निलम्बनपश्चात डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।
पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा नेतृत्वमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सम्मिलित एक समिति बनाइएको छ। समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिना भित्र सरकारलाई प्रतिवेदन बुझाउने छ।
गएको एक महिनादेखि शेयर बजार लगातार घट्दो क्रममा छ। गत फागुन २९ गते २६६७.९७ अंकसम्म पुगेको बजार त्यस यता लगातार घट्दो क्रममा छ।
बजारको घट्दो क्रमले आइतबार पनि निरन्तरता पायो। गएको एक महिना यता बजारमा कुनै खबरले असर गर्न छाडेका छन्। लगानीकर्ताले बजार उकास्ने खबर भनेर विश्लेषण गरिएका खबरले समेत शेयर बजारलाई माथि लैजान सकेको छैन। जसले गर्दा लगानीकर्ता थप निरासिएका छन्।
निरासिएका लगानीकर्ताबीच केही लगानीकर्ताले भने बजार घट्दैन भन्न छाडेका छैनन्। उनीहरूले घटिरहेको बजारलाई हरेर आउने दिनमा विभिन्न कारणले बजार बढ्छ भन्दै चित्त बुझाउँदै आएका छन्। पछिल्लो समय घटेको बजारलाई लिएर लगानीकर्ताहरूले चैतको असर भनेर चित्त बुझाउन थालेका छन्। चैतमा ब्याजको असर र सँगै कर उठ्तिमा समेत दबाव पर्ने भएकोले बजार घटेको विश्लेषण उनीहरूले गरिरहेका छन्। “मार्केट डाउन हुनुमा मुख्य दुई कारण छन्। चैत मसान्त आयो। मसान्तमा ब्याज तिर्नु पर्ने हुन्छ। अर्को तर्फ चैतमा नै प्रणालीबाट धेरै पैसा बाहिरिन्छ। ट्याक्सको रुपमा ठूलो रकम बाहिरिने गर्छ। ट्याक्सको लागि ब्याजको लागि पैसा जोहो गर्दा शेयर बजार घटेको हो” नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानीसँग भने।
उनका अनुसार चैतको असर यही हप्तासम्म मात्रै रहने। आउने हप्ताबाट त्यसको असर सकिने उनको दाबी छ। “तर यो असर यही हप्तासम्म मात्रै रहन्छ। कमिङ विकबाट बिस्तारै बिस्तारै बजार आफ्नो लयमा जान्छ” ढकालले भने।
बजार घट्नुको कारण चैत मसान्त भन्दै गर्दा उनी बजार यही कारणले मात्रै घटेको भनेर ढुक्क भने भएको देखिँदैनन् । उनले चैतमा ब्याजको प्रेसर करको दबावसँगै तरलतालाई समेत बजार घट्नुको मुख्य कारणको रुपमा औँल्याएका छन्। “मूख्यत बजार घट्नुको भनेको बजारमा देखिएको लिक्डिटिकै असर हो। यसलाई ढाकछोप गर्नु पर्ने कारण छैन। यो जग जाहेर विषय नै हो” ढकालले भने।
तर यी सबै विषय बिस्तारै मत्थर हुँदै जाने उनको दाबी छ। उनका अनुसार बजारले बिस्तारै पुरानै लय समात्ने छ। बजार किन पुरानै लयमा फर्किन्छ भन्ने ढकालका आफ्नै तर्कहरू छन्। तिनै तर्कहरूले बजार फर्काउने उनको दाबी हो।
“यो समस्या पनि बिस्तारै हल हुँदै जाने देखिन्छ। किनकि निर्वाचन नजिकिँदै छ। वैशाख लागेसँगै निर्वाचनको चहल पहल सुरु हुने छ। त्यसपछि बिस्तारै धेरै थोरै पैसा खर्च हुन्छ नै। गर्दिन भन्दा पनि निर्वाचनमा पैसा खर्च हुन्छ। फेरि आर्थिक वर्षको समाप्ति पनि नजिकिँदै छ। यसमा पनि खर्च त बढ्छ नै। किनकि त्यस बेला साना/ठूला ठेक्काका पेमेन्ट हुन थाल्छन्। त्यसले पूँजीगत खर्च बढाउँछ। दुवै तर्फको खर्चले केही हदसम्म तरलताको समस्या हलुका हुन्छ। त्यसले खस्किँदै गएको लगानीकर्ताको मनोबल पनि बढाउँछ। जसले बजारलाई पोजेटिभ पार्छ” ढकालले भने।
