टुक्काकार रिता खरालका दशैँ विशेष टुक्का कविताहरू १ राम्रो राख्नुपर्छ चाहना यो दसैंको शुभकामना। २. घर सिङ्गारेर चम्काउन आएको छ दसैँ रमाउन । ३. दुर्गामाताको शरण परेर मनाइन्छ दसैँ खुसी छरेर । ४. स्वागत् गर्छौ यो बडादसैँलाई मिलेर मनाऔँ सबै दाजुभाइ । ५. वर्ष दिनमा बडा दशैँ आउँछ सबैको माझमा उमङ्ग ल्याउँछ । ६. सम्झिनुहोला है दसैँ अनि तिहार आउदैन नि हजुर यो बारम्बार । ७. सबैको घर आँगनमा लाै दसैँ आयो खुसिसँगै उमङ्ग पनि बाेकेर ल्यायो। ८. आफ्नो घाँटी हेरेर दसैँ मनाउनु जे छ त्यसैमा खुसी भई रमाउनु। ९. रामको विजय रावणको सत्यानास सबैको घर घरमा होस् लक्ष्मीको बास । १०. रातो टीका अनि पहेलो जमरा लगाएर मनाउने हो नी यो दसैँ खुसी मन बनाएर । ११. दसैँमा लिइन्छ अग्रजबाट आशिर्वाद आफन्तजनको पनि सधैं राखिन्छ याद । १२. दु:ख भएपनि दुख नै भुलेर मनाऔँ आफ्नो संस्कृती हो भनि सम्झेर जनाऔँ । १३. आँखाबाट बलिन्द्र आँसु कहिल्यै नि नझरोस् दसैँ आउदा सदैव ओठमा मुस्कान रहोस् । १४. शुभकामना छ सबैलाई बडादसैँको मनाउनुपर्छ यो हाम्रो चाड हो सबैको । १५. स्वच्छ,सफा रहिरहोस् है सदैव मनका भावना याे दशैँकाे अवसरमा सबैलाई शुभकामना । ✍️ रिता खराल गैडहवा गा.पा. -९, रूपन्देही
चितवनको राप्ती नगरपालिकाको डडुवा स्थित जुमेरा होटेल एण्ड लजमा स्रष्टा सम्मान, लघुकथा वाचन, सांस्कृतिक प्रदर्शनी तथा संस्थाको प्रथम साधारण सभा गत मङ्गलवार भव्य रूपमा सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख श्री शमशेर लामाज्यूले गर्नुभएको थियोे । कार्यक्रममा लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने दुई दर्जन बढी व्यक्तित्वहरूलाई अभिनन्दन, सम्मान गरिएको थियोे ।
सम्मानित हुनुहुनेमा नेपाली लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका वरिष्ठ साहित्यकार डा. विदुर चालिसेलाई प्रायोगिक लघुकथा सिद्धान्तकार र गोपाल अश्कलाई प्रथम लघुकथा सिद्धान्तकारको रूपमा अभिनन्दन/सम्मान गरिएको थियो ।
त्यस्तै लघुकथाको समीक्षा, समालोचनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने वरिष्ठ समालोचकहरू डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याललाई लघुकथाश्री समालोचक सम्मान २०८०’ बाट सम्मान गरिएको थियो ।
त्यस्तै वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई लघुकथा कृति ‘बोकाको खुसी’को लागि ‘लघुकथालय पुरस्कार- २०८०” बाट सम्मान गरिएको थियोे ।
त्यस्तै लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने युवा लघुकथाकारद्वय वसन्त अनुभव र ज्यो. नानी बिवुलाई ‘हेमलता स्मृति लघुकथा सम्मान २०७९’ बाट सम्मान गरिएको थियोे । त्यस्तै युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मान गरिएको थियो ।
साे अवसरमा सालभरिमा सबैभन्दा बढी गुणात्मक लघुकथा लेख्ने लघुकथाका सर्जकहरूलाई ‘वर्ष लघुकथाकार-२०७९ र ८०’ बाट सम्मान प्रदान गरिएको थियो । २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय- गंगा खड्का र तृतीय- तुलसी पण्डितलाई सम्मान गरिएको थियो । त्यस्तै २०८० मा प्रथम हुने अरुण बहादुर खत्री ‘नदी’, द्वितीय- डा. विदुर चालिसे र तृतीय- धनराज गिरीलाई सम्मान गरिएको थियो ।
यसैगरि वर्षभरि सबैभन्दा बढी लघुकथा पढ्ने पाठकहरू मध्ये ‘वर्ष पाठक-२०७९’ बाट प्रथम- अनन्तराज उपाध्याय, द्वितीय- दुर्गा अधिकारी ‘पैरवी’ र तृतीय- टङ्क बहादुर आले मगरलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष पाठक-२०८० बाट सुरेश कुमार पाण्डे-प्रथम, दुर्गा अधिकारी पैरवी- द्वितीय र हरी उपाध्याय- तृतीयलाई तथा ‘वर्ष उत्कृष्ट पाठक-२०७९ र २०८०’ बाट ज्योति खड्का पाण्डेलाई नगद सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा ५ दर्जन बढी लघुकथा सर्जकहरूलाई अति विशिष्ट आजीवन, विशिष्ट आजीवन र आजीवन सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियोे ।
