साप्ताहिक पञ्चाङ्ग भाग- १७४

  • १९ मंसिर २०८२, बिहीबार १०:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:१७४ औं (एकसय चौहत्तरौं) अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७४———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/०८

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….
    प्रशिक्षक:-

    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-

    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-

    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====
    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    जालझेलमा हराउने धेरै छन्

    देखावटी मन् पराउने धेरै छन्

    मानव भै दानवता नदेखाउ,

    झगडा गरि कराउने धेरै छन्

    घर न घाट गराउने धेरै छन्

    -सुशीला पौडेल

    पञ्चाङ्ग,:०२

    हावा हुरी नआइ बतास चले पनि
    बिना बतास केहिगरी म ढले पनि
    सितिमिति म हिम्मत हार्ने छैन यहाँ,
    शरीर भतभती भएर जले पनि
    उठेर हिड्छु फतफती गले पनि।
    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३
    अन्न पानी कमि भएको बेला नहोस्
    महत्व जानेपछि कुनै रेला नहोस्
    कुनै पनि खेल होइनन् ऋतुहरू
    वसन्तदेखि शिशिरको हेला नहोस्
    पृथ्वीको चार उपहार खेला नहोस् ।

    ✍️अच्युत घिमिरे,

     सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:-०४
    कर्कलोको पानी झैँ आँसु झर्ने बनायौ
    लुक्न नै नसक्ने पानी गहमा भर्ने बनायौ
    देखेको कुरा सबै तथ्य नहुँदो रहेछ ,
    केही दिनसम्म साँच्चै मन पर्ने बनायौ
    बिस्तारै मनबाटै बसाइँ सर्ने बनायौ ।

    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।

    पञ्चाङ्ग:०५

    हिजोआज देशमा लाज लजाउन छाेडेकाे छ साथी
    अग्रगमन नामको काेदालाेले के गाेडेकाे छ साथी
    जनताले विधि पद्धतिको शासन मात्र चाहेका हुन् ,
    संस्कार र संस्कृति छाडेपछि बाटाे माेडेकाे छ साथी
    विश्वमा हाम्रा पुर्खाले आर्जेकाे सान ताेडेकाे छ साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०६
    सार्थक बनाउन जीवनलाई कर्ममा लगाउनु पर्छ
    जीवनलाई मुर्दा बनाउने अल्छीलाई भगाउनु पर्छ
    बिनाकर्म ज्ञान अधुरो हुन्छ कर्मले मात्रै शिखर छुन्छ,
    लगनशील भएर बाचुन्जेल पसिना बगाउनु पर्छ
    सप्पै कुरा मरेर गएपनि आशालाई जगाउनु पर्छ।
    -पशपती राई खोटाङ ।