• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

एक लाख नेपाली रुपैयाँको इलेक्ट्रीक कार !

  • १० चैत्र २०७८, बिहीबार ०८:३६ मा प्रकाशित
  • काठमाडौं । विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय

    सवारीसाधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ ।
    विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । यस्तोमा यूरोप, अमेरिका र अन्य एशियाली देशले बनाएका इलेक्ट्रीक कारको मूल्य उच्च रहेकोमा चिनियाँ एक कम्पनीले चाङ्ली नामको इलेक्ट्रीक कार ९०० डलर मूल्य तोकेर बजारमा ल्याएको छ ।

    कार उत्पादनका लागि दुई वटा प्रमुख पक्षमा ध्यान दिइनु पर्छ । सबैभन्दा पहिला कार निर्माण गर्नु अघि डिजाइन र त्यसपछि उपयुक्त टेक्नलोजी छनौट गर्ने गरेको पाइन्छ । यी दुबै कामको लागि धेरै भन्दा धेरै रिसर्च एण्ड डेभलपमेन्टमा समय र पैसा लगानी गर्नु पर्ने हुन्छ ।

    यी दुबै चरण पहिलो र खर्चिलो मानिन्छ । दोस्रो चरण सबैले सोचेको पक्ष हो जहाँ कार उत्पादन गर्न आवश्यक बस्तु र डिभाइसहरु जुटाउनु पर्छ । ठूला कार कम्पनीहरुले पहिलो पक्षमा धेरै खर्च गरेका हुन्छन् । जसका कारण कारहरुमा प्रयोग भएको वास्तविक मेटेरियल भन्दा रिसर्च डेभलपमेन्ट तथा कन्सेप्टको इन्जिनियरीङमा धेरै खर्च लाग्छ ।

    तर, सबैभन्दा सस्तो इलेक्ट्रीक कार बनाएको चाङ्गीले भने रिसर्च र डेभलपमेन्टको पार्टलाई पुरै वेवास्ता गरेर गाडी बनाउन चाहिएको सामानको मूल्यलाई मात्र केन्द्रमा राखेको हो

    चाङ्गीले ब्याट्रीमा लाग्ने खर्च कम गर्न यसमा लियम आयोनको सट्टा लिड एसिड ब्याट्रीको प्रयोग गरेको छ । जुन लिथियम आयोनभन्दा निकै सस्तो छ ।

    ब्याट्रीपछि अर्को महत्वपूर्ण पार्टस् भनेको मोटर हो । कम्पनीले यसको पनि कस्ट कम गर्न उपाय निकालेको छ । चाङ्गीले आफ्नो इभीमा वासिङ मेसिनमा प्रयोग हुने १.६ हर्सपावरको मोटर प्रयोग गरिरहेको छ ।

    त्यस्तै कम्पनीले सबै इभीमा हुने ब्याट्रीको डिसी पावरलाई एसी पावरमा कन्भर्ट गर्नका लागि प्रयोग हुने इन्भटर हटाएको छ । कम्पनीले आफ्नो कारमा एसी मोटरको सट्टा डिसी मोटर नै प्रयोग गरेर इन्भटरको आवश्यक्तालाई हटाएको हो । मूल्य घटाउन कै लागि कारमा अगाडि चक्कामा ब्रेक पनि दिइएको छैन । यो कारको पछाडि चक्कामा मात्रै ब्रेक लाग्ने टेक्नलोजी दिइएको छ ।

    यती सस्तो मूल्यको कार कति स्पीडमा गुड्छ भन्ने प्रश्न स्वभाविक हुन्छ । कम्पनीका अनुसार यो कारको टप स्पीड ४० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेपछि लगभग ६५ किलोमिटर गुडाउन सकिन्छ ।

    कार निकै सस्तो भएपछि यसमा डिजीटल ड्यासबोर्ड र रियर पार्किङ क्यामरा समेत दिइएको छ । यो कारको टिकाउपन र सुरक्षाको विषयमा भने केही जानकारी प्राप्त भएको छैन ।

    Posted in अर्थ, मुख्य खबर, लोकप्रियLeave a Comment on एक लाख नेपाली रुपैयाँको इलेक्ट्रीक कार !

    फागुन महिनामा सबैभन्दा बढी साउदी जनाका लागि श्रम स्वीकृति, कतिले लिए ?

