• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास

  • ५ भाद्र २०७८, शनिबार ०९:५० मा प्रकाशित
  • संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सोमवारभित्र फाइजर-बायोएनटेकलाई कोभिड १९ विरुद्धको खोपका रुपमा पूर्ण स्वीकृति दिने न्युयोर्क टाइम्सले जनाएको छ। स्वीकृतिसँगै यो आपतकालीन प्रयोगबाट पूर्ण रुपमा प्रयोगमा आउने पहिलो कोरोना भाइरसविरुद्धको खोप हुनेछ।

    पूर्ण रुपमा स्वीकृति पाउनुको अर्थ हो धेरैभन्दा धेरै मानिसमा खोपको वातावरण तयार हुनु। यसो भएमा व्यवसाय र स्कुलहरुले समेत खोपलाई अनिवार्य गराउन सक्छन्।

    पूर्ण अनुमतिका लागि फाइजरले दिएको निवेदनमाथि ‘रिभ्यु’ जारी छ। त्यसले सोमवार भनिए पनि केही समय ढिला हुन सक्ने बताइएको छ। अहिलेसम्म संसारमा जेजति खोपहरु सञ्चालनमा ल्याइएको छ ती सबै आपतकालीन प्रयोगका लागि अनुमति पाएका हुन्। कोभिड १९ को संक्रमण यति तीब्र गतिमा बढ्यो कि त्यसविरुद्ध तयार भएका खोपहरु पूर्णरुपमा अनुमति प्राप्त नहुने अवस्थामा नै प्रयोगमा ल्याइयो।

    आपतकालीन रुपमा ल्याइएका खोपहरु थोरै समयको परीक्षणमै मानव शरीरमा लगाइएको हो। यद्यपि, अधिकांश खोपले कोभिड १९ विरुद्ध काम गरिरहेको छ।

    स्रोतहरुलाई उल्लेख गरेर न्युयोर्क टाइम्सले फाइजरले पूर्ण अनुमति पाउन लागेको समाचार दिए पनि एफडीएले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको सीएनबीसीले जनाएको छ।

    अगस्ट ८ मा ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले एसोसिएट प्रेसलाई अगस्टभित्र खोपहरुले पूर्ण अनुमति पाउने बताएका थिए।

    पूर्ण अनुमति प्राप्त भएमा स्कुल तथा उद्योग क्षेत्रमा अनिवार्य खोप सञ्चालन गरेर जनजीवनलाई सामान्य अवस्थामा लैजान सकिने बताइएको छ। पछिल्ला दिनमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि अमेरिकी कम्पनीहरुले खोपलाई अनिवार्य बनाउने निर्णय गरेका छन्। तर, खोपले पूर्ण अनुमति नपाउँदा उनीहरुले लिएको नीति कार्यान्वयनमा कठिनाई भइरहेको छ।

    खोपले काम गर्ने र त्यसले मानव शरीरमा अरुखाले हानी नगर्ने पुष्टि भएपछि पूर्ण अनुमति दिइने गरिन्छ। यो अनुमतिप्राप्त भएपछि अहिले यसप्रति आश्वस्त हुन नसकेका मानिसहरुले पनि खोप लगाउने अपेक्षा गरिएको छ। अमेरिकामा ९ करोड १ लाख मानिसले दुवैमात्र फाइजर खोप लगाइसकेका छन्।

    फाइजरले मे महिनादेखि आपतकालीन प्रयोगको अनुमति पाएको थियो। एफडीएले अति प्राथमिकतामा रहेका औषधिको अनुमतिका लागि ६ महिनाको अवधि तय गरेको छ। त्यसअनुसार फाइजरले रिपोर्टहरुसहित निवेदन दिएको हो। यसले अनुमति पायो भने अहिलेको पेन्डेमिक समाप्त भइसकेपछि पनि खोप बजारमा उपलब्ध हुनेछ। साथै, कम्पनीले सोझै खोपको विज्ञापन उपभोक्तामाझ गर्न पाउने छ। अहिले उनीहरुलाई यसखाले विज्ञापन गर्ने अनुमति छैन।

    यता, दुवै मात्र खोप पाइसकेका मानिसका लागि बुस्टर डोजको क्लिनिकल ट्रायलमा लागि पनि कम्पनीहरुले निवेदन दर्ता गराइसकेका छन्। सेप्टेम्बरदेखि नै अमेरिकामा यसखाले प्रतिरोधात्मक खोप लगाउन सुरु गरिने जनाइएको छ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on फाइजर बन्दैछ पहिलो कोभिड १९ विरुद्धको पूर्ण अनुमति पाउने खोप, भ्याक्सिनविरुद्धको आशंका मेटिने विश्वास

    अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू

  • २९ बैशाख २०७८, बुधबार १६:२५ मा प्रकाशित

  • चितवन । विश्वभर दिवस मनाइरहँदा पिपिई भित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू । जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ ।
    अस्पतालहरूले बिरामीका लागि श्यया पुर्याउन धौधौ भइरहेको बेला जहाँ खाली ठाउँ छ त्यही श्यया तयार गरेर सङ्क्रमितको उपचार गरिरहेका छन् । मुख्य रूपमा चौबीसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै । विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ । जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन् ।
    भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै आएकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताउँछिन् । अस्पतालले सञ्चालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उनी ३० जना जनशक्तिले १४५ जना सङ्क्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको गुनासो गर्छिन् ।
    उनले भनिन्, “हाम्रा लागि नर्सिङ दिवस बिरामीको सेवा गर्न पाउनु रहेको छ ।” अस्पतालमा ड्युटीमा रहेका नर्सहरूले वार्डमा छिरिसकेपछि पानी पनि नखाई सेवा दिँदै आएको उनले जानकारी दिइन् । उनले थपिन्, “गर्मीको समय छ । पिपिई लगाएर भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो ।” बिरामीको कठिनाइ देखेर आफूहरुको दुःख हराउने गरेको अनुभव उनले सुनाइन् । नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको उनको भनाइ छ ।
     यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड सङ्क्रमितको उपचार गर्न पाउँदा खुशी लागेको बताउँछन् । सुरुआतको समयमा केही कठिनाइ भएको भए पनि अहिले त्यस्तो नरहेको उनको अनुभव छ । अहिले अस्पतालको क्वारेन्टिनमा रहनुभएकी उनले भनिन्, “एक साता १२ घण्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन ।”
     बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिञ्जेल सामान्य तय पिपिई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको उनको भनाइ छ । उनले भने, “सङ्क्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ ।”
     नेपाल नर्सिङ सङ्घ जिल्ला शाखा चितवनका सचिव विष्णुमाया अधिकारी अहिले देशभरका नर्सहरूले खाई नखाई उच्च जोखिम मोलेर सेवामा समर्पित भएको बताउँछिन् । यद्यपि नर्सहरूप्रति आम सर्वसाधारण जनता, सरकार र व्यवस्थापकहरू सकारात्मक रूपमा नलिएको उनको गुनासो छ ।
     कोरोना सङ्क्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार सुरक्षा कवज नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोके अनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको उनको दुःखेसो छ । बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरु खट्ने अधिकारी बताउँछिन् ।
     सङ्घकी जिल्ला अध्यक्ष मथुरा सापकोटा उत्पादनको अनुपातमा रोजगारी कठिन भएको बताउँछिन् । बिरामी सङ्ख्याका आधारमा न्यून नर्सहरूबाट काम गर्नु परेको उनको भनाइ छ । उनले भनिन्, “थोरै सङ्ख्यालाई धेरै काम लगाइएको छ । यो नेपाल सरकारको नीति विपरीत पनि हो ।” आवश्यक मात्रामा तालीम पाउन नसक्दा गुणस्तर बढाउन नसकिएको उनको भनाइ छ ।
     दैनिक १२–१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि उनले सुनाइन् । उनले भनिन्, “आफू बिरामी भएर पनि बिरामीको सेवामा हाम्रा नर्सहरू लागिरहेका छन् ।” जिल्लामा मात्रै चार सयभन्दा बढी नर्सहरू कोभिड सङ्क्रमणमा परेको भन्दै उनले यसरी जोखिममा काम गर्दासमेत सरकार र अस्पताल सञ्चालकहरूले नर्सहरूका माग सम्बोधन गर्न नसकेको बताइन् ।
    अस्पताल स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ (संशोधन) मा शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रतिश्यया कम्तीमा एक शल्यचिकित्सक, एक एनेस्थेटिक्स, एक इन्चार्ज, एक शल्यक्रिया सहायक र एक नर्स हुनुपर्ने, जनरल कक्षमा प्रति चारदेखि ६ श्ययामा एकजना स्टार्फ नर्सको व्यवस्था भएको हुनुपर्ने व्यवस्था छ । 
    यस्तै, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई श्ययामा एक स्टार्फ नर्सको व्यवस्था हुनुपर्ने, सघन उपचार कक्ष (आइसियु, एन आइसियु, सिसियु आदि) मा प्रतिश्यया एकजना नर्सको व्यवस्था हुनुपर्ने र प्रसूति कक्षको लेबर श्ययामा प्रति बेड दुई एसबिए तालीम प्राप्त नर्स वा मिड वाइफरीको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।
    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी कोरोनाका बिरामीको उपचारमा नर्सहरूको भूमिका प्रशंसनीय रहेको बताउँछन् । उनले भने, “दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन् ।” एउटा बिरामीको उपचारमा ९० प्रतिशतत भूमिका नर्सहरूको रहने उनको भनाइ छ । कोरोना सङ्क्रमितहरुको छुट्टै औषधि नहुने, अक्सिजन र सेवाबाटै उपचार हुने हुँदा नर्सहरूको भूमिका थप महत्वपूर्ण भएको उनले बताए ।
    फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनका अवसरमा यो दिवस मनाउने गरिएको छ ।  नेपालमा २०१३ सालदेखि नर्सिङ पेशा शुरु भएको मानिन्छ  । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।

    रातो पाटीमा नारायण अधिकारी को लेख

    Posted in बिज्ञान/प्रविधि, समाजLeave a Comment on अन्तरराष्ट्रिय नर्सिङ दिवस, पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू

    NRNA द्वारा कोरोना बिरामीका लागि १ सय अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाउने ।

  • २६ बैशाख २०७८, आईतवार १२:५५ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका  लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु  पठाउने निर्णय गरेको हो ।
    बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल  अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित  अघि बढ्नु पर्ने सुझाव दिए ।
    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल  हुदाहुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी  रहँदा  विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए ।
    बैठकमा संघका उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग  जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन संचालन भै  रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।  
    बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिड बिरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न  सकृय रहन सबै राष्ट्रिय समितिलाई आब्हान गरे  ।
    बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
    बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।
    बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको  संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए ।
    संघका महासचिव डा हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद,  पदाधिकारी तथा  आइसीसी सदस्यहरुको उपस्थिती थियो ।
    बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ बिरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव  दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमित हरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on NRNA द्वारा कोरोना बिरामीका लागि १ सय अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाउने ।

