• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई ‘विजय स्मृति अग्रज लघुकथा सम्मान- २०८२’ प्रदान गरिने

  • ४ कार्तिक २०८२, सोमबार ०५:५३ मा प्रकाशित
  • वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई ‘विजय स्मृति अग्रज लघुकथा सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे । कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा मञ्चले यसै वर्ष यस पुरस्कार तथा सम्मानको स्थापना गरेको थियोे ।

    आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।

    मञ्चले दिएको जानकारी अनुसार यस वर्षको पुरस्कार रकम कीर्तिशेष विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसे एवम् परिवारको चाहना अनुरूप उहाँहरूले नै व्यवस्थापन गर्ने बुझिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, वसन्त अनुभव

    सिर्जना साँस्कृतिक समुह साउदी अरबियाद्वारा शुभदीपावालीको शुभकामना आदानप्रदान ,देउसी भैलो कार्यक्रम गर्दै

  • २ कार्तिक २०८२, शनिबार २०:३८ मा प्रकाशित
  • रियाद, साउदी अरब ।

    नेपालीहरुको महान पर्व दशैं तथा शुभ दिपावलीको पावन अवसर पारेर यहि आउँदो अक्टोबर २४ तारिक शुक्रबारका दिन साउदी अरबियाको होटल यास्मिनमा सिर्जना साँस्कृतिक समुह द्वारा शुभदीपावालीको शुभकामना आदानप्रदान ,देउसी भैलो तथा स्थानिय कलाकार द्वारा विविध साँस्कृतिक प्रस्तुति कार्यक्रम” भव्य रूपमा आयोजना गरेको छ ।

    सिर्जना साँस्कृतिक समुह साउदीले नेपालीहरुलाई आफ्नो चार्डबार्ड र संस्कृतलाई उजागर गर्ने उद्देश्यका आयोजित उक्त कार्यक्रममा साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

    यसै पावन अवसरलाई मध्यनजर गर्दै “२०११ साल देखि निरन्तर हाम्रो कला – साँस्कृति ,सिर्जना बचाउने अभियान” हाम्रो कर्मभुमीमा भन्ने मुल नाराका साथ अगाडि बढ्दै आएको साँस्कृति समुहको चौंथो अधिवेशन समेत हुन लागेको उक्त समुहले जनाएको छ भने बिबिध कला ,साँस्कृति , सिर्जनामा आबद्ध हुन चाहने नेपाली दाजुभाई दिदिबहिनी तथा साथीहरूले यथासिघ्र सम्पर्क गरि समुहमा आबद्द हुन पनि अनुरोध गरेको छ ।

    हाम्रो कला ,साँस्कृति तथा सिर्जना संरक्षणमा योगदान दिन र साझा पहिचानलाई मजबुत बनाउन, सम्पूर्ण नेपालीहरुको उपस्थिति महत्वपूर्ण रहेको जानकारी गराउँदै कार्यक्रममा उपस्थित हुन सम्पर्कका लागि आफ्नो समुहको सम्पर्क नम्बरहरु पनि सार्बजनिक गरेको छ ।

    कार्यक्रम विवरण च –

    स्थान: होटल यास्मिन, रियाद, बथा साउदी अरेबिया
    मिति: २४ तारिख
    समय: दिउँसो १२ बजे देखि साझँ ७ बजे सम्म

    सम्पर्क व्यक्तिहरु
    अमृत पौडेल-056 056 4003
    दीपक रेग्मी-059 984 1724
    नागेश तामाङ -054 130 7153
    कमल शाहि -053 978 1398
    भीम बिश्वकर्मा -0570240353
    संजोक पाण्डे -0544131826
    राज चेम्जुङ लिम्बु – 054 506 0749
    लाल सिर्पाली -0575384157
    राज यात्री -0597964642
    अ्मृत घिसिङ -057 052 0332

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदी अरबको जेद्दामा देउसी-भैलो कार्यक्रम २०२५ आयोजना हुँदै