  • ९ चैत्र २०७८, बुधबार ०९:३० मा प्रकाशित
  • फागुन महिनामा सबैभन्दा बढी साउदी अरबमा ९ हजार १ सय ६० जनाको श्रम स्वीकृति भएको छ । साउदी अरबपछि कतार जानेको श्रम स्वीकृति भएको छ ।

    कतार जान ५ हजार ८ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा यूएई जान ४ हजार २ सय ५८ जनाले श्रम स्वीकृति लिएका छन् ।

    बहराइनका लागि ७ सय ५६ जना, साइप्रसका लागि २ सय ४९ जना, क्रोएसियाका लागि ७ जना, जोर्डनका लागि १ सय १६ जना, कुवेतका लागि ३ हजार १ सय ५२ जना, मरिससका लागि ३० जना, ओमानका लागि ३ सय १३ जनाको संस्थागत श्रम स्वीकृति भएको छ ।

    यस्तै रोमानियाका लागि २ सय ५ जनाको श्रम स्वीकृति भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on फागुन महिनामा सबैभन्दा बढी साउदी जनाका लागि श्रम स्वीकृति, कतिले लिए ?

    तेलको मूल्य उच्च हुँदा साउदी अरामकोको नाफा १२४ प्रतिशतले बढ्यो

  • ७ चैत्र २०७८, सोमबार १०:१९ मा प्रकाशित
  • काठमाडौं । साउदी अरेबियाको तेल कम्पनी साउदी अरामकोले आइतबार सन् २०२१ को आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले यो वर्ष खुद नाफा दोब्बरभन्दा बढी ११० अर्ब डलर कमाएको छ । कच्चा तेलको उच्च मूल्य, बलियो रिफाइनिङ र केमिकल मार्जिन, र यसको रसायन व्यवसायका कारण सन् २०२१ मा सन् २०२० को तुलनामा १२४ प्रतिशत बढी नाफा कमाएको कम्पनीले जनाएको हो ।

    सन् २०२० मा कोरोना भाइरको महामारी उग्र बिन्दुमा रहेका बेला अरामकोले ४९ अर्ब अमेरिकी डलर नाफा कमाएको थियो । यस वर्ष अर्थात् सन् २०२१ मा ११० अर्ब अमेरिकी डलर नाफा कमाएको कम्पनीले जनाएको हो । यो समाचार आएसँगै आइतबार ४ प्रतिशतले अरामकोको सेयर बढिसकेको छ ।

    महामारी शान्त भएपछि सन् २०२१ को मध्यपछि बढ्दो मागका कारण कच्चा तेलको मूल्य वृद्धिले नाफा बढी गर्न फाइदा पुगेको कम्पनीले जनाएको छ । अहिले रुसले युक्रेनमाथि आक्रमण गरेका बेलासमेत कच्चा तेलको मूल्य बढेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on तेलको मूल्य उच्च हुँदा साउदी अरामकोको नाफा १२४ प्रतिशतले बढ्यो

    नयाँ मापदण्ड, यस्ता यात्रुले विमानस्थलमा अनिवार्य परीक्षण गर्नुपर्ने

  • ६ चैत्र २०७८, आईतवार १४:५२ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा कोभिड-१९ परीक्षणको नयाँ मापदण्ड तोकेको छ ।

    आइतबार मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ ।

    त्यस्तै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा परीक्षण गराउनुपर्ने बताएको छ ।

    ‘५ वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा दुवैमध्ये कुनै एउटा भए पनि कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण छन् भने परीक्षण गराउनुपर्ने,’ सूचनामा उल्लेख छ ।

    साथै सीमानाका वा हवाई नाकामा खटिएका स्वास्थ्यकर्मीहरूले आवश्यक ठानेमा कोरोना परीक्षणलगायत अन्य संक्रामक रोगहरूको समेत परीक्षण गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on नयाँ मापदण्ड, यस्ता यात्रुले विमानस्थलमा अनिवार्य परीक्षण गर्नुपर्ने

