• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०५ सम्पन्न

  • ७ फाल्गुन २०८०, सोमबार १९:३३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको पाँचौ शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    ……………………………

    १,
    फुलिरहेको फूल देखेर
    म तिमीलाई सम्झन्छु
    उज्यालो भविष्य कल्पेर ।
    २,
    जहाज देख्छु गगनमा
    दिनहुँ देश खाली
    भतभती आगो मनमा ।
    ३,
    कोकिलकण्ठ सापटी पाए
    खुसीको रास बढ्थ्यो
    रतेउलीले वर्तमान सजाए ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      इच्छा चाहना रोकेर
      खाडी छिरेँ बाध्यताले
      आँखामा सपना बोकेर !
      २,
      आमाको याद आउँछ ।
      जन्मभूमि त्यो गाउँघरको
      निकै मायाले सताउँछ
      ३,
      रातिमा सधैँ कल्पन्छु
      देख्छु वृद्ध बाआमा
      सन्ध्याको घाम सम्झन्छु ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      जतन गरेर राख्नू
      ओइलिएर झर्न सक्छ
      टप्प टिपी चाख्नू ।
      २,
      बिर्सेको यादले सतायो
      खरानी बनी डढेको
      आत्मकथा बनेर ततायो ।
      ३,
      हजारौँ हजार बाणले
      देश खोक्रो पार्नेको
      आन्द्रा कुहियोस् जाँडले ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      इच्छा चाहना थियो
      थिएन छाड्न मन
      पापीले खुसी लियो।
      २,
      कस्को पर्यो खेल?
      पापी ती आँखामा
      आएन आँसुको भेल।
      ३,
      मनै रहेछ ठुलो
      चित्त बुझाउन खोज्छु
      त्यतै पर्छ दुलो।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      …
      १,
      जीवनमा सपना बोकेर
      बाध्यताले खाडी लागे
      आँखामा आँसु रोकेर ।
      २,
      सुन्दर फूल पाएँ
      कत्ति खुसी हुन्थेँ
      जिन्दगीमा तिमी आए ।
      ३,
      गरिदेऊ मुटुमा बास
      आनन्दले रमाउने थिएँ
      हर्ष, उमङ्गले खास ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल -भारत)
      …
      १,
      लाहुरेको रहर पालेर
      गर्वसाथ छोडेको जन्मभूमि
      घरबारी धितो हालेर ।
      २,
      स्वाभिमानी हामी नेपाली
      आफैँलाई ढाँट्ने बहाना
      पराईको निम्ति गुलामी ।
      ३,
      इच्छाका अग्ला टाकुरा
      आफ्नालाई एक्लै पारेर
      बेचेको दह्रा पाखुरा ।
    • कमला पौडेल, भक्तपुर, चाँगुनारायण
      …
      १,
      बढ्यो भ्रष्टाचारको मात्रा
      स्वार्थमा लिप्त सरकार
      सायद विडम्बनाको जात्रा ।
      २,
      मनमा भएन शान्ति
      घटना मात्र सुनिन्छ,
      हरायो अधरको कान्ति ।
      ३,
      केवल सतहमा रुझी
      आरोप लगाउछ्न हजुर
      आन्तरिक कुरा नबुझी ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      बलवान्ले निर्धो हेप्ने
      पाइन्न न्याय यहाँ ,
      दमन कति खेप्ने ?
      २,
      जन्मिन थाले दानव
      निर्धाका पीडा बुझ्ने
      छ‌ैन कोही मानव।
      ३,
      पवित्र होस् माया
      प्रेमको नाटक गर्दै
      कहिल्यै नगर्नु दायाँबायाँ ।
    • राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर ।
      …
      १,
      दुखद स्वतन्त्रता दिवस
      फटाहालाई छ मोजमस्ती
      सोझा मर्न विवश ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      जग्गा जमिन बाँझा
      राख्नु हुन्न अब
      खेती गरौँ साझा ।
      २,
      खेती किसान गरे
      माड लाग्छ मुखमा
      भोको हुन्न भरे ।
      ३,
      गर्छु खेती किसान
      नपत्याए हेर यहाँ
      हातमा छ निसान ।
    • सरिता सेढाई, धादिङ
      …
      १,
      जिन्दगी कस्तो कस्तो ?
