• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०१

  • १८ बैशाख २०८०, सोमबार १९:४३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मोबाइल
    खतरनाक नशा
    हरे! मानिसको दशा !

    • वसन्त अनुभव, दाङ

    [२]
    प्रविधि
    एकोहोरो गिदी
    चलाउने छैन विधि !

    • पशपती राई, खोटाङ

    [३]
    समय
    प्राविधिक युग
    कहिल्यै नगर्नु दुरुपयोग !

    • आर्त अकुलीन, कैलाली

    [४]
    प्रविधि
    समयको आवश्यकता
    आफू अनुकुल प्रयोग !

    • घनश्याम पौडेल
      गौरीगंगा नगरपालिका -९ , कैलाली

    [५]
    जिन्दगी
    धेरैलाई चिन्ता
    लागेको रोग भिन्नता !

    • जीवन आचार्य निश्चल

    [६]
    मोबाइल
    प्रयोगमा अनियमितता
    होओस् समयमै सचेतना !

    • साहित्य प्रेमी सलिन, जुम्ला

    [७]
    मोबाइल
    विचित्र प्रयोग
    व्यस्त जीवन शैली !

    • समुन्द्रा शर्मा, सुनसरी

    [८]
    मोबाइल
    गरौँ सदुपयोग
    किन्चित नहोस् दुरुपयोग !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [९]
    खल्ती
    अनौठो चल्ती
    मोबाइल घुसाउन गल्ती !

    • अच्युत घिमिरे, भुटान

    [१०]
    मोबाइल
    सही सदुपयोग
    अति गरेमा खति !

    • धनमाया चौधरी, कैलाली

    [११]
    प्रविधि
    समयको माग
    सदुपयोग, दुष्प्रयोग दिमाग !

    • म्यामराज राई, भोजपुर

    [१२]
    माग
    खै लगाउन
    जानेकी तिमीले दिमाग !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१३]
    गाईजात्रा
    माेबाइलकाे यात्रा
    बढ्याे लतकाे मात्रा !

    • नवराज भट्ट, कञ्चनपुर

    [१४]
    लत
    जुनसुकै बेला
    मोबाइल चाहिने आदत !

    • घनश्याम पौडेल, पोखरा

    [१५]
    प्रविधि
    आजको आवश्यकता
    महत्त्व नबुझ्दा खती !

    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१६]
    जमाना
    टचको आएको
    ऋणले छलाङ्ग लगाएको !

    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८

    [१७]
    मोबाइल
    आधुनिक जमाना
    खतरनाक लत आखिर !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [१८]
    मोबाइल
    बसेको लत
    समय दुरुपयोग फगत !

    • प्रेम थापा “मन”, बागलुङ

    [१९]
    मोबाइल
    जान्दा प्रविधि
    नजान्दा खराब प्रवृत्ति !

    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल

    [२०]
    प्रविधि
    दुरुपयोगकाे पराकाष्ठा
    क्षतविक्षत मानव जीवन !

    • निरज कोइराला

    [२१]
    प्रविधि
    बिगार्ने लत
    सदुपयोग गर्न नजान्दा !

    • सावित्री अधिकारी

    [२२]
    प्रविधि
    जान्नेलाई श्रीखण्ड
    नजान्नेलाई दण्डै दण्ड !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [२३]
    प्रविधि
    गर्नु सदुपयोग
    जीवन उज्ज्वलमय याेग !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [२४]
    मोबाइल
    प्रविधिले भरपुर
    जानीजानी प्रयोगमा मजबुर !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२५]
    मोबाइल
    जाने विश्वविद्यालय
    नजाने विश्व वेश्यालय !

    • रमेश मानन्धर

    [२६]
    आधुनिक
    प्रविधिको लत
    पिडित नारी जगत !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न.पा.३

    [२७]
    महिला
    नयाँ जमाना
    गर काम पहिला !

    • सम्झना कुसुम, पोखरा

    [२८]
    मोबाइल
    जाने श्रीखण्ड
    नजाने खुर्पाको बिँड !

    • दुर्गा भमरकोटे, काठमाडौँ

    [२९]
    प्रविधि
    महत्वपूर्ण अङ्ग
    नजान्नेको जीवन भताभुङ्ग !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [३०]
    साधन
    उपयोगी मोबाइल
    पार्दै जिन्दगी घायल !

    • होम प्रसाद
      धरान, सुनसरी

    [३१]
    मोबाईल
    आवश्यक साधन
    नसाले पार्‍यो हैरान !

    • सरिता सेढाई, धादिङ

    [३२]
    फाेन
    उपयाेग दुरुपयोग
    आफ्नो आफ्नो दृष्टिकोण !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३३]
    पेटको
    रक्षार्थ मनको
    असहज परिस्थिति तनको !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [३४]
    नसा
    मनकाे राेग
    दुरुपयोग उपलब्ध सुविधा !

    • मनोज थापा, कैलाली

    [३५]
    मोबाइल
    प्रविधिको उपहार
    सदुपयोग यसको सार !

    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही

    [३६]
    मोबाइल
    सही ठाउँमा
    गरौँ राम्ररी प्रयोग !

    • प्रदिप नेपाली, पर्वत

    [३७]
    मोबाइल
    महङ्गो अत्याधिक
    ठान्छन् मान्छे अत्यावश्यक !

    • भगवती दवाडी

    [३८]
    मोबाइल
    सबैको हातमा
    छोडेर काम सबै !

    • डुकछिरिङ लेपचा, डुपटिन, भारत

    [३९]
    खराब
    लतको रूपमा
    मोबाइल मानवी सराब !
    सुमित्रा पोखरेल, काठमाडौँ

    [४०]
    मोबाइल
    सदुपयोग वरदान
    दुरूपयोगमा असर महान !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [४१]
    प्रविधि
    पार्‍यो जालमा,
    गृहणी यस्तो हालमा !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [४२]
    मोबाइल
    बनायो खराब
    जिन्दगीले पिलायो सराब !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [४३]
    संशोधन
    सन्दर्भ वेस
    विकृति भरेको भेष !

    • जमुना कायस्थ, पोखरा

    [४४]
    प्रविधि
    जाने वरदान
    नजाने भयो अभिशाप !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [४५]
    मोबाइल
    प्रविधिको युग
    साधन चिन्दा सदुपयोग !

    • टिकाराम पुन टिपु
      छत्रेश्वरि गाँउपालिका-२, सल्यान

    [४६]
    मोबाइल
    जान्दा ठिक
    नत्र अनावश्यक तनाव !

    • दुर्गा भट्टराई

    [४७]
    कर्म
    गर्दैछु रमेर
    मिठाे गीत सुनेर !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    [४८]
    मोबाइल
    जानेमा उपयोगी
    नजाने जिन्दगी विलिन !

    • कविता आचार्य, कैलाली

    [४९]
    जमाना
    प्रविधिले भरिपूर्ण
    बन्दैछ दिनचर्या जीर्ण !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [५०]
    माग
    आखिर समयको
    प्रविधि एक आवश्यकता !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा, हाल: बर्दिया

    [५१]
    प्रविधि
    मानव व्यस्त
    देखिन्छ चुस्त दुरुस्त !

    • चन्द्रावती अधिकारी

    [५२]
    प्रविधि
    जाने निधि
    नजाने अप्ठ्यारो विधि !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [५३]
    प्रविधि
    उचित उपयोग
    एकबाट काम अनेकौँ !

