अमेरिकामा आयोजना भईरहेको फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ कार्यक्रममा एक हजार जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै सुप्रसिद्द गायक बिरही कार्किका छोरा विशाल कार्की टप 8 भित्र पर्न सफल भएका छन् ।
उनी टप टेनबाट टप 8 मा परेपछि अब टप वानका लागि प्रस्तिस्पर्धा गरिरहेका छन् । नपालदेखि नै बाल्यकालदेखिनै म्युजिक भिडियोहरुमा खेलेका र अमेरिकामा पनि चलचित्र, तथा बिबिध विज्ञापनमा अभिनय गर्दै आईरहेका विशाल कार्की फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ का लागि छानिएका हुन् ।
स्टाइल आइकनलाई एल्टन जोन एड्स फाउन्डेसनले आयोजना गरेको उक्त प्रतिस्पर्धा कार्यक्रममा कार्कीले ‘स्टाइल आइकन’ जिते भने मिलान फेसन विक २०२६ मा भर्साचेको शोको टिकट, फ्लन्ट म्यागजिनमा विशेष स्पटलाइट फिचर २० हजार डलर प्राप्त गर्नेछन् । अमेरिकामा बिजनेशमा ब्याचलर डिग्री तेस्रो वर्षमा अध्ययन गर्दै आएका विशाल अमेरिकन आर्मीमा समेत काम गरिसकेका छन् । नेपालमा छँदादेखि नै स्कुल टप विद्यार्थीका रुपमा अध्ययन गरेका उनले अमेरिका गएपछि पनि पढाइमा टप नै छन् ।
अहिले भोटिङ खुलिसकेको छ उहाँको भोटिङको लागि तलको लिङ्कबाट गर्न सकिने र नेपालको सानलाई बिश्वमा चिनाउनका लागि पनि बिशाल कार्किलाई भोट गर्न उहाँका बुबा बिरहि कार्किले अपिल गरेका छन् ।
उमेश कुशवाहा, बिरगंज बहुदरमाई नगरपालिका–७ अन्तर्गतका छपकैया र फूलकौलका छठ घाटहरू पूजाका लागि पूर्ण रूपमा तयार भएका छन्। घाटहरूमा फूल, बत्ती र रंगीन सजावटले आकर्षक रुप लिएको छ भने छठको भक्ति भावले सम्पूर्ण क्षेत्र उज्यालो बनेको छ।
घाटमा हजारौं ब्रतालुहरू छठ पूजाको तयारीमा व्यस्त छन्। सूर्य देवको आराधना र कृतज्ञताको प्रतीक यस पर्वमा भक्ति गीतहरूको मधुर स्वरले वातावरणलाई झन् पवित्र बनाइरहेको छ।
बहुदरमाई नपा.–७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव ले जानकारी दिँदै भने, “छपकैया र फूलकौलका दुवै घाटमा सबै तयारी पूरा भएको छ, श्रद्धालुहरूका लागि सुरक्षा र सरसफाइको विशेष व्यवस्था गरिएको छ।”
स्थानीय युवाहरू, महिला समूह र स्वयंसेवकहरू मिलेर घाटमा प्रकाश, सरसफाइ र व्यवस्था सुदृढ बनाइरहेका छन्। छठको उत्सवले अहिले तराईका जिल्ला भक्ति र उल्लासको केन्द्र बनाएको छ।
उमेश कुशवाहा, वीरगञ्ज । लोक आस्थाको महान पर्व छठ पूजाको स्वागतमा वीरगञ्ज–मुर्ली क्षेत्र उज्यालो र रंगीन बनाइएको छ। छठी माताको आराधनाको तयारी अन्तिम चरणमा पुगेको छ भने छठ घाटहरू दुलहिनझैं सिँगारिँदै श्रद्धालुहरूको भीड लाग्न थालेको छ।