    मङ्गल ग्रह पुगेर अमेरिकी रोवर ‘मख्ख छ’

  • ९ फाल्गुन २०७७, आईतवार १०:३० मा प्रकाशित
  • अमेरिकी स्पेस  एजेन्सी नासाको मंगल ग्रहमा  पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ।   यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स  भइसकेका छन्। यसको होम पेजमा  ‘करेंट लोकेसन’ मा जेजेरो क्रेटर उल्लेखित रहेको छ। र, यसको अकाउन्टमा रूचिका रूपमा  फोटोग्राफी, ढुङ्गा संग्रह गर्नु र ‘ऑफ रोडिङ’ लेखिएको छ। यसले दिनमा कैयन पटक आफू र  आफ्ना गतिविधिबारे ‘स्टाटस’  पोष्ट गर्छ।

    ३० जुलाईसम्म यो रोवर पृथ्वीमा थियो।  ३० जुलाईमा  यसका निर्माताहरुले यसलाई करोडौँ किमी टाढा सौर्यमण्डलको अर्को खगोलीय पिण्ड मङ्गल ग्रहतिर पठाएको थियो। झण्डै ७ महीने लामो यात्रा गरेर यो आफ्नो नयाँ गन्तव्य मङ्गल ग्रहको जेजेरो क्रेटरमा १९ फेब्रुअरीका दिन ओर्लेको थियो।

    ओर्लिदा ओर्लिदै पनि यसले ‘झर्को नमानी, थाकेको छु’ नभनी मङ्गल ग्रहको तस्विर पठाएको थियो आफ्नो पहिलाको घर अमेरिकाको क्यालिफ़ोर्निया स्थित नासाको ‘जेट प्रपोल्सन लेबोरेट्री’मा रहेका आफ्ना साथीहरुलाई ।

    यस रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक प्रविधि सम्पन्न क्यामेरा  रहेका छन् । यी क्यामेराबाट फोटो खिचेर रोवरले जेट प्रपोल्सन लेबोरेट्रीलाई पठाउने काम आउँदो दस वर्षसम्म गरिरहनेछ। रोवरमा रहेको कृतिम बौद्धिकता  (आर्टिफिसियल इन्टिेलिजेन्स) ले पहिला ती फोटो आफै हेर्छ ।  खिचिएका फोटोमा केही महत्वपूर्ण कुरा देखियो भने यसमा जडित  कृतिम बौद्धिकताले आफ्नो हात (रोबोटिक आर्म) लाई त्यस फोटोमा देखिएको स्थलबाट नमूना उठाउन निर्देश दिनेछ। यस पर्सिवरेन्स रोवरले यसरी नमूना एकत्रित गरी रहनेछ । एकत्रित गरिएका यी सबै नमूना सामाग्री  २०२४–२०२५ सम्ममा पृथ्वीमा ल्याइने योजना छ। 

    रोवरले पठाएको रंगीन तस्वीरमा मङ्गल ग्रहको जेजेरो क्रेटरको सतह देखिएको छ । रोवरले यो फोटो  हैजर्ड क्यामेराबाट लिएको हो। रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।म अहिले आफूसँग रहेको हेलिकोप्टर चार्ज गरिरहेको छु । चार्ज हुनसाथ म हेलिकोप्टर उडाउछु,’ रोवरले ट्वीट गर्दै भनेको छ। नासाको यस रोवरले मंगल ग्रहमा अनेको वैज्ञानिक अनुसन्धान गरेर वैज्ञानिकहरुलाई मंगल ग्रहसँग सम्बन्धित जानकारी पठाइरहने छ। नासाको यो रोवर फगत यन्त्रमानव नभएर उच्च प्रतिभा सम्पन्न वैज्ञानिक पनि हो ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on मङ्गल ग्रह पुगेर अमेरिकी रोवर ‘मख्ख छ’

    बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

  • २० माघ २०७७, मंगलवार ०८:४७ मा प्रकाशित
  • काठमाडौं । आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ ।मौसमविद शान्ति कँडेलले भनिन्, ‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’‘तराईको हुस्सु कुहिरो पनि हट्छ’मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन् । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन् ।घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

    मजबीस हरेक बर्षझै यो बर्ष पनि बिभिन्न कार्यक्रम गरी सहीद दिवस मनाईयो।

  • १८ माघ २०७७, आईतवार १७:३० मा प्रकाशित
  • बीरगंज, पर्सा। मधेश जनविद्रोह समितिले हरेक बर्षझै यो बर्ष पनि बिभिन्न कर्यक्रम गरी सहीद दिवस मनाईयो। २०७२ को आन्दोलन पश्चात् हरेक वर्ष सहिदहरुको सम्झनामा सहिद बाटिका निर्माण गरि सहिद दिवस मनाउने गरिन्छ। उक्त आन्दोलनमा भएका सहिद तथा जिउदो सहिदहरु लाई बोलाएर सम्मान पनि गर्ने गरेका छन् । मधेश जनविद्रोह समितिले आयोजना गरेको मधेशी शहिदहरुको सम्झनामा बारा जिल्लाको परवानीपुर गाउपालिकाको वडा न. ५ को वडा कार्यालय अगाडी गण्डक बहुअरीमा एक सांस्कृतिक कार्यक्रम अन्तरगत खुल बिरोधाभाषको आयोजना गरेको छ ।