  • १ कार्तिक २०८२, शुक्रबार १९:३१ मा प्रकाशित
  • जेद्दा । साउदी अरब।

    गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरब (NRNA, RCC, JEDDAH, KSA) को आयोजनामा २४ अक्टोबर २०२५ तदनुसार २०८२ साल कार्तिक ७ गते शुक्रबार का दिन नेपालीहरूको महान् पर्व दशैं तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम – २०२५’ आयोजना हुने भएको छ ।

    नेपालीहरूको महान पर्व दशैं तथा शुभ दीपावली को अवसर पारेर विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको उक्त कार्यक्रममा संघले साउदी अरबमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उल्लेखित स्थान र समयमा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।
    अक्टोबर २४ तारिख शुक्रबार हुने उक्त कार्यक्रम साउदी अरबको जिद्दास्थित लक्की दरबार रेस्टुरेन्ट सरफियामा दिनको १ बजेदेखि सुरु हुने जनाइएको छ।

    विगतका वर्षहरूमा पनि यस्तै कार्यक्रमहरू गर्दै नेपाली दाजुभाईहरूलाई आफ्नै चाडबाडको अनुभव महसुस गराएको संघले जनाउँदै गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबले यो वर्षपनि उक्त कार्यक्रम आयोजना गरेको जनाइएको छ। कार्यक्रममा उपस्थित हुनुभएका दाजुभाई तथा दिदीबहिनीहरूलाई भरपुर देउसी भैलो संस्कृतिक कार्यक्रमले मनोरञ्जन दिनुको साथै नेपाली परिकारहरू सेल रोटी तथा खानाको पनि व्यवस्था रहेको आयोजक संघले जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    आइजिपी खापुङको दृढ अडान : “राजनीतिक दबाबमा गिरफ्तारी सम्भव छैन” 

  • २१ आश्विन २०८२, मंगलवार १८:५८ मा प्रकाशित
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीसहित तीन सुरक्षा निकायका प्रमुखले असहमति जनाएका छन्। बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको चारवटै सुरक्षा प्रमुखहरुको बैठकमा ओली र लेखकलाई पक्राउ गर्ने विषयमा गम्भीर ढंगले छलफल भएको थियो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए। छलफलमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले उनीहरुलाई पक्राउ गर्ने विषयमा प्रष्ट भाषामा विमति राखेको विश्वस्त स्रोतले जानकारी दियो।

    (आइजिपी) चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष खुलेर भनेका थिए –
    “प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, राजनीतिक दबाबका आधारमा गिरफ्तारी गर्नु प्रहरीको धर्म होइन। यदि प्रमाण र कानूनी प्रक्रिया पूरा नगरी पक्राउ गरियो भने यसको दीर्घकालीन असर अत्यन्त गम्भीर हुनेछ।”

    उनले थपे, “आज हामी ओली र लेखकलाई पक्राउ गर्छौं भने भोलि यही मिसाल देखाएर जो कोहीमाथि पनि राजनीतिक प्रतिशोधका आरोपमा गिरफ्तारी गर्न सकिने बाटो खुल्छ। यस्तो कदमले न्याय प्रणाली र सुरक्षाको विश्वसनीयता नै ध्वस्त पार्छ।”

    खापुङले जेनजी आन्दोलनको सन्दर्भसमेत उठाउँदै भने, “त्यो समयमा म पनि प्रहरी प्रमुखको जिम्मेवारीमा थिएँ। यदि त्यस आन्दोलनमा दमन भएको भनी जाहेरी पर्‍यो भने ममाथि पनि मुद्दा आउन सक्छ। त्यस अवस्थामा के गर्ने? प्रहरी प्रमुखमाथि मुद्दा दर्ता गरेर सरकार चलाउने कि कानूनी प्रक्रिया हेर्ने?”

