• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साताका तीन लघुकथा- ५२

  • २७ फाल्गुन २०८०, आईतवार ०९:०४ मा प्रकाशित
  • यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !


    साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४६ सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार २३:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    उदक अभ्यास १४६ मा सहभागी उदक यात्रीहरूका सुन्दर उदकहरू –
    [१]
    शिवरात्री
    शिवका उपासना
    भगवान् कृपाको चाहाना !

    • वसन्त अनुभव
      [२]
      शिवजी
      फोटोमा देखियो
      एउटा उदक लेखियो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [३]
      महादेव
      हुन् देवाधिदेव
      हिन्दू दर्शनमा कामदेव !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [४]
      शिवरात्री
      शिवकाे शक्ति
      गराैँ आराधना भक्ति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [५]
      शिव
      जनका आस्था
      उनैमा आश्रित सजीव !
    • मीना देवकाेटा, सर्लाही
      [६]
      शिवजी
      शिवरात्री महिमा
      सनातन धर्मको गरिमा ।
    • पशपती राई, खोटाङ
      [७]
      शिवरात्री
      उपासना शक्ति
      बसौँ शिवको भक्ति !
    • बेदु न्यौपाने
      [८]
      शिवरात्री
      देखिन अनुशासन
      बाटोमा सुत्ने आसन !
    • सविता के.सी.
      [९]
      महादेव
      कोटी नमस्कार
      धर्तीमा गर्नुहोस् चमत्कार !
    • सरिता सेढाई, धादिङ
      [१०]
      महादेव
      देवहरूका देव
      अलौकिक दिव्य शक्ति !
    • तोया नाथ चापागाईं
      [११]
      शिवरात्री
      अनुपम शक्तिदात्री
      गरौँ ईश्वरको उपासना !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [१२]
      शिवरात्री
      गाँजाको विकृति
      कलियुग हराउँदै संस्कृति !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [१३]
      शिवरात्री
      भाङको कथा
      सधैँको यस्तै व्यथा !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      शिव
      सर्वव्यापी निराकार
      साकार मूर्तचित्र महेश्वर !
    • डा. वासुदेव काफ्ले
      [१५]
      भोलेनाथ
      गर्छौँ भक्ति
      देऊ हामीलाई शक्ति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१६]
      ॐ
      नमस्तस्मै भगवते
      मृत्युनाशं करो तुमे !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१७]
      शिव
      ध्यानमा एकाग्र
      शालीन शिवका उपासक !
    • आर्त अकुलीन
      [१९]
      कैलासपति
      भयाे दुर्गति
      सुधार भ्रष्हरूकाे मति!
    • नवराज भट्ट, कञ्चनपुर
      [२०]
      शिवरात्री
      महिमा अपार
      बुझौँ अनुपम सार !
    • शारदा दाहाल भण्डारी
      [२१]
      शिवरात्री
      संस्कृतिको कथा
      जम्दै विकृतिको व्यथा !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [२२]
      शिवरात्री
      लागुपदार्थ सेवनले
      समाजमा ल्यायो विकृति !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेन, राधे राधे, भक्तपुर
      [२३]
      महादेव
      बुद्धि दिनुहाेस्
      बाैलाउने बानी छिन्नुहाेस् !
    • निरज कोइराला, इटहरी
      [२४]
      शिवरात्री
      छैन दर्शन
      उल्टो असामाजिक गर्जन !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२५]
      शिवरात्री
      आस्थाको चाड
      हिन्दु सनातनको धरोहर !
    • रघु थापा, सु न पा १.
      [२६]
      शिवरात्री
      शिवको पुजन
      देशैभर गुञ्जियो भजन !
    • सन्तु खत्री
      [२७]
      देवाधिदेव
      महादेवको कृपा
      अलौकिक अतुलनीय भक्ति !
    • तोयानाथ सुवेदी
      [२८]
      शिव
      गराऊ सुद्धि
      हरायो सबको बुद्धि !
    • रमा पन्त, पाल्पा
      [२९]
      शिव
      देवताका देव
      सद्बुद्धि देऊ परमेश्वर !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३०]
      शिव
      भजन गर
      मनमा आनन्द भर !
    • कला ढकाल, झापा
      [३१]
      शिवरात्री
      शिवको पूजा
      गाँजा खानेको बिगबिगी !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      भगवान्
      आस्थाको धरोहर
      हिन्दु धर्म सनातन !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३४]
      शिवरात्री
      बढाऔँ इच्छाशक्ति
      गरेर शिवको भक्ति !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [३४]
      शिवरात्री
      महिमा धर्मको
      जीवनमा भर कर्मको !
    • सरस्वती वली
      [३५]
      शिव
      भजन गरौँ
      शरणमा हामी परौँ !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३७]
      शिवरात्री
      चढाउँ बेलपाती
      होस सबैको जाती !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३८]
      महादेव
      तीन नेत्र
      शक्ति सत्ताको होड !
    • दिपा गुरुङ
      [३९]
      शिव
      जन्मोत्सव खास
      अज्ञानीलाई तिम्रै आस !
    • दीपा तिम्सिना
      [४०]
      शिवरात्री
      भोलेको महिमा
      शान्ति छाओस् जनमा !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [४१]
      शिव
      हे त्रिलोकदाता
      लोक कल्याण नाता !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      शिव
      निलकण्ठ जटाधारी
      श्मशान बास संहारकारी !
    • कमला देवकोटा, पाल्पा
      [४३]
      शिवरात्री
      शिवको आराधना
      सुख समृद्धिकाे कामना !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४४]
      शिवरात्री
      शिव महिमा
      भाङ धतुरोको महत्त्वहिन !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४५]
      भक्त
      शिव उपासक
      धुनी बालेर जाग्राम !
    • मङ्गला उपाध्याय
      [४६]
      महादेव
      शिवशङ्कर आसुताेष
      प्राणहरूकाे रक्षा गर्नुहाेस् !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४७]
      शिवरात्री
      शिवकै चर्चा
      सर्वत्र शिवकै महिमा !
    • तेजप्रसाद खनाल, दाङ
      [४८]
      शिव
      शक्तिमान हुन्
      गरिमा अपार धुन !
    • पृथक प्रकृति, झापा
      [४९]
      संहारकर्ता
      तिमी महेश्वर
      दु:ख पीडा हर्ता !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [५०]
      शिवरात्री
      पवित्र मनले
      भक्ति गरौँ शिवको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५१]
      शिव
      शक्ति अपरम्पार
      लगाऊ जीवन पार !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५२]
      शिवरात्री
      हाम्रा मित्रराष्ट्रहरू
      बन्दैछन् लागुपदार्थ दात्री !
    • विवश पारदर्शी, झापा
      [५३]
      शिव
      गाँजामा मस्त
      अगस्तीले लूट्दैछन् देश ! – त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [५४]
      म
      निरिह प्राणी
      तिमीविना सोच फगत !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौ
      [५५]
      शम्भु
      संहारकर्ता तिमी
      हिन्दुका आराध्य महादेव
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      महादेव
      नाम अनेक
      नीलकण्ठ रहेछ विशेष !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५७]
      महादेव
      शिवको उपासना
      महाशिवरात्रिको अपार महिमा !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५८]
      मङ्गलम्
      हृदय भाव
      सत्यम् शिवम् सुन्दरम् !
    • शारदा गौतम आचार्य, ललितपुर
      [५९]
      शिवरात्री
      महिमा यत्रतत्र
      गाईको दुध बेलपत्र !
    • प्रभा देवी पौडेल
      [६०]
      शम्भु
      भोला कैलाशपति
      सुधार नेताको मति !
    • दुर्गा अधिकारी भमरकोटे
      [६१]
      आदियोगी
      बुद्धिमत्ता दुर्दर्शिता
      भुवनमा सर्वाेत्कृष्ट ज्ञानदाता !
    • श्रद्धा आचार्य, पोखरा
      [६२]
      शिवरात्री
      शिवको चाहाना
      सबैलाई हार्दिक शुभकामना !
    • श्रीकृष्ण धामी, बझाङ
      [६३]
      शिवरात्री
      शिवको भक्तिभाव
      सम्पूर्ण सजीवमा भक्ति !
    • कविता आचार्य, कैलाली
      [६४]
      शिवरात्री
      शिवकाे शक्ति
      गरेर उनकाे भक्ति !
    • सहयात्री शाेभा अर्याल, रुपन्देही
      [६५]
      महाशिवरात्री
      श्रीपशुपतिनाथ मन्दिर
      लाखौँ भक्तजनको भिडभाड !
    • जिज्ञासु पन्त, लमजुङ
      [६६]
      महाशिवरात्री
      शिवजीको नाउँमा
      भाङ खाने दिन !
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [६७]
      शिवत्व
      अद्भुत शक्ति
      पालन सम्हार मुक्ति !
    • लक्ष्मी अर्याल, काठमाडौँ
      [६८]
      महादेव
      शक्तिका अपार
      सदा रहोस् आशिर्वाद !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४६ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- ७

  • २६ फाल्गुन २०८०, शनिबार २२:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको सातौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ७ का लागि झिल्काकार त्रय त्रिलोचन भण्डारी, शशीश्री आचार्य र ललिताका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    ~<•>~
    [१]

    १.
    बम् बम् भोले
    शिव शिव भन्छन्
    डाेली बाेक्ने डाेले ।
    २.
    हिमाली त्याे डाँडैमा
    दर्शन देऊ शिवजी
    राखाैँला सदा आँखैमा ।
    ३.
    जट्टासरि त्याे केशमा
    दर्शन मिलाेस् महादेव
    जहाँ जाऊँ देशमा ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~