    कार्यक्रममा मधेश आन्दोलनका शाहादत प्राप्त शहिदहरु प्रति श्रद्धाञ्जली अर्पन गर्दै मौन धारण गरिएको थियो । सो अवसरमा शहिदहरुको सम्झनामा स्थानिय कालाकारहरुले आफ्ना प्रस्तुतीमा खुला रुपमा सरकाको गतिविधि प्रती बिरोध गर्दै गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकार धुरेन्द्र सहनी (लाठिफाठा वाला) र लालबाबु पटेलले एक दर्जन भन्दा बढी गीत प्रस्तुत गरेका थिए। गीतहरूमा मात्र केन्द्र सरकारको हैन बरु मधेस सरकार तथा स्थानीय सरकार लाई समेत सांगीतिक गाली गरिएको थियो।

    कार्यक्रममा पर्सा बगहीका जिउँदा शहिद मुन्सी पटेल र मनियारीका उपेन्द्र यादवलाई सम्मान स्वरुप खाद्यान्न र कम्बल समितिका केन्द्रिय सदस्य अजय पटेलले प्रदान गरेका थिए।

    सहिदहरुको रगतमा यक्षवंसका राजा रावण झै व्यवहार गर्दै राजनीति गरिरहेको कार्यक्रम संयोजक पटेलले आफ्नो मन्तव्य राखेका थिए। जसको रगत बाट आफू कुर्सीमा बसेका राजा महाराजाधिराजहरुले उसैलाइ वेवास्ता गर्दै जगत जननी माता सिताको जन्मभुमिमा आफ्नै जनता लाई बलात्कार गरिरहेको समेत खुला मञ्चमा उद्द्घोष गरेका थिए। हालको संसद बिघटन गरि आफ्नो निजि स्वार्थमा लिप्त भएर पाच वर्षमा हुने चुनाव आज फेरि चुनावको खर्च जन्ताले रगत पसिनाले कमाएको राषी जनताको टाउकोमा थुपार्ने कार्यको घोर बिरोध पटेलले गरेका थिए।

    मधेशी शहिदहरुले दिएको बलिदानीलाई आफुहरुले कहिल्यै नविर्सिने र समितिले हरसम्भव राहतका प्याकेज सँगै जिउँदा शहिद एवम शाहदत प्राप्त शहिदहरुका घरघरमा पुग्ने गरेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तर्ता दिने पटेलको धार्णा रहेको बताए । समितिले हरेक वर्ष यस्ता कार्यक्रम मार्फत हरेक जनता माझ एउटा संदेश दिने प्रयास गरिरहेको छ जुन सम्पुर्ण नेपालीको हितमा रहेको छ। त्यो नभए सम्म कुनै जन्ता सुखी वा समृद्धि हुन नसक्ने प्टेलले ठोकुवा गरेका थिए। ती संदेश भनेको केही मुद्दाहरु हरेको छ जुन सबैले बुझ्ने र जान्नै पर्ने रहेको छ। समग्र मदेश प्रदेश एक स्वायत्त प्रदेश, आत्मनिर्नयको अधिकार, पुर्न समानुपातिक जनसंख्याको अधारम निर्वाचन क्षेत्र, भौगोलिक भाषिक संस्कार संस्कृतिको प्रत्याभुती पर्यावरण को संरक्षण लगायतको मुद्दा रहेको पटेलले बताए। समग्र मधेस एक स्वायत्त प्रदेश नभए सम्म पहाद र हिमाल पनि समृद्ध नहुने पटेलले ठोकुवा गरेका थिए।

    मधेशी शहिदहरुको बलिदानीले कुर्सी पाएका मन्त्रीलेहरुले नै शहिदहरुको घरमा भईरहेका पिडा र समस्या बारे कुनै चासो नलिइकन आफुलाई साह्रै दुख लागेको कुरा व्यक्त गर्नुभयो । शहिदहरुको सम्झनामा साझ दिव प्रजवलन समेत गरिएको थियो ।

    कार्यक्रममा समितिका ललन पटेल, गणेश पटेल स्थानीय भद्र भलादमिहरु लगायत संचारकमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण मुन्ना ठाकुरले गरेका थिए

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on मजबीस हरेक बर्षझै यो बर्ष पनि बिभिन्न कार्यक्रम गरी सहीद दिवस मनाईयो।

    नेपाल नर्सिङ परिषद द्वारा परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने

  • ३० मंसिर २०७७, मंगलवार २२:५५ मा प्रकाशित
  • नेपाल नर्सिङ परिषद द्वारा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका परीक्षाहरुमा शामिल भई परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने निर्णय गरेको छ।
    परिषदद्वारा १६ गते जारी गरिएको सूचनामा जनाइएअनुसार प्रयोगात्मक अभ्यासको प्रक्रिया पुरानै नगरिकन गराइएको परीक्षामा उत्तीर्ण भएतापनि त्यसले कुनै अर्थ नराख्ने हुँदा त्यस परीक्षा अन्तर्गत उत्तीर्ण भएका विद्यार्थीहरुलाई मान्यता दिन र नाम दर्ता गराउन नसकिने बेहोराको जानकारी सम्बन्धित निकायहरु विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्लाइ जानकारी गराइने जनाएको छ।


    कोभिड-१९ ले विश्व जगतलाईनै आक्रान्त बनाइरहेको घडीमा पूर्वाञ्चल विश्वविद्यालय र नेपाल नर्सिङ परिषदमा देखिएको आपसी समन्वयको अभावमा बि.एन. तथा बी.एस.सी नर्सिङ्ग अन्तर्गतका विद्यार्थी अरुलाई भने अन्योल सिर्जना गरेको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on नेपाल नर्सिङ परिषद द्वारा परीक्षामा उत्तीर्ण भएतापनि त्यसको मान्यता नदिने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलद्वारा ई क्लास नेपाल एप सार्वजनिक

