• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

टुक्का कविता लेखन अभियान श्रृङ्खला- ९७ सम्पन्न

  • १ कार्तिक २०८०, बुधबार ०१:०९ मा प्रकाशित
  • काठमाडाैँ, २८ असाेज
    बडा दशै २०८० को प्रथम दिन घडा स्थापनाकाे अवसरमा यही असाेज २८ गते टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का कविता लेखन अभियान श्रृङ्खला ९७ सम्पन्न भएकाे छ ।
    टुक्का पाठशालामा भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन / प्रशिक्षण टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे भने कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ६२ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
    कार्यक्रमकाे समापन गर्दै संयाेजक चापागाईँले हाम्रा चाडपर्व, संस्कृति हामीले आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ । चाडपर्वकाे नाममा भएका विकृतिहरू हटाउँदै ठुलाबाडाहरूबाट आशीर्वाद थाप्ने, सुख शान्तिकाे कामना गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै टाेल, छिमेक, गाउँ बस्तिहरूमा सबैले दशै तड्क भड्कमा हैन खुसी साट्ने पर्वकाे रुपमा मनाउँ भन्ने आव्हान गर्दै घडा स्थापनाकाे अवसरमा टुक्का साहित्य समाजले आयाेजना गरेकाे विशेष टुक्का कविता लेखन कार्यक्रममा “दशैँ दशा नबनाेस्” भन्ने कामना गर्दै सचेतना मूलक टुक्का कविताहरू सिर्जना गरेर टुक्का साहित्यका माध्यमबाट समाजलाई सुसूचित गर्नु हुने सहभागी सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कल गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    खुसी साटेर मनाउँ दशैँ तड्क भड्क छाेडेर
    गच्छे हेरी व्यवहार गराैँ हुन्न मन माेडेर ।
    २.
    चाड मान्दा घरखेत गुम्याे भन्न नपराेस्
    खुसी साट्दै मनाउँ दशैँ याे दशा नबनाेस् ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    गच्छे अनुसार खर्च गरौँ देखासिकी त्यागौँ,
    पर्वको गरिमा के हो ? जोगाउन तिर लागौँ ।
    २.
    ऋण गरेर दसैँ मानेमा  पछि होला रुने,
    सुम्पी सम्पत्ति साहुलाई सडकबासी हुने ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    दसैँ यो दशा नै नहोस् है कसैमा
    खुसी शान्ति छाओस् यहाँका सबैमा।
    २.
    गरौँ खर्च आफ्नो छ औकात जस्तो
    नहोस् ढाड सेक्ने बनोस् वस्तु सस्तो।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [४]
    १.
    दशैँ आयो तिहार पनि नजिकै छ भन कसो गरौँ,
    हुँदा खानेहरू अनावश्यक खर्चबाट  सधै डरौँ।
    २.
    न खेलौँ जुवा न पिउँ मदिरा स्वस्थ समाज याे बनाऊँ,
    संसारमा आफूलाई सभ्यबनी चिनाउँ सम्मान पाऊँ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [५]
    १.
    जहाँ छौं हामी त्यहीँ रही खुसी साथ दशैँ मनाऔँ,
    हिन्दु हौँ हामी महान चाडमा हार्दिकता जनाऔँ।
    २,
    देखासिकी नगरौँ है महान चाड मान्नलाई,
    फजुल खर्च नै समाजको प्रतिष्ठा ठान्नलाई।
    ✍️ प्रदीप के रिमाल
    इटहरी,सुनसरी।
    [६]
    १.
    देखासिकी नगरौँ ,मनाऔँ चाड हर्षले,
    उल्लास हौसला प्रगति ल्याओस् यो पर्वले ।
    २.
    भेटघाट रमाइलो खुसी साटासाट आशिष् लिने,
    नवदुर्गा, शक्तिपीठ  पूजाआजा भाव भक्ति दिने ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [७]
    १.
    शरद् ऋतु भन्छ हाँस्दै, अन्नवाली फुलोस् फलोस्
    घरघरमा सबको दसैँ, नव दीप बलोस् ।
    २.
    वैरभाव अशान्ति सबै, लखेटिउँन् खोलै खोला,
    दसैँमा दशा नफर्के त कति, प्रिय हुन्थ्यो होला।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [८]
    १.
    वर्ष दिनमा आउने दशैँ हो नेपालीको महान् पर्व
    आपसमा सद्भाव साटासाट गर्दा धेरै लाग्छ गर्व ।
    २.
    सधैँ आउने यस्ता चाडपर्वले रौनक लिई आउन् ।
    ढोँगी होइन, समाजमा यिनले मौलिकता बचाउन्  ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [९]
    १.
    दशैँ मानौँ है सबैले नै नवदुर्गा भवानीको प्रसाद लगाएर,
    प्राणीलाई काटमार नगरौंँ रक्षा गरौँ दुर्गा भवानी जगाएर।
    २.
    दशैँ पर्व आएर कसैलाई दशा नबनाओस्
    आ-आफ्नो गच्छे अनुसार सबैले दशैँ मनाओस्।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१०]
    १.
    मिलेर मनाउनु छ, बडा दशै यसपाली,
    सुख शान्ति ल्याउनु छ,कुविचार सबै फाली।
    २.
    मादक पदार्थ नपिउँ, समाजमा सभ्य बनौँ,
    दुई दिनको जिन्दगीमा, हराएको सुख खनौँ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि-३, धनकुटा
    [११]
    १.
    दशैँलाई बनाउँ सद्‌भाव बाँड्ने पर्व,
    देशको सँस्कार संस्कृति नै हाम्रो गर्व।
    २.
    सादा अनि सरल चाड यो बन्नु पर्छ,
    तडकभडकले धेरै असर गर्छ।
    ✍️ पुष्पा राई
    खोटाङ।
    [१२]
    १.
    ऋणमा कहिल्यै नमनाउनु दसैँ पर्व
    जे छ आफूसँग उसैमा गर्नुपर्छ गर्व।
    २.
    हौसला र उमङ्गको यो दसैँ पर्व हाम्रो
    सारा नेपालीले खुशियालीले मान्नु राम्रो।
    ✍️ शिव कुमार रेग्मी
    पोखराथोक, पाल्पा
    [१३]
    १.
    आऊ हामी मिलेर मनाऊँ
    दशैँ हाम्रो संस्कृति जगाऊँ ।
    २.
    दशैँ यो सबैको हितमा खुशी बनोस्
    कसैको दशा बनेको यहाँ नकहोस् ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    [१४]
    १.
    सदियौँ देखि परम्परा दसैँ दानवको भक्ष,
    दशैँ दशा नबनोस् यही नै छ है सबको लक्ष।
    २.
    जति कठिन परे पनि गर्नै पर्छ सामना,
    असी सालको दशैँको सबैमा शुभकामना।
    ✍️ अम्बिका गिरी
    काभ्रे
    [१५]
    १.
    गर्नु हुन्न है रबाफ रिण काढेर
    जानुपर्ला परदेश देशै छाडेर ।
    २.
    हैसियतले जती सक्छ त्यती खर्च गरौँ
    देखासिकी गर्नु हुन्न यही सन्देश छरौँ ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [१६]
    १.
    दशैँ मान्दा  मस्तसँग जुवा तास खेल्दा
    रुनु पर्ला भाेलि थाप्लामाथि ऋण झेल्दा।
    २.
    दशैँमा रमाऔँ सद्भावमा मितव्ययी बनाैँ,
    माेजमस्तीले ओछ्यान पर्दा अभागी नभनाैँ ।
    ✍️ निरज कोइराला 
    बेलका १ उदयपुर, हालः इटहरी
    [१७]
    १.
    देखासिकीको विराट रुप नबनाउनुस्
    सक्दो साधारण रुपमा दशैँ मनाउनुस्।
    २.
    चाडपर्वको नाममा कुरीति धेरै चल्छ सकिन्जेल
    दशैँ, दशैँ जस्तो भएर आउदैन रहेछ अचेल।
    ✍️ बि.कुलुङ “रंगबुले”
    दार्जिलिङ, भारत
    [१८]
    १.
    दशैँ मान्ने बहानामा हामी ऋणमा डुब्नु हुन्न
    थालिसके छिमेकिले फसाउँने जाल बुन्न।
    २.
    समयमै सचेत बनौँ देखासिकी छोडौँ
    यो दशैँमा धनमा होइन मनमा मन जोडौँ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [१९]
    १.
    ठुलै खसी हेर्ने हैन हेरौँ साग पात
    हाँसीहाँसी दशैँ मानौँ मिलाएर हात।
    २.
    अर्को साल के हुने हो कस्लाई थाहा छ र?
    परदेशको युवाहरू आउँदैनन् घर ।
    ✍️ सञ्जना शर्मा
    दाङ लमही
    [२०]
    १.
    गरिबलाई झन् ऋणमाथि ऋणको भारी बोक्न नपरोस्
    जे जस्तो छ खुसी भई रम्नु चाडमा दसैँ दशा नबनोस्।
    २.
    हुने खाने र हुँदा खानेको चाडपर्व नै हुन्छ फरक
    मितव्ययीले आयव्यय मिल्छ दुःखी बने हुन्छ नरक।
    ✍️ बाबुकाजी श्रेष्ठ
    मन्थली १, रामेछाप
    [२१]
    १.
    जे छ आफूमा त्यसैमा रहेर रमाउने गर्नुपर्छ
    चाडबाड आउँदै गर्छन् सन्तोषले मन भर्नुपर्छ।
    २.
    आजैबाट शुरु गरौँ दशैँ नबनोस् दशा भनि पहल
    सबै मिलि तोडौँ अब मन भित्रको घमण्डको महल।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२२]
    १.
    दशैँ मनाउ हर्ष र उमङ्ग छरी
    आफन्त जन सबैसँग भेट गरि।
    २.
    फजुल खर्चले दशैँ याे दुर्दशा नबनाेस्
    आहा कति भव्य र सभ्य भयो दशैँ भनाेस्।
    ✍️ राज कुमार  राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
    [२३]
    १.
    दशैँ साँच्चिकै दशैँ बनोस् दशा नबनोस्,
    विकृति र विसङ्गतिको बाटो नखनोस् ।
    २.
    नव दुर्गा भवानीकाे सदा दृष्टि पराेस् ,
    सुख शान्ति समृद्धिले नित्य बास गराेस् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२४]
    १.
    निधारमा त्यो रातो टीका देख्दा जल्नेहरू
    चुपचाप  बस अर्कैको  खुट्टा  मल्नेहरू।
    २.
    सम्झन्छौ गाउँघर कोरोना र दशैँको बेला
    अरु बेला गाउँ-गाउँले सधैँभरिको हेला ।
    ✍️ गणेश नेपाली
    पाल्पा
    [२५]
    १.
    दु:ख सुख जे जस्तो भए पनि खुसी दशैँ मनाओैँ,
    नेपाली हाैँ हामी हाम्रो संस्कृतिकाे महत्व जनाओैँ।
    २.
    हामी नेपालीहरूकाे हाे याे महान् चाड दशैँ पर्व,
    दु:ख सबै भुलेर मनाओैँ लिएर मनैमा गर्व।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [२६]
    १.
    यो साल पनि फेरि दसैँ आयो
    गरिबको घरमा ॠण ल्यायो।
    २.
    यता खर्च उता खर्च के गर्नु
    चाहना एउटै छ खुसी छर्नु ।
    ✍️ प्रफुल्ल भण्डारी
    धरान सुनसरी।
    [२७]
    १.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउँ
    घर गाउँमा यहीँ सन्देश जनाउँ ।
    २.
    दशैँ दशा नबनोस्  घरमा कसैको
    हाँसी खुशीका साथ आओस् है सबैको।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [२८]
    १.
    असत्य सामु सत्यले जितेकाे दशैँ पर्व
    सुख दुख गरेर मनाउँदै गराैँ गर्व ।
    २.
    घाँटी हेरेर हामी सबले हड्डी निल्नु पर्छ
    चिचि पापा र नानाले गरिबकाे खुसी हर्छ।
    ✍️ खुनराज काेइराला
    सिद्दलेक ३ गैरीगाउँ, धादिङ
    [२९]
    १.
    दशैँ दशैँ बनोस घर घर खुसियालीमा रमोस्
    दशैँ दशा बनेर कोही कसैको घर नरुवाओस् ।
    २.
    जे छ रम्छ खुलेर सब जन मिले सबको भावना
    रमेर मनाउ दशैँ सबलाई यही शुभकामना ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङवजार, हाल काठमाडौ ।
    [३०]
    १.
    नचढोस् कसैमा पनि तडक भडकको नसा
    औकात हेरी  खर्च गरेमा बन्दैन दशैँ दशा ।
    २.
    गच्छे अनुसार खर्च गरी मनाऔँ  चाडबाड
    सादापनले तर्काउदै पाहुनाहरूको  गाड ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [३१]
    १.
    असत्य माथि सत्यको विजय मानिन्छ दशैँ पर्व
    नवरात्री दुर्गाको पूजा गरेर गर्छौ हामी गर्व।
    २.
    लिन्छौ आशिर्वाद मान्यजनको थापी जमरा टीका
    देखावटिपन अङ्गाली नबनोस् ठुलो चाड फिका।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [३२]
    १.  
    दशैँले नबिगारोस् दशा
    खाने निहुँ नबनोस् नशा ।
    २.
    आफ्नो धर्म अनि संस्कृति जनाऊँ
    सरल तरिकाले दशैँ मनाऊँ ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके
    [३३]
    १.
    आफ्नो औकात अनुसार चाड मनाऊ
    संस्कार र संस्कृतिलाई सभ्य बनाऊ।
    २.
    दशैँ तिहार पर्व दशा नहोस् यहाँ
    सदा संस्कृतिमा मौलिकता होस् जहाँ ।
    ✍️ दुर्गा भट्टराई
    माेरङ
    [३४]
    १.
    युद्ध नछेडाेस्, विश्व जगतमा शान्ति छाइरहाेस्,
    सम्पूर्णले प्रेम र साैहार्दकाे गीत गाइरहाेस् ।
    २.
    जिन्दगीमा दुःख कष्ट, अब कसैलाई नपरोस्,
    रमाउँ उमङ्गले सबै, याे दशैँ दशा नबनाेस् ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, काेशी प्रदेश
    [३५]
    १.
    आआफ्नाे गच्छे अनुसार मान्नुपर्छ चाडपर्व,
    दशैँ हाम्रो संस्कृति हाे मनाउनुमा लाग्छ गर्व ।
    २.
    परम्परा ,चालचलन ,रीति रिवाज जाेगाआैँ सहर्ष
    मितव्ययी बनी दशैँ मनाउनेछाैँ यही हाम्रो निष्कर्ष।
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ
    [३६]
    १.
    घर-घर र चोक चोखिन्छन् रङ्गिन छन् अब,
    फैलियाेस् दशैँ सँगै याे देशमा वैभव सब।
    २.
    दशैँ पर्व याे दशा नबनोस् कठैं ! बरै ! कोही कसैलाई,
    उन्नति प्रगति र दिर्घायुको शुभकामना सबैलाई ।
    ✍️ देव मगर तिनाउ
    कचल,पाल्पा
    [३७]
    १
    जय दुर्गा जगत् माता सर्वमङ्गल कारिणी,
    बैरी संहार कारिणी अस्त्र शस्त्रादि  धारिणी।
    २
    मङ्गल दायिनी माता दु:खदर्द घटाउने,
    सबैलाई खुसीराखी राेगव्याध हटाउने ।
    ✍️ शम्भु गजुरेल
    सिन्धुली
    [३८]
    १.
    हजारौ हजार मान्छेको भिडमा कति सङ्घर्षमा पुर्छौ
    कामको खोजी गर्दागर्दै नि ठुलाबडालाई कति कुर्छौ।
    २.
    भन्नेले जे जे भनेपनि आफ्नो बाटो हिड्न कहिल्यै नछोड्नु
    परिश्रमको फल पाउँदा नराम्रो काममा मन नमोड्नु ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    १.
    जिन्दगीका कठिनाई यात्रा भएछ पीर
    दु:खमा आफ्नैले बारबार दिएछ तिर ।
    २.
    जुधेछ नजर क्या छ एकान्तका मात
    मुस्कुराउदै यी ओठ मिठा थिएँ बात ।
    ✍️ दीपा शाही  रावत
    कैलाली  ।
    [४०]
    १.
    नगरौँ है तडकभडक उत्सव चाडबाड,
    हाेसियार घाँटी हेरेर मात्र निल्नु पर्छ हाड ।
    २.
    रमाउँदा  चढ्न नदिनु है जाँड रक्सीकाे नशा
    रहरमा होस गुमाउँदा दशैँ नहोउन् दशा ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४१]
    १.
    उमङ्ग र खुशीयाली फर्काओस् यो दशैँले सबैको जीवनमा
    दशैँ दशा नबनोस्, ईर्ष्या र द्वेष हटी स्वच्छता आओस् मनमा ।
    २.
    विगतमा जसरी नै सबले मिलेर दशैँ मनाऔँ
    राष्ट्रीय पर्व मानी हामी सामाजिक सद्भाव बढाऔँ ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    [४२]
    १.
    मनका चाह पुराहोस्
    यो दसैँ दशा नबनोस् ।
    २.
    घर लिपेर हर्साेल्लास साथ जमरा छरेर
    याे दशै मनाउँ दशा नसम्झी उमङ्ग भरेर ।
    ✍️ रिता खराल
    रूपन्देही
    [४३]
    खुशीको पर्व दशैँ खुसीकाे नदी बगिरहोस्
    जो जहाँ भए पनि मनमा मन मिलिरहोस् ।
    ✍️ डा.सावित्री श्रेष्ठ
    काठमाडाैँ
    [४४]
    बलि हटोस् काटमार नहोस् सबै शुभ होस्,
    दुःख साटौँ खुसी बाँडाैँ दशैँ दशा नबनोस्।
    ✍️ खग्रास
    [४५]
    मनाऔॅ दशैँ दिल खोलेर, तर दशा नबनोस्
    सबैका घर घरमा खुशी छाओस्, दु:ख नरहोस् ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४६]
    आफ्नो अस्तित्व आफै कहोस्
    दसैँ अझ दशा नबनोस् ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [४७]
    हुने खानेको लागि मात्र आउनु हुन्न दशैँ
    हुँदा खानेको लागि नहाेस् दशैँले गर्दा बसैँ ।
    ✍️ उमा गौतम
    काठमाडौँ
    [४८]
    घाँटी हेरी हाड निलौ यो दशैँमा ,
    दुख कष्ट नपरोस हामी कसैमा ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनककाई ४ झापा
    [४९]
    दसैँ नै त हो नि सबै नेपालीका परिवारको आशा
    राजनीतिले नबिगार बुज्रुक हो यस्काे राम्रो भाषा ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५०]
    दुख खियाएर सुखकाे अनुभव दिएर जाउ
    ए दशैँ! नबनि दशा हाँसाे र खुसी लिएर आउ ।
    ✍️ सागर आँसु
    डाेटी
    [५१]
    महान् पर्व याे दशैँ उत्साह, उमंग लिएर आओस्
    शक्ति अनुसार मानेर हामी सबैमा खुसी छाओस्।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    गच्छे अनुसार मनाउ दशैँ नमनाउ मागेर
    दशैँ नसकिदै कसैले नि जान नपरोस् भागेर ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [५३]
    सबैको मन भित्र हर्ष उमङ्ग छाओस्
    यस वर्ष पनि दसैँ, मनाउन पाओस् ।
    ✍️ सम्झना थापा मगर
    स्याङ्जा
    [५४]
    १.
    दशैँमा सबै खुशी देखुँ दुख सुन्न नपराेस् कसैको घरमा पनि,
    हिँड्न पाउन सबै परिवार हाँसी खुसी भएर आनन्दित बनि।
    २.
    दसैँ आओस् सबैकाे घरमा दशा नआओस् कुनै ठाउँमा ,
    रमाइलो गर्दै सबैकाे घरमा फर्केर जाउन् गाउँमा ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चाेक
    [५५]
    १.
    खुसी भई बिताेस् सबैकाे दशैँ पीडाले नखनाेस्
    रिनमा डुबी गरिबलाई दशा चाहीँ नबनोस् ।
    २.
    मारकाट छाेडाै याे दशै अब फरक बनाऊँ
    साकाहारी भई खुसी साट्दै हामी दशैँ मनाऊँ ।
    ✍️ रश्मि रिमाल
    झापा
    [५६]
    घाँटी हेरी हाड निल्नुपर्छ रे फजुल खर्च गर्न हुन्न
    मितव्ययी अपनाई मनाउँ दशैँ ऋण राेगले छुन्न ।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५७]
    १.
    दशैँ के हाे? किन मान्ने यही कुरा खाेजाैँ,
    हत्या हिंसा न गर्ने कि? सत्य मार्ग राेजाैँ ।
    २.
    दशैँ सधैँ दशा बन्छ गरिब वर्ग माथि,
    सम भावमा बाँच्न सिकाै यही बिन्ति साथी ।
    ३.
    पञ्चबलि भन्दै पशुपन्छी काट्न हुँदैन कहिले ,
    काम, क्राेध, लाेभ, माेह र अहङ्कार फ्याँकाैँ जहिले ।
    ✍️ जी.वि.चिन्तन
    घाेराही-१४ दाङ
    [५८]
    १.
    ॠणको भारी बोकेर गर्नु नपरोस् सामना,
    दशैँ दशा नबनोस्  सबैलाई  शुभकामना।
    २.
    ॠण गरेर मनाउने  हैन यि चाड पर्व,
    आफूसँग भएको चिज मै गर्नुपर्छ गर्व।
    ३.
    नआओस् कसैका घरमा  दशैँ दशा बनेर,
    हिड्न नपरोस्  कसैले पनि  वेदना भनेर।
    ४.
    चाडपर्वले चारैतिर खुसी ल्याउने गर्छ,
    गरिबको घरमा पनि दशैँ आउनु पर्छ।
    ५.
    जे छ मिठो पोठो त्यसलाई बनाएर खाँऊ,
    दशैँ आयो टिका लाउन मामा घरमा जाँऊ।
    ६.
    दशैँ आयो  लगाउन  जाँऊ जमरा  र टिका,
    शुभकामना बडादशैँ नबनोस्  कहीँ फिका।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    गोदावारी, ललितपुर।
    [५९]
    १.
    घर टाढा जानुछ दशैँमा झुण्डियर यात्रा नगरौँ
    बिस्तारै जाँदा अवश्य पुगिन्छ दशा लागेर नमरौँ ।
    २.
    भाडा चर्को छ अहिले आर्थिक मन्दी छ यात्रा दुर्दशा नहोस्
    दिएर खान पुगोस् आशिर्वाद , दुखद समाचार  नरहोस् ।
    ३.
    आफन्तजन आउँदा फर्किंदा सुखद सुन्न पाउँ
    दसैँ फेरि आउँछ जान्छ दशा नहोस् सोचेर खाउँ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ ।
    [६०]
    १.
    ऋणको भारी बोकेर मात्र दशैँ मनाउँदा
    घरखेत ताकि हिडेका छन् साहु भनाउँदा।
    २.
    नयाँ लुगा फेर्छ पल्लोघरको साहुको छोरो
    तेरो खोई भनि बच्चालाई उकास्छ पो मोरो।
    ३.
    साहुसॅंग ऋण मागि बजारमा जाँदा खेरी
    नबुझी घरवाली कान रित्तै छ भन्छिन् फेरि।
    ४.
    बजारको  महॅंगी  मार  सबै  यही  माथमा
    आफ्नो यस्ता कुरा बुझ्ने भएनन् कोही साथमा।
    ५.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउॅंने गरौँ
    सम्पूर्ण जन-जनमा यहीँ नै सन्देश छरौँ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६१]
    १.
    आयाे दशै खुसीले मिलि मिठाे मसिनाे खान
    आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ जान ।
    २.
    दशैँकाे नाममा बढी तडकभडक गर्दा
    ऋणकाे भारी ठुलाे हाेला देखासिकीमा पर्दा ।
    ३.
    जे छ त्यही मिलेर खाउ आफूलाई हेरी रमाउ
    चार दिनकाे दशैँले वर्षभरि दुख नकमाउ । 
    ✍️ सुशीला थापा शिखा
    कागेश्वरी मनहरा, काठमाडाैँ
    [६२]
    १.
    दशैँको पर्व भोलिको दशा नहोस् कहिल्यै,
    हेरेर घाँटी निल्नु हाड सोचेर पहिल्यै ।
    २.
    नपरोस् हिड्न ऋणको भारी बोकेर आँसुमा,
    खेत र बारी सुम्पनु पर्ला दशैँको मासुमा ।
    ३.
    दशैँ नै दशा बनेर भोलि नजावस् जवानी,
    नबनोस् हाम्रो कथा र व्यथा जीवन कहानी ।
    ✍️ विवश पारदर्शी
    झापा