    [२]
    १.
    दौरासुरुवाल र कोट
    हेर ! कति सुहाएको
    छैन मनमा खोट ।
    २.
    नेपाली हामी वीर
    राष्ट्र हाम्रो मुटु
    झुक्न दिदैनौँ शिर ।
    ३.
    हिमाल पहाड तराई
    सबै बराबर यहाँ
    कोही छैनन् पराई ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~

    [३]
    १.
    नारी दिवस मनाउँदा
    खोक्रो भाषण दिन्छन्
    देशका ठुलाबडा भनाउँदा ।
    २.
    दिँदैनन् कसैले साध
    खोक्रो आडम्बरीले मनाउने
    नारी दिवस मुर्दावाद !
    ३.
    न्याय नपाएको देशमा
    मनाएको नारी दिवस
    खुसी छैनन् त्यसमा ।
    ✍️ ललिता सिन्धुली
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ७

    झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार १६:३७ मा प्रकाशित
  • झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) फागुन २५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ~~~~

    [१]
    नारीमाथि हुने अत्याचार
    मिलेर बन्द गरौँ
    हत्या, हिंसा, बलात्कार !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    नारीमाथिको यो दुर्व्यवहार
    मिलेर हामी सबै
    हटाऔँ हिंसा बलात्कार !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [३]
    मनाउछौँ नारी दिवस
    घट्छन् फेरि घटना
    हुन्छौँ सहन विवश ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    [४]
    अस्तित्वहीन होइनन् नारी
    छानबिन होस् सरकार
    उम्कन नपाओस् बलात्कारी ।
    ✍️ पृथक प्रकृति, झापा
    [५]
    छोरीलाई भ्रूणमै तुहाउने
    लैङ्गिक विभेदको पराकाष्ठा
    होइन मानवलाई सुहाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [६]
    नारीको सम्मान गरौँ
    समस्या पर गरेर
    अत्याचारको विरोधमा जुटौँ ।
    ✍️ मनोज गजमेर
    सहिदभुमि गाउँपलिका ४ धनकुटा
    [७]
    हिंसा अन्याय अत्याचार
    सहेर बस्न सकिँदैन
    न्याय मागौँ बारम्बार ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [८]
    नारी घातक हुँदैनन्
    अत्याचार हुन्छ कसरी
    समस्या नपरी रुँदैनन्
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    सृष्टि सुरक्षाको सूत्र
    गर्भपतन गरिदिनुस् आमा
    जन्माउनुभन्दा बलात्कारी कुपुत्र ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [१०]
    नारी हुन् जन्मदाता
    इच्छा बुझौँ उनको
    प्यारी हाम्री माता !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [११]
    कतिसम्म सहने अत्याचार
    गर्नुपर्छ शासनमा कडाइ
    झनै बढ्यो बलात्कार ।
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    [१२]
    एक भई जुटौँ
    अन्त्य गर्न ज्यादती
    नारी अब उठौँ ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [१३]
    नारी लक्ष्मी पुज्नुपर्छ
    गल्तीमा मौन नभई
    सरकारले सत्य बुझ्नुपर्छ ।
    ✍️ मुक्ति काफ्ले।
    असम, भारत
    [१४]
    छोराछोरी हुन् बराबरी
    नगरौँ छोरीलाई पाखा
    सुरक्षा गरौँ हरघडी ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [१५]
    नारी हुन् माता
    जोगाउँछन् हामीलाई दु:खबाट
    ओढाई ममताको छाता ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१६]
    परिवारको सुन्दर तारा
    नगर हेलाँ नारीलाई
    हुन् भरिलो सहारा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [१७]
    नारी ममताकी खानी
    गर्भदेखिनै गरौँ संरक्षण
    बनाई हृदयकी रानी ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१८]
    नारीको इज्जत गरौँ
    दमनको घर भत्काउँदै
    ममताले दया भरौँ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    अधिकार सिमित नारामा
    नारी सुरक्षित छैनन्
    त्रास छ सारामा !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२०]
    महिला सम्बन्धी नारा
    बाटोमा पार्टीले घन्काउने
    बलात्कृत बालिका सारा ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    [२१]
    नाबालिकामाथिको यो अत्याचार
    सहन सकिँदैन कदापि
    न्यायमा जुटाैँ बारम्बार !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [२२]
    गुन्यु चोली सारी
    मात्र भित्र छैनन्
    आजको युगका नारी ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ
    [२३]
    जगत् जननी नारी
    नछोड बलात्कारी दुष्ट
    बन्नुपर्दछ हेर भारी ।
    ✍️ भिम लिम्बू प्रयास
    दार्जिलिङ
    [२४]
    हुँदैन पत्थर पुजेर
    पूजन गर्नु आमाको
    कुभलो रहन्न बुझेर !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली
    [२५]
    समस्या हुँदैन भारी
    सुध्रिएमा बलात्कारी सोच
    सुरक्षित रहन्छन् नारी l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२६]
    किन मान्दैनौ समान ?
    महत्व तिनैको बढी
    बुझेर पनि हानाहान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [२७]
    नगरे नारीलाई हेला
    कार्यमा देखिँदैन कमी
    पछि परौला फेला ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२८]
    अति भयो अत्याचार
    अब निर्मूल पारौँ
    हत्या, हिंसा, बलात्कार ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२९]
    गरेर सम्मान नारीकाे
    शाश्वत जिन्दगी क्षणभर
    यात्रामा सहज सारीकाे ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    [३०]
    सशक्त पाइला नारीले
    पर्नेछ सारेर देखाउनु
    नथिचोस् पीरको भारीले ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३१]
    ओजन मलाई दिनू
    आफू जत्तिँकै ठानेर
    अपराध जिम्मा लिनू ।
    ✍️ नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा ।
    [३२]
    माली हुन् फूलबारीको
    उनै धरा जननी
    गरौँ सम्मान नारीको ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३३]
    सुरक्षा छैन देशमा
    गर्दा पढ्ने लेख्ने
    कलिला छाेरीकाे केशमा ।
    ✍️ सावित्रा नेपाली सबु
    [३४]
    नारीको कमलो मनमा
    बारम्बार नगर अत्याचार
    कहिले नतौलनु धनमा ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [३५]
    नारीले सहन्न अत्याचार
    अब जुट्न थाले
    दमन नगर बारम्बार ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अत्याचार छ नारीमाथि
    यसपालि नारी दिवसबाट
    अन्त्य गरौँ साथी !
    ✍️ प्रकृति देवकोटा
    चितवन,टाँडी
    [३७]
    आऊ मिलेर मनाऔँ
    हर्सोल्लासमा नारी दिवस
    नारी उच्च बनाऔँ ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३८]
    कुरा मनै छुने
    नसोच्नु है अब
    जे गर्दा हुने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३९]
    खुलेर मनाएपछि दिवस
    पार्नुहुँदैन भुलेर नि
    कुनै नारीलाई विवश ?
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर
    [४०]
    नारी संरक्षक घरको
    गृहलक्ष्मीको भूमिका निवारण
    गर्नुपर्छ सबै जनको !
    ✍️ भगवती दवाडी, झापा
    [४१]
    नारी विशेषत: मारिन्छ
    गर्भमा, जवानीमा, दाइजोमा
    कानुनहरू निष्क्रिय पारिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३काठमाडौँ
    [४२]
    नारी समाजको बाटो
    संवेदनशील बन्नैपर्छ हेर
    सुधार्नु जीवनको पाटो ।
    ✍️ पुष्पा राई, खोटाङ।
    [४३]
    धरती हुन् नारी
    गरौँ मान सम्मान
    ठानेर ठुलो जिम्मेवारी ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    [४४]
    उच्च तहको ज्ञान
    जसले दिन्छिन् हामीलाई
    गरौँ तिनको सम्मान ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    [४५]
    नारीकाे हक अधिकार
    कुण्ठित नगराैँ कसैले
    हँसाऔँ मातृ अनुहार ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा।
    [४६]
    नारी अस्मिताको कुरा
    रक्षक बन्छ भक्षक
    चलाउँछ भित्रभित्रै छुरा ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [४७]
    फाँसी लगाऔँ बलात्कारीलाई
    महिला हिंसा हटाउन
    सम्मान गरौँ सदाचारीलाई ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [४८]
    धर्तीमा नारी महान
    सम्मान सबैले गरौँ
    चलाउँछिन् उनैले जहान ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४९]
    मनाउँछन् नारी दिवस
    गाउँ समाजमा होलान्
    कति मर्न विवश ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५०]
    अजस्र ममताकी छहारी
    बुझे महिमा अपार
    देवीत्वको प्रतिरूप नारी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक,भक्तपुर ।
    [५१]
    सत्यम् शिवम् सुन्दरम्
    शिवकाे तीन रूप
    शुद्ध मनले जलार्पणम् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [५२]
    चेतना बढ्दै गएमा
    घरमा शान्ति मिल्दछ
    नारीको सम्मान भएमा ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५३]
    कस्तो छोरीको भाग
    कोपिला लुट्छ भमराले
    फूललाई बनाउँछ दाग !
    ✍️ सीमा कार्की समर्पण
    [५४]
    शक्तिको रूप नारी
    हकको निम्ति बढ
    नराख पीर भारी ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    [५५]
    नारीकाे महिमा अपार
    उनी हुन् सृष्टिकर्ता
    जन्मिनदेऊ है नमार ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [५६]
    नारी आँखाकी नानी
    चिन्नसक्यौ भने तिमीले
    उनी मायाकी खानी ।
    ✍️ विमल खतिवडा माइला
    सिलगढी भारत
    [५७]
    शोषण दमन बलात्कार
    छिट्टै अन्त्य होओस्
    नारीमाथिको ती अत्याचार ।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    [५८]
    नारी ममताकी कोष
    पवित्र छिन् प्रकृतिझैँ
    नलगाऊ कतै दोष ।
    ✍️ बेदु न्यौपाने
    [५९]
    अर्धनारीश्वर हे कैलाशपति
    बचाऊ नारीको अस्तित्व
    अत्याचार भयो अति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६०]
    तिम्रो तृप्ति निमित्त
    घोटिँदै ढल्छ जिन्दगी
    निखार बेलैमा सिनित्त ।
    ✍️ कमला पौडेल
    [६१]
    फूलबारी हुन् नारी
    फुलिरहने सुगन्धित फूल
    सौन्दर्यले भरिएको चौतारी ।
    ✍️ म्यामराज राई, भोजपुर
    [६२]
    नारीको रूप अपार
    कठिन कार्य पनि
    सजिलै लाउँछिन् पार !
    ✍️ शशी आचार्य
    [६३]
    नारी सृष्टि संसार
    हाँसी खुसी बाँच्ने
    जीवनको सौम्य आधार !
    ✍️ आर्त अकुलीन
    <•> जय झिल्का ! जय साहित्य ! <•>