कार्यक्रममा ‘आधुनिक नेपाली लघुकथाको परिचर्चा समेत गरिएको थियो । परिचर्चाकारद्वय वरिष्ठ साहित्यकार, समालोचक डा. विदुर चालिसे र गोपाल अश्कले आधुनिक नेपाली लघुकथाको चर्चा गर्दै लघुकथासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण साहित्यकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, तथा सम्मानित विशिष्ठ अतिथि एवम् साहित्यकारहरू डा. विदुर चालिसे, गोपाल अश्क, लक्ष्मण अर्याल, वसन्त अनुभव र अनु विज्ञातिले छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धौलागिरी नौमति बाजा समुहको बाजा, मगरजातिको कौडा नाच, थारू जातिको डम्फु नाच, झाम्टा नाच, हरेराम हरेकृष्ण कीर्तन मण्डलको हार्मोनियम भजन तथा झाँकीहरू प्रदर्शन गरिएको थियो ।
उक्त अवसरमा साहित्यिक स्रष्टाहरू डा. शंकरप्रसाद गैरे, लक्ष्मण अर्याल, डा. हिमलाल श्रेष्ठ, कल्याण पन्त, वसन्त अनुभव, अजित आचार्य, रमेन्द्र कोइराला, विष्णु पन्थी विनु, होम प्रसाद नेउपाने, अनु विज्ञाति, सीता रेग्मी, शारदा दाहाल भण्डारी लगायतले लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रम दोस्रो सत्रमा सम्पन्न प्रथम साधारण सभाले पुनः घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को नेतृत्वमा नमस्ते आधुनिक लघुकथा मञ्चको ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सभाले सचिव वसन्त अनुभवले प्रस्तुत गर्नु भएको साङ्गठनिक एवम् प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको थियो ।
कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजि शर्मा’ को अध्यक्षता, सचिव वसन्त अनुभवको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
चर्को व्याजमा ऋण काढेँ किनिल्याएँ खसी, दसैँ पर्व त मान्नै पर्यो ___खान्छु बसी बसी । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१)
जति सक्छौ खुसी बन जति हाँस्छौ हास, दसैँसम्म …मात्र त हो …भोलि उठिबास । वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ २) दसैँ त्यसै रमाइलो छ सबै जम्मा हुने हाे खास, ऋण काढे दसैँ मनाउँदा लाग्छ फेरि उठीबास । सुशीला थापा शिखा काठमाडौं कागेश्वरी ३) ऋण खोजेर भए पनि गर्जो टार्नु पर्ने, तिर्न ढिला हुँदाखेरि घर खेत नै हर्ने । दुर्गा आचार्य मोरङ ४) दसैँ पर्व रमाइलो गर्दै मनाउनु पर्छ, तर आफ्नो औकात भुलियो भने हानी गर्छ । दुर्गा भट्टराई मोरङ ५) चर्को ऋण परे पनि यो दसैँ त मान्छौँ, उठिबास लाग्यो भने घर छोडी जान्छौँ । प्रदीप के रिमाल इटहरी सुनसरी। ६) क्षणिक खुसीको लागी धेरै लामो कष्ट, नगरौँ बढी खर्च होला सुखको नष्ट । सुरेशकुमार पाण्डे दाङ घोराही १८ ७) दसैँ मनाऔँ खुसी साटाैँ सफा लुगा फेरी, ऋण गरी मान्नुहुन्न मनाऔँ घाँटी हेरी । निरज कोइराला बेलका १ उदयपुर, हालः इटहरी ८) यसै ऋण उसै ऋण, रोई बस्ने किन ? ऋण गरी रमाऔँ, चाडपर्वका दिन । पुष्पा सुवेदी नेपालगञ्ज, बाँके । ९) मान्नै पर्छ चाड यो दसैँ मनाऔँ पहिले जस्तै, गच्छे अनुसार माने होला अहिले पनि सस्तै । ध्रुव श्रेष्ठ, खोटाङ वजार, हाल काठमाडौ । १०) ठूलै काम गरेँ भनेर नठान्नु आफैँमा थपेर रिन, यस्तो पाराले जीवन चल्दैन पहिला आफूलाई चिन । अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ११) दसैँ हाम्रो ठूलो चाड लाऊँ सफा नाना, आफ्नै गच्छे अनुसारको खानुहोस् खाना । भगवती दवाडी ,झापा १२) मनाऔँ दसैँ सधैँ जस्तो मनमा खुसी नै खुसी भरी, शक्तिपीठ दुर्गा मातालाई पुष्प गुच्छा अर्पण गरी । भेष कुमारी लामिछाने देवदह ०५ खैरेनी रुपन्देही । १३) मनाओैँ दसैँ खुसी हर्षले खर्च थाेरै गरी, ऋणको पीडा खेप्न नपराेस् जुनी जुनीभरि । राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । १४) दसैँ हो खसी काटियो पक्कु र सेकुवा बनाइयो खुब मस्ती गरियो, साथीभाइ जम्मा