• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

नेपाली दुताबास रियाद साउदी अरबले नेपाल पठायो ९५ जना मृतकले पाउनु पर्ने रकम १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) ।

  • २६ श्रावण २०७७, सोमबार २०:१६ मा प्रकाशित
  • रम्जान “समर्पण”

    १० अगस्ट २०२०, साउदी अरब ! बैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा आई विभिन्न स्थानमा काम गर्दा मृत्यु भएका ९५ नेपालीहरूको कम्पनी बाट पाउनु पर्ने रकम नेपाली दुताबास रियाद साउदी अरबको पहलमा सम्बन्धित कम्पनी बाट उठाएर नेपाल पठाएको छ ।
    नेपाली दूतावास रियाले आफ्नो फेसबुक पेजबाट आधिकारिक सूचना जारी गर्दै ९५ जना मृतकको १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) नेपाल स्थित कन्सुलर सेवा विभागको ब्याङ्क खातामा ट्रान्सफर गरिएको जनाएको छ ।

    मृतक नेपालीहरुले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लडमनी बापत रकम नेपाली दूतावासको पहलमा सम्बन्धित कम्पनी हरुले नेपाली दूतावास रियादको ब्याङ्क खातामा जम्मा गराएका थिए ।

    यसैबीच विभिन्न दुर्घटनामा परी ज्यान गुमाएका अन्य नेपालीहरूको हकमा पनि दुतावास रियादका प्रतिनिधिहरु बारम्बार अदालतमा गएर उहाँहरुको अधिकारको निम्ति बहस पैरबी गरिरहेको तर विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनका कारण यहाँका अधिकांश अदालत तथा सरकारी निकायहरू अझै पनि पूर्णतः खुल्न नसकेको तर यहाँको स्थिति सामान्य हुनासाथ निरन्तर फलोअप गरेर उहाँहरुको मुद्दा चाँडै भन्दा चाँडै समाधान गर्ने समेत जानकारी सूचना मार्फत जानकारी गराइएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर2 Comments on नेपाली दुताबास रियाद साउदी अरबले नेपाल पठायो ९५ जना मृतकले पाउनु पर्ने रकम १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) ।

    बिहीबार चौध सय नेपाली स्वदेश फर्किए, शुक्रबार १४ चार्टर्ड उडान हुने

  • २३ श्रावण २०७७, शुक्रबार ०६:३९ मा प्रकाशित
  • काठमाडौ ! त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्।

    यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।      

    कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएको हो।

    नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ।

    थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।      

    यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ।

    एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ। मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ।

    शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ। रासस (सेतोपाटी बाट)

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on बिहीबार चौध सय नेपाली स्वदेश फर्किए, शुक्रबार १४ चार्टर्ड उडान हुने

    सुनको भाउले आकाश छोयो, तोलाकै नाघ्यो एक लाख रुपैयाँ

  • २१ श्रावण २०७७, बुधबार ११:०५ मा प्रकाशित
  • Gold price hike nepal

    काठमाडौं, साउन २१ । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ ।

    आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तोलाकै एक लाख हुँदै सुनको मोलले आकाश छोएपछि अब सर्वसाधारणका लागि सुन हेर्ने धातुमै सीमित हुने भएको छ ।

    महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढ्नु, सुनको उत्पादनमा कमी हुनु, ठूला देशबीच द्वन्द्व बढ्नु तथा कोरोना संक्रमणका कारण अस्थिरता बढ्दा भाउ बढेको उहाँको भनाइ छ ।

    चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । इमेज खबर बाट।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सुनको भाउले आकाश छोयो, तोलाकै नाघ्यो एक लाख रुपैयाँ

    तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुससहित नागढुंगामा पक्राउ

  • १६ श्रावण २०७७, शुक्रबार २०:२१ मा प्रकाशित

    दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो । 
    उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो
    नया पत्रिका दैनिक वाट साभार गरिएको !

