देश छाड्न खोजिरहेका अफगानीलाई यसरी पिट्दैछन् तालिबानी

  • ५ भाद्र २०७८, शनिबार ०९:४२ मा प्रकाशित
  • अफगानिस्तानमा तालिबानी संगठनले कब्जा जमाएपछि कतिपय अफगानी परिवार देश छाड्न चाहिरहेका छन् ।

    राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मान्छेको भीड लागेको छ । तर यसरी देश छाड्न खोजिरहेकालाई तालिबानले पिट्न थालेको छ ।

    देश छाडेर भागिरहेको तालिबानलाई मन नपरेपछि पिटाइ चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    एमनेस्ट्री इन्टरनेसनलका अनुसार तालिबानी सत्तामा आएपछि क्रूर व्यवहार देखाउन थालेका छन् । देश छाड्न खोज्नेलाई तालिबानी लडाकु डण्डाले हिर्काइरहेका समाचारमा उल्लेख छ ।

    Leave a Reply