  • २४ मंसिर २०७७, बुधबार १८:१५ मा प्रकाशित
  • काठमाडौ / सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि निर्मित ‘ई क्लास नेपाल’ एप सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त एपको मंगलबार सार्वजनिक गर्नु भएको हो ।

    कोभिड १९ को महामारीको समयमा घरमै सुरक्षित तरिकाले बसेर सिकाइ कार्य जारी राख्ने उद्धेश्य अनुरुप शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त एपको निर्माण गरेको जनाएको छ ।

    साथै केन्द्रले उक्त एपमा स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत सिकाई सामग्रीहरु समेटिएको जनाएको छ ।

    कोरोना महामारी समयमा शैक्षिकसत्र खेर जान नदिन एपमा विभिन्न वैकल्पिक सिकाई मोडेलहरु अपनाईएको केन्द्रले जनाएको छ । साथै केन्द्रले उक्त एपमा कक्षा ११ र १२ को पाठ्यसामग्री पनि समेट्ने प्रयास भइरहेको जनाएको छ ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलद्वारा ई क्लास नेपाल एप सार्वजनिक

    ‘हार्ले डेभिडसन’ले बनायो बिजुली साइकल

  • १८ कार्तिक २०७७, मंगलवार ०८:४६ मा प्रकाशित
  • harley david electric bike

    एजेन्सी
    मंहगा मोटरसाइकलहरू बनाउने अमेरिकी कम्पनी हार्ले डेभिडसनले बिजुलीबाट चल्ने साइकल सार्वजनिक गरेको छ।

    कम्पनीले आफ्नो भातृ कम्पनी ‘सिरियल १ साइकल कम्पनी’ मार्फत सन् १९०३ मा निर्मित पहिलो मोटरसाइकलबाट प्रभावित मोडलको बिजुली साइकल उत्पादन गरेको भारतीय सञ्चारमाध्यम जी-न्युजले जनाएको छ।

    ‘सिरियल १ ले साइकलमा नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेलेको छ। विशेषगरी बिजुली साइकलमा केन्द्रिकृत भएकाले ग्राहकले स्वतन्त्रता र साहसिक अनुभूति सहितको बेग्लै अनुभव बटुल्न पाउनेछन्,’ सिरियल १ साइकल कम्पनीका ब्राण्ड निर्देशक आरोन फ्रान्कले भनेका छन्।

    साइकलको डिजाइन आकर्षक छ। कालो फ्रेममा बनेको यो साइक हेर्दै बलियो देखिन्छ। कालो फ्रेममा सुहाउँदा सेता टायरले यसलाई अरू साइकलभन्दा फरक देखाएको छ। साथै छालाको बलियो सिट, ह्यान्डलमा पसिनाले हातमा समस्या नहोस् भनेर ग्रिप राखिएको छ।

    कम्पनीले सन् २०२१ सम्ममा यो साइकलको पहिलो लट बजारमा ल्याउने तयारी गरिरहेको छ। यसको मूल्य भने अहिले घोषणा भएको छैन।

    कम्पनीले बिजुली साइकलको बजार सन् २०१९ मा १५ अर्बभन्दा बढी भएको अनुमान गरेको छ। त्यही अनुरुप २०२० देखि २०२५ सम्ममा वार्षिक ६ प्रतिशतले साइकल बिक्री बढ्ने अनुमान गरिएको छ।

    हार्लेसँगै कार निर्माता कम्पनी बिएमडब्लुले पनि बिजुली साइकल र मोटरसाइकल उत्पादन गरिरहेको छ।
    प्रिमियम कार ब्राण्ड अउडीले बिजुलीबाट चल्ने माउन्टेन बाइक बनाइरहेको छ भने मर्सिडिज बेन्जले पनि बिजुली स्कुटर निकालिसकेको छ। फोर्डको पनि भर्खरै बिजुली स्कुटर र बाइक आएको छ।
    साभार : setopati

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on ‘हार्ले डेभिडसन’ले बनायो बिजुली साइकल

    विज्ञ डायस्पोरालाई नेपाल र नेपालीसँग कसरी जोड्ने ?

  • २७ आश्विन २०७७, मंगलवार ११:२१ मा प्रकाशित
  • संवाददाता

    काठमाण्डौं। विश्वमा छरिएर रहेका विज्ञहरु र नेपालका नीति निर्मातासँग सम्बन्धित संघसंस्थासँग कसरी एकीकृत भएर काम गर्न सकिन्छ भन्ने उद्देश्यले दोस्रो ज्ञान सम्मेलनमा नेपाल र विज्ञ डायस्पोरासँग सञ्जाल सेसन राखिएको थियो । उक्त सेसनका सञ्चालन महासचिव डा. हेमराज शर्माले गरेका थिए ।

