• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

बहुदरमाई न.पा-७ का वडा अध्यक्ष बिरेन्द्र यादव द्वारा निशुल्क एम्बुलेन्स सेवा संचालन

  • २५ श्रावण २०८०, बिहीबार १०:२७ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा
    साउन २५ गते

    बहुदरमाई नगरपालिका -७ का वडा अध्यक्ष बिरेन्द्र प्रसद यादवले आफ्नो वडाको जानताको लागी निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छ्न।

    आर्थिक अवस्था कमजोर भएका ब्याक्तिलाइ मध्य नजर गर्दै गर्भवती तथा सुत्केरी भएकि महिलाहरु लगायत शिशिकत बिरामीहरुको लागी एम्बुलेन्स निशुल्क गरिएको वडा अध्यक्ष यादवले हिमालयन दृस्टी अनलाईनलाइ बताउनु भयो ।

    चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बहुदरमाई न.पा-७ का वडा अध्यक्ष बिरेन्द्र यादव द्वारा निशुल्क एम्बुलेन्स सेवा संचालन

    भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण

  • २४ श्रावण २०८०, बुधबार ०६:२१ मा प्रकाशित
  • वीरगंज २३ साउन ।
    नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जनालाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ


    पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार राम जन्मेदेखि नै अपाङ्ग रहेकोमा उनलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको छ ।


    मन्दिपको जन्मेदेखि हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको छ । उनको घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले जानकारी गराए पश्चात पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए ।


    पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए ।


    सो अवसरमा युवा नेता एवं समाजसेवी ईजरायल अंसारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानियवासीहरुको सहभागीता रहेको थियो ।
    पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ ।

    वार्षिकोत्सवमा एउटा बन्द कोठा (हल) भित्र कार्यक्रम गरी भाषण गराउनु भन्दा पनि पिछडिएका ग्रामिण क्षेत्रहरुमा पुगी त्याहाँका गरिब, असहायहरुलाई सहयोग गर्दै आएको र आउने दिनहरुमा पनि सक्दो सहयोग गरी मनाउने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताए ।
    पत्रिकाले ९ औं वार्षिकोत्सवको अवसरमा पनि वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरेको पत्रिका कार्यकारी सम्पादक श्रवण साहले बताए ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण

    मानव अधिकार तथा शान्ति समाजको काठमाडाैँमा विरोध प्रदर्शन

  • २१ श्रावण २०८०, आईतवार २०:१६ मा प्रकाशित
  • मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ थप गरिएको संशोधन प्रति मानव अधिकार तथा शान्ति समाजको काठमाडाैँमा विरोध प्रदर्शन

    संसद्‌मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ ‘क’ मा थप गरिएको संशोधन विधेयकमा केही मानव अधिकार विरोधी प्रावधान रहेको भन्दै त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरिएको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

    काठमाडाैँ शाखा सभापति भगवान पुडासैनी लगायत ७० जना भन्दा बढी अधिकारकर्मीहरू सहभागी कार्यक्रममा;

    • लाेकतन्त्रकाे मर्म विराेधी विधेयक फिर्ता गर !
    • संवैधानिक सर्वाेच्चता कायम गर !
    • अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर !
    • विधिकाे शासनकाे सम्मान गर !
    • स्वेच्छाचारी विधेयक फिर्ता गर !
    • मानव अधिकार विराेधी विधेयक फिर्ता गर !
    • हिंसालाई बढावा दिने विधेयक फिर्ता गर !

    जस्ता विभिन्न नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणा बारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै उक्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गरेका थिए।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on मानव अधिकार तथा शान्ति समाजको काठमाडाैँमा विरोध प्रदर्शन

    पशुपतिनाथको मन्दिर प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न

  • १५ श्रावण २०८०, सोमबार १६:४४ मा प्रकाशित
  • बिरगंज,बोलाबम कवारिया संघ द्वारा पशुपतिनाथको प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न भएको छ। नेपाल को प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको प्राङ्गणमा आज एक कार्यक्रम का बिच बोलाबम कवारिया संघ ले २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम को आयोजना गरेको हो।

    उक्त २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम पुर्ब प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाल को प्रमुख अतिथि तथा बोलबम कवारीया संघका अध्यक्ष रामाज्ञा साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं १ सांसद प्रदिप यादव,नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम् भौतिक पुर्वाधार तथा विकास मा.मन्त्री कृष्णा यादब, लगायत विभिन्न राजनीति दलको नेताहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम लाइ सम्बन्ध गर्दै भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने विस्वास रहेको उनले बताए । शिव भगवानको पूजा गर्दा सुख र सौभाग्य बढ्ने धार्मीक विश्वास रहेको ले आफू पनि शिव भगवान को ठूलो भक्त रहेको बताए।

    Posted in समाजLeave a Comment on पशुपतिनाथको मन्दिर प्राङ्गणमा आयोजित २७ औ श्रावणी मेला एवं बिशाल बोलबम कार्यक्रम सम्पन्न

    दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने गुरुङ साउदीमा पनि परेका थिए जेल

  • २९ असार २०८०, शुक्रबार २०:१० मा प्रकाशित
  • रमेशकुमार गुरुङ २ दिनदेखि प्रहरी थुनामा छन् । खोटाङ रावाबेँसी गाउँपालिका–१ का ४० वर्षीय गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २६ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।

    गुरुङमाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती मागेको आरोप छ । सीआईबीका अनुसार गुरुङले प्रवेश लामाको नामबाट प्रसाईंलाई १३ असारमा पहिलोपटक फोन तथा एसएमएस गरेर ३० करोड रुपैयाँ माग्दै धम्क्याएका थिए ।

    गुरुङले भनेका थिए, ‘हत्या गर्नका लागि योजना बनिसकेको छ । सुरक्षित हुन चाहनुहुन्छ भने ३० करोड दिनुपर्ने हुन्छ । तपाईंको नाम २ नम्बरमा छ ।’

    तर, प्रसाईंले मागेजति रकम गुरुङलाई दिन नसक्ने तर ५ करोड दिने जवाफ फर्काएका थिए । सोही ५ करोड बुझ्ने प्रलोभनमा परेर गुरुङ महाराजगञ्ज पुग्दा प्रहरीको फन्दामा परेका हुन् ।

    प्रहरीको अनुसन्धानले गुरुङ लामो समय वैदेशिक रोजगारीका लागि साउदी अरब बसेर २ वर्षअघि मात्रै नेपाल फर्किएको खुलेको छ ।

    keystoneglobalnetworkHero New year offer
    अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार करिब १० वर्ष साउदी बसेका गुरुङ साउदीमै पनि झैझगडा गरेर एक वर्ष जेल बसेर नेपाल फर्किएका थिए ।

    प्रहरीसँगको बयानमा उनले प्रसाईंसँग पैसा भएको र थर्काएपछि दिने प्रलोभनमा परेर फोन गरेको स्वीकार गरेका छन् । उनीमाथि प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    Posted in मुख्य खबर, राजनीति, समाजLeave a Comment on दुर्गा प्रसाईंसँग ३० करोड फिरौती माग्ने गुरुङ साउदीमा पनि परेका थिए जेल

    स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु

  • २९ जेष्ठ २०८०, सोमबार १६:१४ मा प्रकाशित

  • प्यूठान : प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।

    प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु

    एनआरएनए साउदी अरबले आफ्नो ९औं महाधिवेशन आगामी जुलाइ २८ तारिख गर्दै

  • २४ जेष्ठ २०८०, बुधबार ०९:४५ मा प्रकाशित
  • रम्जान समर्पण

    साउदी अरब ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन आगामी जुलाइ २८ तारिख, २०२३ शुक्रबारका दिन गर्ने कुरा आफ्नो फेसबुक पेजबाट महाधिवेशन सम्बन्धि सार्बजनिक सूचना जारी गर्दै जानकारी गराएको छ ।

    संघका अध्यक्ष डमर यादवको अध्यक्षमा गत २ जुन, २०२३ शुक्रबार सम्पन्न राष्ट्रिय परिषद्को ९औं पूर्ण बैठकले राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२३-२५ का लागि नयाँ कार्यसमिति चयन गर्नका लागि उक्त महाधिवेशन गर्ने निर्णय गरेको कुरा महासचिव उमेश भट्टराई ले जानकारी दिए ।
    महासचिव भट्टराईका अनुसार एनसिसी साउदीले आफ्ना मातहतका क्षेत्रीय र स्थानीय समितीहरु चयन भैसकेको र अनुमोदन पनि गरिसकेको जानकारी दिदैं अन्तराष्ट्रिय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२३ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ ।
    महासचिव भट्टराईले जानकारी अनुसार “परिषद्को ९औं पूर्ण बैठकले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमितमा पारिद गर्दै ९औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ३ सदस्यिय राष्ट्रिय महाधिवशन निर्बाचन समिति र ३ सदस्यिय निर्बाचन अनुगमन समिति गठन गरेको छ । राजेन्द्र (जोन) अर्यालको संयोजकत्वमा गठित राष्ट्रिय महाधिवेशन निर्बाचन समितिमा आइसिसि सदस्य तेज बहादुर थापा सहित एक जना पछि थपने भएको छ । त्यसैगरि आइसिसि महिला उपाध्यक्ष यास्मिन बेगम संयोजक रहने गरि लामो समय साउदि अरबमा कर्मक्षेत्र बनाइ बिभिन्न सामाजिक संघ संस्थाहरूमा आवद्ध समजिक अभियान्ता ओम घले, बिरेन्द्र कुमार चौधरी सम्मेलित निर्बाचन अनुगमन समिति गठन भएको छ ।
    निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२३, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाइ आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । यसैगरि अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न परिषद्को ९औं पूर्णले विभिन्न समितिहरु गठन गरि जिम्मेवारी र कार्यभार बाडफाड गरेको छ ।
    गत आठौं महाधिवेशनमा गठित बिधान संसोधन सिमितले यसपटक पनि निरन्तरता पाएको छ, श्रीमति यास्मिन बेगमको संयोजकत्वमा एनसिसि साउदि अरबका संरक्षक मण्डलका सदस्य ओम घले तथा बिरेन्द्र कुमार चौधरी बिधान संशोधन समितिमा रहनु भएको छ । यसैगरि ९औं अधिवेशनलाइ ऐतेहासिक रूपमा सम्पन्न गर्न राष्ट्रिय समन्वय परिषदका मौजुदा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूलाइ, महासचिव तथा प्रबक्ता बिभिन्न समितिहरूको संयोजकको रूपमा जिम्मेवारी सुम्पिएको छ ।”