      पत्याउँदैनन् यहाँ कोही
      भयो सारै सस्तो ।
      २,
      तिमीले पनि छोड्यो
      कठिन त्यो बाटोमा
      उसले पनि छोड्यो ।
      ३,
      निर्णय आफ्नै हुनेछ
      सबैसँग छ सोधनी
      आकाशको जून छुनेछ ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      अन्तरात्मा देख्ने यन्त्र ,
      विश्वमा बन्न सकेन,
      बढ्यो धेरै मनपरीतन्त्र ।
      २,
      देखिने भए मन,
      उसको कर्तुत छर्लङ्ग
      देखिन्थे लुकाएको धन।
      ३,
      नियतै साफ नभएपछि
      कालोलाई गोरो पार्ने
      सत्य छोड्दै गएपछि।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      गाँठो पारेँ मन
      बोकेँ झोला अनि
      हिॅंडे कमाउन धन ।
      २,
      बिक्यो आफ्नै पाटो
      उठेन त्यसको ब्याज
      भत्कियो फर्किने बाटो।
      ३,
      पाउनसम्म धेरै पाएँ
      दुःख नै जीवनभरि
      तर चित्त बुझाएँ ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      यो हो कविता
      सुन्नु, गुन्नु तिमीले
      बुझेपछि हुनेछ रमिता ।
      २,
      टप्प टिपेर राख्नू
      बेला बेला सम्झदा
      जिब्रोले च्वाट्ट चाख्नू ।
      ३,
      नमानेर तिमी लाज
      आउनुस् मेरै मनमा
      लाजले पुग्दैन काज।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान
      …
      १,
      हिलोमा फुल्छ कमल
      जिन्दगी भन्नु तलाउ
      फुलेर हुन्छ सफल ।
      २,
      दु:खको गरेर सामना
      फलोस् फुलोस् जीवन
      सबैमा मेरो कामना ।
      ३,
      हाँसेर सधैँ पिरमा
      आर्तको यस्तै कहानी
      जिन्दगी हुन्छ भिरमा ।
    • आर्त अकुलीन
      …
      १,
      देशको हाल देखेर
      बिरक्तिन्छ मन नेपालीको
      पोख्छन् कविता लेखेर ।
      २,
      साधुको भेसमा आए
      देशलाई खोक्रो बनाई
      ढिकुटी सबै रित्याए ।
      ३,
      सुन्दर फूल फुलेको
      रङ्गीचङ्गी हेर त
      भॅंवरो किन डुलेको ?
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …
      १,
      सकिॅंदैन काम गर्न
      बुढेसकाल लागेर होला
      पानी पनि भर्न।
      २,
      खेतबारी बाँझै भए
      सन्तान जति सबै
      परदेशतिर नै गए।
      ३,
      पीडाको खात लागेको
      लाग्छ जिन्दगीले पनि
      मज्जाले लात हानेको ।
    • कला ढकाल, झापा दमक
      …
      १,
      देखेर पनि नहुने
      कस्तो रहेछ जिन्दगी
      कसैको हृदयले नछुने ।
      २,
      भित्री मन गलेछ
      चाहेको कुरा नपुग्दा
      आफू स्वयंलाई छलेछ ।
      ३,
      एक दुई तीन
      छौ किन दोधारमा
      सोचाइ मात्र एकैछिन ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      समय तानेर लाने
      जता लैजान्छ लुरुलुरु
      हामी उतै जाने।
      २,
      सबैले गरौँ हातेमालो
      स्वदेश समृद्ध बनाउने
      अब हाम्रो पालो।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      …
      १,
