• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

माधव नेपालसहित यी १४ एमाले नेतामाथि कारबाही, सांसदबाट पदमुक्त गर्न पत्र 

  • १ भाद्र २०७८, मंगलवार २०:२४ मा प्रकाशित
  • काठमाडौं, १ भदौ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको पदमुक्त गर्ने पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको छ ।

    पार्टी विभाजनमा लागेको भन्दै उनीहरुमाथि कारबाहीको निर्णय गरी पत्र पठाइएको बुझिएको छ । कारबाहीमा परेकाहरु यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमध्येका हुन् । तर, अध्यक्ष केपी शर्मा ओलीको गुट छाडेर गएका प्रेम आलेसहितका सांसदहरु भने कारबाहीको सूचीमा परेका छैनन् ।
    कारबहीमा परेकाहरु
    १. माधवकुमार नेपाल
    २. मुकुन्द न्यौपाने
    ३. जीवनराम श्रेष्ठ
    ४. रामकुमारी झाँक्री
    ५. कल्याणी खड्का
    ६. लक्ष्मीकुमारी चौधरी
    ७. निरादेवी जैरु
    ८. पुष्पाकुमारी कर्ण
    ९. सरला यादव
    १०. कलिला खातुन
    ११. विरोध खतिवडा
    १२. कृष्णलाल महर्जन
    १३. भवानी खापुङ
    १४. मेटमणी चौधरी

    Posted in राजनीतिLeave a Comment on माधव नेपालसहित यी १४ एमाले नेतामाथि कारबाही, सांसदबाट पदमुक्त गर्न पत्र 

    अध्यादेश ल्याएपछि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा

  • १ भाद्र २०७८, मंगलवार १४:२८ मा प्रकाशित

  • राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्।
    मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।
    प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको सेतोपाटीलाई बताए। ‘उहाँ भर्खरै शितल निवास जानु भएको छ,’ उनले भने।
    आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।

    Posted in राजनीतिLeave a Comment on अध्यादेश ल्याएपछि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा

    अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

  • ३२ श्रावण २०७८, सोमबार १३:५१ मा प्रकाशित
  • काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।

    तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।

    मलाई यहाँ धेरै डर लागिरहेको छ । धेरै हवाई फायरहरु भइसकेका छन्’, एक प्रत्यक्षदर्शीले एएफपीसँगको कुराकानीमा भने ।

    डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

    समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

    अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ ।

    अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो ।

    एजेन्सीहरुको सहयोगमा

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

    भिडियोमा हेर्नहोस् घानीले देश छाड्दा देखिएको दृश्य

  • ३२ श्रावण २०७८, सोमबार ००:४४ मा प्रकाशित

  • काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन्।
    प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ ।

    अफगानी राष्ट्रपतिले छाडे देश


    स्रोतका अनुसार तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । घानीका साथमा उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।
    हेर्नहाेस् भिडियाे

    Good bye 👋 Ghani
    Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays

    — Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on भिडियोमा हेर्नहोस् घानीले देश छाड्दा देखिएको दृश्य

    भारत र साउदी अरबको संयुक्त नौसैनिक युद्धाभ्यास

  • ३१ श्रावण २०७८, आईतवार १९:५५ मा प्रकाशित
  • भारत र साउदी अरबबीच पहिलो नौसैनिक युद्ध अभ्यास आइतबार हिन्द महासागरमा समापन भएको छ ।

    साउदी अरबको सरकारी साउदी प्रेस एजेन्सीका अनुसार रोयल साउदी नौसेनाका कमान्डर वाइस एडमिरल मजिद बिन हज्जा अल–काहतानीले अभ्यासको क्रममा निरीक्षण, तेल क्षेत्रको रक्षा, द्वीपको रक्षा, खोज र बचाउ, इलेक्ट्रोनिक वारफेयर, डुङ्गाबाट हमला, इन्धन भर्नेलगायत विभिन्न प्रशिक्षण दिइयो ।

