• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

सरकारले ल्याएको टेलिमेडिसिन सेवा के हो?

  • १६ चैत्र २०७९, बिहीबार ०२:१० मा प्रकाशित
  • वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी दिन लागिएको हो ।

    टेलिमेडिसिन सेवा बुधबार (चैत १५) बिहान १० बजेदेखि सुरु हुनेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लक्षित गरेर वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई परेको कुनै पनि स्वास्थ्य समस्याका बारेमा प्रवर्द्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गरिएको हो । जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुईवटा नम्बरको भाइबर, ह्वाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सकिने छ।

    सेवाग्राहीले फोन गरेपछि मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराईने छ । मेडिकल अधिकृतसँग गरेको परामर्शले भएन र सम्बन्धीत ब्यक्तिलाई ठूलो स्वास्थ्य सेवा आवश्यक भयो भने हरेक दिन हरेक हप्ताको बुधबार र शुक्रबार दुई दिन स्वास्थ्यका विशेषज्ञहरूसँगको सेवा पनि दिईने छ । वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यलाई प्रवर्द्धन गर्न सरकारले निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्न लागेको हो । अनलाइन प्रणाली मार्फत सेवाको सुरुवात हुन्छ । विदेशमा रहेका बिरामीले डाक्टरसँग परामर्श गरेपछि उनिहरूलाई आवश्यक पर्ने प्रेस्क्रिप्सन सामाजिक सञ्जालमार्फत नै उपलब्ध गराउने बताएको छ । डाक्टरले भनेको औषधि कार्यरत रहेको देशमा रहेनछ भने पनि नेपालमा भएका कुनै आफन्तबाट मगाउन सकिने बताईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on सरकारले ल्याएको टेलिमेडिसिन सेवा के हो?

    ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

  • १५ चैत्र २०७९, बुधबार २२:५२ मा प्रकाशित
  • साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

    नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसिय खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

    आगामी अप्रिल २१ र २२ तारिख दिउसो ३ अलतुक्बा क्लबको खेल मैदान अजिजिया ,अल खोबरमा आयोजना हुने गोल्डकपमा टिम दर्ता ७०० साउदी रियल लाग्ने र बिजेतालाई ५१५१ साउदी रियल( ने रु १ लाख ७७ हजार ) र उप-बिजेतालाई २५२५ साउदी रियाल ( ने रु ८९ हजार ) ट्रफि, मेडल तथा प्रमाण पत्र तथा प्रतियोगिताको हरेक खेलको उत्कृष्ट खेलाडीलाई लाई ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

    नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

  • १५ चैत्र २०७९, बुधबार ०१:५९ मा प्रकाशित
  • २०७२ सालमा देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” साउदीको छैठौं बार्षिक उत्सव , तेस्रो अधिवेशन यहि आउँदो २२ अप्रेल २०२३ शनिबार दमाम शहरको रोज गार्डेन होटलमा ( सिको गार्डेन सगै) हुने भएको छ ।

    बिहान :११ बजे देखि बेलुका ६ बजे सम्म हुने उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको छ।

    साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुलाई कार्यक्रममा उपस्थित हुन नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरबले आह्वान गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९६औँ भाग शनिबार सम्पन्न

  • १२ चैत्र २०७९, आईतवार ०८:२९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    प्रकृति
    अनौठो फल
    पहिचानमा भो अलमल !

    • वसन्त अनुभव, दाङ

    [२]
    जीवन
    बाँच्ने आधार
    रङ्गग विरङ्ग आहार !

    • राेशन पराजुली, धरान

    [३]
    प्रकृति
    फलको नाममा
    अनौठो चित्र बुन्दै !

    • प्रदिप नेपाली, बिहादी-५, उराम, पर्वत

    [४]
    बोट
    सिङ्गो आफू
    झुन्डिनु लाखौँ फल !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [५]
    वृक्ष
    प्रकृतिले रचेको,
    अनौठो फल फलेको !

    • भुपेन्द्र राना मगर, धादिङ

    [६]
    प्रकृति
    अद्भुत छटा
    चरो जस्तै पखेटा !

    • जमुना कायस्थ,पोखरा

    [७]
    वनस्पति
    प्रकृतिको उपहार
    सुन्दर अनि सदावहार।
    -पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    [८]
    प्रकृति
    अनौठो बोट
    फल पहिचानमा अलमल !

    • बेदु न्यौपाने, काठमाडौँ

    [९]
    लोक
    भन्छन् मांसाहारी
    बिरूवा हो शाकाहारी !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१०]
    वनस्पति
    विभिन्न प्रकार
    प्रकृतिको अनुपम उपहार !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा, हाल:बर्दिया

    [११]
    अनौठो
    फलेका फल
    भएका विचार अलमल !

    • सरिता सेढाई, धादिङ

    [१२]
    प्रकृति
    सुन्दर उपहार
    देखिए पातहरू हराभरा !

    • डुकछिरिङ लेपचा, मिरिक, डुपटिन

    [१३]
    वृक्ष
    सौम्य प्रकृति
    एकमा अनेक आकृति !

    • आर्त अकुलीन, कैलाली

    [१४]
    बिरुवा
    प्रकृतिको देन
    सबैको तान्यो ध्यान !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१५]
    तरु
    चराचर आबरु
    चरीचुच्चे वन जुझारु !

    • राजेन्द्रकुमार बज्राचार्य, काभ्रे

    [१६]
    पहिचान
    फूल देखोस्
    सुन्दर चरा भनोस् !

    • म्यामराज राई, भोजपुर

    [१७]
    विचित्र
    फलकाे प्रकृति
    देखेर अनौठो आकृति !

    • सुभद्रा अधिकारी

    [१८]
    प्रकृति
    वृक्ष एक
    स्वरूप दियौ अनेक !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [१९]
    वृक्ष
    प्रकृतिको उपहार
    फल्छ अनौठो फल !

    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [२०]
    भ्रम
    खासमा एउटा
    तर देखिन्छ अर्कै !