      तन्त्रको नाम फेर्ने
      पालैपालो सत्तामा मस्ति
      सर्वसाधारणले टुलुटुलु हेर्ने ।
      २,
      कुरा उनीहरूकै ठुला
      ढलिमली पाउने समर्थक
      जनताले पाए मुला ।
      ३,
      काम कुरा एकातिर
      बनाए तन्त्रहरूले देश
      अहिले लाग्छ खातिर ।
    • रामप्रसाद पुरी, बादेल ,खाेटाङ ।
      …
      १,
      ज्यान मेरो बिरामी
      ज्यादा के भन्नु
      तिमी रहेछौ हरामी ।
      २,
      मनभित्र नै पसेर
      भन केके गर्‍यो
      चिल्ला कुरा घसेर ।
      ३,
      चिप्ला कुरा बकेर
      लठ्ठ पार्‍यौ तिमीले
      मुटु माझ बसेर ।
    • प्रद्युम्न चालिसे
      …
      १,
      प्रकृतिको अनुपम उपहार
      कोइलीको कुहुकुहु आवाजसँगै
      आयो वसन्तको बहार ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …
      १,
      सकेर सकिन्न अरे
      काम त्याग्नु हुन्न
      फल पाउनु भरे ।
      २,
      सधैँ योग गरौँ
      व्यस्त जीवन पारेर
      अनि निरोगी रहौँ।
      ३,
      लेखेपछि आउँछ भाइ
      अनुहार देखाएर निस्के
      देखेपछि बोलाउँछ दाइ ।
    • नन्दलाल आचार्य, बेलाका, सिद्धार्थटोल, उदयपुर, कोशी ।
      …
      १,
      अदृश्य हतियार माया
      छिया छिया पारेर
      काट्यो मुटु दायाँबायाँ।
      २,
      विश्वासमा आगो लाग्यो
      डढेलोझैँ जताततै डढेर
      चैन जलाएर भाग्यो।
      ३,
      रुँदै मुख छोपी
      सम्झेर कति निष्ठुरीलाई
      बेकारमा नाम खोपी।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौ
      …
      १,
      पहिले पिरती बसाए
      चुपचाप रहे नेपथ्यमा
      अहिले दलदलमा फसाए ।
      २,
      पापी पेटको सवाल
      कतै गुन्द्रुक ढिँडो
      कतै व्यञ्जन बबाल ।
      ३,
      सुनौलो त्यो जवानी
      सम्हालेर राख प्रिया
      बन्ला तितो कहानी ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      समय सदुपयोग गर्दैन
      सुकर्मबिना त यहाँ
      सांसारिक दुःख टर्दैन ।
      २,
      सहनशीलता गुण असल
      आउॅंछ, जान्छ विपत्ति
      कर्मरत आखिरमा सफल ।
      ३,
      एक्कासी आत्तिनु पर्दैन
      हावा चल्दैमा रुखका
      सबै पात झर्दैन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कुरा गर्छ डोको
      इलम सुका छैन
      ठुलै रहेछ धोको ।
      २,
      जति तान्यो छोटो
      ठुटो हुँदा फ्याँक्ने
      बाँकी बस्यो भोटो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      सपनाभित्र हराउने देश
      कसरी भनूँ, रमाउनू
      छैन कुनै भेष ।
      २,
      बस्ने मन जहाँ
      आफ्नो माइतीलाई भेटेर
      रमाइलो छ त्यहाँ।
      ३,
      कान्छी मनको माया
      दुनियाँको रमझममा रहन्छ
      जून रहन्छ छायाँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      देशको अवस्था देखेर
      लौ ! उकुसमुकुस भएँ
      पिताश्रीको निर्णय सुनेर ।
      २,
      माया गर्नु किन ?