    • गुणनिधि घिमिरे, अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०१

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४२

  • १८ बैशाख २०८०, सोमबार ०७:४९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४२ [बयालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/१४ गते  समय :- साँझ ८ बजे ।

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️साेचेकाेझैँ केा   हुन्छ र जिन्दगी बाँचुन्जेल[०१]
    ✍️धर्ती स्वर्ग  काे  छुन्छ र जिन्दगी बाँचुन्जेल[०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢रहर  सबै   मृगतृष्णा   जस्तै  लाग्छ   यहाँ[०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️सबै पीडा काे   धुन्छ र जिन्दगी  बाँचुन्जेल[०४]
    ✍️बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल[०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    ✍️साेचेकाेझैँ केा   हुन्छ र जिन्दगी बाँचुन्जेल[०१]
    ✍️धर्ती स्वर्ग  काे  छुन्छ र जिन्दगी बाँचुन्जेल[०२]
    💢रहर  सबै   मृगतृष्णा   जस्तै  लाग्छ   यहाँ[०३]
    ✍️सबै पीडा काे   धुन्छ र जिन्दगी  बाँचुन्जेल[०४]
    ✍️बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल[०५]

    चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०१]

    साेचेकाेझैँ केा   हुन्छ र जिन्दगी बाँचुन्जेल ।
    धर्ती स्वर्ग  काे  छुन्छ र जिन्दगी बाँचुन्जेल ?
    रहर  सबै   मृगतृष्णा   जस्तै  लाग्छ   यहाँ ।
    सबै पीडा काे   धुन्छ र जिन्दगी  बाँचुन्जेल ।
    बाधा बन्धन काे फुन्छ र जिन्दगी बाँचुन्जेल ।

    ✍️चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [०२]
    [०१]
    नजर  लड्यो  तिमीसँग  हराउन  सकिनँ ।
    हेराइ  थियो  मायालुको  डराउन सकिनँ ।
    वाणी तिम्रो हेरामा काबु कसरी पाउ भन,
    झटारो  हान्यौ  मलाई नै कराउन सकिनँ ।
    आँखाले भने जस्तो किन गराउन सकिनँ।
    [०२]
    अब हामी कसैसँग डराउनु पर्दैन।
    नैतिकता भएदेखि हराउनु पर्दैन।
    बिचारसँग हाम्रो लडाई, युद्ध हो साथी,
    हाम्रो गल्तीलाई मन पराउनु पर्दैन।
    नतिजा आउँदैछ है कराउनु पर्दैन ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” पाल्पा।
    हाल बर्दिया ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०३]

    / पञ्चाङ्ग /

    मनसँग मन मिले ।
    राम्रो होला झन् मिले ।
    गाउँघर लेक बेसी,
    कति राम्रो जन मिले ।
    सारा आफ्नोपन मिले ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]

    साेचे अनुसार कहाँ मिल्छ र यहाँ।
    सियाे नहुँदा कपडा सिल्छ र यहाँ।
    जे जे पाइन्छ त्यसैमा गुजारा गर्ने,
    बाेट नभएमा फूल खिल्छ र यहाँ।
    हात नलाए मौरीले चिल्छ र यहाँ।

    ✍️नवराज भट्ट, कञ्चनपुर।
    ……………………………………………

    पञ्चाङ्ग   [०५]

    मनका रहर कहिले पाे सुन्छ र जिन्दगी।
    फूलको बाटो मात्रै त कहाँ चुन्छ र जिन्दगी।
    चुनौतीका पहाड झेल्दै जान्छ समय खेर,
    नाम्चेमै लडे शिखर कहाँ छुन्छ र जिन्दगी।
    आखिर सोचे जस्तो कसको हुन्छ र जिन्दगी।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०६]

    साेचे जस्तै कहाँ हुन्छ र जीवनमा।
    स्वर्ग सबै कहाँ छुन्छ र जीवनमा ।
    अाफू टेक्ने धर्ती नै स्वर्ग मान्नुपर्छ,
    सबै पीडा के ले धु्न्छ र जीवनमा
    दुःख नपरी काे रुन्छ र  जीवनमा ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………

    पञ्चाङ्ग   [०७]

    ढुङ्गाको नि अाफ्नै पन हुनेबभए।
    मन मिल्ने मान्यजन हुने भए।
    यति विरक्त हुने थिएन होला,
    फूलको थुँगाको घन हुने भए।
    तिलस्मी सुन्दर वन हुनेभए।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [०८]

    अब हामी कसैसँग डराउनु पर्दैन।
    नैतिकता भएदेखि हराउनु पर्दैन।
    बिचारसँग हाम्रो लडाई, युद्ध हो साथी,
    हाम्रो गल्तिलाई मन पराउनु पर्दैन।
    नतिजा आउँदैछ है कराउनु पर्दैन ।

    ✍️जनुका गौतम , काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०९]

    दुई चोटी नाप्नु अनि बल्ल एकचोटि काट्नु भन्थे पुर्खाले।
    काम  तमाम  गरेपछि मात्रै भाषण छाट्नु भन्थे पुर्खाले ।
    आजकाल त आफू आफैं सबैजना जान्ने सुन्ने भए बाबै,
    बिचार पनि निकै बेर सोचेर मात्रै साट्नु भन्थे पुर्खाले ।
    प्रेमको डोरी पनि एकदम होशले बाट्नु भन्थे पुर्खाले ।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………

    पञ्चाङ्ग   [१०]

    मुटुको धडकन पोल्ने गर्छ बेला बेलामा।
    आफ्नो इज्जत खोल्ने गर्छ बेला बेलामा।
    मुखले एउटा कुरा गर्दै व्यवहार अर्कै गर्ने,
    बुझ्नै नसकिने बोल्ने गर्छ बेला बेलामा।
    झुट र अहम घोल्ने गर्छ बेला बेलामा।

    ✍️कला ढकाल, झापा ।

    पञ्चाङ्ग   [११]

    स्मरणमा नि:स्वार्थको यो जालो लिएर जाँउ।
    दिप बत्ती  बाल्नकै लागि टालो लिएर जाँउ।
    जिम्मेवारी  समर्थक  निर्जनका थोत्रा गाला,
    लोकतान्त्रिक मुखियाको सालो लिएर जाँउ।
    जिन्दगीमा  बाँचुन्जेलको जालो लिएर जाँउ।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    आफन्तबाट मान्छे कुटिएको देखिन्छ।
    घरबाटै इज्जत लुटिएको देखिन्छ।
    मान्छे यति साह्रै अत्याचारी भयो किन?
    यस्तो हुँदा सम्बन्ध छुटिएको देखिन्छ।
    भित्र भित्रै हृदय टूटिएको देखिन्छ।

    ✍️सुशीला पौडेल ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]
    [०१]
    आफ्नै सत्य कर्ममा नै रमाउँछु हेर।
    परिवार पाल्ने धन कमाउँछु हेर।
    छाडिदिन्छु ठुलाठुला ति सपना देख्न,
    सनातन धर्मलाइ समाउँछु हेर।
    माहुरीको त्यो महझैँ जमाउँछु हेर।
    [०२]
    प्रकृतिसँगै जीवन पनि उराठ लाग्दो भयो।
    प्रेम अनि विस्वासहरु यो मनले माग्दो भयो।
    लुकामारी खेल्दै थिए अदृश्य ति सपनाहरू,
    कपोकल्पित भावनाहरु मनमा जाग्दो भयो।
    आशाका किरण छरी निरास् बनाई भाग्दो भयो।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………

    पञ्चाङ्ग   [१४]
    [०१]
    वनको चरी वनमा रमाउँदा ।
    मनको चरी मनमा रमाउँदा।
    स्वतन्त्र हुनुको यहाँ मजा बेग्लै ,
    परिश्रमकाे धनमा रमाउँदा ।
    आफ्नो संस्कार पनमा रमाउँदा।
    [०२]
    फल दिने त्यो रूख राम्रो देखिन पात भन्छु म त ।
    निकासमा बिषयमा वैचारिक बात भन्छु म त ।
    प्रकृतिमा नियालेर हेर हरेक कर्म गर्दामा ,
    तल्लीन देखिने छ सेवामा  सधैँ मात भन्छु म त ।
    पाइलैपिच्छे डराउने मान्छेकाे जात भन्छु म त ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]
    [०१]
    लत फेरि कुलत भै जाला भन्ने डर।
    पछि गई कलेजी नै खाला भन्ने डर।
    अति भए खति हुन्छ भन्थै बुढापाका,
    बोल्ने मुख लगाउँला ताला भन्ने डर।
    नमानेमा फुटाउँला गाला भन्ने डर।
    [०२]
    आजभोलि मलाई त लेख्ने लत लाग्यो।
    अरूभन्दा पञ्चाङ्ग नै धेरै घत लाग्यो।
    केही भाव लेख्न पर्दा सजिलो छ निकै,
    उपविधा मध्ये  यही  राम्रो  मत लाग्यो।
    पञ्चाङ्गमा गयो भन्ने पनि खत लाग्यो।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१६]