उनले पेस गरेका तर्कहरूमा सही साबित हुने दाबी गर्दै अन्य लगानीकर्तालाई समेत केही दिन धैर्य गर्न सुझाएका छन्। शेयर बजार घट्यो भने अत्तालिए शेयर बिक्री नगर्न उनको सुझाव हो। “आउने हप्ताबाट बजारमा चैत असर समाप्त हुन्छ। त्यसैले अब लगानीकर्ताले धेरै अत्तालिनु पर्दैन। त्यस बेलासम्म मात्रै लगानीकर्ताले धैर्य गर्न सके राम्रै आम्दानी हुने छ” ढकालले भने।
ढकालले लगानीकर्ताको मनोबल उकास्न खोजे पनि शेयर बजारले भने त्यस्ता कुनै विषयलाई पत्याएको छैन। ब्याजको असर गत पुसमा पनि पर्नु पर्ने थियो। तर त्यस बेला बजारले बढ्दो लय समायो अर्को तर्फ बीमा कम्पनीको पूँजी वृद्धिले लगानीकर्ताको मनोबल उकास्ने अनुमान बजारमा गरिएको थियो। त्यसले पनि पछिल्लो समय लगानीकर्ताको मनोबल उकासेन। यावत विषयलाई हेर्दा अझै लगानीकर्ता बजार बढी हाल्नेमा ढुक्क देखिँदैनन्। अलिकति बजार सुधारिने बित्तिकै बिक्री चापले ती कुरालाई पुष्टि गर्दै लगेको छ।
गाडी आयात रोक्न बैंकका सीइओलाई राष्ट्र बैंकको निर्देशन, छलफलमा अरु के के भयो ?
नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको छ। आज सबै कमर्शियल बैकका सीईओहरुलाई डाकेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।
बिदेशी मुद्राको संचितिमा दबाब बढ्दै गएको बताउदै राष्ट्र बैंकले बैंकका सीईओहरुलाई गाडीहरुको एलसी रोक्नलाई निर्देशन दिएको हो। अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने अवस्थामा रहेको छ।
बैंकहरुलाई औपचारिक रुपमा पत्र काटेर वा निर्देशन जारी गरेर गाडी आयातमा एलसी रोक्नलाई निर्देशन नदिएपनि सबै बैंकका सीईओहरुलाई नै छलफलमा डाकेर यस्तो निर्देशन दिनुले गाडी आयातको एलसी खोल्नलाई अब कडाई हुने भएको छ।
राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा ७० अर्बजतिको गाडी र यसको पाटपुर्जा आयात भएको छ। त्यस्तै बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी भएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यसलाई सीमामा ल्याउनलाई निर्देशन दिएको छ।
आजको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल तथा कमर्शियल बैंकका सीईओ तथा बैंकका प्रतिनिधिहरुको उपस्तिथी थियो।
राष्ट्र बैंकले हिजो नै बैंकहरुलाई पत्र काटेर आज दिउँसो पौने ४ बजेलाई सबै बैंकका सीईओहरुलाई छलफलमा डाकेको हो ।
वैदेशिक रोजगारले पैसा मात्रै भित्र्याएको देखिँदैन, यसले परिवार बाट टाढा हुनु, समय तथा कामको व्यवस्थापन गर्न नसक्नु जस्ता यावत् कारणहरुले गर्दा सामाजिक र मानसिक समस्या पनि निम्त्याउने देखिन्छ । तत्कालै नभएपनि भविष्यमा वैदेशिक रोजगारीको कारण स्वयम कामदार र उनका परिवारमा विभिन्न खाले तनाव नभित्रीएला भन्न सकिदैन ।
