• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

नआलमको प्रथम साधारण सभा सम्पन्न, दुई दर्जन बढी सर्जक/पाठक सम्मानित

  • ६ कार्तिक २०८०, सोमबार १८:३३ मा प्रकाशित
  • चितवनको राप्ती नगरपालिकाको डडुवा स्थित जुमेरा होटेल एण्ड लजमा स्रष्टा सम्मान, लघुकथा वाचन, सांस्कृतिक प्रदर्शनी तथा संस्थाको प्रथम साधारण सभा गत मङ्गलवार भव्य रूपमा सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख श्री शमशेर लामाज्यूले गर्नुभएको थियोे ।
    कार्यक्रममा लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने दुई दर्जन बढी व्यक्तित्वहरूलाई अभिनन्दन, सम्मान गरिएको थियोे ।

    सम्मानित हुनुहुनेमा नेपाली लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएका वरिष्ठ साहित्यकार डा. विदुर चालिसेलाई प्रायोगिक लघुकथा सिद्धान्तकार र गोपाल अश्कलाई प्रथम लघुकथा सिद्धान्तकारको रूपमा अभिनन्दन/सम्मान गरिएको थियो ।

    त्यस्तै लघुकथाको समीक्षा, समालोचनाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने वरिष्ठ समालोचकहरू डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याललाई लघुकथाश्री समालोचक सम्मान २०८०’ बाट सम्मान गरिएको थियो ।

    त्यस्तै वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई लघुकथा कृति ‘बोकाको खुसी’को लागि ‘लघुकथालय पुरस्कार- २०८०” बाट सम्मान गरिएको थियोे ।

    त्यस्तै लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने युवा लघुकथाकारद्वय वसन्त अनुभव र ज्यो. नानी बिवुलाई ‘हेमलता स्मृति लघुकथा सम्मान २०७९’ बाट सम्मान गरिएको थियोे । त्यस्तै युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मान गरिएको थियो ।

    साे अवसरमा सालभरिमा सबैभन्दा बढी गुणात्मक लघुकथा लेख्ने लघुकथाका सर्जकहरूलाई ‘वर्ष लघुकथाकार-२०७९ र ८०’ बाट सम्मान प्रदान गरिएको थियो । २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय- गंगा खड्का र तृतीय- तुलसी पण्डितलाई सम्मान गरिएको थियो । त्यस्तै २०८० मा प्रथम हुने अरुण बहादुर खत्री ‘नदी’, द्वितीय- डा. विदुर चालिसे र तृतीय- धनराज गिरीलाई सम्मान गरिएको थियो ।

    यसैगरि वर्षभरि सबैभन्दा बढी लघुकथा पढ्ने पाठकहरू मध्ये ‘वर्ष पाठक-२०७९’ बाट प्रथम- अनन्तराज उपाध्याय, द्वितीय- दुर्गा अधिकारी ‘पैरवी’ र तृतीय- टङ्क बहादुर आले मगरलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष पाठक-२०८० बाट सुरेश कुमार पाण्डे-प्रथम, दुर्गा अधिकारी पैरवी- द्वितीय र हरी उपाध्याय- तृतीयलाई तथा ‘वर्ष उत्कृष्ट पाठक-२०७९ र २०८०’ बाट ज्योति खड्का पाण्डेलाई नगद सहित सम्मानित गरिएको थियो ।

    कार्यक्रममा ५ दर्जन बढी लघुकथा सर्जकहरूलाई अति विशिष्ट आजीवन, विशिष्ट आजीवन र आजीवन सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियोे ।

    कार्यक्रममा ‘आधुनिक नेपाली लघुकथाको परिचर्चा समेत गरिएको थियो । परिचर्चाकारद्वय वरिष्ठ साहित्यकार, समालोचक डा. विदुर चालिसे र गोपाल अश्कले आधुनिक नेपाली लघुकथाको चर्चा गर्दै लघुकथासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण साहित्यकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि एवम् राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, तथा सम्मानित विशिष्ठ अतिथि एवम् साहित्यकारहरू डा. विदुर चालिसे, गोपाल अश्क, लक्ष्मण अर्याल, वसन्त अनुभव र अनु विज्ञातिले छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा धौलागिरी नौमति बाजा समुहको बाजा, मगरजातिको कौडा नाच, थारू जातिको डम्फु नाच, झाम्टा नाच, हरेराम हरेकृष्ण कीर्तन मण्डलको हार्मोनियम भजन तथा झाँकीहरू प्रदर्शन गरिएको थियो ।

    उक्त अवसरमा साहित्यिक स्रष्टाहरू डा. शंकरप्रसाद गैरे, लक्ष्मण अर्याल, डा. हिमलाल श्रेष्ठ, कल्याण पन्त, वसन्त अनुभव, अजित आचार्य, रमेन्द्र कोइराला, विष्णु पन्थी विनु, होम प्रसाद नेउपाने, अनु विज्ञाति, सीता रेग्मी, शारदा दाहाल भण्डारी लगायतले लघुकथा वाचन गर्नुभएको थियो ।

    कार्यक्रम दोस्रो सत्रमा सम्पन्न प्रथम साधारण सभाले पुनः घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को नेतृत्वमा नमस्ते आधुनिक लघुकथा मञ्चको ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सभाले सचिव वसन्त अनुभवले प्रस्तुत गर्नु भएको साङ्गठनिक एवम् प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको थियो ।

    कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजि शर्मा’ को अध्यक्षता, सचिव वसन्त अनुभवको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नआलमको प्रथम साधारण सभा सम्पन्न, दुई दर्जन बढी सर्जक/पाठक सम्मानित

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०६

  • ५ कार्तिक २०८०, आईतवार २२:१७ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    चर्को व्याजमा ऋण काढेँ किनिल्याएँ खसी,
    दसैँ पर्व त मान्नै पर्‍यो ___खान्छु बसी बसी ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)

    जति सक्छौ खुसी बन जति हाँस्छौ हास,
    दसैँसम्म …मात्र त हो …भोलि उठिबास ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    दसैँ त्यसै रमाइलो छ सबै जम्मा हुने हाे खास,
    ऋण काढे दसैँ मनाउँदा लाग्छ फेरि उठीबास ।
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी
    ३)
    ऋण खोजेर भए पनि गर्जो टार्नु पर्ने,
    तिर्न ढिला हुँदाखेरि घर खेत नै हर्ने ।
    दुर्गा आचार्य
    मोरङ
    ४)
    दसैँ पर्व रमाइलो गर्दै मनाउनु पर्छ,
    तर आफ्नो औकात भुलियो भने हानी गर्छ ।
    दुर्गा भट्टराई
    मोरङ
    ५)
    चर्को ऋण परे पनि यो दसैँ त मान्छौँ,
    उठिबास लाग्यो भने घर छोडी जान्छौँ ।
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    ६)
    क्षणिक खुसीको लागी धेरै लामो कष्ट,
    नगरौँ बढी खर्च होला सुखको नष्ट ।
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ७)
    दसैँ मनाऔँ खुसी साटाैँ सफा लुगा फेरी,
    ऋण गरी मान्नुहुन्न मनाऔँ घाँटी हेरी ।
    निरज कोइराला बेलका १ उदयपुर, हालः इटहरी
    ८)
    यसै ऋण उसै ऋण, रोई बस्ने किन ?
    ऋण गरी रमाऔँ, चाडपर्वका दिन ।
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    ९)
    मान्नै पर्छ चाड यो दसैँ मनाऔँ पहिले जस्तै,
    गच्छे अनुसार माने होला अहिले पनि सस्तै ।
    ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल काठमाडौ ।
    १०)
    ठूलै काम गरेँ भनेर नठान्नु आफैँमा थपेर रिन,
    यस्तो पाराले जीवन चल्दैन पहिला आफूलाई चिन ।
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    ११)
    दसैँ हाम्रो ठूलो चाड लाऊँ सफा नाना,
    आफ्नै गच्छे अनुसारको खानुहोस् खाना ।
    भगवती दवाडी ,झापा
    १२)
    मनाऔँ दसैँ सधैँ जस्तो मनमा खुसी नै खुसी भरी,
    शक्तिपीठ दुर्गा मातालाई पुष्प गुच्छा अर्पण गरी ।
    भेष कुमारी लामिछाने
    देवदह ०५ खैरेनी रुपन्देही ।
    १३)
    मनाओैँ दसैँ खुसी हर्षले खर्च थाेरै गरी,
    ऋणको पीडा खेप्न नपराेस् जुनी जुनीभरि ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    १४)
    दसैँ हो खसी काटियो पक्कु र सेकुवा बनाइयो खुब मस्ती गरियो,
    साथीभाइ जम्मा गराइयो खाइयो यस्तै भो आफू त बिन्दास परियो ।
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    १५)
    वर्ष दिनमा काट्छु खसी ऋण लागे तिर्दै गरूँला,
    यो ज्यानको के भरोसा त्यतिन्जेल बाँचुला मरूँला ।
    कमला पौडेल
    १६)
    धनीले खसीकाे मासु खाँदा गरिबले सिन्कीकाे झाेल,
    किन ओढ्छस् सरकार तैँले समानताकाे खाेक्राे खाेल ।
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    १७)
    सके ऋण तिरौँला नसके भोलि हेरौँला,
    दसैँ त मान्नै पर्‍यो, कामकाजमा फेरौँला !
    विवश पारदर्शी
    झापा,
    १८)
    दसैँ महान चाड हाम्रो मान्नैपर्छ खुलेर,
    तर देखासिखी नगरौँ आफ्नो गच्छे भुलेर ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    १९)
    ऋण काढी भए पनि मान्नैपर्छ दसैँ मैले,
    सबैलाई खुसी पारेर मनाउनु छ ऐले ।
    कमला देवकोटा ,पाल्पा
    २०)
    देखासिकी गर्नुहुन्न है, गच्छे अनुसार मनाउनू,
    खुसीको पर्व दसैँलाई, ऋणको भारी नबनाउनू ।
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    २१)
    घाँटी हेरी हाड निल्नु भन्छन् बुढापाकाले,
    दसैँ त मान्नैपर्‍यो भन्छन् गाउँमा काकाले ।
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २२)
    घाँटी हेरी हाड निल के हुन्छ खाएर,
    राम्रो कर्म गर साथी यो जुनी पाएर ।
    आर्त अकुलीन
    २३)
    देखासिकी, तडकभडक नगरे नि मनाइन्छ पर्व,
    आफन्त र इष्टमित्र आपसमा खुसी साट्दा हुन्छ गर्व ।
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २४)
    कैयौँ आए दसैँ मनको पीर कसले देख्छ,
    निमुखाहरूको कथा ब्यथा खै कसले लेख्छ ?
    प्रेम थापा “मन”बागलुङ
    २५)
    राजनीतिमा लाग्नेहरूको मात्र भाग्य निकै चम्क्यो,
    जताततै महङ्गी छ दसैँ दैलो नै नहेरी लम्क्यो ।
    पवन कुमार बुढाथेाकि
    काठमाडौं
    २६)
    जसोतसो जुटाउँनै पर्‍यो दसैँ मान्न,
    मासिनै लागेको हाम्रो, परम्परा धान्न ।
    गणेश नेपाली
    बगनासकाली-१,बगनास पाल्पा।
    २७)
    दसैँ आउँदाखेरि धनीलाई खुशियाली छाउँछ,
    गरिबलाई भने ऋणको बोझले नै सताउँछ ।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    २८)
    साहुँको ऋण बोकी दसैँ मनाउँदा खेरि,
    आफू बसेको थातथलो छोड्नु पर्ला फेरि ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    २९)
    औकात हेरेर मात्र मनाउनु पर्छ पर्व,
    आफ्नो संस्कृति र चलनको गर्नुपर्छ गर्व ।
    तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    ३०)
    पोषिलो नखाएमा इन्द्रिय दरो हुन्न,
    महङ्गो भएका देख्दा भन्छु छुँदै छुन्न ।
    जमुना आचार्य
    सिन्धुपाल्चोक
    ३१)
    ऋण काढी खान्छ खसी घर बसी बसी,
    चुक्ता गर्न गर्नु पर्ला श्रम घुडा धसी ।
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३२)
    रमाइलो चाड ठूलो मनाऔँ सबैले दसैँ,
    गच्छे अनुसार खर्च गर्नु सर्नु पर्ला बसैँ ।
    गुणनिधि घिमिरे
    अमेरिका
    ३३)
    के रमाइलो गर्नु र ! आजभोलि,
    दुखजिलो गरेर भर्नुछ झोली ।
    नागेन्द्रप्रसाद यादव, दाङ
    ३४)
    भतभत पेट पोल्दैछ ऋण कसरी तिर्नु,
    समाजको नजरमा नि परिरहेछ गिर्नु ।
    सरिता सेढाई धादिङ
    ३५)
    ससुराकी छोरी पो हो त झुक्नलाई के जान्दथी ?
    आफूलाई मै हुँ भन्नेले के तिम्रा कुरा मान्दथी ?
    गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ
    ३६)
    खसीभन्दा सुन सस्तो यो दसैँमा आहा !,
    सीमा छैन हर्षको कसलाई के थाहा ?
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३७)
    चाडपर्वकाे बेला मासु खाने कस्तो आयाे चलन,
    धन हुनेलाई राम्रै हाेला गरिबलाई जलन।
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    ३८)
    ढर्रा स्वरूप हुने गर्छ थुप्रै पशुपन्छीको काटमार,
    विविध रोगले जन्म लिन्छन् बिग्रिएमा आहारविहार l
    बाबुराम गौतम, गुल्मी
    ३९)
    जे जस्तो छ हामीले त्यसैमा गर्नुपर्छ गर्व,
    हैसियत हेरी मनाउनु पर्छ चाडपर्व ।
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ४०)
    परदेश हुनेहरू घर फर्की आउने प्रयास चाहना,
    ऋण नलागोस् बडादसैँको सबै नेपालीमा शुभकामना ।
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ।
    ४१)
    वर्ष दिनको दसैँ आयो मनाऔँला है जसोतसो,
    बाँकी मनाउन नसके पनि धनीहरूका जसो ।
    सुरेश पाण्डेय
    सुर्खेत बिरेन्द्रनगर
    ४२)
    रिन लिएर देखासिकीमा हैन मनाउँने पर्व,
    दु:ख सुख बाँडेर मान्छौँ संस्कृतिमा गरेर गर्व ।
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ४३)
    ऋण काढी दसैँ मान्छौ, घरबार जाला,
    नेपालीको यही त हो देखासिकी चाला ।
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ४४)
    मासुभात खाऊ बसी बसी बनाऊ दसैँ खास,
    दसैँ सकिएको भोलिपल्ट साहुले उठिबास ।
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ४५)
    आउँछु म छिट्टै साथी ! जुवाकाे खाल बनाउनु,
    बिना मासु, बिना मदिरा के काे दसैँ मनाउनु ?
    मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा न पा-२,रुपन्देही
    ४६)
    वर्ष दिनमा घुमिफिरी आउँछ दसैँ पर्व,
    ऋण काढी मनाए पनि लिनुपर्छ है गर्व।
    काेपिला अधिकारी
    सिरानचाेक ७,गाेरखा
    ४७)
    गरिबको दुःख देखी भित्रि मन रुन्छ धुरुधुरु,
    साहुको ऋण तिरी नसक्दै चाडपर्व खुरुखुरु ।
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४८)
    नखानेलाई कर छैन खानेलाई हाे डर,
    सकेसम्म त्यो खसीलाई प्रतिस्थापन गर ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ४९)
    श्रद्धा भावले खुसी भै खल्ती हेरी मनाउँदै बस्नु ,
    ऋण गरेर बेकारमा शिरमा किन भारी कस्नु ।
    प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०६

