क्यान्सर देखि मुटुरोग सम्म निको पार्ने सिताके च्याउ एसिया महादेशमा

  • १४ श्रावण २०७७, बुधबार २१:०६ मा प्रकाशित
  • बिशाल आचार्य

    च्याउ अत्यन्तै लोकप्रिय तरकारीको रुपमा रहेको छ । त्यसमा अझ सिताके च्याउ झनै लोकप्रिय छ। नेपालमा पनि अचेल यसको खेतिमा आकर्षण बड्दै आइरहेको छ । सिन्धुपाल्चोक जिल्लाको सामुन्द्रिक सतह बाट १000 उचाईमा रहेको इन्द्रावती ५ मा पनि यस खेतिलाइ विस्तार पुर्वक बढाइएको छ । यो च्याउ लोकप्रिय त छ नै ता पनि अन्य च्याउ भन्दा अलिक महँगो रहेको छ । यो लोकप्रिय र सर्वप्रिय हुनुको कारण यसमा भएको मासुजस्तो स्वादनै प्रमुख कारण हो । यसमा भिटामिन बि को मात्रा हुन्छ । यस च्याउले क्यान्सर जस्तो प्राणघातक रोगसग जुध्ने काम गर्छ । त्यसमाथी अझ भनु रक्तप्रवाह सम्बन्धि विभिन्न रोग र विभिन्न रोगको संक्रमण समेत यो उत्तिकै प्रभावकारि छ । यस च्याउले क्यान्सर सेलसग भिड्ने काम गर्छ यस च्याउमा भएको लेन्टिनान तत्वले क्यान्सरको उपचारका क्रममा कमजोर भएका क्रोमोजमलाइ सध्दे पार्न मद्दत गर्छ । यसकारण सिताके च्याउलाइ क्यान्सरको सबभन्दा बढी प्रभावकारि प्राकृतिक उपचारका रुपमा समेत लिन सकिन्छ । यस्ले शरीरको मोटोपना , अनावश्यक चिल्लोपना , शरीरमा शक्ति बढाउने , दिमागी तागतलाइ बढाउने , छाला सम्बन्धि रोगसँग लड्ने क्षमता उत्तिकै प्रभावकारि , भिटामिन डिको स्रोत , रक्तप्रवाह सम्बन्धि रोगहरु सग लड्न सक्ने क्षमता तेत्तिकै हुन्छ । खादा मासुको झै स्वाद हुने यो च्याउ धेरै स्वस्थकर हुन्छ । मासुले त अनेक रोग उत्पन्न गराउछ भने यो च्याउ को प्रयोगले मानिसमा दिमागी तेज शक्ति रोगप्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ ।

    One thought on “क्यान्सर देखि मुटुरोग सम्म निको पार्ने सिताके च्याउ एसिया महादेशमा

    1. आहा निकै मिठो तथा स्वादिलो 🍄 च्याउ हाम्रो ठाउँमा । बधाई छ विशाल जि ।

    Leave a Reply