    फुल चार्जमा ५१० किमि रेन्ज दिने चेरीको इभी

  • ४ चैत्र २०७८, शुक्रबार १०:११ मा प्रकाशित
  • काठमाडौं । चेरीले नेपालमा पुनःआगमन गरेको करिब ६ महिना भएको छ । अहिले आइसी इन्जिनमा रहेको टिगो फोर प्रो मोडल विक्री गर्दै आएको चेरीले निकट भविष्यमा नै इलेक्ट्रीक गाडी ल्याउने तयारी गरिरहेको छ ।

    चेरी चीनको अग्रणी अटोमोबाइल कम्पनी हो भने, उसले विगत २० वर्षभन्दा धेरै समयदेखि नयाँ इनर्जी भेहिकल उत्पादन र अन्भेष्णमा काम गर्दै आएको छ । अहिले चेरीसँग चारवटा नयाँ इनर्जी भेहिकल प्लेटफर्म रहेका छन् ।

    चेरीले आफ्नो आन्ट मोडललाई नयाँ लाइफ टेक्नोलोजी प्लेटफर्ममा ल्याएको छ । सन् २०२२ ‘आन्ट’मा ‘लेभल टु अटोमेटीक एसिस्ट ड्राइभिङ सिस्टम’ पाउन सकिन्छ ।

    नयाँ आन्टको लम्बाई ४६३० एमएम, चौडाई १९१० एमएम, उचाई १६५५ एमएम र ह्वीलवेस २८३० एमएम रहेको छ । चेरीले यसलाई रियर ह्वील ड्राइभ सिस्टमा ल्याएको छ ।

    एक पटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज दावी गरिएको आन्ट ७०.१ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ भने, यसलाई कम्पनीले १३० किलोवाट र १५० किलोवाट क्षमताको दुई फरक मोटरमा ल्याएको छ ।

    चेरीले पूर्णत फिचर लोड गरेर ल्याएको नयाँ एसयूभीमा स्प्लीट हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम्प, १८ इन्चको अलोय ह्वील जस्ता फिचर रहेका छन् ।

    यसको इन्टेरियर पनि फिचर लोडेड रहेको छ । १२.३ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक सनरुफ, एयर प्यूरिफायर सिस्टम, इलेक्ट्रीक सिट, फाइभ जी सपोर्ट, एडएएस ड्राइभर एसिस्ट, भ्वइस कमान्ड जस्ता फिचर पाउन सकिन्छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on फुल चार्जमा ५१० किमि रेन्ज दिने चेरीको इभी

    इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

  • २ चैत्र २०७८, बुधबार २३:३८ मा प्रकाशित
  • २ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो बढाएको छ ।

    नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।

    हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । यससँर्गै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।

    खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ ।

    उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ ।

    मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमको दाबी छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ

    ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समधान नभएपछि शेयर कारोबार बन्द

  • ३० फाल्गुन २०७८, सोमबार १७:३१ मा प्रकाशित
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज साेमबारको शेयर कारोबार बन्द भएकाे जनाएको छ । करिब दुई घण्टा मात्रै खुलेपछि रोकिएको बजार आजको लागि बन्द भएको हो ।ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि १२ः५३ बजेदेखि कारोबार स्थगित भएको थियो । ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समधान नभएपछि नेप्सेले आजको लागि कारोबार बन्द गरेको हो ।नेप्सेले ब्रोकर डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समधान भएपछि पुनः कारोबार सूचारु गर्ने जनाएको थियो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समधान नभएपछि शेयर कारोबार बन्द

    प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

  • २८ फाल्गुन २०७८, शनिबार २३:२४ मा प्रकाशित
  • २८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् ।

    उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’

    माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’

    २४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गर्छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । तर, गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले विरोध गरेको देखिएको छैन ।

    सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आपत्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध अन्यले पनि विरोध गरिरहेका छन् ।

    सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् । राजनीतिक विषयवस्तुलाई कटाक्ष गरिएको यो पहिलो गीत भने होइन । पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चाएको थियो ।

    शर्माको सो गीतविरुद्ध २०७५ सालमा तत्कालीन एमालेले विरोध गरेका थिए । विरोध चर्किएपछि शर्माले युट्युवबाट गीत हटाएका थिए । तर, केही महिनापछि परिमार्जनसहित पुनः पोस्ट भएको थियो !

