
काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो,
यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो ।
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
धम्की होइन यो कुरा न हो चेतावनी,
बुझ्नु होला याचकको अनुरोध भनी ।
🌑 वसन्त अनुभव
घोराही, दाङ
[२]
हेर्दै जाऔँ कसैले त काम गर्ला जनताको,
हाम्रो भन्दा पनि राम्रो हुनुपर्छ समताको।
🌑पवन अधिकारी
[३]
कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली,
सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली ।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४]
बुद्धि विवेक प्रयोग गरौँ भोट हाल्नको लागि,
राम्रालाई जिताऔँ हामीले सारा जनता जागी ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[५]
बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट,
सकभर नयाँ दुइटै भए चाहिन्न केही नोट।
🌑म्यामराज राई
हतुवागढी -६, होम्ताङ्, भोजपुर
[६]
हाम्रोलाई छाेडी राम्रोलाई मतदान गरी हेरौँ,
भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[७]
हाम्रोलाई होइन राम्रोलाई मत हालौँ,
यसपालि चुनावमा पुरानो सबै फालौँ ।
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[८]
मुखमा राम ! राम ! हजुर बगलीमा बोकौँ छुरा,
अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा
🌑त्रिलोचन भण्डारी
मेचीनगर,झापा
[९]
मङ्सिर चार ध्यानमा राखेर,
भोट हालौँ नेता राम्रा छानेर ।
🌑मन्जु जोशी
डिलासैनी,बैतडी
[१०]
चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट,
सबैको आफैँ विचार बुझ्नु नहेर्नू ती नोट !
🌑आर्त अकुलीन
कैलाली
[११]
भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा,
उम्दा सबै पाखा लगाई टिकट पाउने हाम्रा !
🌑इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
[१२]
राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु,
उम्दा रोजौँ सब मिलेर, खान छोडेर मासु।
🌑मनोज खत्री
अछामी
[१३]
जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ,
जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ।
🌑दीपक ठटाल जलन
[१४]
चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्,
चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् ।
🌑प्रेम थापा “मन”
बागलुङ
[१५]
भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने,
हरेक पल्ट यसरी नै नेताले मान्छे किने ।
🌑राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[१६]
भोज नोट खोज्ने हैन योग्यलाई भोट,
आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट!
🌑कमला देवकोटा
पाल्पा
[१७]
प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन,
प्रदेश नआए पेटको भोक टल्दैन ।
🌑असिराम डंगौरा
जोशीपुर कैलाली
हाल भारत
[१८]
न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्,
दुःखीका दुःख खै कसरी मेटिन्छन् ?
🌑मित्र `उराठी´ गाैतम
तिलाेत्तमा-२, रुपन्देही
[१९]
च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा,
योग्य युवा नेता छानौँ आउने उनासी मंसिर चारमा।
🌑दिनेश संगम
[२०]
देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ,
देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ !
🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल
[२१]
सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्,
प्रतिनिधि बनाएर संसदमा फाल्नुहोस्।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२२]
राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न,
पूरानालाई यसपालि सबले थालौँ फाल्न।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप:सुनापति-१
हाल:अमेरिका,बोस्टन।
[२३]
जो नेता राम्रो,
त्यो नेता हाम्रो ।
🌑बिके माकजु
भक्तपुर ।
[२४]
हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ
राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२५]
चुनाव जितेपछि नेताको हुन्छ उहीँ चाल,
भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल ।
🌑राजेन्द्र प्रधान ‘ पासा,’
दार्जिलिङ, (भारत)
[२६]
राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु,
छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु।
🌑प्रदीप के रिमाल
इटहरी, सुनसरी ।
[२७]
देशलाई बनाउनेहरूभन्दा धेरै बिगार्नेहरू छानेको,
दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको!
🌑बि.कुलुङ
[२८]
हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा,
नारालाई साकार पार्न सचेत बनौँ सारा।
🌑अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२९]
हाल्नु पर्दछ भाेट, विकृतिलाई पुग्ने गरी चाेट,
हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट ।
🌑रामप्रसाद पुरी
बादेल खाेटाङ ।
[३०]
राम्रो त सबै छन् तर भ्रष्टचारी भए,
कारबाही भएन कानुन माथि गए ।
🌑पैरवी
[३१]
सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड,
खै कस्लाई भोट दिनु देख्छु सुण्ड मुण्ड !