    • घनश्याम पौडेल, पोखरा

    [२१]
    प्रकृति
    अद्भुत शक्ति
    महिमा छ अपरम्पार !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [२२]
    सिर्जना
    चराको जस्तै
    फलेका फलहरू सस्तै !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [२३]
    अनौठो
    विचित्र प्रकृति
    चराको देखिने आकृति !

    • भगवती दवाडी, झापा

    [२४]
    प्रकृति
    अद्भुत कला
    हरा भरा विचित्रता !

    • विवस पारदर्शी

    [२५]
    प्रकृति
    अचम्मको उपहार
    ल्याउँछ धर्तीमा बहार !
    तोयानाथ चापागाईं, दमक, झापा

    [२६]
    अनौठो
    छटा प्रकृति
    बन्यो चराको आकृती !

    • सावित्री अधिकारी, काठमाडौँ

    [२७]
    प्रकृति
    सोहावन तस्बिर
    मोहन्याइल सारा मनुष्य !

    • सागर कुस्मी, कैलाली

    [२८]
    प्रकृति
    अचम्मको सौरब
    संसार जगतको गौरव !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [२९]
    सुन्दर
    वनस्पति एक
    कलाले भरिपूर्ण अनेक !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३०]
    सिर्जना
    अनौठो लाग्ने
    प्रकृतिको अमूल्य उपहार !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३१]
    प्रकृति
    विविध आकृति
    नीर पृष्ठभूमिमा कलाकृति !

    • कमला देवकोटा, पाल्पा

    [३२]
    वृक्ष
    मौलिकता आफ्नै
    अद्भूत कलाको नमुना !

    • देवकी केसी, काठमाडौँ

    [३३]
    वर्षात्
    चैत्र महिना
    चौतर्फी हरियाली वृक्ष !

    • चक्र शाही, कैलाली

    [३४]
    प्रकृति
    मनलाई सौर्न्दर्य
    संसारमा अनौठा उत्पति !

    • सरस्वती वली, बर्दिया

    [३५]
    मान्छेहरू
    टुप्पो नहाेउला
    आफैबाट रङ्गिन बिरुवा !

    • मनोज थापा, कैलाली

    [३६]
    रुख
    अनेक प्रकार
    चराकाे जस्तै रूप !

    • उर्मिला के.सी., धनकुटा

    [३७]
    प्रकृति
    आफैँमा कलाकृति
    आहा! आनन्दको अनुभूति !

    • केन्द्रप्रकाश बराल, इलाम

    [३८]
    प्रकृति
    थरीथरीका आकृति
    सौम्य उपहार धर्ती !

    • पशपति राई, खोटाङ

    [३९]
    कृत्रिमता
    अनाैठाे वृक्ष
    मनै लाेभ्याउने आकृति !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [४०]
    प्रकृति
    विविध बिरुवा
    देखिन्छ चरा आकृति !

    • सुरेश चन्द्र घिमिरे, काठमाडौँ

    [४१]
    प्रजाति
    सुगाको रहेछ
    फूल बन्न गएछ !

    • पुस्पा शायरा, विराटनगर

    [४२]
    पृथ्वी
    विज्ञानको रसपान
    प्रकृतिको अतुलनीय वरदान !

    • ऋजु दिल्पाली, इटहरी-१, सुनसरी

    [४३]
    प्रकृति
    साैम्य वृक्ष
    मन लाेभ्याउने आकृति !

    • श्रद्धा आचार्य, पोखरा

    [४४]
    वृक्ष
    अचम्मको देखियो
    चराको जस्तै भेटियो !

    • रिता खराल, रुपन्देही

    [४५]
    आकर्षक
    प्रकृतिको सिर्जना
    सुन्दर सौम्य अर्चना !

    • शारदा गौतम आचार्य, ललितपुर

    [४६]
    बिरुवा
    अनेक थरीका
    सन्तुलन राख्ने प्रकृतिका !

    • मङ्गला उपाध्याय, बारा

    [४७]
    प्रकृति
    विचित्रको आकृति
    ईश्वरको लीला अनुपम !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [४८]
    प्रकृति
    अद्भूत लीला
    देखियो वृक्षमा कला !

    • धनमाया चौधरी, कैलाली

    [४९]
    बोट
    भ्रमित आकृति
    होइन सत्यको प्रकृति !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [५०]
    अनौठो
    चराको आकृति
    धन्यवाद हाम्रो प्रकृति !

    • इश्वरी अधिकारी, लमजुङ

    [५१]
    अचम्म
    हुने प्रकृति
    बुझ्नै सकिँदैन सितिमिति !

    • बालकृष्ण खनाल, टीकापुर

    [५२]
    अलौकिक
    पूर्ण पछी
    नीलक्रान्ता प्रकृतिको उपहार !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [५३]
    कल्पना
    मानिसमा भण्डार
    मीठो भावना अपार !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [५४]
    वृक्ष
    अनेकौँ प्रकार
    प्रकृतिको अनुपम उपहार !

    • दुर्गा भट्टराई, मोरङ

    [५५]
    प्रकृति
    अनौठो बिरुवा
    बनेका चराको आकृति !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [५६]
    पुष्प
    प्रकृतिको उपहार
    देखिने अति विशिष्ट !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [५७]
    प्रकृति
    अनौठो फल
    देखिने चराको आकृति !

    • दुर्गा आचार्य, मोरङ

    [५८]
    संसार
    सुन्दर विचित्र
    मनकाे आँखाले बुझाइ !

    • टीकाराम जाेशी, इमाडाेल

    [५९]
    मन
    भरासिलो बोटझैँ
    खाली भएको भाग्य !

    • चक्र आले ‘लाफा’, कैलाली

    [६०]
    वृक्ष
    अनौठा अपरिचित
    प्रकृति मनमोहक दृश्य !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [६१]
    बिरूवा
    प्राकृतिक उपज
    अनुपम जीवन दृष्टि !

    • कविता आचार्य, कैलाली

    ६२.
    अनौठो
    चरिपाते बिरुवा
    सुन्दर प्राकृतिक रचना !

    • गुणनिधि घिमिरे, अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९६औँ भाग शनिबार सम्पन्न

    कति प्रतिशत नेपाली चढ्छन् कार ?

  • ११ चैत्र २०७९, शनिबार १३:१८ मा प्रकाशित
  • काठमाडौँ – नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन भएको पाइएको छ । त्यसैगरी ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको छ।

    राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। यस अनुसार यो तथ्य वाहिरिएको हो ।

    नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्। सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्।

    शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।

    राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on कति प्रतिशत नेपाली चढ्छन् कार ?

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७६

  • १० चैत्र २०७९, शुक्रबार १६:१७ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६ औँ शृङ्खला यही चैत ४ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    संसारमा अरू को छ, म झैँ जान्ने हेर ?
    दुनियाँ सारा भुसुना हुन्, म सवा शेर ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    यतिविधि दम्भ किन ? गर्छौ आडम्बर,
    आज छ भोलि फुस्स, छैन सासको भर ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    अरूले तपाईं भनुन् या नभनुन् आफैँ ठूलो बन्नुहुन्न,
    आफैँलाई फसाउने खाडल कवै आफैँले खन्नुहुन्न ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [३]
    जीवनको भर छैन है कतिबेला के हुन्छ ?
    मान्छे बिग्रिएको देखेर भित्री हृदय छुन्छ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४]
    पैसा फिँजेर ज्यादा, सामर्थ्य नै किनेर,
    नेपालभित्र ऐले, बन्छन् नि स्याल शेर।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [५]
    जान्ने सुन्ने मै हुँ भन्दै तिमीले धक्कु लाउने,
    हेर्दै जाऊ न आखिरमा पक्का दु:ख पाउने।
    🌑धन कुमारी रेग्मी
    चितवन

    [६]
    मै जान्ने, मै तान्ने, मै छान्ने, अरू काे सक्ने ?
    म जतिको ठूलो कुरा को छ र बक्ने ?
    🌑दीपक ठटाल जलन,१७.०३.२३

    [७]
    यही दम्भ लिएर हो तिम्रो भाउ छैन,
    दुनियाँले के भन्या छ कुरो बुझ्ने हैन ।
    🌑सरिता सेढाई
    धादिङ

    [८]
    अहङ्कार ले भरिएको पोको, कुनैदिन अवस्य नैँ फुट्छ,
    त्यसैले घमण्ड गर्नुहुँदैन, स्वतन्त्र भई अधिक जुट्छ।।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [९]
    ठूला मान्छे जान्ने बुझ्ने आफू नै हाे भन्छन्,
    अरूलाई तल झार्दै नजान्नेमा गन्छन्।
    🌑शाेभा आचार्य गाैतम,
    काठमाडौँ

    [१०]
    काम कुनै गर्नुछैन, बकम्फुसे गफै चाहिँ धेर,
    गाउँमा खान नपाउने, सिंहदरबारको शेर।
    🌑शंकर कार्की
    मकवानपुर

    [११]
    देखियाे देखियाे धाकभन्दा धक्कु ठूलाे,
    तिमीले चालेकाे पाइला त साह्रो लुलाे ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [१२]
    अहिलेसम्म बोलेको कुरा गएको छैन खेर,
    गर्व गर्ने गर्छु आफूले आफूलाई यहाँ हेर ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [१३]
    शेर भनी ढाेगी रा’काे भए छ नि धेर,
    एक भई पुल्ठाे बाल्छाैँ गर्जिएर हेर ।
    🌑निरज कोइराला
    बेलका१ उदयपुर, हाल, इटहरी

    [१४]
    महान् भनी कसैले गिन्ती गर्ने हैन,
    बुद्धि भन्ने शून्य छ काम छँदै छैन ।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [१५]
    आँखामा त पट्टी रैछ त्यही माथि लाएछ घमण्डको जालो,
    आफूलाई शेर मान्ने रैछौ बस्छौ होला मन बनाई कालो ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [१६]
    धन सम्पत्तिको के धाक लगाउँछौ, पछाडि फर्की हेर,
    धनाढ्य पनि मर्छ एकदिन, कुबुद्धिले के हुनु शेर ।
    🌑टिकाराम ओउन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २

    [१७]
    जो शक्तिमा गए पनि यहाँ त आफ्नो मात्रै भुँडी भर्ने,
    सामान्य जनताको भलाइ हुने काम कसले गर्ने ?
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१८]
    दम्भको भाव बोकेर हिँड्ने गाउँ र सहर,
    संसार सारा सबैमा बढ्यो हेर लौ कहर !
    🌑आर्त अकुलीन, कैलाली

    [१९]
    तिम्रै नाम तिम्रै जप म गर्दछु,
    कुर्सी पाइन्छ भने साँच्चै मर्दछु !
    🌑राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    हाल- प्रवास

    [२०]
    जान्ने सुन्ने आफैँ भई नगर त्यो दम्भ धेर,
    दुनियाँ अगाडि लम्पसार बन्नु पर्ला शेर ।
    🌑बेदु न्यौपाने
    काठमाडौ ❤️

    [२१]
    सर्वेसर्वा हुँ भन्नेको झार्नुपर्छ सेखी,
    सावधान हुनुपर्छ त्यस्ता मान्छे देखी ।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची

    [२२]
    आफूलाई ठूलो ठानी मात्र अरूलाई दिँदा दुःख,
    सधैँ यस्तै नहोला कुनै बेला कुच्याईदेलान् मुख।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [२३]
    सबै छन् जान्ने सुन्ने मपाइँ बन्नेहरू,
    आफू मात्र महान् देख्छन् भुसुनाे झैँ अरू।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [२४]
    ठूलो गर्जन निकालेर आकाश छुन खोज्छु,
    जेसुकै भनून् साराले फराकिलो बाटो रोज्छु ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२५]
    मै हो संसार देखेको र अरू सबै अन्ध
    मै हो दुधले नुहाएको अरू सबै गन्ध ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२६]
    गधाले बाघको खोल ओढेर बाघ बन्दैन,
    असली बाघ भेटिएमा यसको काम छैन।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [२७]
    मै हुँ जङ्गलको राजा, म नै हुँ शेर,
    म गर्जिए थर्कमान हुन्छ, लौ हेर ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [२८]
    घमण्ड नगर एकदिन त्यो अवश्य तोडिन्छ,
    भुल स्वीकार गर, जीवन असलमा मोडिन्छ ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [२९]
    घमन्डले यहाँ हेर न को अघि बढेको,
    कुर्सीको धाकमा महङ्गाे गाडी चढेको ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [३०]
    दम्भको झण्डा गाडेपछि हल्लिरहने भो तुल,
    वरिष्ठ मै हुँ भन्नेले कैले देख्दैन आफ्नो भूल।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [३१]
    म नै हुँ देशको राजा मलाई सम्मान गर,
    हो तिमी जस्ता सोझासाझाको लाग्दैन नि डर !
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [३२]
    भाषण मात्र ठूला काम छैन उस्तै मति पारा,
    भुलाएर जगत दुनो आफ्नै सोझ्याउँछौ सारा।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३३]
    मान खोज्दछन्, घरकी स्वास्नी कुट्ने,
    इमानदारी भन्दछन् देश लुट्ने।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [३४]
    दम्भ बोकी हिँडिराख लड्नेछौ एकफेर,
    सत्यताकै जीत हुन्छ जहिले पनि हेर ।
    🌑कमला देवकोटा

    [३५]
    स्यालले पनि बाघ हुँ भन्छ, कुरा के गर्छौ धेर,
    भुसुनै काफी हुन्छ पक्कै, हात्तिका शिरमा हेर ।
    🌑लक्ष्मण अधिकारी ” प्रयास “
    हाल : काठमाडौ

    [३६]
    आफ्नो ओैकात भन्दापनि लगाउँछन् धाक नै ठूलाे,
    आइपर्दाखेरि अघि सर्न परे खुट्टा हुन्छ लुलाे।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [३७]
    संसारमा मपाईँत्व चुलिएर गयाे,
    स्वार्थसँगै दम्भकाे ठूलै राज पाे भयाे ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३८]
    आँट गरेउ बधाई छ, बुद्धि पनि चाहिन्छ,
    घमन्डले नै जित्छु, भन्ठानेमा दुःख पाइन्छ।
    🌑रोजिन श्रेष्ठ
    खोटाङ

    [३९]
    सर्वश्रेष्ठ आफूलाई नै ठान्छौ भने हेर,
    फोस्रो घमण्ड चुर हुन लाग्ने छैन बेर ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [४०]
    स्यालले पनि त्यसै भन्छ, म हुँ जङ्गलको राजा,
    जब पर्छ सिंहको सामुन्ने, बनाइदिन्छ खाजा।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४१]
    मानवता क्षीण हुँदै जान थाल्यो हेर,
    परायाकाे संस्कृतिमा चासो दिँदा धेर ।
    🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४२]
    जहिल्यै घमण्ड गर्ने हो हामी अमिलाले,
    हात्ती ठूलो हुन्छ नि तर खान्छ कमिलाले।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [४३]
    मै हुँ जान्ने मै हुँ सुन्ने यो सन्सारका कुरा,
    मै हुँ ठूलो व्हेल माछा अरू सब हुन् भुरा।
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [४४]
    आफूभन्दा दायाँबायाँ कोही छैन भन्ने,
    सबै भए सानातिना आफैँ ठूलो बन्ने।
    🌑दुर्गा आचार्य
    मोरङ

    [४५]
    संसारमा आफूलाई मात्र ठुलो ठान्ने,
    अरूलाई हेर यहाँ भुसुना झैँ मान्ने ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [४६]
    म नै जान्ने सुन्ने बन्दै छु नभन धेर,
    कहिलेकाहीँ बाहिर तर्फ पनि हेर।
    🌑भगवती दवाडी

    [४७]
    आफूमात्र जान्ने भनी भाषणमात्र गर्छन्,
    केही काम गर्नुपरेमा हठात् पछि सर्छन्।
    🌑सरस्वती श्रेष्ठ इटहरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७६

    पञ्चाङ्ग लेखन शृङ्खला- ३६

  • १० चैत्र २०७९, शुक्रबार ०७:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३६ [छत्तिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/०७  गते  समय :- साँझ ८ बजे

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️जात र भात भनी-भनी बलि दियो नेताले [०१]
    ✍️विकासको नाममा माटो दलि दियो नेताले [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢यही माटो धर्ती माताको कसम  खाएपनि [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️प्रत्येक   पटक-पटक    छली दियो नेताले [०४]
    ✍️भ्रष्टाचारको बीज रोपि  चली दियो नेताले [०५]

    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    ✍️जात र भात भनी-भनी बलि दियो नेताले [०१]
    ✍️विकासको नाममा माटो दलि दियो नेताले [०२]
    💢यही माटो धर्ती माताको कसम  खाएपनि [०३]
    ✍️प्रत्येक   पटक-पटक    छली दियो नेताले [०४]
    ✍️भ्रष्टाचारको वीज रोपि  चली दियो नेताले [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ……………………………………………………………

    पञ्चाङ्ग:०१

    आफ्नाे पाउलाई आफैं  जमाउनु पर्छ।
    सुकर्म    गरेर     नाम    कमाउनु पर्छ।
    एक्लै आयाैं संसारमा जानू पर्छ एक्लै,
    उचाइ   पुग्ने   लहराे      समाउनु पर्छ।
    खुशी   सँग   जिन्दगीमा  रमाउनु पर्छ।

    ✍️सुशीला पाैडेल ।
    ……………………………………………

    पञ्चाङ्ग:०२

    हामी आपसमा मिलेर रमाउनु पर्छ
    अखण्ड नै रहने बाटो समाउनु पर्छ।
    दुष्टहरूले जातिय क्षेत्रीय जाल फाले
    हामी सहि गलत  बाटो ठमाउनु पर्छ
    सङ्कटपर्छ की एकता जमाउनु पर्छ।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८ ।
    …………………………………………………

    पञ्चाङ्ग   ०३
                                                                                         मेल किन किन मिलाप भएको कुनै गाउँ छैन।
    यहाँ भ्रष्टाचार नगर्ने सोझाहरूको भाउँ छैन।
    जहाँ जानू राजनिती कै छ चर्चा अनि परि चर्चा,
    टोल बस्ती बस्तीमा राजनीति नभको ठाउँ छैन।
    खोलामा पुलको त कुरै छोडौँ एउटा नाउँ छैन।

    ✍️दुर्गा आचार्य, मोरङ ।
    ……………………………………………………

    पञ्चाङ्ग  ०४

    जात जाति पक्ष पात किन गर्छ मान्छे।
    भ्रष्टाचारी बलत्कारी अघि सर्छ मान्छे ।
    आपस  सबै   एउटै  किन  द्रोह  गर्छौ ,
    सुमार्ग को बाटो नलि त्यसै मर्छ मान्छे।
    अति गर्छ  भगवान्  सरण  पर्छ  मान्छे।
    [०२]
    हामी आपसमा मिलोमतो रमाउन छ।
    अखण्डनीय बाटो हामीले समाउन छ।
    जातीय भेदभाव दुष्ट हरूले ती गर्छन् ,
    मानवले सहि गल्ती बाटो ठमाउन छ।
    मानवले एकताको बाटो  बनाउन छ।
    [०३]
    देखेर पनि त हुँदैन रैछ ।
    सपनाले पनि छुँदैन रैछ।                           
    भावीले लेखेको त पाइन्छ,            
    मनरुँदा तन रुँदैन  रैछ ।                 
    तिमी बाट कुरा चुँदैन रैछ। 

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    …………………………………………

    पञ्चाङ्ग ०५

    मेरो मुखमा  राखेको सुर्तिले के गर्छ ।
    तिम्रो धाक घमण्ड र फुर्तीले के गर्छ ।
    पाउने केही छैन् घमण्ड गर्छ मानिस,
    पुजा  अर्चना  गरेको मुर्तीले के गर्छ । 
    बिना वितरणको त्यो पुर्तिले के गर्छ ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” ।
    …………………………………………………

    पञ्चाङ्ग-०६

    खोजी गर्नु पर्छ हराको भेटेपछि फेरि लाउन सकिन्छ ।
    यदि कोरा रैछ भने त्यसलाई आफैंले साउन सकिन्छ ।
    नकारात्मक मात्रै ठान्नु हुदैन है हरेक कुरामा हेर्नुस् ,
    नकारात्मकतामा पनि पो सकारात्मक पाउन सकिन्छ।
    फ्याँकेको घस्यौटा पनि जम्मा गरेर घर छाउन सकिन्छ।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………………………………………

    पञ्चाङ्ग:०७

    छिया छिया परेको कलेजी सिलाएर राखेॅ।
    केही   हुन्न  भनेर भरोसा  दिलाएर  राखेॅ।
    भन्छन् यहाॅ भन्नेले अनेक नानाभाॅती कुरा,
    कुनै दिन  मिल्ला कि भनेर  मिलाएर राखेॅ।
    कहाॅ मान्नु फकाई फकाई पिलाएर राखेॅ।

    ✍️घनश्याम पौडेल,पोखरा ।
    ……………………………………………………

    पञ्चाङ्ग:०८

    विपनामा तिम्रै नाम छ सपनामा तिमी ।
    यो मुटुको धड्कन अनि जपनामा तिमी ।
    तिमीनै हौ दिलका राजा तिमी नै हौ सास,
    ईश्वर सम्झी पुजा गर्छु थपनामा तिमी ।
    प्रीतिको फूल फुलाउने नपनामा तिमी ।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग:०९

    गाउँ समाज परिवर्तन गर्न मन छ।
    उजाड बस्तीतिर बसाई सर्न मन छ।
    धेरैको बसाई शहरमा भएको हुँदा,
    गाउँ बस्तीमा नै खुसीयाली छर्न मन छ।
    दुःखमा रमाउनेको खुसी हर्न मन छ।

    ✍️ह्यारिस,  काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग:१०

    हामीले उमेर छउन्जेल कमाउनु पर्छ ।
    दुई चार पैसा भए पनि जमाउनु पर्छ ।
    भविष्यका लागि भनेर नै केही सोच राखी ,
    अहिलेदेखि सहि निर्णय ठमाउनु पर्छ।
    आफूसँग जस्तो छ त्यसैमा रमाउनु पर्छ ।

    ✍️सम्झना थापा मगर, स्याङ्जा ।
    ………………………………………………

    पञ्चाङ्ग   ११
    १
    छानी छानी  बिचारेर  ठमाउने तिमी ।
    मौका मिले पाएसम्म समाउने तिमी ।
    जिन्दगीका सुखदुःख  बराबरी मान्दै ,
    पौरखले   भ्याएसम्म  जमाउने तिमी ।
    जिन्दगीका  खुसीहरू लमाउने तिमी।
    २
    नखाने र खाने  यो उ बताउने तिमी ।
    कैले भने  मस्त पारी मताउने तिमी ।
    जिन्दगीका सबै रहर पुरा गरि दिँदै ,
    चाहिँदो र अचाहिँदो जताउने तिमी ।
    आफूले नै आफूलाई सताउने तिमी ।
    ३
    कोमल ति  हातहरू छमाउने तिमी ।
    मेहनत  दुःख  गरि   कमाउने तिमी ।
    कर्मनिष्ठ  संघर्षमा  दिन  बिताउँदै,
    बल   बुद्धि  पौरखमै  रमाउने तिमी ।
    हातमाथी हात राखी थमाउने तिमी ।
    ४
    कैलेकाहीँ हाट मेला घुमाउने तिमी ।
    आनन्दले  लट्ठ पारी चुमाउने तिमी ।
    जवानीको  रँग  चढे  तिमी रमाउँदै,
    मोहनीले   मस्तसँग  झुमाउने तिमी ।
    थकित यो जिन्दगी नै उमाउने तिमी ।
    ५
    मन्द हाँसो मुस्कानमा लजाउने तिमी ।
    प्रकृतिको  फूलबारी  सजाउने तिमी ।
    मायाप्रीति   बराबरी   सबैसँग   गर्दै ,
    आफूले नै आफैँलाई  कजाउने तिमी ।
    परिश्रम    भक्तिप्रेम   भजाउने तिमी ।

