“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०९/ १९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६२[बैसठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल

शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग~~
पञ्चाङ्ग:०१
गाउँकाे हावा नै मीठो हुन्छ साथी।
नदीले बगरलाई छुन्छ साथी।
आफ्नै मिहिनेत र आफ्नै करेसा,
मनले सुन्दर स्वप्ना बुन्छ साथी।
मुटुकाे चाहना कस्ले सुन्छ साथी।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
घरमाथि टाँड थपी घर बनेकाे छ ।
प्रकृतिकाे अनुपम थर बनेकाे छ ।
चारैतिर बन पाखा बिच हरियाली ,
खाेलानाल समीपमा डर बनेकाे छ ।
आकाशमा छुने हिउँ भर बनेकाे छ ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०३
पराइहरू पर भए हुन्थ्याे।
मिल्ने एउटा थर भए हुन्थ्याे।
कति शान्त सुन्दर छ बगैचा,
मनमा बस्ने वर भए हुन्थ्याे।
यस्तै सुन्दर घर भए हुन्थ्याे।
ह्यारिस
पञ्चाङ्ग:०४
करेसाको बीचैमा घर कति राम्रो।
रमाइलो हरियो पर कति राम्रो।
आजभोलि त यस्तो देख्न रहरै छ,
खुलेको छ आकाश तर कति राम्रो।
सुखमय जिन्दगी भर कति राम्रो।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५
सुन्दर प्रकृति माझमा त्यो घर राम्रो।
प्रकृति, बस्ती बिचमा हुन्छ भर राम्रो।
मानव बासस्थानको महत्त्व रहन्छ,
बगैँचामा छ, पिपल अनि बर राम्रो।
घरमा आहा! आँखेझ्यालको चर राम्रो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०६
मलाई मीठो लाग्छ आफ्नै बारीको फल।
खनेर रोप्दा जाग्छ आफ्नै बारीको फल।
घर वरिपरि सुन्दर अनि स्वच्छ हुँदा,
साँच्चै अनिष्ट भाग्छ आफ्नै बारीको फल।
व्यापारीले सघाग्छ आफ्नै बारीको फल।
भगवती दवाडी ,झापा
पञ्चाङ्ग:०७
एकान्तमा सुन्दर घर भएको देख्न पाऊँ।
सुन्दर बधुको नै वर भएको देख्न पाऊँ।
सजिएको फूलबारी घरैबाट देख्ने ताल,
मनमा जाँगर र डर भएको देख्न पाऊँ।
मायालुको पवित्र तर भएको देख्न पाऊँ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग:०८
वरिपरि हरियाली बीचमा घर रहेछ।
खोलानाला भन्ने पनि अलि वर रहेछ।
एक्लो घर भई सुन्दरताले भरिएको,
त्यो फूलमा नै सुन्दरताको भर रहेछ।
त्यो घरमा बस्ने मान्छेको के थर रहेछ?
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०९
घरले दिने भलाे जाचाैँ।
घर भित्रको बलाे जाचाैँ।
माेल छिन्नुभन्दा अगाडि,
घरवालाकाे गलाे जाचाैँ।
घर बनेको थलो जाचाैँ ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
पञ्चाङ्ग:१०
उर्वर भुमि मलिलो छ माटो पसिना मात्रै बगाउनु पर्छ।
सुन फल्छ चादी फल्छ यहाँ ठिक सिजनमा लगाउनु पर्छ।
मरेपछि मात्रै स्वर्गमा पुग्ने चाहाना किन राख्छौं हामीहरु?
संजीवनी बुटी यहीँ छ मरेकालाई पनि जगाउनु पर्छ।
यही नै हो स्वर्ग जाग्नुपर्छ सबै अल्छीलाई भगाउनु पर्छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:११
खेतीको बिचमा छ सुन्दर घर साथी।
को होला घरधनी के होला थर साथी।
पहाडका गाउँघर बस्ति कति राम्रा,
शितल हावा आउने नदी पर साथी।
सबकोहीको यस्तो त कहाँ छ र साथी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग-१२
अक्षर-१९
म जन्मेको गाउँ घर, लेक बेँसी र कुवा उस्तै देखे।
त्यहाँ किसानको काधमा हलो अनि जुवा उस्तै देखे।
आउछन् शहरकाहरु विकासको कुरा गर्छन् अरे ,
हजुर आमाको चुलोमा ऐले सम्म धुवा उस्तै देखे।
हटिया त्यहीँ छ व्यापारीले बेचिने रुवा उस्तै देखे ।
दुर्गा आचार्य
मोरङ