    महाधिवेशन साउदी अरबको राजधानी रियादमा हुने कुरा पनि जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदी अरबले आफ्नो ९औं महाधिवेशन आगामी जुलाइ २८ तारिख गर्दै

    साथीको सहयोगमा श्रीमानको हत्या !

  • २२ जेष्ठ २०८०, सोमबार १०:१९ मा प्रकाशित
  • परासी : नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। 

    आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ। 

    मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए। 

    हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी पाण्डेले बताए। 

    हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए। माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्। 

    दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन्। 

    हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए।

    Posted in मुख्य खबर, समाजLeave a Comment on साथीको सहयोगमा श्रीमानको हत्या !

    क्षेत्रीय समन्वय समिती ताबुकको नवनिर्वाचित अध्यक्षमा नर बहादुर खतिवडा ।

  • ७ जेष्ठ २०८०, आईतवार १९:१० मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरेबिया अन्तर्गत रहेको , क्षेत्रीय समन्वय समिती ताबुकको छैटौँ अधिवेशन ऎतिहासिक, उत्कृष्ट, भव्य र सव्य रुपमा श्रमिक अन्तरक्रिया कार्यक्रमका साथै विविध सास्कृतिक कार्यक्रम सहित सु-सम्पन्न भएको छ।

    अधिवेशनबाट २०२१-२०२३ कार्यकालको समितिलाई बिगठन गर्दै नयाँ कार्य समिति चएन भएको छ ।
    ताबुक आस पासका सबै क्षेत्रका श्रमिकका समस्या , सुन्वाई र सम्बोधन होस भन्ने हेतुले विभिन्न स्थानका नेपाली प्रबासीहरुलाई उक्त स्थानको प्रतिनिधित्व हुने गरि समितिमा समाबेस गर्नुका साथै बिगतका समितिका केही पदाधिकारी ज्युहरुलाई निर्वाचन समिती द्वारा निर्विरोध चयन गर्दै अधक्ष्यमा श्री नर बहादुर खतिवडा लगाएत २ जना महिला सदस्य सहित १९ सदस्यीय २०२३-२०२५ कार्यकालका लागि नयाँ कार्य समिती चयन गरियोको थियो।

    नवनिर्वाचित कार्यसमिति


    क्षेत्रीय समन्वय समिति ताबुक द्वारा राष्ट्रिय परिषदका अध्यक्ष श्री डम्बर यादव, मध्य पूर्व संयोजक श्री जोन अर्याल लगाएत सिंगो एनआरएनए परिवार र यस RCC ताबुकका सम्पुर्ण कार्य समितिका पदाधिकारी तथा उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार श्री अर्जुन थापा र NRNA NCC साउदी अरबका पूर्व उपाधक्ष्य र हाल सल्हाकार साथै RCC ताबुकका संस्थापक तथा बरिस्ट सल्लाहकार श्री भक्त हमाल प्रती हार्दिक आभार प्रकट गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on क्षेत्रीय समन्वय समिती ताबुकको नवनिर्वाचित अध्यक्षमा नर बहादुर खतिवडा ।

    अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ५औ बर्षगाँठ मनाउने।

  • ७ जेष्ठ २०८०, आईतवार १८:५३ मा प्रकाशित
  • अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले अरबले विशेषगरी मुस्लिम धर्मावलम्बीहरुको महान चाड बक्रीइदलाइ मध्य नजर गर्दै साउदी अरबको अलखोबर स्थिति क्लासिक रेस्टुरेन्टमा आगामी जुन २८ तारिखमा आफ्नो पाचौं बार्षिक उत्सव मनाउने भएको छ।

    मातृभूमिका लागि विश्वभरिका रोल्पालीहरु गोलबद्ध होऔ भन्ने नाराका साथ गरिने उक्त कार्यक्रममा‌, कार्यक्रमको उपलक्ष्यमा बम्पर उपहार तथा विविध सास्कृतिक कार्यक्रम आयोजना पनि गरिने बताइएको छ।

    सो कार्यक्रममा उपस्थित भइदिन हुन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी अरबले आग्रह गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ५औ बर्षगाँठ मनाउने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P