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुससहित नागढुंगामा पक्राउ

    क्यान्सर देखि मुटुरोग सम्म निको पार्ने सिताके च्याउ एसिया महादेशमा

  • १४ श्रावण २०७७, बुधबार २१:०६ मा प्रकाशित

    बिशाल आचार्य

    च्याउ अत्यन्तै लोकप्रिय तरकारीको रुपमा रहेको छ । त्यसमा अझ सिताके च्याउ झनै लोकप्रिय छ। नेपालमा पनि अचेल यसको खेतिमा आकर्षण बड्दै आइरहेको छ । सिन्धुपाल्चोक जिल्लाको सामुन्द्रिक सतह बाट १000 उचाईमा रहेको इन्द्रावती ५ मा पनि यस खेतिलाइ विस्तार पुर्वक बढाइएको छ । यो च्याउ लोकप्रिय त छ नै ता पनि अन्य च्याउ भन्दा अलिक महँगो रहेको छ । यो लोकप्रिय र सर्वप्रिय हुनुको कारण यसमा भएको मासुजस्तो स्वादनै प्रमुख कारण हो । यसमा भिटामिन बि को मात्रा हुन्छ । यस च्याउले क्यान्सर जस्तो प्राणघातक रोगसग जुध्ने काम गर्छ । त्यसमाथी अझ भनु रक्तप्रवाह सम्बन्धि विभिन्न रोग र विभिन्न रोगको संक्रमण समेत यो उत्तिकै प्रभावकारि छ । यस च्याउले क्यान्सर सेलसग भिड्ने काम गर्छ यस च्याउमा भएको लेन्टिनान तत्वले क्यान्सरको उपचारका क्रममा कमजोर भएका क्रोमोजमलाइ सध्दे पार्न मद्दत गर्छ । यसकारण सिताके च्याउलाइ क्यान्सरको सबभन्दा बढी प्रभावकारि प्राकृतिक उपचारका रुपमा समेत लिन सकिन्छ । यस्ले शरीरको मोटोपना , अनावश्यक चिल्लोपना , शरीरमा शक्ति बढाउने , दिमागी तागतलाइ बढाउने , छाला सम्बन्धि रोगसँग लड्ने क्षमता उत्तिकै प्रभावकारि , भिटामिन डिको स्रोत , रक्तप्रवाह सम्बन्धि रोगहरु सग लड्न सक्ने क्षमता तेत्तिकै हुन्छ । खादा मासुको झै स्वाद हुने यो च्याउ धेरै स्वस्थकर हुन्छ । मासुले त अनेक रोग उत्पन्न गराउछ भने यो च्याउ को प्रयोगले मानिसमा दिमागी तेज शक्ति रोगप्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ ।

    Posted in अर्थ1 Comment on क्यान्सर देखि मुटुरोग सम्म निको पार्ने सिताके च्याउ एसिया महादेशमा

    सोलुखुम्बुमा २९ लाखको चेक र १४ लाख नगदसहित ४ जना जुवाडे पक्राउ

  • १४ श्रावण २०७७, बुधबार ०९:१० मा प्रकाशित
  • सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १४ लाख नगदसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ । उज्यालो अनलाइन खबर बाट।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सोलुखुम्बुमा २९ लाखको चेक र १४ लाख नगदसहित ४ जना जुवाडे पक्राउ

    अब लामो समय विदेशमा रहेका सिम पनि नेपाल आउने बित्तिकै चलाउन सकिने हेर्नुस् कसरी चलाउने ।

  • १३ श्रावण २०७७, मंगलवार २१:०५ मा प्रकाशित
  • साउन १०, काठमाडौँ । विदेश जाँदा सँगै लगेको नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड सिम अब लामो समय विदेश बसेर नेपाल फर्किए पनि नेपाल आएलगत्तै सोही नम्बरको सिम प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले एक सूचना जारी गर्दै लामो समय विदेशमा रहेका सिम पनि नेपाल आउनेबित्तिकै चलाउन सकिने जानकारी दिएको हो। 

    तर यसका लागि टेलिकमले तोकेका शर्त भने पूरा गर्नुपर्नेछ । विदेश जाँदा सँगै लगेको सिममा अनलाइन बैंकिङ, भुक्तानी सेवा प्रदायक आदि माध्यममार्फत् विदेशबाटै टपअप गरिराख्नुपर्ने नेपाल टेलिकमले जनाएको छ ।

    यसरी टपअप गर्दा प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ। यसरी अवधि थप गर्दै एक्टिभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने जानकारी टेलिकमले गराएको हो। यसरी प्रिपेड तथा पोस्टपेड दुवै प्रकारका सिमकार्ड चलाउन सकिने जानकारी दिइएको छ। 

    टेलिकमले जारी गरेको सूचना

    (क) प्रिपेड सिमकार्ड

    कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु गर्न १४१५ मा डायल गरी वा एक्स्ट्रिक १४१४ ह्यासमा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ। नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम सुरु गरेपश्चात् सो अवधिसम्म टपअप नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ।

