• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

  • ३२ श्रावण २०८०, बिहीबार ०७:२५ मा प्रकाशित
  • अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

    बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।

    १. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।

    २. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।

    ३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

    ४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र
    “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।

    ५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on ५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९७ सम्पन्न

  • ३१ श्रावण २०८०, बुधबार १७:१५ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९७ औँ शृङ्खला यही श्रावण २७ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सकिनँ हेर्न तिम्रो दु:ख, म निर्दयी बनेर,
    लिएर आएँ कान्छी प्यारी, सघाउली भनेर।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    कतिन्जेल थेग्ला चिन्ता र पीर बुढाको तनले,
    उपाय सोच अविलम्ब खोज भन्दैछ मनले ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    एउटी श्रीमती हुँदा त ! यतिधेरै दु:ख झेल्नुपरेको छ यहाँ,
    झन् अर्की ल्याउँदाखेरिमा, आफूलाई नै हरिबिजोग हुन्छ जहाँ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३]
    कान्छीको माया लाग्दछ भनी पहिलाकीलाई छोड्दा,
    अँध्यारो जीवन बिताउनु पर्ला वाचालाई तोड्दा ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिक, बोस्टन।

    [४]
    तिमीले ल्यायौ काम सघाउन कान्छीलाई तानेर,
    मेरा पनि दुईचार जना छन्, राख साथी ठानेर ।
    -राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौँ

    [५]
    घरको खाना मिठो हुन्न होटल धाउन थालेपछि,
    कस्तो होला त हालत दुई डुङ्गामा खुट्टा
    हालेपछि ?
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [६]
    ल्याएछौ बुढा मायाले गर्दा यी कान्छीलाई छानेर,
    पख मुद्दा हाल्छु तिमीलाई हेर लानेछन् बाँधेर ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [७]
    लुकीछिपी परस्त्रीमा लाग्ने बानी तिम्रो खराब,
    बिग्रियौ साँच्चै बुढा तिमी पिएर सधैँ सराब ।
    -ध्रुव श्रेष्ठ
    खोटाङ ।

    [८]
    बुढी घरमा हुँदाहुँदै कान्छी किन ल्यायाै ?
    त्यसकै पछि लाग्दालाग्दै जायजेथा भ्यायाै।
    -भवानी पाेखरेल बाबू विराज
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु

    [९]
    सुखको खोजीमा दु:खको रास होला,
    स्वर्गको आशा मात्र हो नर्कको चोला।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [१०]
    सघाउली सुत्न उठ्न क्रिम पाउडर लगाउन,
    नाम्लाे जाेडी थाप्याै तिमीले सारा इज्जत बगाउन ।
    -निरज कोइराला
    इटहरी

    [११]
    एउटा थाप्लोमा न बोक्नु दुईवटा भारी,
    सौताको रिस पोइ माथि खनाउछन् नारी ।
    -बिके मुखिया
    दार्जीलिङ भारत।

    [१२]
    ल्यायौ तिमीले कान्छीलाई काम सघाउली भन्दै,
    बसौला फेरि अर्काको जारलाई रकम गन्दै ।
    -दुर्गा भट्टराई
    मोरङ

    [१३]
    मेरो माया लागेर होला कठैबरी ! तिम्रो घुँडाबाट आएछ पसिना,
    दुईचार वर्षको चुरीफुरी पछि तिम्रै खप्परमा बर्सिन्छ असिना ।
    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१४]
    सहन सक्छन् नारीले जस्तै दु:खकष्ट विपत्ति,
    सहन सक्तैनन् सौता जीवनमा नारीले रत्ति ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।

    [१५]
    छैन लाज घिन मायाजालमा पारी कान्छी ल्यायौ,
    आखिर तिम्रो सारा सम्पत्ति हात पारी पठायौ ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर

    [१६]
    कान्छीले सघाउली जेठीलाई ढाड ठटाउन,
    दुवै मिली ठेकान छैन साथी डाँडा कटाउन।
    -दीपक ठटाल जलन

    [१७]
    संसारमा भाग्यमानी त्यो हो जसले पाउँछ अनि दिन्छ माया,
    सबैले मन पराउँछन् अनि चाह पनि गर्छन् उसको छायाँ ।
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१८]
    जति सक्छौ लिई आऊ बैँस छउन्जेल जोई,
    उमेर सक्दा हुन्न तिम्रो हात समात्ने कोइ ।
    -शंकर कार्की,
    थाहा,३मकवानपुर।

    [१९]
    बैँसमा उर्लिएर थाप्लोमा दुई नाम्लाकाे भार,
    कसैगरि सुख हुन्न पर्ला है बरु मारामार ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    [२०]
    पर्दैन सघाउन कान्छी ल्याई मलाई,
    राख्ने भए मेराे मन सधै नै जलाई ।
    -कल्पना भण्डारी
    सिन्धुपाल्चोक जिल्ला, हाल काठमाडौँ

    [२१]
    मेरो मायाले नपुगेर बुढा ल्याएछौ कान्छी लुरी,
    न्यायालयले तिमीलाई बनाउने छ कुरीकुरी ।
    -टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २

    [२२]
    हे मेरी प्यारी मलाई छोडी, सङ्घार काटेछौ,
    भकानो फुट्यो रुनु न हाँस्नु, जिन्दगी साटेछौ ।
    -एवाइ प्रभात
    छेन्ताङ धनकुटा, हाल मोरङ

    [२३]
    मुखले भन्छौ राम राम बगलीमा छुरा,
    आफ्नो स्वार्थ पूरा गर्न कति जानेको कुरा ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    [२४]
    वास्तवमा मति बिग्रिएर लोभी आँखाले केही देखिनँ,
    पापी मन गल्ती भयो प्रिया, अब यो भन्दा बढी लेखिनँ ।
    -रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२५]
    चोक्टा खान जाँदा झोलमा डुबेर मरौला,
    समस्या बल्झँदै जानेछ विपत्मा परौला ।
    -कमला देवकोटा
    पाल्पा

    [२६]
    दु:ख देखी जेठीलाई नै पो ! पर्थ्यो सघाउनु,
    बाँडीचुँडी माया र प्रेम मिलेर अघाउनु ।
    -त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [२७]
    तिम्रो माया यति लाग्छ कि हुन्छु साह्रै हुरुक्क,
    चिन्ता नगर कान्छी आई सघाउछे खुरुक्क ।
    -मित्र `उराठी´गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [२८]
    प्याराको काख लाग्दछ लाख, छोडौँ म कसरी,
    राज्यको कुर्सी भत्तामा टिक्ने गर्दछ जसरी ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२९]
    तिम्रो मुटुभित्र बस्ने ठूलो थियो मनको रहर,
    तिमीले मुटु अन्त दियौ मेरो लागि मात्र कहर !
    -नारायण कोइराला
    तानसेन,पाल्पा

    [३०]
    अविरल माया पोखेपछि बुझेछौ प्रिय माया,
    मुटुमा वाण रोपे पनि नयनमा तिम्रो छाया।
    -Susmita Adhikari

    [३१]
    ल्याएछौ अर्की चाटी बस जोईटिङ्ग्रे भएर,
    म पनि अर्को खोज्न हिँडे खर्चबर्च लिएर ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल सिर्जनाकुटी, सिरहा ।

    [३२]
    सँग सँगै जीवन मिलेर नै बाचौँला,
    आउ प्रिय दुवैले खुसी साटी हासौँला।
    -चन्द्रप्रकाश `कमल´
    पाल्पा,तिनाउ-1

    [३३]
    एउटै नाम्लो बोक्ने थाप्लोमा, दुईवटा खपाउँदा ।
    शान्ति मिल्ला र मलाई ? तिमी कान्छी सँग रमाउँदा ।
    -चन्द्रकली राना मगर
    नौबहिनी गा .पा ३ प्युठान

    [३३]
    झिक्यौ बुढा मुढे बल इज्जत फोकेर,
    आफैँ बस्ने हृदय माथि किलो ठोकेर l
    -बाबुराम गौतम
    गुल्मी

    [३४]
    दुःख देखेरै हो त प्यारा ! मलाई सौता हालेको,
    किन विश्वास गरेँ हरे ! यस्ता बैगुनी कालेको ।
    -सरिता सेढाई
    धादिङ

    [३५]
    कति दुख दिन्छाै भाे ! अब त सहन सक्दिनँ,
    रातोदिन झगडा गरी, म रहन सक्दिनँ ।
    -उर्मिला के.शी.
    धनकुटा

    [३६]
    हुनुपर्छ आपसमा मुनामदनको जस्तो पवित्र माया,
    गराउनु हुँदैन जिन्दगीलाई दुईदिनको घामछाँया ।
    -भेष कुमारी लामिछाने
    देवदह -०५ , खैरेनी रुपन्देही

    [३७]
    लौ छ्क्कै पर्नु छ के भन्छन् साराले ?
    खै कतिन्जेल धान्ला यस्तो पाराले ?
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    [३८]
    मन मुटु आफ्नो कस्तो छ कहिले नि खोलेनौ
    आधा दु:ख म लिन्छु भनी मुखले त बोलेनौ।
    -Sushila Thapa
    काठमाडौं कागेश्वरीमनोहरा

    [३९]
    जति नगर्नु गर्‍यौ दियौ जिन्दगीमा बज्रपात,
    गर्‍यौ घात अब नजिक नआऊ नगर बात ।
    -प्रेम थापा “मन”
    बागलुङ

    [४०]
    घरमा एउटी हुँदाहुँदै कान्छी भित्र्याई ल्याएँ,
    जेठी र कान्छी दुवै मिलेर मेरो दिमाग खाए ।
    -राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ ।

    [४१]
    जेठीको दु:ख देखेर कान्छी ल्याउँ ल्याउँ झैँ हुन्छ,
    अझ भन्नुपर्दा माइलीको यादले मन रुन्छ ।
    -समुद्र

    [४२]
    जति गर्नु गर्‍यौ पहिले छुरा जस्तै बातले,
    अहिले कान्छी ल्याएर ताली बजाऊ हातले ।
    -अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [४३]
    दु:ख भो भन्यौ ल्याएको छु साथी बस्नु है मिलेर,
    भएका छौ दुई नखानु मेरो यो छाला छिलेर ।
    -नवशिला
    बेलबारी-२,लालभित्ती, मोरङ।

    [४४]
    जमाना खराब सुख हेर्दाहेर्दै दु:ख छिरेछ,
    हिजो माग्दै हिड्नेको कारमा बस्ने मोह फिरेछ ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [४५]
    जीवन के नै रहेछ संसार विचित्र देखियो,
    सत्यता मन नपर्ने जस्तो आयो त्यही लेखियो।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ

    [४६]
    सघाउने कुरा गर्छौ, काम आरो लगाउने
    लाहुरेकी बुढीलाई, कान्छी मानी भगाउने ।
    -रामशरण न्यौपाने
    भक्तपुर

    [४७]
    तिमी मेरी मनकी रानी उता देखावटी पर्छु,
    दुवै मिली घरकाम गर्नु म बाहिरको गर्छु ।
    -जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४८]
    सुख पाउने आसमा कान्छी भित्र्याउने तिमी,
    कलहले धन सम्पत्ति सब मासियो जिमी ।
    -Bhagawati Dawadi

    [४९]
    याे मायाले ओहाे प्रिय अन्धाे बनायो तिमीलाई,
    दुःख देख्न नसकेर कान्छी ल्यायौ मुटु तताई ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    [५०]
    तिमीले साथ नदिए एकान्त मै हुन्छु,
    अरू चाहिदैन एक्लै बसेर म रून्छु ।

    • पवनकुमार बुढाथेाकी
      काठमाडौँ

    [५१]
    सक्दैन है छेक्न जुँगाले मुखले चाहेको खानलाई,
    म पनि के कम छु र तयार अर्कैलाई लानलाई।
    -Anmol Rai

    [५२]
    सोझा रहिछन् बरै पत्नी, जे भन्दापनि हुने,
    म भए मुक्का मुक्का दिई बनाइदिन्थे रुने ।
    -Yamuna Pradhanang

    [५३]
    खोज्दैँछौँ माम नगरी काम,
    लक्ष्यमा पुगी बन्नु छ राम !
    -आर्त अकुलीन, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९७ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४०

  • ३० श्रावण २०८०, मंगलवार २२:१६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०४/ २५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४०[ चालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~

    पञ्चाङ्ग:०१
    सुकेकाे बाली छातीमा टाँसु हुन्छ।
    चिरा परेकाे जमिन गाँसु हुन्छ।
    मिहिनेत गर्ने ठाउँ छैन यहाँ ,
    कतै हाड कतै कतै मासु हुन्छ।
    जताततै किसानकाे आँसु हुन्छ।

    सुशीला पाैडेल

    पञ्चाङ्ग::०२
    अब किसानको भाग्य फुट्यो पानी नपर्दा।
    वर्षदिन खाने खेती छुट्यो पानी नपर्दा।
    कतै अविरल वर्षा ,कतै खडेरी पर्यो,
    रोपेको धान घामले लुट्यो पानी नपर्दा।
    गरि खान खोज्दा मन टुट्यो पानी नपर्दा।

    ह्यारिस

    पञ्चाङ्ग:०३
    फाट्दैछ यो धर्ती पनि चरर आमा हेर त।
    खादैछ पिडाले किन करर आमा हेर त।
    भागौँ कहाँ भाग्नु सिरै माथि कालछ कसरी ,
    आँसु देखिन्छन् सबैका धरर आमा हेर त।
    धर्ती संगै रुदैछु म बरर आमा हेर त।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    बाली नाली सुख्ने भयो खेत फुटेको छ हेर ।
    किसानको दु:ख यी नेताले लुटेको छ हेर ।
    मलजल छैन नदि बगेको हेर्छ नेताले ,
    भाग्यले साथ दिएन कति कुटेको छ हेर ।
    किसानको किस्मत सदैव चुटेको छ हेर ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    पाल्पा।

    पञ्चाङ्ग:०५
    पानी नपरेर खेत फुट्यो किसानको भाग्य फुट्यो हजुर।
    त्यो झरिले घरखेत बगि किसानको जम्मै लुट्यो हजुर।
    खोला सुक्यो नदि सुक्यो फाँडेर बन जङ्गल पनि सकियो,
    विकासको सट्टा विनासको कुबुद्धिले कुट्नु कुट्यो हजुर।
    राहतको बिलले किसान बाको ढाड चुट्नु चुट्यो हजुर

    टिकाराम पुन टिपु
    सल्यान

    पञ्चाङ्ग:०६

    कतै अविरल बर्षा छ धर्तीमा पानी पानी भाे।
    बाटो छाडि उर्लेकी उही बर्षे सानीकाे खानी भाे ।
    कही टाट पल्टेछ खेत, राेपाे सबै सुकिसक्यो ,
    सरकार झुट्टाे भाषण दिन नामुद दानी भाे ।
    मल, बिउ ,पानी नहुँदा खेतीमा ठुलो हानि भाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    देशमा जे जे तन्त्र आए पनि किसानको हाल उहि छ।
    शैली मात्रै फरक भयो सामन्ती सत्ताको चाल उहि छ।
    समृद्ध नेपाल सुखी नेपाली भाषण मात्रै जोत्छन् नेता,
    नदीनाला त बेचिखाए किसानको भने ताल उहि छ।
    किसानलाई सधैं दुख दिइरहने दलाल उहि छ।