    घाम झुल्केर के भयो यहाँ दिल अस्ताए पछी।
    नम्र  बोलेर के  भयो  यहाँ शिल अस्ताए पछी।
    धेरै  भेटिन्छन्  यहाँ   नजिक   भएर  लडाउने,
    छरछिमेक  के भयो  यहाँ मिल अस्ताए पछी।
    रमाएर  के  भयो  यहाँ  जिल  अस्ताए  पछी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    पञ्चाङ्ग   [१७]

    सिमाना रक्षा गर्न  काँडे  तार लगाउनु पर्छ ।
    हल्लने  होइन  बलियो   बार लगाउनु पर्छ ।
    हेपेर नै सिमा मिच्ने सानो देश ठानेर होला,
    नेपालले  दशगजा सिमा पार लगाउनु पर्छ ।
    वैरी रहेछ   खुकुरीमा   धार  लगाउनु  पर्छ ।

    ✍️संगिता शर्मा , सिन्धुली ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१८]
    [०१]
    अर्काको दुःख त कसले पो सुन्छ र यहाँ।
    आफ्नो लागि आफै नगरे के हुन्छ र यहाँ।
    जिन्दगी त सुखदुःखको यात्रा  पो रहेछ,
    सुखी ~ठाउँमा दुःख कसले चुन्छ र यहाँ।
    निकम्मा छन् सबै के शिखर छुन्छ र यहाँ।
    [०२]
    एउटै खम्बामा यत्रो घर आँट्नु सानो कुरा होइन
    धेरै चित्र बनाई दिमाख चाट्नु सानो कुरा होइन
    वास्तवमा मान्छेमा धेरै कुराको ज्ञान छ भन्ने जनाउँदै
    पुरै शहर एउटा खम्बामा साट्नु सानो कुरा होइन
    यस्तो आकर्षक तरिकाले छाट्नु सानो कुरा होइन।
    सरस्वती श्रेष्ठ इटहरी

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………………

    पञ्चाङ्ग   [१९]

    हत्केलाभरि ठेला उठाएर गिट्टी फोर्नु छ।
    अबत यसै गरेर नै भाग्य रेखा कोर्नु छ।
    सन्तानको शिक्षा हैसियत बाहिरको भयो,
    दिनभरिको कमाइ रातिमा चुलो जोर्नु छ।
    फाटेका लुगाले पहरको तरेलि मोर्नु छ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२०]

    आजकै दिन दिनपनि देशैभरी त्यो कालो रात छाएको दिन ।                       आजकै दिन दुई हजार बहत्तरको भुकम्प धाएको दिन ।           
    आज त्यो दिन हो नेपालको सबैभन्दा अग्लो धरहरा ढलेको ,
    आज त्यो दिन गुञ्जमान सबैमा राम राम भन्दै गाएको दिन ।
    आज त्यो दिन भुकम्प बाट सबै जनताले सास्ती पाएको दिन ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [२१]

    काम छिन्ने पनि बानी हुनुपर्छ ।
    मन दुख्न पनि पानी हुनुपर्छ।
    सच्चा जीवन बाँच्न हामीमा निकै,
    खँदिलो दयाको खानी हुनुपर्छ।
    पर्दा राखी बाँध्ने दानी हुनुपर्छ ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।
    ……………………………………………

    पञ्चाङ्ग   [२२]

    रविले चुनाव जित्नेनै भए भन्ने कुरा हल्ला चलेकोछ।
    जिताउँन हुँदैन भनेर नेताहरूकाे सल्ला चलेकोछ।
    युवाहरूले देशलाई चलाउन सक्छन् कि भनेर नै,
    पाँचै वर्षकै सरकार चल्ला भनी हाेड बाजि चलेकोछ।
    फेरि पनि आफ्नै कुर्सी ढल्ला भनी सत्ताको माेह चलेकोछ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [२३]

    नत  तिम्रो  हुन    सकें।
    नत   मनै  छुन    सकें।
    मायालाई कस्तो सम्झु,
    नत   छोइ   रुन   सकें।
    नत  आँसु   धुन  सकें।

    ✍️पुष्पा नेपाल सुवेदी, इलाम ।
    …………………………………

    पञ्चाङ्ग   [२४]

    धेरै माया गरेकी थिएँ।
    खुसी हाँसो छरेकी थिएँ।
    तिमी बिना को छ र के छ,
    तिम्रो खुसी भरेकी थिएँ।
    आफ्नै खुसी हरेकी थिएँ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [२५]

    यहाँ  दुनियाँ  जतिनै  भुकेपनि  केही  हुनेवाला छैन।
    जजसको घाटी जति सुकेपनि केही हुनेवाला छैन।
    अख्तियारनै भ्रष्टाचारी घुसियाछत कस्को के लाग्दछ?
    अन्यायमा  न्याय जति चुकेपनि केही हुनेवाला छैन।
    यहाँ  जनताले  जता झुकेपनि केही हुनेवाला छैन ।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४२

    दमाममा स्थित नेपाली दूतावास रियादको २ दिने अस्थायी घुम्ति शिविर सम्पन्न।

  • १८ बैशाख २०८०, सोमबार ००:४४ मा प्रकाशित
  • शुक्र मोक्तान, दमाम साउदी अरब,

    अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा नेपाली दूतावास रियादको २ दिने अस्थायी घुम्ति शिविर सम्पन्न भएको छ । उक्त शिविर मार्फत राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ४३४ जनाको राहदानी बितरण र विद्युतीय राहदानीको लागी १ हजार २८ जनाको फारम संकलन गरि कुल१ हजार ४ सय ६२ जना सेवाग्राहीहरू लाभान्वित भएको एनआरएनए एनसीसी साउदी अरबले जनाएको छ।

    फारम संकलनको लागी नेपाली दूतावास रियादका लागी प्रशासकीय प्रमुख एवम् का.मु. नियोग उपप्रमुख प्रथम सचिव ऋषिराज आचार्यको नेतृत्वमा एक टोलीको उपस्थिति रहेको थियो भने स्वयंसेवकको रूपमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय, राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय परिषदका पदाधिकारी हरूको साथमा साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको संघले जनाएको छ।

    अप्रिल महिनाको २८ र २९ तारीखमा सम्पन्न उक्त शिविर एनआरएनए एनसीसी साउदीका अनुसार विद्युतिय राहादानी जारी भए पश्चातको यो साउदीअरबका पूर्वी प्रान्त दम्मामका लागी पहिलो राहदानी फारम संकलन शिविर संचालनमा आएको हो। संघका अनुसार उक्त फारम संकलन शिविरको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबले गरेको थियो भने उक्त शिविर संचालनको लागी संघले नेपाली नियोग संग निरन्तर समन्वय गरेको जनाको छ।

    नेपाली दूतावास रियाद देखी ५ सय किलोमीटर टाढा रहेको पूर्विय प्रान्त दम्माम वरिपरी आप्रवासी नेपाली श्रमिकहरू मध्ये लगभग ५०-६० प्रतिशत श्रमिकहरू रहेको देखिन्छ । उक्त क्षेत्रमा रहेको सेवाग्राहीहरू मध्ये शिविरको लाभ लिन नपाएकाहरूले भने यस प्रकारको शिविर निरन्तर हुनु पर्ने आशाय सहित पुनः शिविर संचालन हुनेमा आशंका व्यक्त गरेका छन्।

    दूतावास सम्मको यात्रा नै कम्तिमा दश घण्टाको रहने र आयको तुलनामा अधिक खर्चिलो हुने भएकोले यस प्रकारको शिविर मासिक रूपमा संचालन हुनुपर्ने माग सेवाग्राहीहरूको रहेको पाईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on दमाममा स्थित नेपाली दूतावास रियादको २ दिने अस्थायी घुम्ति शिविर सम्पन्न।

    एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

  • १४ बैशाख २०८०, बिहीबार १८:२९ मा प्रकाशित
  • काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ ।

    आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ काे विजेता बनेकाे थियाे ।

    यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएईले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।

    दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचकाे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

    प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

    पञ्चाङ्ग चित्रपट भाग- ३१

  • ११ बैशाख २०८०, सोमबार १२:४८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३१
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०१/०७ गते साँझ ८ बजे ।

    आज मातातीर्थ औँसी अर्थात माताको मुख हेरि मातालाई मीठो पकवान द्रव्य, वस्त्र दिएर माताबाट आशीर्वाद लिने दिनभएकोले १ पञ्चाङ्ग मातालाई समर्पित गरेर लेख्न हुन अनुरोध गर्दछौँ ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३१ [एकतिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन 
    —————–
    गुननिधि घिमिरे

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    लुटुपुटु  खेलेको त्यो काख याद आयो।
    फुल्याउन खुवाएको दाख याद आयो।
    कॅहा भुल्न सकिन्छ र आमाको ममता,
    मातृस्नेह भरिएको साख याद आयो।
    सन्तानप्रतिको त्यो चाख याद आयो।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग     [०२]                                       

    माता तीर्थ औंसी आएछ आजै आमा भेट्न जान्छु म।
    ति अलङ्कार वस्त्रहरू आमा पहिरन लान्छु म।
    माता तीर्थ औंसी आउँदा चेली आमा भेट्न हर्क छ,
    मिठा ति परिकार लिई जान्छु आमा सँगै खान्छु म ।
    आमा दुध भारा नलागोस् भन्दै देवतुल्य मान्छु म ।

    ✍️बेदु न्यौपाने काठमाडौ❤️  ।
    ………………………………………………………………            

    चित्रपट पञ्चाङ्ग   [०३]

    आमा विना संसारमा पार छैन आमा।
    तिमी  विना मायाको धार छैन आमा ।
    दु:ख पायौ    मेरैलागि दिनरात खटि ,
    तिम्रो जस्तो मायाको भार छैन आमा ।
    तिमी  नभए लोकमा सार छैन आमा ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    धर्तीको सृष्टि कर्ता आमा हुनु भाको हो।
    त्यसैले सबैले आमा महिमा गाको हो।
    आमाको मातृ वात्सल्य सम्झेर नै आज,
    सबै जनाले आमालाई भेट्न आको हो।
    फेसबुकमा आमाको फोटो फिजाको हो।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………………

    चित्रपट  पञ्चाङ्ग   [०५]
    [०१]
    हात जोडि  बिन्ती गर्ने  यहि शिरमा छु।
    मौलिक  हक  होलान पक्कै चिरमा छु।
    सौभाग्य नाच्ने झनै  सतकर्मको  यहाँ ,
    भोगाई  छ  यातनाको  यिनै  पिरमा छु।
    बचाउन आउ  साथी    मत  भिरमा छु।
    [०२]
    माता हाँसुन  मेरी  यिनै  जुन तारामा हुनेछिन।
    विना अवनीको   टेकेर  ऊन  धारामा हुनेछिन।
    चामुण्डाका हून वैश्णुवी कर्ममा ज्ञानि सधै यिनै,
    छातीको रगत  दुधले हुन     भारामा हुनेछिन।
    स्निग्ध  ममताको माधुर धुन सारामा हुनेछिन।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    सन्तानहरुको भोको पेट भर्न आमा चाहिन्छ।
    सबैलाई बराबर माया गर्न आमा चाहिन्छ।
    आमाको अभावमा जिउनु परेको छ मलाई,
    दुःख र पीडामा पर्दा अघि सर्न आमा चाहिन्छ।
    सन्तानमा ज्ञानको प्रकाश छर्न आमा चाहिन्छ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    आमाको मूल्य हुँदैन तिर्न नखोजे।
    देशभित्र मुटु हुन्छ चिर्न नखोजे ।
    आमासँगै देश सिद्दाउन कदापि ,
    विदेशीको  तरबार भिर्न नखोजे ।
    दास नै बनी पाउमा गिर्न नखोजे ।

    ✍️ देवी पन्थी ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    आमा तिमी विना जीवनमा सार छैन।
    आईरहने दु:ख सुखकाे पार छैन।
    आमा नै हुन  हाम्रो दुई आँखाका नानी,
    तीमीलाई सन्तानको कुनै भार छैन।
    तिमी भए जीवन  कहिल्यै हार छैन।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    आमाको  मुख  हेरि उनको  सम्मान गर्ने दिन।
    संसार  कै  आमाहरुको  अपमान  हर्ने   दिन।
    मातातीर्थ औंसीको धेरै शुभकामनाका साथै,
    आमा  कै  मायामा हराएर  स्नेहमा  पर्ने दिन।
    जगत  जननी  जानेर   अनुराग   छर्ने    दिन ।

    ✍️अच्युत घिमिरे,भूटानबाट🇧🇹 ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    यो संसारकै प्यारी हुन् मेरी आमा ।
    अँध्यारोभित्रकै जुन मेरी आमा ।
    वात्सल्यमा प्रेममा रमाएँ सधैँ,
    मातृत्वको स्वयम् गुण मेरी आमा ।
    ममताकी मीठो धुन मेरी आमा ।

    ✍️वीणा रोका, दाङ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    सधैँ खुसी छर्ने आमा ।
    स्वच्छ सास भर्ने आमा ।
    गाउँ घर सबै माझ,
    दु:ख पीडा हर्ने आमा ।
    माया प्रेम गर्ने आमा ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    सन्तानकाे निम्ति अनेक दुख गर्ने आमा।
    जति बाधा आएनि सवै खुशी भर्ने आमा।
    आमा महान हाे कसरी गराैँ र बयान,
    कष्ट परेपनि कयाैं जंघार तर्ने आमा।
    सन्तती समस्यामा पर्दा अघि सर्ने आमा।

    ✍️उर्मिला के.शी. ,धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    रोइरहेछिन् आमा बाटो हेर्दै छोरो आउला कि भनेर।
    दुखिरहेको घाउमा मलम पट्टी  लाउला कि भनेर।
    झुपडीको पाली चुहिएर आहाल हुन्छ हर वर्षामा,
    यसपालि त छोरो आइ पक्कै पनि  छाउला कि भनेर।
    यो आँखा पनि केही दिन ओभाउन पाउला कि भनेर।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    माता हुनु पनि त एउटा कला हुनुपर्छ।
    उनैले गर्दा यो सन्सारकै भला हुनुपर्छ।
    औलादले औपचारिकता मात्र नदेखाउ,
    स्याहार सुशारमा आमाको फला हुनुपर्छ।
    दुनियाँ आमाको सम्मानमा गला हुनुपर्छ।

    ✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    आमाको मायाँ सबैलाई प्याराे लाग्छ।
    उहाँको छायाँ  सबैलाई  प्याराे लाग्छ।
    सबैलाई बराबरी गर्ने भएर,
    मायाको दायाँ सबैलाई प्यारो लाग्छ।
    दयाले   बायाँ सबैलाई प्यारो लाग्छ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ……………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ३१

    नेपाली साझा मंच,रास्ट्रिय समन्वय समिति साउदी अरबको अध्यक्षमा अन्जान गुभाजु।

  • ११ बैशाख २०८०, सोमबार ००:४३ मा प्रकाशित
  • नेपाली साझा मंच,रास्ट्रिय समन्वय समिति साउदी अरब को तेश्रो अधिबेशन तथा छैठौ बार्षिकोत्सब कार्यक्रम सभ्य भब्य रुप मा सम्पन्न भएको छ।

    साउदी अरबका लागि नेपाली राजदूतावासका महामहिम राजदूत नबराज सूबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको , उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम लगायत आगामी कार्यकालका लागी नयाँ कार्यसमिति पनी चयन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत नवराज सुवेदीले संबोधन गर्दै शुभकामना मन्तव्यका साथै नेपाली श्रमिकको उद्वार र समस्यामा राजदुतावास साथ रहने बताउनुभएको थियो ।

    उक्त अधिवेशनले अन्जान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

    संस्था प्रमुख संरक्षक :श्री कृष्ण पुरी
    संरक्षक: श्री बिष्णु घिमिरे
    प्रमुख सल्लाहकार :श्री अकल प्रधान
    सल्लाहकार : श्री नवराज थापा
    :टिकाराम पाण्डे

    अध्यक्ष- श्री अन्जान गुभाजु
    उपाध्यक्ष: श्री तेज ब सिन्धुली
    – श्री सुशील गुरुङ
    महासचिव:श्री राजु केसी
    सचिव: श्री डिवि बलामी

    कोषाध्यक्ष : श्री भरत पाध्य

    कलाकार संयोजक- श्री नागेश तामाङ

    केन्द्रीय सदस्यहरु
    श्री पुन्य प्र घिमिरे
    श्री शंकर तामाङ
    श्री राज नेपाली
    श्री प्रेम नेपाली
    श्री प्रनिशा रिमाल अधिकारी
    श्री कमल सेढाई
    श्री दिनेश रम्तेल
    श्री खुम खत्री
    श्री बिष्णुमाया तामाङ
    श्री टिबी कुबर
    श्री नेत्र न्यौपाने
    चयन भएका छन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on नेपाली साझा मंच,रास्ट्रिय समन्वय समिति साउदी अरबको अध्यक्षमा अन्जान गुभाजु।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १००

  • ९ बैशाख २०८०, शनिबार १७:४४ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    विकृति
    पश्चिमा संस्कृति
    देखासिकी खराब प्रवृति !

    • वसन्त अनुभव

    [२]
    केक
    मर्दा दिने
    बाँच्दा अनेक देखिने !

    • राेशन पराजुली, धरान

    [३]
    केक
    संस्कार छोड्ने
    पश्चिमी विकृति भित्राउने !

    • रमा पन्त, पाल्पा

    [४]
    बाआमा
    हुनलाई हेला
    नहुनेको दुःखी बेला !

    • ओम परियार, कास्की, पोखरा

    [५]
    अनुकृति
    भुल्याे प्रकृति
    भित्र्यायाे पराई संस्कृति !

    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

    [६]
    विकृति
    गलत संस्कृति
    समाजमा फैलियो आकृति !

    • म्यामराज राई, भोजपुर

    [७]
    विकृति
    फरक ढङ्गको
    त्यो आयातित संस्कृति !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक-६, दोलखा

    [८]
    कुरीति
    पितृकाे अपमान
    नभएका जात्रा हाँडीगाउँ !

    • नवराज भट्ट, कञ्चनपुर

    [९]
    केक
    अरुको देखासिकी
    भित्र्याउन हुन्न विकृति !

    • सरिता सेढाई, धादिङ

    [१०]
    जननी
    धरतीको सार
    श्रद्धाञ्जली स्वरूप केक !

    • आर्त अकुलीन, कैलाली

    [११]
    अपमान
    देशको भएको
    समाज कुरीतिमा गएको !

    • सुरेशकुमार पाण्डे, घोराही-१८, दाङ

    [१२]
    ओइलायो
    देखासिकी माैलायो
    खानमा दुईखुट्टे बाैलायाे !

    • निरज कोइराला

    [१३]
    दुष्ट
    गर्यौ अनिष्ट
    पितृको सराप अवश्य !

    • मङ्गला उपाध्याय, बारा

    [१४]
    नराम्रो
    सङ्गत हाम्रो
    पाश्चात्य शैली मिल्काउ !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा हाल: बर्दिया

    [१५]
    संस्कार
    भित्रियो विकृति
    पहिचान हराएको आकृति !

    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी

    [१६]
    विकृति
    फैलिँदै गएपछि
    पाउने हो स्वीकृति !

    • देवी पन्थी

    [१७]
    सोच
    अनेक थरी
    विकृती आयो मनपरी !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१८]
    केक
    पश्चिमी संस्कृति
    नेपालमा फैलियो विकृति !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१९]
    विचार
    बढ्यो कु-संस्कार
    पश्चिमा सँस्कृतिको प्रचार !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.३,काभ्रे

    [२०]
    केक
    जीससको मासु
    खानुपर्छ बगाइ आँशु !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [२१]
    पितृ
    बाँच्दा फेक
    मर्दा गर्छन् अनेक !

    • धनमाया चौधरी, कैलाली

    [२२]
    विकृति
    विदेशी नक्कल
    संस्कार संस्कृतिमा दखल !

    • विवश पारदर्शी, झापा

    [२३]
    आमा
    जिउँदोमा हेला
    मरेपछि केकको रेला !

    • रमेश प्रभात, चितवन

    [२४]
    जगत्
    उल्टो मगज
    चलेर भयो फगत !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२५]
    देखासिखी
    अरूको संस्कृति
    नासिदै आफ्नै संस्कृति !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [२६]
    विकृति
    पश्चिमी संस्कृति
    केक काट्छन् मृत्युपछि !

    • श्रद्धा आचार्य, पोखरा

    [२७]
    संस्कृति
    जोगाउन जाग
    भित्रियो नराम्रो विकृति !

    • शारदा आचार्य, ललितपुर

    [२८]
    उखान
    श्राद्धको सालो
    तिहारको ज्वाइँ अमिल्दो !

    • दुर्गा अधिकारी ‘भमरकोटे’

    [२९]
    देखासिकी
    श्रद्धाञ्जली अर्पण
    केक काटे भक्काभक्की !

    • अम्बिका अधिकारी, झापा, बिर्तामोड

    [३०]
    संस्कृति
    नचलाउनु प्रगति
    समाजमा अमान्य विकृति !

    • होमप्रसाद, धरान, सुनसरी

    [३१]
    केक
    देखेर उदेक
    कलियुगमा नौटंकी अनेक !

    • तोया घिमिरे, शंखमुल, काठमाडौँ

    [३२]
    आमा
    घरकी खामा
    नदर्सायौ विदेशी जामा !

    • कार्की डिबी माकुम
      सुनवल, नवलपरासी

    [३३]
    मनमा
    श्रद्धा अपनाऊ
    आडम्बरी नदेखाउ जनमा‌ !

    • दुर्गा आचार्य, मोरङ

    [३४]
    विकृती
    खराब संस्कृति
    निम्त्याउँदै अनेक बेथिति !

    • तोयानाथ चापागाईं, दमक, झापा

    [३५]
    संस्कृति
    हुदैछ विस्मृति
    माैलाएर आयाे विकृति !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [३६]
    चर्तीकला
    नराम्रो देखियो
    संस्कार नभएको भेटियो‌ !

    • रिता खराल, रुपन्देही

    [३७]
    छोड
    विकृति मोड
    आफ्नै सँस्कृति गोड !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [३८]
    विकृति
    अनेक भेटिन्छ
    सस्कृति बिग्रेकाे देखिन्छ !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [३९]
    विदेशी
    संस्कृति आउनु
    नेपाली त्यसैमा रमाउनु !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [४०]
    औंसी
    आमाको सम्मानमा
    आयो कस्तो विकृती ?

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [४१]
    जन्म
    मरण निश्चित
    कुरीति किन विस्तृत ?

    • रोजिन श्रेष्ठ, खोटाङ

    [४२]
    विकृति
    देखासिकी विदेशीको
    आफनो संस्कृतिको नाश !

    • घनश्याम पौडेल, कैलाली

    [४३]
    मौलिकता
    कुरामा सिमित
    व्यवहारमा गर्ने खुराफाती !

    • पशपति राई, खोटाङ

    [४४]
    उदेक
    बाँचुन्जेल भोकभोकै
    मरेपछि स्वादिष्ट केक !

    • बृन्दा बगाले, काठमाडौँ

    [४५]
    विकृति
    भित्र्याएर रमिता
    देशमा विदेशी संस्कृति !

    • बेदु न्यौपाने, काठमाडौँ

    [४६]
    असभ्यता
    सभ्यताको तिलाञ्जली
    पहिचान गुम्ने भए !