मुर्ली क्षेत्रका मुख्य छठ घाटहरूमा तोरण, रंगोली, बत्ती र फूलमालाले सजावट गरिएको छ। सूर्य अस्ताउँदा र उदाउँदा जल अर्घ्य दिने श्रद्धालुहरूका लागि सुरक्षित र स्वच्छ घाटको व्यवस्था मिलाइएको छ। छठ ब्यवस्थापन समिति, स्थानीय समाजसेवी बिरगंज मनपा. र स्वयंसेवकहरूको सक्रिय सहभागितामा घाट वरपर सरसफाइ, सुरक्षा र बत्तीको व्यवस्था गरिएको छ।
मुर्ली बजारदेखि छठ घाटसम्मको सडकमा बत्तीको झिलिमिली र मन्दिरहरूमा गुञ्जिएको भजनले पुरै वातावरण धार्मिक र मनमोहक बनेको छ।
हजारौं श्रद्धालुहरू आगामी दिनहरूमा छठी माईको पूजा अर्चना गर्न मुर्ली, आसपासका विभिन्न ठाउँबाट आउने अपेक्षा गरिएको छ।
त्यस्तै घडीअर्वा, रानीघाट, राधेमाई, रामगढ़वा, सबैठवा, नगवा, छपकैया बिरगंजका सम्पूर्ण छठघाटपनि दुलहिन झै सिंगरिएको छ।
चार दिनसम्म चल्ने यो पर्वमा नहाय–खायदेखि उदयमान सूर्यलाई अर्घ्य दिने परम्परा पालन गरिँदै सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
आज घर घरमा महिलाहरूले छठिमाताको प्रसाद बनाउन माटोको चुलो बनाउन थालेको छन। आज बनाएको चुलो सुखाएर, फलफूल र अन्य सामग्री राखेर खार्णाको दिन छठी मातालाई प्रसाद बनाई अर्घ्य दिने तयारी चलिरहेको छ।
मधेशमा आज भाइ दूज, भने पहाडी भेगमा भाइ टीका मनाइँदैछ। बहिनीहरूले भाइलाई टीका लगाई शुभकामना दिएका छन्, परिवारसँगै मिठाई र प्रसाद आदान–प्रदान भएको छ।
स्थानीय महिलाहरूले भने —
“माटोको चुलो बनाएर छठी माताको अर्घ्य दिने परम्परा हाम्रो सांस्कृतिक सम्पदा हो। परिवारसँग मिलेर पूजा गर्दा पर्व अझ रमाइलो हुन्छ।”
स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, छठ र भाई टीका/दूजले परिवार र सम्बन्धलाई जोड्ने काम गर्छ, व्यस्त जीवनबीच पनि धार्मिक र सांस्कृतिक परम्परा जगेडा हुन
आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ गाई तिहार तथा गोवर्धन पूजा मनाएका छन्। कार्तिक महिनाको पञ्चमीका दिन मनाइने यो पर्वमा घर–घरमा गाईको पूजा गरी अन्न, फलफूल, र मिठाई अर्पण गरिएको छ।
गाईलाई हिन्दू धर्ममा माताको स्वरूप मानिँदै आएको छ। गाईको पुच्छरमा रङ्गीन फिता बाँधी, टीका–माला लगाएर पूजा गरिएको छ। यस दिन गाईलाई घ्यू, दूध र चामल खुवाइन्छ।
यस्तै, गोवर्धन पूजामा गोकुलमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाई प्रलयबाट व्रजवासीहरूको रक्षा गरेको सम्झना गर्दै गोबरको गोवर्धन पर्वत बनाइ पूजा गरिन्छ। घर आँगनमा गोबरका डल्ला र माटोको आकृति बनाएर दीप बाल्ने, फूल र माला चढाउने चलन छ।