    पशपति राई
    खोटाङ ।

    पञ्चाङ्ग:०८
    धान फल्ने गराहरु खडेरीले चर्चरी फुटेकाे छ।
    दैवले पनि किन हाेला किसानलाई नै लुटेकाे छ।
    खै केही भएन खान,अन्न बालीनै नफलेपछी त,
    बर्षामा असिनाले पनि चुट्न सम्मपाे चुटेकाे छ।
    दुखी बनायाे भाग्यले यहाँ कुट्न सम्म कुटेकाे छ।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:०९
    कसरी परिवार पाल्ने ? चिन्ता लागेको छ ।
    अब कस्तो कदम चाल्ने ? चिन्ता लागेको छ ।
    बाहिर खेत, भित्र मन, परेको छ चिरा,
    साहुँको ऋण केले फाल्ने ? चिन्ता लागेको छ ।
    फाटेको लुगा केले टाल्ने ? चिन्ता लागेको छ ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४०

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खला सम्पन्न

  • ३० श्रावण २०८०, मंगलवार २१:४१ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खला यही श्रावण २० गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    बसेकी छु व्रत उसको दीर्घायु होस् भनेर,
    भोकी प्यासी म घरमा ऊ हिँड्छ कृष्ण बनेर।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    म तिम्रो कृष्ण कन्हैया, तिमी मेरी राधा,
    तिमी बस ढुक्क बाँडिन्छु म आधाआधा।
    -वसन्त अनुभव

    [२]
    व्रत बसेको फल मिलोस् दुवैको होस् जिवन नै आहा,
    नरबाट नारायण र नारीबाट लक्ष्मी बन्ने चाहा ।
    -भेष कुमारी लामिछाने ( चापागाईं ) देवदह ०५ खैरेनी ,रुपन्देही

    [३]
    केही मिल्ने साथीहरू बनाउनुपर्छ, जीवनमा एकफेर,
    सधैँभरि मायाप्रेमले मात्र काम चल्दैन जिन्दगीमा हेर ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    श्रीमानको आयु बढाउन तीर्थ र व्रतले हुन्छ कहाँ ?
    बाँचुन्जेल खानपान र स्याहारसुसार गरिन्छ जहाँ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [५]
    जति व्रत बसेपनि सप्रिएन त्यो तिम्रो मति,
    इतिहास मै कलङ्क लायौ गर्‍यौ  देशको क्षति ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [६]
    निराहार व्रत बस्छु उसकै नाम जपी,
    ऊ चाहिँ भट्टी पसी रक्सी धोक्छ अझै थपी ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [७]
    तिमी व्रत बस वा नबस खासै फरक नपर्ला
    बरु पेटभरि नै खाऊ जसले तिम्रो हित गर्ला।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [८]
    कृष्णै बनाउनु पतिलाई व्रत यदि बस्छौ भने,
    कृष्णै बन्यो त ऊ के भो ? राधा बन सदैव सम्झने ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ ।

    [९]
    तिम्रा निम्ति बाहिरफेराे हजार काम गर्ने,
    शङ्का गरेर तिम्राे मनले सधैँ आँखा तर्ने !
    -निरज कोइराला
    इटहरी

    [१०]
    देखाउनलाई  मात्र  व्रत बसे दीर्घायु कहाँ हुन्छ ?
    कलियुग हो यस्ताे व्रत बस्दा ईश्वरले कहाँ सुन्छ ?
    -दीपक ठटाल जलन, ५.८.२३

    [११]
    मलाई एकलौटी बनाउने प्रयास नगर,
    रामभन्दा बढी चर्चा हुन्छ कृष्णको जगैभर ।
    -पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [१२]
    कि बस व्रत कि बस नजिक आएर,
    माया गर्छु भन्दै आऊ कसम खाएर ।
    -प्रेम थापा “मन”
    बागलुङ

    [१३]
    तिमी भोकै व्रत बस्छ्यौ  टन्नै फलफूल खाएर,
    कृष्णको उपनाम भिरायौ राम जस्तो पाएर।
    -समुद्रआचार्य
    जल्जला ७ गण्डकी

    [१४]
    शङ्का धेरै नगर्नु नारी तिमी शङ्काले जल्छ लङ्का,
    सती सावित्रीले बजाए’थे यमदुत माथि डङ्का ।
    -बिके मुखिया
    दार्जीलिङ, भारत।

    [१५]
    मेरै लागि व्रत बस्यौ भोको पेट पारी पारी,
    पिउन मन लागेर हिँडे म कुराले टारी ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [१६]
    तिमी बन राधा पार्वती, म बनौँला नि कृष्ण शिव,
    प्रकृतिमा स्त्री पुरुष मिलेर नै बनेको छ जीव ।
    -टिकाराम पुन टिपु
    सल्यान

    [१७]
    तिम्रो डुलन्ते  बानीले  गर्दा  भएकी  छु चुरचुर,
    बाहिर नौलो के भेट्टियो र बन्न पुग्यौ तृष्णातुर ?
    -बाबुराम गौतम
    गुल्मी

    [१८]
    आइनौ साथ तिम्रै छबि खोज्दै हिँडे प्रत्येक नारीमा,
    पुजियो प्रेम प्रख्यात बनेछु म बहुपत्नी धारीमा ।
    -सुमित्रा

    [१९]
    कलियुग लागेको छ त !  व्रत बसेर के गर्नु ?
    कृष्णलिला देखाउनेलाई ठाउँको ठाउँ धर्नु ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ

    [२०]
    तिमी पनि कम्ताकी  छैनाै साैता माथि आएकी,
    त्यति राम्री रूक्मिणीलाई किन पाखा लाएकी।
    -भवानी पाेखरेल (बाबू विराज)
    कपिलवस्तु

    [२१]
    व्रत बसेर हरियो लाएर नहोला है भलो,
    पिँडालुभन्दा मिठो लाग्छ श्रीमानलाई कर्कलो ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [२२]
    जल समेत नखाई व्रत बसी तीर्थ गएँ,
    घरमा अर्की भित्र्याएछन् फर्कदा सौता भएँ ।
    -बिके माकजू

    [२३]
    व्रत बस्नु संस्कार र संस्कृति पवित्र हाे हाम्राे,
    सद्भाव र सप्रेमले मिलीजुली बस्नु नै राम्राे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [२४]
    तिम्रै लागि बसेकी छु व्रत, साउनभर मैले,
    सुरासुन्दरी तिर भुलेर राती आउछौ जैले।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    [२५]
    संस्कारलाई मान्दै आउने चलन यो राम्रो,
    देख्दा किन किन अनर्थ भो संस्कृति नै हाम्रो ?
    -दुर्गा आचार्य
    मोरङ

    [२६]
    ज्यान सुकाएर भोकै बसेको व्रत किन व्यर्थ,
    नसुन्ने, नदेख्ने देवधाममा धाएको के अर्थ ?
    -रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची । हाल : बुटवल, रुपन्देही, नेपाल

    [२७]
    सुनेका भरमा जथाभावी बक्दै नहिँड
    कपटी मन देखाई सबलाई नगिँड ।
    -नन्दलाल आचार्य
    उदयपुर

    [२८]
    कर्मभित्रै अटेको छ, धर्म संस्कार यो जति,
    कर्मकै आडले पायौ, कृष्ण झैँ सारथि पति ।
    -रामशरण न्यौपाने, भक्तपुर

    [२९]
    दान र धर्म व्रत गर्ने, सती  पतिव्रता नारी,
    रन्डीबाजी गर्दै हिड्ने उनकै पति दुराचारी।
    -बिबस पारदर्शी
    झापा