    • गोपेन्द्र रिजाल, काठमाडौँ

    [४७]
    संसार
    अर्काको भर
    देखासिकी अनेक रहर !

    • सरिता काफ्ले, कोहलपुर

    [४८]
    नहुने
    आडम्बरी चोला
    ओरालो बगेको खोला !

    • डुकछिरिङ लेपचा, भारत

    [४९]
    विकृति
    मासिँदै संस्कृति
    केकमा आमाको आकृति !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [५०]
    संसार
    पूर्वीय दर्शन
    आधुनिकताको नाममा विकृति !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [५१]
    आफ्नोपन
    भएको बेचैन
    विकृतिमा बग्यो मन !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [५२]
    देखासिकी
    पश्चिमा संस्कृति
    शोकमा केकको स्वाद !

    • त्रिलोक रामदाम, रुपन्देही

    [५३]
    देखावटी
    सम्झना गरेर
    रमाउँदै केक काटेर !

    • प्रदीप नेपाली, पर्वत

    [५४]
    नेपाली
    देखासिकी अर्कै
    मनाउँदै शोक चर्कै !

    • जमुना कायस्थ, पोखरा

    [५५]
    बाँचुन्जेल
    भोको पेट
    मृत्युको पश्चात केक !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [५६]
    खराबी
    हरायो सरम
    के गरम् गरम् ?

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [५७]
    संस्कार
    नक्कल बेकार
    नेपाली संस्कृतिको सार !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [५८]
    विकृति
    विर्सिए संस्कृति
    देखावटी गर्छन् कुरिती !

    • सरस्वती वली, बर्दिया, नेपाल

    [५९]
    आमा
    सृष्टिको नायिका
    सन्तानको भविष्य हर्ताकर्ता !

    • दुर्गा भट्टराई, मोरङ

    [६०]
    विकृति
    रिति थिति
    ठिक नभएको स्थिति !

    • अच्युत घिमिरे, भुटान

    [६१]
    प्रवृत्ति
    जिउँदाको एक
    आखिर मृत्युपछि अनेक !

    • कविता आचार्य, कैलाली

    [६२]
    आमा
    कहिलै नहराउनु
    जिवनी मभित्र रमाउनु !

    • पुष्पा सायरा, विराटनगर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १००

    साताको तीन लघुकथा- २९

  • ९ बैशाख २०८०, शनिबार १४:३६ मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (२९ औँ) शृङ्खलाका लागि आमा विशेष लघुकथाहरू लघुकथाकार डा.श्यामप्रसाद न्यौपानेको ‘आमाको माया’, लघुकथाकार अनुराग अरुणको ‘आमाको मन’ र लघुकथाकार नन्दलाल आचार्यको ‘माया’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: आमाको माया

    ✍️ डा. श्यामप्रसाद न्यौपाने
    सधैँको ऐय्या ! ऐय्या !! सुनिरहनुपर्दा उसलाई वाक्क लागिरहेको थियो । अतिथिहरूले पनि आमाको स्वास्थ्योपचारमा ध्यान नदिएको भन्ने लाञ्छना लगाउँछन् कि भन्ने आशङ्काले पनि ऊ भित्रभित्रै प्रताडित थियो ।

    वृद्धाश्रममा राख्ने निश्चय गरी उसले “आमा ! केही दिन हजुर मन्दिरमा बसी भजनकीर्तन गर्नुहोस् ।” भन्यो ।
    “बाबु ! आमाबाबुको लागि जहाँ आफ्ना छोरानाति छन् त्यही मन्दिर हो, त्यही तीर्थ हो । अब मलाई कतै जान मन छैन ।”

    “होइन आमा, हामी दिनभरि कामको सिलसिलामा घरबाहिर हुने, हजुर एक्लै बस्दा दिक्क लागेको होला । त्यहाँ हजुरजस्ता अरू वद्धवृद्धा पनि छन् । दिन बिताउन सजिलो होला भनेर पो त ।” उसले भन्यो ।
    आमा केही भन्न खोज्दै थिइन्, उसले झोला बोकेर “लौ हिँड्नुहोस्, बुढाबुढीले त भजनकीर्तन पो गर्ने हो ।” भनी आमालाई लिएर हिँड्यो ।

    आमालाई वृद्धाश्रम पुर्‍याएर फर्कँदै गर्दा उसलाई ठेस लाग्यो । आश्रमको ढोकाबाट हेरिरहेकी आमाले उसलाई ठेस लागेको देखेर भनिन् “बाबु ! बेस्सरी दुख्यो कि ! बाटो हेरेर हिँड न ।”

    सुनवल १२ पश्चिम नवलपरासी
    २०८०/०१/०५

    २)
    लघुकथा : आमाको मन

    ✍️अनुराग अरुण
    विष्णुमायाका दुई छोरा र तिन छोरी छन् । दुइटै छोराहरू अमेरिकामा घरजम गरेर बसेका छन् भने दुई छोरी र ज्वाईंहरू अष्ट्रेलियामा छन् । कान्छी छोरी र ज्वाईं क्यानडामा छन्। घरमा बुढा र बुढी मात्रै छन्। घर र खेतबारीको स्याहार सुसार गर्न एकजना मान्छे राखेका छन्।

    आज मातातीर्थ औँसी, बिहानैदेखि बुढाबुढीको अनुहार न्यास्रो छ । किन हो, मनले मानिरहेको छैन। छोराछोरीहरू टुप्लुक्क आउँछन् कि भनेर बेलाबेलामा विष्णुमाया दैलोबाहिर गएर सडकतिर नियाल्छिन् । उनको यो चालामाला देखेर बुढाले भन्छ,- “ए विष्णुमाया तैँले छोराछोरी आउँछन् कि भनेर हेरेको हो ?”
    आँचलले आँसु पुछ्दै मुन्टो हल्लाएर बुढाको कुरामा स्वीकृति जनाउँछिन्, विष्णुमायाले ।

    • “भो सुर्ता नगर् ! छोराछोरीहरू आउँदैनन्। मजाले कमाएर विदेशमा घरजम गरेकाहरू के काम पाएर आउँथे र गाममा।”

    विष्णुमाया केही नबोली न्यास्रो अनुहार लगाएर बसेकी छन्। एकछिनपछि फेरि सडकतिर हेर्न जान्छिन् । अति भएपछि बुढाले भन्छ,- “के हेरेकी ? आउँदैनन्, भो नहेर् !”
    मलिन अनुहार लगाएर भन्छिन्,- “आमाको मन न हो। हत्तपत्त मान्दैन। छोरा-छोरीहरू टुप्लुक्क पो आइहाल्छन् कि भनेर हेरेको।”

    यसरी बाटो हेर्दाहेर्दै दिन बित्छ, साँझ अनि रात पर्छ। बुढी भात नखाई सुत्न लागेकीले बुढाले भन्छ,- “अलिकति भात त खाएर सुत् । जिउँमा अलि बल मिल्छ । छोराछोरीहरू आएनन् भनेर कत्ति चिन्ता नले।”

    • “खाने मन छैन।”
    • “खाएन भने, मर्छेस्।”
    • “यसरी मन कुडाएर बस्नुभन्दा बरु मर्नु जाति” भक्कानिदै भन्छे । “चाडपर्वको बेलामा छोराछोरीहरू घरमा नआउँदा कस्तो नरमाइलो लाग्छ। मन न्यास्रो भएर आउँछ।”
    • “रोएर के गर्छेस् । आउँदैनन्।”

    बुढाको कुरा सुनेर हिक्क हिक्क गरेर ओछ्यानमा पल्टिन्छिन् । निन्द्रा लाग्दैन । कतै छोराछोरीहरू टुप्लुक्क आउँछन् कि भनेर ननिदाई जागा बस्छिन् । बिहान भाले बास्छ, “कुखुरी काँ।”