वैदेशिक रोजगारमा गएका सबैलाई तनाव छ भन्न त मिल्दैन र हुँदैन पनि तर भइहालेको खण्डमा त्यसलाई कम गर्न केकस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ? र वैदेशिक रोजगारलाई कसरी तनावमुक्त र सुरक्षित बनाउन सकिन्छ? भन्ने कुराहरुलाई मध्यनजर गर्दै प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी चैत १८ गते अथार्त अप्रिल ०१मा प्रवासी संग डाक्टर” को अर्को श्रृंखलामा वैदेशिक रोजगारीले हुने तनाव र त्यसको व्यवस्थापन सम्बन्धी समस्या तथा सामाधानमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रमको चौथो शृंखलामा रोजगारीमा रहँदा संतुलित आहार” को महत्वमा आधारित सचेतनामूलक कार्यक्रममा केन्द्रित रही सम्पन्न भएको थियो ।
अब आगामी कार्यक्रम वैदेशिक रोजगारीमा के-कस्ता कारणले गर्दा तनाव सिर्जना हुने गर्दछन्? तिनको व्यवस्थापन गर्न सकिएन भने अन्तत्वगत्व त्यसको परिणाम कस्तो हुने गर्दछ? भन्ने विषयहरुमा केन्द्रित रहने बताइएको छ।
कार्यक्रममा छलफल, सुझाव लगायत वैदेशिक रोजगारीका कारण आइपर्ने समस्या कम गर्नको लागि परामर्शकर्ता द्वारा सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू समावेश हुने भएकोले आउँदा दिनहरुमा वैदेशिक रोजगारीमा रहनुभएका सबैले आफू लगायत आफ्नो घर परिवार साथीभाईलाई यस्तो समस्या आइपरेको खण्डमा यसलाई कसरी सहजै निराकरण गर्न सकिन्छ भन्ने उद्देश्य रहेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
कार्यक्रम आगामी शुक्रबार नेपालको समयानुसार बेलुका ७:३०मा हुनेछ भने सऊदी अरब, कतार, बहराइन, कुवेत लगायत मध्यपूर्वका देशहरुमा स्थानीय समयअनुसार बेलुका ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ र मलेसियामा रातीको ९:४५ बजे हुनेछ। कार्यक्रममा जुम आईडी २८९७४१४०६३ तथा पासकोड pncc जोडिन सक्नुहुनेछ यो कार्यक्रम हिमालयन दृष्टि तथा हिमाल टाईम्स लगायत पिएनसीसीको आफ्नै आधिकारिक फेसबुक पेज बाट सीधा प्रसारण पनि गरिनेछ।
१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव ९१ प्रतिशत रहेकोमा पुस मसान्तमा बढेर ८.४० प्रतिशत पुगेको थियो । अब चैत मसान्तसम्मको बेस रेटको तथ्यांक वैशाखमा आउँछ । दोस्रो त्रैमास पछि पनि लगातार बैंकको लागत बढेकाले तेस्रो त्रैमासमा ऋणको ब्याजदर बढ्नेछ ।‘माघ, फागुन र चैत महिनामा बैंकहरुको लागत बढेको छ, निक्षेपको ब्याजदर बढेको असर अब तेस्रो त्रैमासको बेस रेटमा देखिन्छ,’ एक बैंकका सीईओ भन्छन्, ‘लागत बढेका कारण वैशाखमा ब्याजदर बढ्नेमा शंका गर्ने ठाउँ छैन, ऋणीहरु मेन्टल्ली प्रिपियर भएर बस्दा पनि हुन्छ ।’ वैशाख पछि भने ब्याजदर घट्न सक्ने उनको अनुमान छ ।