    Posted in अर्थ, कला /जीवनशैली, मुख्य खबर, राजनीतिLeave a Comment on प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

    ‘भिजिट भिसामा जान दश लाख रुपैयाँ आय देखाउनु पर्दैन, पाँच लाख देखाए पुग्छ’

  • २७ फाल्गुन २०७८, शुक्रबार १८:०२ मा प्रकाशित
  • काठमाण्डौ – भिजिट भिसाको नाममा रोजगारीमा पठाउने क्रम बढेको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा जान गरेको कडाइलाई केही खुकुलो बनाएको छ ।भिजिट भिसा र त्यसबाट सृजित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृहलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भिजिट भिसामा जान दश लाख रुपैयाँ आय देखाउनुपर्ने उल्लेख थियो । तर चौतर्फी विरोध भएपछि गृहले तत्कालको लागि पाँच लाख रुपैयाँ आए देखाए पुग्ने जनाएको छ । कार्यदलको सिफारिसले दश लाख रुपैयाँ उल्लेख गरेको भए पनि कार्यविधि तयार भएर आउनसम्म यो अझै व्यवस्थित भएर आउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उज्यालोलाई बताउनुभयो ।‘समितिको सिफारिसमा दश लाख रुपैयाँ उल्लेख छ । तर भिजिट भिसासम्बन्धी अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले कार्यविधि बनाउँदै छन् । त्यसमा अझ यो व्यवस्थित भएर आउनेछ’, पोखरेलले भन्नुभयो, ‘तत्कालको लागि हामीले दश लाख रुपैयाँलाई पाँच लाख बनाइ सकेका छौँ । पाँच लाख वार्षिक आम्दानी र त्यसको कमसेकम आधा रकम बैंक खातामा भएको हुनुपर्ने भनिएको छ ।’कार्यविधि बनाएर आउनसम्मको लागि गृह मन्त्रालयले १८ बुँदे निर्देशन तयार पारेर अध्यागमनमा पठाएको जनाएको छ । यी बुँदामा खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुईपटक सम्म गएकाे अभिलेख भएका, न्यूनतम दुई वर्ष सम्म विदेशमा बिताएका, १२ कक्षा पढेका, अंग्रेजी वा गन्तव्य देशको भाषा बुझेका, आफ्नाे परिवारका सदस्यहरुलाई भेट्न जाने मान्छे, गन्तव्य देशको सिफारिसमा आउने मान्छे, व्यापारिक कारोबारमा विदेश आवतजावत गरिराख्नुपर्ने मान्छेले आय देखाइरहनु नपर्ने पनि उल्लेख भएको पोखरेलले बताउनुभयो । यस्तै उहाँले भिजिट भिसाको नयाँ प्रावधानले कसैलाई समस्या नपर्ने तर भिजिटको आवरणमा वैदेशिक रोजगारीको धन्दा गरिरहेकाहरुले गलत प्रचार गरिरहेको पनि बताउनुभयो ।

    Posted in अर्थLeave a Comment on ‘भिजिट भिसामा जान दश लाख रुपैयाँ आय देखाउनु पर्दैन, पाँच लाख देखाए पुग्छ’

    नेपाल एयरलाइन्स द्वारा साउदी अरेबियाको रियादमा उडान सञ्चालन गर्ने।

  • २२ फाल्गुन २०७८, आईतवार २२:५७ मा प्रकाशित
  • काठमाडौँ । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई उडान अनुमति दिएको छ।

    साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले निगमलाई आइतबार उडानको अनुमति दिएको हो।

    जेएसिएबाट प्राप्त अनुमतिअनुसार निगमले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।

    तर नेपाल वायु सेवा निगमले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ भने हाललाई अन्य क्षेत्र दमाम जेदद्दा लागायत का सहरमा सेड्युल नबानाइयको र आउँदा दिनहरुमा उडान भर्ने योजना भने रहेको जनाएको छ।

    यसअघि निगमले साउदीमा चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो।

    उडान अनुमति लिन निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित अन्य कर्मचारी साउदी गएका थिए।

    यो सँगै साउदी अरेबिया-काठमाडौंका रुटमा एकलौटी राज गर्दै आइरहेको हिमालय एयरलाईन्सको एकाधिकार भने खोसिने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on नेपाल एयरलाइन्स द्वारा साउदी अरेबियाको रियादमा उडान सञ्चालन गर्ने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P