गराइयो खाइयो यस्तै भो आफू त बिन्दास परियो । नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ। १५) वर्ष दिनमा काट्छु खसी ऋण लागे तिर्दै गरूँला, यो ज्यानको के भरोसा त्यतिन्जेल बाँचुला मरूँला । कमला पौडेल १६) धनीले खसीकाे मासु खाँदा गरिबले सिन्कीकाे झाेल, किन ओढ्छस् सरकार तैँले समानताकाे खाेक्राे खाेल । भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु १७) सके ऋण तिरौँला नसके भोलि हेरौँला, दसैँ त मान्नै पर्यो, कामकाजमा फेरौँला ! विवश पारदर्शी झापा, १८) दसैँ महान चाड हाम्रो मान्नैपर्छ खुलेर, तर देखासिखी नगरौँ आफ्नो गच्छे भुलेर । चिरञ्जीवी श्रेष्ठ, धनकुटा । १९) ऋण काढी भए पनि मान्नैपर्छ दसैँ मैले, सबैलाई खुसी पारेर मनाउनु छ ऐले । कमला देवकोटा ,पाल्पा २०) देखासिकी गर्नुहुन्न है, गच्छे अनुसार मनाउनू, खुसीको पर्व दसैँलाई, ऋणको भारी नबनाउनू । बिके मुखिया दार्जीलिङ,भारत। २१) घाँटी हेरी हाड निल्नु भन्छन् बुढापाकाले, दसैँ त मान्नैपर्यो भन्छन् गाउँमा काकाले । बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा २२) घाँटी हेरी हाड निल के हुन्छ खाएर, राम्रो कर्म गर साथी यो जुनी पाएर । आर्त अकुलीन २३) देखासिकी, तडकभडक नगरे नि मनाइन्छ पर्व, आफन्त र इष्टमित्र आपसमा खुसी साट्दा हुन्छ गर्व । पद्मा काश्यप पाण्डे पथरी मोरङ २४) कैयौँ आए दसैँ मनको पीर कसले देख्छ, निमुखाहरूको कथा ब्यथा खै कसले लेख्छ ? प्रेम थापा “मन”बागलुङ २५) राजनीतिमा लाग्नेहरूको मात्र भाग्य निकै चम्क्यो, जताततै महङ्गी छ दसैँ दैलो नै नहेरी लम्क्यो । पवन कुमार बुढाथेाकि काठमाडौं २६) जसोतसो जुटाउँनै पर्यो दसैँ मान्न, मासिनै लागेको हाम्रो, परम्परा धान्न । गणेश नेपाली बगनासकाली-१,बगनास पाल्पा। २७) दसैँ आउँदाखेरि धनीलाई खुशियाली छाउँछ, गरिबलाई भने ऋणको बोझले नै सताउँछ । कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ २८) साहुँको ऋण बोकी दसैँ मनाउँदा खेरि, आफू बसेको थातथलो छोड्नु पर्ला फेरि । अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। २९) औकात हेरेर मात्र मनाउनु पर्छ पर्व, आफ्नो संस्कृति र चलनको गर्नुपर्छ गर्व । तोयानाथ चापागाईं दमक,झापा,नेपाल ३०) पोषिलो नखाएमा इन्द्रिय दरो हुन्न, महङ्गो भएका देख्दा भन्छु छुँदै छुन्न । जमुना आचार्य सिन्धुपाल्चोक ३१) ऋण काढी खान्छ खसी घर बसी बसी, चुक्ता गर्न गर्नु पर्ला श्रम घुडा धसी । कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ३२) रमाइलो चाड ठूलो मनाऔँ सबैले दसैँ, गच्छे अनुसार खर्च गर्नु सर्नु पर्ला बसैँ । गुणनिधि घिमिरे अमेरिका ३३) के रमाइलो गर्नु र ! आजभोलि, दुखजिलो गरेर भर्नुछ झोली । नागेन्द्रप्रसाद यादव, दाङ ३४) भतभत पेट पोल्दैछ ऋण कसरी तिर्नु, समाजको नजरमा नि परिरहेछ गिर्नु । सरिता सेढाई धादिङ ३५) ससुराकी छोरी पो हो त झुक्नलाई के जान्दथी ? आफूलाई मै हुँ भन्नेले के तिम्रा कुरा मान्दथी ? गंगा खड्का बूढानीलकण्ठ, काठमाडौँ ३६) खसीभन्दा सुन सस्तो यो दसैँमा आहा !, सीमा छैन हर्षको कसलाई के थाहा ? होम प्रसाद नेउपाने धरान,सुनसरी । ३७) चाडपर्वकाे बेला मासु खाने कस्तो आयाे चलन, धन हुनेलाई राम्रै हाेला गरिबलाई जलन। सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही ३८) ढर्रा स्वरूप हुने गर्छ थुप्रै पशुपन्छीको काटमार, विविध रोगले जन्म लिन्छन् बिग्रिएमा आहारविहार l बाबुराम गौतम, गुल्मी ३९) जे जस्तो छ हामीले त्यसैमा गर्नुपर्छ गर्व, हैसियत हेरी मनाउनु पर्छ चाडपर्व । केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । ४०) परदेश हुनेहरू घर फर्की आउने प्रयास चाहना, ऋण नलागोस् बडादसैँको सबै नेपालीमा शुभकामना । चुडामणी देबकोटा चनपा १३ काठमाडौ। ४१) वर्ष दिनको दसैँ आयो मनाऔँला है जसोतसो, बाँकी मनाउन नसके पनि धनीहरूका जसो । सुरेश पाण्डेय सुर्खेत बिरेन्द्रनगर ४२) रिन लिएर देखासिकीमा हैन मनाउँने पर्व, दु:ख सुख बाँडेर मान्छौँ संस्कृतिमा गरेर गर्व । शोभा आचार्य गौतम काठमाडौँ ४३) ऋण काढी दसैँ मान्छौ, घरबार जाला, नेपालीको यही त हो देखासिकी चाला । राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ४४) मासुभात खाऊ बसी बसी बनाऊ दसैँ खास, दसैँ सकिएको भोलिपल्ट साहुले उठिबास । मन्दिरा सेढाई मलेखु,धादिङ ४५) आउँछु म छिट्टै साथी ! जुवाकाे खाल बनाउनु, बिना मासु, बिना मदिरा के काे दसैँ मनाउनु ? मित्र `उराठी´ गाैतम तिलाेत्तमा न पा-२,रुपन्देही ४६) वर्ष दिनमा घुमिफिरी आउँछ दसैँ पर्व, ऋण काढी मनाए पनि लिनुपर्छ है गर्व। काेपिला अधिकारी सिरानचाेक ७,गाेरखा ४७) गरिबको दुःख देखी भित्रि मन रुन्छ धुरुधुरु, साहुको ऋण तिरी नसक्दै चाडपर्व खुरुखुरु । अम्बिका अधिकारी झापा बिर्तामोड ४८) नखानेलाई कर छैन खानेलाई हाे डर, सकेसम्म त्यो खसीलाई प्रतिस्थापन गर । त्रिलाेचन भण्डारी मेचीनगर,झापा ४९) श्रद्धा भावले खुसी भै खल्ती हेरी मनाउँदै बस्नु , ऋण गरेर बेकारमा शिरमा किन भारी कस्नु । प्रद्यम्न चालिसे भक्तपुर कटुञ्जे ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
जहिल्यै निहुँ खोज्छ्यौ तिमी जहिल्यै जोरी, स्पष्ट भन के खोज्या ? ए ! ससुराकी छोरी । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) उठी सुख छैन मलाई, न सुख बसी, सुन भनेर झुक्याएछ, त्यो मोरो कसी । वसन्त अनुभव घोराही उपमहानगरपालिका १४ दाङ २) जमाना बदलिँदो छ यहाँ आफन्त कसैले हेर्दैनन्, आफ्नो दुनो सोझ्याउन अरूको लागि मन नि फेर्दैनन् । अम्विका अधिकारी झापा विर्तामोड ३) गर्नु गरिसकेँ तर रिसाउछ्यौ जहिल्यै, बुझ्न सकिनँ है प्यारी म त्यो मन कहिल्यै । शोभा आचार्य गौतम काठमाडौँ ४) चाहे शिला सुशिला हुन् चाहे राधा गङ्गा, ससुराकी छोरीसँग नलिनु है पङ्गा। नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ। ५) जतिसुकै सघाए पनि जस नदिने बानी, ससुराकाे छाेरी रहेछ एकादेशकी रानी । राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । ६) संसारमा बलिष्ठ शक्ति जगतअम्बिका माता, नारी साक्षात् देवी नसम्झनु है पानी भिज्ने गाता । प्रद्युम्न चालिसे ७) कुन स्वाँठले चपायो सम्झेर तिमीलाई फलामकै चिउरा, सधैँ हाँसी खुसी देखिने अनुहार आज किन भए निहुरा । पवन कुमार बुढाथेाकी काठमाडौँ ८) न माया बुझ्छौ मेरो बोल्छौ नि मन चोरी, तिम्रो कोही परिनँ म नखोज है जाेरी । सुशीला थापा शिखा काठमाडौं कागेश्वरी मनाेहरा ९) जाली संसारमा कसलाई हो मान्ने चोखा ? फोहोरी खेल नखेलौँ, दिने प्रेममा धोखा । कार्की डिबी माकुम सुनवल-४,नवलपरासी १०) खुसी राख्छु भनी घोटिएँ हरेक पल, इज्जत त गर्दिनौ किन गर्दछौ कल ? सुस्मिता अधिकारी काठमाडौँ ११) नाता गाँसौ भनेर उनीसँग बिहे गर्ने निधो गरेँ, दायाँबायाँ केही नसोची मैले उनको सिउँदो भरेँ । कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ १२) तैँले के नै गरेकी छस् भन्छन् रिसाउँदै झर्केर जहिले, बुझ्न साह्रै गाह्रो हुँदाे रहेछ पराइकाे मन कहिले । सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही १३) अति भयो भो अब तिमीले सम्झाउनु पर्दैन, कर नगरे हुन्छ त्यो मनमा यो मन सर्दैन । दुर्गा आचार्य मोरङ १४) अर्कीसँग मस्की हिँड्छौ भन्ने कुरा सुन्दा, धिक्कार्दै छु आफैँलाई यस्तो मान्छे चुन्दा । सरिता सेढाई धादिङ १५) आउन पा’छैन धाक धक्कु लगाउने यिनको अधिकार, देवी काली लक्ष्मी सरस्वती आदि शक्ति यही नै होला सार । प्रदीप के रिमाल इटहरी,सुनसरी। १६) दिलको रानी हौ भनी बयान गरेँ तिमीलाई ठानेर नै कस्तुरी , हरेकपल तिम्रै साथमा हुन्छु भन्थ्यौ किन अहिले बन्यौ निष्ठुरी ? अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । १७) जहिल्यै निहुँ खोजेर मसँग आइलाग्दा जोरी, सक्तिनौ कहिल्यै नि लान मेरो मनलाई चोरी । अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। १८) मायाले बाँधेर राख्छु भन्थी, मुखियाकि घमण्डी छोरीले, चुँडियो बन्धन मोरीको, बाँधी छ काँचो धागोको डोरीले । प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर १९) बाेल्नै हुँदैन तिमीसँग बाेलेँ भने निहुँ खाेज्छाै, साँझ यसलाई के भनाै भनी दिनभरि साेँच्छाै। भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु २०) बोल्नै हुँदैन बोल्यो भने जान्छु भन्छन् जहिल्यै माइत, एकदिन घरमा झगडा हुँदा सारिहान्छन् साइत । बाबुराम पाण्डे अर्घाखाँची २१) मेराे जीवन मेराे मर्जी, मेराे दु:ख हाँसाे, आफ्नाे काम गर कान्छा, अरूकाे किन चासाे ? दिनेश काेइराला सिन्धुली २२) भित्र मन कालो रै’छ, बाहिर हेर्दा गोरो, तिमी पनि कम छैनौ ए ! ससुराको छोरो Puspa Subedi Acharya २३) दिलले माया गरेँ तर वास्तै गरेनौ मोरा ! तिमीले भाउ खोजेकै हो त ससुराको छोरा ? पुष्पा राई, खाेटाङ। २४) बिहेपछि तिम्रै साथमा हुन्छु भन्थी ससुराकी छोरी, तर आज अर्कैको हात समाएर भागेकी छ मोरी । एवाइ प्रभात सहिदभुमि-३,धनकुटा २५) सधैँ घुर्की लगाउँछौ सधैँ लजाउँछौ, भन तिम्रो दिलमा कहिले सजाउँछौ ? लक्ष्मण देउवा “मुस्कान” डोटी हाल विरनोमुलुक भारत २६) जमारा औँसी आज हो ए ! ससुराको छोरा, लुगाफाटा किनेको छैन, के लाउने बोरा ? निमकी डाँडा, दार्जीलिङ। २७) आमाबाबु सबै छाडी, आए पराई घर, आफ्नै घर होकि भुतको, मान्नुपर्छ डर । चिरञ्जीवी श्रेष्ठ, धनकुटा । २८) निहुँ त्यसै खोज्या हुन्न कारण हुन्छ जैले, आफ्नो पनि दोष होला पत्ता लगाऊ पैले । त्रिलाेचन भण्डारी मेचीनगर,झापा २९) आगो बाल्न पनि अगुल्ठो ठोस्नु पर्छ भन्थे बुढापाकाले, ठुस्किए श्रीमती म त फकाउँछु मिठो टुक्कैको भाकाले । ध्रुव श्रेष्ठ, खोटाङवजार, हाल काठमाडौ । ३०) पति परमेश्वर हुँ म, होइन होला जोकर, तमासा अतिनै गर्छ्यौ, बनायौ मलाई नोकर । बिके मुखिया दार्जीलिङ, भारत। ३१) तिमी नै हौ हेर, मेरी दिलकी रानी, किन जोरी खोज्छौ त? मेरी प्यारी सानी । नागेन्द्रप्रसाद यादव , दाङ ३२) कहिले भने दिनैभरि टाँसिइरहन्छु भनी, रातभरि त अँगालोमा बाधिएकै छु म पनि । विवश पारदर्शी झापा ३३) खोजेको पाइन्न भन्न पनि छैन मन, चुप बसौँ भने बाँच्न पुग्ने छैन धन । नन्दलाल आचार्य, उदयपुर । ३४) मारे पाप पाले पुन्य तिम्रै जिम्मा भनी, बाँच्न बाध्य हुनु पर्यो अब दिन गनी । पद्मा काश्यप पाण्डे पथरी मोरङ ३५) दसैँ तिहारले छोप्यो, चाहना छन् थरीथरी, नेताको पछि दौडिन्छौ, घर चल्छ कसोगरी ? रामशरण न्यौपाने, भक्तपुर ३६) रिस र राग राखेर तिमी किन हो बढेको ? उदार मान्छे त्यही नै हुन्छ आखिर पढेको । आर्त अकुलीन ३७) कसैको जालमा परेर हो कि डुल्छ्यौ खोजी खोजी, एउटा हैन, दुईटा हैन, हजार रोजी रोजी । होम प्रसाद नेउपाने धरान,सुनसरी । ३८) मुजा परिसक्यो छाला तिम्रो सेवा गर्दागर्दै, दिन गनी बसेकी छु अश्रु धारा छर्दाछर्दै l बाबुराम गौतम, गुल्मी ३९) देखासिकी गरेर सधैँ नै निहुँ खोज्ने नगर, आफ्नो गच्छे हेरेर सदैव ताक्ने गर्नु सगर । कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ४०) भयो अब जोरी नखोज अशुभको बाटो नरोज । प्रेम थापा “मन”बागलुङ ४१) खोजेको कुरा बल्ल अहिले पो पायौ, थाहा थियो मलाई तिमीले के चायौ ? पवन कुमार बुढाथेाकी काठमाडौँ ४२) जति जाेरी खाेज तिमी मैले छाेड्नेवाला छैन, अटुट बन्धन बाँधेको छु ताेड्नेवाला हैन । मित्र उराठी गाैतम तिलाेत्तमा-२ ४३) कारण होला निहुँको पनि भन कुनै सार, कता रै’छ ध्यान तिम्रो गर्दा यति राम्रो प्यार । सुरेशकुमार पाण्डे दाङ घोराही १८ ४४) मन मुटुमा सजाएर राख्छु भन्थी मोरी, पैसासँग पो भजाएर कुन्नी कता मोरी ? इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ ४५) कुरा सधैँ टेढाे टेढाे छ, काम केही छैन, घर सम्हाल्ने बुढीलाई माया गर्ने हैन । ताराप्रसाद चापागाईँ धुनिबेसी ४६) परिसक्यो मुहारमा मुजा गएन बानी निहुँ खोज्ने, गर्छौ झगडा घरमा हेर बाहिर अर्कै बुढा रोज्ने । राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । ४७) जता गयो त्यतै सुन्छु नराम्रो हल्ला चलेको, किन होला दैवले छोरीलाई मात्र छलेको ? सरस्वती श्रेष्ठ इटहरी