    • महालक्ष्मी, ललितपुर
      ७ बैसाख, २०८०

    ३)
    लघुकथा : माया

    ✍️नन्दलाल आचार्य
    “बाँचेँ धेरै कुरा पाइएला, भाग्नुस् ।” खुट्टा लरबराउँदै बच्चाले आमालाई भन्यो ।
    चारैतिरबाट शत्रुले घेरा हालिसकेका थिए । आमा, बच्चो बिचमा असाध्यै बिचल्लीमा थिए । कारुणिक दृश्य देखेर शत्रुहरू हाँसे ।

    शत्रुहरू आलो रगत मासुको खोजीमा थिए । बलियी आमा र कमजोर बच्चो ! उनीहरूले साधन साध्य दुवै ठान्न पुगे । मुख मिठ्याउँदै नजिकै आइसकेका थिए । आमालाई परिबन्दमा फँसाउने दाउमा थिए ।

    “तपाईं बाँचे मजस्तै अर्को जन्मन्छ ।” आमालाई भागेर ज्यान बचाउन उकास्यो । आमाको कानमा शब्दहरू मज्जाले ठाेक्किए । बच्चो फँस्दा भागेकी आमा फर्किन् । शत्रु मिलेर उनलाई ङ्याक्न थाले ।

    बच्चाको ममताले आमालाई क्वाप्लाक्कै पार्‍यो । पिठ्युँ फर्काएर दौड्दा पनि बचिनन् । “तैँले तुरुन्तै मुर्दा बनेर बच्नू !” आमाले भनेको बच्चाले बरोबर सम्झियो । स्वविवेकले आमा कालको मुखमा परिन् ।

    “म भाग्थेँ वा मरिदिन्थेँ ।” बच्चाले आमाको आत्मसमर्पणमा असन्तुष्टि जनायो । फर्केर आउनुको कारण खोतल्न खोज्यो । आमाले जीवनको अन्तिम श्वासमा भनिन्; “मलाई खाएर तँलाई छाड्लान् भनेर !”

    २०८०/०१/०७ मातातीर्थ औँशी सिर्जनाकुटी, सिरहा ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताको तीन लघुकथा- २९

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ८०

  • ९ बैशाख २०८०, शनिबार १२:०३ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ८० औँ शृङ्खला यही बैशाख ०२ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ८० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    काढेरै ऋण हजुर ! मनाइयो नयाँ वर्ष,
    बाँकी दिन साहुकै हातमा, आज भने हर्ष ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    सकेमा यतै बसौँला, नसके खाडीमा,
    कदापि हराए भने खोज्नु है झाडीमा ।
    🌑वसन्त अनुभव, घोराही, दाङ

    [२]
    कस्तो जमाना हर्षमा पनि घरबार रहेन,
    साहुले खोस्यो सुख र शान्ति नयाँ वर्ष सहेन ।
    🌑अम्विका अधिकारी, झापा विर्तामोड

    [३]
    गरिब हुनु पनि, एउटा सङ्घर्ष जस्तै,
    नववर्षमा त्यही इच्छा बच्चाहरू मस्तै।
    🌑एवाइ प्रभात

    [४]
    खुसी त आयो क्षणभरको लागी खै त सन्तुष्ट आत्मा ?
    दुःखकष्ट बुझ्दैनन् कोही बाँकी दिन साहुकै हातमा।
    🌑योगेन्द्र भट्टराई, खोटाङ

    [५]
    जसो तसो चलाइयो, नयाँ वर्ष मनाइयो,
    भोलि जो होला सो होला आज राम्ररी खाइयो ।
    🌑रचना शर्मा प्रतीक्षा, ललितपुर

    [६]
    गरिबको मनमा आएन कहिल्यै नि हर्ष,
    काँढेर भएपनि मनाइयो यो नयाँ वर्ष ।
    🌑अर्जुन प्रसाद चौलागाई, रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [७[
    उँधाे गति लाग्याे देश नै, झनपछि झनै गरिब भयाे
    ब्यायाे भन्थे लाेकतन्त्र खै ? सत्तरीकाे दशक थारै गयाे।
    🌑ताराप्रसाद चापागाईँ, धुनिबेसी ।

    [८]
    परम्परा नै हो हाम्रो ऋण काढेर पर्व मनाउनु,
    काढेको ऋण तिर्दैमा आफूलाई कङ्गाल बनाउनु।
    🌑दीपक ठटाल जलन,१५.४.२३

    [९]
    ऋणको भारी बोकेर हाँस्ने मनका रहर,
    कसरी होला जीवन बाँच्ने गाउँ र सहर ?
    🌑आर्त अकुलीन, कैलाली

    [१०]
    लुटकाे धनमा फुपूकाे श्राद्ध जनतालाई सिकाउँछन् ठुला ,
    गरिब माराकाे देखासिकी गर्छाै हामी सबै अन्धा भक्त मुला
    🌑निरज कोइराला इटहरी ।

    [११]
    बाउ बाजेले लगाएको ऋण तिर्छन् छोरा र नातिले,
    नेताको मोजले देशलाई समेत मुखभित्र निले।
    🌑सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [१२]
    नयाँ नेपाल भनेर भाषणमा शब्द बर्सायौ,
    नयाँ वर्ष आए पनि सदैव जनता तर्सायौ ।
    🌑प्रेम थापा “मन” बागलुङ

    [१३]
    अर्को नयाँ वर्ष आउँछ अनि पुरानोले विदा हुनैपर्छ खुरुक्क,
    एक वर्षको आयु पनि खोस्दै जान्छ कुनै दिन हिँड्नैपर्छ लुरुक्क ।
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१४]
    ऋणैमा जन्मी ऋणैमा हुर्की मर्दछ रिनैमा,
    फेरिन्छ वर्ष बनेर नयाँ आखिरी दिनैमा ।
    🌑बिबस पारदर्शी
    झापा

    [१५]
    उखान गर्थे उहिले ” ऋण लागोस् दिन नलागोस् “
    अहिले भन्नुपर्ने भो ऋणी हुने दिनै नआओस् ।
    🌑बिके माकजु ,भक्तपुर ।

    [१६]
    नव वर्ष भन्छ भित्ताको पात्रो साटिन्छ,
    गरीबको त्यो जीवन दु:खमै काटिन्छ !
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [१७]
    गरीब हुनु बेकार रै’छ नयाँ वर्ष आयो,
    रिनै ऋणले पुरिएर कटक्कै मन खायो ।
    🌑लक्ष्मण देउवा

    [१८]
    नेपालीले नै जानेका छौँ चाडबाडमा रमाउन,
    एकदिन खुशी, बाँकी समय खाडीमा कमाउन ।
    🌑राजेशराज गड्तौला

    [१९]
    उस्तै छ दुःख, छैन मनमा हर्ष,
    दुःखमा जाने होला यो पनि वर्ष ।
    🌑हिमा रोका, मेहेलकुना सुर्खेत

    [२०]
    ऋण काँढेर नयाँ वर्ष मनाएँ धुमधाम,
    भोलि बिहानै साहु आउँछ अब कता जाम !
    🌑डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२१]
    घाँटी हेरेर हाड निल्ने गर्नुपर्छ बानी
    आफ्नै चिजमा रमाउने हुन्छ भाग्यमानी ।
    🌑बाबुराम पाण्डे, शीतगंगा अर्घाखाँची

    [२२]
    ऋण काँढेर भए नि हजुर मनाए नयाँ वर्ष,
    अब जस्तो नि अाउछन् दिनहरू विस्मात न हर्ष।
    🌑शाेभा अाचार्य गाैतम, काठमाडौँ

    [२३]
    ऋण काँढियो र नयाँ वर्ष मनाइयो,
    जसोतसो नेपाली हुँ भन्ने जनाइयो ।
    🌑मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    [२४]
    रमाउनु पर्ने पनि जिन्दगीको पाटाे भयो,
    ऋणमाथि ऋण थप्दा जीवन नै खेर गयो ।
    🌑त्रिलाेचन भण्डारी, मेचीनगर, झापा

    [२५]
    खर्च गर्दा भलो हुन्छ, आफ्नै औकातमा बसी
    अन्यथा साहुले खान्छ, ब्याजमा खोरको खसी।
    🌑रामशरण न्यौपाने,भक्तपुर

