जिराभवानीमा अनेरास्ववियु (क्रान्तिकारी) को प्रथम पालिका स्तरीय सम्मेलन सम्पन्न

  • ४ भाद्र २०७८, शुक्रबार ११:०० मा प्रकाशित

  • मेघराज राय ,जिराभवानी

    पर्साको जिराभवानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को “प्रथम जिराभवानी गाउँपालिका सम्मेलन” सम्पन्न भएको छ । जिराभवानी तिनको नौकाटोलको बितोमहतो माबिको प्रणगणमा सम्पन्न प्रथम सम्मेलनबाट अनेरास्ववियु (क्रान्तिकारी) जिराभवानीको अध्यक्षमा लहावर राम उपाध्यक्षमा श्रुति चौधरी र सचिवमा आदित गौरो चयन भएका छन्। माओवादी केन्द्रका पर्सा जिल्ला अध्यक्ष बिजय महतोको प्रमुख
    आथित्वमा तथा विशिष्ट अथिती अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा प्रदेश २ सहसंयोजक क. प्रभाकार गुप्ता अनेरास्ववियु (क्रान्तिकारी)केन्द्रिय सदस्य बिद्यार्थी नेता ईशक कुमार पसवान पर्सा जिल्लाका विद्यार्थी नेता कबिराज पटेल जिराभवानी गाउँपालिका वार्ड नम्बर पाँचका युवा नेता रामाकान्त चौधरीको विशेष पहलमा जिराभवानी गाउँपालिकामा अनेरास्ववियु (क्रान्तिकारी) को १३ सदस्यीय कमिटी गठन गरेको कार्यक्रममा सहभागी जिराभवानी गाउँपालिकाका युवा नेता रामाकान्त चौधरीले जानकारी दिए ।
    सो सम्मेलनमा जिराभवानी गाउँपालिका नेकपा माओवादी केन्द्रका वार्ड नम्बर तिनका प्रत्यासी सन्जित चौधरी अनेरास्ववियु (क्रान्तिकारी) पर्सा जिल्ला संयोजक कविराज पटेल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा प्रदेश २ विद्यार्थी स्वयंसेवक संयोजक इश्क कुमार युवा नेता रामाकान्त चौधरी लगायतको उपस्थिति रहेको थियो।

    Leave a Reply