    उनका अनुसार प्रहरी संस्थाले कुनै पनि व्यक्ति, चाहे ऊ पूर्वप्रधानमन्त्री किन नहोस्, कानूनी प्रमाणबिना पक्राउ गर्न नपाउने स्पष्ट अडान लिएको छ।

    बैठक अन्त्यतिर खापुङले पुनः जोड दिए –
    “यदि सरकारले कानूनी आदेश ल्याउँछ भने प्रहरी त्यसको पालना गर्न तयार छ, तर मौखिक निर्देशन वा राजनीतिक दबाबका आधारमा गिरफ्तारी सम्भव छैन।”

    Posted in मुख्य खबर, राजनीति

    धनगढी To काठमाडौँ

  • १९ आश्विन २०८२, आईतवार १८:४८ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य
    धनगढीदेखि काठमाडौँ जाने पुरानो, थोत्रो बस खचाखच भरिएको थियो। खाल्टाखुल्टी, खोलानाला, हिमाल र पहाडको खोचहरू पार गर्दै त्यो बस काठमाडौँसम्मको गन्तव्यतर्फ लम्कँदै थियो।
    आफ्नो सिट संख्याभन्दा धेरै यात्रु गाडीभित्र राखेकाले वा पुरानो गाडी भएकाले होला गाडीको गति धीमा थियो।
    गाडीमा यात्रारत यात्रुहरूमध्ये केही बुढा बुवाआमा यात्रुगनहरुले आफ्नै भाग्यलाई कोस्दै “भाग्यमै यो थोत्रो गाडी परेको रहेछ हामीलाई त,…. भन्दै हुनुहुन्थ्यो। उक्त बसमा करिब दश–पन्ध्र जना युवा पनि थिए — प्रायः १५–२५ वर्ष उमेर समूहका — जो नौलो सोच र उग्र जोशले भरिएका थिए।

    उनीहरूलाई बसको अवस्था र गति मन परिरहेको थिएन; अझ साँच्चै भन्ने हो भने त ड्राइभर सिटमा बसेका बुढा चालकप्रति उनीहरूको विश्वास कतै थिएन।
    धनगढीदेखि अगाडि बढेको बस जसरी—तसरी बामे सर्दै— कोहलपुरसम्म आइपुगेको थियो। तर गाडीको गति र अवस्था हेर्दा उनीहरू असन्तुष्ट थिए। बाटैमा गाडी रोकेर ती युवा आक्रोशमा झन् झन् उग्र भए: चालकलाई सिटबाट थुत्दै अपमानजनक तरिकाले घिसार्न थाले।
    गाडीमा एकछिन माहोल बिग्रियो। त त म म भन्दै तथानाम गालीगलोज ओहोरदोहोर चल्यो अनि त्यही रिसको आवेगमा उनीहरूले गाडीमा रहेको अतिरिक्त टायर जलाइदिए, सबै सिसाहरू फुटाइदिए र केही सिटहरू पनि तोडफोड गरे। यो ताण्डव देखेर बसभित्रका वृद्धहरूले शान्त स्वरमा बिन्ती गरे — “भाइहरू, तोडफोड नगर, आगजनी नगर; यो गाडी हामीलाई गन्तव्यसम्म पुर्‍याउन चाहिन्छ। यदि तिमीहरूलाई चाहियो भने तिमीले चाहेको मानिसलाई चालक सिटमा राखिदेऊ र गाडीको चाबी पनि तिमीहरू नै रेखदेख गर।

    बुढापाका आमाहरूको त्यो आग्रह सुनेपछि ती जोशीला युवा बीचबाट चालक अनुमतिपत्र नभएका कुनै एकयुवालाई चालक सिटमा राखी विजय ताण्डव गर्दै शोर सराबा र होहल्लाका बीचमा बस फेरि अघि बढ्यो। आजै मौसम विभागले सूचना जारीगरे अनुसार कपिलवस्तुदेखि पूर्वी जिल्लाहरूमा आरी घोप्टे वर्षा आँकलन गरिएको छ जस अन्तर्गत खोलानाला बढ्न सक्ने पहाडमा पहिरो खस्न सक्ने र यसबाट राजमार्गहरूमा यात्रा गरिरहेका यात्रुहरूलाई जनधनको क्षति पुग्न सक्ने भनी चेतावनी जारी गरिएको छ। तर बस अघि बढ्दैछ….