    ::::: जय टुक्का! जय साहित्य !! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का कविता लेखन अभियान श्रृङ्खला- ९७ सम्पन्न

    ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

  • २८ आश्विन २०८०, आईतवार २१:१० मा प्रकाशित
  • काठमाडौं ! सौर्न्दर्य ब्यबसायी तथा ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित भएकी छिन्।

    शाक्यलाई शनिबार राष्ट्रिय नाचघर जमलमा एभरेष्ट इभेन्ट्स तथा करुणाको ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को ग्रान्ड फिनालेमा उक्त अवार्डद्वारा सम्मानित गरिएको हो।

    विगत १० बर्ष देखि सौन्दर्य व्यावसाय तथा ब्युटिसियनमा कार्यरत शाक्य उपत्यकाको रैथाने नेवा: समुदायका हुन्। परम्परागत ब्यबसाय भन्दा फरक सौर्न्दर्य ब्यबसाय रोजेका उनको ललितपुरको भैसेपाटीमा सिन्दुर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर रहेका छन्।

    आफुले गर्दै आएका व्यावसायमा खुशी रहेकी शाक्यले कुनै पनि काम गर्दा उक्त कामप्रति लगनशील हुनु पर्ने बताउदै अवार्डद्वारा सम्मानित हुदा अझ काम गर्न प्रेरणा मिलेको बताएकी छिन्।

    मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को उपाधी मिस कृष्णा कुँवर र सोलिना लामाले चुमेकी छिन् भने श्रीमती प्रिना राई गुरुङ र मिस अरुणा पुरीले फर्स्ट रनरअप ,मिस बिनिता खड्का र श्रीमती झरना काफ्लेले सेकेन्ड रनरअप ,मिस कृतिका गिरी र श्रीमती संगम शर्माले ब्रान्ड एसेम्डर,क्रान्ति घिमिरेले आयोजक छनोट र सरिता पत्र वंशले ब्युटी विथ ब्रेन अवार्ड जितेकी छिन्।i

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४९

  • २८ आश्विन २०८०, आईतवार २०:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौँ।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उनन्पचासौँमा हामी पुगेका छौँ।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४९[ उनन्पचासौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    प्रकृतिले अनुपम सुन्दरता छरेको छ।
    यसले मानिसहरुलाई खुसी भरेको छ।
    प्रकृतिको अद्वितीय शक्ति कसले भन्नु खै,
    प्रफुल्लित प्रकृतिमा मान्छे छक्क परेको छ।
    मानिसका पीडा मनको वेदना हरेको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सुन्दर फूलबारी घरका छानामा हेरे आज।
    बस्ती त्यो बादलको मनको पानामा केरे आज।
    कस्तो हुन्थ्यो होला सपनाको महल जान पाए ,
    ब्युँझिनु अगाडी चाहनाको थानामा घेरे आज।
    स्वर्ग जस्ता महललाई नै गानामा बेरे आज।
    सुस्मिता अधिकारी , काठमाडौँ

    पञ्चाङ्ग:०३

    लुताे कन्याएर मज्जा ठान्छौ भने ।
    कृतिमतालाई सज्जा मान्छौ भने ।
    भित्री मन रमाउँदैन है तिम्रो ,
    उज्यालो छाेडी अँध्याराे छान्छौ भने,
    कर्म नगरीकन नै खान्छौ भने ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४

    सुन्दर संसार राम्रो घर होस्।
    त्यो घरमा बस्ने असल वर होस्
    फूलसँग चरा खेलेको हेरौँ,
    माया भनेर बोल्ने धर होस् ।
    हाम्रो लागि सजिएको चर होस् ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:०५
    सुन्दर घरमा बस्न मन छ।
    यसमा नै घुँडा धस्न मन छ।
    प्राकृतिको अनुपम सुन्दर,
    बादल झै गरि खस्न मन छ।
    प्रकृति दिलमा कस्न मन छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६
    कल्पनाभन्दा परको गाउँ हो यो।
    सपनामा जाॅदै खेल्ने ठाउँ हो यो।
    धर्तीमा कतै यस्तो होला नहोला,
    नन्दन या अरू यस्तै नाउँ हो यो।
    या त स्वर्गसम्म जाने साउँ हो यो।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०७
    सायद सबैले नै परिकल्पना गरेको होला !
    यो प्रकृतिले नै त्यो सुन्दर रङ्ग भरेको होला,
    सपनाको स्वर्ग त्यो नन्दन वन वाटिका जस्तै,
    त्यो सृष्टिकर्ताले नै जीवन बीज छरेको होला !
    कि सुरम्य रचना बादल बाट झरेको होला ?

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०८

    कुनै दिन कल्पना गरेको ठाउँ।
    प्राकृति सुन्दरता भरेको ठाउँ ।
    प्राकृतिक सुन्दरता नै उत्तम,
    अवस्य स्वर्गबाट झरेको ठाउँ।
    जाऊँ झैँ लाग्ने मन परेको ठाउँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    एक चित्त मनले सुन्दर स्वर्गको कल्पना गरौँ साथी
    लामो गरेर स्वास फालेर लामो स्वास भित्र भरौँ साथी
    यम नियम आसन ध्यान धारणा समाधी अपनाऊँ
    आफ्नो स्वास्थ्य असल बनाउन आफैँ नै लागि परौँ साथी
    सुख शान्ति र खुसीको अनुभव गरी पार तरौँ साथी ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:१०
    आहा! कति राम्रो सुन्दर घर हेर।
    घर माथि छ पिपलु र वर हेर?
    प्राकृतिक मनोरम दृश्यमा पनि,
    अल्झियो नी मानिसको थर हेर।
    केही होला भन्ने मनमा डर हेर?
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:११
    फुलाउन सके फूल छतैमा नि फुल्दो रहेछ।
    जहाँ फुल्छ फूल उतैतिर मन भुल्दो रहेछ।
    चरीहरु गीत गाउन आउँछन् यहीँ नै सधैं ,
    मौरी पनि लठ्ठिएर रसमा नै झुल्दो रहेछ।
    बादल पनि देश छाडी यतै नै डुल्दो रहेछ।

                           -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१२
    घरकाे छतमा पनि कति राम्राे फूल फुलेकाे हेर।
    भुन्भुन् गर्दै भमरा यहाँ यत्रतत्र डुलेकाे हेर।
    फूल फुल्दा सबैतिर हराभरा भइरहँदा यहाँ,
    वसन्तकाे बहार आए जस्तै सवत्र झुलेकाे हेर।
    अर्कैकाे बगैँचामा भए नि मन त्यतै भुलेकाे हेर।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१३
    धर्ती जननी तिमीसँगै छ हराउन मन ।
    तलाउ नजिक भेडाबाख्रा चराउन मन ।
    प्रकृति लता वृक्ष कुञ्ज विहारीका तटमा ,
    बासस्थान त्यसमै सरक्क सराउन मन ।
    कोइली झैँ मालश्री धुनमा कराउन मन ।

    ✍️जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४९

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

  • २७ आश्विन २०८०, शनिबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    नियति
    देशको खम्बा
    आयात बाख्रा थुम्बा !