🌑बिबस पारदर्शी
भद्रपुर झापा,
[३२]
भाेट हालाैँ याे पाली असल मान्छे छानी,
फरक पर्न जाला है अरू कतै हानी ।
🌑शाेभा आचार्य गाैतम
काठमाडौ
[३३]
राम्रालाई भोट हाले हुन्छ देशको हित,
अमुल्य मत दिई गराऔँ युवाको जित।
🌑सम्झना (कुसुम )
[३४]
नातागोता सबै मिली छानौँ मान्छे हाम्रो,
हाम्रा मान्छे जितेपछि कमिसन राम्रो।
🌑मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
[३५]
विचार गरौँ सोचौँ अनि मात्र खसाऔँ मत,
हाम्रो होइन राम्रो नेता नलागेको होस् खत ।
🌑महेश्वर प्रधान
गोरुबथान,भारत।
[३६]
देशभक्त नेतालाई भोट हालौँ सोचेर,
अयोग्यलाई अब पाखा लगाऔँ घोचेर ।
🌑भगवती दवाडी
झापा
[३७]
सचेत होऔँ भोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ,
देशको विकास गर्नसक्ने असल व्यक्तिलाई रोजौँ ।
🌑दुर्गा आचार्य
मोरङ
[३८]
राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित,
बुझ्नेछन् जनताका पिर मर्का हुनेछ हाम्रै हित ।
🌑केसी उर्मिला
[३९]
वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि,
हेरौँ सबैले प्राथमिकता कसले हेर्छ भनी ।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[४०]
अल्लि राम्रो नेता छानी खसालौँ है मत,
अब्बल त भेटिँदैनन् झुटो छ जगत ।
🌑बाबुराम गौतम,
गुल्मी
[४१]
बुढाखाडा जति सबै लगाउँदै पाखा,
युवालाई मत दिऔँ खोलिकन आँखा ।
🌑सरिता सेढाई
धादिङ
[४२]
खसाउ भोट जन हो, विचार गरेर,
गर्छ विकास जसले, जाँगर भरेर ।
🌑नवशिला
बेलबारी -२, लालभित्ती,मोरङ
[४३]
चुनाव आयो सबैले मत हाल्नुपर्छ,
विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ ।
🌑तारा घिमिरे
[४४]
देख्दा त भ्रष्टचारी कति सुन्दर लाग्छन्,
चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् ।
🌑सुरेशकुमार पान्डे
[४५]
चुनाव आउँछ जान्छ केवल नेतालाई,
बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई ।
🌑चुडामणि देबकोटा
च न पा १३ काठमाडौ
[४६]
भोट त दिने हो नेतालाई,
निम्त्याइन्छ कि झन् ब्यथालाई ।
🌑सुमित्रा पोखरेल
काठमाडौं
[४७]
पत्याउनेले पत्याइहाल्यो त ढाँट्नेले ढाँट्यो,
ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो।
🌑राममणी जोशी
[४८]
बिस वर्षपछि बल्ल हाम्रा हजुरबाले बाेले,
चुनावमा नाति ऐजरू फालेस् भनी मुख खाेले ।
🌑प्रद्युम्न चालिसे
[४९]
कुन चाहिँ राम्रो कुन हाम्रो, सकिएन छान्न,
सबले भन्छन् विकास गर्छु,घुस पनि खान्न ।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१]
भोट माग्ने बेला मात्रै जनता सम्झिने,
पछि बनाउँछन् सम्झिने पानी छम्किने ।
🌑प्रेम सुनार
दैलेख
[५२]
नागरिक कर्तव्य, मताधिकार प्रयोग गर्नुपर्छ,
उम्मेदवार सबै उस्तै भोट दिने हात पछि सर्छ ।
🌑रामकृष्ण रिजाल
बागलुङ
[५३]
यसपालि हामीले राम्रो नेता छान्नुपर्छ
जसले देश अनि जनताको हित गर्छ ।
🌑दुर्गा भट्टराई
मोरङ
[५४]
पुराना ती नेताहरू चिन्ने आयो रे दिन,
राम्रा मान्छे पत्ता लागेमा छोड पीर लिन।
🌑लक्ष्मण देउवा
डोटी
[५५]
बुढापाका नेतालाई लौ न भोट दिँदा पाइन्छ अरे नोट,
राम्रा युवा नेताहरूलाई दिन्छन् चट्ट विदेशीले त्यो चोट ।
🌑बेदु न्यौपाने
काठमाडौ
[५६]
पटकपटक आइरहने यो भोट,
चुनौँ आफ्नै मान्छे नदिउँ मनमा चोट।
🌑अच्युत घिमिरे-
भुटान बाट 🇧🇹
[५७]
चुनाव आ’छ पाँच वर्षमा नेता भन्छ उही,
याेजना भए अलपत्र बजेट जान्छन् चुही ।
🌑रामकृष्ण दुवाडी
पाेखरा
[५९]
भोग्यौँ हेर्यौँ अब अति भयो फाल थोत्रा निकम्मा
आयो अहिले जनलहर युवा भएर जम्मा ।
🌑सुर्यमणी रेग्मी
[६०]
हाम्रो मान्छेले जित्नुपर्छ भन्ने दिन गए,
जनताले भोग्नु भोगे अब सचेत भए ।
🌑गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ