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०५

  • ५ कार्तिक २०८०, आईतवार २०:०४ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    जहिल्यै निहुँ खोज्छ्यौ तिमी जहिल्यै जोरी,
    स्पष्ट भन के खोज्या ? ए ! ससुराकी छोरी ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    उठी सुख छैन मलाई, न सुख बसी,
    सुन भनेर झुक्याएछ, त्यो मोरो कसी ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४ दाङ
    २)
    जमाना बदलिँदो छ यहाँ आफन्त कसैले हेर्दैनन्,
    आफ्नो दुनो सोझ्याउन अरूको लागि मन नि फेर्दैनन् ।
    अम्विका अधिकारी
    झापा विर्तामोड
    ३)
    गर्नु गरिसकेँ तर रिसाउछ्यौ जहिल्यै,
    बुझ्न सकिनँ है प्यारी म त्यो मन कहिल्यै ।
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ४)
    चाहे शिला सुशिला हुन् चाहे राधा गङ्गा,
    ससुराकी छोरीसँग नलिनु है पङ्गा।
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ५)
    जतिसुकै सघाए पनि जस नदिने बानी,
    ससुराकाे छाेरी रहेछ एकादेशकी रानी ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ६)
    संसारमा बलिष्ठ शक्ति जगतअम्बिका माता,
    नारी साक्षात् देवी नसम्झनु है पानी भिज्ने गाता ।
    प्रद्युम्न चालिसे
    ७)
    कुन स्वाँठले चपायो सम्झेर तिमीलाई फलामकै चिउरा,
    सधैँ हाँसी खुसी देखिने अनुहार आज किन भए निहुरा ।
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ८)
    न माया बुझ्छौ मेरो बोल्छौ नि मन चोरी,
    तिम्रो कोही परिनँ म नखोज है जाेरी ।
    सुशीला थापा शिखा
    काठमाडौं कागेश्वरी मनाेहरा
    ९)
    जाली संसारमा कसलाई हो मान्ने चोखा ?
    फोहोरी खेल नखेलौँ, दिने प्रेममा धोखा ।
    कार्की डिबी माकुम
    सुनवल-४,नवलपरासी
    १०)
    खुसी राख्छु भनी घोटिएँ हरेक पल,
    इज्जत त गर्दिनौ किन गर्दछौ कल ?
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ११)
    नाता गाँसौ भनेर उनीसँग बिहे गर्ने निधो गरेँ,
    दायाँबायाँ केही नसोची मैले उनको सिउँदो भरेँ ।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १२)
    तैँले के नै गरेकी छस् भन्छन् रिसाउँदै झर्केर जहिले,
    बुझ्न साह्रै गाह्रो हुँदाे रहेछ पराइकाे मन कहिले ।
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    १३)
    अति भयो भो अब तिमीले सम्झाउनु पर्दैन,
    कर नगरे हुन्छ त्यो मनमा यो मन सर्दैन ।
    दुर्गा आचार्य
    मोरङ
    १४)
    अर्कीसँग मस्की हिँड्छौ भन्ने कुरा सुन्दा,
    धिक्कार्दै छु आफैँलाई यस्तो मान्छे चुन्दा ।
    सरिता सेढाई धादिङ
    १५)
    आउन पा’छैन धाक धक्कु लगाउने यिनको अधिकार,
    देवी काली लक्ष्मी सरस्वती आदि शक्ति यही नै होला सार ।
    प्रदीप के रिमाल
    इटहरी,सुनसरी।
    १६)
    दिलको रानी हौ भनी बयान गरेँ तिमीलाई ठानेर नै कस्तुरी ,
    हरेकपल तिम्रै साथमा हुन्छु भन्थ्यौ किन अहिले बन्यौ निष्ठुरी ?
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    १७)
    जहिल्यै निहुँ खोजेर मसँग आइलाग्दा जोरी,
    सक्तिनौ कहिल्यै नि लान मेरो मनलाई चोरी ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १८)
    मायाले बाँधेर राख्छु भन्थी, मुखियाकि घमण्डी छोरीले,
    चुँडियो बन्धन मोरीको, बाँधी छ काँचो धागोको डोरीले ।
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    १९)
    बाेल्नै हुँदैन तिमीसँग बाेलेँ भने निहुँ खाेज्छाै,
    साँझ यसलाई के भनाै भनी दिनभरि साेँच्छाै।
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    २०)
    बोल्नै हुँदैन बोल्यो भने जान्छु भन्छन् जहिल्यै माइत,
    एकदिन घरमा झगडा हुँदा सारिहान्छन् साइत ।
    बाबुराम पाण्डे
    अर्घाखाँची
    २१)
    मेराे जीवन मेराे मर्जी, मेराे दु:ख हाँसाे,
    आफ्नाे काम गर कान्छा, अरूकाे किन चासाे ?
    दिनेश काेइराला
    सिन्धुली
    २२)
    भित्र मन कालो रै’छ, बाहिर हेर्दा गोरो,
    तिमी पनि कम छैनौ ए ! ससुराको छोरो
    Puspa Subedi Acharya
    २३)
    दिलले माया गरेँ तर वास्तै गरेनौ मोरा !
    तिमीले भाउ खोजेकै हो त ससुराको छोरा ?
    पुष्पा राई, खाेटाङ।
    २४)
    बिहेपछि तिम्रै साथमा हुन्छु भन्थी ससुराकी छोरी,
    तर आज अर्कैको हात समाएर भागेकी छ मोरी ।
    एवाइ प्रभात
    सहिदभुमि-३,धनकुटा
    २५)
    सधैँ घुर्की लगाउँछौ सधैँ लजाउँछौ,
    भन तिम्रो दिलमा कहिले सजाउँछौ ?
    लक्ष्मण देउवा “मुस्कान”
    डोटी
    हाल विरनोमुलुक भारत
    २६)
    जमारा औँसी आज हो ए ! ससुराको छोरा,
    लुगाफाटा किनेको छैन, के लाउने बोरा ?
    निमकी डाँडा, दार्जीलिङ।
    २७)
    आमाबाबु सबै छाडी, आए पराई घर,
    आफ्नै घर होकि भुतको, मान्नुपर्छ डर ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    २८)
    निहुँ त्यसै खोज्या हुन्न कारण हुन्छ जैले,
    आफ्नो पनि दोष होला पत्ता लगाऊ पैले ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    २९)
    आगो बाल्न पनि अगुल्ठो ठोस्नु पर्छ भन्थे बुढापाकाले,
    ठुस्किए श्रीमती म त फकाउँछु मिठो टुक्कैको भाकाले ।
    ध्रुव श्रेष्ठ,
    खोटाङवजार,
    हाल काठमाडौ ।
    ३०)
    पति परमेश्वर हुँ म, होइन होला जोकर,
    तमासा अतिनै गर्छ्यौ, बनायौ मलाई नोकर ।
    बिके मुखिया
    दार्जीलिङ, भारत।
    ३१)
    तिमी नै हौ हेर, मेरी दिलकी रानी,
    किन जोरी खोज्छौ त? मेरी प्यारी सानी ।
    नागेन्द्रप्रसाद यादव , दाङ
    ३२)
    कहिले भने दिनैभरि टाँसिइरहन्छु भनी,
    रातभरि त अँगालोमा बाधिएकै छु म पनि ।
    विवश पारदर्शी
    झापा
    ३३)
    खोजेको पाइन्न भन्न पनि छैन मन,
    चुप बसौँ भने बाँच्न पुग्ने छैन धन ।
    नन्दलाल आचार्य, उदयपुर ।
    ३४)
    मारे पाप पाले पुन्य तिम्रै जिम्मा भनी,
    बाँच्न बाध्य हुनु पर्‍यो अब दिन गनी ।
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    ३५)
    दसैँ तिहारले छोप्यो, चाहना छन् थरीथरी,
    नेताको पछि दौडिन्छौ, घर चल्छ कसोगरी ?
    रामशरण न्यौपाने, भक्तपुर
    ३६)
    रिस र राग राखेर तिमी किन हो बढेको ?
    उदार मान्छे त्यही नै हुन्छ आखिर पढेको ।
    आर्त अकुलीन
    ३७)
    कसैको जालमा परेर हो कि डुल्छ्यौ खोजी खोजी,
    एउटा हैन, दुईटा हैन, हजार रोजी रोजी ।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३८)
    मुजा परिसक्यो छाला तिम्रो सेवा गर्दागर्दै,
    दिन गनी बसेकी छु अश्रु धारा छर्दाछर्दै l
    बाबुराम गौतम, गुल्मी
    ३९)
    देखासिकी गरेर सधैँ नै निहुँ खोज्ने नगर,
    आफ्नो गच्छे हेरेर सदैव ताक्ने गर्नु सगर ।
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ४०)
    भयो अब जोरी नखोज
    अशुभको बाटो नरोज ।
    प्रेम थापा “मन”बागलुङ
    ४१)
    खोजेको कुरा बल्ल अहिले पो पायौ,
    थाहा थियो मलाई तिमीले के चायौ ?
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ४२)
    जति जाेरी खाेज तिमी मैले छाेड्नेवाला छैन,
    अटुट बन्धन बाँधेको छु ताेड्नेवाला हैन ।
    मित्र उराठी गाैतम
    तिलाेत्तमा-२
    ४३)
    कारण होला निहुँको पनि भन कुनै सार,
    कता रै’छ ध्यान तिम्रो गर्दा यति राम्रो प्यार ।
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ४४)
    मन मुटुमा सजाएर राख्छु भन्थी मोरी,
    पैसासँग पो भजाएर कुन्नी कता मोरी ?
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३
    ४५)
    कुरा सधैँ टेढाे टेढाे छ, काम केही छैन,
    घर सम्हाल्ने बुढीलाई माया गर्ने हैन ।
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ४६)
    परिसक्यो मुहारमा मुजा गएन बानी निहुँ खोज्ने,
    गर्छौ झगडा घरमा हेर बाहिर अर्कै बुढा रोज्ने ।
    राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    ४७)
    जता गयो त्यतै सुन्छु नराम्रो हल्ला चलेको,
    किन होला दैवले छोरीलाई मात्र छलेको ?
    सरस्वती श्रेष्ठ इटहरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला१२६

  • ५ कार्तिक २०८०, आईतवार १७:४९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]

    दसैँ
    पावन पर्व
    मनाऔँ है सगर्व !