    [३०]
    भोकभोकै व्रत बसी गर्छन् पतिदेवको सेवा,
    पतिको मन परस्त्रीमा नहोस् प्राप्त हुन्छ मेवा ।
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [३१]
    केलाई बस्छौ व्रत तिमी भोको पेट बनाई,
    मुखले राम  बगलीमा  हुन्छ  छुरा  हनाई ।
    -नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३२]
    व्रत बस्नुको के अर्थ ? मनमा शङ्का उपशङ्का बोकेर,
    राम वा कृष्ण जे बनोस् तर, नआओस् जाँडरक्सी धोकेर ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।

    [३३]
    पवित्र शुद्ध  भएर  तिमी  हरदम  व्रत  बस्ने गर,
    पवित्रतामा के बिटुलाे गर्नु, जान्छु तिम्रो साथीकाे घर।
    -मित्र `उराठी´ गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [३४]
    कति भन्न सक्यौ प्रिया बस्छ्यौ घण्टा गनेर,
    तिमी भने आफैँ हिँड्छेउ  द्रौपदी बनेर ।
    -प्रभादेवी पौडेल
    चितवन

    [३५]
    यस्तै हुन्छ चोखो मायाको फल हात लाग्छ खाली,
    के थाहा र पाप र पुण्य छन् ती कृतघ्नी र जाली।
    -गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [३६]
    हाम्रै  लागि  हो  उनले  गरेको कर्म,
    बुझेर हिँडौ सबले आ-आफ्नो मर्म।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [३७]
    कुवाभित्र जम्ने इच्छा पूरा गर व्रत बसेर,
    अनुमति छ भने झट्टै आउॅंछु फन्को लाएर।
    -म्यामराज राई
    भोजपुर

    [३८]
    नबस भोकै अकालमा रोगको सिकार  हुन्छौ,
    आज ममा कृष्ण देख्यौ भोलि राधा भएको सुन्छौ ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [३९]
    भाेकभाेकै बस्छाैँ व्रत मङ्गलकाे कामना लिएर,
    तर  हिड्ने  गर्छन् उनीहरू चुराेट, रक्सी पिएर ।
    -उर्मिला के.शी.
    धनकुटा

    [४०]
    पतिभक्त बनी व्रत बस्छौ मन अरूतिर,
    देखावटी माया गर्नेले मान्दैन खासै पिर।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    [४१]
    कति बसौँ राधा बनी तिम्रै नाम जपी,
    तिमी भने भट्टीतिर हिँड्छौ थपी थपी ।
    -सरिता सेढाई
    धादिङ

    [४२]
    म सधैँ व्रत बस्ने गर्छु  उसकै नाममा,
    जुवाडे सदा धोकेर जान्न भन्छ काममा ।
    -कमला  देवकोटा,  पाल्पा

    [४३]
    पुरुष जति भट्टीमा बसी मदिरा चलाए,
    बसेर व्रत नारीले आज जीवन गलाए ।
    -आर्त अकुलीन
    कैलाली

    [४४]
    साेमवार साेमवार व्रत बसेकी छु सधैँभरि मैले,
    बाहिर बाहिर तरुनीसँग मुख पर्छाै श्रीमान जैले।
    -सहयात्री शाेभा अर्याल
    बुटवल रुपन्देही नेपाल

    [४५]
    व्रत बस्छौ प्यारी मेरै नाम जपेर,
    मेरो आयु उसैलाई  दिनु  थपेर ।
    -रितु बुढाथोकी

    [४६]
    व्रतको नाममा नहोस् देखावटी दान,
    स्वाभिमानी नेपालीको आफ्नै पहिचान ।
    -जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४७]
    म पनि त बसेको छु श्रीमतीको भरमा,
    उनी भने हिँड्ने गर्छिन अर्काकै घरमा ।
    -हुमाकान्त

    [४८]
    अस्वस्थ  छु म हेर ! गाह्रो हुन्छ  मलाई  व्रत बस्न,
    सच्चा मनले माया गर्छु,  सक्दिनँ भोको पेट कस्न ।
    -चन्द्रकली राना मगर
    नौबहिनी 3  प्युठान

    [४९]
    भोको बसेर पियारी  तिमी मन्दिर मन्दिर धाउछाै,
    म पनि गए भट्टीतिर  तिमी जहिल्यै ढिला आउछाै ।
    -सुशिला

    [५०]
    भालुलाई पुराण अझै कति कहनु,
    व्रतको भोक प्यास छैन बरु सहनु।
    -अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [५१]
    व्रत  धर्म  सबै  भयो  देखावटी   शान,
    खै कहाँ छ सच्चा धर्मको सच्चा सम्मान ?
    -रचना शर्मा प्रतीक्षा
    ललितपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खला सम्पन्न

    वड़ा अध्यक्ष यादवको अध्यक्षतामा ने.रा.आधारभूत बिद्यालयमा बिधार्थिहरुलाई पोशाक वितरण

  • ३० श्रावण २०८०, मंगलवार २०:५२ मा प्रकाशित
  • उमेश कुशवाहा ,वीरगंज
    साउन ३०- पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ फुलकौलमा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा बिधार्थिहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ।

    बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षतामा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ।

    बिद्यालयको आन्तरिक श्रोतबाट पोशाक बितरण गरिएको यादवले जनकारी गराउनुभएको हो।

    उक्त कार्यक्रममा बहुदरमाई नगरपालिका -७ का वड़ा अध्यक्ष , विद्यालयका शिक्षक- शिक्षिका , अभिभावक,स्थानीय लगायतको सहभागिता थियो ।

    चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।

    Posted in मुख्य खबरLeave a Comment on वड़ा अध्यक्ष यादवको अध्यक्षतामा ने.रा.आधारभूत बिद्यालयमा बिधार्थिहरुलाई पोशाक वितरण

    दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

  • २८ श्रावण २०८०, आईतवार २२:१३ मा प्रकाशित
  • साउदी अरब ! पिडित दुर्गा बहादुर सुनार उद्दारको लागि नेपाली महावाणिज्यदूतावास, जेद्धाको सहयोगका लागि आफ्नो आधिकारिक पेजद्वारा गरिएको अपिलमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाको पहलमा संकलन गरेको रकम साउदी रियाल ८०७८/- नेपाली महावाणिज्यदूतावास, जेद्धाका का. वा. महावाणिज्यदूत श्री शत्रुध्वन पोखरेल लाई हस्तान्तरण गरेको छ ।

    महाबाणिज्य दुतावासजेद्दाको यस अनुरोध अभियानलाई आरसिसी जेद्दाले बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली श्रमिक माझ पुर्याई सहयोग संकलन गरेको थियो ।

    उक्त रकम संकलन गरि संस्थाका अध्यक्ष डीपि अर्याल, उपाध्यक्ष चिरञ्जिवि बस्नेत , सह-सचिव देवराज अर्याल तथा प्रमुख सल्लाहकार NRNA NCC उपाध्यक्ष राजकुमार गिरी,प्रमुख संरक्षक भिम गुरुङ, निवर्तमान सचिव तथा NRNA NCC साउदीका कार्यसमिति सदस्य ओमप्रकास काफ्ले र आरसिसि जेद्दाका सल्लाहकार तथा NRNA NCC साउदी अरबका युवा संयोजक विष्णु रावल हरू भौतिक रुपमा उपस्थित भई रकम हस्तान्तरण गरिएको थियो ।

    सहयोग रकम संकलन गर्न र आफ्नो सामर्थ्य अनुसार स्वेच्छिक रुपमा आफुले सकेको सहयोग गर्नु हुने सम्पुर्ण संस्थाका प्रतिनिधिहरु तथा पञ्जिकृत सदस्यहरूमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाले आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