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

    सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

  • २३ फाल्गुन २०८०, बुधबार २२:०० मा प्रकाशित
  • १)
    आमा मेरो सहारा
    कसरी तिरौँ मैले
    खाएको दुधको भारा !
    २)
    छातीमा टाँसेर जोगायौँ
    चुँडिन्छ भन्दै कोपिला
    राखेरै काखमा हुर्कायौँ !
    ३)
    हामीलाई खुवाउथ्यौँ जहिल्यै
    भोक शान्त पार्न
    पटुकी कस्थ्यौँ पहिल्यै !
    ४)
    डोरायौँ हात समाई
    खोज्छौँ तिम्रो धन,
    आपसमा गरी लडाई !

    जहिल्यै दिन्छु दुख
    आफ्नै झोली भर्छु
    दिन्नँ तिमीलाई सुख ।

    ✍️ सीमा कार्की
    ठोरी गाउँपालिका ४, पर्सा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सीमा कार्कीLeave a Comment on सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

    ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

  • २२ फाल्गुन २०८०, मंगलवार १३:४३ मा प्रकाशित
  • समीक्षा

    ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

    🔸डा.शंकरप्रसाद गैरे

    लेखक परिचय


    ‘हतकन्डा’ वसन्त अनुभवद्वारा लेखिएको लघुकथा हो । २०३५ सालमा दाङ जिल्ला हापुर २ वसन्तपुरमा जन्मिएका अनुभवको वास्तविक नाम वसन्तबहादुर के सी हो । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका अनुभव निजामति सेवामा कार्यरत छन् ।
    २०५४/५५ सालतिरबाट साहित्यमा लागेका अनुभवले साहित्यका कविता, गजल, गीत, लघुकथा, मुक्तक, कथा लगायतका विधामा कलम चलाएको पाइन्छ । उनले हालसम्म करिब ५०० लघुकथाहरू लेखेका छन् । उनको लघुकथाको सुगन्ध संयुक्त लघुकथासङ्ग्रह प्रकाशित छ ।

    मूलपाठ

    “वाह ! तिम्रो उपाय त साँच्चिकै कारगार रह्यो यार ! क्या कन्ट्रोभर्सी क्रियट गर्‍यौ ।” खुसी हुँदै नयनले भन्यो ।

    “म त्यत्तिकै भन्छु त ! आजभोलि सबैले गर्ने भनेकै यही हो । सोझो औँलाले घ्यु आउँछ?” काजल मस्किई ।

    “पुराना थन्किएर रहेका भिडियो पनि एकाएक भाइरल भए, ट्रेन्डिङ्गमा छन् अचेल । यसको पुरै श्रेय तिमीलाई जान्छ ।” नयनले खुसी प्रकट गर्‍यो ।

    “के फाइदा तिमीलाई मात्र भएको छ र ? म पनि त उत्तिकै चर्चामा छु नि ! नचिन्नेले चिनेका छन् ।” काजल पनि खुसी देखिई ।

    “त्यो त ठिक छ । तर हुँदाखाँदाको सम्बन्ध मिडियाबाजी गरेर तहसनहस पारियो । छताछुल्ल भएको सम्बन्ध कसरी सपार्ने ? कसले सुधारिदिन्छ ?” नयनले चिन्ता व्यक्त गर्‍यो ।

    “यी यहाँले ।” एक पत्रकारलाई देखाउँदै काजलले अगाडि भनी- “कसो पत्रकार महोदय ! हिजो हामीसँगै मिलेर, हाम्रो सम्बन्ध उछाल्नुभयो । राम्रै टिआरपी कमाउनुभयो । अझै टिआरपी बढाउने होइन त ?”

    ‘निकै आरोह अवरोहपछि कलाकार दम्पती नयन र काजल बीचको विवाद, यसरी भयो साम्य ।’ अर्को दिन सञ्जाल पुनः तात्यो ।

    लघुकथाको विश्लेषण

    पहिलोपटक नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा २०८० साल फागुन २० गतेका दिन प्रकाशित वसन्त अनुभवको‘हतकन्डा’ शीर्षकको लघुकथा व्यङ्ग्यचेतनाप्रधान चरना हो । यस लघुकथामा दुई कलाकारले चर्चा बटुल्न र लोकप्रियता पाउनकै निम्ति आफ्नो जीवनका विभिन्न सन्दर्भहरूलाई वा त्यस्ता कपोलकल्पित घटनाहरूलाई मिडियामा ल्याउने गरेको विषयलाई प्रस्तुत गरिएको छ ।

    लघुकथामा एकातिर कलाकारहरूले सस्तो लोकप्रियता र शीघ्र चर्चाका लागि साइबरको उपयोग गर्ने गरेको विषय प्रस्तुत गरिएको छ । त्यसकारण लघुकथाले साइबरसाहित्यको विषयलाई उठान गरेको देखिन्छ । लघुकथाको अन्त्यमा प्रायोजित रूपमै गरिएको भए पनि त्यसले जनसाधारणका दृष्टिकोणमा बिग्रिन गएको सम्बन्धका विषयमा चिन्ता प्रकट गर्नु र उपायका रूपमा पत्रकारलाई प्रयोग गरेर पुनः सम्बन्ध सुधार भएको समाचार सम्प्रेषण गरेर टिआरपी बढाउने सम्बन्धमा गरिएको चर्चाले युटुब पत्रकारहरूले यस्ता समाचार युटुबबाट फेसबुकमा सम्प्रेषण गर्ने गरेको विषय उठान गरिएको देखिन्छ । पछिल्लो समयमा कलाकारहरूको सस्तो र शीघ्र लोकप्रियताको मुख्य आधार नै सामाजिक सञ्जाल, फेसबुक, युटुब बन्ने गरेको विषयलाई यस लघुकथाले सङ्केत गरेको पाइन्छ । यसरी प्रस्तुत रचना साइबर विषयक लघुकथा बन्न पुगेको छ ।

    ‘हतकन्डा’ लघुकथाको मुख्य उद्देश्य व्यङ्ग्य देखापर्दछ । त्यसकारण यो लघुकथा व्यङ्ग्य रचनाका रूपमा प्रस्तुत भएको छ । लघुकथाको शीर्षक‘हतकन्डा’ले छिटो चर्चामा आउने, लोकप्रिय हुने प्रलोभनमा विभिन्न विषय क्षेत्रका व्यक्तिहरूले अयथार्थ र कपोलकल्पित हल्लाहरू फैलाउने गरेको विषय रचनामा अभिव्यक्त भएको छ । रातारात सेलीब्रेटी हुने लोभ, जसरी भए पनि आफ्नो पेसा व्यवसायलाई बेच्ने लोभमा जस्तोसुकै काम गर्ने वर्तमान समयको मानवीय प्रवृत्तिप्रति लघुकथाले व्यङ्ग्य गरेको छ ।

    लघुकथामा कलाकारिता क्षेत्रमा लागेका दम्पती नयन र काजललाई पात्रका रूपमा चयन गरिएको छ । दुईको सम्बन्ध बिग्रिएको विषय पत्रकारलाई प्रयोग गरी चर्चामा ल्याएको र त्यही कारण उनीहरूका बिक्री नभएर थन्किएका भिडियो सामग्रीहरू एकाएक बिक्री भएको, उनीहरू रातारात भाइरल भएको विषय नै लघुकथामा प्रस्तुत गरिएको छ । काजलले निकालेको उपायले आफूहरू भाइरल भएकोमा दङ्ग पर्दै नयनले“वाह! तिम्रो उपाय त साँच्चिकै कारगार रह्यो । क्या कन्ट्रोभर्सी क्रियट ग¥यौ” भन्छ । जवाफमा काजल“आजभोलि सबैले गर्ने यही हो । सोझो औँलाले घ्यु आउँछ?” भन्छे ।