अहिले बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । अधिकांश बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा छन् । बैंकमा निक्षेप नआएकाले आकर्षक ब्याजदर अफर गरेर निक्षेप तानिरहेका छन् । यसले बैंकहरुको लागत बढाएको छ । वैशाखदेखि भने सरकारी खर्च बढ्ने र चुनावले पनि नगद प्रवाह बढाउने ती बैंकर बताउँछन् ।बजारमा पैसा आउँदा तरलता सहज हने र त्यसको सकारात्मक असर चौथो त्रैमासमा देखिने उनी बताउँछन् । राष्ट्र बैंकका प्रव्रक्ता डा. गुणाकर भट्ट पनि बैंकहरुले निक्षेपमा आकर्षक ब्याजदर दिँदा लागत बढ्न गएको बताउँछन् । लागत बढ्दा बेस रेट बढ्ने भए पनि अहिले नै भनिहाल्न भने नमिल्ने उनले बताए । तरलताको निकै ठूलो समस्या झेलिरहेको बेला रुस–युक्रेन युद्धले समेत नेपाली अर्थतन्त्रमा असर परेको छ ।बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रुस–युक्रेन युद्धले महंगी र तरलता समस्या अझै गहिरिने चिन्ता बढेको बताउँछन् ।
रुस–युक्रेन युद्ध र अस्थिरताले केही न केही असर सबैतिर गर्छ । युक्रेनबाट नेपालले पनि धेरै वस्तुहरु आयात गर्छ । त्यहाँको युद्धको असर नेपाली बजारमा परिसकेको छ । ‘पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ’, सीईओ केसी भन्छन्, ‘अन्य क्षेत्रमा पनि महँगी बढेको छ । विविध कारणले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । अब महँगी दोहोरो अंकमा जाने सम्भावना छ । यसबाट तरलता समस्या अझै बढ्न सक्छ ।
०.४ प्रतिशतसम्म बढ्छ बेस रेट’
बैंकिङ विज्ञ अनलराज भट्टराई पनि वैशाखामा बेस रेट ०.४ प्रतिशतसम्म बढ्नसक्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत वर्ष ९ प्रतिशत भन्दा धेरैले बढेको थियो । यस वर्ष ३ प्रतिशत पनि बढेको छैन । तर कर्जाको ग्रोथ भने २५ प्रतिशत भन्दा बढी रहेकाले पनि बैंकहरुको आधारदर बढ्ने पक्का भएको उनले बताए ।
‘आधार दर क०.२५ देखि ०.४० सम्म बढ्ने देखिन्छ, आधार दर बढ्ने भनेको कर्जाको ब्याजदर बढ्ने नै हो,’ उनले भने, ‘अहिले बैंकहरुले लगानी योग्य रकम अभावको जुन समस्या झेलिरहेका छन् विस्तारै त्यो समस्या भने कम हुन्छ ।’ कर्जाको ब्याजदर बढे पनि निक्षेपको ब्याजदर भने वैशाखमा कम हुने अपेक्षा गर्ने ठाउँ रहेको उनी सुनाउँछन् । वैशाख महिनामा नै सरकारले एकै चरणमा स्थानीय तहहरुको निर्वाचन गर्दैछ । अर्को तर्फ सरकारले विकास बजेट समेत खर्च गर्न सकेको छैन । आर्थिक वर्षको समाप्ति मिति नजिकिदै गर्दा सरकारले विकास खर्च धेरै गर्ने प्रवृति देशमा छ ।
‘अहिले तरलताको जुन समस्या देखिइरहेको छ, यो समस्या अब दुई थोकले सहज हुनसक्ने सम्भावना छ,’ उनले भने, ‘चुनावले पनि रकम खर्च गराउँछ, अब विकास खर्च पनि हुने समय भएको छ ।’ वैशाखमा कम्तिमा २ सय अर्ब पैसा बाहिर आउने र यसले बैंकको निक्षेप बढाउने उनले बताए । बैंकहरुले निक्षेप संकलन गर्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि उच्च देखिएको छ । ९० प्रतिशत कायम गर्नु पर्नेमा अधिकांश बैंकहरुको सीडी सीमा भन्दा माथि पुगेको छ । अब वैखामा हुने चुनाव र विकास खर्चमा हुने वृद्धिले यसलाई सहज बनाउने उनी बताउँछन् ।