      म त जान्छु
      मिठाई चकलेट लिन।
      ३,
      भावना हत्या गरेर,
      माया गर्छु भन्दै
      हिॅंड्यो बिगुल फुकेर।
    • दीपा गुरुङ्ग (समभाव), काठमाडौ
      …
      १,
      घर छाड्नेलाई लाहुरे
      उ बेलाको माहोल
      अहिले भन्छन् चाउरे ।
      २,
      पहिला पहिलाको खबर
      धागोले बाँधेको चिठ्ठी
      आफ्ना नहून् बेखबर ।
      ३,
      जमाना अनुसारको चलन
      अहिले जस्तो थिएन
      सहरका मान्छेमा जलन ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाडौ
      …
      १,
      आस्थाको दीप बालिन्छ
      कतै पुजनीय मनहरू
      ढुङ्गा सम्झी फालिन्छ।
      २,
      बुझे फूलको थुङ्गा
      नबुझ्नेलाई आखिर जीवन
      बगरमा पन्छिएको ढुङ्गा।
      ३,
      परिश्रममा आफैँ जली
      धरती सिॅंचाइ पसिनाले
      कर्म लेख्छन् हली।
    • अनमोल चन्द्र “नेचाली” राई, लेबोङ, दार्जिलिङ
      …
      १,
      गाउँबेँसी हुँदै सहर
      पूरा भएन कहिल्यै
      यो मनको रहर।
      २,
      सहमतिमा हुन्छ काम
      अनि फसाउॅंछन् फेरि
      प्राय: नमिलेपछि दाम ।
      ३,
      मनमा छ डर
      नछोड है माया
      तिम्रै लाग्छ भर।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      जीवन अनौठो कलाले
      गीतभित्र छ विचित्र
      स्वर मिठो गलाले ।
      २,
      नजाऊ मित्र छोडेर
      सधैँ मन तड्पाएर
      जुटेको मुटु तोडेर ।
    • इन्दिरा देवकोटा, कपिलस्तु न पा ३
      …
      १,
      जिन्दगीको यात्रामा
      भन्नलाई पनि अफ्ठ्यारो
      परेँ म जात्रामा।
      २,
      बहकाउमा लागेर
      अफ्ठ्यारोमा पर्यो जिन्दगी
      मृगतृष्णा हो जागेर।
      ३,
      दोष नदिऔॅं कसैलाई
      खाडलमा आफैँ परिएला
      भन्न हुन्न सबैलाई।
    • सरस्वती श्रेष्ठ, इटहरी
      …
      १,
      शक्तिको कुरा किन
      नचाहेको मात्र मैले
      सक्थे जवाफ दिन।
      २,
      पदले ठुलो हुँदैन
      मन सङ्कुचित राखे
      चिप्ला कुराले छुॅंदैन।
      ३,
      राजनीति किन खेलेको
      मूर्ख छैन कोही
      सहन्न कसैले पेलेको।
    • दीपा तिम्सना पौडेल, ईलाम
      …
      १,
      हाइकु जापानले ल्यायो
      नेपाली माटोमा हेर
      झिल्का कविता आयो ।
      २,
      फुल्छ कोपिला फूलको
      यही माटोमा फक्रिन्छ
      झिल्का कविता साहित्यको ।
      ३,
      देशको माया गर्नेहरू
      परदेश जान्छन् कमाउन
      विचित्रका यहाँ मान्छेहरू ।
    • योगप्रसाद उपाध्याय चापागाईं, गोठाटार काठमाण्डौं
      …
      १,
      देश भिरको बाटोमा
      नेताहरूले गरेनन् सही
      हामी हुँदै घाटामा ।
      २,
      व्यवस्था थियो ठिक
      सुध्रिएन किन अवस्था
      राज्य प्रणाली बेठिक ।
      ३,
      काम नगरौँ हतारमा
      स्वदेशमै बस्न पाए
      नजाउँ कोही कतारमा ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      जाने गन्तव्य देखिँदैन,
      आजको दिन बितिसक्यो
      ठाउँ ठेगाना भेटिँदैन।
      २,
      दिल दुखेर जाओस्
      मायाको देउराली बस्ने
      सितलु छायाँ आओस्।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
      …
      १,
      मेरो हात समाऊ
      तिमीलाई नजर लाग्ला ,
      अरूले दिएको नखाऊ ।
      २,
      सुन्दर बनाऔॅं संसार