    🚌 पुरानो थोत्रो गाडी –

    देश (नेपाल) को प्रतीक हो। जति भए पनि अगाडि बढिरहेको छ, तर धेरै पुरानो भइसकेको, प्राविधिक रूपमा बिग्रन लागेको, मर्मत नपाएको, अस्तव्यस्त गाडी।

    👴🏼 बुढा चालक –

    पुराना नेताहरू, सम्भवतः लामो समयदेखि सत्तामा बसेका तर थाकेका, अलिकति अलमलिएका, जनताको विश्वास गुमाएका नेतृत्वकर्ताहरू।

    👵🏻 बाआमा दाजुभाई (शान्त नागरिक) –

    साधारण जनता, जसले तिनका दु:ख, बेथिति, असुविधालाई “मेरो भाग्य यस्तै” भनेर स्वीकृति दिइरहेका छन्। निष्क्रिय सहनशीलता देखाएका छन्।

    👦🏽👧🏼 १५–२५ वर्षका नानीबाबु (नयाँ पुस्ता/युवा) –

    नयाँ पुस्ता, जसमा जोश छ, परिवर्तनको इच्छा छ, तर संयम र दिशाबोध कम छ। उनीहरू पुरानो व्यवस्थाबाट त आजित छन्, तर नयाँ विकल्प के हो भन्ने स्पष्ट छैन।

    🔥 गाडी जलाउने, तोडफोड गर्ने घटना –

    नयाँ पुस्ताको अराजक विद्रोह, जसमा व्यवस्थाको अस्वीकार छ तर सकारात्मक निर्माणको योजना छैन। यस्तो अन्ध-आक्रोशले गन्तव्य पुग्न गाह्रो बनाउँछ।

    😟 बाआमाको अनुरोध: “गाडी नबिगार, चालक अनुमतिपत्र लिएर तिमीहरू नै चलाऊ” –

    पुरानो पुस्ताको आग्रह — परिवर्तन गर, तर संरचना नबिगार। देश चलाउने प्रणाली रहनु जरुरी छ; नेतृत्व फेर्नुपर्छ, व्यवस्थालाई सधैंको लागि जलेर सक्ने होइन।

    👨‍🔧 बिना लाइसेन्स तर जोशिला चालक –

    अवैधानिक,अनुभव नभएका, तर जोशिला, अलि “छिट्टै विश्वास गर्न नसक्ने” नयाँ नेतृत्व — जसले राजनीतिमा प्रवेश त गरे तर गहिरो योजना, नीति, र दृष्टिकोण बिना सत्ता सम्हाल्न लागे।

    Posted in मुख्य खबर, लोकप्रिय, समाज

    राजनीति कुनै एक पुस्ताको विषय होइन : शंकर पोखरेल

  • १७ आश्विन २०८२, शुक्रबार १४:१९ मा प्रकाशित
  • काठमाडौं, असोज १७ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीति र समाज व्यवस्थामा कुनै एक पुस्ताको एकाधिकार नहुने स्पष्ट पारेका छन्।
    सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस्तो लेखेका हुन्।
    “पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ। नेकपा (एमाले) ले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको दृष्टिकोण अघि सार्दै आएको छ,” पोखरेलले भने, “राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्दैन।”
    उनले खास समयमा देखिने असन्तोष र विद्रोहहरू स्वाभाविक भए पनि त्यसलाई नै राजनीतिको मुख्य दिशा ठान्न नहुने धारणा राखे।
    “खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा छ। समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन,” पोखरेलको भनाइ छ।