बैंकहरुले चैत पछि कर्जा लगानी समेत घटाउँछन् । एकातिर निक्षेप बढ्ने र कर्जा लगानीमा समेत बैंकहरु आक्रामक नहुने भएकाले तरलतामा भने सहता ल्याउने उनले बताए । ‘अहिले कन्जुमर डिमान्ड घटेको छ, यसले लोनमा प्रेसर नहोला,’ भट्टराईले भने, ‘लोनमा प्रेसर नहुँदा तरलताको तनाब त घट्दा तर कन्जुमर प्राइस भने बढेको छ, यसले बेसरेट त बढिहाल्छ ।’
११ चैत, काठमाडौं । विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले अब सीसीएमसीसी अनलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए ।
शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।
‘म तपाईंहरुलाई एउटा खुसीको कुरा शेयर गर्न चाहन्छु,’ पर्यटन व्यवसायीहरुसँग उनले भने, ‘व्यवसायीले निकै झन्झट बेहोर्नुपरेको भनि आएको गुनासो सरकारले सम्बोधन गरेको छ ।’
सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । ‘अब पर्यटनका माध्यमबाट गाउँगाउँले लाभ लिनुपर्छ,’ उनले भने, ‘सरकारले पनि यस्तै नीति लिएको छ ।’
कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । तर, झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ।
नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको ‘आइएमएस ग्रुप’ ले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको छ। जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ शुल्क तोकिएको छ।
सरकारले आइएमएस ग्रुपलाई ३० वर्षका लागि नयाँ आगमन कक्ष सञ्चालनको जिम्मा दिएको हो।
सोही अनुसार ग्रुपले आगमन कक्ष सञ्चालनको नाममा आफन्त कुर्न आउनेहरूका लागि शुल्क लिन सुरू गरेको हो। तर सो कुरा गलत रहेको विमानस्थलमा आउने सर्वसाधरणहरूको धारणा छ।
काठमाडौं । विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय
सवारीसाधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ । विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । यस्तोमा यूरोप, अमेरिका र अन्य एशियाली देशले बनाएका इलेक्ट्रीक कारको मूल्य उच्च रहेकोमा चिनियाँ एक कम्पनीले चाङ्ली नामको इलेक्ट्रीक कार ९०० डलर मूल्य तोकेर बजारमा ल्याएको छ ।
कार उत्पादनका लागि दुई वटा प्रमुख पक्षमा ध्यान दिइनु पर्छ । सबैभन्दा पहिला कार निर्माण गर्नु अघि डिजाइन र त्यसपछि उपयुक्त टेक्नलोजी छनौट गर्ने गरेको पाइन्छ । यी दुबै कामको लागि धेरै भन्दा धेरै रिसर्च एण्ड डेभलपमेन्टमा समय र पैसा लगानी गर्नु पर्ने हुन्छ ।
यी दुबै चरण पहिलो र खर्चिलो मानिन्छ । दोस्रो चरण सबैले सोचेको पक्ष हो जहाँ कार उत्पादन गर्न आवश्यक बस्तु र डिभाइसहरु जुटाउनु पर्छ । ठूला कार कम्पनीहरुले पहिलो पक्षमा धेरै खर्च गरेका हुन्छन् । जसका कारण कारहरुमा प्रयोग भएको वास्तविक मेटेरियल भन्दा रिसर्च डेभलपमेन्ट तथा कन्सेप्टको इन्जिनियरीङमा धेरै खर्च लाग्छ ।
तर, सबैभन्दा सस्तो इलेक्ट्रीक कार बनाएको चाङ्गीले भने रिसर्च र डेभलपमेन्टको पार्टलाई पुरै वेवास्ता गरेर गाडी बनाउन चाहिएको सामानको मूल्यलाई मात्र केन्द्रमा राखेको हो