    ‘जलन´ लोकार्पण कार्यक्रम सभ्य रूपमा सम्पन्न ।

  • २८ श्रावण २०८०, आईतवार १७:४६ मा प्रकाशित
  • साधना साहित्य मञ्चद्वारा आयोजना गरिएको सोही संस्थाका संस्थापक तथा अध्यक्ष एवम् कुशल स्रष्टा गणेश खड्का (असन्तुष्ट जलन) द्वारा लिखित पहिलो एकल कृति `जलन´को लोकार्पण साउन २७ गते शनिबारका दिन सर्वनाम थिएटर हलमा सभ्य,शालीन कार्यक्रमका बिच सम्पन्न भएको छ।

    कपुरकोट टिभी,नेपाली साझा मञ्च साउदी अरब र हिमालयन दृष्टि अनलाइन पत्रिकाद्वारा प्रायोजन गरिएको उक्त समारोहको सभापतित्वमा संस्थाकी उपाध्यक्ष अजिता दाहाल `क्रान्ति´ रहनुभएको थियो।  वरिष्ठ कवि,मदन पुरस्कार विजेता,सम्माननीय व्यक्तित्व  डा. नवराज लम्सालज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको उद्घाटनमा दीप प्रज्वलनगरि राष्ट्रिय गानबाट देश सम्झिँदै मञ्चासीन व्यक्तित्वज्यूहरूले साथ दिनुभएको थियो । विशिष्ट अतिथिहरूको आसनमा वृहत्तर महाकाव्य चन्द्रयुगका महाकाव्यकार तथा दर्जनौं  सफल कृतिकार सम्माननीय व्यक्तित्व चन्द्र प्रसाद न्यौपानेज्यू, वरिष्ठ कवि अर्जुनकुमार न्यौपाने `गोगने´ज्यू,अग्रज मुक्तककार रुद्र अधिकारीज्यू, कवि वीरेन्द्र नेपालज्यू रहनुभएको थियो ।कृतिकार असन्तुष्ट जलनज्यू समेतबाट सुशोभायमान मञ्चलाई संचालन गजलकार आँचल कुमार शर्माज्यूले गर्नुभएको थियोे ।

    कृति प्रकाशनमा अहम् भूमिका खेलेर कृति प्रकाशन गर्नुहुने समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यू, नेपाल गजल प्रतिष्ठानका सचिव अनजान यात्रीज्यू ,नोबेल साहित्य संस्थाका संस्थापक राजनप्रसाद न्यौपानेज्यू, मधुवन गोधूलिको साथीका संस्थापक अध्यक्ष गणेश बाबु अधिकारीज्यू, वरिष्ठ कवि तोयानाथ सुवेदीज्यू,वरिष्ठ कवि गायत्री चापागाईंज्यू, कवि नारायण प्रसाद निरौलाज्यू ,अतिथिको आसनमा रहनुभएको थियो । गजल अभियन्ता सङ्गीता थापाज्यू ,गजलका नक्षत्र वसन्त ओली वसन्तीज्यू, स्रष्टा पवन कार्की, स्रष्टा सुशीला शर्मा ,लगायत विभिन्न साहित्यिक व्यक्तित्वज्यूहरू , मिडियाका साथीहरू पत्रकार मित्रहरूको आतिथ्यले उक्त प्रेक्षालय खचाखच थियो।

    समारोहमा प्रमुख अतिथि , विशिष्ट अतिथिज्यूहरूबाट कृतिकार असन्तुष्ट जलनज्यूले तैयार पार्नुभएको `जलन´ नामक कृतिको घुम्टो उघारिएको थियो अर्थात् कृति विमोचन गरिएको थियो ।अनावरण भएको कृतिमाथि सयपत्री केलाझैँ केलाएर विशिष्ट अतिथि रुद्र अधिकारीज्यूले समीक्षा गर्नुभएको थियो।

    समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यूले सर्जकको हौसला वृद्धि गर्ने उद्देश्यले प्रकाशकको तर्फबाट कृतिकार असन्तुष्ट जलनज्यूलाई सम्मानपत्र द्वारा सम्मान गर्नुभएको थियो भने कृतिकारले विगतदेखि वर्तमानसम्मको साहित्यिक यात्राका स्मरण गर्दै आफ्नो मन्तव्य सहित सङ्ग्रहबाट केही मुक्तक वाचन समेत गर्नुभएको थियो।

    विशिष्ट अतिथि चन्द्रप्रसाद न्यौपानेज्यू र विशिष्ट अतिथि अर्जुनकुमार न्यौपानेज्यूले कृतिमा केन्द्रित रहेर कृतिकारलाई सुझाव,हौसला र मार्गनिर्देश गर्दै आ आफ्ना महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कृतिकारको सम्मानस्वरूप कृतिभित्रबाट दीक्षा भण्डारी ,गणेश बाबु अधिकारी ,पवन कार्की, रीता दाहाल, वसन्त ओली वसन्तीज्यूहरू वाचक रहेर मुक्तक वाचन गर्नुभएको थियो।

    प्रमुख अतिथिज्यूलाई दोसल्ला ओढाएर कदरपत्रसहित सभापतिज्यूले सम्मान गर्नुभएको थियो।प्रमुख अतिथिज्यूबाट विशिष्ट अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिएको थियो साथै वाचकहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।मायाको चिनो प्रदान गर्ने क्रममा कार्यक्रमलाई सहजीकरणमा भूमिका निर्वाह गर्नुहुने रीता दाहाल र साइमना श्रेष्ठ ,रचिता दाहाल,उमा दाहाल,सिद्ध समर्पणज्यूलाई मायाको चिनो प्रदान गरिएको र कार्यक्रम प्रस्तोता आँचल कुमार शर्माले मायाको चिनो ग्रहण गर्नुभएको थियो।

    साहित्य समाजको दर्पण हो ।साहित्य लेख्दा हृदय फुटाएर लेख्नुपर्छ।चित्रमाथि साहित्य होइन साहित्यले संसारलाई चित्रित गर्ने सामर्थ्य बोक्नुपर्दछ।एक सर्जक साहित्यप्रति इमानदार भएर प्रस्तुत हुनु आवश्यक छ ।दृश्यमा निश्चित वस्तुमात्र समावेश हुन्छ तर अदृश्यमा संसार लुकेको हुन्छ ।सगरमाथाको शिखरमा पुग्ने दौडमा कञ्चजङ्घाको सौन्दर्यलाई ओझेल पार्न नहुने जस्ता अत्यन्त मननयोग्य सुझाव प्रवाह गर्दै कृतिकारलाई बधाई ज्ञापनका साथ प्रमुख अतिथिज्यूले आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो भने सभापतिद्वारा सभा विसर्जन गरिएको थियो।

    Posted in कला /जीवनशैली, मुख्य खबर, साहित्यLeave a Comment on ‘जलन´ लोकार्पण कार्यक्रम सभ्य रूपमा सम्पन्न ।

    टुक्का कविताको चौथो वार्षिकोत्सव सम्पन्न; आधा दर्जन बढी कृति विमोचन र सम्मान समर्पण

  • २८ श्रावण २०८०, आईतवार १०:५१ मा प्रकाशित
  • टुक्का कविताको चौथो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिवार भव्य रूपमा सम्पन्न भएको छ । टुक्का साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा आधा दर्जन बढी टुक्का काव्य कृतिहरूको विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईले उक्त कृतिहरूको विमोचन गर्नुभएको थियोे ।

    टुक्का साहित्य समाजका अध्यक्ष एवम् टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईकाे प्रमुख आतिथ्यता रहेको थियोे ।

    टुक्का साहित्य समाजका उपाध्यक्ष एवम् टुक्का प्रशिक्षक वसन्त अनुभवको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका, काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, प्राज्ञ हंसावती कुर्मी, प्राज्ञ चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीले विशिष्ट आतिथ्यता प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, डा.सावित्री श्रेष्ठ, शर्मिला श्रेष्ठ लगायत नेपाल र भारतबाट गरेर २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।