    Posted in मुख्य खबर, राजनीति

    साप्ताहिक पञ्चाङ्ग भाग- १६६

  • १७ आश्विन २०८२, शुक्रबार ०७:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयछैसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६६———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०६/०६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग०१
    सबैको घरमा सुख शान्ति आओस् यो दशैंमा।
    माँ दुर्गा भवानीको दर्शन पाओस् यो दशैंमा
    बडादशैंको सबैमा हार्दिक शुभकामना,
    हर्ष नै हर्षको बाहरले छाओस् यो दशैंमा
    सदाको लागि गरिबी हटी जाओस् यो दशैंमा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    बर्षै पिच्छे साल फेरियो तर देशको हाल फेरिएन
    जतिनै कराउँन जनता नेताको ताल फेरिएन
    चुनावै पिच्छे फेरिन्छन् मन्त्रीहरु तर के गर्नु यहाँ,
    अझै नि जनताको खुन पसिना चुस्ने चाल फेरिएन
    नयाँ सरकारमा पनि गरिब मार्ने जाल फेरिएन।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापाब

    ॐ
    पञ्चाङ्ग:०३
    लुकाएर लुक्दैन पापकर्म दाजै
    नकचराेलाई हुँदैन सर्म दाजै
    विधिसम्मत शासन हाे प्रजातन्त्र,
    युद्ध लड्नेले भिर्नुपर्छ वर्म दाजै
    मानवता नभए कस्तो धर्म राजै।

    👉🏻त्रिपञ्चाङ्ग🇧🇹
    सजिलो अप्ठ्यारो दईटैमा परेर जान्छ
    हाम्रो जीवन क्षणिकको हो मरेर जान्छ
    सपना बुन्दै त्यही अवधिमा हराउँदा
    गर्ने र नगर्ने सबैथोक गरेर जान्छ
    तर त्यो सपना आवेशमा टरेर जान्छ ।

    मिलोमतोभित्र आफ्नो भनि धरेर जान्छ
    तर आफ्नो-अर्काको विभेद छरेर जान्छ
    छुट्याउने क्रमको अवधिमा हराउँदा,
    खासै इमान्दारी बन्ने मिति सरेर जान्छ
    अनि परितापी ऊ छ्वाङ्ङ झरेर जान्छ ।

    विगतमा ऊ कर्तव्यदेखि नै तरेर जान्छ
    राम्रो गर्छु भन्दाभन्दै दोष भरेर जान्छ
    राम्रो र नराम्रोको दोबाटो मै हराउँदा,
    तितो र मिठोको छेउकुना चरेर जान्छ
    सावधानीपूर्वक अस्तित्व हरेर जान्छ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०४
    समय परिवर्तनशील छ आफू पनि फेरिनु पर्छ
    स्वीकार गर या नगर एकदिन कात्रोमै बेरिनु पर्छ
    हिजोको जस्तै घाम आज पनि लागेको छ नसोच्नुस् कत्ति,
    आजको दिन अर्कै हो आज अर्कै आँखाले हेरिनु पर्छ
    ढुङ्गामै लेखियोस् अक्षर समयानुकूल केरिनु पर्छ ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३५

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४८ मा प्रकाशित
  • ॐ”पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०६/०२

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३५{एकसयपैतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्
    मन् त्यतैतिर डूलेका छन्
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्
    आकाश धर्ती खुलेका छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूलको सुन्दर संसारमा रमाउँला सधैँ
    पवित्र सम्बन्धको यो नाता कमाउँला सधैँ
    चम्किलो बनिरहनु यसैगरी हरक्षण,
    सुगन्धित फूल झैं बाटो समाउँला सधैँ
    साथीसंगी मिलि हरपल जमाउँला सधैँ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    सुगन्ध छर्दै फूल फुलोस् यहाँ
    हरेक पल शान्ति झुलोस् यहाँ
    सुनौलो बिहानीसँगै रमेर,
    अधिकारको ढोका खुलोस् यहाँ
    सबै पीडा माटोमा घुलोस् यहाँ ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग०४
    “””””””””
    सुन्दर रहेछ मित्र काेरीएकाे चित्र आहा
    नेपाली परिवेश झैँ खाेजिएकाे चित्र आहा
    हिमाल पहाडका दृश्य त! सारै सुन्दर छ
    विश्वमा मुख्य गन्तव्य राेजिएकाे चित्र आहा
    नेपाली प्रकृति देखी लाेभिएकाे चित्र आहा ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०५
    लुकाइ पिडा यहाँ फूलले मलाई हाँस्न सिकायो
    उनिएर सियोमा पिरतीको माला गाँस्न सिकायो
    समर्पित भइ सुगन्धित बास्ना छर्दै जताततै,
    भएभरका जति छन् दुर्गन्ध सबै मास्न सिकायो
    प्रेमले जगतलाई नै आफैंतिर टाँस्न सिकायो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३४