    • वसन्त अनुभव
      [२]
      दसैँ
      सद्वभावकाे चाड
      नहाेस् कसैमा अफाप !
    • राेशन पराजुली, धरान
      [३]
      दसैँ
      आफन्तको मेल
      नहोस् कतै झेल !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४]
      भावना
      बडा दसैँको
      सबै जनालाई शुभकामना !
    • दुर्गा आचार्य, मोरङ
      [५]
      जित
      नराम्रोमा राम्रोको
      बनेर मित एकअर्काको !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [६]
      दसैँ
      नबनाेस् दशा
      देखाउँदा ठूलाे तमाशा !
    • निरज कोइराला
      बेलका-१, उदयपुर हालः इटहरी
      [७]
      दसैँ
      छाओस् खुसी
      नबनाेस् काेही दु:खी !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [८]
      दसैँ
      पवित्र चाड
      नगराैँ हिंसात्मक प्रहार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटु्जे
      [९]
      दसैँ
      आशिषको पर्व
      गर्नुपर्छ सबैले गर्व !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१०]
      दसैँ
      बनोस् मस्त
      नहोस् है अस्तव्यस्त !
    • भगवती दवाडी, दमक, झापा
      [११]
      कालरात्री
      कालहरूकी काल
      जगत सम्हाल्ने सिद्धिदात्री !
    • घनश्याम पौडेल, पोखरा
      [१२]
      नवदुर्गा
      दिनहुँको पूजा
      सुख शान्ति समृद्धि !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१३]
      दसैँ
      एक पर्व
      हिन्दुत्वको महान गर्व !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [१४]
      दसैँ
      भेटघाटको पर्व
      गरौँ मितव्ययी खर्च !
    • कमला देवकोटा, पाल्पा
      [१५]
      चाड
      मनाउने सधैँ
      रमाइलो पर्व दसैँ !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [१६]
      चाडपर्व
      हाम्रा पहिचान
      संस्कृति अनुरुप नाचगान !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [१७]
      दसैँ
      माटो टीका
      सबैभन्दा महान् जननी !
    • आर्त अकुलीन
      [१८]
      दसैँ
      उमङ्ग छरोस्
      आपसमा सद्भाव भरोस् !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३
      [१९]
      दसैँ
      बोकेर सफलता
      भेटोस् गन्तव्यको मार्ग !
    • प्रेम थापा “मन”, बागलुङ
      [२०]
      परदेशी
      सम्झन्छ सधैँ
      गाउँघर दसैँ तिहार !
    • अबोध निर्मल, कैलाली
      [२१]
      दसैँ
      महान पर्व
      गरौँ आफैमा गर्व !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२२]
      दसैँ
      खुबै हर्ष
      आशिर्वाद थाप्ने चाड !
    • भवानी घिमिरे, सर्लाही
      [२३]
      दसैँ
      नवरात्री पूजा
      हिन्दुको महान पर्व !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२४]
      चम्पन
      गाउँघर अंगना
      खुसयाली भरल मान्यवर !
    • सागर कुस्मी, कैलाली
      [२५]
      नवदुर्गा
      कानमा जमरा
      निधारमा रातो टीका !
    • पागल भिक्षुक, कैलाली
      [२६]
      दसैँ
      संस्कृति हाम्रो
      नहोस् खुबै चाम्रो !
    • नागेन्द्रप्रसाद यादव , दाङ
      [२७]
      दसैँ
      रमाइलो पर्व
      मनाउँदा लाग्छ गर्व !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [२८]
      दसैँ
      रमाइलो भेटघाट
      गरौँ सफलताको कामना !
    • धनमाया चौधरी, कैलाली
      [२९]
      दसैँ
      मनाऔँ उत्सव
      गरेर राैद्रको नाश !
    • श्रद्धा आचार्य, पोखरा
      [३०]
      महाकाली
      शक्ति स्वरूपा
      अत्याचारमा विजयकाे पर्व !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [३१]
      दसैँ
      महान पर्व
      मनाऔँ मानेर उत्सर्ग !
    • मिलन के. सी. थापा, पोखरा
      [३२]
      देवीपूजन
      प्राणिक़ो दशा
      हेर्दै बुद्धका आखा !
    • कण्ठराज गिरी, टीकापुर
      [३३]
      दसैँ
      कला संस्कृति
      सुध्रियोस् मानव प्रवृत्ति !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [३४]
      दसैँ
      महत्त्व धेरै
      टीका जमरा आशिर्वाद !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [३५]
      दसै
      खुसीको पर्व
      ठूलालाबडाले दिन्छन् आशिष !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [३६]
      दसैँ
      आफ्नो संस्कृति
      जोगाउनु हाम्रो कर्तव्य !
    • दुर्गा भट्टराई, मोरङ
      [३७]
      पर्व
      खुसीका रङ्गहरू
      मनमा अनेकौँ उमङ्गहरू !
    • कविता आचार्य, कैलाली
      [३८]
      दसैँ
      चारैतिर हर्षोल्लास
      हिन्दुहरुको पर्व खास !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३, काभ्रे
      ३९.
      दसैँ
      आशिर्वादको आशा
      गरिबीको नबुझिने भाषा !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      ४०.
      दसैँ
      जमरा टीका
      परम्परा संस्कार फिका !
    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला१२६

    भक्तजन तथा श्रद्धालुहरुलाइ सर्बत वितरण

  • ५ कार्तिक २०८०, आईतवार १५:३४ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगन्ज

    वीरगन्जको बिभिन्न स्थानबाट नवरात्रीको सातौ दिन अर्थात सप्तमी (फुलपाती) को दिन निकालिएको डोलामा सहभागी भएका भक्तजन तथा श्रद्धालुहरुलाई सर्बत वितरण गरिएको थियो ।


    उक्त कार्यमा भगवती डिजिटल स्टुडियो तथा जे.डी इलेक्ट्रिकल्स पसलको सहयोगमा भक्तजनहरुलाई निम्बु पानी र सर्बत वितरण गरिएको छ ।


    उक्त सर्बत वितरणमा पसलका संचालक सन्तोष प्रसाद कुश्वाहा, जयनारायण दास, उमेश कुशवाहा, बिक्की कुशवाहा, प्रिन्स मेहता, प्रितम मेहता, पूर्णिमा मेहता, यादव जी सतुवाला, चन्दन कुमार गुप्ता, शिव संकार सुर्तीवाला, निरञ्जन लगायतको उपस्थिती रहेको थियो|

    Posted in मुख्य खबर, समाजLeave a Comment on भक्तजन तथा श्रद्धालुहरुलाइ सर्बत वितरण

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५०

  • ५ कार्तिक २०८०, आईतवार १४:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/०२गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५०[ पचासौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१
    मनुष्यको कला मान्नु पर्छ।
    मानिसले यस्तै जान्नु पर्छ।
    प्राकृतिक लाग्छ बनावट,
    कृत्रिम प्राकृति ठान्नु पर्छ।
    राम्रोलाई हामी छान्नु पर्छ।
    सुशीला पाैडेल

    पञ्चाङ:०२

    सुन्दर त्यो चित्र भित्र देखे ठाउँ कति राम्रो।
    वरि परि हरियाली बिच गाउँ कति राम्रो।
    स्वर्ग जस्तै देखे मैले जे देखियो त्यहीँ लेखे,
    जान्न मनभो केपो होला र नाउँ कति राम्रो।
    अब त्यहीँ मिली पक्कै धुम्न जाउँ कति राम्रो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    कृत्रिमताले जितेर आज प्रकृति नासिँदै गयो।
    देशको सांस्कृतिक इतिहास पनि मासिँदै गयो ।
    कल्पनाकै संसारभित्र रमाएका छन् मान्छेहरू,
    नेपाल स्वर्ग झैँ बन्ने कुरो चित्रमा टाँसिदै गयोl
    त्यसै सुन्दर प्रकृति बनौटीपना गाँसिदै गयो ॥

                         गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०४
    सबै थोक आज कृतिम नै हुने भयो।
    यस्तै चित्रहरुले शिखर छुने भयो।
    काल्पनिक चित्रमा रमाउने बानीले,
    प्राकृतिक त मुखले मात्र गुने भयो।
    सबै चित्रहरू यसरी नै तुने भयो।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०५
    गर्दछु कल्पना महलको पिपलको चित्र आज।
    भर्दैछु है सपना रंगिन समुन्द्रको भित्र आज।
    प्रविधिले यसरी परिवर्तित सौन्दर्य देखायो ,
    कृतिम सौन्दर्यलाई सजिलै बनाए मित्र आज।
    क्षितिज तल नै हुन्छ संसार हेर्दा बिचित्र आज।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०६
    आहा प्रकृति चित्र झल्कियो त्यहाँ।
    कति सुन्दर दृष्य छल्कियो त्यहाँ।
    प्राकृतिक हो या त कृत्रिम होला,
    ,प्रकृति द्वारा पक्कै सल्कियो त्यहाँ।
    पर्यटन पनि लौ पल्कियो त्यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    धेरै औपचारिकताले भद्दा बनाउँछ प्रेम।
    भित्र जमिन बाझै छ बाहिर खनाउँछ प्रेम।
    खनेर प्राकृतिक सुन्दरता नै हराइसक्यो,
    बनावटी कुरैकुरा गरेर भनाउँछ प्रेम।
    खास जोडिएको छैन तै पनि मनाउँछ प्रेम।

         -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०८
    यो लकेटको दुनामा राखेर।
    संसारलाई कुनामा राखेर।
    गर्वसाथ आनन्द लिन्छ मान्छे,
    दुनियँलाई तुनामा राखेर,
    प्रकृतिलाई थुनामा राखेर।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग- ९
    सिर्जनात्मक कलाले सीप विकास गराउँछ
    ढुकुटीमा धन र भकारीमा अन्न भराउँछ
    दृश्यावलोकनको वृद्धि र पर्यटक रोमाञ्च
    कर्मेन्द्रिय चाललाई सफलताले छराउँछ
    फल हात लाग्दछन् जोसुकैले मन पराउँछ

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५०

    साताका तीन लघुकथा- ४१

  • ५ कार्तिक २०८०, आईतवार १४:१० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४१औँ) शृङ्खलाका लागि लघुकथाकार नारायण कोइरालाको लघुकथा ‘बाख्री’, लघुकथाकार अम्बिका धितालको लघुकथा ‘किन ?’ र लघुकथाकार सोम कुमार सुब्बाको लघुकथा ‘पुरस्कार’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: बाख्री

    नारायण कोइराला
    बाख्रीले दुःख मनाउँदै भनी- “अब छुट्टिने दिन आयो ।”
    बोको केही बोलेन ।
    गाउँभरि बलि दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्‍यो । बोको र बाख्री खुसी भए ।

    बोको र बाख्रीको खुसी केही समयमै टुट्यो । पर्वको बेला गाउँमा धेरै बोका काटिए । बाख्री टुलुटुलु हेरिरहेकी थिई ।
    अचम्म ! विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए । बाख्री सोच्न बाध्य भई- “असली पशु मानिस कि जनावर ?”
    तानसेन पाल्पा

    २)
    लघुकथा: किन ?