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १२६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
दसैँ पावन पर्व मनाऔँ है सगर्व !
वसन्त अनुभव [२] दसैँ सद्वभावकाे चाड नहाेस् कसैमा अफाप !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०७/०२गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५०[ पचासौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~ पञ्चाङ्ग:०१ मनुष्यको कला मान्नु पर्छ। मानिसले यस्तै जान्नु पर्छ। प्राकृतिक लाग्छ बनावट, कृत्रिम प्राकृति ठान्नु पर्छ। राम्रोलाई हामी छान्नु पर्छ। सुशीला पाैडेल
पञ्चाङ:०२
सुन्दर त्यो चित्र भित्र देखे ठाउँ कति राम्रो। वरि परि हरियाली बिच गाउँ कति राम्रो। स्वर्ग जस्तै देखे मैले जे देखियो त्यहीँ लेखे, जान्न मनभो केपो होला र नाउँ कति राम्रो। अब त्यहीँ मिली पक्कै धुम्न जाउँ कति राम्रो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ कृत्रिमताले जितेर आज प्रकृति नासिँदै गयो। देशको सांस्कृतिक इतिहास पनि मासिँदै गयो । कल्पनाकै संसारभित्र रमाएका छन् मान्छेहरू, नेपाल स्वर्ग झैँ बन्ने कुरो चित्रमा टाँसिदै गयोl त्यसै सुन्दर प्रकृति बनौटीपना गाँसिदै गयो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०४ सबै थोक आज कृतिम नै हुने भयो। यस्तै चित्रहरुले शिखर छुने भयो। काल्पनिक चित्रमा रमाउने बानीले, प्राकृतिक त मुखले मात्र गुने भयो। सबै चित्रहरू यसरी नै तुने भयो। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०५ गर्दछु कल्पना महलको पिपलको चित्र आज। भर्दैछु है सपना रंगिन समुन्द्रको भित्र आज। प्रविधिले यसरी परिवर्तित सौन्दर्य देखायो , कृतिम सौन्दर्यलाई सजिलै बनाए मित्र आज। क्षितिज तल नै हुन्छ संसार हेर्दा बिचित्र आज। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०६ आहा प्रकृति चित्र झल्कियो त्यहाँ। कति सुन्दर दृष्य छल्कियो त्यहाँ। प्राकृतिक हो या त कृत्रिम होला, ,प्रकृति द्वारा पक्कै सल्कियो त्यहाँ। पर्यटन पनि लौ पल्कियो त्यहाँ । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ धेरै औपचारिकताले भद्दा बनाउँछ प्रेम। भित्र जमिन बाझै छ बाहिर खनाउँछ प्रेम। खनेर प्राकृतिक सुन्दरता नै हराइसक्यो, बनावटी कुरैकुरा गरेर भनाउँछ प्रेम। खास जोडिएको छैन तै पनि मनाउँछ प्रेम।
पञ्चाङ्ग- ९ सिर्जनात्मक कलाले सीप विकास गराउँछ ढुकुटीमा धन र भकारीमा अन्न भराउँछ दृश्यावलोकनको वृद्धि र पर्यटक रोमाञ्च कर्मेन्द्रिय चाललाई सफलताले छराउँछ फल हात लाग्दछन् जोसुकैले मन पराउँछ
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४१औँ) शृङ्खलाका लागि लघुकथाकार नारायण कोइरालाको लघुकथा ‘बाख्री’, लघुकथाकार अम्बिका धितालको लघुकथा ‘किन ?’ र लघुकथाकार सोम कुमार सुब्बाको लघुकथा ‘पुरस्कार’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: बाख्री
नारायण कोइराला बाख्रीले दुःख मनाउँदै भनी- “अब छुट्टिने दिन आयो ।” बोको केही बोलेन । गाउँभरि बलि दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्यो । बोको र बाख्री खुसी भए ।
बोको र बाख्रीको खुसी केही समयमै टुट्यो । पर्वको बेला गाउँमा धेरै बोका काटिए । बाख्री टुलुटुलु हेरिरहेकी थिई । अचम्म ! विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए । बाख्री सोच्न बाध्य भई- “असली पशु मानिस कि जनावर ?” तानसेन पाल्पा
२) लघुकथा: किन ?