    [२६]
    ऋण काढ्दै देखासिकी, बडप्पन देखाउँदै गर्छु चैन,
    हुनेखाने झैँ गर्यो, घाँटी हेरेर हाड निल्ने बानी छैन ।
    🌑रामप्रसाद पुरी बादेल खोटाङ ।

    [२७]
    यहाँ ऋण लागोस् दिन नलागोस् , मनाइयो नयाँ वर्ष,
    दु:ख सबैको आफ्नै ठाउँमा छन्, मनमा भने छ हर्ष।
    🌑कबिताहरी, सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२८]
    ऋण काढेर मनाउनु पर्ने नयाँ वर्ष, कस्तो चलन,
    पछि तिर्न गाह्रो साहुको कचकच,अनि हुन्छ जलन !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    २०८०/०१/०२

    [२९]
    ऋणमा पनि मान्छेहरू रमाएको देख्छु, दुख्छ मन,
    पैसा छैन देशमा तर ऋण त पुग्छ कसरी भन ?
    🌑पुष्पा सुवेदी, नेपालगञ्ज, बाँके ।

    [३०]
    नयाँ वर्ष मनाउनलाई के को ऋण गर्नु,
    उधारो खाउँला माल्दिदीको भट्टीतिर झर्नु ।
    🌑नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।

    [३१]
    ऋण लिएर उकालो चढेरै नयाँ वर्ष मानिन्छ,
    साहु महाजन देखे नदेखेझैँ गर्दै पो भागिन्छ ।
    🌑भगवती दवाडी, झापा

    [३२]
    तिर्न बाँकी नै छ पुरानो ऋणको भार,
    नयाँ वर्षमा थप्नु छ दुई दुना चार।
    🌑होम प्रसाद, धरान,सुनसरी ।

    [३३]
    विना औकात ऋण काडेर नववर्ष मनाको देखाउने नेपालीको बानी,
    त्यै बानीको विकृति र विसङ्गतिले गर्दा ऋणले गरायो सबैलाई हानी ।
    🌑बेदु न्यौपाने, काठमाडौ

    [३४]
    दिन महिना फेरिँदै आउने घरिघरी यस्तै नया वर्ष,
    ऋण काढेर क्षणिक रमाउने हामी अझै छौ कति हर्ष।
    🌑शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।

    [३५]
    भरिया बिर्खेले पिउन जहिल्यै आउॅंछ पुर्ने,
    पाएसम्म खुसी मनाउन त्यो दिन किन कुर्ने?
    🌑म्यामराज राई, भोजपुर ।

    [३६]
    काढेरै ऋण हजुर रमाइ रहेका छन् सत्ताधारी ,
    लालाबाला रमाउन मैले पनि बाेके ऋणकाे भारी ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३७]
    बिहानी किरणको नव प्रकाश चले जितको गीत गाइ रहेछन्,
    उ हेर त ती पालुवाहरू नि तिमी जस्तै मुस्कुराइ रहेछन् ।
    🌑भरत खडका

    [३८]
    ऋणमा डुबेर नयाँ वर्ष मनाउँदा,
    चाल पाइन्छ धोती न टोपी बनाउँदा ।
    🌑भेष कुमारी लामिछाने, देवदह ०५ खैरेनी, रुपन्देही ।

    [३९]
    नयाँ वर्ष आउँछ जान्छ, छैन केही पिर ,
    गतिलो साहु हुँदा, सधैँ हुन्छ उच्च शिर ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [४०]
    देखासिकी हामीलाई गर्नैपर्ने भए भरको,
    अमृत पिलाउन सक्ने कोही नि छैन घरको ।
    🌑जमुना आचार्य, सिन्धुपाल्चोक

    [४१]
    गरिबले नि धनीले झैँ खर्च गर्न सिक्यो,
    देखासिकी गर्दागर्दै ऋणले टुप्पी बिक्यो ।
    🌑बाबुराम गौतम, गुल्मी

    [४२]
    एउटा सानो चाड आयो ऋण काड्नै पर्ने,
    गरिबीले सेकुवा सुक्यो खै कसो पो गर्ने ।
    🌑सरस्वती श्रेष्ठ, इटहरी

    [४३]
    मनाइयो नयाँ वर्ष, हर्ष उल्लास साथ
    ऋण काडेरै भए पनि उच्च राखेँ माथ।
    🌑मन्दिरा सेढाई, मलेखु,धादिङ

    [४४]
    जता जान्छन् नि उतै गर्छन् भ्रष्टाचार,
    जनतालाई परेकाे छ ठुलो मार ।
    🌑सहयात्री शाेभा अर्याल, बुटवल , रूपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ८०

    नववर्षको अवसरमा शुभकामना आदानप्रदान एवम् टुक्का कविता वाचन कार्यक्रम

  • ७ बैशाख २०८०, बिहीबार २०:१७ मा प्रकाशित
  • ५ वैशाख २०८० । नववर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा टुक्का कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट मङ्गलबार अपरान्ह साढे सात बजे सञ्चालित उक्त कार्यक्रमको आयोजना टुक्का साहित्य समाज, नेपालले गरेको थियो ।

    चारु प्रवर्तक, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् आविष्करण नेपालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.देवी पन्थीज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टुक्का साहित्य समाज, नेपालका उपाध्यक्ष वसन्त अनुभवले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

    नेपाली माटोमा उम्रिएका विविध नव विधाहरू मध्ये टुक्का कविता पनि एक भएको उल्लेख गर्दै प्रमुख अतिथि डा.पन्थीले सबै नव विधाहरू समेटिएर एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । एक विधाले अर्को विधाको खुट्टा तान्ने, होच्याउने जुन प्रवृति देखापरेको छ त्यो एकदमै गलत भएको पनि उल्लेख गर्नुभयो ।

    टुक्का कवितालाई स्वछन्द मात्र नभएर विभिन्न छन्दमा पनि लेख्न सकिने उल्लेख गर्दै वरिष्ठ टुक्काकार एवम् छन्द प्रशिक्षक रामशरण न्यौपानेले विभिन्न छन्दमा रचना गरिएका टुक्काहरू वाचन गरेर सुनाउनुभएको थियोे ।

    उक्त शुभकामना आदानप्रदान एवम् टुक्का वाचन कार्यक्रम नववर्षको शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न विकृति, विसङ्गती विरुद्ध चोटिला स्वछ्न्द र छन्दमा टुक्का कविताहरू वाचन गरिएका थिए ।

    प्रविधिमा देखापरेको गडबडीका कारण टुक्का प्रवर्तक एवम् टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई लगायत थुप्रै टुक्काकारज्यूहरू धेरै प्रयासका वावजुद पनि वाचन कार्यक्रमका जोडिन सक्नुभएन । यद्यपि कार्यक्रममा जोडिएर टुक्का वाचन गर्नुहुनेहरूमा डा.देवी पन्थी, वसन्त अनुभव, रामशरण न्यौपाने, निरज कोइराला, नवराज पोख्रेल ‘नवशीला’, बाबुराम गौतम, बाबुराम पाण्डे, चूडा निर्भीक, बेदु न्यौपाने, होमप्रसाद नेउपाने, मन्दिरा सेढाई, रामप्रसाद पुरी, सरस्वती श्रेष्ठ, सन्दीप बि.क.(एस वि प्रगति) लगायतका टुक्काकारहरू हुनुहुन्थ्यो ।

    अन्तमा, अमुल्य समयका वावजुद पनि संस्थाको निम्तो स्वीकारेर शुभकामना आदानप्रदान एवम् टुक्का कविता वाचन कार्यक्रममा सहभागी भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू सबैप्रति संस्थाका उपाध्यक्ष वसन्त अनुभवले हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियोे । साथै उहाँले आगामी दिनमा पनि यस्तै सक्रिय सहभागीताका लागि अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव एवम् वरिष्ठ टुक्काकार चूडा निर्भीकले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नववर्षको अवसरमा शुभकामना आदानप्रदान एवम् टुक्का कविता वाचन कार्यक्रम

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P