    गरिएको काम के हो भन्ने कुरालाई लघुकथामा स्पष्ट नपारेर अमूर्त नै राखिएको भए पनि उनीहरू लोग्नेस्वास्नी हुन् र नचलेका कलाकार हुन् भन्ने बोध हुन्छ । काजलले गरेको उपायले उनीहरू भाइरल भएको र उनीहरूका थन्किएका पुराना क्यासेटहरू समेत धमाधम बिक्री भएको सन्दर्भ कथामा प्रस्तुत भएको छ । यस कुराले प्रसन्न भए पनि आफ्नो पारिवारिक सम्बन्ध बिग्रिएको कुराले चिन्तित नयनलाई काजल उपाय सुझाउँछे । जुन पत्रकारले हिँजो सम्बन्ध बिग्रिएको समाचार प्रशारण गरेर टिआरपी कमाउँछ, उसैले पुनः“निकै आरोह अवरोहपछि कलाकार दम्पती नयन र काजल बीचको बिवाद, यसरी भयो साम्य” शीर्षकमा समाचार प्रशारण गर्छ । त्यस समाचारले पुनः सञ्जाल तात्छ ।

    प्रस्तुत लघुकथामा पछिल्लो समयमा आफ्नो काम र क्षमताले चर्चामा आउन नसकेका कलाकारले पत्रकारहरूलाई प्रयोग गर्ने र विभिन्न व्यक्तिहरूसँगका सम्बन्ध, झगडा, लगायतका विषयमा समाचार सम्प्रेषण गरेर आफू लोकप्रिय बन्ने तथा पत्रकारले टिआरपी बटुल्ने गरेका सन्दर्भलाई प्रस्तुत रचनाले व्यङ्ग्य गरेको छ । जनसाधारण पाठक, स्रोता, द्रष्टाहरू त्यस्तै हल्लाका पछाडि दौडने र त्यस्तै सामग्री खोजी गर्ने गरेको प्रवृत्तिलाई समेत यस लघुकथामा व्यङ्ग्य गरिएको छ ।

    प्रस्तुत लघुकथाले विभिन्न क्षेत्रका व्यक्तिले चर्चामा आउन मिडिया प्रयोग गर्ने गरेको विषयलाई उठाएकाले साइबरनिकट देखिन्छ भने त्यसका माध्यमबाट सम्बन्धित क्षेत्रलाई व्यङ्ग्य गरिएकाले व्यङ्ग्य कथाका रूपमा देखापरेको छ । यसरी‘हतकन्डा’ लघुकथा साइबर र व्यङ्ग्य रचनाका रूपमा प्रस्तुत भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ७ सम्पन्न

  • २१ फाल्गुन २०८०, सोमबार ०८:२३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको सातौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    …………………
    १,
    खेलाडीलाई सधैँ सम्मान
    बोक्दछन् विलक्षण क्षमता
    सेकेन्डमा बनाउॅंछन् पहिचान ।
    २,
    कस्तुरी सुगन्ध चिन्दैन
    कसको हो समस्या ?
    लोक साँगुरो छैन ।
    ३,
    आफ्नो बाटो सजिलो
    यायावर पाइला राख्न
    भए सामर्थ्य जाँगरिलो ।