    अम्बिका धिताल
    “मलाई त जसरी भए पनि किन्दिनै पर्छ ।” पल्लो कोठामा छोराले आमालाई भनेको कुराले शिवराम झस्किए ।
    निकैबेर ठन्डा बनाएर केही उपाय लगाउन सकिन्छ कि भनी चिस्याएको दिमाग आफ्नो वशमा थिएन ।

    फोनको घण्टी बज्यो । शिवरामलाई पटक्कै फोन उठाउन मन लागेन । दोहोरिएर फोनको घण्टी बजेपछि उसले यसो फोनमा नम्बर हेर्‍यो । नयाँ नम्बर रहेछ । आशाको नजरले हेर्दै उसले फोन उठायो । हेलो भन्न नपाउँदै उताबाट आवाज आयो- “किन शिवराम बिहानैदेखि फोन गरेको उठाइनस् ? खाएपछि बेलैमा तिर्नुपर्छ भन्ने थाहा छैन ?”

    शिवरामले दोहोरो संवाद नगरी फोन राखे । बुढी आएर सोधिन्- “कसको फोन रहेछ ? कामका लागि फोन आएको हो ?”

    शिवरामको बोली फुटेन । बुढी फेरि बोलिन्- “चारघण्टा मात्र काम पाए पनि यसो नुन तेलको जोहो त हुन्थ्यो । यसपालि के भएको होला ? अब सबैले आआफ्नो काम आफैँ गर्न थाले कि क्याहो ? यसपालिको हाम्रो दसैँ त……..।”

    शिवराम मौन भई भित्तातिर फर्केर बसेका थिए ।
    “के हो शिवे ? छ /छ महिना भइसक्यो, भाडा दिएको छैन। दसैँमा त देला भनेको, आज फूलपाती भइसक्यो, अत्तोपत्तो छैन । बेलुकासम्म नदिए अर्को मान्छे राख्छु।”

    घरबेटीको चर्को आवाज सुनेर पल्लो कोठामा बसेको छोरो दौड्दै आएर भन्यो- “बाबा भन्नु त किन कोही मान्छे धनी र कोही मान्छे गरिब भएका ?”
    कमलविनायक भक्तपुर।

    ३)
    लघुकथा: पुरस्कार

    सोम कुमार सुब्बा
    वृद्ध आश्रमको संस्थापक कमल सर आफ्नो कार्यालयमा व्यस्त थिए । तत्क्षणै प्रमोद आयो ।
    “नमस्कार सर ।”
    “नमस्कार ! कति कामले पाल्नु भो ?”
    “बालाई लिन आएको ।”
    “किन ? के भो र ? हाम्रो संस्थाबाट कुनै चुक भयो कि ?” कमल सरले आत्तिँदै सोधे।

    “त्यस्तो केही होइन सर ! बालाई घरमै लगेर स्याहारसुसार गरौँ भनेर नि !”
    “यो त ! अति उत्तम सोच हो ।”
    उनले कागजी प्रक्रिया पूरा गरेपश्चात् बालाई लिएर गए । केहीक्षणमा अर्को आए, फेरि अर्को आए । सबैले आआफ्नो बालाई लिएर गए । कोही जान नमानेकालाई पनि जबर्जस्ती लगे । अब संस्थामा तीनजना वृद्धहरू मात्र बाँकी थिए ।
    बाआमाप्रति श्रद्धा पलाएको देखेर कमल सर खुसीले प्रफुल्लित हुँदै घर लागे ।

    केही महिनापछि कमल सरलाई एउटा समारोहबाट निमन्त्रणा आयो । उनी त्यहाँ गए ।
    उद्घोषकले घोषणा गरे- “बाआमालाई राम्ररी स्याहारसुसार गर्ने छोराछोरीलाई प्रोत्साहनस्वरुप ‘श्रवणकुमार पुरस्कार’ दिइने सरकारको घोषणा अनुरुप यो वर्षको पुरस्कार श्री कमल सरलाई प्रदान गरिन्छ।”

    सभा चकमन्न भयो । सबैले मुखामुख गरे । अन्त्यमा एकजना उठेर आपत्ति जनाए-
    “कमल सरको त बाआमै छैनन् । कसरी ऊ यो पुरस्कारको हकदार भयो ?”
    “आफ्नै बाआमा नभए पनि उनले छोराछोरी नभएका सन्तानविहिन तीनजना वृद्धाहरूलाई निस्वार्थ भावनाले स्याहारसुसार गर्दैछन् ।” उद्घोषकले प्रष्ट पारे ।
    गडगडाहट तालीले समारोह थर्कियो ।
    लिङ्दोक, पूर्व सिक्किम।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४१

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६५

  • ४ कार्तिक २०८०, शनिबार ०७:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६५ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/२९ गते
    भोलि बेलुका ०९ बजेसम्म दशैं विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। (विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना,नव दुर्गा भवानीले सबैको कल्याण गरून्।)
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शहर देखि गाउँसम्म खुसीयाली छाओस् यो दशैँमा।
    गरीब दुःखी सबैले खान लाउन पाओस् यो दशैँमा।
    हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म,
    रातोटीका, जमरा झैँ सुन्दर हुँदै जाओस् यो दशैँमा।
    हर्ष खुसीमा नवरथाको भजन गाओस् यो दशैंमा।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    कतै महल आकाश छुने कतै पाल किन ?
    कतै मस्त अघाएका कतै रित्तो थाल किन ?
    शब्दमा मात्रै सिमित भयो समताकाे नारा ,
    बिर्सिएर वाचाहरु जताततै जाल किन ?
    आशाहरु निराशामा सधैँ सधैँ खाल किन ?
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३

    कहाँ पाक्छ मासु कहाँ पाक्छ र मिठो सेल हजुर।
    बरु भित्र मन पाक्छ बाहिर आँसु भेल हुजुर।
    घरजग्गा जति सबै धितो छ साहुकै पाउमाथि,
    हर्ष न विस्मात कागलाई पाकेको बेल हजुर ।
    गरिबलाई त दसैँ साढे सातको खेल हजुर ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    आफ्नै दाजुभाइ पनि बराबरी हुन्नन् यहाँ।
    दुख पर्दा यौटालाई अर्का त्यसै रून्नन् यहाॅ।
    यो दुनियाँ स्वार्थी रैछ आफ्नो भागमात्रै हेर्ने,
    अघिपछि मिले पनि दु:ख पर्दा छुन्नन् यहाॅ।
    ज्यान मैलो धोए पनि मैलो मन धुन्नन् यहाॅ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५
    बडादशैं आओस् घरघरमा।
    रमाइलो छाओस् घरघरमा।
    सबैलाई शुभकामना दिन्छु,
    राम्रो लुगा पाओस् घरघरमा।
    मिठो खाना खाओस् घरघरमा।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    जुन चहक देखिन त रात हुनुपर्छ।
    खुशीहरु ओझेल पर्न घात हुनुपर्छ।
    दु:खसुख मनका बह खुलाएर पोख्न,
    बोलचालको भाषाभित्र बात हुनुपर्छ।
    लवज बुझ्ने मानिसकै जात हुनुपर्छ ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    पञ्चाङ्ग:०७

    महँगीले छानो छोयो दशैँ खल्लो होला जस्तो छ।
    जाऊँ चामल तरकारीको भाउ कता सस्तो छ।
    गुणस्तरीय सामान पाउन पनि गाह्रो हुने,
    एकलव्य कामले कहाँ सामान छान्नु कस्तो छ ।
    महिने तलबभत्ताले आफैँ श्रृङ्गार घस्तो छ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०८
    अक्षर-१६

    गरिब भन्छन् ऋण खोज्नु पर्ने दशैँ आयो रे।
    जहिले पनि हाम्रै भाग्य हर्ने दशैँ आयो रे।
    किन बारम्बार आउँछ फर्किँदै रुवाउन,
    माग्न गयो उनै हो पर सर्ने दशैँ आयो रे ।
    भगवान कहिले भाग्य भर्ने दशैँ आयो रे।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    आफ्नो औकात र स्थिति हेरि चल्न जान्नु पर्छ।
    संस्कार परम्परा नबिगारि नै मान्नु पर्छ।
    कस्ले भन्छ दशैँमा मार हान्नै पर्छ भनेर ?
    समाज भित्र जसरी’ नि इज्जत धान्नु पर्छ।
    आफ्नो घाँटी हेरि निल्न सक्ने हाड छान्नु पर्छ !