    छलफलमा तीनवटा कार्यपत्र प्रस्तुत भएको थियो । ज्ञान र सञ्जालको क्षेत्रमा गैरआवासीय नेपाली संघले गरेको र गर्न खोजेका विषय के के छन् ? विश्व ज्ञान सम्मेलनका संयोजक डा. हेमराज शर्मा र डा. हरि दाहालले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    दोस्रो कार्यपत्र नीति अनुसन्धान प्रतिष्ठान (पोलिसी रिसर्च इन्स्ट्च्युट पिआरआई) का अध्यक्ष डा. विष्णुराज उपे्रती र परराष्ट्र मन्त्रालयको तर्फबाट सन्तोष गौतमले ज्ञान सेन्टरले गर्न खोजेका के के हुन् ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    यी तीनवटा कार्यपत्र प्रस्तुत भएपछि सेसनलाई खुला छलफलमा राखिएको थियो, जसको संयोजन डा. अम्बिकाप्रसाद अधिकारीले गरेका थिए । खुल्ला छलफलमा सबैको राय आएपछि डा. अधिकारीले छलफलको निष्कर्ष निकालेका थिए ।

    पहिलो र दोस्रो सम्मेलन तथा एनआरएनएका अन्य सम्मेलनले पनि विज्ञ डायस्पोरालाई नेपालसँग जोड्ने सञ्जाल बनिसकेको छ । त्यो सञ्जाललाई एउटा फ्रेमवर्कभित्र बसेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाइएको संयोजक डा. शर्माले जानकारी दिए ।  

    गैरआवासीय नेपाली संघले अहिलेसम्म ज्ञानको क्षेत्रमा गरेको र गर्न खोजेको गतिविधिका बारेमा डा. हेमराज शर्मा र हरि दाहालले संक्षिप्त कार्यक्रम कार्यपत्र प्रस्तुत गरेका थिए । डा. शर्मा दोस्रो ज्ञान सम्मेलनका संयोजक र दाहाल सहसहयोग हुन् ।

    सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले देश बाहिर रहेको ज्ञान, सिप र पूँजीलाई नेपाल भित्र्याउने उद्देश्य राखेको थियो । यो अभियानमा विशेषतः सन् २००७ मा गैरआवासीय नेपाली संघ ऐन, २००९ मा यससँग सम्बन्धित नियमावलीहरु आएपछि उल्लेख्य प्रगति भयो ।

    पछिल्लो समयमा सन् २०१५ मा नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकतालाई सम्बोधन गरेको छ । राज्यले गैरआवासीय नेपाली संघलाई कानुनी रुपमा मान्यता दिइसकेको छ । गैरआवासीय नेपाली संघको माग राज्यले सम्बोधन गरिसकेको छ ।

    विशेषतः अहिलेसम्म पूँजी भित्र्याउने विषयमा एनआरएनए केन्द्रित रहेको तथ्यांकले देखाउँछ । त्यसैले सन् २०१८ बाट विश्व ज्ञान सम्मेलन सुरु भयो । सन् २०१८ मा पहिलो ज्ञान सम्मेलन भयो । एनआरएनएले यो क्षेत्र अर्थात् विज्ञ डायरस्पोरालाई नेपालसँग जोड्ने प्रयास नगरेको होइन । अम्बिकाप्रसाद अधिकारी, नरेश कोइरालालगायत जस्ता विज्ञहरुले यो क्षेत्रमा लागिराख्नु भएको थियो । सन् २००७ सालदेखि नै उहाँहरुले गैरआवासीय नेपाली विज्ञहरु कुन कुन क्षेत्रमा हुनुहुन्छ, त्यो खोजेर डाइरेक्टरी बनाउनुपर्छ । प्रवासमा रहेका विज्ञहरुको सञ्जाल एनआरएनएका लागि तथा राष्ट्रका लागि चाहिन्छ भनेर उहाँहरुले त्यही बेलादेखि लाग्नुभएको थियो । तर प्रविधि र तथ्यांक व्यवस्थानले गर्दा व्यवस्थित भएन ।

    त्यस पछि एनआरएनले स्किल डाइरेक्टरी, स्किल नलेज एन्ड इनोभेसन, खुला विश्वविद्यालय, एनआरएनए एकेडेमी, नेपाल साइन्स फाउन्डेसन, हेल्थ एन्ड हाइजेनिक इप्रुभमेन्ट, सुरक्षित यात्रा र सडक सुरक्षा, क्लिन नेपाल, स्किल टे«निङ, कृषि प्रवद्र्धन र एनआरएनए साइटिफिक जर्नलका क्षेत्रमा काम गरेको छ ।

    पछिल्लो समयमा एनआरएनएले एकजना उपाध्यक्षको नेतृत्वमा स्किल नलेज इनोभेसन डेभलपमेन्ट विभाग नै गठन गरेको छ । त्यो विभागले यो क्षेत्रमा काम गरिरहेको छ ।

    सञ्जाल बनेको छ, यो क्षेत्रमा काम गर्नलाई विधानमै व्यवस्था गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपाल पोलिसी इन्स्ट्च्युट दुई वर्षअघि नै सञ्चालनमा आएको थियो ।

    डा. हरि दाहालले पहिलो ज्ञान सम्मेलनका बारेका अनुभव सेयर गरेका थिए । उनले भने, ‘पहिलो सम्मेलन भएकाले कस्तो होला भन्ने उत्साह थियो, त्यसबेला झन्डै २५ देशमा रहेका विज्ञहरुले सम्मेलनमा सहभागिता जनाएका थिए । नेपाल सरकारले देखाएको सदासयता, डायस्परोको उत्साहजनक छलफल र त्यहाँ भएको छलफलले दोस्रो सम्मेलन गर्न उत्साहित बनायो ।’

    एनआरएन यो नयाँ प्लटफर्मले दीगो विकासका लागि केही योगदान दिनसक्छ भन्ने निष्कर्ष निकालेको हो, डा. दाहालले भने, एनआरएनको तत्कालै कार्यसमितिले यसलाई निरन्तरता दिने र प्रत्येक दुई वर्षमा विश्व ज्ञान सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो ।’