    • म्यामराज राई, भोजपुर
      …
      १)
      असभ्य जङ्गली परिवेश
      अस्मिता लुटिन्छ नारीको
      सरकारमा छैन क्लेश !
      २)
      मानवता रहेन शेष
      बलात्कार हत्या दिनदहाडै
      न्याय मरेको देश !
      ३)
      कोपिला निमोठ्छ मालीले
      मान्दैनन् डर कानुनको
      हत्यारा फटाहा जालीले !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।
      …
      १.
      जङ्गली मानिसको व्यवहार
      किन यस्तो भयो
      के होला सार ?
      २.
      दिनदहाडै हुन्छ बलात्कार
      कानुन फितलो भएरै
      न्यायमा भैरहेछ हार।
      ३.
      लागोस् तिनलाई ठेस
      चेली बलत्कारीलाई यहाँ
      नदिऊन् कसैले अडेस।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      सकिन्छ आफैँ गर
      नत्र भने यहाँ
      कसैको भर नपर ।
      २,
      भ्रष्टाचारले खाएको देश
      गरिबको भने सधैँ
      पाइलैपिच्छे हुन्छ ठेस ।
      ३,
      गुहार कसैको नमाग
      मेहनत आफैँ गर्नू
      तयारी गर्नतिर लाग ।
    • ललिता सिन्धुली
      …
      १.
      धितो राखेर घरबारी
      विदेश जान्छन् जन
      देशमा नभएर रोजगारी ।
      २.
      गर्दैनन् वास्ता सरकार
      यही छ विडम्बना
      खेदपूर्ण आउँछ समाचार ।
      ३.
      हत्या हिंसा बलात्कार
      कहालीलाग्दो मात्र घटना,
      कहिले होला सुधार ?
    • पृथक प्रकृति, झापा
      …
      १,
      फरक छ बाटो
      नभुल्नु कसैले एउटै
      मरेर जाने माटो ।
      २,
      रूप, उमेर रहुन्जेल
      संसार छ स्वार्थी
      माया जीवन छउन्जेल ।
      ३,
      गहन कुरा देख्नू
      नौ अक्षरमा अटाएर
      सुन्दर झिल्का लेख्नू ।
    • विमल खतिवडा माइला, सिलगढी, भारत
      …
      १,
      विखण्डनकारी धेरै भए
      देश भयो टुक्राटुक्रा
      उनै शिखरमा गए ।
      २,
      फैलायो विदेशीले जाल
      देशमा घायल जनता
      देश जोगाउने सवाल ।
      ३,
      एमसीसी खारेज गरौँ
      सङ्घीयता पनि अब
      आन्दोलनमा सबै झरौँ ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      बलात्कारको अन्त्य कहिले
      जति सभ्यता चुलियो
      सुनिन्छ यत्रतत्र जहिले ।
      २,
      कानुन भए मानून्
      भन्छन् किन सबैले
      उही दैव जानून् ।
      ३,
      न्याय मर्नु हुँदैन
      किन ती अपराधीलाई
      मानवताले पटक्कै छुँदैन ?
    • त्रिलाेचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      उकाली गर्दै ओराली
      शितल प्रेमको छहारीमा
      मिलेर बसे सम्हाली !
      २,
      सेवा सत्कार धर्ममा
      पसिनाको मूल्य अनुपम
      मिठो फल कर्ममा !
      ३,
      सत्य मार्गमा जानु
      हिमाल पहाड तराई
      काम गरी खानु !
    • आर्त अकुलीन
      …
      १
      हुँदैन मनको धोको
      मानिसको कहिले पूरा
      घमण्डको बोकेर पोको !
      २
      बुबाआमा सबै छोडेर
      गयो एउटै छोरो
      गलत बाटो रोजेर !
      ३
      अन्त्य भएन कहिले
      धेरै स्वतन्त्रता भएर
      बलात्कार हुन्छ जहिले !
    • कला ढकाल झापा
      …
      १,
      आऊ बस पियारी
      यताउति नजर देऊ
      बन सधैँ होसियारी ।
      २,
      वैरी आँखा लाउलान्
      मौका खास पहिल्याई
      साँझपख फेरि धाउलान् !
      ३,
      तिम्रो मेरो नाममा
      शङ्का गरी कलङ्क
      लाउलान् पोल बिनाकाममा !
    • विवश पारदर्शी, झापा
      …
      १,
      समय त्यस्तै बन्यो
      सोझा मारमा परे
      दोषीलाई राम्रो भन्यो।
      २,
      समाजसेवीको थपियो नाम
      जसले माखो मार्दैन,
      उसलाई मिठोमिठो माम ।
      ३,
      फैलियो दुष्टको जाल
      देश सके भ्रष्टाचारले
      जनताको बन्दैछ बेहाल
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      गुरु अपराधी भएपछि
      कसैको केही लाग्दैन
      स्कुल क्रीडास्थल बनेपछि ।
      २,
      बाआमाले विश्वासले पठाउॅंछन्
      आफ्नै गुरुका कुदृष्टि
      अङ्गाङ्गीको तृप्तिमा लगाउँछन् ।
      ३,
      युद्धताका छानीछानी मारे
      भुले सत्तामा पुगेपछि
      अधिकार ओझेलमा पारे ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाण्डौ
      …
      १,
      आस्था विश्वास भर
      तिमी हौ मेरो
      एउटा सुन्दर घर।
      २,
      तिमी जीवन मेरो
      राखेँ यो दिलभित्र
      बनाई प्रेमको घेरो।
      ३,
      आऊ माया गासौँ
      बाडौँ मनको खुसी
      दिल खोलेर हासौँ ।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
      …
      १/
      अनुहार फरक भए
      रगत एउटै भएको
      भेषभूषामा टिकी रहे !
      २/
      ज्यादतीले देश गढ्यो
      कानुन मरेको भनेर
      हत्या बलात्कार बढ्यो !
      ३//
      खुसी हुन्छन् बालबालिका
      लाउन पाउँदा राम्रो
      कानुन बनाऊ पालिका !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १.
      दरिलो मन बनाऊ
      मरेर लानु छैन
      मद्दत गर्ने जनाऊ ।
      २.
      समृद्धि जब आउला
      सद्भाव हामी फैलाई
      राष्ट्रको गीत गाउँला ।
      ३.
      राष्ट्रको महिमा पढौँ
      सबैको उन्नतिका लागि
      राष्ट्रको हितमा बढौँ ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १)
      के हुँदैछ यहाँ ?
      निर्दोषको हत्या गर्‍यो
      न्याय लुकायो जहाँ ।
      २
      मारेर अबोध बालिका
      रुँदै आमा भन्छिन्
      न्याय देऊ कालिका ।
      ३
      पुरुषको निहुरियो शिर
      चितवनको बलात्कार घटनाले
      हत्यारालाई रोपौँ झिर ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ।
      …
      १
      नेतृत्वले कर्तव्य चिनेन
      बरालिए सबै यताउता
      अगुवा सुमार्ग हिँडेन।
      २
      माताले ममता नचिन्दा
      बरालिएछन् पिता पनि
      गुरु सुमार्ग नहिन्दा ।
      ३
      चुँडेर फूल गमलाको
      कुल्चेर हिॅंड्छ पापी
      बुझ्दैन दर्द अबलाको ।
    • शम्भु गजुरेल, सिन्धुली
      …
      १.
      कुरा बुझ्नुस् साथी
      धेरै बकबके नबन्नुस्
      नजानुस् चाँडै माथि ।
      २.
      अमृत ल्यायो पहिले
      आशाको बिगुल बजायो
      आफैँले खायो अहिले ।
      ३.
      भकारो सोहोरेका हातले
      लगनशील हुँदै जाँदा
      संसार देखायो पातले ।
    • नन्दलाल आचार्य, बेलका, उदयपुर ।
      …
      १)
      मूकदर्शक हाम्रो सरकार
      फाँसी छैन कुकर्मीलाई
      मानवताको हार गुहार ।
      २)
      घर, विद्यालय, वन
      सुरक्षित छन् कहाँ ?
      हाम्रो चेली भन।
      ३)
      चेलीको गयो प्राण
      न्याय मर्न नदिनुस्
      सरकारको जाओस् ध्यान ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १.
      बिहानपख आँगनमा शीत
      कोसिस गर्नुपर्छ सधैँ
      हुन्छ सफलताको जित ।
      २.
      मनमा ठुलो पिर
      मैले त यहाँ
      झुकाएन कतै शिर ।
      ३.
      सुन्दर गुलाफको बोट
      बाहिर हाँसो हुँदा
      मनभित्र छ चोट ।
    • श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ
      …
      १,
      राम्रा छोरी जन्माएर
      बलात्कारै हुने भयो,
      लान्न कोही अन्माएर।
      २,
      समाजमा भयो अति,
      छोरीचेली नै लुटिरहे
      बिर्सिएर आफ्नो खति।
      ३,
      कानुनको विश्वास टुट्यो
      बलात्कारी सेतो सधैँ
      हेर्दाहेर्दै फुत्त छुट्यो।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १.
      मायाममताको न्यानो थलो
      सधैँ उसको लागि
      बाआमाले सोच्छन् भलो।
      २.
      हली बनाई जोतिरहँदा
      जिन्दगी नै होइन
      कठिन भयो घोटिरहॅंदा।
      ३.
      आँसुले याद धुन्छु,
      फाटेर च्यातिॅंदै जान्छ,
      उसकै बिलौना बुन्छु।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      …
      १,
      के भनी बोलाऔॅं
      हौँ आफैँ गएकी
      भो माया नगांँसौँ !
    • मनोज गजमेर डान्सर
      …
      १,
      गर्दा ठुला कुरा
      विश्वास गर्दैन्न कसैले,
      नभए वचन पूरा !
      २,
      महत्त्वपूर्ण हुन्छ पात
      रङ्गमा होइन रसमा,
      बन्छ मानिसको जात ।
      ३,
      रहेछु म भाग्यमानी
      आवश्यकता परे सम्झिन्छौ,
      भन्छौ मेरी सानी ।
    • सीमा कार्की समर्पण
      …
      १,
      छोरीलाई समय देऊ
      सक्छन् गर्न सबै