चाङ्गीले ब्याट्रीमा लाग्ने खर्च कम गर्न यसमा लियम आयोनको सट्टा लिड एसिड ब्याट्रीको प्रयोग गरेको छ । जुन लिथियम आयोनभन्दा निकै सस्तो छ ।
ब्याट्रीपछि अर्को महत्वपूर्ण पार्टस् भनेको मोटर हो । कम्पनीले यसको पनि कस्ट कम गर्न उपाय निकालेको छ । चाङ्गीले आफ्नो इभीमा वासिङ मेसिनमा प्रयोग हुने १.६ हर्सपावरको मोटर प्रयोग गरिरहेको छ ।
त्यस्तै कम्पनीले सबै इभीमा हुने ब्याट्रीको डिसी पावरलाई एसी पावरमा कन्भर्ट गर्नका लागि प्रयोग हुने इन्भटर हटाएको छ । कम्पनीले आफ्नो कारमा एसी मोटरको सट्टा डिसी मोटर नै प्रयोग गरेर इन्भटरको आवश्यक्तालाई हटाएको हो । मूल्य घटाउन कै लागि कारमा अगाडि चक्कामा ब्रेक पनि दिइएको छैन । यो कारको पछाडि चक्कामा मात्रै ब्रेक लाग्ने टेक्नलोजी दिइएको छ ।
यती सस्तो मूल्यको कार कति स्पीडमा गुड्छ भन्ने प्रश्न स्वभाविक हुन्छ । कम्पनीका अनुसार यो कारको टप स्पीड ४० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेपछि लगभग ६५ किलोमिटर गुडाउन सकिन्छ ।
कार निकै सस्तो भएपछि यसमा डिजीटल ड्यासबोर्ड र रियर पार्किङ क्यामरा समेत दिइएको छ । यो कारको टिकाउपन र सुरक्षाको विषयमा भने केही जानकारी प्राप्त भएको छैन ।
फागुन महिनामा सबैभन्दा बढी साउदी अरबमा ९ हजार १ सय ६० जनाको श्रम स्वीकृति भएको छ । साउदी अरबपछि कतार जानेको श्रम स्वीकृति भएको छ ।
कतार जान ५ हजार ८ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा यूएई जान ४ हजार २ सय ५८ जनाले श्रम स्वीकृति लिएका छन् ।
बहराइनका लागि ७ सय ५६ जना, साइप्रसका लागि २ सय ४९ जना, क्रोएसियाका लागि ७ जना, जोर्डनका लागि १ सय १६ जना, कुवेतका लागि ३ हजार १ सय ५२ जना, मरिससका लागि ३० जना, ओमानका लागि ३ सय १३ जनाको संस्थागत श्रम स्वीकृति भएको छ ।
यस्तै रोमानियाका लागि २ सय ५ जनाको श्रम स्वीकृति भएको छ ।
काठमाडौं । साउदी अरेबियाको तेल कम्पनी साउदी अरामकोले आइतबार सन् २०२१ को आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले यो वर्ष खुद नाफा दोब्बरभन्दा बढी ११० अर्ब डलर कमाएको छ । कच्चा तेलको उच्च मूल्य, बलियो रिफाइनिङ र केमिकल मार्जिन, र यसको रसायन व्यवसायका कारण सन् २०२१ मा सन् २०२० को तुलनामा १२४ प्रतिशत बढी नाफा कमाएको कम्पनीले जनाएको हो ।
सन् २०२० मा कोरोना भाइरको महामारी उग्र बिन्दुमा रहेका बेला अरामकोले ४९ अर्ब अमेरिकी डलर नाफा कमाएको थियो । यस वर्ष अर्थात् सन् २०२१ मा ११० अर्ब अमेरिकी डलर नाफा कमाएको कम्पनीले जनाएको हो । यो समाचार आएसँगै आइतबार ४ प्रतिशतले अरामकोको सेयर बढिसकेको छ ।
महामारी शान्त भएपछि सन् २०२१ को मध्यपछि बढ्दो मागका कारण कच्चा तेलको मूल्य वृद्धिले नाफा बढी गर्न फाइदा पुगेको कम्पनीले जनाएको छ । अहिले रुसले युक्रेनमाथि आक्रमण गरेका बेलासमेत कच्चा तेलको मूल्य बढेको छ ।