“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय सत्ताईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२७————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/०८ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ कुरा नमिले मिलाउनु आफैं। फाटेको मन सिलाउनु आफैं जिन्दगी जिउनु छ जसरी पनि, दुश्मन जति जिलाउनु आफैं। गर्न नसके बिलाउनु आफैं । -सुशीला पौडेल
पञ्चाङ्ग:०२ आउने मिति सर्दै गयो माया पिरती टर्दै गयो अन्त्य बिनाको पर्खाइले पर्खने इच्छा मर्दै गयो एकान्त मन पर्दै गयो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ जिन्दगी कहिले नुहेर बित्ने रहेछ, आँसुले परेली चुहेर बित्ने रहेछ। मनमा आधी हाँसो छ आधी रोदन छ, किन सबै सामु तुहेर बित्ने रहेछ ? अन्धविश्वासले कुहेर बित्ने रहेछ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ गिलो माटोलाई आकार बनाउँदै छु सप्रियोस भनेर पानी खनाउँदै छु परिश्रमको फल त पाइन्छ होला नि , घाँटी सुकाइ अक्षर नै भनाउँदै छु असल नागरिक भनी जनाउँदै छु ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग -०५ कालो मनले त घोच्छ मात्रै कसैलाई छुदैन साहेब रोए जस्तो गरेपनि त्यो कहिल्यै रुदै रुदैन साहेब जबसम्म रुन सक्दैन मन सफा कसरी हुन सक्छ धुन्छ मन आँसुले मात्रै गङ्गाजलले धुदैन साहेब दियो बले मनको अँध्यारोको अस्तित्व हुँदैन साहेब। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ हतियारलाई अङ्गिकार गरियो डरका खातिर महाेदय त्राहिमाम भएर हजुर ज्यान जाेगाउन आखिर महाेदय पीडा अति तिखाे भनिन्छ मर्नु भन्दा बाैलाउनु जाति रे निकाअनन्त उही रहेछ केवल खाए हजुर जागिर महाेदय दिन प्रतिदिन युवाकाे लस्कर लाग्याे झन बाहिर महाेदय । प्रद्युम्न चालिसे
पञ्चाङ्ग:०७ मायामा त हृदयले छुनु पर्छ। दुःख र सुखमा साथ हुनु पर्छ। जीवनमा आखिर के पाे हुन्छ र, एक आपसकाे मैलाे धुनु पर्छ। दुखमा सँगै मिलेर रुनु पर्छ। ह्यारिस
पञ्चाङ्ग०८ खेल्न मन छैन कसैसँग मायाको हाेली खास किन हो किन बाेल्न मन छैन आजभोलि खास जिन्दगी त दुईदिने घाम छाँया न हाे त्यसैले लेख्न खाेज्दैछु म मनको कुरा सबै खाेली खास माया गर्छु भन्नेकाे विश्वास लाग्दैन बाेली खास। राज कुमार राजभण्डारी खाेटाङे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०८/२७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०९[एकसयनौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ सुन्दर फूल फुलेका छन्। मन त्यसैमा डूलेका छन्। हेर्दा राम्रो देखिने फूल, सबैका आँखा झुलेका छन्। आकाश धर्ती खुलेका छन्। सुशीला पौडेल
पञ्चाङ्ग:०२ फूल फुलेर सुगन्ध छर्दै छ हरियालीको रङ्गिन भर्दै छ फूल आफैँमा स्वछन्द हुन्छ नै त्यो स्वच्छता त बोटमा सर्दै छ सुन्दरता हेर्दा अशान्ति हर्दै छ शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग-०३
छेउमा प्रकृति सधैं लठ्ठ पर्दैछ आहा, त्यो सुन्दर फुलले सुगन्ध छर्दैछ आहा। हिमाल पहाड र तराई जता पाइने, घामको लाली किरण त्यतै सर्दैछ आहा, सबैलाई लोभ्याउने मोह गर्दैछ आहा।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ राखेकाे चित्र मलाई साह्रै सुन्दर लागेकाे छ देखेर मेराे मनमा कस्ताे उमङ्ग जागेकाे छ याे सुन्दर दृश्य कसलाई मन पर्दैन हाेला दृश्य हेरेपछि मेराे रातकाे निद्रा भागेकाे छ आँखाले पनि किन हाेला त्यही फूल दागेकाे छ
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०५
हिमालको बुइमा हिउँ देख्छु म त पहराकाे हरियो जिउ देख्छु म त ढकमक्क फूल फुलि बसाएको ठाउँ , धरती सजाउने बिउ देख्छु म त छ सुन्दर शान्तमा घिउ देख्छु म त ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग-०६ एकबारको जिन्दगीमा फूल जस्तै हाँसी देउ है सुवास छर्दै धर्तीमा दुर्गन्ध सबै नासी देउ है देउताले पनि लासले पनि तिम्रो चर्चा गर्नेछन् तिमीले भने सधैं अजम्बरी माया गाँसि देउ है दिन्छु तिम्लाई चोखो माया मुटुभित्रै टाँसी देउ है। -पशपती राई खोटाङ ।