    कार्यक्रममा समाजका सचिव जमुना आचार्य काेइरालाले संस्थाकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा टुक्का कविता लेखन अभियानमा याेगदान पुर्याउने ८४ जना टुक्काकार तथा ५ वटा संस्थालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राईले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूकाे बारेमा प्रष्ट बुझेर ती विधाहरूलाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।

    प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएकाे चार वर्षकाे अवधिमा नै यति धेरै पुस्तक तथा हजाराैँ सर्जकहरूकाे सहभागिता हुनुले याे उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकाेमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खाेज अनुसन्धान र प्रवर्तन भएका विधाहरूलाई स्थापित गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
    डा देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरू भन्दा पनि नेपालमा नै शुरुवात भएका माैलिक विधाहरूलाई नेपाली साहित्यले आफ्नाे विधाकाे रुपमा स्थापित गर्दै अब साहित्य आयात हैन निर्यात गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

    पदमा शर्मा आँचलले नेपालबाट शुरुवात भएकाे दुई हरफमा लेखिने टुक्का कविता भारत हुँदै बिस्तारै बिस्तारै संसारभर नै फैलिन लागेकाेमा शुभकामना व्यक्त गर्दै हिन्दी तथा नेपाली भाषाका टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।
    कार्यक्रममा विमोचित कृतिहरूमा ऐतिहासिक टुक्का यात्रा (संयुुक्त सङ्ग्रह, दाेस्राे संस्करण), व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह), म्यामराज राईको एकल टुक्का कविता सङ्ग्रह महक, पुष्पा राईको एकल टुक्का कविता सङ्ग्रह पुष्पाश्री, रामप्रसाद पुरीको एकल टुक्का कविता सङ्ग्रह टुक्का सुधा, भगवती दवाडी अधिकारीको एकल टुक्का कविता सङ्ग्रह बन्धन, राजेन्द्र पासाको एकल टुक्का कविता सङ्ग्रह तरङ्गित छालहरू र नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी रहेको छ ।

    उक्त कार्यक्रममा विगत लामो समयदेखि टुक्का कविता लेखन अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने निम्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे ।
    क) ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८०
    (१) श्री अरुण बहादुर खत्री नदी ( काठमाडाैँ )
    (२) श्री पदमा शर्मा आँचल (कालाचिनी, भारत)
    (३) श्री निमा छिरिङ्ग भाेटिया ( दार्जिलिङ)
    (४) श्री शर्मिला श्रेष्ठ ( ललितपुर )
    (५) श्री अच्युत घिमिरे (भुटान )

    ख) टुक्का साहित्य संवृद्धि सम्मान २०८०
    (१) श्री राजेन्द्र प्रधान पासा ( दार्जिलिङ, भारत)
    (२) श्री म्यामराज राई ( भाेजपुर )
    (३) श्री राम प्रसाद पुरी ( खाेटाङ )
    (४) श्री पुष्पा राई ( खाेटाङ )
    (५) श्री भगवती दवाडी (झापा)

    ग) टुक्का साहित्य प्रवर्धन सम्मान २०८०
    (१) डा.सावित्री श्रेष्ठ (काठमाडाैँ)
    (२) डा.देवी पन्थी ( बिराटनगर )
    (३) श्री वसन्त अनुभव (दाङ)
    (४) श्री रचना शर्मा प्रतीक्षा (ललितपुर )
    (५) श्री राजेशराज गड्ताैला (माेरङ)
    (६) श्री चूडा निर्भीक (गाेरखा)
    (७) श्री जमुना आचार्य (सिन्धुपाल्चाेक)
    (८) श्री हाेम प्रसाद नेउपाने ( धरान )
    (९) श्री बेदु न्याैपाने (काठमाडाैँ)
    (१०) श्री शाेभा आचार्य गाैतम (पाल्पा)
    (११) श्री रामशरण न्याैपाने (भक्तपुर)
    (१२) श्री अनिल खग्रास (पर्वत )
    (१३) श्री नानीबाबा अधिकारी ( काठमाडाैँ )
    (१४) श्री जगत थापा ( बझाङ )
    (१५) श्री उषा केसी ( ललितपुर )
    (१६) श्री श्रीकृष्ण शर्मा ( पाेखरा )
    (१७) श्री विमुन्स पाैडेल ( पाेखरा )
    (१८) श्री रुपा रिसाल ( काठमाडाैँ )
    (१९) श्री रुपा पाैडेल ( ललितपुर )
    (२०) श्री नरेशलाल अमात्य ( ललितपुर )
    (२१) श्री सुमिना तिमल्सिना (भक्तपुर )

    घ) टुक्काश्री साहित्य सम्मान २०८०
    (१) श्री अनुग्रह राना मगर ‘पुष्प’ (सङ्खुवासभा )
    (२) श्री अम्विका अधिकारी (झापा)
    (३) श्री अर्जुन प्रसाद चौलागाई (अमेरिका)
    (४) श्री कमला देवकोटा (पाल्पा)
    (५) श्री केशवप्रसाद ढकाल ‘प्रीतबीज’ (गाेरखा)
    (६) श्री कृष्ण कुमारी छेत्री (दार्जिलिङ)
    (७) श्री गुणनिधि घिमिरे (अमेरिका)
    (८) श्री डम्बर थामी ‘अनुपम’ (दाेलखा)
    (९) श्री दुर्गा आचार्य (माेरङ्ग)
    (१०) श्री दुर्गा भट्टराई (माेरङ्ग)
    (११) श्री नवशिला (माेरङ)
    (१२) श्री नागेन्द्रप्रसाद यादव (दाङ )
    (१३) श्री पवन कुमार बुढाथेाकी (काठमाडाैँ)
    (१४) श्री पुष्पा सुवेदी (बाँके)
    (१५) श्री प्रद्युम्न चालिसे (भक्तपुर)
    (१६) श्री प्रमोद भट्टराई ‘प्रतीक'( भक्तपुर)
    (१७) श्री प्रेम थापा “मन” (बागलुङ)
    (१८) श्री बाबुराम गौतम (गुल्मी)
    (१९) श्री बाबुराम पाण्डे (अर्घाखाँची )
    (२०) श्री बुद्धिमान दनुवार (झापा)
    (२१) श्री भेष कुमारी लामीछाने (रुपन्दही)
    (२२) श्री मन्दिरा सेढाई (धादिङ)
    (२३) श्री मित्र ‘उराठी’ गाैतम (गुल्मी )
    (२४) श्री रचना मोक्तान “यात्री” (काभ्रे)
    (२५) श्री रश्मी रिमाल (झापा)
    (२६) श्री राज कुमार राजभण्डारी खाेटाङ्ग
    (२७) श्री राजेश्वरी राजाेपाध्याय (ललितपुर)
    (२८) श्री रुना कर्माचार्य दाहाल (भक्तपुर)
    (२९) श्री सन्जना शर्मा ( दाङ)
    (३०) श्री सरिता सेढाई (धादिङ)
    (३१) श्री सहयात्री शाेभा अर्याल (रुपन्देही)
    (३२) श्री सुरेशकुमार पाण्डे (दाङ)
    (३३) श्री साधना पाैडेल (ओखलढुंगा)
    (३४) श्री हन्नाह क्षेत्री ( दार्जिलिङ)
    (३५) श्री त्रिलाेचन भण्डारी (झापा)
    (३६) श्री गंगा खड्का (काठमाडाैँ)
    (३७) श्री बिक्रम तिरुवा सलिन (जुम्ला)
    (३८) श्री बिनिता विश्वकर्मा (बाजुरा)
    (३९) श्री अरुण कुमार भुजेल ( गाेरुवथान, भारत)
    (४०) श्री सुशीला पाैडेल (अर्घाखाँची )
    (४१) श्री रामकृष्ण दुवाडी (कास्की)
    (४२) श्री गोपाल कृष्ण डङ्गोल (काठमाडाैँ)
    (४३) श्री लक्ष्मी श्रेष्ठ (झापा)
    (४४) श्री परिक्रमा श्रेष्ठ (सुनसरी)
    (४५) श्री धनुष न्यौपाने (जुम्ला)
    (४६) श्री ललिता अभागी ( सिन्धुली)
    (४७) श्री पुष्पाशायरा (माेरङ्ग)
    (४८) श्री विनाेद रिजाल (माेरङ्ग)
    (४९) श्री चिरञ्जीवी ढकाल (बाँके)
    (५०) श्री इन्दिरा देवकाेटा (कपिलवस्तु)
    (५१) श्री घनश्याम पाैडेल (कास्की)
    (५२) श्री पूर्ण बहादुर श्रेष्ठ (काभ्रे)
    (५३) श्री कल्पना भण्डारी (सिन्धुपाल्चाेक)