    • वसन्त अनुभव
      [२]
      आयात
      कमसल मियाँ
      निर्यात हीराको धनसार !
    • कमला भण्डारी ढकाल
      रुपन्देही, तिलोत्तमा-९
      [३]
      निर्यात
      युवाको लर्को
      बाख्राको दाम चर्को !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [४]
      आयात
      भेडा बाख्रा
      निर्यात युवा राेजगार !
    • राेशन पराजुली, धरान
      [५]
      भरियो
      भेडा बाख्राले
      देशको शक्ति बाहिर !
    • गुणनिधि घिमिरे, अमेरिका
      [६]
      निर्यात
      युवाको जमात
      आयात खस्किँदो भविष्य !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [७]
      निर्यात
      युवा शक्ति
      आयात भेडा बाख्राकाे !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [८]
      देश
      काट्नु काटे
      चौपायसँग दोपाए साटे !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [९]
      वैदेशिक
      यात्रामा दसैँ
      बाजा बजाएर आउने !
    • जमुना कायस्थ, पोखरा
      [१०]
      निर्यात
      स्वदेशको जन
      आयात सासको धन !
    • पृथक प्रकृति, झापा
      [११]
      निर्यात
      देशका जनशक्ति
      आयात भगौरे भेडा !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      युवा
      छोड्दै देश
      जनशक्तिमा बाख्राको भेष !
    • दुर्गा आचार्य, मोरङ
      [१३]
      सपना
      सजाएर तमाम
      परदेशीयो युवाको लाम !
      चेतन खनाल ‘दाह्रीवाला’, दाङ्ग
      [१४]
      सम्झाैता
      वैदेशिक राेजगारीकाे
      सत्ता छाती फुलाउँदै ।
    • प्रद्युम्न चालिसे
      [१५]
      लोकतन्त्र
      भेडाबाख्रा महँगो
      युवा अति सस्तो !
    • पशपती राई, खोटाङ
      [१६]
      निर्यात
      मानव जवान
      आयात खसीको बथान !
      जिज्ञासु पन्त, लमजुङ
      [१७]
      दसैँ
      युवा बेचेर
      बाख्रा किन्दैछ देश !
    • सरिता सेढाइ, धादिङ
      [१८]
      मस्ति
      पैसाकाे आशक्ति
      पशुसँग साटेर जनशक्ति !
    • निरज कोइराला, इटहरी
      [१९]
      गरिबी
      सामना गर्नुपर्ने
      वैदेशिक बन्धनमा बाँध्नुपर्ने !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२०]
      भविष्य
      देश बाहिर
      कुबुद्धि भित्राउँदै सरकार !
    • डुकछिरिङ लेपचा
      मिरिक, डुपटिन
      [२१]
      बाध्यता
      हाम्रो कस्तो
      भयो भेडाबाख्रा जस्तो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२२]
      आयात
      असमान् सम्झौता
      लाजै मान्दैनन् निर्यातकर्ता !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [२३]
      नेताजी
      भेडाहरू स्याहार
      हामी विदेश लाग्यौँ !
    • राम उदित
      चन्द्रपुर नपा-४, रौतहत
      [२४]
      बेरोजगारी
      देशको समस्या
      युवा विदेशिन बाध्य !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [२५]
      दसैँ
      शून्य गाउँघर
      गर्दै भेडाको व्यापार !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२६]
      जनावर
      निर्यात गर्ने
      युवाले एयरपोट भर्ने !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नगरपालिका-३
      [२७]
      हालत
      बाठोपन देखियो
      जनशक्तिसित भेडा साटियो !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [२८]
      लकडबुद्धि
      आयात वर्जक
      निर्यात कुसल आर्जक !
    • अगस्टीन राई, पूर्व सिक्किम, भारत
      [२९]
      विडम्बना
      देशकै दूर्भाग्य
      बन्यो दानवी राज्य !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      बेथिति
      युवा निर्यात
      भेडा बाख्रा आयात !
      -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३,काभ्रे
      [३१]
      भवितव्य
      युवा निर्यात
      देशले भोगेर आघात !
    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [३२]
      लर्को
      विदेशिने मानिस
      पेट पाल्नेहरूको झर्को !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      निर्यात
      बहुमूल्य युवा
      अनुत्पादक आयात अनौठो !
    • प्रेम थापा “मन”, बागलुङ
      [३४]
      कर्णधार
      देशका युवाहरू
      बन्दैछन् भोलिका सपनाहरू !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      बेरोजगार
      युवा परदेशिँदै
      चाडपर्व नजिकिँदै आँगनमा !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई ४ झापा
      [३६]
      साटासाट
      मुटु कलेजो
      एक धार्नी भुँडी !
    • टीकाराम जाेशी, टीकापुर
      [३७]
      अनमोल
      युवाको भाउ
      भेँडा बाख्राको मोल !
    • विवश पारदर्शी, झापा
      [३८]
      निर्यात
      देशको शक्ति
      फर्कियो प्रभु भक्ति !
    • नन्दलाल आचार्य, उदयपुर
      [३९]
      दुर्दशा
      देशको अवस्था
      निकम्मा राज्य व्यवस्था !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४०]
      भविष्य
      होनहार युवाको
      खसी बाख्राको जस्तै !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४१]
      दसैँ
      आयो लर्केर
      खसीतिर नहेर फर्केर !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      आयात
      हरेक वस्तु
      विदेशीन बाध्य युवा !
    • समुन्द्रा शर्मा
      इटहरी, सुनसरी
      [४३]
      अमूल्य
      माटोको माया
      सुनको खोजीमा परदेश !
    • आर्त अकुलीन, कैलाली
      [४४]
      दुर्दशा
      युवा विदेश
      दसैँमा बाख्रा स्वदेश !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४५]
      डसिया
      गरिबके घर
      सुनसान हुइल बसिया !
    • सागर कुस्मी, कैलाली
      [४६]
      नेपाली
      दैनिक निर्यात
      दसैँ न तिहार !
    • गोपाल प्रसाद पौड्याल
      [४७]
      चाडपर्व
      बढ्दो महङ्गीले
      युवा विदेश पलायन !
    • मङ्गला उपाध्याय, बारा
      [४८]
      सरकार
      गर्दै व्यापार
      किन मानव ओसारपसार ?
    • बालकृष्ण खनाल
      [४९]
      विडम्बना
      युवायुवती निर्यात
      पशुपन्छी जस्तै मानव !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: काठमाडौ
      [५०]
      आह्वान
      नेपाली जमान
      गरे विदेशमा चलान !
      -:सरस्वती श्रेष्ठ, इटहरी
      [५१]
      सन्तुलन
      पैठारी निकासीमा
      देश कठिन कसीमा !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५२]
      सपना
      सुख समृद्धिमा
      युवा शक्ति विदेशमा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली
      [५३]
      निर्यात
      युवा खाडी
      जनावर आयात बराबरी !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [५४]
      श्रेष्ठ
      माटोको माया
      आखिर बन्दै घामछाया !
    • कविता आचार्य, कैलाली
      [५५]
      आयात
      भेडाको बथान
      युवा विदेश गमन !
    • कमला देवकोटा, पाल्पा
      [५६]
      बाहिरिए
      सुखको लालसामा
      उर्जावान कर्मठ युवाहरू !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

    साताका तीन लघुकथा- ४०

  • २७ आश्विन २०८०, शनिबार २०:१५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४०औँ) शृङ्खलाका लागि लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘कान्छो लोग्ने’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अर्घेलो बा’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘बासेको पोथी’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः कान्छो लोग्ने

    मित्र ‘उराठी’ गौतम
    “ल स्वागत छ । आऊ, भित्रै आऊ ।” धेरै वर्षपछि भेट भएको साथी कल्पनालाई हार्दिकतापूर्वक स्वागत गरिन् सुप्रियाले ।
    क्याम्पस सँगै पढेका थिए उनीहरूले । पढाइ सकेपछि सुप्रिया सरकारी सेवामा प्रवेश गरिन् । कल्पना अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थामा आवद्ध भइन् ।

    सुप्रिया कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर दुर्गम जिल्लामा कार्यरत थिइन् । यसैबखत कल्पना पनि आफ्नो संस्थाको कामको सिलसिलामा यहाँ आएकी थिइन् । त्यसैले पनि यो भेटघाट महत्वपूर्ण थियो । यो मित्र मिलनमा हार्दिकता झल्कन्थ्यो ।

    “कान्छु ! नास्ता तयार भएको भए ल्याइहाल।” सुप्रियाले भान्छामा भएका नहकुललाई इसारा गरिन् ।

    “भिनाजु कता हुनुहुन्छ ? बच्चाबच्ची कति भए ? कता छन् ?” कल्पनाले जिज्ञासा राखिन् ।

    “भिनाजु अध्यापन गर्नुहुन्छ । घरपायक जागिर छ । दुई छोराछोरी उहाँसँगै छन् । आफू भने यो जागिरले कहिले यो जिल्ला, कहिले त्यो जिल्ला । सधैँ बाहिरको बाहिरै ।” दुखेसो पोखिन् सुप्रियाले ।

    “त्यही त ! बुढाबुढी नै जागिरे हुनु र घरपायक नहुनु त साह्रै विजोग, हैन ? बैँस छउञ्जेल बुढाबुढीसँगै हुन नपाउनु पनि के जिन्दगी ? चालिस कटेसी रमाउँला भन्ने गीत त्यसै त बनाएको हैन् रहेछ ।” कल्पनाले ठट्यौँली गर्दै भनिन् ।

    “चालीस हो र ! साठी कटेसी हुने भो जागिरेको त । त्यसैले आफूले त बुढाको सल्लाह बमोजिम नै ऊ, उनलाई कान्छो लोग्ने बनाएको । जहाँ गएपनि पकानपुकुन देखि हरेक कुरामा सजिलो भएको छ ।” नहकुल तर्फ सङ्केत गर्दै सुप्रियाले स्पष्ट पारिन् ।
    अमरपुर गुल्मी
    हालःतिलोत्तमा न पा–२,रुपन्देही

    २)
    लघुकथा: अर्घेलो बा

    सुरेशकुमार पाण्डे
    “के भयो बाबा ? किन रोइरहेको हजुर ?” महेशले बसपार्कमा बसेर रोइरहेको एकजना भिखारीलाई सोध्यो ।
    भिखारीको याचनाभरिएको दृष्टिले महेशलाई नियाल्यो र भन्यो- “के भनौँ बाबु ! मैले हिजोदेखि केही खाएको छैन ।”

    “पैसा दिन्छ भनेर बुढाले नाटक गरेको होला।” महेशले मनैमन लख काट्यो।
    उसले आफ्नो घडीतिर हेर्‍यो । घडीले दिउँसोको दुई बजाएको थियो । बस आउँन अझै एक घन्टा बाँकी थियोे । महेशले बुढासँगै टाइमपास गर्न खोज्यो ।

    “बाबा एक बोतल रक्सी किन्दिन्छु है खानुहुन्छ ?” महेशले परख गर्दै भन्यो ।
    “बाबु ! मलाई बोतल होइन् दुइटा रोटी किनिदेऊ । अहिलेलाई परान टङ्गाउन पुग्छ ।” बुढाले महेशतिर पुलुक्क हेर्दै भने ।

    बुढाको त्यो शब्दले महेशको भित्रि मनलाई छोयो । ऊ केही नबोली अलिपर होटेलमा पुगेर चारवटा रोटी र तरकारी लिएर बुढालाई टकार्‍यो । त्यो देखेर बुढाको आँखाबाट फेरी आँसु बग्यो ।

    “बाबा ! नरुनुहोस् । रोटी खानुहोस् ।” महेशले बुढालाई पानी पनि किन्दियो ।
    “बुढाले एकछिनमै रोटी खाएर सिद्धाए । उनी साँच्चि धेरै भोका थिए ।”
    “बाबा ! हजुरको घरमा छोराछोरी छैनन् ?” महेशले सोध्यो ।

    “छन् । सानो छँदा पढाए लेखाए । ठुलो भएपछि पाल्छन् कि भनेको तर अहिले उसैले घरबिहिन बनायो ।” बुढाले रुँदै भने ।
    उनको कुराले महेशलाई भावुक बनायो । ‘कसैका बाआमा छैनन् तर कसैले जन्मदातालाई अर्घेलो बनायो ।’ महेशले मनमनै भन्यो । अनि अमिलो मन बनाएर बसमा चढ्यो ।
    दाङ घोराही १८

    ३)
    लघुकथा: बासेको पोथी

    प्रभादेवी पौडेल
    खोरमा ‘कुखुरी काँ’को आवाज सुनेर धने एक्कासी ब्युँझियाे । घडी हेर्‍यो । बिहानको चार बजेको थियो । ऊ दङ्ग पर्‍यो । कुखुरा पालेको धेरै वर्ष भएको थियो तर अहिलेसम्म उसले पोथी बासेको सुनेको थिएन ।

    उसले माइलीलाई झकझक्यायो । ऊ आँखा मिच्दै उठी र भनी- “बुढा पोथी बासेको त नराम्रो हुन्छ भन्छन् । कि यसलाई डाँडो कटाउनु पर्छ रे कि च्वाट्ट काट्नुपर्छ रे । परारै हाम्रो माइतीमा पोथी बासेको रे त्यसको भोलिपल्टै हजुरबा खस्नु भो।”

    “त्यस्तो अशुभ नै हुनेभए आजै काटिदिन्छु यसलाई ।”

    उसले माइलीलाई पानी तताउन लगाएर आफू खुर्पा लिन गयो । पानी भकभक उम्लिएपछि धने र माइली खोरतिर लागे । उनीहरू फूल पार्दापार्दैको पोथी काट्नुपर्दा एकमन निकै दुःखी थिए भने अर्कोतिर अशुभ नै हुने भएपछि उनीहरूले जोखिम उठाउन चाहेनन् ।

    धनेले सबै तयारी गरेर जब खोरको पलेटो खोल्यो । पोथी फुत्त बाहिर निस्कियो र उसको सँगै रत्नेको भाले पनि निस्किएर कुलेलम ठोक्यो । यो देखेर माइलीले लजाउँदै भनी- “काट्टो लाउनु, भाले लाउँन जाँदा कुन झमट पछि लाएर आएछ कुन्नि ? “
    भरतपुर ९, चितवन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४०

    मुक्तक अभ्यास शृङ्खला- ०३

  • २७ आश्विन २०८०, शनिबार ०२:२४ मा प्रकाशित
  • सहभागी मुक्तककारहरू –

    [१]
    आउँछ दसैँ आउँछ तिहार रुवाएर जान्छ
    ऋण काढ्नै हुन्छ मारामार रुवाएर जान्छ
    यहाँ दुई छाक टार्नै धौधौ भइरहेको बेला,
    बोकाउँछ अझै गह्रुङ्गो भार रुवाएर जान्छ ।

    वसन्त अनुभव

    दाङ्ग

    [२]
    गरिबलाई साहुको पाउमा लगाउन
    सस्तो सामान महङ्गो भाउमा लगाउन
    दसैँ तिहार आउन लागे अब सतर्क हुनु,
    लाखौँ पशुको जीवन दाउमा लगाउन ।

    श्रीकृष्ण शर्मा पोखरा

    [३]
    नराम्रो सुन्न नपरोस्, सुन्दर मति थप्ने समय आओस्
    विसङ्गति हट्ने मगज चाहे जति थप्ने समय आओस्
    यही वर्षको दसैँ तिहारदेखि,नौलो नयाँ ईतिहास लेखी,
    निमुखाहरूको मुहारमा प्रगति थप्ने समय आओस् ।

    प्रेम थापा “मन”बागलुङ

    [४]
    परदेशी छोरो आउला भनेर बाटो हेर्दै होलान्
    औँलाहरू भाँच्दै दिन गनेर बाटो हेर्दै होलान्
    यो दसैँमा विदा पाइएन् निधार रित्तो हुने भो मेरो,
    घरमा बा आमा भावुक बनेर बाटो हेर्दै होलान् ।

    चेतन खनाल (दाह्रीवाला)

    बङ्गलाचुली १ दाङ्ग

    यो तिहार पनि पीडा टार्दै बस्नु परेको छ
    रित्तो निधारमा हात मुसार्दै बस्नु परेको छ
    बहिनीको सयपत्री माला व्यर्थ हुने भो उता,
    परदेशमा मैले आँसु झार्दै बस्नु परेको छ ।

    चेतन खनाल (दाह्रीवाला)

    बंगलाचुली १ दाङ्ग।

    [५]
    दसैँ आओस् र दशा नलागोस् सबैको
    मेला पर्वमा दुःख कष्ट भागोस् सबैको
    अखण्ड देश सुन्दर समाज एकतामा,
    सधैँ देशभक्ती भावना जागोस् सबैको ।

    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [६]
    दसैँ किन आउँछ गरिबलाई रुवाएर जान्छ
    काटमार उस्तै हुन्छ दाजुभाइ रुवाएर जान्छ
    रीतिरिवाज चलेकाे हाम्रो देशमा तमास यस्तै,
    झुपडीमा दसैँ खाई नखाई रूवाएर जान्छ।

    रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।

    [७]
    यो चाडबाडमा मेरो तस्बिर हेरी आँसु झारेर नरुनू
    रातो टिका र पहेलो जमरा थालीमा राखेर नरुनू
    के गर्छेउ त मेरी आमा मेरै देशले परदेशी बनायो,
    दसैँ आउँदा तिहार आउँदा मलाई सम्झेर नरुनू ।

    जीवन रोका मगर

    बङ्गलाचुली १ दाङ्ग

    [८]
    दु:ख पीडाहरूलाई मनमा बेरेर दसैँ मनाऔँ
    सामान्य भए पनि कपडा फेरेर दसैँ मनाऔँ
    प्रत्येक वर्षमा आउने यो महान् चाडपर्वमा,
    आफ्नो आर्थिक अवस्था हेरेर दसैँ मनाऔँ

    सम्झना थापा मगर

    स्याङ्जा

    सबैको घर आँगनमा दसैँ आयो, कसरी मनाउने ?
    मन भित्रभित्र चिन्ता पो छायो, कसरी मनाउने ?
    गरिबहरूलाई रुवाउन किन आउँछ यो चाडपर्व,
    आँखाबाट आँसुका ढिका खसायो, कसरी मनाउने ?

    सम्झना थापा मगर

    स्याङ्जा

    [९]
    जिन्दगी कर्कलाको पानी भयो
    बिना अर्थको नै जिन्दगानी भयो
    थाहा छैन के हुने हो, यो जिन्दगी,
    आगो नलागी यो मन खरानी भयो ।

    सुनिता पाण्डे। घोराही १८

    [१०]
    उमेर हुँदै तिमी पनि फर्किएर आउनु पर्छ प्रिय
    वर्ष दिनमा हर्ष सँगै बडादसैँ मनाउनु पर्छ प्रिय
    तिमी एक्लै म पनि एक्लै दैलो कुरी बसेकी छु,
    आऊ फर्की खाडी छोडी घरमै रमाउनु पर्छ प्रिय !

    कला ढकाल

    झापा दमक

    [११]
    चुहिने छानो झुपडीको बास गर्दागर्दै
    परदेशीको फर्कने आस गर्दागर्दै
    बितिसक्यो आधाजुनी बुढ्यौलीले छोयो,
    आफूसँगै छौ भन्ने आभास गर्दागर्दै ।

    सरिता सेढाई धादिङ

    [१२]
    दसैँको बेला जङ्गलमा लाइन लागेछु हे आमा !
    हरायो दिनरात निद्रा मेरो जागेछु हे आमा !
    अमेरीका पुग्ने टन्न कमाउने सपना बोकेर,
    ज्यान बाजी लगाई मेक्सिको पर्खाल नाघेछु हे आमा!

    मोति पोख्रेल

    घोराही दाङ्ग।

    [१३]
    परम्परा नभुलेर गाऔँ नाचौँ महत्व यही
    रहोस् सद्भाव आस पनि साँचौँ महत्त्व यही
    केही पात्र बद्लिन्छ चाडपर्व कायम रहन्छ,
    दिदीबहिनी,साथी विकृति मासौँ महत्व यही।

    पृथक प्रकृति ,झापा

    चाडपर्व आएपछि त कोही खुसी कोही दुखी मात्र हुन्छन्
    कतै हराभरा कतै चाहिँ रुखो उजाड मरुभूमि मात्र हुन्छन्
    परिस्थिति एक पात्र अनेक आआफ्नो कथा व्यथा हुनाले,
    चाहेर पनि मेट्न नसकिने यो जिन्दगीमा दूरी मात्र हुन्छन्।

    पृथक प्रकृति,झापा

    [१४]
    दसैँ तिहार आउँदा मन उदास भएको छ
    सम्झेर गाउँघर झनझन उदास भएको छ
    खै कस्तो रहेछ म परदेशीको भाग्य रेखा?
    खुसी थोरै सिङ्गो जीवन उदास भएको छ।

    भेषराज खनाल

    बंगलाचुली १दाङ्ग।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on मुक्तक अभ्यास शृङ्खला- ०३

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६४

  • २६ आश्विन २०८०, शुक्रबार १२:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६४ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/२२ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    छेपारो जस्तै रंग फेर्ने धेरै छन्।
    दुःखमा दबाबले घेर्ने धेरै छन्।
    गाह्रो हुँदै गयो दबावमा बाँच्न,
    दुःख पर्दा रमिता हेर्ने धेरै छन्।
    पीडामा हुँदा कथा केर्ने धेरै छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जागेर जनता अब राँको बाल्नु पर्छ।
    विद्रोहको अभियान अब थाल्नु पर्छ।
    चौपट्ट भो मुलुकमा अब थामिदैन,
    यी भ्रष्टाचारीहरूको जालो फाल्नु पर्छ।
    यी छिद्रभेदीहरूमा हिङ हाल्नु पर्छ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०३
    जसरी बुढेसकालमा केश हराउँछ।
    लगाइरहेको जुताको लेश हराउँछ।
    आपत्मा कसैको सहयोग रहँदैन यहाँ,
    आफ्नै देहबाट एक धर्को वेस हराउँछ।
    जनता रोइरहेका बेला देश हराउँछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    लुकाइदिन्छन् सत्य मिलीजुली खाने छन् यहाँ।
    राज्यको ढुकुटी खर्ची भ्रमण जाने छन् यहाँ ।
    जनता ‘को’ परिभाषा बुझ्न गार्हो भयो हेर ,
    जस्ले सक्यो लुट्छन् उही महान ठाने छन् यहाँ ।
    कत्रो शान त्यो वीरको डुबाई लाने छन् यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५
    कोही विदेशिने थिएन नि आफ्नै देशमा काम पाए।
    काम गरिसके पछि भने जस्तै उचित दाम पाए।
    मरेपनि कमसेकम मलामीको त साथ पाइन्थ्यो,
    स्वर्ग चाहिन्नथ्यो मरेपछि आफ्नै देशमा नाम पाए।
    पसिना पनि सुकि नै हाल्थ्यो आफ्नै देशको घाम पाए।
    -पशपति राई खोटाङ ।

    👉पञ्चाङ्:०६
    चुँडिएको त्यो पुच्छर पलाउला हेर।
    कट गाह्रो पर्दाखेरि मलाउला हेर।
    सकिँदैन चिन्न असर फेर्ने छेपारो,
    यस्ताले त भित्रभित्रै जलाउला हेर
    सुकेको दाउरासरि बलाउला हेर।

    ✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹

    पञ्चाङ्ग:०७

    मातापिता गुरु बहुमूल्य हिराका हार हुन् ।
    समाजलाई बाटो देखाउने शक्ति सार हुन् ।
    सकिन्न कहिल्यै तिरेर याेगदान यिनको,
    सृष्टिलाई जीवन्त राख्ने सञ्जीवनी झार हुन् ।
    साँध लगाइएको तेजिलो बौद्धिक धार हुन् ।

    • भवानी घिमिरे
      सर्लाही

    पञ्चाङ्ग:०८

    कहिले वारि कहिले पारी सार्दैछन् के गरौँ

    अर्काको ज्यान लिएर आफ्नो पार्दैछन् के गरौँ
    विपदमा परेका छन् विदेशमा नेपाली नै
    जिन्दगी बचाउन नसकी हार्दैछन् के गरौँ
    गर्छु सहयोग भन्नेले नै टार्दैछन् के गरौँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०९

    जीवन जिउन जान्नु पर्छ।
    पराई नि आफ्नो ठान्नु पर्छ।
    मान्छेको आ आफ्नै हुन्छ इच्छा,
    आफ्नो काम राम्रो मान्नु पर्छ।
    सत्य राम्रोसँग छान्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:१०

    दुःख सुख जसरी नि जिन्दगी जिउनु पर्दाे रहेछ।
    फाटेकाे मनलाई शान्त पार्न सिउनु पर्दाे रहेछ।
    मनका कुरा मनमै रहेमा सुनिदिने काेही छैन,
    पीरव्यथा भुलाउन हजुर पिउनु पर्दाे रहेछ।
    भाग्यले दिएसम्म त चाेट पनि लिनु पर्दाेरहेछ।

    उर्मिला के.शी.
    धनकुटा ।

    पञ्चाङ्ग ११

    देशमा रोजगार छैन र विदेशमा सुरक्षा पनि छैन
    जनताका यथार्थपरक पीडाहरू साध्य भनि छैन
    एक अर्कामा मर्यादाक्रम राख्ने खै तयारीमा उत्कृष्ट
    युद्ध माहोल चपेटाबाट बचाऊँ पहल बनी छैन
    युवालाई देशमै रोकी पुरस्कार खोरिया खनी छैन