ॐ पञ्चाङ्ग:०७ “”””””””” प्रकृतिको सुन्दर उपहार फूल हजुर महका लागि जुटेको माहुरी हुल हजुर दैवले प्रत्येक जीवलाई नचाउने गर्छ वर्षा लाग्यो भेट्ने गाह्रो भाे छैन पुल हजुर बाध्यता नबुझी रिसाए हुन्छ भुल हजुर । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग,:०८ फूलले चारैतिर सुगन्ध छरेकाे छ कति सुन्दर यो ढकमक्क परेको छ फूल स्वतन्त्रले नै बाँचिरहन्छ सधैँ प्रकृति सौरम्यताले यहाँ भरेकाे छ फक्रेर प्रकृतिलाई सम्मान गरेकाे छ ।।
नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
दाङ, पौष २६ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९४ औँ श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहको समीक्षा कार्यक्रम दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतित्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।
नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले कविता सङ्ग्रहको समीक्षा गर्नुभएको थियो । पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो । प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृति ल्याउन सकेको बताउनुभयो ।
कवि, लेखकले विचार र कलालाई सृङ्गारिक रूपमा कलात्मक ढङ्गले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता सङ्ग्रह पसिनाको पोकोमा वैचारिक रूपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।
कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।
लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य राम प्रसाद जैसी, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा , नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का,समान्तार अनलाइनका सम्पादक छवि पुरी,रङ्गभूमिका टेलिभिजन हुम रेग्मी, नारायणपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी,मदन गिरी, रीमा गाैतम,शान्ता रोका , सुशीला आचार्य, गणेश सुवेदी हरिप्रसाद पौडेल,एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा , देवेन्द्र रिजाल, धनसिंह गिरी,हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा,गिरिराज खनाल,अनिल गिरी, लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
प्रवासी नेपाली एकता समाज साउदी अरबले पृथ्वीनारायण शाहको जन्मजयन्ती (पृथ्वी जयन्ती) तथा राष्ट्रिय एकता दिवसको अवसरमा साउदी अरबको दमाममा रहेको सीको स्थित होलिटे रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम भव्यरूपमा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा बिभिन्न संघसंस्था राजनीतिक पार्टीका भ्रातृ संगठनका प्रतिनिधिहरू लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सोचेभन्दा भव्य रुपमा सफल बनाउन विभिन्न संघसंस्था लगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउन हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पानसका अध्यक्ष कुबेर हुमागाईंले धन्यवाद ज्ञापन पनि गर्नुभयो।
साउदी अरब सरकारले आगामी दिनमा एक्जिट भिषाको लागि न्यूनतम 30 दिनको भिषा अवधि हुनुपर्ने जानकारी गराएको छ।
जवाजतले रोजगारदाता तथा फेमिली डिपे्डेन्ट भीषामा रहेकाहरूको हकमा इकामाको अवधि ३० दिनभन्दा कम भएमा एक्जिट भिसा जारी गर्नको लागि सम्पर्क गर्नु अघि इकामा नवीकरण गर्न आग्रह गरेको छ।
पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।
साउदी अरबको पुर्बि क्षेत्रमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।
मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् ।
उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुने छ।
प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थप गाउँका निवासी ३८ वर्षीय अर्जुन सार्की रहेका छन । उनको बुधबार राती सुतेकै अवस्थामा मृत्यु भएको मृतकका साथी अजय खनालले जानकारी दिएका छन ।
अर्जुन ३८ महिना अगाडि काठमाडौं स्थित MONTEJ मेनपावरमार्फत साउदी अरब गएका थिए । उनी त्यहाँको लोजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए। अर्जुनले कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेका उनलाई बिहीबार बिहान साथीहरूले मृत अवस्थामा फेला पारेका थिए।
मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन साउदी स्थित नेपाली दूतावास, संघ संस्था, र नेपाल सरकारसँग आग्रह गरेका छन्। मृतक अर्जुनको घरमा आमा, श्रीमती र दुई सन्तान छन्।
वीरगञ्ज : शिव शक्ति घ्यू उधोग प्रा लि द्वरा सहयोग प्राप्त १० सेट बेन्च डेस्क ,उपकार सेवा नेपालले ,श्री नेपाल रेडक्रस आधारभूत विद्यालय वीरगंज ३१ लक्ष्मीपुर लाई सहयोग गरियो ।
यो प्रशंसनीय कार्य गर्नु भएकोमा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारको तर्फबाट श्री उपकार सेवा नेपाल संस्थाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई स्वागत एवं प्रशंसा पत्र सहित हृदय देखि धन्यवाद व्यक्त गरिएको छ। सो कार्यक्रमका प्रमुख अतिथि वी म न पा – ३१ का वडा अध्यक्ष: जितेन्द्र प्र यादव, बिशिष्ट अतिथि उपकार सेवा नेपाल संस्थाका अध्यक्ष : विद्या कुमारी सरावगी,सदस्य पदमा देवी सरावगी सुमन बगेडिया,अंकुर शर्मा र श्री शिव शक्ति घ्यू उध्योग प्रा लिका प्रशासकिय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू तथा अतिथि वज सदस्य विरेन्द्र राय थारू , समाजसेवि बालेश्वर गौरो, प्रधानाध्यापक लक्षुमन प्रसाद साह शिक्षक शिक्षिका विद्यार्थी भाईबहिनि हरु पत्रकार समाजसेवी लगायतको उपस्थितिमा शिव शक्ति घ्यू उधयोग प्रा लि को आर्थिक सहयोगमा प्राप्त १० सेट बेन्च डेस्क हस्तान्तरण गरि सम्पन्न गरिएको छ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/०१ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अरु सुखले बसेको देख्छन् यहाँ। सम्झाउँदा नि डसेको देख्छन् यहाँ। राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन् खुसीमा आँसु खसेको देख्छन् यहाँ। बाध्यताले नै कसेको देख्छन् यहाँ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ अन्याय र अत्याचारमा मर्नु हुन्न, दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न। समाजमा विकृति आएको छ यस्तो , आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न, फेसनको नाम इज्जत हर्नु हुन्न।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ अति भयो केही त कुरा बोल न त्यो मनमा के छ अब त खोल न पक्कै मुटु छ ढुङ्गा त छैन माया कहिलेकाँही त मिठास घोल न कति हार्छौ तिमी प्रेमले गोल न। -शोभा आचार्य गौतम काठमाडौँ पञ्चाङ्ग:०४ अब त अतिनै भो बोल्नु पर्छ मन भित्रका बह खोल्नु पर्छ भन्दै नभनेमा के थाहा हुन्छ , बिस्तारै मनोभाव छोल्नु पर्छ घात गर्नेलाई त पोल्नु पर्छ ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५ भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु । जनजीवन तर्साउँदै सर्वत्र छाएको छु। मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ? आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।
भवानी घिमिरे सर्लाही ।
ॐ पञ्चाङ्ग:०६ इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग :०७ प्राण हुनेको एक दिन हरण पक्कै थाहा हुन्न पाइने नयाँ वरण पक्कै सुकर्म गरौं फलको चिन्ता होला किन ? सेवामा समर्पित प्रभु चरण पक्कै आत्मा शान्ति तन प्रभुको शरण पक्कै। कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
👉पञ्चाङ्:०८ भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ गर्न सक्ने सबैकुरा मिलाएर आऊ सफलताको योग फेरि फेरि आउँदैन जोडजाड टुक्राटाक्रि सिलाएर आऊ यथार्थले झूटलाई बिलाएर आऊ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०९ जति दियो नि उति नै पाइन्छ माया मागेर हैन दिएर लाइन्छ माया न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ बरु आफ्नै बलि पो चढाइन्छ माया खानु परे बिष आफैं खाइन्छ माया। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१० तिमी पिउने पानी बन्नु प्रिया। मेरो आँखाको नानी बन्नु प्रिया। जीवन राम्रो गरि बिताउन, सधैं मायाको खानी बन्नु प्रिया दुष्टको लागि हानी बन्नु प्रिया। ह्यारिस