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:१०
    मनलाई सन्तुष्ट पार्न सकु दशैँ मनाइ यहाँ।
    रमाउछौ हामी चाडमा आफ्ना भेला बनाइ यहाँ।
    बडा दशैंको सम्पूर्णमा हार्दिक शुभकामना छ ,
    पाए स्वयंले पनि शुभकामनाको भनाई यहाँ।
    रहन्छ संस्कृति जीवित सद्धभाव खनाइ यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:११

    दशैँको महक छाउँदैछ गाउँ घरमा।
    हर्ष र उल्लास आउँदैछ गाउँघरमा।
    महानचाडको महत्त्व ठूलो छ त्यसैले,
    परदेशीहरू धाउँदैछ गाउँघरमा।
    चोकमा नि पिङ लाउँदैछ गाउँघरमा।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१२
    महल देखि कुटी सम्म सबैको घरमा आओस् दसैँ।
    हासो र खुशी ल्याइकन सबैको घरमा गाओस् दसैँ।
    टीका होस् निधारमा जमरा होस् माथमा सबै-सबैको,
    गरिबले पनि एकछाक त मिठो खान पाओस् दसैँ।
    ऋणको भारी कसैलाई नबोकाइकन जाओस् दसैँ ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१३
    दशैँ आयाे अब त गाउँ शहरमा राैनक छाएकाे छ।
    विदेश गएकाे नेपाली पनि धेरै बर्षमा आएकाे छ।
    लिंगे पिङ र राेटे पिङ खेल्नुकाे मजा छ बेग्लै यहाँ,
    साना ठुला सबैले त भनेसम्म खुशीयाली पाएकाे छ।
    वर्ष दिनकाे महान चाडमा दशैँकाे गीत गाएकाे छ।

    उर्मिला के.शी.
    धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६५

    एनआरएन चुनाव, साउदीअरबबाट मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल बिजयी, महिला उपाध्यक्षमा यसमिन वेगम सैयद झिनो मतान्तरले पराजित।

  • ३ कार्तिक २०८०, शुक्रबार १३:३४ मा प्रकाशित
  • काठमाडौँस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो।

    एसपाली साउदीअरब एनआरएनए महिला उपाध्यक्ष र मध्यपुर्ब संयोजक पदका लागि प्रतिस्पर्धामा गएकोमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालले ५९२ मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी कतारबाट के बि. हमाल २६२ ल्याउदै पराजित भएका छन्।

    उता महिला उपाध्यक्षमा भने रोजिना प्रधान १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा साउदी अरबकी यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।

    बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

    डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    संगठनको उपाध्यमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।

    यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।

    संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत पाएका छन्।

    उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रवीन गुरुङ (२१५०) मतसहित विजयी भए।

    ६ सचिव पदमा भीम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोजकुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१) र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन्।

    महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत पाए।

    सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मतसहित निर्वाचित भएका छन्।

    महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत पाइन्।

    अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्।

    संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएन चुनाव, साउदीअरबबाट मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल बिजयी, महिला उपाध्यक्षमा यसमिन वेगम सैयद झिनो मतान्तरले पराजित।