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकचौंतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०५/१२

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३४{एकसयचौतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    फूलमा हाँस बस्यो
    सधैंको बास बस्यो
    कति आनन्दित छन्,
    त्यसैमा आस बस्यो
    दिलको खास बस्यो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल्यो डालीमा
    झुल्यो डालीमा
    हाँस बसेको,
    डुल्यो डालीमा
    खुल्यो डालीमा ।

    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका

    पञ्चाङ्ग :०३

    यहाँ सुन्दर फूल फुले वनैमा
    वरिपरि भमरा डुले वनैमा
    अहाे ! प्राकृतिक दृश्य देख्दा नै झन्
    धानका बाला सरि झुले वनैमा
    यत्रतत्र काेपिला खुले वनैमा ।

    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।

    पञ्चाङ्ग:०४
    साैन्दर्यले मनुष्य लाेभ्याउने फूल हजुर
    जीव वारीपारि गराउने हाे पुल हजुर
    सृष्टिको रचना ईश्वरकाे शक्ति छ अपार,
    वासना लठ्ठ बन्ने भ्रमराकाे हुल हजुर
    चराचर सञ्चालन नै हुन मूल हजुर ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०५
    कल्पना जे पनि गर्न सकिन्छ फूल हेरेपछि
    निस्कर्षमा त बल्ल पो पुगिन्छ मुल हेरेपछि
    भावलाई बुद्धिले काबु राख्नुपर्दछ जहिल्यै,
    अनि सुध्रिनु पर्छ विगतको
    भुल हेरेपछि
    सधैं लाग्नुपर्छ आफ्नै बाटोमा हुल हेरेपछि।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१२

    चरा र फूलको मेल हेर राम्रो
    सुन्दर देख्दा शव्दमा के र राम्रो
    कति मिल्दै बसेका हेर्दै आनन्द,
    बाद इन्द्रेणी सहित घेर राम्रो
    आनन्द लिई मनले बेर राम्रो ।

    -दुर्गा आचार्य
    मोरङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन शृङ्खला- १६३

  • १७ आश्विन २०८२, शुक्रबार ०७:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिसठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६३————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    तीजमा रमाइलो गर्ने हो
    मीठा खानाले पेट भर्ने हो
    दिन्छु शुभकामना तीजको,
    शिवजीको शरण पर्ने हो
    दिव्य वाणी सबैमा छर्ने हो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    दर खाउँ कि तर दोधारमा परेँ
    वर जाउँ कि पर दोधारमा परेँ
    सधैॅभरि यस्तै हुन्छ मलाई हेर,
    कर लाउँ कि भर दोधारमा परेँ
    घर छाउँ कि खर दोधारमा परेँ।
    -घनश्याम पौडेल,पोखरा
    पञ्चाङ्ग :०३
    आमा सिम जाऊँ कि
    दर मिठो खाऊँ कि
    तिजको बेला हो यो,
    रातो सारी लाउँ कि
    चेली हुँ म गाउँ कि।
    -सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग-०४
    तीज आयो आयो त भन्छन् रौनक चाहिँ उस्तो लाग्दैन खै
    उहिलेको तीजको त्यो भाका संगिनीले किन माग्दैन खै जतासुकैबाट हमला छ हाम्रो मौलिक संस्कृति माथि,
    छमछम नाचेको बेला लुसुक्क छिर्छ डाँका भाग्दैन खै
    मरेछ क्यारे हाम्रो तीजको मुल मर्म किन जाग्दैन खै?

    • पशपती राई खोटाङ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P