गाई तिहार र गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ, जसले मानव, प्रकृति र पशुप्रेमबीचको गहिरो सम्बन्ध झल्काउँछ। यस अवसरमा देशभरका मठ–मन्दिर र घर–घरमा पूजा–आराधना, दीप प्रज्वलन र मिठाई वितरणका कार्यक्रम भइरहेका छन्।
✍️तुल्सी राम आचार्य धनगढीदेखि काठमाडौँ जाने पुरानो, थोत्रो बस खचाखच भरिएको थियो। खाल्टाखुल्टी, खोलानाला, हिमाल र पहाडको खोचहरू पार गर्दै त्यो बस काठमाडौँसम्मको गन्तव्यतर्फ लम्कँदै थियो। आफ्नो सिट संख्याभन्दा धेरै यात्रु गाडीभित्र राखेकाले वा पुरानो गाडी भएकाले होला गाडीको गति धीमा थियो। गाडीमा यात्रारत यात्रुहरूमध्ये केही बुढा बुवाआमा यात्रुगनहरुले आफ्नै भाग्यलाई कोस्दै “भाग्यमै यो थोत्रो गाडी परेको रहेछ हामीलाई त,…. भन्दै हुनुहुन्थ्यो। उक्त बसमा करिब दश–पन्ध्र जना युवा पनि थिए — प्रायः १५–२५ वर्ष उमेर समूहका — जो नौलो सोच र उग्र जोशले भरिएका थिए।
उनीहरूलाई बसको अवस्था र गति मन परिरहेको थिएन; अझ साँच्चै भन्ने हो भने त ड्राइभर सिटमा बसेका बुढा चालकप्रति उनीहरूको विश्वास कतै थिएन। धनगढीदेखि अगाडि बढेको बस जसरी—तसरी बामे सर्दै— कोहलपुरसम्म आइपुगेको थियो। तर गाडीको गति र अवस्था हेर्दा उनीहरू असन्तुष्ट थिए। बाटैमा गाडी रोकेर ती युवा आक्रोशमा झन् झन् उग्र भए: चालकलाई सिटबाट थुत्दै अपमानजनक तरिकाले घिसार्न थाले। गाडीमा एकछिन माहोल बिग्रियो। त त म म भन्दै तथानाम गालीगलोज ओहोरदोहोर चल्यो अनि त्यही रिसको आवेगमा उनीहरूले गाडीमा रहेको अतिरिक्त टायर जलाइदिए, सबै सिसाहरू फुटाइदिए र केही सिटहरू पनि तोडफोड गरे। यो ताण्डव देखेर बसभित्रका वृद्धहरूले शान्त स्वरमा बिन्ती गरे — “भाइहरू, तोडफोड नगर, आगजनी नगर; यो गाडी हामीलाई गन्तव्यसम्म पुर्याउन चाहिन्छ। यदि तिमीहरूलाई चाहियो भने तिमीले चाहेको मानिसलाई चालक सिटमा राखिदेऊ र गाडीको चाबी पनि तिमीहरू नै रेखदेख गर।
बुढापाका आमाहरूको त्यो आग्रह सुनेपछि ती जोशीला युवा बीचबाट चालक अनुमतिपत्र नभएका कुनै एकयुवालाई चालक सिटमा राखी विजय ताण्डव गर्दै शोर सराबा र होहल्लाका बीचमा बस फेरि अघि बढ्यो। आजै मौसम विभागले सूचना जारीगरे अनुसार कपिलवस्तुदेखि पूर्वी जिल्लाहरूमा आरी घोप्टे वर्षा आँकलन गरिएको छ जस अन्तर्गत खोलानाला बढ्न सक्ने पहाडमा पहिरो खस्न सक्ने र यसबाट राजमार्गहरूमा यात्रा गरिरहेका यात्रुहरूलाई जनधनको क्षति पुग्न सक्ने भनी चेतावनी जारी गरिएको छ। तर बस अघि बढ्दैछ….
