२० मे २०२३, सनिवार ! गैर आवासिय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रिय समन्वय समिति जेद्धाले आफ्नो आठौँ महाधिवेशन तथा श्रमिक अन्तरक्रिया” कार्यक्रम आग मी मे २६ तारिख शुक्रबारको दिन गर्ने भएको छ ।
जेद्दा क्षेत्रीय समन्वय समितिले २०२३-२५ कार्यकालका लागि गर्न लागिएको महाधिवेशन सम्बन्धि सूचना जारी गर्दै नयाँ कर्यकालको समितिमा रहेर निस्वार्थ समाज सेवा गर्न ईच्छुक नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई गत मिती २०२३ मे १९ तारिख शुक्रबार राती ११.५९ बजे सम्म आफ्नो उम्मेदवारी निर्वाचन समितिको ईमेल (ecnrnarccjeddah@gmail.com) मा पठाउन समेत अनुरोध गरेको थियो । उक्त अधिवेशन सुसम्पन्न गर्नका लागि एनआरएनए साउदि अरबका उपाध्यक्ष राज कुमार गिरीको संयोजकत्वमा, भिम गुरुङ, रामराधा घिमिरे, केशव सिंह, र बिष्णु रावल गरि पाँच सदस्य निर्वाचन समिति चयन गरेको छ ।
साथै अधिवेशनका साथमा श्रमिक अन्तर्कृया पनि गरिने भएकोले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि साउदी अरबको पश्चिमी क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रमा उपस्थितिका लागी निमन्त्रणा समेत गरेको छ । कार्यक्रम जेद्दा स्थित सरफियाको लक्की दरबार रेष्टुरेन्टमा दिनको १२:३० बजे देखि सुरू हुने छ l
वरिष्ठ साहित्यकार, भाषाविद्, समालोचक डा. विदुर चालिसेको पुस्तक लघुकथाकल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा-प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभएको थियो । लोकार्पित पुस्तकको प्रकाशक समेत रहेको नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गरेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् समालोचक त्रय डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी र डा. शङ्कर प्रसाद गैरेले विमोचित कृतिको समालोचना गर्नुभएको थियोे ।
लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले लघुकथाकल्पमा भाषा विज्ञानको कुरालाई समावेश गरेर लेखिएको हुँदा अन्य पुस्तक भन्दा पृथक र विशिष्ट भएको उल्लेख गर्नुभयो । साथै उहाँले लघुकथा लेखिरहँदा आम पाठकलाई भुल्न नहुने र सहज बोधगम्य बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ समालाेचक, साहित्यकार प्रा. डा. कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार, कवि, कुथुङ्ग्रीका प्रयाेक्ता, समालाेचक पुष्कर लोहनी, वरिष्ठ साहित्यकारहरू डा. श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ र कृष्ण बजगाईले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
आफ्नो लोकार्पित कृतिबारे बोल्नुहुँदै डा.विदुर चालिसेले आम पाठक आफ्नो गुरु भएको र आफूले पाठक सामु आफ्नो गृहकार्य राखेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा.माधव प्रसाद पोख्रेल, प्रा. डा. क्रिष्टाेभ स्ट्रन्स्की ( पोल्याण्ड ), डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी, डा. शङ्कर प्रसाद गैरे, प्रा.डा.कुमार कोइराला, डा. श्रृजना शर्मा ( गुवाहाटी, भारत ), डा.विदुर चालिसे, डा.