काठमाडौं । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।
स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि १४ सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काएका छन् ।
वागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी एमालेका नेतृ अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्दै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुनुपर्नेमा जोड दिए ।
उनले भनिन् – ‘पार्टी एकता बचाउनुपर्छ, अब अध्यक्ष ओलीले ढिला गर्नुहुँदैन ।’ उनले गणतन्त्र र लोकतन्त्र बचाउनका लागि पनि पार्टी एकता जोगाउनुको अर्को विकल्प नभएको बताइन् ।
पार्टी विभाजित भएर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढिसक्दा पनि यसअघि नेपाल समूहमा रहेका नौंजना स्थायी कमिटीका सदस्यहरूले पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिइरहेका छन् । यो खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको अहिलेसम्म पनि कुनै खास उपचार हुन सकेको छैन । विभिन्न देशहरुले कोभिड विरुद्ध अध्ययन गरिहेका छन् तर, अहिलेसम्म कुनै देशहरुले पनि कोभिड नियन्त्रणको प्रभावकारी उपचार पत्ता लगाउँन सकेका छैनन् । कोभिड नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक भ्याक्सिनहरु बनाएका छन् । जसको विभिन्न चर्चाहरु हुने गरेका छन् ।खासगेरी कुन खोप राम्रो भन्नेमा जनमानसमा दुबिधामा देखिएको छ ।
यस्ता छन् जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपका फरकहरु
-जोन्सन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।
– जोन्सन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।
– जोन्सन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।
– जोन्सन खोप सामान्य लक्षण रोक्न ७२%, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप सङ्क्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९०% प्रभावकारी भनिएको छ ।
– जोन्सन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन र अफ्रिकन देशमा मान्यता दिइएको छ ।
– दुवै खोपले कोरोना सङ्क्रमण सरे पनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।
– ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३९४ दिनमा ठिक हुन्छ ।
– रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।
– तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।
– दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ ।
– आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप ध्ज्इ बाट मान्यता प्राप्त र दर्जनौँ देशमा लगाइएका खोप हुन् ।
– डेल्टा भेरिअन्टको लागि दुवै खोप प्रभावकारी छन् ।
– दुवै खोप करोडौँ व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन् ।
– हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ ।
५ भदौ, विराटनगर । सात प्रदेशको तुलनामा प्रदेश १ सवारी खरिदमा अग्रस्थानमा देखिएको छ । महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनका अनुसार प्रदेश १ ले आर्थिक वर्ष २०७६÷७७ मा ३४ करोड १३ लाख ८ हजारको सवारी खरिद गरेको छ । सवारी खरिद गर्ने प्रदेशको सूचीमा वाग्मती प्रदेश दोस्रो स्थानमा छ । बाग्मतीले ३३ करोड १४ लाख ४२ हजारको सवारी खरिद गरेको छ । गण्डकी प्रदेशले ३० करोड ७५ लाख ९७ हजार, लुम्बिनी प्रदेशेले ३७ करोड १६ लाख ५८ हजार सवारी खरिदमा खर्च गर्दा प्रदेश २ ले प्रदेश २ ले ९ करोड ६० लाख खर्च गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ । सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन २०७४ र प्रदेशले लागू गरेको सार्वजनिक खर्च मापदण्ड, कार्यविधि मितव्यायितासम्बन्धी निर्देशिका २०७५ मा सवारी साधन खरिदका सम्बन्धमा व्यवस्था गरेपनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।
मुख्यमन्त्री तथा समानस्तरका पदाधिकारीका लागि एक करोडसम्मको, सभामुख मन्त्री र प्रदेश प्रमुख सचिवका लागि ७५ लाखसम्मको, महाशाखा प्रमुख र कार्यालय प्रमुखका लागि ३० लाख रुपैयाँसम्मको गाडी उपलब्ध गराउने मापदण्ड छ । तर सवारी साधन खरिदमा कतिपय कार्यालयले मापदण्ड पालना नगरेको देखिएको महालेखापरीक्षकले उल्लेख गरेको छ । योजना विना साढे १० करोडमा दमकल र भ्यान प्रदेश १ सरकारले खरिद गरी ११ वटा स्थानीय तहलाई वितरण गरेको दमकल र भ्यानको पारदर्शितामा महालेखाले प्रश्न उठाएको छ । योजनाविनै १० करोड ५५ लाख ३९ हजार रुपैयाँमा खरिद गरी स्थानीय तहलाई वितरण गरेपछि महालेखाले प्रश्न उठाएको हो । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेटबाट ११ दमकल, १४ वटा पिकअप भ्यान खरिद गरेको थियो । ती सामाग्री ११ जिल्लाका १÷१ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका हस्तान्तरण गरेको थियो । २०७७ असोज २९ गते ती सामाग्री सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकाले पाएका थिए । हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको एक–एक स्थानीय तहलाई पछि पठाउने बताइएको थियो । भ्यान र दमकल वितरणमा स्थानीय तह छनोटको मापदण्ड तय नगरेको प्रतिवेदनमा उल्लेख छ । दमकल सञ्चालनका लागि तालिम नदिएको, कार्यविधिमा गाडी, दमकल र उपकरणहरु व्यवस्थापन समितिले बुझिलिई आम्दानी गर्नुपर्ने उल्लेख भएपनि सेवा केन्द्र व्यवस्थापन समितिको कार्यालय स्थापना नगरेको उल्लेख छ ।
अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् ।
राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ ।
देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।
प्रहरीले नक्कली नेपाली रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् ।
देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ । अनलाइन खबर वाट
पर्साको जिराभवानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को “प्रथम जिराभवानी गाउँपालिका सम्मेलन” सम्पन्न भएको छ । जिराभवानी तिनको नौकाटोलको बितोमहतो माबिको प्रणगणमा सम्पन्न प्रथम सम्मेलनबाट अनेरास्ववियु (क्रान्तिकारी) जिराभवानीको अध्यक्षमा लहावर राम उपाध्यक्षमा श्रुति चौधरी र सचिवमा आदित गौरो चयन भएका छन्। माओवादी केन्द्रका पर्सा जिल्ला अध्यक्ष बिजय महतोको प्रमुख आथित्वमा तथा विशिष्ट अथिती अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा प्रदेश २ सहसंयोजक क. प्रभाकार गुप्ता अनेरास्ववियु (क्रान्तिकारी)केन्द्रिय सदस्य बिद्यार्थी नेता ईशक कुमार पसवान पर्सा जिल्लाका विद्यार्थी नेता कबिराज पटेल जिराभवानी गाउँपालिका वार्ड नम्बर पाँचका युवा नेता रामाकान्त चौधरीको विशेष पहलमा जिराभवानी गाउँपालिकामा अनेरास्ववियु (क्रान्तिकारी) को १३ सदस्यीय कमिटी गठन गरेको कार्यक्रममा सहभागी जिराभवानी गाउँपालिकाका युवा नेता रामाकान्त चौधरीले जानकारी दिए । सो सम्मेलनमा जिराभवानी गाउँपालिका नेकपा माओवादी केन्द्रका वार्ड नम्बर तिनका प्रत्यासी सन्जित चौधरी अनेरास्ववियु (क्रान्तिकारी) पर्सा जिल्ला संयोजक कविराज पटेल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा प्रदेश २ विद्यार्थी स्वयंसेवक संयोजक इश्क कुमार युवा नेता रामाकान्त चौधरी लगायतको उपस्थिति रहेको थियो।
१८२ औ विश्व फोटोग्राफर दिवसको अवसरमा पर्सा फोटोग्राफर एसोसियसनले खाद्यान सामग्री हस्तान्तरण गरेको छ।पर्सा फोटोग्राफर एसोसियसनका अध्य्क्ष ओमप्रकाश कुशवाहाको अध्यक्षतामा बीरगंज मानव सेवा आश्रमलाई सो खाद्यान सामग्री हस्तान्तरण गरिएको छ।चामल,चिउरा,खानेतेल,प्याज,सोबिन, चाउचाउ, भुजिया,बिस्कुट,र कपाल काटने मेसिन लगभग ३० हजारको हस्तान्तरण गरिएको एसोसियसनका महासचिव मुकेश साहले हिमालयन दृष्टिलाई जानकारी गराएका छन।
समाजिक अभियन्ता प्रकाश थारू र एसोशियसनको तर्फबाट ओमप्रकाश कुशवाहा, बिध्यासागरले आ-आफ्नो मनतब्य ब्यक्त गर्नु भएको थियो।सो समाग्री समाजिक अभियन्ता प्रकाश थारू तथा मानव सेवा आश्रमका कार्यकारी सदस्यहरुको रोहबरमा हस्तान्तरण गरिएको थियो।एसोशियसनका ओमप्रकाश कुशवाहा,बिधयसागर, सजल श्रेष्ठ, मुकेश साह,अनिल पटेल,सन्तोष प्रसाद कुशवाहा, रामप्रबेश कुशवाहा,राजू मेहता,मधुसूधन साह, गौतम सह,भरत साह, सौरभ अग्रवाल,ओम प्रकाश चौरसिया,शेख नाजिरको उपस्थिति रहेको थियो।त्यस्तै खद्यान सामग्री हस्तान्तरण गरी सकेपछि १८२ औ बिश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा पर्सा फ़ोटोग्राफिले बीरगंजको घण्टाघरमा दिप प्रज्वल पनि गरेको थियो।
काठमाडौँ – नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरूलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए। उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैर संवैधानिक, बदनियत् र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए । नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।
काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । मुख्यमन्त्री पुरस्कार एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा गएकी थिइन् । तर पार्टी नेतृत्व उनलाई मुख्यमन्त्री बनाउन तयार भएन । २६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उनी डोरमणि पौडेलसँग पराजित भइन् । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गरेकी थिइन् । एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उनी नेतृत्वको खरो आलोचक बनिन् । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ दिइनन् । पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताएका छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’ शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो, ’ उनले भनिन् । एमाले समाजवादीमा भर पर्छ शाक्यका भविश्य कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ, जुन अहिले सत्तारूढ एमालेसँग छ । त्यसैले प्रदेश प्रमुखले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् । तर माधव नेपाल नेतृत्वमा बसेके एमाले समाजवादीमा बाग्मतीका कति सांसद लाग्छन् भन्नेमा धेरै निर्भर हुन्छ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । माओवादी र कांग्रेसका ४५ सांसद छन्, यदि एमाले समाजवादीमा ११ जना सांसद लाग्ने हो भने शाक्यको मुख्यमन्त्री पद धरापमा पर्नेछ ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको छ । तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् । तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले बाह्रखरीसँगको कुराकानीमा बुधबार बिहान भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।” सूर्य कसरी ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । हामीले सूर्य छाड्दैनौँ ।” उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।