अम्बिका धिताल “मलाई त जसरी भए पनि किन्दिनै पर्छ ।” पल्लो कोठामा छोराले आमालाई भनेको कुराले शिवराम झस्किए । निकैबेर ठन्डा बनाएर केही उपाय लगाउन सकिन्छ कि भनी चिस्याएको दिमाग आफ्नो वशमा थिएन ।
फोनको घण्टी बज्यो । शिवरामलाई पटक्कै फोन उठाउन मन लागेन । दोहोरिएर फोनको घण्टी बजेपछि उसले यसो फोनमा नम्बर हेर्यो । नयाँ नम्बर रहेछ । आशाको नजरले हेर्दै उसले फोन उठायो । हेलो भन्न नपाउँदै उताबाट आवाज आयो- “किन शिवराम बिहानैदेखि फोन गरेको उठाइनस् ? खाएपछि बेलैमा तिर्नुपर्छ भन्ने थाहा छैन ?”
शिवरामले दोहोरो संवाद नगरी फोन राखे । बुढी आएर सोधिन्- “कसको फोन रहेछ ? कामका लागि फोन आएको हो ?”
शिवरामको बोली फुटेन । बुढी फेरि बोलिन्- “चारघण्टा मात्र काम पाए पनि यसो नुन तेलको जोहो त हुन्थ्यो । यसपालि के भएको होला ? अब सबैले आआफ्नो काम आफैँ गर्न थाले कि क्याहो ? यसपालिको हाम्रो दसैँ त……..।”
शिवराम मौन भई भित्तातिर फर्केर बसेका थिए । “के हो शिवे ? छ /छ महिना भइसक्यो, भाडा दिएको छैन। दसैँमा त देला भनेको, आज फूलपाती भइसक्यो, अत्तोपत्तो छैन । बेलुकासम्म नदिए अर्को मान्छे राख्छु।”
घरबेटीको चर्को आवाज सुनेर पल्लो कोठामा बसेको छोरो दौड्दै आएर भन्यो- “बाबा भन्नु त किन कोही मान्छे धनी र कोही मान्छे गरिब भएका ?” कमलविनायक भक्तपुर।
३) लघुकथा: पुरस्कार
सोम कुमार सुब्बा वृद्ध आश्रमको संस्थापक कमल सर आफ्नो कार्यालयमा व्यस्त थिए । तत्क्षणै प्रमोद आयो । “नमस्कार सर ।” “नमस्कार ! कति कामले पाल्नु भो ?” “बालाई लिन आएको ।” “किन ? के भो र ? हाम्रो संस्थाबाट कुनै चुक भयो कि ?” कमल सरले आत्तिँदै सोधे।
“त्यस्तो केही होइन सर ! बालाई घरमै लगेर स्याहारसुसार गरौँ भनेर नि !” “यो त ! अति उत्तम सोच हो ।” उनले कागजी प्रक्रिया पूरा गरेपश्चात् बालाई लिएर गए । केहीक्षणमा अर्को आए, फेरि अर्को आए । सबैले आआफ्नो बालाई लिएर गए । कोही जान नमानेकालाई पनि जबर्जस्ती लगे । अब संस्थामा तीनजना वृद्धहरू मात्र बाँकी थिए । बाआमाप्रति श्रद्धा पलाएको देखेर कमल सर खुसीले प्रफुल्लित हुँदै घर लागे ।
केही महिनापछि कमल सरलाई एउटा समारोहबाट निमन्त्रणा आयो । उनी त्यहाँ गए । उद्घोषकले घोषणा गरे- “बाआमालाई राम्ररी स्याहारसुसार गर्ने छोराछोरीलाई प्रोत्साहनस्वरुप ‘श्रवणकुमार पुरस्कार’ दिइने सरकारको घोषणा अनुरुप यो वर्षको पुरस्कार श्री कमल सरलाई प्रदान गरिन्छ।”
सभा चकमन्न भयो । सबैले मुखामुख गरे । अन्त्यमा एकजना उठेर आपत्ति जनाए- “कमल सरको त बाआमै छैनन् । कसरी ऊ यो पुरस्कारको हकदार भयो ?” “आफ्नै बाआमा नभए पनि उनले छोराछोरी नभएका सन्तानविहिन तीनजना वृद्धाहरूलाई निस्वार्थ भावनाले स्याहारसुसार गर्दैछन् ।” उद्घोषकले प्रष्ट पारे । गडगडाहट तालीले समारोह थर्कियो । लिङ्दोक, पूर्व सिक्किम।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६५ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०६/२९ गते भोलि बेलुका ०९ बजेसम्म दशैं विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। (विजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना,नव दुर्गा भवानीले सबैको कल्याण गरून्।) ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ शहर देखि गाउँसम्म खुसीयाली छाओस् यो दशैँमा। गरीब दुःखी सबैले खान लाउन पाओस् यो दशैँमा। हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म, रातोटीका, जमरा झैँ सुन्दर हुँदै जाओस् यो दशैँमा। हर्ष खुसीमा नवरथाको भजन गाओस् यो दशैंमा। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ कतै महल आकाश छुने कतै पाल किन ? कतै मस्त अघाएका कतै रित्तो थाल किन ? शब्दमा मात्रै सिमित भयो समताकाे नारा , बिर्सिएर वाचाहरु जताततै जाल किन ? आशाहरु निराशामा सधैँ सधैँ खाल किन ? भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३