श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ, विजय चालिसे, पुष्कर लोहनी, कृष्ण बजगाईं, हिमलाल श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, अवधेश सिंह, विश्वराज अधिकारी, कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी), वसन्त अनुभव, निर्मला बराल, बन्दना घिमिरे, दिनेश मैनाली, कमल पौडेल, नानीमाया अधिकारी, मित्र उराठी गौतम, सम्यक सिग्देल, सीता रेग्मी, रोहिणी लोहनी, सुधा बास्कोटा ढकाल, अनु विज्ञाति, शिवहरि अधिकारी, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अनिल आचार्य, विष्णु भण्डारी, इन्दिरा चापागाईं, मन गहिरे, शेखर अर्याल, उर्मिला पन्त पाण्डे, सुरेशकुमार पान्डे, आयुष बडाल, प्रतीक्षा पौडेल, अमित प्रधानाङ्ग लगायतका साहित्यकार, पत्रकार, लघुकथाप्रेमीहरूको उपस्थिति रहेकोे थियोे ।
नआलमका संस्थापक अध्यक्ष एवम् लोकार्पण कार्यक्रमका सभाध्यक्ष श्री कृष्णजी शर्मा ( घनश्याम डल्लाकोटी ) ले कार्यक्रमको समापनको क्रममा बोल्नु हुँदै नेपाली लघुकथाको उन्नयनमा नमस्ते आधुनिक लघुकथा मञ्चको काम विन्दुबाट सिन्धु बन्दै गएको कुरा उल्लेख गर्नुभयो ।
बिजुली र इन्टरनेट अवरुद्धका कारण निर्धारित समयभन्दा १० मिनट ढिलो गरी अपरान्ह २ : ४० बजे सुरु भएको ‘लघुकथाकल्प’ लोकार्पण कार्यक्रम अपरान्ह ५ : ३० बजे मात्र समाप्त भएको थियो ।
उक्त कार्यक्रमको उद्घोषण प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने आयुष बडाल र अमित प्रधानाङ्गले प्राविधिक संयोजन गर्नुभएको थियो ।
उमेश कुशवाहा,वीरगंज । पत्रकार उमेश दुबेले आफ्नो जन्मदिनको शुभ अवसरमा एक गरिब असहाय परिवारलाई सहयोग गर्नु भएको छ ।
सामाजिक परिवर्तन केन्द्र बाराका संवाद सहजकर्ता, ग्लोवल टिभी एचडीका बारा, पर्सा र रौतहट ब्यूरो प्रमुख, जनगुनासो दैनिक तथा शुभ आरम्भ दैनिकका कार्यकारी सम्पादक उमेश दुबेले आफ्नो जन्मदिनको अवसरमा फेटा गाउँपालिका वडा नं १ भलुही टोल बस्ने विपन्न परिवारका जोखन रामको छोरीको हुन लागेको शुभ बिबाहमा आर्थिक सहयोग गरेका हुन् ।
अधिकांश व्यक्तिहरुले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाठमा ठुलो–ठुलो भोज गरी मनाउछन् । तर दुबले सो भोज गर्नुका साटो एक बिपन्न परिवारलाई सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा स्थानियहरुले धन्यबाद दिएका छन् ।
पत्रकार दुबले यो भन्दा अगाडि फेटा १ भलुहि निवासी लिबरमा समस्या भए पछि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका एक व्यक्तिलाई अस्पतालमै पुगेर आर्थिक सहयोग गरेका थिए । बिगत समयमा पनि गरिब असहायलाई सहयोग गर्दै आउनुभएकामा स्थानियवासीहरुले बधाई दिएका छन् ।
चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ४ को गैँडाढापमा स्रष्टा मिलन, पुस्तक लोकार्पण, रचना वाचन तथा कला-सांस्कृतिक प्रदर्शनी कार्यक्रम शनिबार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजना र राप्ती नगरपालिका वडा नं. ४ को प्रायोजनमा भएको उक्त कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, समालोचक, भाषाविद् तथा नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक डा. विदुर चालिसेले गर्नुभएको थियो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा र राप्ती नगरपालिका, वडा नम्बर-४ का वडाध्यक्ष एवम् सामाजिक अभियन्ता श्री केदार आचार्य, वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरे, वरिष्ठ साहित्यकार श्री केशवराज आमोदी, साहित्य सङ्गम, चितवनका उपाध्यक्ष, छन्दोवद्ध काव्य प्रतिष्ठानका सचिव राजेन्द्र घायल लगायतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा साहित्यकारहरू- चुडामणि ओली, रोहिणीप्रसाद लोहनी, ज्ञानु उपाध्याय, निरज कोइराला, तुलसी पण्डित, मनोहरी पौडेल, विष्णुमाया पन्थी, शिवहरि अधिकारी, गणेश नेपाली, यमुना प्रधानाङ्ग मुना, शेखर अर्याल, मीठू कुमारी पाठक, वसन्त अनुभव, रामशरण थपलिया, मणिराम नेपाल, सम्राट सुमन लगायतले शुभकामना मन्तव्यसँगै आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सन्त कुमार चौधरी, गोविन्दराज कँडेल, सोवेन्द्र चौधरी, अन्जु चौधरी, नारायण सिंह बराल थापामगर, शिवप्रसाद अर्याल, दिपेन्द्र थपलिया, ज्ञानेन्द्र घिमिरे, हरिप्रसाद गजुरेल, सरिता भट्ट, सुजन घिमिरे, विषम मियाँ लगायत स्थानीय महानुभावहरूको उपस्थिति रहेकोे थियोे ।
प्रचलित भन्दा फरक ढङ्गले (व्यानरमा हस्ताक्षर गरेर) उद्घाटन गरिएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई मञ्चका सचिव वसन्त अनुभवले आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने ‘गुरु सङ्गीत पाठशाला’, खैरहनी-८, पर्साबजारका सङ्गीत प्रशिक्षक श्री कुमार सिंजाली मगरको गायन समूहले गीतद्वारा स्वागत गरेको थियोे ।
कार्यक्रममा विभिन्न जातजातिहरूको मौलिक संस्कृति झल्काउने नृत्य प्रदर्शन गरिएका थिए । जसमा थारूहरूको जितिया पर्वमा नाचिने प्रख्यात ‘झाम्टा नाच’, थारू सम्प्रदायकै फागु पर्वमा नाचिने प्रख्यात डफ्फु नाच, लाठी नाच तथा झर्रा नाच, मगर समुदायको कौडा नाच, सनातन भजन समूबाट भजन तथा खैँजडी नाच प्रदर्शन गरिएको थियोे । कार्यक्रमको उद्घोषण मञ्चका उपाध्यक्ष शेखर अर्याल र सदस्य मीठू कुमारी पाठकले गर्नुभएको थियो ।
‘लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध’ संयुक्त लघुकथासङ्ग्रहको लोकार्पण
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध, संयुक्त लघुकथासङ्ग्रहको शनिबार लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. विदुर चालिसेले एक कार्यक्रम विच लोकार्पण गर्नुभएको हो । लोकार्पित लघुकथा सङ्ग्रहको समीक्षा गर्नुहुँदै डा.चालिसेले प्रस्तुत सङ्ग्रह केवल लघुकथा सङ्ग्रह मात्र नभएर समालोचनाको पनि सङ्ग्रह भएको बताउनुभयो ।
लघुकथाकार एवम् समीक्षक निरज कोइरालाले शुभकामना मन्तव्य दिदै प्रस्तुत सङ्ग्रह एउटा मात्र नभएर १२ वटा सङ्ग्रह भएको उल्लेख गर्नुभयो । प्रस्तुत सङ्ग्रहमा १२ जना लघुकथाकारहरूले फरक फरक विषयमा लेखिएका ९/९ वटा लघुकथाहरू सङ्ग्रहित छन् ।
अम्बिका धिताल– आनन्द, बोक्सी, बयान, भेट्ने उपाय, समाधान, एकछिन, विशेष दिन, नपचेको कुरा र स्वर्ग ।
नेपाली साझा मंच,रास्ट्रिय समन्वय समिति साउदी अरब को तेश्रो अधिबेशन तथा छैठौ बार्षिकोत्सब कार्यक्रम सभ्य भब्य रुप मा सम्पन्न भएको छ।
साउदी अरबका लागि नेपाली राजदूतावासका महामहिम राजदूत नबराज सूबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको , उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम लगायत आगामी कार्यकालका लागी नयाँ कार्यसमिति पनी चयन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत नवराज सुवेदीले संबोधन गर्दै शुभकामना मन्तव्यका साथै नेपाली श्रमिकको उद्वार र समस्यामा राजदुतावास साथ रहने बताउनुभएको थियो ।
उक्त अधिवेशनले अन्जान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
संस्था प्रमुख संरक्षक :श्री कृष्ण पुरी संरक्षक: श्री बिष्णु घिमिरे प्रमुख सल्लाहकार :श्री अकल प्रधान सल्लाहकार : श्री नवराज थापा :टिकाराम पाण्डे