    दोस्रो विश्व ज्ञान सम्मेलनको तयारी गर्दैगर्दा कोभिड आयो, यसले केही हतास बनायो । तर कोभिडले हामीलाई जित्नु हुँदैन, हामीले जितेर जानुपर्छ भन्ने दोस्रो ज्ञान सम्मेलनको साइटिफिक स्टेरिङ कमिटीले निर्णय गरेर हामी अगाडि बढेका हौं, डा. दाहालले भने, ‘यो सम्मेलन सम्भव भयो, यो सम्मेलनमा जुन किसिमको सहभागिता देखियो, यो प्लेटफर्म अझ बढी विस्तार भएको हामीले महसुस गरेका छौं ।’

    यदि सही प्लेटफर्म हुने हो भने विज्ञ डायस्पोराहरु र नेपाल सरकारका निकाय मिलेर देशको समग्र विकासमा केही काम गर्छ सक्छ भन्ने विश्वास भइसकेको डा. दाहालले बताए । उनले भने, ‘सम्मेलनले विज्ञ डायस्पोरा, नेपालमै रहेका विज्ञ, डायस्पोरा र नेपाली विज्ञबीच अन्तरक्रिया गराउने लगायतका महत्वपूर्ण केही काम गर्न र गराउन यो सम्मेलन सफल भएको छ ।

    प्रत्येक दुई वर्षमा सम्मेलन आयोजना गर्नु मात्र पर्याप्त होइन, दुई वर्षमा भेला हुने, भेलाले गरेको सिफारिस सरकारलाई बुझाउँछौं, त्यसपछि ती सिफारिस लागू भए कि भएन ? यो लागू गर्ने निकायमा डायस्पोराको भूमिका हुनसक्छ कि सक्दैन ? भन्ने विषय अन्योलग्रस्त छ, डा. दाहालले भने, ‘यसका लागि सरकार र डायस्पोराको संयुक्त कार्यदल होस् भन्ने हामी चाहन्छौं ।’

    अहिले भएको पहिलो पुस्ताको डायस्परा हो, पहिलो पुस्ताका डायस्पराको सन्तानले पनि विश्वविद्यालयका पढाइ सकिसकेका छन् । उनीहरुले विदेशमा लिएको शिक्षा नेपाल सरकारले कुनै लगानी नगरी लिन सक्ने वातावरण तयार भएको कार्यक्रम संयोजक डा. शर्माले बताए । उनले भने, ‘नयाँ पुस्ताका डायस्पोरालाई पनि नेपालसँग नजिक बनाउनुपर्छ र उनीहरुको ज्ञान नेपालमा उपयोग गर्नुपर्छ । त्यसका लागि कस्तो किसिमको प्लेटफर्म हुनुपर्छ त्यो त्यस विषयमा पनि छलफल गर्ने बेला आएको छ ।’

    नेपाल पोलिसी इन्स्ट्च्युट (नीति अनुसन्धान प्रतिष्ठान) का कार्यकारी अध्यक्ष डा. विष्णुप्रसाद उप्रेतीले आयोजकलाई धन्यवाद दिए । विज्ञ डायस्पोरासँग केही कुरा सेयर गर्न यसअघि नै आफूहरुले पत्र लेखेको डा. उपे्रतीले जानकारी दिए । विज्ञ डायस्पोरा, एनआरएनए र प्रबुद्ध वर्गसँग सबै किसिमका विकल्प खुला राखेर छलफल गर्न आफूहरु तयार रहेको भनाइ डा. उपे्रतीको थियो ।

    नेपालमा जन्मेर संसारको उत्कृष्ट इन्स्ट्च्युटमा कार्यरत नेपाली डायस्पोराको ज्ञान नेपालमा कसरी ल्याउन सकिन्छ भनेर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत चिन्तित रहेको डा. उपे्रतीले जानकारी गराए । नेपाल पोलिसी इन्स्ट्च्यिूटलाई फाकिलो दायराको नेपाल सरकारले हेरेको हुनाले कानुनी रुपमै मान्यता दिन ऐन निर्माणका लागि संसदमा छलफल चलिरहेको उनले बताए ।

    नेपाल सरकारका सबै खाले नीति प्रभावकारी छन् कि छैनन भन्ने विषयमा अध्ययन गरेर प्रधानमन्त्रीमार्फत् नेपाल सरकारलाई सल्लाह दिने एउटा नीति अनुसन्धान प्रतिष्ठानको एउटा म्यान्डेड हो, अध्यक्ष डा. उपे्रतीले भने, ‘नेपाल सरकारले भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिहरु किन कसरी आवश्यक छन त्यसका बारेमा अध्ययन अनुसन्धान गरेर सरकारलाई सुझाव दिने दोस्रो म्यान्डेड यो प्रतिष्ठानको हो । तेस्रो म्यान्डेड चाहिँ यदि नेपाल सरकारले चाहेमा नीतिको मस्यौदा गरेर सरकारलाई बुझाउने हो । यो प्रतिष्ठान नयाँ भएकाले त्यत्ति सशक्त चाहिँ छैन, तर सम्भावना छ । डा. अम्बिका अधिकारीलगायत झन्डै १ सय २२ जना एनआरएनएसँग यस विषयमा कुराकानी भइरहेको छ । प्रतिष्ठानले बनाएको पाँच वर्षे रणनीति बनाएर प्रधानमन्त्री कार्यालयमा बुझाएका छौं, त्यसमा डायस्पोराबाट महत्वपूर्ण आएका महत्वपूर्ण सुझाव पनि समेटिएका छन् ।