    उनले भने, ‘अभ्यासको लक्ष्य जस्तै विशेषज्ञताको आदान प्रदान गर्ने, सहभागीमा कौशल विकसित गर्नु, नयाँ कौशल विकसित गर्नु र सैन्य सहयोगलाई बलियो बनाउनु, सबै हासिल गर्न सफलता पाइयो ।’

    युद्ध अभ्यास बिहिबारदेखि सुरु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on भारत र साउदी अरबको संयुक्त नौसैनिक युद्धाभ्यास

    पर्साको सखुवा प्रसौनी गाउँपालीकाको ६ ओटै वार्डमा नेकपा माओवादी केद्र्को वार्ड समिति गठन

  • ३१ श्रावण २०७८, आईतवार १०:२३ मा प्रकाशित

  • मेघराज राय जिराभवानी साउन ३० ।
    पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २को औराहा पंचगावा स्थित दलित भवनमा जिल्ला कमिटी सदस्य लाल बिहारी राम को अध्यक्षतामा सखुवाप्रसौनी गाउँपालिका वडा १ देखि ६ सम्म नेपाल माओवादी केन्द्रको वडा समिती गठन भएको छ।

    समिती गठन कार्यक्रममा प्रदेश २का नेकपा माओवादी केद्रका सदस्य श्री बालेश्वर चौधरी थारु को प्रमुख अतिथिमा २९ सदस्य गठन भएको छ।

    वडा २ मा अध्यक्षमा हिरालाल राम,सचिव मा तुलसी चौधरी,वडा ३मा अध्यक्षमा जोगिन्द्र राउत कुर्मी,सचिवमा प्रमानन्द राम,वडा ५ मा अध्यक्ष सतीराम पसवान,सचिव मा रामधार राम र वडा ६ मा अध्यक्ष मुकेश साह तेली,सचिव मा बिदया सागर यादव वडा समितीमा चैन भएको जिल्ला कमिटी पर्साका सदस्य लाल बिहारी रामले बताए ।

    Posted in राजनीतिLeave a Comment on पर्साको सखुवा प्रसौनी गाउँपालीकाको ६ ओटै वार्डमा नेकपा माओवादी केद्र्को वार्ड समिति गठन

    कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने निर्णय

  • ३० श्रावण २०७८, शनिबार १९:०२ मा प्रकाशित
  • ३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

    Posted in राजनीतिLeave a Comment on कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने निर्णय

    एमाले अब एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल 

  • ३० श्रावण २०७८, शनिबार १५:२० मा प्रकाशित

  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । शनिबार  बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाई छ । 
    नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गरेका छन् । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे ।  उनले भने–‘हुँदा हुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आशा गरेर बसेका मान्छेहरू पनि छर्लङ्ग भएका होलान्, निराश भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् ।’
    उनले एकताको कुरा गर्ने वामदेव गौतमले विधान संशोधन गरेर नेकपा एमालेको अध्यक्षलाई कसैलाई पनि गद्दार घोषणा गर्ने अधिकार अध्यक्षलाई रहने भन्ने कुरा थप गर्न सुझाएको कुरा स्मरण गराए । नेता नेपालले भने–‘कसैलाई पनि उहाँले गद्दार घोषणा गर्न सक्नुहुन्छ, कसैलाई पनि आम माफी दिन सक्नुहुन्छ । सर्वशक्तिशाली अध्यक्षको रूपमा विधानमा व्यवस्था गरौँ ।’
    उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा  सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने–‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।’
    उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले  सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।

    Posted in राजनीतिLeave a Comment on एमाले अब एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल 

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

  • ३० श्रावण २०७८, शनिबार १३:२३ मा प्रकाशित
  • ३० साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा चलिरहेको हो ।
    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।
    सो प्रतिवेदन पनि बैठकमा पेश हुने साथै पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ ।

    Posted in राजनीतिLeave a Comment on माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

    आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने

  • २९ श्रावण २०७८, शुक्रबार १७:२५ मा प्रकाशित
  • काठमाडौं, २९ साउन । अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

    साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलमा भौतिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on आफन्तलाई बिदाइ गर्न अबदेखि त्रिभुवन विमानस्थलमा प्रवेश गर्न नपाइने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P