नेपाली दुताबास रियाद साउदी अरबले नेपाल पठायो ९५ जना मृतकले पाउनु पर्ने रकम १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) ।

  • २६ श्रावण २०७७, सोमबार २०:१६ मा प्रकाशित
  • रम्जान “समर्पण”

    १० अगस्ट २०२०, साउदी अरब ! बैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा आई विभिन्न स्थानमा काम गर्दा मृत्यु भएका ९५ नेपालीहरूको कम्पनी बाट पाउनु पर्ने रकम नेपाली दुताबास रियाद साउदी अरबको पहलमा सम्बन्धित कम्पनी बाट उठाएर नेपाल पठाएको छ ।
    नेपाली दूतावास रियाले आफ्नो फेसबुक पेजबाट आधिकारिक सूचना जारी गर्दै ९५ जना मृतकको १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) नेपाल स्थित कन्सुलर सेवा विभागको ब्याङ्क खातामा ट्रान्सफर गरिएको जनाएको छ ।

    मृतक नेपालीहरुले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लडमनी बापत रकम नेपाली दूतावासको पहलमा सम्बन्धित कम्पनी हरुले नेपाली दूतावास रियादको ब्याङ्क खातामा जम्मा गराएका थिए ।

    यसैबीच विभिन्न दुर्घटनामा परी ज्यान गुमाएका अन्य नेपालीहरूको हकमा पनि दुतावास रियादका प्रतिनिधिहरु बारम्बार अदालतमा गएर उहाँहरुको अधिकारको निम्ति बहस पैरबी गरिरहेको तर विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनका कारण यहाँका अधिकांश अदालत तथा सरकारी निकायहरू अझै पनि पूर्णतः खुल्न नसकेको तर यहाँको स्थिति सामान्य हुनासाथ निरन्तर फलोअप गरेर उहाँहरुको मुद्दा चाँडै भन्दा चाँडै समाधान गर्ने समेत जानकारी सूचना मार्फत जानकारी गराइएको छ।

    2 thoughts on “नेपाली दुताबास रियाद साउदी अरबले नेपाल पठायो ९५ जना मृतकले पाउनु पर्ने रकम १४,५४,६८९.६१ साउदी रियाल (करिब ४ करोड ६३ लाख ३२ हजार रुपैयाँ) ।

    Leave a Reply