
उमेश कुशवाहा, बिरगंज
बहुदरमाई नगरपालिका–७ अन्तर्गतका छपकैया र फूलकौलका छठ घाटहरू पूजाका लागि पूर्ण रूपमा तयार भएका छन्। घाटहरूमा फूल, बत्ती र रंगीन सजावटले आकर्षक रुप लिएको छ भने छठको भक्ति भावले सम्पूर्ण क्षेत्र उज्यालो बनेको छ।
घाटमा हजारौं ब्रतालुहरू छठ पूजाको तयारीमा व्यस्त छन्। सूर्य देवको आराधना र कृतज्ञताको प्रतीक यस पर्वमा भक्ति गीतहरूको मधुर स्वरले वातावरणलाई झन् पवित्र बनाइरहेको छ।
बहुदरमाई नपा.–७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव ले जानकारी दिँदै भने, “छपकैया र फूलकौलका दुवै घाटमा सबै तयारी पूरा भएको छ, श्रद्धालुहरूका लागि सुरक्षा र सरसफाइको विशेष व्यवस्था गरिएको छ।”
स्थानीय युवाहरू, महिला समूह र स्वयंसेवकहरू मिलेर घाटमा प्रकाश, सरसफाइ र व्यवस्था सुदृढ बनाइरहेका छन्।
छठको उत्सवले अहिले तराईका जिल्ला भक्ति र उल्लासको केन्द्र बनाएको छ।

