीय गाडीको पनि पाटपुर्जा एसेम्बल गर्ने पनि जनाएको छ। 

    योजना कार्यान्वयन सम्झौता भए करिब तीन वर्षपछि कम्पनीले उत्पादन सुरु गर्नु पर्नेछ। मोट्रेक्सले किया र हुन्डाई गाडीका पाटपुर्जा विश्वभर बिक्री वितरण गर्दै आइरहेको छ। 

    बोर्डको ५१औं बैठकले भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोटे«क्स कम्पनीसँग वार्ता प्रििक्रया सुरु गर्ने निर्णय गरेको थियो। मोटे«क्स कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो। 

    यो योजना के पी ओली सरकारका पालामा चर्चामा थियो भने सरकार पतन भएसँगै योजना थन्किएको थियो।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on देशमै विद्युतीय गाडी एसेम्बल गर्ने तयारी

    व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • १९ पुष २०७९, मंगलवार १८:०९ मा प्रकाशित
  • काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएका थिय ।

    प्रधानमन्त्रीले निर्देशन दिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो ।

    प्रधानमन्त्री दाहालले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छ”, प्रेस संयोजक शर्माले बताए ।

    रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P