    टुक्का कविता लेखन अभियान श्रृङ्खला- ९७ सम्पन्न

  • १ कार्तिक २०८०, बुधबार ०१:०९ मा प्रकाशित
  • काठमाडाैँ, २८ असाेज
    बडा दशै २०८० को प्रथम दिन घडा स्थापनाकाे अवसरमा यही असाेज २८ गते टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का कविता लेखन अभियान श्रृङ्खला ९७ सम्पन्न भएकाे छ ।
    टुक्का पाठशालामा भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन / प्रशिक्षण टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे भने कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ६२ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
    कार्यक्रमकाे समापन गर्दै संयाेजक चापागाईँले हाम्रा चाडपर्व, संस्कृति हामीले आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ । चाडपर्वकाे नाममा भएका विकृतिहरू हटाउँदै ठुलाबाडाहरूबाट आशीर्वाद थाप्ने, सुख शान्तिकाे कामना गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै टाेल, छिमेक, गाउँ बस्तिहरूमा सबैले दशै तड्क भड्कमा हैन खुसी साट्ने पर्वकाे रुपमा मनाउँ भन्ने आव्हान गर्दै घडा स्थापनाकाे अवसरमा टुक्का साहित्य समाजले आयाेजना गरेकाे विशेष टुक्का कविता लेखन कार्यक्रममा “दशैँ दशा नबनाेस्” भन्ने कामना गर्दै सचेतना मूलक टुक्का कविताहरू सिर्जना गरेर टुक्का साहित्यका माध्यमबाट समाजलाई सुसूचित गर्नु हुने सहभागी सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कल गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    खुसी साटेर मनाउँ दशैँ तड्क भड्क छाेडेर
    गच्छे हेरी व्यवहार गराैँ हुन्न मन माेडेर ।
    २.
    चाड मान्दा घरखेत गुम्याे भन्न नपराेस्
    खुसी साट्दै मनाउँ दशैँ याे दशा नबनाेस् ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    गच्छे अनुसार खर्च गरौँ देखासिकी त्यागौँ,
    पर्वको गरिमा के हो ? जोगाउन तिर लागौँ ।
    २.
    ऋण गरेर दसैँ मानेमा  पछि होला रुने,
    सुम्पी सम्पत्ति साहुलाई सडकबासी हुने ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    दसैँ यो दशा नै नहोस् है कसैमा
    खुसी शान्ति छाओस् यहाँका सबैमा।
    २.
    गरौँ खर्च आफ्नो छ औकात जस्तो
    नहोस् ढाड सेक्ने बनोस् वस्तु सस्तो।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [४]
    १.
    दशैँ आयो तिहार पनि नजिकै छ भन कसो गरौँ,
    हुँदा खानेहरू अनावश्यक खर्चबाट  सधै डरौँ।
    २.
    न खेलौँ जुवा न पिउँ मदिरा स्वस्थ समाज याे बनाऊँ,
    संसारमा आफूलाई सभ्यबनी चिनाउँ सम्मान पाऊँ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [५]
    १.
    जहाँ छौं हामी त्यहीँ रही खुसी साथ दशैँ मनाऔँ,
    हिन्दु हौँ हामी महान चाडमा हार्दिकता जनाऔँ।
    २,
    देखासिकी नगरौँ है महान चाड मान्नलाई,
    फजुल खर्च नै समाजको प्रतिष्ठा ठान्नलाई।
    ✍️ प्रदीप के रिमाल
    इटहरी,सुनसरी।
    [६]
    १.
    देखासिकी नगरौँ ,मनाऔँ चाड हर्षले,
    उल्लास हौसला प्रगति ल्याओस् यो पर्वले ।
    २.
    भेटघाट रमाइलो खुसी साटासाट आशिष् लिने,
    नवदुर्गा, शक्तिपीठ  पूजाआजा भाव भक्ति दिने ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [७]
    १.
    शरद् ऋतु भन्छ हाँस्दै, अन्नवाली फुलोस् फलोस्
    घरघरमा सबको दसैँ, नव दीप बलोस् ।
    २.
    वैरभाव अशान्ति सबै, लखेटिउँन् खोलै खोला,
    दसैँमा दशा नफर्के त कति, प्रिय हुन्थ्यो होला।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [८]
    १.
    वर्ष दिनमा आउने दशैँ हो नेपालीको महान् पर्व
    आपसमा सद्भाव साटासाट गर्दा धेरै लाग्छ गर्व ।
    २.
    सधैँ आउने यस्ता चाडपर्वले रौनक लिई आउन् ।
    ढोँगी होइन, समाजमा यिनले मौलिकता बचाउन्  ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [९]
    १.
    दशैँ मानौँ है सबैले नै नवदुर्गा भवानीको प्रसाद लगाएर,
    प्राणीलाई काटमार नगरौंँ रक्षा गरौँ दुर्गा भवानी जगाएर।
    २.
    दशैँ पर्व आएर कसैलाई दशा नबनाओस्
    आ-आफ्नो गच्छे अनुसार सबैले दशैँ मनाओस्।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१०]
    १.
    मिलेर मनाउनु छ, बडा दशै यसपाली,
    सुख शान्ति ल्याउनु छ,कुविचार सबै फाली।
    २.
    मादक पदार्थ नपिउँ, समाजमा सभ्य बनौँ,
    दुई दिनको जिन्दगीमा, हराएको सुख खनौँ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि-३, धनकुटा
    [११]
    १.
    दशैँलाई बनाउँ सद्‌भाव बाँड्ने पर्व,
    देशको सँस्कार संस्कृति नै हाम्रो गर्व।
    २.
    सादा अनि सरल चाड यो बन्नु पर्छ,
    तडकभडकले धेरै असर गर्छ।
    ✍️ पुष्पा राई
    खोटाङ।
    [१२]
    १.
    ऋणमा कहिल्यै नमनाउनु दसैँ पर्व
    जे छ आफूसँग उसैमा गर्नुपर्छ गर्व।
    २.
    हौसला र उमङ्गको यो दसैँ पर्व हाम्रो
    सारा नेपालीले खुशियालीले मान्नु राम्रो।
    ✍️ शिव कुमार रेग्मी
    पोखराथोक, पाल्पा
    [१३]
    १.
    आऊ हामी मिलेर मनाऊँ
    दशैँ हाम्रो संस्कृति जगाऊँ ।
    २.
    दशैँ यो सबैको हितमा खुशी बनोस्
    कसैको दशा बनेको यहाँ नकहोस् ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    [१४]
    १.
    सदियौँ देखि परम्परा दसैँ दानवको भक्ष,
    दशैँ दशा नबनोस् यही नै छ है सबको लक्ष।
    २.
    जति कठिन परे पनि गर्नै पर्छ सामना,
    असी सालको दशैँको सबैमा शुभकामना।
    ✍️ अम्बिका गिरी
    काभ्रे
    [१५]
    १.
    गर्नु हुन्न है रबाफ रिण काढेर
    जानुपर्ला परदेश देशै छाडेर ।
    २.
    हैसियतले जती सक्छ त्यती खर्च गरौँ
    देखासिकी गर्नु हुन्न यही सन्देश छरौँ ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [१६]
    १.
    दशैँ मान्दा  मस्तसँग जुवा तास खेल्दा
    रुनु पर्ला भाेलि थाप्लामाथि ऋण झेल्दा।
    २.
    दशैँमा रमाऔँ सद्भावमा मितव्ययी बनाैँ,
    माेजमस्तीले ओछ्यान पर्दा अभागी नभनाैँ ।
    ✍️ निरज कोइराला 
    बेलका १ उदयपुर, हालः इटहरी
    [१७]
    १.
    देखासिकीको विराट रुप नबनाउनुस्
    सक्दो साधारण रुपमा दशैँ मनाउनुस्।
    २.
    चाडपर्वको नाममा कुरीति धेरै चल्छ सकिन्जेल
    दशैँ, दशैँ जस्तो भएर आउदैन रहेछ अचेल।
    ✍️ बि.कुलुङ “रंगबुले”
    दार्जिलिङ, भारत
    [१८]
    १.
    दशैँ मान्ने बहानामा हामी ऋणमा डुब्नु हुन्न
    थालिसके छिमेकिले फसाउँने जाल बुन्न।
    २.
    समयमै सचेत बनौँ देखासिकी छोडौँ
    यो दशैँमा धनमा होइन मनमा मन जोडौँ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [१९]
    १.
    ठुलै खसी हेर्ने हैन हेरौँ साग पात
    हाँसीहाँसी दशैँ मानौँ मिलाएर हात।
    २.
    अर्को साल के हुने हो कस्लाई थाहा छ र?
    परदेशको युवाहरू आउँदैनन् घर ।
    ✍️ सञ्जना शर्मा
    दाङ लमही
    [२०]
    १.
    गरिबलाई झन् ऋणमाथि ऋणको भारी बोक्न नपरोस्
    जे जस्तो छ खुसी भई रम्नु चाडमा दसैँ दशा नबनोस्।
    २.
    हुने खाने र हुँदा खानेको चाडपर्व नै हुन्छ फरक
    मितव्ययीले आयव्यय मिल्छ दुःखी बने हुन्छ नरक।
    ✍️ बाबुकाजी श्रेष्ठ
    मन्थली १, रामेछाप
    [२१]
    १.
    जे छ आफूमा त्यसैमा रहेर रमाउने गर्नुपर्छ
    चाडबाड आउँदै गर्छन् सन्तोषले मन भर्नुपर्छ।
    २.
    आजैबाट शुरु गरौँ दशैँ नबनोस् दशा भनि पहल
    सबै मिलि तोडौँ अब मन भित्रको घमण्डको महल।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२२]
    १.
    दशैँ मनाउ हर्ष र उमङ्ग छरी
    आफन्त जन सबैसँग भेट गरि।
    २.
    फजुल खर्चले दशैँ याे दुर्दशा नबनाेस्
    आहा कति भव्य र सभ्य भयो दशैँ भनाेस्।
    ✍️ राज कुमार  राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
    [२३]
    १.
    दशैँ साँच्चिकै दशैँ बनोस् दशा नबनोस्,
    विकृति र विसङ्गतिको बाटो नखनोस् ।
    २.
    नव दुर्गा भवानीकाे सदा दृष्टि पराेस् ,
    सुख शान्ति समृद्धिले नित्य बास गराेस् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२४]
    १.
    निधारमा त्यो रातो टीका देख्दा जल्नेहरू
    चुपचाप  बस अर्कैको  खुट्टा  मल्नेहरू।
    २.
    सम्झन्छौ गाउँघर कोरोना र दशैँको बेला
    अरु बेला गाउँ-गाउँले सधैँभरिको हेला ।
    ✍️ गणेश नेपाली
    पाल्पा
    [२५]
    १.
    दु:ख सुख जे जस्तो भए पनि खुसी दशैँ मनाओैँ,
    नेपाली हाैँ हामी हाम्रो संस्कृतिकाे महत्व जनाओैँ।
    २.
    हामी नेपालीहरूकाे हाे याे महान् चाड दशैँ पर्व,
    दु:ख सबै भुलेर मनाओैँ लिएर मनैमा गर्व।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [२६]
    १.
    यो साल पनि फेरि दसैँ आयो
    गरिबको घरमा ॠण ल्यायो।
    २.
    यता खर्च उता खर्च के गर्नु
    चाहना एउटै छ खुसी छर्नु ।
    ✍️ प्रफुल्ल भण्डारी
    धरान सुनसरी।
    [२७]
    १.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउँ
    घर गाउँमा यहीँ सन्देश जनाउँ ।
    २.
    दशैँ दशा नबनोस्  घरमा कसैको
    हाँसी खुशीका साथ आओस् है सबैको।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [२८]
    १.
    असत्य सामु सत्यले जितेकाे दशैँ पर्व
    सुख दुख गरेर मनाउँदै गराैँ गर्व ।
    २.
    घाँटी हेरेर हामी सबले हड्डी निल्नु पर्छ
    चिचि पापा र नानाले गरिबकाे खुसी हर्छ।
    ✍️ खुनराज काेइराला
    सिद्दलेक ३ गैरीगाउँ, धादिङ
    [२९]
    १.
    दशैँ दशैँ बनोस घर घर खुसियालीमा रमोस्
    दशैँ दशा बनेर कोही कसैको घर नरुवाओस् ।
    २.
    जे छ रम्छ खुलेर सब जन मिले सबको भावना