    प्रिपेड सिमकार्डमा ५० रुपैयाँ टपअप गर्दा ३० दिन, १ सय टपअप गर्दा ६० दिन, ५ सय टपअप गर्दा  एक वर्ष र १ हजार रुपैयाँ टपअप गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ।

    न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ। सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टपअप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ। दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्छ। फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ।

    कुनै सिमकार्डमा सञ्चित रकम भएतापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ। यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टपअप गरिएमा टपअप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ। तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ फ्रोजन गरिएको रकम अनुसार मात्र थप हुन्छ। कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ।

    (ख) पोस्टपेड सिमकार्ड

    सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ। यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन।

    नब्बे दिनसम्म पनि बाँकी रकम भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ। फ्रोजनमारहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन÷इमेलमार्फत) जानकारी गराउनु पर्छ। उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द हुन्छ।

    ग्राहकको सिम बन्द अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १ सय ८० दिनभित्र ५ सय ६० रुपैयाँ रिकनेक्सन फी भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ। सिम बन्द भएको १८० दिन पश्चात कम्पनीले सिम रिसाइकल गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री-वितरण गर्न सक्दछ। साझासवाल.कम बाट।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on अब लामो समय विदेशमा रहेका सिम पनि नेपाल आउने बित्तिकै चलाउन सकिने हेर्नुस् कसरी चलाउने ।

    सुनको भाउ तीब्र गतिमा उकालो लाग्दै,एक वर्षमा साढे ३२ हजारले बढ्यो

  • १२ श्रावण २०७७, सोमबार १४:५६ मा प्रकाशित
  • काठमाडौं : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ।

    गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो।

    यस्तै एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु ४३५ वृद्धि भएको छ। त्यसयता स्थानीय बजारमा सुन चाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ। महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेको छ।

    महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ। यो अहिलेसम्मकै उच्च हो। आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ। मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ। सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताए। सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ। अन्नपूर्ण पोस्ट बाट ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सुनको भाउ तीब्र गतिमा उकालो लाग्दै,एक वर्षमा साढे ३२ हजारले बढ्यो

    ठोरीमा डेढ अर्बको लगानीमा आधुनिक कृषि फार्म

  • १० श्रावण २०७७, शनिबार १५:२३ मा प्रकाशित
  • पर्सा, साउन १० । पर्साको ठोरी गाउँपालिका स्वर्णपुरमा डेढ अर्ब रुपैयाँको लगानीमा आधुनिक तथा व्यावसायिक कृषि फार्म खुल्ने भएको छ ।

    १३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको आधुनिक कृषि फार्म चार महिनापछि सञ्चालनमा आउनेछ ।

    कृषि फार्ममा नौ हजार किसान र गाईपालनमा ३०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

    फार्मको नौ बिघामा गाईफार्म, गोबरग्यास प्लान्ट तथा गाईवस्तुको दाना उत्पादन गर्ने प्लान्ट रहनेछन् भने बाँकी चार बिघामा घाँसेमैदान रहने कशल क्याटल फार्मिङका सञ्चालक श्यामबदन यादवले जानकारी दिनुभयो ।

    गाईफार्ममा एक हजार गाई र एक हजार बाछी पाल्ने लक्ष्य छ ।

    गाईफार्मबाट दैनिक ३० हजार लिटर दूध उत्पादन गरिने र दैनिक १५० टन गाईवस्तुको दाना उत्पादनका साथै बिजुली उत्पादन गर्ने गोबरग्याँस प्लान्ट पनि निर्माण भइरहेको छ ।

    गाईफार्मले वरपरका करिब नौ हजार गाउँलेहरुले घाँस उत्पादन गरी बेच्न पाउने तथा दूधसमेत बेच्न पाउने अवसर पाउनेछन् ।इमेज खबर ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ठोरीमा डेढ अर्बको लगानीमा आधुनिक कृषि फार्म

    एक हजारको नोटबाट हट्यो अफ्रिकन हात्ती, राखियो नेपाली जुम्ल्याहा हात्ती

  • ८ श्रावण २०७७, बिहीबार १२:२६ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ ।

    अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ ।

    हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९/७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

    हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।सिभिल खबर ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एक हजारको नोटबाट हट्यो अफ्रिकन हात्ती, राखियो नेपाली जुम्ल्याहा हात्ती

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P