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६४

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०१

  • २५ आश्विन २०८०, बिहीबार ००:४० मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    महिनौँ बित्यो दर खादैमा, मासु रक्सी चिउरा,
    नाङ्गो तन यो कम्मर मर्काई, —–गाउँदै बेसुरा ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    वर्ष दिनको तीज पर्व, दर नखाई भएन,
    ऋण काढेर खादा हजुर ! घरबासै रहेन ।
    🔹वसन्त अनुभव
    [२]
    जहाँ पनि देखिन्छन् त नेताकै मान्छे,
    बाँडहरू अघि सर्छन् बनेर भान्छे ।
    🔹पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [३]
    तीजको नाममा मात्तिएर रक्सी बोतल,
    यसैगरी तिम्रा आन्द्रा भुँडी सबै खोतल ।
    🔹प्रेम थापा “मन”बागलुङ
    [४]
    धनाढ्यहरूले महिनौँदेखि मनाउँदैछन्, नाचगान गर्दै तीज,
    ऋण काढेर खाँदाखेरि तिर्ने छैन, घरमा अन्न एक पाथी बीज।।
    🔹कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    जिन्दगानी पाएको हो रमाइलो गर्न,
    जे जे खाउँ के खाँचो हौ आफ्नो पेट भर्न ।
    🔹गुणनिधि घिमिरे, अमेरिका
    [६]
    पैसासँग बिक्न थाल्याे माैलिक संस्कृति हाम्राे,
    विदेशीकाे अन्धानुकरण विकृति भाे राम्राे ।
    🔹निरज कोइराला
    [७]
    दर पनि कस्तो आउन थाल्यो बोतल भित्रमा,
    हेरेर नि के भनौं खै, अचम्मै लाग्ने यो चित्रमा।
    🔹अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [८]
    पहिलेको जस्तै न तिज आयो न भेटियो दर,
    मेला पर्वको पनि कहाँ रह्यो पहिले झैँ भर ।
    🔹सुरेशकुमार पाण्डे ०९-०९-२०२३
    [९]
    पैसासॅंग तुलना गर्दै मनाउॅंदा तीज,
    पछि एक गेडा नरहॅंला घरमा बिज।
    🔹अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [१०]
    मौलिकतामा भित्रिएको विकृतिले आकाश छोयो,
    संस्कृति हराउला कि भन्ने सन्तापले मन रोयो ।
    🔹गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [११]
    दुईदिनको जिन्दगी हो मोजमस्ती गर्छौं,
    आज पनि दर खान अर्को टोलमा सर्छौं ।
    🔹सरिता सेढाई धादिङ
    [१२]
    पहिला पहिला एकदिन मनाउने तिज अहिले महिनौँ मनाउने,
    रेष्टुरेन्टमा गई दर खाएर निस्कदाखेरि डुङ्डुन्ती हुन्छ गनाउने।
    🔹राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    १३)
    न कसैको डर छ यिनीलाई, आधुनिक दर खान,
    गरिब माइती छाडा छन् चेली, खोज्दैनन् माइत जान ।
    🔹सरस्वती भट्ट
    १४)
    तिजको नाउँमा फैलिएको छ शैली पाश्चात्य,
    पुरुषभन्दा बढी नारीहरू बने अमात्य ।
    🔹समुद्र
    जल्जला७गण्डकी
    १५)
    महिनौँदेखि दर खाने यो कस्तो चलन आयो,
    रक्सी, बियर ह्विस्कीसँगै, बेसुरमा नाँच्न पायो ।
    🔹एवाइ प्रभात
    धनकुटा छेन्ताङ सहिदभुमि-३,कोङ्लाङ
    हाल मोरङ
    १६)
    पहिलेझैँ कहाँ छ, नारीको दर खाने तरिका,
    आजकल त वाइन पो पिउछन् थरीथरीका।
    🔹शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
    १७)
    आधुनिक तिज भन्छन् स्वतन्त्रताकाे दुरुपयाेग भयाे,
    ह्विस्की वाइन डिस्काेमा तिज डुब्याे विकृती छाउँदै गयाे ।
    🔹ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    १८)
    महिनौँ दिन भोज, मदिरापान, यो कस्तो संस्कृति ?
    सच्याइदेऊ शिव ! तिमीले हरे, तिजको विकृति ।
    🔹ध्रुव श्रेष्ठ,
    खोटाङ वजार,
    हाल नरेफाँट,काठमाडौ ।
    १९)
    चाडबाड भन्दै नसा र रक्सी धेरै खायो,
    सन्चै नहुने रोग लागेपछि होश पायो ।
    -चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल,पाल्पा।
    २०)
    रक्सी मासु बियर हातमा दर खान बसेका,
    तिजमा नाँच्न गाउन भन्दै डिस्काे बार पसेका।
    🔹भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    २१)
    दिनभरि होटलमा मदिराले नुहाउँछन्,
    मिलिजुली टिकटक खोली तिज मनाउँछन्
    🔹गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    २२)
    आधुनिक जमाना छ, दर त जताततै खानै पर्‍यो,
    एकछाक मात्रै माइत अरू सबै होटलमा टर्‍यो ।
    🔹राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २३)
    हुने कुरा हुँदै गर्छ मन बहलाउनुपर्छ,
    अभिनय होला हजुर तन तन्काउनुपर्छ ।
    🔹नन्दलाल आचार्य, उदयपुर ।
    २४)
    बल्ल बल्ल पाएका छौँ रक्सी र चिउरा खान,
    जिउँदो छँदै मोज गर्ने हो, मरे के छ लान ?
    🔹बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २५)
    तिजको दर महङ्गो भो मासु र बियर,
    शरीरलाई हानी गर्छ नखाऊ डियर !
    🔹कमला देवकोटा ,
    पाल्पा
    २६)
    छाडा भयाे तिजकाे मर्म हुन्छ के के घरमा ?
    बधुलाई त लाग्छ मजा हुन्छ लाज वरमा ।
    🔹जी.वि.चिन्तन दाङ
    २०८०/०५/२३ बिहान ७:३३
    २७)
    फेसन भयो तिज र दरखाने पर्व,
    गर्न छोडे भयो अब संस्कृतिमा गर्व ।
    🔹मन्दिरा सेढाई
    मलेखु,धादिङ
    २८)
    नारीको हाँसो खुशी, समाजलाई सैह्य छैन,
    दुःख र पीडा पोख्नु मात्रै गीत सङ्गीत हैन ।
    🔹पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    २९)
    तिज भनेर नाच्ने सेता साप्रा देखाएर,
    सकियो थिति विकृतिको नाम लेखाएर ।
    🔹नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    ३०)
    कस्तो तिज मनाउँदैछौ संस्कृति माथि गरी अत्याचार,
    यही स्वाङले पुरुषहरू वाध्य हुन्छन् गर्न भ्रष्टाचार ।
    🔹चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    आयो है परिवर्तित समाजमा दरको अनौँठो रुप,
    लाएनन् दुःखीमा मलम देखाएनन् स्वतन्त्रताको धुप
    🔹सुस्मिता अधिकारी ,काठमाडौँ
    ३२)
    ईर्ष्या गर्ने गर्दै गरुन्, दर खाने हो ठोकेर,
    खुट्टा टेक्नै नसकिएमा, लैजाने छन् बोकेर।
    🔹होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ३३)
    खाने चिज हैन मदिरा आवश्यक पनि छैन – यसैको छ विश्वबजार,
    नखानुस् भन्दा कसैले टेर्दैन आजकल फेसनालिटी देखियो हजार ।
    🔹चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३४)
    रहरले याे जिन्दगी कहाँ पुरायो नारी,
    संस्कृति बचाऊ, नल्याऊ विकृतिका भारी।
    🔹शोभा आचार्य गौतम
    ३५)
    छाडा प्रवृत्तिले समाजमा नसोचेको अड्डा जमाइयो,
    चाडपर्वमा सर्वत हैन मदिरा बोतल समाइयो ।
    🔹अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३६)
    एकरात खाने दर त भयो महिनौँ पाटी,
    रम, बियर चलाइदिने चेली कति आँटी ।
    🔹त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ३७)
    दरकाे नाउँमा वर जाला कि तिजमा यसपालि,
    देखासिकी गर्ने हुँदा घरै अब हुने भयो खाली ।
    🔹रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३८)
    संस्कृति र संस्कार बिर्सिएर कोही होटल गए,
    देखासिकी गर्न खोजेर हेर ऋणका भागि भए।
    🔹दुर्गा आचार्य
    मोरङ
    ३९)
    कस्तो रीति आयो अचेल चाडपर्व बेढङ्गी,
    रक्सी चुरोट मदिराले बढा’को छ महङ्गी ।
    -पद्मा पाण्डे
    पथरी मोरङ
    ४०)
    नयाँ नेपाल सारै राम्रो महिनौँ तिज मान्न पाइन्छ,
    निर्धक्कसँग नाँच्दै गाउँदै मात्दै दर रक्सी खाइन्छ !
    🔹विवश पारदर्शी
    झापा
    ४१)
    तिज आयो अब खानु छ दर,
    रक्सी पिउनेको के छ र भर ?
    🔹नागेन्द्रप्रसाद यादव , दाङ
    ४२)
    वर्षदिनको चाड तिज, संस्कृति हाम्रो,
    मदिरा पिउने चलन , होइन राम्रो ।
    🔹बिके मुखिया
    दार्जीलिङ, भारत।
    ४३)
    महिलाहरू खुम्चिएर बस्ने दिन गयो,
    नारी पुरुष समानता आयो राम्रै भयाे ।
    🔹केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ४४)
    दर स्थलमा भएतापनि झिलिमिली झिल्ला,
    नसाको तालमा मिचिन्छ कि आबरुको किल्ला ।
    🔹बाबुराम गौतम, गुल्मी
    ४५)
    न नियन्त्रण छ, न त बन्द छ बजार व्यवस्था ,
    श्रम विदेश यहाँ मोजमस्ति नाजुक अवस्था।
    🔹मनोहरी पौडेल
    गैडाकोट १
    ४६)
    हिँडेका सबै जीवन मार्ग हृदय सिएर,
    बिग्रेका हेर मानिस धेरै मादक पिएर !
    🔹आर्त अकुलीन, कैलाली
    ४७)
    तिमी पुरुष रमाउँदै वर्षैदिन भट्टी तिर जाने,
    मैले पनि तिजको दरमा रक्सिसँगै चुरोट ताने ।
    🔹सुशीला शिखा
    काठमाडौं, कागेश्वाेरी ..
    ४८)
    पुर्खाले बसालेकाे संस्कार , सन्ततिकाे नासाे ,
    माैलिक संस्कृतिलाई भुल्दै गए पर्ला पासाे ।
    🔹प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४९)
    नेपाली संस्कृति बचाउन गुहार,
    त्यति धेरै नलाउनु गहना हार।
    🔹भगवती दवाडी ,झापा
    ५०)
    दरसँग रक्सी मासु खाइकन तिज पर्व मनाउँछौ,
    आधुनिक फेशनमा विकृति हाली संस्कृति जनाउँछौ ।
    🔹राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ ।
    ५१)
    विकृति नै विकृति छायाे तिजकाे पर्व,
    लाग्दैन हाे कहिल्यै पनि मनैमा गर्व ।
    🔹सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    ५२)
    विकृति पनि कतिसम्म बढेको छ भन्न कठिन भयो,
    बियरको बोतलसँग रमाउन पर्ने बाध्यता भयो।
    🔹नारायण कोइराला
    तानसेन,पाल्पा
    ५३)
    एक सालपछि आएको तिज मज्जाले पियौँ
    स्वतन्त्रताको प्रतीक झैँ खुल्ला रुपले जियौँ ।
    🔹प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    ५४)
    अब यस्ताे विकृती नगराैँ सबैलाई हटाऊँ,
    महिनाैँ दिनकाे तिजलाई एकैदिन अटाऊँ।
    🔹कल्पना भण्डारी
    सिन्धुपाल्चोक जिल्ला हाल (काठमाडौँ )

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०१

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०२

  • २४ आश्विन २०८०, बुधबार २३:४५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    उनकै हितमा लडेको छु, खोज्दै बाल अधिकार,
    बालमजदुर —–थोरै नि ! राख्न नपाउनु त यार ?
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    गर्ने नै त्यही हो हेर ! मजाले काममा जोत,
    यो कुरा राजनीतिको सिँढी बनाउने पो त !
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २)
    बाल अधिकार खोजेर राख्ने गर्छौ रे नाम,
    भन अहिलेसम्म तिन्को लागि के गर्यौ काम ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ३)
    बालबालिकाको समय गा’को छ खेर,
    बालशोषण देख्दा नि मनै दुख्छ हेर ।
    -भेष कुमारी लामिछाने
    देवदह खैरेनी ०५ रुपन्देही
    ४)
    आफ्नो र अर्काको नचिन्ने भए जो जो पढे लेखेर ठुलाठुला पदमा गए,
    सामान्यका केटाकेटी त तिनै ठुलाबडाका छोराछोरीका भारी बोक्ने भए !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    ५)
    बालबालिकाहरू नै हुन्, भोलीका सुनौलो भविष्य,
    आमाबुबा तथा गुरु भन्दा नि विद्वान हुन्छन् शिष्य।।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ६)
    बालबालिकाहरू हुन् भविष्यका कर्णधार,
    नदिनु तिनीहरूलाई काँधमा ठुलो भार ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    ७)
    बालकलाई फुच्चे नाथे भन्दै गर्छाै सधैँ हेला,
    कानुनलाई चेपिरा’छाै भविष्यमा पर्छाै फेला ।
    -निरज कोइराला, इटहरी
    ८)
    जब कानुनले राेकेपछि किन यसाे गर्नु,
    यस्ता काममा कहिले पनि झमेला नपर्नु ।
    -भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ९)
    जानेर पनि बुझ पचाउनेहरूलाई के भन्नु र खोइ ?
    बालबालिकालाई हेप्ने प्रवृत्ति देख्दा आउँछ मन रोई ।
    -गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    १०)
    आजका बालबालिका, भोलीका सुनौला कर्णधार,
    राम्रा शिक्षा पाए भने हुन्छ भविष्य यी होनहार ।
    -एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा । हाल मोरङ
    ११)
    मञ्चबाट चर्को स्वरमा बाल अधिकारका कुरा,
    उस्कै घरमा काम गर्ने श्रमिक साना साना भुरा ।
    -विवश पारदर्शी
    झापा
    १२)
    संविधानमा लेखियो बालअधिकारकाे राम्रा कुरा,
    बाल उत्थान भनी काम लगाउँदै इच्छा भयो पूरा ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
    १३)
    यत्रतत्र बाल शोषण छ, ठुला हुन्छन् अधिकारका ती कुरा,
    न्यायको त भजन गाउँदै, पैसा कुम्लाई बस्ने के सारै सुरा।
    -शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    १४)
    बालकलाई दिन्छु काम थाहा हुन्न कसै,
    आय उसको परिवारमा खाँचो छ जसै ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    १५)
    भनिन्थ्यो त बालबालिका भविष्यका तारा,
    आज मजदुर भोलि बन्दैछ सर्वहारा ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    १६)
    अधिकारको माला जपेर मसला तयार बनाऊ
    गुन निखारेर बच्चा बेची सुनको कपडा लगाऊ ।
    -नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    १७)
    उमेर बुढो भएपनि मन चन्चल बालक सरि,
    कुनैपनि अधिकार पा’को छैन मैले जीवनभरि ।
    -समुद्र
    जल्जला७गण्डकी
    १८)
    भाषण र नारामा पाे बालअधिकार,
    घरमा त आफ्नै कानुन चल्छ नि यार !
    -माधवप्रसाद पाैडेल, अर्घाखाँची
    १९)
    राजनीतिमा अगाडि बढ्न बाल श्रमिकको अधिकारका कुरा,
    नेताका घरमा भने तिनै बालबालिका काममा लगाऊ पूरा ।
    -राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    २०)
    आफ्नै छ ताल यो देशको आफ्नै छ सुर हजुर,
    कोही डनबस्को स्कुल, कोही चैँ बाल मजदुर !
    -बि.कुलुङ”रंगबूले”
    दार्जिलिङ, भारत
    २१)
    भनिन्छ आजका बालबालिका हुन् भविष्यका कर्णधार,
    लगानी बिनाको बालकले कसरी पाउँछ रोजगार ?
    -पद्मा पाण्डे
    पथरी मोरङ
    २२)
    गर्छौ एकदिन तिमीले बाल अधिकारका कुरा,
    बाँकी दिनहरूमा के गर्नसक्छन् होला नाथे भुरा ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २३)
    मीठा गुलिया भाषण दिन्छन् मन छुने नारा,
    ठेक्का लिन्छन् बालअधिकार टार्छन् मात्र ढारा ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    २४)
    भोगियो अधिकार देखियो अधिकार त्यो बाल मुद्दामा उन्कै कारैकार,
    नुनको नाममा गुण खाएर ठुलाबडा लाए सुन हिराको हारैहार ।
    -टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २
    २५)
    तिम्रै लागि नियम कानुन बालमैत्री बनाइदियौँ,
    नसम्झ तिम्रो हकको विपरीत हामीले श्रम लियौँ !
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    २६)
    रूप बालबालिका बुद्धि देश चलाउने,
    के दिनु अधिकार उनीहरूसँगै हुने ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
    २७)
    मनोविज्ञान के हो, श्रमशोषण गर्दै हिँड्छौ चुस्तै,
    अधिकारका नारा जति आएपनि समस्या उस्तै ।
    -प्रेम थापा “मन”बागलुङ
    २८)
    जुन देशमा वालकहरू दिनरात काममा जोतिन्छ्न्
    त्यही देशमा अधिकारकर्मी नामका डलरे भेटिन्छन् ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौ ।
    २९)
    पढाउने कर्तव्यबाट टाढा नहुनू,
    बालअधिकार हनन् गरेर नछुनू ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड
    ३०)
    जहाँ छैन सुनिश्चित बाल अधिकार,
    हुन्छ त्यो देशको भविष्यनै अन्धकार ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    ३१)
    जसले बनायो कानुन, नियम उसैले जानुन्
    आफ्नो र अरुको सन्तानलाई बराबर मानुन् । -मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ३२)
    दिवा खाजा सरकारी स्कुलमा दिन्छन् तर मिठो लागेन मामा,
    कोदो मकै फापरको पिठो मिठो मलाई पठाइदिनुस् आमा ।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ३३)
    मञ्चमा चढेर बालअधिकारको भाषण गर्दैमा पूरा हुँदैन कुरा,
    आफ्नो देशको शिक्षा दीक्षा र बालशोषण रोक्ने कुरा चैँ कैले गर्छौ पुरा ।
    -बेदु न्यौपाने
    काठमाडौँ
    ३४)
    बालअधिकारका भाषण छाँट्दै हिड्छ जो जो नेता बनी,
    हिंसा शोषण उसैबाट, दुरुत्साहित हुन्छन् जति पनि ।
    -यामनाथ आचार्य
    पर्वत
    ३५)
    दिवस आउँदा भन्ने गर्छौ सुन्दर भविष्य बालबालिकाको पाटो,
    उज्यालोको आँखा नखुलेसम्म धकेलिरहन्छौँ अन्धकारको बाटो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ३६)
    समस्या जहाँको तहीँ छ, कार्यक्रममा हो बालअधिकार,
    आफ्नो पासा नपल्टिएसम्म दल आफैँले बनायाै सिकार ।
    -रामप्रसाद पुरी,बादेल खाेटाङ
    ३७)
    आजका साना बालबालिका नै हुन् भोलिका चालक,
    अधिकारको हनन् नगरौँ है यिनै हाम्रा पालक !
    -कमला देवकोटा, पाल्पा
    ३८)
    बालअधिकार चाहियो भन्छौ बसी उच्च आसन,
    आफ्नै घरमा बालशोषण गरेर ठुलो शासन ।
    -सरिता सेढाई धादिङ
    ३९)
    बालअधिकारका कुरा यहाँ भाषणमा मात्र सीमित भयो,
    बाबाआमाविहीन बालबालिका सडकमा भौँतारिन गयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०)
    वर्षको एकदिन गर्दै हिँड्छन् बाल अधिकारको खोजी,
    अरुबेला परवाह हुन्न के छ उनीहरूको रोटीरोजी ।
    -Shukra raj kunwar
    ४१)
    बालबालिकाहरूले पाउँनुपर्छ आफ्नो मौलिक अधिकार,
    मजदुर बनाई शोषण गर्नेलाई पार्नुपर्छ नाङ्गोझार ।
    -राजेन्द्र प्रधान ‘ पासा,’ दार्जिलिङ ।
    ४२)
    लिइरहेछन् सधैँभरि दुष्टहरूले लाभ भरपुर,
    निमुखाका सन्तानहरूलाई राखेर बाँधा मजदुर l
    -बाबुराम गौतम, गुल्मी
    ४३)
    केटाकेटी भनी नहेप बालबालिकालाई,
    भविष्यका कर्णधार हुन् उठ्छ्न् देश बनाई ।
    -भाेलामान बर्देवा धरान ८ सुनसरि
    ४४)
    आज हामी बालबालिका गिलो काँचो माटो,
    भोलि देश बनाउनु छ बिगार्नुको साटो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    ४५)
    जतासुकै बालअधिकार नारामा मात्रै सिमित भयाे,
    हेप्छन् बालबालिकालाई बाँच्ने अधिकार कता गयाे ।
    -उर्मिला के.शी.
    धनकुटा !
    ४६)
    बालबालिका हाम्रा आँखाका नानी,
    आफैँले बनाऊ राम्रो आनीबानी ।
    -भगवती दवाडी
    ४७)
    जसले राखेकाे छ आफ्नैँ घरमा शाेषण गरी बालबालिकालाई,
    ताली पायाे उसले नै बालअधिकारकाे पक्षमा भाषण सुनाई ।
    -रामकृष्ण रिजाल
    बागलुङ
    ४८)
    तिमी सर्वेसर्वा छौ आफैँ नियम बनाऊ आफैँ भाषण गाऊ,
    आफ्ना छोराछोरी पढाई गरिबलाई शोषण गरी कमाऊ ।
    -सुशीला थापा
    काठमाडौं कागेश्वरी मनाेहरा
    ४९)
    उता बाबाले मञ्चमा भाषण गरेर,
    यता छोराले पसिना बेच्दैछ मरेर !
    -आर्त अकुलीन, कैलाली
    ५०)
    खान लाउन दिएर राखेकाछौँ काम,
    बसेका छौँ भरेर हातमा पनि दाम ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०२