अध्यक्ष- श्री अन्जान गुभाजु उपाध्यक्ष: श्री तेज ब सिन्धुली – श्री सुशील गुरुङ महासचिव:श्री राजु केसी सचिव: श्री डिवि बलामी
कोषाध्यक्ष : श्री भरत पाध्य
कलाकार संयोजक- श्री नागेश तामाङ
केन्द्रीय सदस्यहरु श्री पुन्य प्र घिमिरे श्री शंकर तामाङ श्री राज नेपाली श्री प्रेम नेपाली श्री प्रनिशा रिमाल अधिकारी श्री कमल सेढाई श्री दिनेश रम्तेल श्री खुम खत्री श्री बिष्णुमाया तामाङ श्री टिबी कुबर श्री नेत्र न्यौपाने चयन भएका छन ।
उमेशकुशवाहा, वीरगंज – मधेश आंदोलनमा साहदत प्राप्त शहीद दिनानांथ साह गोड़, जय प्रकाश साह तेली, सोहन साह कलवार, दिलीप चौरसिया लगायत धर्मराज सिंह राजपूत पाँच जाना शहीद हरुको अन्तेष्टि गरेको स्थान बिरगंज १७ तिलावे नदिको किनार अवस्थित शहीद पार्कलाई प्रकाश थारूको नेतृत्वमा सरसफाई गरिएको छ।
स्थानीय बुद्धिजीबी युवा समाज, स्थानीय प्रसाशन, जनपथ प्रहरी ड्राई पोर्टका बरिष्ठ सई साहब कुल बहादुर कुंवर,शस्त्र प्रहरी श्रीसिया पोस्टका डी.एस.पी योगेश चन्द्र बराल,स्थानीय पत्रकार कृष्णा प्रसाद यादव, मुन्ना ठाकुर तथा जानकी टेलीभीजन अध्यक्ष बैधनाथ साहको सहयोगले उक्त पार्कलाई सर-सफाई गरी आगामी दिनमा हप्ता को प्रत्येक शनिवार सर -सफाई गर्ने थारूले बताउनु भयो।
काठमाडौँ – नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन भएको पाइएको छ । त्यसैगरी ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। यस अनुसार यो तथ्य वाहिरिएको हो ।
नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्। सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।
राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
विगत वर्ष देखि फरक संस्कृति भएको देश साउदी अरबमा होली विशेष कार्यक्रम गर्दै आईरहेको हेल्प मधेशी साउदीले आउदो मार्च ३ तारिखमा होली कार्यक्रम गर्ने भएको छ।
हेल्प मधेशीले मार्च ३ मा साउदीको पुर्बी क्षेत्र दम्माम जुबेलको रोडको जाष्मिन फार्महाउसमा बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म होलि विशेष कार्यक्रम गर्ने संस्थाका अध्यक्ष राम दुलार मण्डलले जानकारी दिए।
साउदीमा सक्रिय संघसंगठन , सामाजिक ब्यक्तित्वहरुलाई पत्राचार गर्ने क्रममा रहेको हुदा सबैलाई समेट्ने हाम्रो प्रयास रहेको छ ,कुनै कारण हाम्रो पत्र पाउन भएन भने हामिलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु अध्यक्ष मण्डलले भने ।
कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति रहने संस्थाका अध्यक्ष राम दुलार मन्डलले जानकारी दिए।
स्थान:- जाषमिन फार्महाउस जुवैल-दमाम रोडमा समय: बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म तिथि: ०३ मार्च २०२३
दाङ, फागुन १० । युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ।
होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ। राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्याएको खुलेको प्रहरीले बताएको छ।
उनीहरूले चण्डीगढस्थित एक कोठीमा ती युवतीलाई बेचबिखन गरेको प्रहरीको दाबी छ। युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो।
भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए।
‘युवती त्यहाँ बस्दिनँ भनेपछि बन्धक बनाएर यौनकार्यमा लाग्न बाध्य पारेको भन्ने खुलेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’
युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन्।
पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
बागलुङ : जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या अप्रत्यासित रूपमा बढेको छ। विवाह भएको वर्ष दिन पुगेकादेखि एक दशकभन्दा बढी सहयात्रा गरेकाहरूले पनि सम्बन्धविच्छेद गरेका छन्। जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको हालसम्म १६० जोडीले सम्बन्धविच्छेद गरेका छन्।
गत आर्थिक वर्षमा २४१ सम्बन्ध विच्छेद भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १६० वटा सम्बन्धविच्छेद भएको जिल्ला अदालत बागलुङको तथ्यांकमा देखिन्छ। यो अवधिमा सबैभन्दा बढी कात्तिक महिनामा ३१ जोडीले सम्बन्धविच्छेद गरेका छन्।
साउन, भदौ र असोजमा २३/२३, मंसिरमा २१, पुसमा २४ र माघ तेस्रो सातासम्म १५ जोडLले सम्बन्धविच्छेद गरेका छन् । यो तथ्यांकअनुसार अघिल लो वर्लाषको तुलनामा यो वर्ष सम्बन्धविच्छेद निकै बढी देखिएको छ।
सम्बन्धविच्छेदको मुख्य कारण वैदेशिक रोजगार भएको अधिवक्ता राम शर्माले बताए। वैदेशिक रोजगारका लागि विदेश गएका युवा घरमा आएर पैसाको हिसाबकिताब खोज्दा सम्बन्धविच्छेदसम्मको अवस्था निम्तिने गरेको शर्मा बताउँछन्। घरेलु हिंसा बढ्दै जाँदा सम्बन्धविच्छेद बढेको उनले बताए।
‘अहिले श्रीमान् विदेश गएका श्रीमती बालबच्चा लिएर बजारमा बस्ने, अनावश्यक खर्च गर्ने फेसन जस्तो बनेको छ’, उनले भने, ‘विदेशमा रगत पसिना बगाएर घर फर्किँदा श्रीमतीले सही हिसाबकिताब बुझाउन नसक्दा सम्बन्ध तोडिने मोडमा पुग्छ, त्यसले गर्दा विवाह भएको वर्षौँपछि पनि यहाँ सम्बन्ध विच्छेद भएका छन्।’
अन्तरजातीय तथा बहुविवाहको कारण पनि सम्बन्ध विच्छद हुने गरेको छ। विदेशमा गएपछि परपुरुष वा स्त्रीसँग लागेको वा शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेको शर्मा बताउँछन्।
अधिवक्ता गीता श्रीषले वैदेशिक रोजगारसँगै बालविवाह पनि सम्बन्धविच्छेदको कारण रहेको बताइन्। सानै उमेरमा विवाह गर्ने र उमेर पुगेपछि अर्को पुरुष वा महिलासँग आकर्षित हुँदै गएपछि सम्बन्धविच्छेद हुने गरेको छ। पहिले सम्बन्धविच्छेद भएपछि विवाह गर्न समस्या हुँदा हिंसा सहेर पनि बस्ने गरेको तर अहिले मानिस सचेत बन्दै गएपछि कसैको हिंसामा परेर नबस्ने उनी बताउँछन्।
‘पहिलेको तुलनामा अहिले सम्बन्धविच्छेद निकै बढ्दो छ, बागलुङमा खुख्य त वैदेशिक रोजगार, बाल विवाहका कारण अलि बढी सम्बन्धविच्छेद हुने गरेको देखिएको छ’, उनले भनिन्, ‘पहिले सम्बन्धविच्छेद गरेपछि विवाह गर्न समस्या हुन्छ भन्ने थियो, तर अहिले त्यो गौण बनेको छ।’
जिल्ला अदालत बागलुङका इजालस अधिकृत गंगाधर सापकोटाले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेद हुने गरेको बताए। सामाजिक सञ्जाल मार्फत अरु व्यक्तिसँगको सम्पर्कले गर्दा श्रीमान–श्रीमती बीच झगडा हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताए।
सापकोटाले पछिल्लो समय नागरिक सचेत बन्दै गएको हुँदा अभाव, प्रभाव र दवाबमा सहन नसक्ने हुँदा सम्बन्धविच्छेद हुने गरेको बताए। ‘अहिले जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न आउनेको संख्या बढ्दो छ। मानिस सचेत बन्दै गए, पहिलेजस्तो हिंसा सहन छाडे। त्यसले गर्दा सम्बन्धविच्छेद गर्ने गरेको पाएका छौँ ।