      हामी एक भई
      जोड्नु छ घरबार ।
      ३,
      सारा पीडा भुलाई
      बस्छु तिम्रो समीप,
      परदेशबाट फर्केर आई ।
    • सीमा कार्की समर्पण, पर्सा जिल्ला, ठोरी गाउँपालिका -४, मेलचोक
      …
      १,
      तिमी म बाँचौँ
      धरतीमा फूल जस्तै
      मिठो माया साँचौँ।
      २,
      जय ! श्री राम
      अयोध्यमा मन्दिर निर्माण
      राम जन्मभूमिको नाम ।
      ३,
      धर्म अन्धोपन नबन्नू
      सबै धर्मको सार
      नराम्रो कहिले नहुनू ।
    • दिल ठकुरी, टिस्टा भेल्ली, दार्जिलिङ
      …
      १,
      नबुनौँ धेरै जाल
      बनौँ हामी सदाचारी
      आफू आफैँ सम्हाल ।
      २,
      नाम दामी राख्नू
      नबनौँ कोही बदमासी
      तिमी हामी मिल्नू ।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा
      …
      १,
      आशाको दियो बालिन्छ
      उप्केको ठाउँ लिपेर
      भत्केको मन टालिन्छ।
      २,
      सपना, रहरहरू पालिन्छ
      विश्वास लर्खराए कतै
      उर्लेको उमङ्ग फालिन्छ।
      ३,
      मनमा मन चालिन्छ
      स्वार्थपनको निहुँ पाएँ
      नौलो परिपाटी थालिन्छ।
    • मोती सुब्बा, दार्जिलिङ, भारत
      …
      १,
      हाँसो यसरी रित्तिन्छ
      उपहारस्वरूप दिनेले जब
      केवल चोट दिन्छ ।
      २,
      सहनु मुटुले सह्यो
      तितामीठा ती पलहरू
      सम्झना बनेर रह्यो।
      ३,
      व्यर्थैमा रहर गरे
      बाँचिन्छ, बाँचिन्न साथी
      परदेशको चपेटामा परे।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल
      …
      १,
      मनमा माया राखेर
      छुटौँला सॅंगसगैँ भेटौँला
      रचना साथ राखेर
      २,
      जिन्दगी मेरो हरेको
      मान्छेको जातै आरिसे
      आसक्ति अल्छी जलेको
      ३,
      बजार अहिले बलेको
      मेला लगाएर वाणिज्यले
      स्यालको हुइयाँ चलेको
    • भगवती दवाडी, दमक, झापा
      …
      १,
      हरियो सल्लेरीको वन
      भुल्न खोज्दा तिमीलाई
      सम्झना आयो झन् ।
      २,
      तिमी कता गयौ
      अत्तोपत्तो कतै भएन
      जब निष्ठुरी भयौ ।
      ३,
      नदेख्दा कुनै पल
      मन दुख्छ मेरो
      नगर कुनै छल ।
    • उर्मिला के.शी., धनकुटा
      …
      १,
      पैसा कमाउने रहरमा
      भिडभित्र म हराएँ
      आफै अन्जान सहरमा ।
      २,
      बित्छ जिन्दगी आसमा
      आखिर मरेपछि त
      वस्त्र रहँदैन लासमा ।
      ३,
      सबै दाउमा बस्छन्
      पराईले होइन हजुर
      आफ्नैले आफ्नैलाई डस्छन् ।
    • भिम लिम्बू प्रयास, रिमबीक दार्जिलिङ
      …
      १,
      नयाँ उत्सव छायो
      फुलेर फूल ढकमक्क
      आहा वसन्त आयो।
      २,
      हिमाली हावाको सङ्गत
      उत्साह उमङ्ग मनमा
      खुसीले रमाउछन् जगत् ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
      …
      १,
      माया तिम्रो लागि
      खुसी भई हाँस
      देवीदेउता छन् सहभागी ।
      २,
      साथीको बिहेमा गएको
      होस उड्यो देखेर
      प्रेमी बेहुला भएको ।
      ३,
      जान्न म अन्त
      निम्तो जसको आओस्
      अबदेखि त जन्त ।
    • शशी आचार्य
      …
      १,
      माया लाग्छ काली
      पराई भयो भन्छौ,
      समय मिल्दैन खाली।
      २,
      चाहेर पनि अभाव
      निष्ठुरी समय सधैँभरि,
      अर्काको पर्‍यो दबाब।