    त्यस्तै उक्त अवसरमा शुरुवाती समयदेखि टुक्का कविताकाे उन्नयनमा निरन्तर सहयाेग पुर्‍याउने निम्न पत्रिकाहरूलाई सम्मान प्रदान गरिएको थियो ।
    १) हिमालयन दृष्टि डट कम
    २) साहित्यपाेष्ट डट कम
    ३) प्रभातफेरी साप्ताहिक
    ४) कल्पतरू द्वैमासिक
    ५) संसार न्युज डट कम

    कार्यक्रमका सभापति, प्रमुख अतिथी, विशेष अतिथी, पुस्तकका सर्जक तथा प्रकाशहरूबाट क्रमश: ऐतिहासिक टुक्का यात्रा दाेस्राे संस्करण, व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रह, राजेन्द्र पासाकाे तरङ्गित छालहरू, म्यामराज राईकाे महक, पुष्पा राईकाे पुष्पाश्री, रामप्रसाद पुरीकाे टुक्का सुधा, भगवती दवाडीकाे बन्धन टुक्का कविता सङ्ग्रहका साथै नागेन्द्रप्रसाद यादवकाे अवधि भाषाकाे कविता सङ्ग्रह कथरीकाे पनि विमाेचन तथा समिक्षा गरिएकाे थियाे ।

    टुक्का साहित्य समाजकाे तर्फबाट प्रमुख अतिथि विशिष्ट अतिथि, प्रशिक्षक तथा विशिष्ट व्यक्तित्वहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

    अन्त्यमा, सभाध्यक्ष चापागाईँले नेपालमा नै प्रवर्तन भएका साहित्यिक विधाहरूलाई माया गर्न आव्हान गर्दै कार्यक्रम सफल बनाउन सहयाेग पुर्‍याउने संघसंस्थाहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत नेपाल तथा भारतबाट टुक्का कवितालाई माया गरेर पाल्नु भएका सबै साहित्यप्रेमी व्यक्तित्वहरूलाई धन्यवाद प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on टुक्का कविताको चौथो वार्षिकोत्सव सम्पन्न; आधा दर्जन बढी कृति विमोचन र सम्मान समर्पण

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११६

  • २७ श्रावण २०८०, शनिबार २३:०२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    हात
    दुष्टको साथ
    सदैव मिल्छ आघात !

    • वसन्त अनुभव

    [२]
    नाटक
    मन्चन मात्र
    पिल्सिन्छन् मान्छे व्यर्थ !

    • केशवप्रसाल ढकाल प्रीतबीज, गाेरखा

    [३]
    दुष्ट
    साथीको साथ
    मिल्छ घात प्रतिघात !

    • सरिता सेढाइ, धादिङ

    [४]
    साथहरू
    मिलेमा हातहरू
    हुन्छन् कतै अन्तर्घातहरू !

    • बाबुराम आचार्य, धनगढी

    [५]
    दुष्ट
    बदलिँदैन स्वभाव
    उमेरले नेटो काट्दैमा !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [६]
    सर्प
    गर्दैन प्यार
    देख्योकि हुनु होशियार !
    -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३, काभ्रे

    [७]
    दुष्ट
    आफ्नै साथमा
    बसेर टोक्छन् हातमा !

    • अच्युत घिमिरे, भुटान

    [८]
    सर्प
    काट्दा घाँस
    उसले गर्छ आघात !

    • नवराज भट्ट, कञ्चनपुर

    [९]
    गुनी
    पाउॅंछन् हात
    बन्छन् सबै बैगुनी !

    • म्यामराज राई

    [१०]
    दुष्ट
    नाटकको साथ
    व्यवहार हुन्छ घातक ।

    • दुर्गा भट्टराई, मोरङ

    [११]
    घाती
    अगाडि साथी
    पछाडि सोचाई नजाती !

    • घनश्याम पौडेल, पोखरा

    [१२]
    साथ
    नचिन्दा हात
    पाइन्छ ठुलाे घात !

    • निरज कोइराला, इटहरी

    [१३]
    साथीभाइ
    चलाए सर्पलाई
    भन्दैन आफ्नो पराई !

    • चक्र शाही, लम्की,कैलाली

    [१४]
    साथ
    मिलाउँदा हात
    विषालु निस्कियो बात !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [१५]
    हात
    सर्पको दाँत
    दुष्टले गर्छ घात !

    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर

    [१६]
    घाती
    भए साथी
    विष आफैँ माथि !

    • धनमाया चौधरी कैलाली

    [१७]
    रहर
    फैलाउछ कहर
    टोकाइले हातमा जहर !

    • सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१८]
    हात
    खोज्दा राहत
    दिलाए मित्रले घात।

    • टिकाराम पुन टिपु
      छत्रेश्वरी-२, सल्यान

    [१९]
    दशा
    मिलाउँदा हात
    टाेक्छ विषालु साँप !

    • श्रद्धा आचार्य, पोखरा

    [२०]
    दुष्ट
    मिलाउँछ हात
    मिलाएपछि गर्छ घात !

    • पशपति राई, खोटाङ

    [२१]
    स्वभाव
    विश्वासिलो हात
    बैगुनीले गर्ने अन्तरघात !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [२२]
    सर्प
    दुध खुवाएर
    कदापि आफ्नाे नहुने !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [२३]
    सर्प
    विषालु दाँत
    कहिल्यै नदिनु हात ।

    • त्रिलोक रामदाम
      सिद्धार्थनगर-८, रुपन्देही

    [२४]
    सर्प
    अमृत पिउने
    बदलामा जहर दिने !

    • बि के विरही, टीकापुर

    [२५]
    मित्रता
    वाह्य देखावटीपन
    समिपताको बहाना विषवमन !

    • राजाराम रत्गैंया
      अमौरा, कैलाली

    [२६]
    मित्रता
    अनिवार्य आवश्यकता
    पहिचान स्वार्थरहित आत्मियता !

    • तोया घिमिरे
      शङ्खमूल, काठमाडौँ

    [२७]
    साथ
    सच्चा मित्रता
    नत्र पाइन्छ घात !

    • मङ्गला उपाध्याय, बारा

    [२८]
    साथ
    समाउँदा हात
    विश्वासमा मिल्यो प्रतिघात !

    • मिलन के.सी.(थापा), पोखरा

    [२९]
    दुस्साहस
    अतिले खति
    विषालुलाई सुमसुम्याउनुको फल !

    • कण्ठराज गिरी, काठमाडौँ

    [३०]
    शङ्का
    मित्रतामा दरार
    सर्प झैँ विषालु !

    • सरस्वती वली
      बर्दिया, नेपाल

    [३१]
    पराई
    साथ सर्पसँग
    तिमी नबस डराइ !