    ‘हाम्रो बाटो’ एक समीक्षा

  • २३ आश्विन २०८०, मंगलवार २२:४८ मा प्रकाशित
  • म्यामराज राईको हाम्राे बाटो लघुकथासङ्ग्रहले विविध विषयमा कोरेको बाटो


    शेखर अर्याल
    विषयप्रवेश
    म्यामराज राई नेपाली लघुकथामा एक उदाउँदो व्यक्तिका रूपमा परिचित नाम हो । राईको जन्म २०४४ साल असार १२ गते भोजपुर जिल्लाको हतुवागढी ६ होम्ताङमा भएको हो । माता आशबुङ र पिता जोगबहादुर राईका पुत्र म्यामराज हाल जापानमा छन् । नेपाल र जापानको परिवेशसँग भिज्न सफल राईको ‘हाम्रो बाटो’ २०७९ सालमा प्रकाशित पहिलो लघुकथासङ्ग्रह हो ।

    यस सङ्ग्रहमा ६१ वटा लघुकथाहरू समावेश छन् । हाम्रो बाटो लघुकथासङ्ग्रह अक्षरधाम प्रकाशन प्रालिबाट प्रकाशित कृति हो । यस कृतिको बाहिरी आवरण चित्रात्मक र रङ्गिन हुनाले आकर्षक देखिन्छ । गाताको एकातर्फ लघुकथाको नाम र चित्र छ भने पछाडिको भागमा राईको परिचयसहित साहित्यकार धुव्र मधिकर्मीले लेखेको लघुकथाको चुनौतिपूर्ण दौडमा म्यामराज राई भनी लेखिएको छ । क देखि र सम्मको पृष्ठमा चिनारी, प्रकाशकीय, शुभकामना, पूजनीय मातापिताको तस्बिर, विनीत म्यामराजका मोतीदाने लघुकथाहरू, हाम्रो बाटो लघुकथासङ्ग्रहले कोरेको बाटो, सङ्ग्रहमा आइपुग्दा र कथाक्रम समावेश गरिएको छ । लघुकथाहरू पृष्ठ १ देखि ११८ सम्म चित्रसहित विस्तार भएका छन् । आख्यान विधामा पर्ने हाम्रो बाटो लघुकथासङ्ग्रहको सम्पादन गर्ने कार्य डा.शेखरकुमार श्रेष्ठबाट भएको छ भने प्रकाशनको कार्य अक्षरधामबाट भएको छ । चित्रका माध्यमबाट कथागत चित्र दिन टङ्कबहादुर आले मगर सक्रिय छन् भने आवरण चित्र मुकुन्द प्रयासबाट बनाइएको छ । यस कृतिको मूल्य २६५ रुपियाँ तोकिएको छ ।

    यस लघुकथा कृतिले लघुकथाप्रति चासो, जिज्ञासा र रुचि राख्नेका लागि एउटा सिङ्गो लघुकथाको भवन निर्माण गर्ने कार्यमा एक कोछे ढुङ्गा बन्ने देखिन्छ । यस लघुकथासङ्ग्रहमा विविध विषयहरू समावेश भएका छन् । मूलतः यस विश्लेषणमा लघुकथासङ्ग्रहभित्रका लघुकथाले नेपाली समाज र राष्ट्रका लागि के कस्तो बाटो कोरेको छ ? र नेपाली परिवेशसँग के कस्ता विषयहरू आएका छन् ? भनी केलाउने कार्य गरिएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाको विषयवस्तु
    साहित्यका हरेक विधाले विविध खालका विषयवस्तुलाई अङ्गालेका हुन्छन् । ती विषयवस्तुले व्यक्ति, समाज, राष्ट्र र विश्व परिवेशलाई आत्मसाथ गरेका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहले पनि समाजमा रहेका विकृति, विसङ्गति, कुरीति, कुसंस्कार, भ्रष्टाचार, दमन, अन्याय, अत्याचार, शोषण, धार्मिक तथा सांस्कृतिक आस्था, गरिबी, राजनीतिक हस्तक्षेप आदि विषयले पारेको प्रभावलाई उजागर गरेको छ ।
    ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहमा रहेको पहिलो लघुकथा ‘आर्शीवाद’ले धार्मिक तथा सामाजिक अवस्थाको चित्रण गरेको छ । कथामा नेपाली परिवेशमा विद्यमान रहेको धार्मिक तथा सामाजिक परम्परामा आधारित परिवेशलाई आधार बनाई सोहीअनुसारको चित्रण गरिएको छ ।

    ‘धोका’ लघुकथाको विषयवस्तु नेपाली समाजसँग सम्बन्धित परिवेशमा संरचित रहेको छ । राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरिएको यस कथामा हाम्रो समाजमा हुने राजनीतिक धोकालाई टड्कारो रूपमा उठाइएको छ । पहिला समाजमा रहेको भेदभाव, थिचोमिचो र दयनीय अवस्था मिल्काइदिने आश्वासन दिइएको छ तर चार वर्ष हुँदा पनि गाउँबस्ती ज्यूँका त्यूँ भएको भन्दै जुन जोगी आए पनि कानै चिरेका भनी कटाक्ष गरिएको विषयवस्तु प्रस्तुत गरिएको छ । ‘म्यानेजर’ लघुकथाको विषयवस्तु राजनीतिमा आधारित छ । कथामा राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरी सामाजिक भ्रष्टाचार, हत्या, बलत्कार, चोरीडकैती जस्ता कुरालाई म्यानेजरले प्रस्तुत गरेको छ । त्यसैले कथामा म्यानेजर पात्रका सहायताले नेपाल र नेपालीप्रतिको सामाजिक विषयप्रति कटाक्ष गरिएको छ । जसमा सपनालाई आधार बनाई यथार्थतालाई कथाका सहायताले प्रस्तुत गरिएको छ ।

    सङ्ग्रहमा रहेको ‘चलाख सिँगारे’ लघुकथामा सिँगारे दुब्लो बनेर धेरै बाँच्ने बठ्याईँ निकालेको छ । किसानले भने सिँगारे दुब्लाउँदै गएकाले एक महिनाअगाडि नै सानो पार्टीका लागि बेचेको सामाजिक विषयवस्तु रहेको छ । यसले हाम्रो समाजमा रहेको पशुप्रतिको मानव व्यवहारलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । त्यस्तै ‘आदत’ लघुकथामा नेपाली समाज र राष्ट्रको समग्र विषयवस्तु र परिवेशलाई आधार बनाएर लघुकथाको संरचना निर्माण गरिएको छ । यसमा नेपालीहरू विदेशिनुपर्ने बाध्यात्मक अवस्थाको चित्रण गरिएको छ । काम र मामको समस्याले जापान गएपछि उनी पात्रले गाउँघर र छरछिमेकको कुराकानी गरेको विषयवस्तु रहेको छ ।

    समाजमा कुरा काट्ने प्रवृत्तिको भण्डाफोर गरी त्यसप्रति सचेत भई आफ्नो काममा लगाउनुपर्ने सन्देश प्रदान गरेको छ ।
    ‘पीडा’ सङ्ग्रहमा रहेको एक अर्को महत्वपूर्ण तथा मार्मिक लघुकथा हो । यस कथाको विषयवस्तु नेपालीहरू कामको खोजीमा भौँतारिएर परिवारबाट टाढा हुनु परेको पीडा र वेदना रहेको छ । जसले नेपाली समाजमा रहेको कामको अभाव र राष्ट्रले रोजगारीको अवसर प्रदान गर्न नसकेको यथार्थपरक विषयवस्तु समावेश गरिएको छ । ‘अभावको दसैँ’ लघुकथामा नेपाली परम्पराअनुसार मनाउँदै आएको संस्कार र संस्कृतिलाई कोरोनाले पारेको प्रभावले मनाउन कठिन भएको यथार्थपरक विषयवस्तु प्रस्तुत भएको छ । यसमा नेपाल र नेपालीको परिवेशलाई सशक्त रूपले आत्मसाथ गरेको छ ।

    ‘डोरो’ लघुकथाको विषयवस्तु सामाजिक हुनुका साथै कोरोनाको सन्त्रासमय अवस्था रहेको छ । सङ्ग्रहमा रहेको ‘जीविकोपार्जन’ लघुकथाको विषयवस्तु मूलतः नेपालको सामाजिक परिवेश अनि राष्ट्रिय परिवेशमा हुने राजनीतिक विषयमा देखिएको विकृति, विसङ्गतिमा आधारित रहेको छ । राजनीतिक आडभरोसामा मोजमस्ती गर्ने अवस्थाको सशक्त रूपमा चित्रण गरिएको छ । त्यस्तै ‘बिर्खे’ लघुकथामा रहेको विषयवस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अन्तरघुलन भएको छ । विदेश अर्थात् जापान गएर गर्नुपर्ने सङ्घर्ष र त्यहाँ नेपाली नागरिकले बिताउनुपर्ने स्थितिलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत भएको छ । जापान गएर आफ्नो परिवारबाट नपाएको गाली खानुपर्दाको यथार्थपरक विषयवस्तु यस लघुकथामा प्रस्तुत भएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको ‘न्याय’ लघुकथा कानुनी विषयमा आधारित छ । उच्च वर्ग अर्थात् जमिनदारले सामान्य अर्थात् निम्न वर्गकी छोरीलाई बलत्कार गरेको हुनाले अदालत गएको प्रसङ्ग छ । अदालत गए पनि धम्की र उपचार खर्च दिएर खाली कागजमा सही गराएको कारुणिक विषयवस्तुमा आधारित छ । ‘किनारको मिहिनेत’ लघुकथामा प्राकृतिक विपत्तिबाट भोग्नु परेको सास्ती अनि घरपरिवारको मूल सदस्य नहुँदा कसरी जिउने भन्ने चिन्ता प्रकट गरिएको सामाजिक, प्राकृतिक तथा पारिवारिक विषयवस्तु रहेको छ । ‘खड्ग ठाडा मगर’ लघुकथा साहित्यिक विषयवस्तुसँग सम्बन्धित छ । यसमा साहित्यकार, भानुभक्त, घाँसी र मोतीराम जस्ता व्यक्तिमा आधारित विषयवस्तु रहेको छ । नेपाल र नेपालीसँग सम्बन्धित विषयवस्तुका आधारमा कथा सान्दभिक रहेको देखिन्छ ।

    ‘पुरुष’ लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गरेको छ । सामाजिक यथार्थपरक विषय हुनाले सन्तान नजन्मनुमा महिलाको दोष देखाइएको छ भने शिक्षित व्यक्तिबाट परीक्षण गराउँदा पुरुष नै बच्चा नजन्माउने हुनाले बच्चा नजन्मिएको विषय रहेको छ । त्यस्तै शीर्षकीकरण गरिएको ‘हाम्रो बाटो’ लघुकथाको विषयवस्तु जापानको बाटो सफा गर्ने विषयवस्तुाई लिएर त्यस्तै बाटो सफा गर्ने समय नेपालीले नछुट्टाएकोमा ग्लानी भएको विषय रहेको छ ।


    ‘पुन्टे’ लघुकथामा बोर्डिङ स्कुलमा माक्स चुटिएर वा नलगाएर प्रिन्सिपलको गाली खाने हुनाले बालक भागेको र उसमा मनोवैज्ञानिक तनाव उत्पन्न भएको विषयवस्तु प्रस्तुत छ । गुरुदक्षिणा लघुकथामा गुरुपूर्णिमा मनाउने नेपाली संस्कार र संस्कृतिमा आबद्ध विषयवस्तु रहेको छ । बिचौलिया लघुकथामा बिचौलिया र कर्मचारीतन्त्रको अनि सरकारको झन्झटिलो कार्यले सास्ती हुँदा बिचौलिया हावी बनेको वास्तविक चित्र उतारिएको विषयवस्तु यस कथामा रहेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा देखाउने सन्त्रास अनि कुरा नबुझी हो हो का पछाडि दौँडिँदा सास्ती हुने अनि यथार्थता पत्ता लगाउन नसक्दा राम्रो नहुने, लेप्चाले वास्तविकता भनेपछि साहुजीले दाल, चामल दिएको विषयवस्तु रहेको छ । त्यस्तै सफलता लघुकथामा कोरोना र त्यसबाट बँच्न ओखती मानिसले बनाएको र माक्सको प्रयोग गर्नुपर्ने विषयवस्तु रहेको छ ।