कहाँ पाक्छ मासु कहाँ पाक्छ र मिठो सेल हजुर। बरु भित्र मन पाक्छ बाहिर आँसु भेल हुजुर। घरजग्गा जति सबै धितो छ साहुकै पाउमाथि, हर्ष न विस्मात कागलाई पाकेको बेल हजुर । गरिबलाई त दसैँ साढे सातको खेल हजुर ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०४ आफ्नै दाजुभाइ पनि बराबरी हुन्नन् यहाँ। दुख पर्दा यौटालाई अर्का त्यसै रून्नन् यहाॅ। यो दुनियाँ स्वार्थी रैछ आफ्नो भागमात्रै हेर्ने, अघिपछि मिले पनि दु:ख पर्दा छुन्नन् यहाॅ। ज्यान मैलो धोए पनि मैलो मन धुन्नन् यहाॅ। घनश्याम पौडेल,पोखरा
जुन चहक देखिन त रात हुनुपर्छ। खुशीहरु ओझेल पर्न घात हुनुपर्छ। दु:खसुख मनका बह खुलाएर पोख्न, बोलचालको भाषाभित्र बात हुनुपर्छ। लवज बुझ्ने मानिसकै जात हुनुपर्छ । त्रिलाेचन भण्डारी मेचीनगर, झापा
पञ्चाङ्ग:०७
महँगीले छानो छोयो दशैँ खल्लो होला जस्तो छ। जाऊँ चामल तरकारीको भाउ कता सस्तो छ। गुणस्तरीय सामान पाउन पनि गाह्रो हुने, एकलव्य कामले कहाँ सामान छान्नु कस्तो छ । महिने तलबभत्ताले आफैँ श्रृङ्गार घस्तो छ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०८ अक्षर-१६
गरिब भन्छन् ऋण खोज्नु पर्ने दशैँ आयो रे। जहिले पनि हाम्रै भाग्य हर्ने दशैँ आयो रे। किन बारम्बार आउँछ फर्किँदै रुवाउन, माग्न गयो उनै हो पर सर्ने दशैँ आयो रे । भगवान कहिले भाग्य भर्ने दशैँ आयो रे।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०९ आफ्नो औकात र स्थिति हेरि चल्न जान्नु पर्छ। संस्कार परम्परा नबिगारि नै मान्नु पर्छ। कस्ले भन्छ दशैँमा मार हान्नै पर्छ भनेर ? समाज भित्र जसरी’ नि इज्जत धान्नु पर्छ। आफ्नो घाँटी हेरि निल्न सक्ने हाड छान्नु पर्छ !
विवश पारदर्शी झापा,
पञ्चाङ्ग:१० मनलाई सन्तुष्ट पार्न सकु दशैँ मनाइ यहाँ। रमाउछौ हामी चाडमा आफ्ना भेला बनाइ यहाँ। बडा दशैंको सम्पूर्णमा हार्दिक शुभकामना छ , पाए स्वयंले पनि शुभकामनाको भनाई यहाँ। रहन्छ संस्कृति जीवित सद्धभाव खनाइ यहाँ । सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:११
दशैँको महक छाउँदैछ गाउँ घरमा। हर्ष र उल्लास आउँदैछ गाउँघरमा। महानचाडको महत्त्व ठूलो छ त्यसैले, परदेशीहरू धाउँदैछ गाउँघरमा। चोकमा नि पिङ लाउँदैछ गाउँघरमा। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:१२ महल देखि कुटी सम्म सबैको घरमा आओस् दसैँ। हासो र खुशी ल्याइकन सबैको घरमा गाओस् दसैँ। टीका होस् निधारमा जमरा होस् माथमा सबै-सबैको, गरिबले पनि एकछाक त मिठो खान पाओस् दसैँ। ऋणको भारी कसैलाई नबोकाइकन जाओस् दसैँ । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१३ दशैँ आयाे अब त गाउँ शहरमा राैनक छाएकाे छ। विदेश गएकाे नेपाली पनि धेरै बर्षमा आएकाे छ। लिंगे पिङ र राेटे पिङ खेल्नुकाे मजा छ बेग्लै यहाँ, साना ठुला सबैले त भनेसम्म खुशीयाली पाएकाे छ। वर्ष दिनकाे महान चाडमा दशैँकाे गीत गाएकाे छ।