    नीति निर्माणको क्षेत्रमा नेपाल आएर केही सहयोग गर्न चाहने डायस्पोरालाई प्रतिष्ठान जहिले स्वागत गर्दछ, उनीहरुलाई उचित सम्मान दिएर स्वागत गर्न प्रतिष्ठान तयार छ, डा. उप्रेतीले भने । उनले एनआरएनएको सहकार्यमा गर्न सकिने सम्भावनाका बारेमा स्पष्ट कुरा राखेका थिए । यो देशका लागि केही गछौं भनेर आएको यो विद्वत् समूहलाई म्यान्डेडले दिएसम्म पिआरआईसँग सहकार्य डा. उप्रेतीले आग्रह गरे ।

    विद्वत् वर्गको पलयानका विषयमा परराष्ट्र मन्त्रालयबाट सन्तोष गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयमा रहेको ब्रेन गेन सेन्टरले डायस्पोरासँग कसरी सहकार्य गर्न सक्ने भन्ने विषयमा गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले पलायन भएका विद्वत् वर्गसँग सहकार्य गर्न सक्ने सम्भावनाका क्षेत्रलाई कार्यपत्रमा समेटेका थिए । परराष्ट्र मन्त्रालय अन्तर्गतको ब्रेन गेन सेन्टरमा विज्ञ डायस्पोरालाई समेट्न तयार पारेका विषयवस्तुहरु गौतमले प्रस्तुत गरेका थिए ।

    डायस्पोराको संख्या सन् २०२५ सम्ममा १० लाख पुग्ने भन्दै डा.अम्बिकाप्रसाद अधिकारीले छलफलका लागि फ्लो खुला गरेका थिए । खाडी क्षेत्रमा जाने डायस्पोरा सम्झौना जाने भएकाले उनीहरुको योगदान ज्ञानमा भन्दा रेमिटेन्समा बढी भएको डा. अधिकारीले बताए । त्यसैले स्थायी डायस्पोरालाई नै महत्व दिएर छलफल गर्नुपर्ने उनको तर्क थियो ।

    पछिल्लो समय कोरिया प्रविधि क्षेत्रमा धेरै अघि बढेको छ । कोरियामा रहेका डा. देवीबहादुर बस्नेतले प्रस्तुत भएका तीनवटा कार्यपत्रका बारेमा धारणा राखेका थिए । उनले डाडाबेस तयार गर्नुअघि किन र केका लागि हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए । उनले प्रोफेसनको वर्गीकरण गर्दै उनीहरुलाई संगठन समेट्नुपर्ने डा. बस्नेतले बताए ।

    परराष्ट्र मन्त्रालय र एनआरएनएबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा किशोर थापाले आफ्ना भनाइ राखेका थिए । नेपालका नेतृत्ववर्गलाई नीति निर्माणमा त्यत्ति चासो हुँदैन । विशेष गरी ब्यूरोक्र्याटले नीति बनाउने र मन्त्रिपरिषद्मा लगेर पास गराएको अनुभव थापाले सुनाए । अनुसन्धानमा आधारित नभइ कर्मचारीले आफूअनुकूलको नीति बनाएका हुन्छन् । नेपालमा बन्ने नीतिमा एनआरएनले अनुसन्धानको क्षेत्रमा सहयोग गर्न सक्यो भने ठूलो सहयोग पुग्छ । नेपालमा नीति कस्ता हुन्छन भन्ने विषयमा रमाइला कुराहरु थापाले राखेका थिए ।

    गोपी उप्रेतीले तथ्यांक एकीकरणको समस्याबारे कुरा राखेका थिए । नंग र मासुको सम्बन्ध भएका विभाग र संस्थाहरु एकीकृत भएर अघि बढेको पाइदैन भन्दै उपे्रतीले भने, ‘सबैलाई एकीकृत गरेर निष्कर्षमा पुगियो भने त्यसले प्रतिफल दिन्छ ।’

    सन्तोष गौतमले परराष्ट्र मन्त्रालयले डाडबेस स्थानीय तहले सदुपयोग गर्ने परिकल्पना गरेर तयार पारेको बताए । उनले विभिन्न क्षेत्रबाट भएका पहललाई औपचारिकता दिने, मूल्यांकन गर्ने र त्यसको उपलब्धीबारे जानकारी गराउने काम मन्त्रालयले गर्न बताए ।

    डायस्पोरालाई नेपाल र नेपालीसँग जोड्न दुईवटा कुरा एकदमै महत्वपूर्ण रहेको सन्तोष त्रिपाठीले बताए । डायस्पोराले दिन खोजेको कुरा र नेपालले चाहेको कुरा फिट हुनुपर्नेमा उनले जोड दिए । यस्तै छलफलमा संयोजकको मात्र आवश्यकता रहेको द्रोण रसाइलीले धारणा राखे । उनले भने, ‘एनआरएनएसँग धेरै ज्ञान छ, त्यसको सयोजन पिआरआईले गर्न सक्दैन, त्यसको पनि एनआरएनएले नै संस्थाको विकास गर्नुपर्ने आवश्यकता भएको छ ।’

    छलफलमा सहभागीबाट आएका विचारलाई डा. अम्बिकाप्रसाद अधिकारीले निष्कर्ष निकालेका थिए ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, विचार, समाजLeave a Comment on विज्ञ डायस्पोरालाई नेपाल र नेपालीसँग कसरी जोड्ने ?

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P