    मूल्याङ्कन लघुकथामा गायन रियालिटी सो प्रतियोगितामा हुने भोट डलर, रुपियाँ र आफन्तले नभएर उसको साधनाले हुने विषयवस्तु रहेको छ । नेपाली समाजमा गफ गर्ने तर भलाद्मीले त्यो सत्यता नबताउने कुराको कटाक्ष रहेको छ । फस्ट डेटिङ लघुकथाको विषयवस्तु श्रीमान् श्रीमतीबिचको सामाजिक विषयवस्तुमा आधारित छ । विदेश रहेको श्रीमान्ले फेसबुकबाट नाम बदलेर नाथुराम नितेश बनेको छ । सो कुरा चाल पाएकी कालुमाया कला बनेर पैसा पठाएको यथार्थपरक घटना वा विषयवस्तु नेपाली समाजमा घटेका छन् । यही विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । सिकाइ लघुकथाको विषयवस्तु सामाजिक छ । यस कथामा घरपरिवारका सदस्य वा बुबाआमाले गरेको सिकेर केटाकेटीले पनि धुमपानतर्फ लाग्ने गर्दछन् । यो नेपाली समाजको मात्र नभएर मानव समाजको वास्तविकता हो । यही समाजको वास्तविक विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । संयोग लघुकथाको विषयवस्तु धार्मिक तथा सामाजिक रहेको छ । यसमा नागपञ्चमीको दिनलाई मूल आधार बनाइएको छ । नाग पञ्चमीको दिन पूजा गर्दा पनि धेरै घटना घटेकाले जय पात्र त्यसप्रति आक्रोशित बनेको छ । उसलाई त्यसप्रति विश्वास पनि छैन । यही विषयवस्तु यस कथाको कथानक बनेको छ । त्यस्तै पार्टी लघुकथाको विषयवस्तु पनि सामाजिक नै रहेको छ । कामनाथ खेल प्रतियोगितामा विजय भएकोमा एक साथीले पार्टी खुवाउन भन्दा उसले साथीलाई पार्टी खुवाएको छ तर त्यसको दुई महिनापछि सुनिलाले बलत्कारको आरोप लगाएको विषयवस्तु प्रस्तुत भएको छ । लघुकथाको समय क्षणिक रहन्छ तर यस कथामा दुई महिनाको अन्तराल रहेको छ ।


    नुनको सोझो लघुकथा हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको छब्बिसौँ लघुकथा हो । यस लघुकथाको विषयवस्तु काम वा पेसासँग सम्बन्धित रहेको छ । लघुकथामा एक कुशल पत्रकार पनि नुनको सोझो गर्दा असक्षम भएको वा उत्कृष्ट नभएको लेख पनि छाप्नुपर्ने बाध्यात्मक पत्रकारिताको विषयवस्तु प्रस्तुत छ । जहाँ भ्रष्टमानले नुनको सोझो गरेर सुन्नारामको लेख छपाएका छन् । विश्वासघात कथाको विषयवस्तु राजनीतिक रहेको छ । राजनीतिक विषयप्रति व्यङ्ग्य रहेको यस कथामा २०–३० प्रतिशत बनाएर पार्टी फुटाउने प्रवृत्तिलाई यथार्थपरक रूपमा नेपाली राजनीतिको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । अनुहार लघुकथाको विषयवस्तु सामाजिक तथा पारिवारिक रहेको छ । शिखर भारतीय सेनामा भर्ती भएको हुन्छ । विवाह गरेको दुई वर्षपछिको दुई महिने छुट्टी सकेर पल्टन फर्कन्छ । नुमा पुरानो अफिसमा काम गरेको उकेशसँगको मेसेन्जर कलपछि भेट भएर होटलमा बस्छन् । दुई महिनामा गर्भ रहेको कुरा श्रीमान्लाई भनेको अनि बच्चाको अनुहार नमिलेको हुनाले त्यसको सुरक्षित उपाय गरेको गहन विषयवस्तु रहेको छ । घडेरी लघुकथामा सामाजिक विषयवस्तु रहेको छ । घरघडेरी पास गर्ने भनी लठ्याउन्, औषधी लगाई पैसा डाँक मारेको विषयवस्तु रहेको छ । त्यस्तै अभियन्ता लघुकथा भाषिक तथा सामाजिक विषयवस्तुमा आधारित छ । यसमा मातृभाषाप्रतिको मोह देखाएर आफ्नो सन्तानलाई अङ्ग्रेजी भाषातर्फ प्रेरित गराएको कटाक्ष विषयवस्तु रहेको छ ।


    गायन हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको लघुकथा हो । यस लघुकथामा शौचालयको चुक्कुल बिग्रिँदासमेत बनाउन नसकेर गीत गाएर सङ्केत गर्नुपर्ने सामाजिक तथा आर्थिक विषयवस्तु रहेको छ । बुबाको जन्मदिन लघुकथाले धार्मिक, पारिवारिक तथा सहयोगात्मक विषयलाई आत्मसाथ गरेको छ । यसमा बुबाआमाप्रतिको सद्भाव र जन्मदिनको नयाँ स्वरूप, वृद्धवृद्धालाई फलफूल र पैसा दान गरेका छोराहरूले पनि बुबाको नाममा दान गरेको विषयवस्तु रहेको छ । सर्जक लघुकथाले कुनै सिर्जनाको प्रतियोगितामा आफ्नोलाई प्रथम, द्वितीय बनाउने प्रवृत्तिको भण्डाफोर गरिएको विषयवस्तु रहेको छ । अनुकरण लघुकथाको विषयवस्तु सामाजिक तथा घरायसी रहेको छ । घरपरिवारमा रहँदा कुनै सदस्य बिरामी भएमा वा बिरामी हुँदा सेवा वा औषधोपचार गर्नुपर्ने विषयवस्तु रहेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले कामप्रतिको जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।


    आरोप लघुकथा सामाजिक तथा वर्गीय विषयवस्तुमा आधारित छ । सांस्कृतिक चाड तिज पर्व र दर खाने चलनको विष्यवस्तु जसमा केही काम बिग्रियो भने घरमा काम गर्ने कामदारलाई दोष लगाउने प्रवृत्ति रहेको विषयवस्तु रहेको छ । हड्डी लघुकथामा लोभ देखाएर उसको ज्यान लिने प्रयत्न गरेको जहाँ मासुको चौटा नखाए गिद्धले झम्टिने खाए मासुभित्र हड्डी रहेको त्यो पनि घाँटीमा अड्केको विषयवस्तु रहेको छ । स्वभाव लघुकथाको विषयवस्तु सञ्चारसँग सम्बन्धि रहेको छ । यस कथामा समाजमा मोबाइल चलाउन नजान्ने आमाहरूको पैसा फोनबाट टान्सफर गरेर ठगेको ठगी विषयवस्तु रहेको छ । छुनु र मुनु लघुकथामा भूकम्पबाट पीडित हुनु, झन् बुबाआमा गुमाउँदा काकाकाकीकोमा बस्दा खेप्नु परेको पीरव्यथा भोग्नु परेको कारुणिक विषयवस्तु रहेको छ । त्यस्तै परिस्थिति लघुकथाको विषयवस्तु स्वदेशप्रतिको मोह, विदेशमा खेप्नुपर्ने दुःख, बुबाआमाले भनेको नमान्दा विदेश गएर पाएको सास्ती प्रस्तुत भएको छ ।


    हाम्रो बाटोमा रहेको दोष लघुकथाको विषयवस्तु पारिवारिक तथा सामाजिक रहेको छ । यसमा पुरुष सत्ता जो आफूले काम बिगारेर श्रीमतीलाई दोष दिँदा दुईबिचको झगडा भएको तर गाडीको चाबी भेटिएपछि पख्नोस् भरे घर त आउनुस् भन्ने कुरा व्यक्त छ । इन्टरनेट सपिङमा जापानी विषय याफुओकु (इन्टरनेट) बाट खोजेर गर्ने व्यापारको विषयवस्तुका साथै त्यहाँ ठुलासँग मुख लाग्नु राम्रो होइन भन्ने विषयवस्तु समावेश भएको छ । घरबेटी लघुकथामा जाँडरक्सीको लतले घरपरिवार पनि सकिन्छ अनि घरजग्गासमेत लिलाम भएको विषयलाई देखाइएको छ । पन्चै बाजामा पन्चे बाजा वा नेपाली बाजा र संस्कृतिको मोह प्रस्तुत गरिएको विषय छ । गालीमा काम गर्दा आइपर्ने अप्ठ्यारो अवस्था वा काम गर्दा खाइने गालीको विषयवस्तु प्रस्तुत भएको छ । प्रवृत्तिमा मानवीय प्रवृत्ति कस्तो हुन्छ ? आखिर ठेलमठेल गरेर भएपनि काम गर्नुपर्ने मानवीय प्रवृत्तिो विषयवस्तु रहेको छ ।


    मन लघुकथा कामदारको प्रवृत्ति, मनोवृत्ति र उसको सोचाइलाई आधार बनाइएको विषयवस्तु रहेको छ । इच्छा लघुकथामा शिक्षणसँग सम्बन्धित विषयवस्तु रहेको छ । जसमा शरद सर र रमाकी आमाको सामाजिक विषयवस्तु प्रस्तुत भएको छ । राष्ट्रियता लघुकथाको विषयवस्तु आफ्नो देशको राष्ट्रियता र दशगजाको विषयवस्तुलाई लिएर लेखिएको कथा हो, जसले सीमा मिच्ने भारतीय प्रवृत्तिको उजागर गरेको छ । आमा लघुकथाको विषयवस्तु आमाप्रतिको मायाममता छोराछोरीमा र छोराछोरीको स्नेह आमामा हुने विषयवस्तु रहेको छ । उत्कृष्ट शिक्षकमा रहेको विषयवस्तु शिक्षा, शिक्षण अनि शिक्षकको भूमिका प्रस्तुत गर्नुका साथै उत्कृष्ट शिक्षकको छनोटलाई मूल विषयवस्तु बनाइएको छ । त्यस्तै चाहना लघुकथाको विषयवस्तु राजनीति गरेर निजी कुरा पूरा गर्ने, निजी कामका लागि सरकारी संस्था प्रयोग गर्ने रहेको छ ।


    मेरो हल लघुकथामा आफ्नो समस्याको हल भएपछि अरूको के खाँचो ? भन्ने मानव प्रवृत्तिलाई मूल विषयवस्तु बनाइएको छ । व्यवस्थापन लघुकथामा राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पनि पूरा गर्न सकिन्छ भन्ने विषयवस्तु छ भने भाइटीकामा भाइटीका अरू दिदी बनाएर टीका लगाई आर्जन गर्ने आफूलाई पर्दा वास्ता नगर्ने प्रवृत्ति देखाइएको छ । बनाएकी दिदी होइन आफ्नै बहिनीबाट अनलाइन टीका लगाएको विषयवस्तु रहेको छ । औषधी लघुकथामा रक्सी खाएर कक्षामा प्रवेश गरेको शिक्षक किन त्यसरी आए त ? घरपरिवारको झगडा किन भयो ? पुरुषले डाडु किन खाए भन्ने विषय रहेको छ ।


    खुसी लघुकथामा शिक्षा र पेसासँग सम्बन्धित विषयवस्तु रहेको छ । बोक्सीमा बोक्सीप्रतिको मान्यता जुन डाक्टरबाट रोगको पहिचान भएपछि आँखा खुलेको विषयवस्तु रहेको छ । हरियो बत्तीमा नेपाल र जापानको सडक, ट्राफिक लाइट आदिको तुलनात्मक विषयवस्तु रहेको छ । रेकर्ड लघुकथामा रेकर्ड राख्ने होडबाजीको विषय छ भने जनगायक लघुकथामा कलाकारप्रतिको सम्मान अनि उनीहरूले भोग्ने नियतीको विषयवस्तु व्यक्त भएको छ । साथै पार्टीले मरेपछि झन्डा ओडाएको विषय पनि समावेश भएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाले कोरेको बाटो
    साहित्य कला, संस्कार, संस्कृति, रीतिरिवाज, भूगोल, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको अभिव्यक्तिमूलक दस्तावेज हो, जहाँ विविध विषयहरू भावयुक्त तवरले अभिव्यक्त भएका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहमा समावेश भएका लघुकथामा जापानी परिवेशसँग तुलना गर्दै स्वतन्त्रता प्राप्त गर्ने, समाजमा रहेका विकृति, विसङ्गति, शोषण, अन्याय, अत्याचारबाट मुक्त भई सभ्य समाजको निमार्ण हुनुपर्ने बाटो कोरेको छ ।


    सङ्ग्रहमा रहेको आशीर्वाद लघुकथाले धार्मिक तथा सामाजिक परम्परामा आधारित अवस्थालाई चित्रण गरेको छ । जसमा भरियालाई सहयोग गरी कुनै रकम नलिई आर्शीवाद दिन भनेकाले तीन छोरीपछि गर्भमा रहेको सन्तान छोरा भएको छ । उसको आकाङ्क्षा पनि छोरो रहेकाले छोराप्रतिको मोह प्रकट गरिएको छ । यो नेपाली समाज र संस्कृतिको एक ज्वलन्त उदाहरण बनेकाले यो सोचबाट परिष्कृत हुनुपर्ने बाटो अवलम्बन गरेको छ । धोका लघुकथाले राजनीतिक धोकालाई अगाडि सारी राजनीतिज्ञबाट समाज र राष्ट्रका लागि धोका हुनु हुँदैन भन्ने सचेतता प्रदान गर्दै राजनीतिक बाटो परिष्कृत र सभ्य हुनुपर्छ भन्ने बाटो कोरेको छ । म्यानेजर लघुकथाले नेपाली समाजमा हुने विकासका लागि सशक्त भएर लाग्नुपर्ने कुराको सङ्केत गरेको छ । विकसित जापानमा जस्तै यहाँ पनि अब राजनीतिक आचरणमा सुधार गरी विकासतर्फ लम्कनुपर्छ भन्ने बाटो कोर्ने कुरा प्रकट भएको छ । चलाख सिँगारे लघुकथामा कृषि तथा सामाजिक अवस्थाको उद्घाटन गरी सोप्रति सचेत रहनुपर्ने मार्गदर्शन गरिएको छ । आदत लघुकथाले कामको सिलसिलामा गरिबी र अभावले विदेशिनु परेका नागरिकलाई अब स्वदेशमै रोजगारी र विकासको अवस्था सिर्जना हुनुपर्छ भन्ने मार्गदर्शन गरेको छ ।