🚌 पुरानो थोत्रो गाडी –
देश (नेपाल) को प्रतीक हो। जति भए पनि अगाडि बढिरहेको छ, तर धेरै पुरानो भइसकेको, प्राविधिक रूपमा बिग्रन लागेको, मर्मत नपाएको, अस्तव्यस्त गाडी।
👴🏼 बुढा चालक –
पुराना नेताहरू, सम्भवतः लामो समयदेखि सत्तामा बसेका तर थाकेका, अलिकति अलमलिएका, जनताको विश्वास गुमाएका नेतृत्वकर्ताहरू।
👵🏻 बाआमा दाजुभाई (शान्त नागरिक) –
साधारण जनता, जसले तिनका दु:ख, बेथिति, असुविधालाई “मेरो भाग्य यस्तै” भनेर स्वीकृति दिइरहेका छन्। निष्क्रिय सहनशीलता देखाएका छन्।
👦🏽👧🏼 १५–२५ वर्षका नानीबाबु (नयाँ पुस्ता/युवा) –
नयाँ पुस्ता, जसमा जोश छ, परिवर्तनको इच्छा छ, तर संयम र दिशाबोध कम छ। उनीहरू पुरानो व्यवस्थाबाट त आजित छन्, तर नयाँ विकल्प के हो भन्ने स्पष्ट छैन।
🔥 गाडी जलाउने, तोडफोड गर्ने घटना –
नयाँ पुस्ताको अराजक विद्रोह, जसमा व्यवस्थाको अस्वीकार छ तर सकारात्मक निर्माणको योजना छैन। यस्तो अन्ध-आक्रोशले गन्तव्य पुग्न गाह्रो बनाउँछ।
😟 बाआमाको अनुरोध: “गाडी नबिगार, चालक अनुमतिपत्र लिएर तिमीहरू नै चलाऊ” –
पुरानो पुस्ताको आग्रह — परिवर्तन गर, तर संरचना नबिगार। देश चलाउने प्रणाली रहनु जरुरी छ; नेतृत्व फेर्नुपर्छ, व्यवस्थालाई सधैंको लागि जलेर सक्ने होइन।
👨🔧 बिना लाइसेन्स तर जोशिला चालक –
अवैधानिक,अनुभव नभएका, तर जोशिला, अलि “छिट्टै विश्वास गर्न नसक्ने” नयाँ नेतृत्व — जसले राजनीतिमा प्रवेश त गरे तर गहिरो योजना, नीति, र दृष्टिकोण बिना सत्ता सम्हाल्न लागे।
नेपालमा कुनै पनि नयाँ नीति, योजना वा प्रविधि लागू गर्ने बित्तिकै विवाद हुनु सामान्यजस्तै भइसकेको छ। चाहे त्यो सवारी कर होस्, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणाली होस्, वा अहिले चर्चामा रहेको इम्बोस्ड नम्बर प्लेट होस्—हाम्रो समाजमा बिना बुझाइ, बिना तथ्य मानिसहरू विरोध गर्न तत्पर देखिन्छन्।
तर के हामी वास्तवमै बुझ्छौँ—इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो? यसले दिने फाइदा के-के छन्? वा यो साँच्चै अनावश्यक खर्च मात्र हो?
के हो इम्बोस्ड नम्बर प्लेट? इम्बोस्ड नम्बर प्लेट भनेको उत्तिकृत (उभिएको) अक्षर र अंक भएको धातुमा बनेको विशेष नम्बर प्लेट हो। यो नम्बर प्लेटमा RFID (Radio Frequency Identification) नामक चिप जडान गरिएको हुन्छ, जसले सवारीसाधनलाई डिजिटल रूपमा ट्रयाक गर्न सक्ने बनाउँछ।
सुरुमा केही खर्च, तर दीर्घकालीन लाभ हो, सुरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा बाइक वा कार अनुसार केही हजार रुपैयाँको खर्च लाग्छ। यही खर्चकै कारण धेरै मानिसहरू यसलाई “अनावश्यक आर्थिक भार” को रूपमा बुझिरहेका छन्।
तर के हामी यसले दिने सुरक्षा, सुविधा, र प्रणालीगत सुधार का पक्षमा ध्यान दिइरहेका छौँ?