    ✍️गुणनिधि घिमिरे, पाँचथर खान्द्रोङ्गबाट
    हाल अमेरिका ।
    …………………………………………………

    पञ्चाङ्ग   १२

    पिँध नभएको लोटाको  कुनै भर हुँदैन।
    सोझासाझा जनताहरूको त डर हुँदैन।
    चोक्टा खाने जालझेलहरु गए  मौलाउँदै,
    उन्मादी दिप छन् दायाँ बायाँ कुनै घर हुँदैन।
    अचलमय विधि  शासनमा  कर हुँदैन।

    ✍️मन मुटु संगम घिमिरे
    भुमिका स्थान ९ , अर्घाखाँची ।
    ………………………………………………

    पञ्चाङ्ग   १३

    वियोगको त्यो रात सम्झेर ।
    झरेको उही पात सम्झेर ।
    आँसु सागर बन्यो जिन्दगी,
    सौम्य फूलको घात सम्झेर ।
    दु:ख पिरको खात सम्झेर ।

    ✍️आर्त अकुलीन, कैलाली
    …………………………………

    पञ्चाङ्ग   १४

    काेही आज गाँसकाे निम्ति  लडेका छन्  ।
    काेही यहाँ वासकाे  निम्ति लडेका छन् ।
    शक्ति प्रदर्शनीको हाेडमा दुनियाँ ,
    गर्दै युद्ध  नासकाे निम्ति  लडेका छन् ।
    राेगी बाँच्ने आशका निम्ति लडेका छन् ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   १५

    खुसी कति छ आफ्नै त्यो मनमा हेर।
    दुःख कति छ दु:ख त्यो जनमा हेर।
    सुख र दु:ख सिक्काको दुई पाटा हाे,
    आनन्द कति छ आफ्नै तनमा हेर।
    शान्तिकाे लागि हरियाे वनमा हेर।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    पन्चाङ्ग   १६

    आफै  भित्र खाेजाैँ शान्ति बाहिर कोचेर पाइँदैन ।
    कुरा सुधार्दै लानुपर्छ, केही लोचेर पाइँदैन ।
    हाँसेर हेरे दुखभित्र पनि जिवन छनै पक्कै
    जे चितायाे त्यस्तो कुनै  कुरानि साेचेर पाईदैन ।
    कर्म गरे खुसी मिल्छ रे फल घाेचेर पाइँदैन

    ✍️उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    पञ्चान्ङ्ग    १७
    [०१]
    थकानले त   फत्रक्क  गल्छ जिन्दगी।
    कलियुगमा   यन्त्र  झैँ  चल्छ जिन्दगी।
    घमण्ड      नगर   ए    सम्पुर्ण  मानव ,
    एक दिन     अवश्य त  ढल्छ जिन्दगी।
    आगोको चितामा राखे जल्छ जिन्दगी।
    [०२]
    तिम्रो मुखको सुर्ती र ज्यानको फुर्तीको काम छैन ।
    प्रेमका खातिर देखायौ  तिम्रो घुर्कीको काम छैन ।
    यस्तै हो प्रिय जिन्दगी सुख  दु:खको समुन्द्री आधी ,
    आस्था छैन भने  कुनै शालिक वा मुर्तिको काम छैन ।
    प्रिय समय घर्के पछि क्षति  पुर्तिको काम छैन ।

    ✍️पुजा आराधना  , बिराटनगर ।
    …………………………………………………………

    पञ्चाङ्ग   १८

    सबैलाई सजिलो मलाई मात्रै गारो भएर पो ।
    अरूलाई त खुल्ला मलाई चाहिँ भारो भएर पो।
    सम् योगदानको कदर समान हुनुपर्ने पक्कै,
    देख्दछु अन्त फूल मेरो ढुङ्गाझैँ सारो भएर पो।
    सम्पूर्णलाई खाना मलाई खोइ चारो भएर पो ।

    ✍️कल्पना दाहाल, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग    १९

    राजनीति चलाउने सबैकाे धन्दा भयो ।
    नचल्नेकाे राजनीति खेलनै मन्दा भयो ।
    चारैतिरबाट आफ्नो खल्ती भरेकाले नै ,
    नेताहरूले खेलेको भूमिका गन्दा भयाे ।
    देश गरिब छ भनेर माग्ने चन्दा भयो ।

    ✍️प्रविणा “पल्लवी” , महोत्तरी ।
    ……………………………………………

    पञ्चाङ्ग   २०
                                        
    आखिरीमा छिरियो जून खोजेर ।      
    खानाको साथैमा त नुन खोजेर ।          
    अकस्मात आखिरी सफा पहल ,         
    भेटिएको  जमात   गुन  खोजेर ।        
    अब पनि  बसेको  कुन  खोजेर ।       

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………

    पञ्चाङ्ग   २१  [ पहिलो प्रयास ]

    मायामा हाम्रो चल्यो भने हुरी तिमी के गर्छौ।
    तिम्रै सन्तापमा  भएछु  लुरि  तिमी के गर्छौ।
    टाढिनु  पर्ला  समय दिन नसकिएला प्यारा ,
    यस्तै गरि बढ्दै गयो भने दुरी तिमी के गर्छौ।
    प्रहार  होलान्  वचनका  छुरी तिमी के गर्छौ।

    ✍️रेणु चन्द, डोटि ।
    ……………………………………………………

    पञ्चाङ्ग   २२

    कति निष्ठुरी है याे   मान्छेको     जात   हुँदैन ।
    काेमल् मुटुभित्रै     हानिदिन्छन्   लात हुँदैन ।
    स्मृतिका पानामापल्टिँदिन्छन्  सम्झना किन?
    सम्हालेर    राख  बन्छन्   आफै खात  हुँदैन ।
    अन्धकारमा  आज   पूर्णिमाका    रात हुँदैन ।

    ✍️लक्ष्मी घिमिरे दाहाल, झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   २३

    हिजो आजका छोरा बुहारीले बा,आमालाई सभार सम्झिन्छन्।
    त्यसैले होला आमा बाउ बृद्ध आश्रम लान हतार सम्झिन्छन्।
    दुखगरेर   हुर्काई   बढाई   पढाई  लेखाई   ठूलो बनायो,
    तिनै  छोरा छोरीले  हजुर  बाउ आमालाई गवार सम्झिन्छन्।
    मिठो मसिनो खान नदिई सारा सम्पतोको हक्दार सम्झिन्छन्।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   २४

    बालकैमा आमाको काख छोडी आऊन पर्यो।
    संधै हिंडेका बाटाहरु मोडी आऊन पर्यो।
    लेखान्तमा लेखेको नै यस्तै रहेछ र होकी,
    बा आमाको मायाको डोरी तोडी आऊन पर्यो।
    माईतिको ममतालाई गोडी आऊन पर्यो ।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ३६

    गीत – म मरेँ भने प्रिया !

  • ७ चैत्र २०७९, मंगलवार २१:५४ मा प्रकाशित
  • गीत – म मरेँ भने प्रिया !

    अविचल आस्था मणि
    तनहुँ ।

    म मरें भने प्रिया तिमी कहिल्यै नरूनू
    अकस्मात् पर्छ चोट विचलित कहिल्यै नहुनू

    निर्दोष र पूर्ण मान्छे, कहिले को पो बन्न सक्छ ?
    मर्ने म कहिले भन्दै कस्ले पो र भन्न सक्छ ?

    सम्झेर मेरा गल्ती सबै निर्मल मनलाई ढाढस दिनू
    बाँच्छु एक्लै संघर्ष गरी, भन्दै मनमा शाहस लिनू

    बितेका पल ती फर्कदैनन्, अप्ठेरा बढेका तर्कदैनन्
    सञ्जीवनी बुटी ल्याई कुनै वैद्यले छर्किदैनन्

    हौसला बढ्यो यो फैसला गरी नभर्नू आँसु आँखा भरी
    म भेट्ने छु प्रतीक्षा बैकुण्ठ स्वर्ग माथि परी !

    २०७९/१२/०७, साँझ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गीत – म मरेँ भने प्रिया !

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ९५ सम्पन्न

  • ७ चैत्र २०७९, मंगलवार ०७:०९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू !!!

    /उदक/
    देखासिकी
    मौलाउँदै विकृति
    धरापमा मौलिक संस्कृति !

    • वसन्त अनुभव
      घोराही, दाङ

    [१]
    विदेशी
    संस्कृति भित्रिँदै
    नेपाली संस्कार मेटिँदै !

    • भगवती दवाडी, झापा

    [२]
    विदेशी
    संस्कृति आएको
    नेपालको स्वाभिमान खाएको !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [३]
    नक्कल
    विदेशी संस्कृतिले
    बिगार्‍यो स्वदेशमा चलन !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [४]
    विकृती
    केकमा श्रद्धाञ्जली
    पश्चिमा संक्रमित संस्कृति !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [५]
    विकृति
    कुण्ठित मनाेभाव
    देखा अनदेखा प्रवृत्ति !

    • राेशन पराजुली, धरान

    [६]
    संकृति
    विपरीत दिशा
    भाेलि हुन्छ निशा !

    • नवराज भट्ट, कञ्चनपुर

    [७]
    अहो!
    कस्तो समवेदना ?
    केकमा लेखिन्छ श्रध्दाञ्जली !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [८]
    कुरिती
    बिगारियो थिती
    मिलेर सपारौं नीति !

    • टीकाराम पुन ‘टिपु’
      छत्रेश्वरि गाँउपालिका-२, सल्यान

    [९]
    नक्कल
    भालुको कञ्चट
    संस्कृतिको नाममा विकृति !

    • आर्त अकुलीन, कैलाली

    [१०]
    विनाश
    विपरीत बुद्धि
    हराउँदै संस्कार संस्कृति !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [११]
    संस्कृति
    मौलायो विकृति
    समाजको भयो अधोगति !

    • पशपती राई, खोटाङ

    [१२]
    नक्कल
    नेपालीको अक्कल
    केकमा समवेदनाको बक्कल !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [१३]
    देखासिकी
    हराउँदै संस्कृति
    पश्चिमी शैलीको फेसन !

    • उर्मिला के.शी., धनकुटा

    [१४]
    विकृती
    देशमा ल्याएका
    विदेशी भित्र्याए संस्कृति !

    • बेदु न्यौपाने, काठमाडौ

    [१५]
    संस्कार
    अरुको नक्कल
    आफ्नो देखियो सक्कल !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [१६]
    मौलिकता
    हराउँदै गएको
    हाम्रो साँस्कृतिक विविधता !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [१७]
    दिमाग
    घुम्दै फनफनी
    पूर्व न पश्चिम !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [१८]
    चलन
    पनि कस्तो
    श्रद्धाञ्जली केकमा सस्तो !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१९]
    सम्झना
    जन्मदिनमा आमाको
    श्रद्धासुमन अश्रुका भाव !

    • चक्र आलेमगर ‘लाफा’, कैलाली

    [२०]
    जन
    मानव मन
    चटक्कै बिर्सेर आफ्नोपन !

    • भवानी घिमिरे, सर्लाही

    [२१]
    कुसंस्कार
    आमाको मृत्युमा
    पिण्डको ठाउँमा केक !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [२२]
    श्रद्धाञ्जली
    उल्टो संस्कार
    लिनेलाई पनि तिलाञ्जली !

    • घनश्याम पौडेल, पोखरा

    [२३]
    नक्कल
    बिर्सेर संस्कृति
    हदैसम्मको देखियो विकृति !

    • दुर्गा भमरकोटे सुसेली, काठमाडौँ

    [२४]
    बिलखबन्द
    अनौठो दृश्य
    बाटो बिराएका मानवहरू !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२५]
    अचम्म
    बिकृति मौलायो
    जमाना कस्तो आयो !

    • सरिता सेढाई, धादिङ

    [२६]
    अचेल
    विदेशी चलन
    आफैंले सजाएको बडप्पन !

    • मनाेज थापा, कैलाली

    [२७]
    विकृती
    धर्म हरायो
    मान्छेमा कुसंस्कार पलायो !

    • रिता खराल, रुपन्देही

    [२८]
    आमा
    संसार सृष्टिकर्ता
    सम्मान माया सदैव !

    • साहित्य प्रेमी सलिन, जुम्ला

    [२९]
    समाज
    माैलाउँदै विकृति
    बिर्सेर माैलिक संस्कृति !
    -श्रद्धा आचार्य, पोखरा

    [३०]
    अचम्म
    बिर्सेर संस्कृति
    भित्रिन थाल्यो विकृति !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३१]
    नक्कल
    निभाउने दियो
    कुसंस्कार देशमा भित्रियो !

    • धनमाया चौधरी, कैलाली

    [३२]
    संस्कृति
    मारमा पर्दा
    बन्यो कस्तो विकृति ?

    • रमेश प्रभात, चितवन

    [३३]
    पिण्ड
    आमाको नामको
    विसर्जन आफ्नै पेटमा !

    • मानन्धर रमेश

    [३४]
    संसार
    पराकाष्ठ विकृतिको
    उल्टो चल्दै संस्कार !

    • सरस्वती वली

    [३५]
    वास्तविक
    हाम्रो परम्परा
    कथितद्वारा संस्कृति धरापमा !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    [३६]
    पापी
    जिउँदैमा रुआइ
    मरेर छोरा हँसाइ !

    • हीरा तामाङ

    [३७]
    विकृती
    मौलाउँदै आयो
    खायो नेपाली संस्कृति !

    • इन्दिरा देवकोटा, कपिलवस्तु नपा-३

    [३८]
    आश्चर्य
    संस्कार हिनता
    स्वधर्ममा कालो धब्बा !

    • यानेन्द्र जोशी

    [३९]
    श्रद्धाञ्जली
    संस्कारमा खल्लीबल्ली
    केकमा चढाए अञ्जली !

    • अम्बिका अधिकारी, झापा,बिर्तामोड

    [४०]
    आफ्नै
    बाटो बिर्सँदै
    हिँड्दै समाज घिर्सँदै !

    • बालकृष्ण खनाल, टीकापुर

    [४१]
    संस्कृति
    बिगार्यौ दुष्ट
    छिट्टै भोग्नेछौ अनिष्ट !

    • मङ्गला उपाध्याय, बारा

    [४२]
    संस्कृति
    मौलाउँदै विकृती
    रहेन सामाजिक थिती !

    • दुर्गा भट्टराई

    [४३]
    संस्कार
    विकृति अधमरो
    मुर्दालाई केक दह्रो !

    • जमुना कायस्थ, पोखरा

    [४५]
    संस्कार
    कता हरायो
    खराब नालायक छाराे !

    • सुदिप पुर्कुटि(लुरे)
      सिन्धुली हाल: ललितपुर

    [४५]
    संस्कार
    सोचको आकार
    समयले दिएको उपहार !

    • म्यामराज राई, भोजपुर

    [४६]
    मातृत्व
    रगतको छाल
    सन्तान भए बेहाल !

    • सविता के.सी., काठमाडौँ

    [४७]
    भावना
    सुखदुःखको सबै
    विकृतिको आडम्बरमा थन्किएको !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [४८]
    नक्कल
    विदेशी संकृतिकाे
    मननीय विषय विकृतिको !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    संस्कृति
    हराउदै गएको
    मौलाउँदै बाहिरी संस्कार !

    • खेमराज पुरी, कैलाली

    [५०]
    संस्कार
    विदेशी नक्कल
    रहन्न अब भक्कल !

    • त्रिलोक रामदाम
      भैरहवा, रुपन्देही

    [५१]
    नेपाली
    मृत्युमा खुसीयाली
    हाँस्छौं कुसंस्कार बसाली !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [५२]
    विकृति
    देखासिकी बढ्दै
    आफ्नो पहिचान भुल्दै !

    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ९५ सम्पन्न

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ७ चैत्र २०७९, मंगलवार ०६:५० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    वसन्त
    कैदी भावनाबिच
    आर्तनादमा फुलेका फूलहरू !

    २
    दुर्व्यसन
    प्रदुषित वातावरण
    आखिर अकालमा मृत्यु !

    ३
    ज्वालामुखी
    धरतीकै विनासकारी
    वेदनामा सम्पूर्ण चौतारी !

    ४
    गुराँस
    भिरमा फुल्ने
    पिरमा पनि मुस्कुराउने !

    ५
    चौतारी
    उकाली ओराली
    गमलामा मुस्कुराउँदै जिन्दगी !

    ६
    पिँजडा
    चराको जेलघर
    मूक दर्शक मानिस !

    ७
    गुराँस
    राष्ट्रिय फूल
    राष्ट्र राष्ट्रियताको मूल !

    ८
    नक्कल
    भालुको कञ्चट
    संस्कृतिको नाममा विकृति !

    ९
    फूलहरू
    प्राकृतिक उपज
    सृष्टिको अनुपम उपहार !

    १०
    लालुपाते
    प्राकृतिक उपज
    जीवनका अनेक रङ्गहरू !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P