    पीडा लघुकथामा कामको अभावमा कतार गएको वेला छोरासँग गरेको कुराकानी रहेको छ । त्यहाँ बस्दा कोरोनाले पारेको प्रभावले छोराछोरी र घरपरिवारको चाह पूरा गर्न नसकेको हुनाले स्वदेशमै बसेर काम गर्न पाउनुपर्ने अवस्था सिर्जना हुनुपर्छ भन्ने बाटो कथाले कोरेको छ । अभावको दसैँ लघुकथामा चाडवाडको समय वा आफ्नो संस्कार र संस्कृति मनाउन कोरोनाले पारेको प्रभावले ठुलो समस्या पारेको अवस्थालाई देखाएको छ । यसले नेपाल, नेपाली समाज र नेपालको आर्थिक उन्नतितर्फ लाग्नुपर्छ भन्ने सन्देशात्मक बाटो कोरेको छ । डोरो लघुकथाले कोभिड १९ को महामारीले लिएको भयानक अवस्थालाई चित्रण गरिएको छ । कोरोनाको सन्त्रासबाट बच्ने औषधी छिटो आओस् भन्ने नौलो बाटो कोरेको छ । जीविकोपार्जन लघुकथामा राजनीतिक विकृतिलाई उजागर गर्दै अबको नेपाल नेपाली समाज र राष्ट्रमा स्वच्छ राजनीति हुनुपर्ने बाटो देखाएको छ । त्यस्तै बिर्खे लघुकथाले रोजगारीका लागि विदेशिनु परेको र त्यहाँ गर्नुपरेको कारुणिक अवस्था देखाउँदै विदेशमा गएर होइन स्वदेशमै काम गर्नुपर्ने बाटो देखाएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको न्याय लघुकथाले महिलाप्रति हुने बलात्कारको अन्त्य हुनुपर्ने बाटो सशक्त रूपमा देखाएको छ । किनारको मिहिनेत लघुकथाले प्राकृतिक विपत्तिका कारण हुने क्षतिबाट विचलित नभई त्यसको समाधान खोज्नुपर्ने र सचेत बन्नुपर्ने बाटो कोरेको छ भने खड्ग ठाडा मगर लघुकथा साहित्यिक क्षेत्रसँग सम्बन्धित हुनाले भानुभक्तलाई प्रेरणा दिने घाँसीको चर्चा कम भएकाले मुख्य व्यक्ति नै हराएको हो कि ? अब तिनको खोजी गर्नुपर्छ भन्ने ऐतिहासिक खोजको बाटो कोरेको दृखिन्छ । पुरुष लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गर्दै पुरुष र नारीबिच हुने सन्तानकोजन्ममा महिला मात्र दोषी होइन पुरुषको पनि दोष हुन्छ । त्यसलाई समाधान गर्नका लागि एकआपसमा कुराकानी गरी पहिचान गर्दा समाज सभ्य शिष्ट बन्न सक्छ भन्ने बाटो देखाएको छ । त्यस्तै हाम्रो बाटो लघुकथाले जापानमा मनिङवाक गर्दा वा सामाजिक कार्य गर्दा बाटो सफा राख्ने कार्य गर्छन् । बाटो सफा राख्नु सबैको कर्तव्य हो भन्दै नेपालीले बाटो सफा गर्ने समय नछुट्याएकोमा ग्लानी भएको छ । यसले गर्दा नेपाली, नेपाली समाज र राष्ट्रका लागि बाटो सफा गर्न जान्नुपर्छ भन्ने बाटो कोरेको छ ।


    पुन्टे लघुकथाले बालबच्चालाई डर र त्रासले होइन मायाममताबाट सिकाउनुपर्छ भन्ने शैक्षिक बाटो कोरेको छ । गुरुदक्षिणा लघुकथामा गुरुप्रति आस्था, विश्वास र सद्भाव राख्नुपर्ने र गुरुप्रति गर्नुपर्ने व्यवहार कमजोर भएको वा हराएको हुनाले गुरुका अर्ती वा उपदेश र विचारले बनाएको बाटो पुनः जागोस् भन्ने विचारको बाटो देखाएको छ । बिचौलिया लघुकथामा बिचौलिया प्रवृत्ति र सरकारी काम अर्थात् श्रम स्वीकृति लिने काममा सास्ती हुनाले त्यसमा सुधार हुनुपर्ने बाटो कोरेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा पारेको प्रभावले त्रास फैलाएको छ । यसमा खास कुरा नबुझी हो का पछाडि लागेर हिँड्दा दुःख वा सास्ती पाइने हुनाले त्यसलाई राम्ररी बुझ्न सक्नुपर्ने बाटो देखाएको छ । त्यस्तै सफलता लघुकथाले कोरोनाको प्रभावले मानवमा आएको हाहाकार र सास्तीले सताएको छ । यसरी मानिसलाई एक रोगले सताउँदा तुरुन्तै ओखती बनाउन नसकेको अवस्थामा विज्ञानको समयमा पनि छिटो औषधी नबनेकाले छिटै औषधी पत्ता लगाउनुपर्ने मार्ग देखाएको छ ।


    मूल्याङ्कन लघुकथाले कुनै पनि प्रतियोगितामा हुने प्रतिस्पर्धा अस्वस्थ्य होइन स्वस्थ्य हुनुपर्ने असल बाटो कोरेको छ । जसले नेपाली समाजमा हुने विकृतिप्रति कटाक्ष गर्दै सत् प्रतिस्पर्धामा लाग्ने बाटो तय गरेको छ । फस्ट डेटिङ लघुकथाले मूलतः फेसबुकले नेपाली समाजमा पारेको प्रभावलाई उजागर गरेको छ । यही विषयवस्तुलाई देखाएर यसबाट सचेत बन्नुपर्ने बाटो यस कथाले कोरेको छ ।

    सत्मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको यस कथाले देखाएको बाटो सकारात्मकतातर्फ मोडिएको छ । सिकाइ लघुकथाले वास्तविक सिकाइको विषयलाई आधार बनाएर बालबालिकाले घरपरिवारका सदस्यले गरेको काम वा उपभोगबाट धेरै कुरा सिक्छन् । चाहे त्यो सकारात्मक कार्य होस् या नकारात्मक त्यो सिकाइ बालबच्चामा हुन्छ । त्यसैले बालबच्चाका अगाडि सचेत हुनुपर्ने कुराको सत्मार्ग यस कथाले देखाएको छ । संयोग लघुकथाले समाजमा हुने अन्धविश्वासप्रति सजग हुने र त्यसको पछाडि लाग्न नहुने बाटो देखाएको छ । जसले सचेचतातर्फ उन्मुख गराएको छ । त्यस्तै पार्टी लघुकथाले कुनै खुसियालीमा भोज खुवाउन भन्ने अनि उसैलाई बलत्कारको आरोप लगाउने जुन खराब कार्य छ त्यसप्रति सचेत रहने मार्गदर्शन यस कथाले प्रदान गरेको छ ।
    नुनको सोझो लघुकथा सुधारात्मक सन्देश बोकेको कथा हो । यस कथामा पत्रकारितामा सुधार हुनुपर्ने र नुनको सोझो गर्दा जस्ता काम पनि गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने मार्गचित्र देखाएको छ ।

    विश्वासघात लघुकथाले मूलतः नेपाली राजनीति फुटको राजनीति रहेको, चिन्तन र दर्शनबाट स्खलित रहेको हुँदा त्यसप्रति सचेत रहनुपर्ने बाटो देखाएको छ । राजनीतिमा पनि स्वार्थ होइन इमानदारिता रहनुपर्ने बाटो कोरेको छ । अनुहार लघुकथाले नेपाली समाजमा पुरुष भर्तीमा गएपछि केही विशृङ्खलित नारीले यौनचाहना कसरी पूर्ति गर्छन् भन्ने कुराको सङ्केत गरेको छ । जसबाट उत्पन्न विकृति समाजमा हुन नहुने बाटो यस कथाले देखाएको छ । घडेरी लघुकथाले डाका, चोर, फटाहाबाट बच्नुपर्ने, घरजग्गाका नाममा लुट्ने प्रवृत्ति रहेकाले घरजग्गा बिक्री गर्ने तरिका फेर्नुपर्ने बाटो कोरेको छ । त्यस्तै अभियन्ता लघुकथाले मातृभाषाबाट शिक्षा प्रदान गर्नुपर्ने बाटो देखाएको छ ।


    गायन लघुकथाले आर्थिक कारणले गर्दा एउटा चर्पीको चुक्कुलसमेत फेर्न नसकेर गीत गाएर चर्पीमा बस्नु परेको अवस्था देखाई त्यसबाट मुक्त हुनका लागि रोजगारी हुनुपर्ने अर्थात् आर्थिक समस्या समाधान गर्ने बाटो हुनुपर्ने कुरा रहेको छ । बुबाको जन्मदिन लघुकथाले कोरेको बाटो पनि नयाँ छ । जन्मदिन नयाँ शैलीमा गर्नुपर्छ । यस समयमा त सेवा सहयोग गर्नुपर्छ भन्ने बाटो देखाएको छ । सर्जक लघुकथाले कोरेको बाटो कुनै पनि सर्जकले सिर्जना गरेको कृतिमा निष्पक्ष भएर मूल्याङ्कन गरी पुरस्कृत गर्नुपर्छ, आफन्तलाई होइन भन्ने कुरा देखाएको छ । अनुकरण लघुकथाले घरपरिवारमा कोही बिरामी पर्दा आफूले गर्नुपर्ने कर्तव्यलाई सङ्केत गरेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले आफ्नो कामप्रति जिम्मेवार भएर जिम्मेवारी पूरा गर्नुपर्ने बाटो निमार्ण गरेको छ ।


    आरोप लघुकथाले नेपाली समाजमा घरमा काम गर्ने कामदारप्रति गरिने खराब र दमनात्मक प्रवृत्तिलाई देखाउँदै त्यस्तो कार्य गर्नु अपराध हो भन्ने सन्देश प्रदान गर्ने बाटो कोरेको छ । हड्डी लघुकथाले लोभ देखाएर अरूलाई अप्ठ्यारो पार्न नहुने मार्ग देखाएको छ । स्वभाव लघुकथाले विदेशमा रही काम गर्दा आफ्नी आमासँग पनि कुरा गर्न नसकेको हुनाले त्यसबाट मुक्त हुनुपर्ने सन्देश प्रदान गरेको छ । छुनु र मुनु लघुकथामा बालबालिका प्राकृतिक प्रकोपले आमाबुबाबाट छुट्टिँदा कस्तो पीडा खप्छन् भन्ने विषय देखाई त्यसबाट पर्ने प्रभावलाई देखाइएको छ । त्यस्तै परिस्थिति लघुकथाले स्वदेशमै काम गर्नुपर्छ र गर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    दोष लघुकथाले पुरुष सत्ताबाट नारी सत्ताले खेप्नु परेको झन्झट र दोषमा नयाँ सोच आउनुपर्छ र सही विषय पत्ता लगाउनुपर्छ भन्ने बाटे कोरेको छ । इन्टरनेट सपिङ ले इमान्दार ढङ्गले काम गर्दै गयो भने सही सिकाइ हुने बाटो देखाएको छ । घरबेटी लघुकथाले कुलतमा लाग्नु हुँदैन त्यसमा लाग्दा घरपरिवार र घरजग्गा सबै समाप्त हुने सन्देश प्रदान गरेको छ । पन्चै बाजाले आफ्ना मौलिक बाजाको संरक्षण गर्नुपर्ने बाटो कोरेको छ । गालीले काम गर्दा गाली खाने डर हुने तर त्यसबाट मुक्त हुने बाटो देखाएको छ । प्रवृत्तिमा मानवीय व्यवहार कस्तो हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ । त्यसबाट परिष्कृत हुनुपर्ने कुरा पनि देखाएको छ ।


    मन लघुकथाले काम गर्दा ठग्ने प्रवृत्ति हुनुहुँदैन भन्ने बाटो कोरेको छ । इच्छा लघुकथाले शिक्षण कार्यमा रहेका शरद सरले एकल महिलालाई आफू एकल पुरुषबिच सम्बन्ध कायम गरेर नयाँ सहकार्य गर्ने सोच बनाएको बाटो देखाएको छ । राष्ट्रियता लघुकथामा भने आफ्नो देशको सीमा वा राष्ट्रियता बचाउने र त्यसप्रति चनाखो हुनुपर्ने मार्ग देखाएको छ । आमा लघुकथाले हरेक प्राणीमा आमाले छोराछोरीप्रति कस्तो स्नेह खन्याउँछन् र उनको सुरक्षाका लागि आफ्नो ज्यानसमेत जोखिम राख्छन् भन्ने सन्देश प्रदान गरेको छ । उत्कृष्ट शिक्षकले शिक्षक समाजको ऐना हो जसले हरेक कार्यमा साथ दिइएको हुन्छ भन्ने मार्गदर्शन दिइएको छ । त्यस्तै चाहना लघुकथाले सत् राजनीति गर्नुपर्ने बाटो देखाएको छ ।
    मेरो हलले आफ्नो समस्या टर्दैमा समस्याको हल हुँदैन । अरूको समस्याको पनि हल हुनुपर्ने मार्ग देखाएको छ ।

    व्यवस्थापन लघुकथाले राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पूरा गर्न सकिने मार्ग देखाएको छ भने भाइटीकाले देखावटी र भड्किलो चाडवाड मनाउन हुन्न । आफ्नो संस्कार र संस्कृतिलाई आत्मसाथ गर्नुपर्छ भन्ने बाटो देखाएको छ । औषधी लघुकथाले दुव्र्यसनका कारण घरपरिवारमा कलह हुने त्यसको असर सामाजिक संस्था विद्यालयमा पर्ने मार्गचित्र देखाएको छ ।


    खुसी लघुकथाले बुबाआमाले भन्दा छोराछोरीले राम्रो गरे खुसी हुने मार्गदर्शन दिएको छ । बोक्सी लघुकथाले एक्काइसौँ शताब्दीमा पनि बोक्सीको आरोप लाग्ने हुनाले यसबाट मुक्त हुन शिक्षित बन्नुपर्छ भन्ने बाटो कोरेको छ । हरियो बत्तीले हिँड्दा वा बाटो काट्डा सचेत भएर हिँड्नुपर्ने मार्ग देखाएको छ । रेकर्डले रेकर्ड राख्ने होडप्रति कटाक्ष गरेको छ भने जनगायक लघुकथाले गायक कलाकारलाई मर्नुभन्दा अगाडि सम्मान गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    निष्कर्ष
    हाम्रो बाटो लघुकथामा ६१ वटा लघुकथा समावेश भएका छन् । यसमा रहेका लघुकथाको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पेसासँग सम्बन्धित, पारिवारिक, सांस्कृतिक, धार्मिक, मनोविज्ञान, देशप्रेम, व्यवहारिक ज्ञान रहेको देखिन्छ । कथामा प्रयोग भएको परिवेश राष्ट्रिय र अन्तर्राष्ट्रिय छ । भाषा सरल, सरस र बोधगम्य रहेको छ । पात्रको चयन समय सापेक्ष र कथानको विषयवस्तुअनुसार चयन भएको छ । प्राय ः शीर्षकले आफ्नो अस्तित्व र लघुकथाको धर्म निभाएका छन् । प्रथम लघुकथासङ्ग्रहले यसरी विविध विषयलाई समेट्न सक्नु महानता हो ।

    शब्द चयन, वाक्य गठन अर्थात् शैली वैज्ञानिक ढङ्गबाट हेर्दा पनि लघुकथासङ्ग्रह सफलताको नजिकतिर लम्केको छ । केही वर्णविन्यासगत त्रुटि रहनु र कुनै कथाले स्पस्टता प्रदान गर्न कठिन मान्नु यसमा रहेका केही सीमा हुन सक्छन् । यसतर्फ चनाखो हुन सक्दा लघुकथाको उच्चता बढ्न जान्छ । यस लघुकथासङ्ग्रहले कोरेको बाटो भने अधिक कथामा प्रस्ट देखिन्छ तर रेकर्ड, औषधी, मेरो हल जस्ता केही लघुकथामा भने प्रस्टताको अभाव रहेको छ । जे होस् म्यामराज राईको हाम्रो बाटो लघुकथासङ्ग्रहले ओगटेको विषयवस्तु र यसले कोरेको बाटो सफल रहेको देखिन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘हाम्रो बाटो’ एक समीक्षा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P