यसले दिने मुख्य फाइदाहरू 🔐 १. चोरी नियन्त्रण कल्पना गर्नुहोस्, तपाईँको मोटरसाइकल घरबाहिर पार्क गरिएको थियो र अचानक चोरी भयो। यदि सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ भने, त्यहाँ रहेको RFID चिपको मद्दतले त्यो सवारी कुन दिशातर्फ गइरहेको छ भन्ने थाहा पाउन सकिन्छ। यसले पुलिसलाई चोर पत्ता लगाउन सहयोग पुर्याउँछ।
🚨 २. दुर्घटना र हिट एन्ड रन केसमा ट्रेसिङ हामीले दैनिक जसो समाचारमा पढ्छौं—”बाइकले ठक्कर दिएर भाग्यो।” यदि त्यस्तो गाडीमा इम्बोस्ड नम्बर प्लेट भएको छ भने CCTV फुटेज वा ट्राफिक ट्रयाकिङ सिस्टममार्फत दोषी सवारी तुरुन्त पत्ता लगाउन सकिन्छ।
🚦 ३. गति नियन्त्रण र नियम उल्लङ्घनको कारबाही नेपालका सडकमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेका छन्। इम्बोस्ड नम्बर प्लेटले स्पीड क्यामेरा प्रणालीसँग मिलेर गति सीमा उल्लङ्घन गर्नेहरूलाई सजिलै ट्रयाक गर्न सक्छ। यसले सडक सुरक्षामा ठूलो योगदान पुर्याउँछ।
❌ ४. नक्कली नम्बर प्लेटको अन्त्य धेरै अपराधहरू नक्कली नम्बर प्लेट राखेर गरिन्छ। इम्बोस्ड नम्बर प्लेट राज्यद्वारा मान्य, दर्ता गरिएको र प्रणालीमा सुरक्षित गरिने भएकाले यस्तो दुरुपयोगको सम्भावना लगभग सकिन्छ।
इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर नहुने मुख्य कारणहरू यसरी बुझ्न सकिन्छ :
अन्तर्राष्ट्रिय मापदण्ड (International Standardization): – इम्बोस्ड नम्बर प्लेट (Embossed/ Digital Plate) नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमै गाडी पहिचान को統一 सिस्टमको रूपमा प्रयोग हुँदैछ। – नेपालका नम्बर प्लेटमा प्रयोग हुने “अक्षर/संख्या” ले विदेशमा समेत सजिलै पढ्न मिल्ने हुनुपर्ने अन्तर्राष्ट्रिय सिफारिस छ। – Nepali अक्षर (देवनागरी) भन्दा अंग्रेजी (Roman Script) सार्वभौमिक रूपमा बुझिने भएकाले यो अपनाइएको हो।
प्रविधि र मेसिन पठनीयता (Machine Readability): – नयाँ नम्बर प्लेटलाई स्मार्ट प्रणाली (RFID, क्यामेरा, स्क्यानर) ले पढ्ने सुविधा हुन्छ। – अधिकांश प्रविधि English alphanumeric (A-Z, 0-9) मा आधारित हुन्छन्। – त्यसैले सबै प्रणालीमा सजिलो एकरूपता ल्याउन English प्रयोग गरिएको हो।
क्षेत्रीय/अन्तर्राष्ट्रिय यातायात सम्झौता (SAARC/International Transport): – नेपालले SAARC Motor Vehicle Agreement र अन्य cross-border transport सम्झौतामा हस्ताक्षर गरेको छ। – त्यस अन्तर्गत छिमेकी मुलुक भारत, बङ्गलादेश, भूटान लगायतमा गाडी सजिलै पहिचान हुने खालको नम्बर प्लेट आवश्यक पर्छ। – Nepali अक्षर मात्र भए भारत वा अन्य देशमा सजिलै नबुझिने हुनाले English अनिवार्य गरिएको हो।
सरकारको दृष्टिकोण (Practical Reason): – सरकारी विज्ञप्ति अनुसार, “Nepal” भन्ने शब्द चाहिँ नम्बर प्लेटमा रहनेछ, जसले नेपाली पहिचान जनाउनेछ। – तर अक्षर र अंक भने English अल्फान्यूमेरिक मा मात्रै हुनेछन्।
पौष २८, बङ्गलादेश बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो । साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।
उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।
कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।
पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।
झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. सपना मनको चाह कल्पनाको एक पराकाष्ठा जीवन जिउने राह ! २. सपना तारा चुम्ने यथार्थता जिन्दगीको अलग गरीबी चक्रमा घुम्ने ! -वसन्त अनुभव घोराही उमनपा- १४, दाङ २) —————<•>————— १. सपना सारा चुम्ने काेसिस गरेपछि सपना हाम्रो वरिपरि घुम्ने ! २. इतिहासमा नाम लेख्ने रातदिन परिश्रम गरेपछि असल सपना देख्ने ! -श्रीकृष्ण धामी – बझाङ ३) —————<•>————— १. सपना धेरै हुन्छ पुरा गर्न नसक्दा मनमा पीडाले छुन्छ । २. सुनौलो भविष्यको रहर गर्दछन् सबै युवाहरू बनाउने सपनाको सहर ! -विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ ४) —————<•>————— सपना निद्रामा आउँदछ आहा आन्नद कति विपनामा सबै हराउँदछ । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ५) —————<•>————— १. सपना देखेर बाँचिन्छ पुरा भयो भने मज्जा सङ्गले नाँचिन्छ । २. पालैपालो गरि आउँछौ सपनामा अनि कल्पनामा रहर बनी छाउँछौ । -दीपा समभाव दुबेकोल खोटाङ्ग ६) —————<•>————— १. हजारौँ सपना देख्ने रहरहरू पुरा गर्दै इतिहासमा नाम लेख्ने ! २. असल सपना देखौँ राम्रो काम गर्दै विश्वमा नाम लेखौँ ! -बेदु न्यौपाने ७) —————<•>————— सपना सबैले देख्नुपर्छ बिर्सन सकिन्छ बिउँझदा त्यसैले तुरुन्त लेख्नुपर्छ । -देवी पन्थी ८) —————<•>————— १. सपमा देखेँ मैले थाले रहरहरू पलाउन तिमीसँग भेटुँ कहिले ? २. मनका यी रहरहरू खुसीका ती पल मुर्झाए कसाे गरूँ ? -सुशिलाा शिखा कगेश्वोरी काठमाडौँ ९) —————<•>————— १. लास कुर्छ कुरीले सपना ती साँच्दासाँच्दै उडायो आज हुरीले ! २. मायाले ज्यानै लियो यो जीवनभरि तिमीसँगै बाँच्ने सपना थियोे । -दीप गोले तामाङ रौतहट १०) —————<•>————— १. सपना देखिने अति ती पूरा हुँदैनन् बाँकी रहन्छन् कति ! २. सपना देखिन्छ निदाएर सबै मनको कल्पना शून्य केही नपाएर ! -अर्जुन प्रसाद चौलागाई अमेरिका,बोस्टन। ११) —————<•>————— १. सुकुम्बासी सपनाको घर खोलामा पर्यो कठैबरी अन्तरकुन्तर लाग्छ डर ! २. नेताहरू पुगे माथि जनता छन् खोलातिर सपना लाग्दैन साथी ! -विवश पारदर्शी झापा १२) —————<•>————— १. सपना धेरै थियो झोला बोकेर हिँडे समयले धोका दियो । २. सपना अनगिन्ती थियो घर छोडेर भागेँ जवानीले सातो लियो । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ १३) —————<•>————— १. नहोस् सपना अधुरो कसैको देख्न नपरोस् भविष्य अब मधुरो ! २. धेरैले सपना साँचेका साकार बनुन् जहिले आशा लिएर बाँचेका ! -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ १४) —————<•>————— १. बोकेर मनभरी डर कसरी बाँच्नु यहाँ छैन कसैको भर ! २. देशको हौँ शान यसैले त यहाँ राखौँ सबले मान ! -निमा छिरिङ भोटिया जलढका कालेबुङ १५) —————<•>————— १. जिन्दगीमा सपना देखेर यत्तिँकै मरिने भाे साहित्य सृजना लेखेर ! २. हुँदैनन् सपनाहरू पूरा चाहनाहरू छन् धेरै रहरहरू रहे अधुरा ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । १६) —————<•>————— भविष्यको हुँदैन आकार गरेर परिश्रम कडा पार्नुपर्छ सपना साकार ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा १७) —————<•>————— १. मरेपछि नाम पाउन सत्कर्म आज गरौँ तारा बनेर उदाउन ! २. जीवन लाग्छ अधुरा जहिल्यै पाइने हन्डर सपना नहुने पूरा ! ३. सोचेको पुरा नहुँदा समालिन गाह्रो पर्छ मन भकानिएर रुँदा ! -सीमा कार्की समर्पण मेलचोक पर्सा १८) —————<•>————— १. जीवन बगर नहोस् सपना हराभरा बनाउने शान्ति सौम्य बनोस् । २. बहिष्कारको सूचीमा दबाब हिंसाको सिकार नहुने निर्मुल होस् भेदभाव ! -पृथक प्रकृति ,झापा १९) —————<•>————— सपना ननिदाई देख लक्ष्य राख उचालिने मीठाे लाग्ने लेख ! -दीपक दाहाल २०) —————<•>————— सपना अधुरो भयो पूरा गर्न नपाएर जिन्दगी त्यसै गयो । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा २१) —————<•>————— १. सपनाको महल राम्रो ब्युझेर सम्झदा त्यहाँ हुन्छ कस्तो चाम्राे ! २. जीवनसँगै सपना साँचेर पर्खिरहन्छन् सधैँ मानिसहरू सुनेको आधारमा बाँचेर ! -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी २२) —————<•>————— भविष्यको सपना देख्नू सबैले सम्झने छन् ऎतिहासिक नाम लेख्नू । -प्रेम थापा “मन”, बागलुङ २३) —————<•>————— सपनाकाेे अनेकाैँ आकार अन्तिम प्रहरमा देखेका हुन्छ भनिन्छ साकार ! -काेपिला अधिकारी गाेरखा २४) —————<•>————— १. सपना थियो घेरो उडी चन्द्र छुने हावाले उडायो मेरो ! २. विकासका योजना बग्यो भ्रष्टाचार छलकपटले नेपालीका सपनाहरू सबै लग्यो । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ २५) —————<•>————— १. सपना पूरा गर्नू सोचेर सम्झेर हेर अरूको भर नपर्नू ! २. डराएर पूरा हुँदैन मनमा भए भरोसा असफलताले नै छुँदैन । -अम्बिका अधिकारी झापा बिर्तामोड २६) —————<•>————— १. सपना पूरा गर्न हुँदैन गरेर अल्छी सक्नुपर्छ अघि सर्न ! २. सपनाको अनेक आकार सङ्घर्ष गर्दछ जसले उसकै उदेश्य साकार ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व २७) —————<•>————— १. जीवन एउटा सपना सपना देख्ने जिन्दगी अधुरै रहन्छन् कल्पना ! २. मानिस सपना बुनेर दौडिन्छ उफ्रिन्छ सधैँ आशाको बाजा सुनेर ! -होमप्रसाद नेउपाने धरान,सुनसरी । २८) —————<•>————— १. नेताका सपना पूरा जनताले सहने मात्र पोख्दै दुःखका कुरा ! २. एकजुट हामी भएर नेपाललाई शिखरमा पुर्याऔँ न्यायको बाटोमा गएर ! -सुस्मिता अधिकारी ,काठमाण्डौं २९) —————<•>————— १. भ्रष्टाचार निर्मुल देश हेर्ने रहर मेरो चारैतिर विकासे परिवेश ! २. काँधमा काँध मिलाई पुरा गर्नुछ चाहना पौरखी नङ्ग्रा खियाई । -बिमल पोखरेल धरान -१७,पटनाली ३०) —————<•>————— १. सपना सुन्दर सजाउनू त्यसलाई साकार पार्न आफूलाई नित्य कजाउनू । २. फोस्रो सपनाले हुन्न कर्म गरिएन भने सफलताले कहिले छुन्न । -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ३१) —————<•>————— १. पुग्दैन सपना देखेको जिन्दगीमा त्यही हुन्छ निधारमा भावीले लेखेको ! २. गरौँ सबैले कामना अवश्य पुग्नेछ एकदिन हामीले देखेका सपना ! -अनिता भण्डारी, ताप्लेजुङ ३२) —————<•>————— भुलायो सपना देखाई जनताको दुःख बुझेन झुक्यायो कसम खाई ! -समुन्द्रा शर्मा ३३) —————<•>————— १. खुराफाती नेताको अब चकनाचुर भयो