      देशको नाम लेऊ।
      २,
      सबैलाई आफ्नो भन
      तब हुनेछ उन्नति
      छोरीलाई पनि गन।
      ३,
      आँट भरेर गर्दैछन्
      सबैको अघि छोरीहरू
      देश चिनाउन सर्दैछन् ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      खेल्छन् बसेर खेल
      सत्तामा पुगेका मिली
      मात्र गर्छन् जालझेल ।
      २,
      मनमा डरको भारी
      बोकी हिँड्छौ सधैँ
      सुरक्षित छैन नारी ।
      ३,
      भइरहेछ यस्तै बारम्बार
      कहिले अन्त्य हुने
      हत्या हिंसा बलात्कार ।।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १.
      दाताको चाल जान्दैन
      एमसीसीको अन्तर्य देख्यौ
      नेपाली कानुन मान्दैन ।
      २.
      कटाउनै पर्यो सिमाना
      देशभक्त फलाक्ने काजी
      अन्धभक्त रहेछ दिवाना ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      नाम भने लेखराज
      पढ्न लेख्न नआउने
      यस्तो हाम्रो समाज ।
    • मंगला उपाध्याय
      …
      १,
      देश चिनाउने खेल,
      सम्मान सुविधा दिॅंदैनन्
      खेलाडी पठाउॅंछन् जेल ।
      २,
      राजनैतिक सुझबुझ अकल्याण
      अवसर नपाएर नेपाली
      सबै विदेश पलायन !
      ३,
      रक्षकमा भक्षक आवृति,
      भगवान्भित्र रूप राक्षसको
      चिन्नै नसक्ने आकृति !
    • दीपा समभाव, काठमाडौ
      …
      १.
      पहिला जिउँन सिक
      जुधेर समय सॅंगसॅंगै
      अवस्था हुन्छ ठिक।
      २.
      मनको पिर रुक्छ
      अरूको भर परेपछि
      आँसु सबै सुक्छ ।
      ३.
      पूजापाठ जहिले गर्नु
      मन शान्ति हुन्छ
      आफू तल नझर्नु ।
    • धनुष न्यौपाने, जुम्ला
      …
      १/
      उपदेश पाइन्छ गीतामा
      घमण्ड, ईर्ष्या बित्थाको
      देह सकिन्छ चितामा ।
      २/
      बन्धकमा मेरो स्वाभिमान
      बेखबर भयो जिन्दगी
      सहँदै हरदम बदनाम ।
      ३/
      फलाक्छ बेस्सरी अङ्ग्रेजी
      सन्तान उनी गोर्खाको
      बुझ्दैन मातृभाषा नेपाली ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
      …
      १,
      देखिएन सुनाखरी फुलेको
      दुई हृदय घोलेर
      अनिदो मुहार धोएको ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा – १४, साँगा
      …
      १,
      आनन्द छ रातमा
      रोली गीत सुनाउँदै
      दुई छोरीहरू साथमा ।
      २,
      हातहरू देब्रे दाहिने
      नयनभरि छन् सधैँ
      नूमा,लाहागंमा चाहिने ।
      ३,
      छोरीको भविष्य बनाउँदै
      इन्दिरा, प्रतिभा, द्रौपदी
      देशको इतिहास जनाउँदै।
    • मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा।
      …
      १//
      विदेशीको छ चलखेल
      कोही विक्षिप्त नबनी
      हामीमा हुनुपर्छ मेल ।
      २//
      सुन्दर फूलको डाली
      भेदभाव गर्नु हुन्न
      उनै फूलका माली ।
      ३//
      गरूँ उन्मुलन विभेदको
      हामी सबै मिलेर
      राखौँ कायम सद्भावको ।
    • बेदु न्यौपाने
      …
      १.
      आकाशबाट उल्का झर्‍यो
      हुनुपर्‍यो सचेत बेलैमा
      बालजिन्दगी खतरामा पर्‍यो ।
      २.
      प्रमोहित सुन्दर बाग
      बनाउन देश आफ्नो
      अब उठ जाग ।
      ३.
      मनभित्र हुन्छ जलन
      विकृति विसङ्गति मौलायो
      हटाऔॅं भेद्भावको चलन ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      …
      १,
      कथा दोहोरीयो हेर
      केहि बर्ष पहिलेको
      गयो कोपिला खेर ।
      २,
      छैन देशमा सुशासन
      जनताको छोराछोरी मरिसके
      गर्छन् नेता भाषण ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …
      १,
      ज्ञान लिन गएको
      छात्रबासमा बस्दा बस्दै
      बालिकाको हत्या भएको ।
      २,
      देशको खेलाडी हाम्रो
      नियम पालना गरे
      सबैले भन्छ राम्रो ।
      ३,
      दुनियाँको हुने हेला
      अशक्त बुढो शरीर
      जीर्ण भएको बेला।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      क)
      घर घरमा सिंहदरबार
      निमुखाको त हकमाथि
      तुर्लुङ्ग छ तरवार l
      ख)
      न्यायको भएन टुङ्गो
      पीडित परे चेपुवामा
      सरकार बन्दा ढुङ्गो l
      ग)
      सुन्दैनन् मधुर बोली
      नाराबाजी गरे भने
      चलाइहाल्छन् यहाँ गोली l
    • बाबुराम गौतम, गुल्मी
      …
      (१)
      देखिन्छ मानवताको पुजारी
      वर्तमानले अॅंगालेको अवस्था
      समयको परिबन्धले लतारी।
      (२)
      सुनमा सुगन्ध पाइन्न
      आफैँ होइन चम्किलो
      गहना नबनाई लाइन्न ।
      (३)
      झरिलो मन ओइलिन्न
      चिरहरित बनेर रम्दछ
      अस्वीकृत सिउँदो रङ्गिन्न ।
    • दिल ठकुरी (दार्जिलिङ )
      …
      १,
      मानसम्मान या अपमान
      कुन रोज्यौ साथी ?
      फेरि किन बदनाम ?
      २,
      विकृत संस्कार अपनायौ
      अपनत्व पनि भुलेर
      संस्कृति पनि दफनायौ।
      ३,
      आदर्शको कुरो गर्छौ
      नैतिकता पर सारेर
      सम्मानको अहम्ता भर्छौ ।
    • पेम्वा यल्मो,दार्जिलिङ, भारत
      …
      १.
      वेद कुरान पढे
      बुझेनन् सार कसैले
      राम रहिम लडे।
      २.
      कानुन किन मानून्
      सजाय हुँदैन बलात्कारीलाई
      अब जनताले जानून् ।
      ३.
      कोमल कली तोडेर
      नफेँक सडकको नालीमा
      बिन्ती हात जोडेर।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      …
      १.
      झिल्का कविताको भोक
      जागेको छ मनमा
      अझै लेख्ने झोक।
      २
      सुन्दरताको महिमा गाउँछु
      स्वच्छ मन लिएर
      आफैँमा प्रसन्नता पाउँछु।
    • विनोद खाती, मिरिक, दार्जिलिङ।
      …
      १
      खेलाडी बन्यो मानव
      खेलाउॅंछ अदृश्य ईश्वरले
      आफ्नै बन्छन् दानव।
      २
      हरायो विश्वास आज
      झस्किन्छ मन सबैको
      स्वार्थले हाल्यो गाज।
      ३
      नेपाल चिनाउने थिए
      प्रतिष्पर्धामा खेल खेली
      खेलाडीलाई महत्व दिए।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १.
      छैन मलाई गुनासो
      तिमिले पराई ठाने
      रोकिन्न मेरो हाँसो ।
      २.
      रातमा उज्यालो दिएर
      आधा शरीर ढाकिए
      दियालोझैँ दीप बनेर ।
      ३.
      दुख कष्ट सहेर
      बित्दैछ जीवन यो
      आफ्नै कहानी कहेर।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      मानसिकता साँघुरिएर फोहोरी
      प्रतिदिनको घटनाले विक्षिप्त
      सुरक्षित छैनन् छोरी।
      २,
      शब्द तिखारी हानून्
      मौन किन बन्ने ?
      सबैले नियम मानून् ।
      ३,
      अभिभावक बस्छन् रुँदै
      कहिलेसम्म ए ! सरकार
      निमोठिने कोपिला हुँदै ?
    • संगीता खरेल, चन्द्रागिरि -८, काठमाडौं
      …
      १,
      छोरी चेलीको बलात्कार
      अस्तित्व जोगाउने कसरी
      हुँदैछ घटना बारबार।
      २,
      बिग्रॅंदो अवस्था देशको
      जागौँ उठौँ सुधार्न
      कारण खोजी यसको।
    • बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु
      …
      १,
      आँगनमा खेल्नै नपाई
      दुइखुट्टे बाघले मारे
      गुलियो ख्वाई, फकाई ।
      २,
      चुलोचौकामा व्यस्त आमा
      ताकेर बसे वनबिरालो
      उघार्न हतारिए जामा।
      ३,
      आँखामा आँसु सुक्दा
      न्याय पाएन न्यायालयमा
      झुक्नुसम्म यहाँ झुक्दा ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      …
      १,
      राम्रो राखौँ भावना
      मनमा विश्वास लिए
      पूर्ण हुन्छ मनोकामना ।
      २,
      वसन्तमा पालुवा पात
      सुखमा प्रभु नसम्झे
      हुन् सक्दछ मात ।
      ३,
      विश्वासीले गर्ने घात
      दुःख दिन अँध्यारो
      हुन् सक्दछ रात ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      राम्री अनि गोरी
      सुरक्षित नहुने भए
      नेपाल आमाकी छोरी।
      २,
      आँसुले आँखा धोइ
      सतीले सरापेकाे देश
      पीडितलाई न्याय खोइ?
    • कोपिला अधिकारी
      …
      १,
      किन भए कंस ?
      द्वापरका कृष्ण ठान्नेहरू
      मच्चाए सधैँ विध्वंस ।
      २,
      भ्रष्टाचारीलाई देव मान्ने
      रटाइ सुशासन समृद्धिका
      स्वाभिमानलाई लात हान्ने ।
      ३,
      भयो लाजमर्दो दोहोरी
      कानुन बनाउने थलोमा
      खेल्छौ खेल फोहोरी ।
    • नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर

    :::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ७ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार २०:२५ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का-
    जोगाउनै कठिन छ यहाँ आफूलाई सत्ता
    पीडितहरू भन्छन् न्याय चाहियो अलबत्ता !
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-

    [१]
    कुरै बुझ्दैनन् मूर्खहरू त्यत्तिकै जिद्दी गर्छन्
    त्यही भएर विनाकारण पल्टैपल्ट मर्छन् ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    सत्ता जाेगाउन सधैँ गठबन्धन गर्छाै हामी
    देश रहाेस् नरहाेस् हामी बन्नुपर्छ सधैँ नामी ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    जबसम्म गठबन्धन रहिरहन्छ देशमा, सत्ता उनीहरूकै चल्छ
    प्रतिपक्षमा बसेर सानोतिनो झिनामसिनाहरूको मन भने जल्छ ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४]
    देश रहन्न रहने छैनाैँ काेही जनताहरू हामी
    बढ्दो अत्याचारले गर्दा एकदिन आउँछ सुनामी ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    [५]
    ए ! सरकार बचाउ यहाँ छोरीहरू सारा
    अत्यन्त कडा बनाई फेर कानुनको धारा ।
    -डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    कोपिलामै निमोठिए यहाँ कतिपय मुनाहरू
    बेलामा नै फक्रन नपाई कति मर्ने हुन् पो अरू ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [७]
    युवाको सपना छैन यो देशभित्र
    परिवर्तन गर्नेको चाला विचित्र ।
    -पुष्पा राई, खाेटाङ।
    [८]
    यस्तै हो यहाँ हेर धेरै चलखेल गरेपछि
    भुलक्कडले पनि बल्ल आहा! भन्छन् मरेपछि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [९]
    अपवित्र गठबन्धनमा सत्ता चल्छ यहाँ
    जनतालाई न्याय राहत मिल्छ अनि कहाँ ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    तागत चाहिन्छ युद्ध गर्न, खुबी चाहिन्छ झुठो बोल्न,
    चरम प्रगति गर्नैहुँदैन थालिहाल्छ मन पोल्न ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [११]
    सत्ता कुर्सी पदकै लागी गरेको हो राजनीति,
    के मतलव र मलाई तिम्रा संस्कृति र थीति।
    -नवशिला,
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [१२]
    सत्ता सुविधाको लागी युद्धमा धेरै जनता मान्छे रेटियो
    देश जनताका रक्षक हैन कुलङ्घार शासन भेटियो ।
    -चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [१३]
    के पाउँथ्यो र पीडितले न्याय एक्लै हुँदा खडा
    अप्ठ्यारोमा साथ दिन छोडेर पाखा लाग्छन् बडा ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [१४]
    हत्याराहरूको मात्र चलखेल बढ्दै गयो
    गाउँघरमा त गरिखान नसकिने भयो !
    -कला ढकाल झापा
    [१५]
    धरती सौम्य गरेर कर्म गर्नुछ कमाइ,
    कर्मको बाटो नछोडी हिँड खुसीले रमाई !
    -आर्त अकुलीन
    [१६]
    पाइन्छ कहाँ जनताले न्याय,भ्रष्टाचारीले हाकेको देशमा
    काले गोरे फेरिदै आए,सिङ्गो देश सक्न जादुमय भेषमा।
    -शंकर कार्की मकवानपुर,
    [१७]
    पुस्तौँपुस्तालाई पुग्ने गरेर सम्पत्ति कमाउँला
    विदेशीकाे शरण परेर पनि सत्ता जाेगाउँला।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१८]
    कति सुन्नु हो जनताको करकर ?
    आफूलाई छ सत्ता जाला भन्ने डर !
    -विवश पारदर्शी
    झापा
    [१९]
    गठबन्धनको सरकार हाम्रो सत्ता जाेगाइहाल्छाैँ
    कुराेकानी मिलेन भने आफ्नै सरकार पनि ढाल्छाैँ ।
    -भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [२०]
    जनताको न्यायभन्दा मलाई प्यारो सत्ता
    टिकाउनलाई अचेलभरि बॅाड्छु भत्ता ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    कस्तो न्याय नभएको देशमा जन्म दिएछौ नि हो आमा भन्दै
    रुँदैछन् पीडित हत्या हिंसामा कहिलेसम्म हिँड्छौ पैसा गन्दै ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    खाँदाखाँदा दलभुँडे भइएछ
    सत्ताको आडमा धेरै दलिएछ ।
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [२३]
    देश र जनताको ख्याल छैन खाली उही सत्ता
    कुम्लाएको पैसा, अनि दम्भले बनाएछ मत्ता ।
    -प्रेम थापा “मन”बागलुङ
    [२४]
    लिप्त छन् कोही केवल स्वादमा सत्ताको
    जनताको छैन चिन्ता छ आफ्नै भत्ताको ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    [२५]
    अति गर्याैं हामीले सत्तामा पुगेर जनतालाई
    गठबन्धन नगरे खैराँते हुन्छौँ दलका भाइ ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२६]
    जोगाउँदै गर तिमीले सत्ता
    कलिला छोरी भैसके लापत्ता
    -सरिता सेढाई धादिङ
    [२७]
    भ्रष्टाचार नियन्त्रण गर्ने छैन कानुन
    भरौटे शासकले मात्र यी सबै जानुन
    -शशी आचार्य
    [२८]
    जतिसुकै घाेचे पनि लास त किन रुन्न?
    चितामाथि जलाउँदा नि दुख्छ भन्ने हुन्न ।
    -जी.वि.कश्यप
    घाेराही उपमहानगर -१४ दाङ ।
    [२९]
    युवा जति विदेशी भए घरमा बुढापाका
    सुशासन त यस्तै भयो नेता खोइ के भाका ?
    -उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३०]
    जहिल्यै यो देशमा जनता रोगाउछ नेता मोटाउँछ
    हरिकङ्गाल पारेर देशलाई सरकार जोगाउँछ ।
    -बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३१]
    सुकेको रूखमा न्यायको के आस
    लुकेको ऋणमा गरिबको बास ।
    -टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [३२]
    जहाँ जेसुकै हाेस् देश र जनता
    कसैगरी सत्ता जाेगाउँछन् नेता ।
    -हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा ।
    [३३]
    लाख कोशिस गर अब जोगिँदैन सत्ता
    चुपचाप बसे हुन्छ खाएर वृद्ध भत्ता ।
    -पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [३४]
    कस्तो युग हेर यहाँ आयो
    छोरीमाथि मात्र काल छायो ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३५]
    जति जना आउँछौ सडकमा पीडित भयौँ भन्न,
    खबरदार तयार हुनुहोस् देश विरोधी बन्न ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान
    [३६]
    हुँदा खानेको आउनुपर्छ अब राज्यसत्ता,
    दिँदैनन् न्याय हुनेखानेले सब छन् मैमत्ता ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३७]
    बाडेर खान नजान्ने एक्लै एक्लै खाने
    आफू नै हो सर्वहारा माथि माथि जाने।
    -दुर्गा आचार्य
    मोरङ
    [३८]
    धेरै छन् हात बाँधी फटाहालाई गाली गर्नेहरू
    देशलाई सरापेर बस्छन् अल्छ्याइँले मर्नेहरू ।
    -निरज कोइराला
    इटहरी -१६
    [३९]
    न्याय मरेको हाम्रो देशमा के गर्नु न्यायको आस
    पीडितले न्याय खोज्दा खोज्दै भयो सडकको बास ।
    -अनिता भणडारी
    ताप्लेजुङ
    [४०]
    संसदमा त चलेको छ नेताज्यूको सत्ता
    नेताज्यू मिलेर खाएको छ वृद्धाको भत्ता ।
    -श्रीकृष्ण धामी – बझाङ
    [४१]
    कुर्सी र सत्ता जोगाउन मात्र नेताको जान्छ ध्यान
    युवाको रगत पसिना अनि खाडीमा गयो प्राण ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    [४२]
    सत्तामा गएर कुर्सीमा बस्न पाए अरू केही चाहिँदैन,
    जनताको सहुलियत टन्न खानु अन्य कतै पाइँदैन ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
    [४३]
    जसोतसो गरेर सत्ता जोगाउने काम,
    अनि आइहाल्छ नि भनेजति कालो दाम।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    [४४]
    भ्रष्टाचार लुकाइदिने सहमतिमा सत्ता यो जोगाउँछौँ
    जो खोज्छन् सत्य देखाउन उनलाई अझै कष्ट भोगाउँछौँ ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    [४५]
    न्याय खोज्दा सडकमा किन हुनु नि जन भेडा
    लुकाउन केस जति उपहार दिए कि पेडा ।
    -ईन्दु श्रेष्ठ
    चितवन
    [४६]
    दु:ख लाग्छ न्याय दिलाउनेले नै चलखेल गर्दा
    पीडितलाई नै राहत दिनुको साटो भुँडी भर्दा !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं
    [४७]
    सत्ता जोगाउँनै गाह्रो भयो विदेशी सङ्गठन भएर पनि
    हामी नेताहरू सत्तामा हुँदाहुँदै न्यायमा हुनखोज्छन् धनी ।
    -बेदु न्यौपाने
    [४८]
    देशको हालत हेर्दा आँखा आँसुले रसाउने
    अपराधी हुदाँसम्म न्याय यहाँ छैन पाउने
    -हिमा आर सी
    मेहेलकना सुर्खेत
    [४९]
    न्यायको निम्ति हो लोक, लडेका जहिले पनि
    लगायौ न्यायमै बार, महासामन्त नै बनी।
    -रामशरण न्यौपाने, भक्तपुर
    [५०]
    कोहीलाई सत्ता जाला पिर, नपाउँदा कोहीलाई
    जो जो जान्छ मोज गर्छ, जनता मर्छ न्याय नपाई ।
    -ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।
    [५१]
    यथावत हुन्छ नठान्नु है, जोगाएर सत्ता
    प्रजाले खोसेको दिन त बन्लाऊ सुख्खा पत्ता ।
    -मोती सुब्बा
    दार्जिलिङ,भारत।
    [५२]
    देशको विकास किन गर्ने बरु गर खेल सत्ताको
    देशको लागि मर्ने जनता नेपालमा विना पत्ताको ।
    -भगवती दवाडी ,झापा
    [५३]
    आफ्नो भएजति बल मति फालेर सत्ता
    जाेगाइरहेछु लगाैटी हुँदै म त मत्ता ।
    -रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    [५४]
    विनाश कार्यमा हिँड्छौ सधैँ तिमी अगाडि सरी
    यो व्यवहार बढ्दै जाँदा सुरक्षा हुन्छ के गरी ?
    -पद्मा काश्यप पाण्डे, मोरङ
    [५५]
    जोगाऊ सत्ता पाल आफ्नो नातागोताहरू
    समय फिर्दा त दुर्दशा होला तिम्रो बरु ।
    -सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [५६]
    ठुला ठुला भाषणमा मात्रै सीमित भए काम
    भ्रष्टाचार गरेर कमाएका छन् करोडौंँ दाम ।
    -सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [५७]
    जोगाउन गार्‍हो भयो है चेलीबेटी
    मौका पाए पापीले मार्छ्न् गला रेटी ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५८]
    सत्ता जोगाई अब कर्तव्य भुल्ने गर
    सत्यको बाटो अँगाल्दै अलि अघि सर ।
    -धनुष न्यौपाने
    जुम्ला
    [५९]
    यहाँ आफूलाई सत्ता थाम्न सकस भएको बेला
    न्याय माग्दै भेडाहरूले देखाइरहेका छन् खेला l
    -बाबुराम गौतम, गुल्मी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४५ सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार १५:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    उदक अभ्यास १४५ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –

    [१]
    बालक
    गर्दै सिको
    अभ्यास गर्दै कृषिको !