    • सम्झना कुँवर, जापान

    [३२]
    दुश्मन
    घरभित्र हुन्छ
    बाहिर किन खोज्नु ?

    • देवी पन्थी

    [३३]
    भुजङ्ग
    विषदन्त व्यर्थ
    समिपमा पौरख़ी हात !

    • मधुसुदन शर्मा

    [३४]
    सेरोफेरो
    सर्पहरूको बस्ती
    विषवमनमा सधैँ मस्ती !

    • कविता आचार्य, कैलाली

    [३५]
    साथ
    मायाको हात
    किन गरियो घात ?

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [३६]
    विष
    सर्प दंस
    भित्र भित्रै ध्वंस !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३७]
    मनमा
    विषालु सर्प
    डस्छन् हरेक पल्ट !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३८]
    दुष्ट
    मिलाउँछ हात
    गराउँछ नर्कको बास !

    • शिव खनाल जीवम, स्याङ्जा
      हाल: रुपन्देही

    [३९]
    हात
    कुटिल चाल
    थाहा नपाउँदा घात !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४०]
    हात
    विषालु साथ
    झमेला खातका खात !

    • लक्ष्मी रिजाल, सप्तरी

    [४१]
    दुष्ट
    मिल्छ एकछिन
    जान्छ दिएर पीडा !

    • प्रेम थापा “मन”, बागलुङ

    [४२]
    सम्बन्ध
    भने मित्रताको
    देखियो व्यवहार तिक्तताको !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [४३]
    हात
    देखावटी मिलावट
    भित्रभित्रै अनेक आघात !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [४४]
    साथी
    मिलाउँदै हात
    गर्छन् सधैँ घात !

    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, वाँके

    [४५]
    साथ
    दिएर हेर्दा
    आफ्नैबाट हुन्छ घात !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [४६]
    सम्झाैता
    शत्रुसँग साझेदारी
    पक्कै आत्मघाती निर्णय !

    • टीकाराम जाेशी, टीकापुर

    [४७]
    हात
    पहिला घात
    फेरि गर्दछन् बात !

    • मिलन के.सी.

    [४८]
    विश्वास
    नगर्नु भरोसा
    गर्दिन्छ क्षणमै निराशा !

    • सम्झना थापा मगर, स्याङ्जा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११६

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५५

  • २६ श्रावण २०८०, शुक्रबार ००:३६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पच्पन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५५ (पच्पनौं) ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०४/२२ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    अक्षर-२०

    डुब्न खोजे तर किनार लगायौँ आफ्नो बनेर तिमीले।
    देखिएका दुश्मन सिमा नगायौँ आफ्नो बनेर तिमीले।
    भएको इज्जत लुटि रमाउदै थिए यहीँ  जगतमा ,
    हो बैरीहरुको रगत बगायौँ आफ्नो बनेर तिमीले।
    मनको पीडाअनि व्याथा भगायौँ आफ्नो बनेर तिमीले ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०२
    साउनको सोमबार भोलेको नाम पारेर।
    पशुपति मन्दिरमा शिवको धाम पारेर।
    अघिपछि भन्दा धेरै भजन राग गाॅउदै,
    पुगौॅला कैलाशमाला पवित्र ठाम पारेर।
    दर्शन साथ साथैमा भ्रमण काम पारेर।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०३

    पानी पर्दा तर्साउने माथि नदीको शिर छ ।
    मन्दिरमा देव देवीकाे लामाे निद्रा चिर छ ।
    बर्षामास चुरिफुरी खाेलाे खाेल्सा खहरेकाे ,
    डाँडा पाखा पहराेलाई पहिरोकाे पिर छ ।
    सदा शान्त आनन्दमय समुद्रकाे धीर छ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    कतै बाढी पहिरो आएको छ।
    मान्छेको उठिबास लाएको छ।
    प्राकृतिक प्रकोपले सतायो,
    कति मान्छेको ज्यान खाएको छ।
    डर त्रासले सन्त्रास छाएको छ।
    ह्यारिस

    पञ्चाङ्ग:०५

    सधैंभरि तिम्रै तस्बिर छुन मन लाग्छ।
    तिम्रै काख टाउको राखी  रुन मन लाग्छ।
    तन टाढा भए तापनि मन छ नजिक,
    दुई आत्मा मिलाइ एक हुन मन लाग्छ।
    एक्लै हुँदा आँसुले मुख धुन मन लाग्छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०६
    सुखसयल चाहिँदैन दुइछाक टार्न पाए पुग्छ!
    दुखका क्षणहरुलाइ अलिअलि सार्न  पाए पुग्छ।
    खुशी हुन्,नहुन् अरु मलाई मतलव नभए नि,
    बस् आफ्नाे मनलाई आफैँले खुशी पार्न पाए पुग्छ।
    भलाई हुन्छ भने अरुकाे त आफु हार्न पाए पुग्छ।

    उर्मिला के.शी.
    धनकुटा !!

    ॐ
    पञ्चाङ्ग :०७
    ********
    अग्रगमनको खेल मज्जाले खेलियाे आज ।
    जनता ढाँट्न गठबन्धनमा जेलियाे आज ।
    सत्ताकालागि आदर्श  सिद्धान्त हेरिन्न कतै,
    गणतन्त्रकाे नाउँमा   पापड   बेलियाे आज ।
    एकपछि अर्काे नाट्य मञ्चन ठेलियाे आज ।
    प्रधुम्न चालिसे
    भक्तपुर ,कटुन्जे ।

    पञ्चाङ्ग:०८
    आफुले जे जे गर्यो ती सबै सत्य हो भन्छ मान्छे।
    आफू नै सर्वेसर्वा आफैं न्यायाधीश बन्छ मान्छे।
    त्यसमाथि भक्तहरुले आँखा चिम्लि सही थप्छन् ,
    सत्यलाई  सत्य भन्दा  मेरो  खोइरो  खन्छ मान्छे।
    आफ्ना मात्रै मान्छे हुन् तँलाइ त कहाँ गन्छ मान्छे।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग :०९
    पानी कति धेरै परेको हेर।
    मुसल धारे नै झरेको हेर।
    बाहिर निस्कन नसकिन भो,
    बाली नै बिनास गरेको हेर।
    बिचरा किसान हरेको हेर।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१०

    समयको अगाडि केही लाग्दैन यहाँ।
    स्याहार नगरी बिरुवा जाग्दैन यहाँ।
    सबैकुरा समयमा नै निर्भर छ नि ,
    भाग नलिएसम्म डर भाग्दैन यहाँ।
    शक्तिशाली जाे छ कहिल्यै थाक्दैन यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:११

    हामीले सबै थोक सदुपयोग गर्न जान्नु पर्छ।
    कुरा गर्दा हामीले ठिक बेठीक के हो छान्नु पर्छ।
    मानव सबैले स्मरण शक्ति  गुमाउनु हुँदैन ,
    मान्छेले हरेक कुरा बुझेर भनेको मान्नु पर्छ।
    मेरो देश र आफैँमा बैरी आइलागे हान्नु पर्छ।
                        बेदु न्यौपाने
                            काठमाडौँ ❤️
    पञ्चाङ्ग:१२
    लामो सास छ।
    ठूलो आस छ।
    पञ्चाङ्ग लेख्ने,
    गद्य खास छ।
    पद्य गास छ।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:१३

    अङ्ग अङ्ग नियालेर केर्न मन ला छ।
    कस्ती रहिछ्यौ सर्वाङ्ग हेर्न मन ला छ।
    तिम्रै रूप वर्णन गरी भिन्ची बन्नु थ्यो,
    त्यसैले यो दृष्टिभित्र बेर्न मन ला छ।
    ए पञ्चाङ्ग नयाँ सृष्टि फेर्न मन ला छ।

    श्रीकृष्ण शर्मा पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५५

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P