सपना जनता जागिसके सब ! २. ढोङ्गीहरूले खोक्रो बनाएर हाम्रो सपनाहरू सबै उडाए डाँडा कटाएर ! -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया ३४) —————<•>————— मीठो सपना देखाई केही गरेनन् पूरा जनताको सामु आई ! -भाेलामान बर्देवा धरान ८ सुनसरी ३५) —————<•>————— १. आशाको बेलो चुनेर दौडिन्छ मानिस सधैँ सुन्दर सपना बुनेर ! २. सपना साकार पार्न सक्नु पर्दछ सबैले लाछी तनलाई बटार्न ! -बाबुराम गौतम, गुल्मी ३६) —————<•>————— बुझ्नेलाई हुन्छ शिक्षा सपनाले केही दिन्छ अनाहक हुन्न दीक्षा ! -जी.वि. कश्यप घाेराही, दाङ ३७) —————<•>————— १. सपनाहरू आफैँले रेटियो भित्रभित्रै गुम्सिएको चाहना आफ्नै हातले मेटियो । २. काधमा बोकेर जिम्मेवारी अल्झियो जीवनको यात्रामा सपना भयो भारी । -रुना कर्माचार्य दाहाल चितवन ३८) —————<•>————— १. कल्पनाभित्रकाे मीठो रहर प्रतिविम्बित हुन्छ सपनामा गर्नुपर्नेछ जपनाकाे कदर ! २. सपना कल्पनाको सागर बिउँझेपछि हुन्छ फुस्सा अल्छीकाे हुन्न जाँगर ! -प्रद्युम्न चालिसे ३९) —————<•>————— १. सपना रह्यो अधुरो आश अझै मेटिएन घाम पनि मधुरो ! २. आश मर्ने भए के बुन्नु सपना पात झर्दै गए । -राजेश्वरी राजोपाध्याय ललितपुर ४०) —————<•>————— सपना जीवनको कोर्नू सोचेर भविष्य बनाउने पसिनाले हिरा फोर्नू ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ४१) —————<•>————— १. सपना बेच्ने सहरमा आएको हजुर कमाउन सुनौलो भविष्यको रहरमा ! २. कस्तो नमिठो देखेछु दिउँसै मृत्युको सपना यसर्थ झिल्का लेखेछु । शब्दको खेलाडी ( विशु हाङ राई) विराटनगर मोरङ नेपाल ४२) —————<•>————— १. लाग्दैन बेर छुट्न सम्बन्ध कच्चा भए अनायास सपना टुट्न ! २. सानो खुसीमा फुल्छ जीवन अस्थिर रहे रनवन मन डुल्छ । -पुष्पा राई, बादेल, खाेटाङ ४३) —————<•>————— सपनाको संसारमा रमाएर हुँदैन कहिले पूरा अरूको हात समाएर ! -ललिता गिरी, सिन्धुली ४४) —————<•>————— १. सपना सजाएर राखेको खल्ती मोटो देखेर अरूकै मोह चाखेको ! २. सपना उच्च लिए विपनाले आकाश छुन्छ यति सुझाव दिएँ। -विनोद खाती, मिरिक ४५) —————<•>————— नपरौँ सपनाको भर बजाऔँ पाखुरी आफैँले परौँ कर्ममा भर ! -बिबा तामाङ लापपञ्चर सिटोङ खरसाङ ४६) —————<•>————— भगवानको याद गर्नुहोस् सपनाहरू साकार पार्न पाखुरीमा हिम्मत भर्नुहोस् । ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत ४७) —————<•>————— १. ब्युँझिए सपना देखेर राम्रो भएन कहिल्यै भावीले नराम्रो लेखेर ! २. सपना ठूलो देख्नू यथार्थ नलुकोस् कहिल्यै त्यसैको कथा लेख्नू ! -राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ४८) —————<•>————— १. मनमा सोचेका कुरा देखेका सपना हुन्छन् एकदिन हुनेछ पूरा ! २. नेताको देखाउँछन् आस विकास सपना सबै पूरा हुँदैनन् पास ! -कृष्ण बजगाई, भक्तपुर ४९) —————<•>————— रातको सपना विकार सत्यता हुन्छ दिनको भविष्य सुधार्ने आधार ! -दिल ठकुरी, दार्जिलिङ ५०) —————<•>————— १. गरेर मनमा जपना पूरा नहोलान् तथापि देख्नू ठूलै सपना ! २. सुनेनन् मेरा कुरा वैरी भैदिँदा आफ्नै सपना रहे अधुरा ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>—————