    • वसन्त अनुभव
      [२]
      बाख्रा
      कृषिको कर्म
      बालकको एक अभ्यास !
    • आर्त अकुलीन
      [३]
      जाेत्न
      सिक्दै बालक
      बन्ला देश चालक !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [४]
      वलापन
      सृजनशील मन
      उध्यमी बन्दैछ जीवन
      रामप्रसाद पौडेल
      [५]
      बालक
      जनचेतना जगाउँदै
      धर्तीमा हिरा मगमगाउँदै !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [६]
      खेती
      बोका जोतेर
      अन्न पारीबाट बोकेर !
    • पशपती राई, खोटाङ
      [७]
      कर्म
      कृषिको सिको
      बालकको भयो धर्म !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [८]
      जिज्ञासु
      देखासिकी गरेर
      सिक्छ्न् अघि सरेर !
    • पृथक प्रकृति, झापा
      [९]
      जोताई
      बाख्रा बालकलाई
      सन्देश देश हाँक्नलाई !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१०]
      देखाउन
      मात्र काम
      मान्छेले बिर्सिएला माम !
    • निरज कोइराला
      इटहरी-१६, सुनसरी
      [११]
      बालापन
      मिठो संसार
      चलिरहने एउटा मन !
    • म्यामराज राई, भोजपुर
      [१२]
      जोतेर
      हल बोकाको
      पाइन्छ स्वाद धोकाको !
      सविता के.सी.
      [१३]
      बालपन
      सिक्ने दिन
      सानैबाट गर्छन् जतन् !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      बालक
      लिएर शान्ति
      भविस्यमा गर्छ कृषिक्रान्ति !
    • प्रविना प्रयासी
      ओखलढुंगा
      [१५]
      बालापन
      बित्छ खेलेर
      देखासिकी सिको गरेर !
    • विके माकजू
      [१६]
      बालक
      बोका जोताइ
      शासन सञ्चालनको झझल्को !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१७]
      गोरु
      विकल्प खसी
      दिँदै सन्देश नवजवानलाई !
    • सीता रिजाल
      [१९]
      कृषक
      किसानको सन्तती
      परम्परागत पेसाको अभ्यास !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२०]
      सन्तान
      कृषिप्रधान देशको
      गर्दै अग्रजको सिको !
    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी ।
      [२१]
      बालक
      सिकाइको मेसो
      कस्तो अचम्मको चालक !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२२]
      बालापन
      एकोहोरो मन
      कृषि हाम्रो धन !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२३]
      जाेत
      हेर्दा कुरीकुरी
      बाँच्नकाे लागि मज्बुरी !
    • चन्द्रावती अधिकारी
      काेहलपुर, बाँके
      [२४]
      बालक
      कृषकको छोरो
      बाख्रा जोत्छ मोरो !
    • कला ढकाल, झापा
      [२५]
      जोतौँ
      हल बोकाको
      गोरू सबै विदेसमा !
    • मधुसूदन शर्मा, रोल्पा
      [२६]
      केटाकेटी
      गर्छन् देखासिकी
      शिक्षक अभिभावक होसियार !
    • दुर्गा अधिकारी भमरकोटे
      [२७]
      भलो
      कृषि क्रान्ति
      बोका जोत्ने थलो !
    • विवश पारदर्शी, झापा
      [२८]
      हली
      बाख्राकाे जाेताई
      मुरी अन्न फलाई !
    • नवराज भट्ट, कञ्चनपुर
      [२९]
      बाेका
      हुन्न दाइँ
      हेर जगत् हँसाइ !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३०]
      बालक
      कृषिको रहर
      मौन गाउँ सहर !
    • कविता आचार्य, कैलाली
      [३१]
      बालक
      कृषि विकासको
      बनाउँदै एक झलक !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३३]
      लहर
      बालापन रहर
      हाँसो लाग्दो सहर !
    • शारदा आचार्य
      ललितपुर
      [३४]
      सिको
      कृषिको सङ्केत
      बाँझो छोडेका खेत !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३४]
      बाल्यकाल
      सिक्ने अवस्था
      सन्देश सिङ्गो राष्ट्रलाई !
    • सुधा बाँस्कोटा, ढकाल
      [३५]
      बालापन
      नेपालको तस्बिर
      बोकाले दाइ हुँदैन !
    • रघु थापा, सुनपा
      [३७]
      सिक्नु
      जीवन मेला
      यही हो बेला !
    • नन्दलाल आचार्य
      बेलका, उदयपुर
      [३८]
      जोते
      बालकले हलो
      कृषि प्रधान देशको !
    • रमा पन्त, पाल्पा
      [३९]
      किसानी
      बाबुको छोरो
      धुन त्यही एकोहोरो !
    • घनश्याम पौडेल, पोखरा
      [४०]
      अभिभावक
      भएका दास
      लोभले बाँझो कृषि !
    • लोकबहादुर क्षेत्री
      [४१]
      आउँदैन
      फेरि घुमेर
      यो बालापनको उमेर !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४२]
      सिकाई
      परम्परागत पेसा
      कृषिमार्गको देखाउँदै दिशा !
    • सुरेश न्यौपाने
      [४३]
      प्रयासरत
      प्रयाेगशील बालक
      भावी जीवनकाे सङ्केत !
    • टीकाराम जाेशी, टीकापुर
      [४४]
      सिकाइ
      मनबाट देखेर
      गर्छन् ठुलाकाे हेरेर !
    • दीपा समभाव, काठमाडौँ
      [४५]
      बालक
      हात बढाउँदै
      बोका नार्ने प्रयास !
    • कमला देवकोटा, पाल्पा
      [४६]
      परम्परा
      कृषिजन्य उपयोग
      बालबालिकाको रमाइलो खेल !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४७]
      बालक
      नार्दै बोका
      हुँदै कृषिक्रान्ति देसमा !
    • राम न्यौपाने, कैलाली
      [४८]
      नेपाल
      कृषि प्रधान
      यस्तो भएछ प्रावधान !
    • कार्की डिबी माकुम
      सुनवल -४, नवलपरासी
      [४९]
      बालक
      सिक्ने बाटो
      कृषिमा हुन्छ माटाे !
    • श्रीकृष्ण धामी, बझाङ
      [५०]
      कृषक
      परिवारको भलो
      भरपर्दो एउटा हलो !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      [५१]
      बाल्यकाल
      काचो माटो
      सिक्दै अनेक बाटो।
    • टिकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [५२]
      शैशवकाल
      बच्चाले सिक्छन्
      देखेकाे कुरा गर्छन् !
    • सुरेश चन्द्र घिमिरे, कपन
      [५३]
      बालापन
      समय देखासिकिको
      आउँछन् अनेकौं उपध्रो !
    • शिव ज्ञवाली, गुल्मी
      [५४]
      जाेत्न
      यसरी नसक्नेले
      हुँदैन बाटो छेक्न !
      -:रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५५]
      जोत्नु
      जोत्यो बोका
      कसरी भर्छ डोका !
    • नागेन्द्रप्रसाद यादव
      [५६]
      बालक
      सिक्नमा तल्लीन
      कृषिको नयाँ प्रविधी !
    • धर्मी शाक्य,बुटवल, रुपन्देही ।
      [५७]
      कृषक
      बाबुबाजेका पेशा
      जीवन गुजार्न सिक्दै !
      जिज्ञासु पन्त, लमजुङ
      [५८]
      बालक
      गर्दै सिको
      जग यो भोलिको !
    • लक्ष्मी स्मृति
      [५९]
      बालापन
      एकोहोरो मन
      भविष्यको कृषक बन !
    • धनमाया चौधरी, कैलाली
      [६०]
      बाउले
      जोत्ने करले
      छोराले भने रहरले !
    • चक्र शाही, लम्की, कैलाली
      [६१]
      देश
      कृषि प्रधान
      भयो बोकाको जोताई !
    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [६२]
      बालक
      बोकाको रूप
      आधुनिक कृषिको झोक !
    • बेदु न्यौपाने
      [६३]
      बालापन
      रमाईलो जीवन
      चञ्चल चञ्चल मन !
    • अबोध निर्मल
      लम्कीचुहा-०३, व्यवस्थितनगर, कैलाली
      हाल: दोधारा चाँदनी, कञ्चनपुर
      [६४]
      बनाइ
      खेल्छ बाटोमा
      बाख्रो गोरुको साटोमा
    • सम्झना कुँवर
      [६५]
      बालपन
      चञ्चले स्वभाव
      देखासिकी गर्ने रहर !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा -९, कैलाली
      [६६]
      बाल्यकाल
      चञ्चले अवस्था
      भविष्यकाे सौम्य कर्णधार !
    • सहयात्री शाेभा अर्याल
      रुपन्देही
      [६७]
      बालक
      अभ्यासमा व्यस्त
      निन्द्रामा सुतेको देश !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६८]
      खेत
      जोत्ने बोको
      बालक बिचरा चालक !
    • मङ्गला उपाध्याय, बारा
      [६९]
      बालापन
      बोका जोतेर
      कृषिमा लगायो मन !
    • दुर्गा भट्टराई, मोरङ
      [७०]
      बालक
      कृषिको रहर
      फैलियोस् सन्देश देशभर !
    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल
      [७१]
      कृषि
      व्यवहारिक शिक्षा
      लिएको जनाउदै बालक !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [७२]
      बालापन
      सपनाकाे घर
      हलाे जाेत्ने रहर !
    • श्रद्धा आचार्य, पोखरा
      [७३]
      कृषि
      क्रान्तिको सुरुवात
      अग्रसर कलिला हात !
    • साबित्री अधिकारी, काठमाडौँ
      [७४]
      बालक
      सिक्न खोज्दै
      पुरानो प्रविधि कृषिमा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [७५]
      बालापन
      सिर्जनशील मन
      कर्मठिला कलिला तन !
    • बाबुराम आचार्य, धनगढी, कैलाली
      [७६]
      प्रयोग
      अभ्यास गरेर
      जिज्ञासा मेट्ने पूरापूर !
    • भगवती दवाडी, झापा
      [७७]
      नेपाल
      कम्जोर प्रणाली
      कृषी प्रधान देश !
    • तिला लेकाली
      [७८]
      बालक
      कृषकका छोराछोरी
      देखेको गर्दैछन् झलक !
    • दुर्गा आचार्य,मोरङ
      [७९]
      विकल्प
      आफै खोज्नुपर्छ
      भएका मध्ये रोज्नुपर्छ !
    • देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखनLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४५ सम्पन्न

    साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

  • १९ फाल्गुन २०८०, शनिबार १८:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको छैठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ६ का लागि झिल्काकार त्रय अनिता भण्डारी, शम्भु गजुरेल र रुना कर्माचार्य दाहालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    १.
    भित्र्याए हेर विदेशीनीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार थिति !
    २.
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ३.
    जनतामा अशान्ति छायो
    हाम्रोमा यस्तै हुने
    कस्तो लोकतन्त्र आयो ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~<•>~~

    [२]
    १.
    भेदभाव आफूले गर्दा
    बदनामी भयाे धर्मकाे
    हटाओैँ छुतकाे पर्दा ।
    २.
    भन्दछ धर्म हाम्राे
    प्राणी सबै बराबर
    कर्म हुनुपर्छ राम्रो ।
    ३.
    छुवाछूत गर्न छाड
    धर्म छ निर्दाेषी
    नगर है खेलवाड ।
    ✍️
    शम्भु गजुरेल
    ~~<•>~~

    [३]
    १.
    आकाशमा ताराहरूको ताँती
    कति सुन्दर देखिने
    जब हुन्छ राति ।
    २.
    सक्दिनँ आकाश छुन
    धर्तीमा बसेर हेर्छु
    टहटह लागेको जून ।
    ३.
    टोलाउँछु हेरी आकाश
    जब आफैँमा हराई
    झस्काउँछ चिसो बतास ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P