    रमेर मनाउ दशैँ सबलाई यही शुभकामना ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङवजार, हाल काठमाडौ ।
    [३०]
    १.
    नचढोस् कसैमा पनि तडक भडकको नसा
    औकात हेरी  खर्च गरेमा बन्दैन दशैँ दशा ।
    २.
    गच्छे अनुसार खर्च गरी मनाऔँ  चाडबाड
    सादापनले तर्काउदै पाहुनाहरूको  गाड ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [३१]
    १.
    असत्य माथि सत्यको विजय मानिन्छ दशैँ पर्व
    नवरात्री दुर्गाको पूजा गरेर गर्छौ हामी गर्व।
    २.
    लिन्छौ आशिर्वाद मान्यजनको थापी जमरा टीका
    देखावटिपन अङ्गाली नबनोस् ठुलो चाड फिका।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [३२]
    १.  
    दशैँले नबिगारोस् दशा
    खाने निहुँ नबनोस् नशा ।
    २.
    आफ्नो धर्म अनि संस्कृति जनाऊँ
    सरल तरिकाले दशैँ मनाऊँ ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके
    [३३]
    १.
    आफ्नो औकात अनुसार चाड मनाऊ
    संस्कार र संस्कृतिलाई सभ्य बनाऊ।
    २.
    दशैँ तिहार पर्व दशा नहोस् यहाँ
    सदा संस्कृतिमा मौलिकता होस् जहाँ ।
    ✍️ दुर्गा भट्टराई
    माेरङ
    [३४]
    १.
    युद्ध नछेडाेस्, विश्व जगतमा शान्ति छाइरहाेस्,
    सम्पूर्णले प्रेम र साैहार्दकाे गीत गाइरहाेस् ।
    २.
    जिन्दगीमा दुःख कष्ट, अब कसैलाई नपरोस्,
    रमाउँ उमङ्गले सबै, याे दशैँ दशा नबनाेस् ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, काेशी प्रदेश
    [३५]
    १.
    आआफ्नाे गच्छे अनुसार मान्नुपर्छ चाडपर्व,
    दशैँ हाम्रो संस्कृति हाे मनाउनुमा लाग्छ गर्व ।
    २.
    परम्परा ,चालचलन ,रीति रिवाज जाेगाआैँ सहर्ष
    मितव्ययी बनी दशैँ मनाउनेछाैँ यही हाम्रो निष्कर्ष।
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ
    [३६]
    १.
    घर-घर र चोक चोखिन्छन् रङ्गिन छन् अब,
    फैलियाेस् दशैँ सँगै याे देशमा वैभव सब।
    २.
    दशैँ पर्व याे दशा नबनोस् कठैं ! बरै ! कोही कसैलाई,
    उन्नति प्रगति र दिर्घायुको शुभकामना सबैलाई ।
    ✍️ देव मगर तिनाउ
    कचल,पाल्पा
    [३७]
    १
    जय दुर्गा जगत् माता सर्वमङ्गल कारिणी,
    बैरी संहार कारिणी अस्त्र शस्त्रादि  धारिणी।
    २
    मङ्गल दायिनी माता दु:खदर्द घटाउने,
    सबैलाई खुसीराखी राेगव्याध हटाउने ।
    ✍️ शम्भु गजुरेल
    सिन्धुली
    [३८]
    १.
    हजारौ हजार मान्छेको भिडमा कति सङ्घर्षमा पुर्छौ
    कामको खोजी गर्दागर्दै नि ठुलाबडालाई कति कुर्छौ।
    २.
    भन्नेले जे जे भनेपनि आफ्नो बाटो हिड्न कहिल्यै नछोड्नु
    परिश्रमको फल पाउँदा नराम्रो काममा मन नमोड्नु ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    १.
    जिन्दगीका कठिनाई यात्रा भएछ पीर
    दु:खमा आफ्नैले बारबार दिएछ तिर ।
    २.
    जुधेछ नजर क्या छ एकान्तका मात
    मुस्कुराउदै यी ओठ मिठा थिएँ बात ।
    ✍️ दीपा शाही  रावत
    कैलाली  ।
    [४०]
    १.
    नगरौँ है तडकभडक उत्सव चाडबाड,
    हाेसियार घाँटी हेरेर मात्र निल्नु पर्छ हाड ।
    २.
    रमाउँदा  चढ्न नदिनु है जाँड रक्सीकाे नशा
    रहरमा होस गुमाउँदा दशैँ नहोउन् दशा ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४१]
    १.
    उमङ्ग र खुशीयाली फर्काओस् यो दशैँले सबैको जीवनमा
    दशैँ दशा नबनोस्, ईर्ष्या र द्वेष हटी स्वच्छता आओस् मनमा ।
    २.
    विगतमा जसरी नै सबले मिलेर दशैँ मनाऔँ
    राष्ट्रीय पर्व मानी हामी सामाजिक सद्भाव बढाऔँ ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    [४२]
    १.
    मनका चाह पुराहोस्
    यो दसैँ दशा नबनोस् ।
    २.
    घर लिपेर हर्साेल्लास साथ जमरा छरेर
    याे दशै मनाउँ दशा नसम्झी उमङ्ग भरेर ।
    ✍️ रिता खराल
    रूपन्देही
    [४३]
    खुशीको पर्व दशैँ खुसीकाे नदी बगिरहोस्
    जो जहाँ भए पनि मनमा मन मिलिरहोस् ।
    ✍️ डा.सावित्री श्रेष्ठ
    काठमाडाैँ
    [४४]
    बलि हटोस् काटमार नहोस् सबै शुभ होस्,
    दुःख साटौँ खुसी बाँडाैँ दशैँ दशा नबनोस्।
    ✍️ खग्रास
    [४५]
    मनाऔॅ दशैँ दिल खोलेर, तर दशा नबनोस्
    सबैका घर घरमा खुशी छाओस्, दु:ख नरहोस् ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४६]
    आफ्नो अस्तित्व आफै कहोस्
    दसैँ अझ दशा नबनोस् ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [४७]
    हुने खानेको लागि मात्र आउनु हुन्न दशैँ
    हुँदा खानेको लागि नहाेस् दशैँले गर्दा बसैँ ।
    ✍️ उमा गौतम
    काठमाडौँ
    [४८]
    घाँटी हेरी हाड निलौ यो दशैँमा ,
    दुख कष्ट नपरोस हामी कसैमा ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनककाई ४ झापा
    [४९]
    दसैँ नै त हो नि सबै नेपालीका परिवारको आशा
    राजनीतिले नबिगार बुज्रुक हो यस्काे राम्रो भाषा ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५०]
    दुख खियाएर सुखकाे अनुभव दिएर जाउ
    ए दशैँ! नबनि दशा हाँसाे र खुसी लिएर आउ ।
    ✍️ सागर आँसु
    डाेटी
    [५१]
    महान् पर्व याे दशैँ उत्साह, उमंग लिएर आओस्
    शक्ति अनुसार मानेर हामी सबैमा खुसी छाओस्।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    गच्छे अनुसार मनाउ दशैँ नमनाउ मागेर
    दशैँ नसकिदै कसैले नि जान नपरोस् भागेर ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [५३]
    सबैको मन भित्र हर्ष उमङ्ग छाओस्
    यस वर्ष पनि दसैँ, मनाउन पाओस् ।
    ✍️ सम्झना थापा मगर
    स्याङ्जा
    [५४]
    १.
    दशैँमा सबै खुशी देखुँ दुख सुन्न नपराेस् कसैको घरमा पनि,
    हिँड्न पाउन सबै परिवार हाँसी खुसी भएर आनन्दित बनि।
    २.
    दसैँ आओस् सबैकाे घरमा दशा नआओस् कुनै ठाउँमा ,
    रमाइलो गर्दै सबैकाे घरमा फर्केर जाउन् गाउँमा ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चाेक
    [५५]
    १.
    खुसी भई बिताेस् सबैकाे दशैँ पीडाले नखनाेस्
    रिनमा डुबी गरिबलाई दशा चाहीँ नबनोस् ।
    २.
    मारकाट छाेडाै याे दशै अब फरक बनाऊँ
    साकाहारी भई खुसी साट्दै हामी दशैँ मनाऊँ ।
    ✍️ रश्मि रिमाल
    झापा
    [५६]
    घाँटी हेरी हाड निल्नुपर्छ रे फजुल खर्च गर्न हुन्न
    मितव्ययी अपनाई मनाउँ दशैँ ऋण राेगले छुन्न ।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५७]
    १.
    दशैँ के हाे? किन मान्ने यही कुरा खाेजाैँ,
    हत्या हिंसा न गर्ने कि? सत्य मार्ग राेजाैँ ।
    २.
    दशैँ सधैँ दशा बन्छ गरिब वर्ग माथि,
    सम भावमा बाँच्न सिकाै यही बिन्ति साथी ।
    ३.
    पञ्चबलि भन्दै पशुपन्छी काट्न हुँदैन कहिले ,
    काम, क्राेध, लाेभ, माेह र अहङ्कार फ्याँकाैँ जहिले ।
    ✍️ जी.वि.चिन्तन
    घाेराही-१४ दाङ
    [५८]
    १.
    ॠणको भारी बोकेर गर्नु नपरोस् सामना,
    दशैँ दशा नबनोस्  सबैलाई  शुभकामना।
    २.
    ॠण गरेर मनाउने  हैन यि चाड पर्व,
    आफूसँग भएको चिज मै गर्नुपर्छ गर्व।
    ३.
    नआओस् कसैका घरमा  दशैँ दशा बनेर,
    हिड्न नपरोस्  कसैले पनि  वेदना भनेर।
    ४.
    चाडपर्वले चारैतिर खुसी ल्याउने गर्छ,
    गरिबको घरमा पनि दशैँ आउनु पर्छ।
    ५.
    जे छ मिठो पोठो त्यसलाई बनाएर खाँऊ,
    दशैँ आयो टिका लाउन मामा घरमा जाँऊ।
    ६.
    दशैँ आयो  लगाउन  जाँऊ जमरा  र टिका,
    शुभकामना बडादशैँ नबनोस्  कहीँ फिका।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    गोदावारी, ललितपुर।
    [५९]
    १.
    घर टाढा जानुछ दशैँमा झुण्डियर यात्रा नगरौँ
    बिस्तारै जाँदा अवश्य पुगिन्छ दशा लागेर नमरौँ ।
    २.
    भाडा चर्को छ अहिले आर्थिक मन्दी छ यात्रा दुर्दशा नहोस्
    दिएर खान पुगोस् आशिर्वाद , दुखद समाचार  नरहोस् ।
    ३.
    आफन्तजन आउँदा फर्किंदा सुखद सुन्न पाउँ
    दसैँ फेरि आउँछ जान्छ दशा नहोस् सोचेर खाउँ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ ।
    [६०]
    १.
    ऋणको भारी बोकेर मात्र दशैँ मनाउँदा
    घरखेत ताकि हिडेका छन् साहु भनाउँदा।
    २.
    नयाँ लुगा फेर्छ पल्लोघरको साहुको छोरो
    तेरो खोई भनि बच्चालाई उकास्छ पो मोरो।
    ३.
    साहुसॅंग ऋण मागि बजारमा जाँदा खेरी
    नबुझी घरवाली कान रित्तै छ भन्छिन् फेरि।
    ४.
    बजारको  महॅंगी  मार  सबै  यही  माथमा
    आफ्नो यस्ता कुरा बुझ्ने भएनन् कोही साथमा।
    ५.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउॅंने गरौँ
    सम्पूर्ण जन-जनमा यहीँ नै सन्देश छरौँ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६१]
    १.
    आयाे दशै खुसीले मिलि मिठाे मसिनाे खान
    आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ जान ।
    २.
    दशैँकाे नाममा बढी तडकभडक गर्दा
    ऋणकाे भारी ठुलाे हाेला देखासिकीमा पर्दा ।
    ३.
    जे छ त्यही मिलेर खाउ आफूलाई हेरी रमाउ
    चार दिनकाे दशैँले वर्षभरि दुख नकमाउ । 
    ✍️ सुशीला थापा शिखा
    कागेश्वरी मनहरा, काठमाडाैँ
    [६२]
    १.
    दशैँको पर्व भोलिको दशा नहोस् कहिल्यै,
    हेरेर घाँटी निल्नु हाड सोचेर पहिल्यै ।
    २.
    नपरोस् हिड्न ऋणको भारी बोकेर आँसुमा,
    खेत र बारी सुम्पनु पर्ला दशैँको मासुमा ।
    ३.
    दशैँ नै दशा बनेर भोलि नजावस् जवानी,
    नबनोस् हाम्रो कथा र व्यथा जीवन कहानी ।
    ✍️ विवश पारदर्शी
    झापा

    ::::: जय टुक्का! जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का कविता लेखन अभियान श्रृङ्खला- ९७ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P