      ३,
      रहरहरू धेरै थिए
      मनमै सिमित भयो,
      सपनालाई पठाई दिएँ ।
    • शंकर कार्की
      …
      १,
      आँसु झर्‍यो हेर
      खुसी हुँदा पनि
      चिन्ता छ जतिखेर ।
      २,
      मायाको परिभाषा कति
      गर्छौ धरामा सबैलाई
      नबिगार्नुस् है मति ।
      ३,
      कर्मको अधिकार हुन्छ
      मनुष्य जातिलाई यहाँ
      फलको आशामा रुन्छ ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला
      …
      १,
      काम गर्नु रोज
      बेला बेला आउँछ
      दामको त खोज ।
      २,
      आमाबुबा हुन् भगवान्
      आमाबुबाबाट जन्म लिए ,
      छोराछोरी ईश्वरका वरदान ।
      ३,
      उपहारमा गुलाफको फूल
      कसैलाई पनि नहोस् ,
      मायाजालमा त भुल ।
    • श्री कृष्ण धामी, बझाङ
      …
      १,
      कहिलेकाहीँ अलमल पर्छु
      चढ्दाचढ्दै जीवनको उकालो
      समतल भूभागमा झर्छु ।
      २,
      झर्ने चढ्ने क्रम
      मानवको चलिरहन्छ यहाँ,
      जीवन एक श्रम ।
      ३,
      जीवन अनेक कला
      नाटक रूपी रङ्गमञ्च
      चल्न सकेमा भला ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      बदलियो भाषा भेष
      विदेश पलायन युवा
      नेताले खाए देश ।
      २,
      चसक्क मुटु चस्कन्छ
      मातृभूमिको त्यो मायाले
      आँखामा आँसु पस्कन्छ ।
      ३,
      परिवारको सपना लिएर
      विदेशी भूमि प्यारो
      रगत पसिना दिएर।
    • कोपिला अधिकारी, गोरखा ,सिरानचोक
      …
      १,
      राष्ट्रियता मैलियो आज
      धोई पखालेर उजिल्याऔॅं
      झिल्का साहित्य समाज।
      २,
      बदनाम गरे नाममा
      मान प्रतिष्ठा गुमाए
      देश लुट्ने काममा।
      ३,
      मौका पनि हेरियो
      स्वार्थ पूरा गराउदै
      धोको सबै फेरियो ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      किन बन्छौ चुलबुल?
      स्वचालित हुन्छ माया,
      चाहिॅंदैन चलाउन रुल l
      २,
      जानु पर्दैन स्कूल
      छोयो भने अन्तर्मनले
      हेरिन्न कुल अकुल l
      ३,
      स्वरूपमा आँखा चर्छ
      नजरको बाटो हुँदै
      हृदयमा बास गर्छ l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      कसले लाइदिने बुजो ?
      नेता सबै उस्तै
      राष्ट्र भइसक्यो कुँजो ।
      २,
      मुखसिद्धि चाहिने रे
      प्रवृत्ति नै हाकिमको
      नहुने रे मसलाले।
      ३,
      भन्छ्यौ तिमी पियारो
      पूरा हुन्छ स्वार्थ
      रङ्ग फेर्ने छेपारो ।
    • नेत्र घिमिरे, सूर्यविनायक भक्तपुर ।
      …
      १,
      फूलाऔँ गोडमेल गरेर
      जीवनलाई उपहार सम्झौँ
      खुसी उमङ्गले भरेर।
      २,
      जीवन अमूल्य धन
      कठिन छ यात्रा
      बरालिन्छ घरी मन।
    • तेजप्रसाद खनाल
      …
      १,
      जसको आवाज सुनेर
      दिनै उज्यालो हुन्थ्यो
      मायाप्रीति मिठो बुनेर ।
      २,
      समयसँग चल्नु पर्छ
      नचल्दाखेरि त यहाँ
      मानसम्मान आफैँ झर्छ ।
      ३,
      पिरोले राखेर मनमा
      अगाडि नबढे हुन्छ
      आशक्त हुँदै धनमा !
      -अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      सक्नुपर्छ समयसँगै घुम्न
      चपाएर हजारौँ हारहरू
      विजयको मन्जिल चुम्न ।
      २,
      जिन्दगी जाओस् गलेर
      दिनुपर्छ समाजलाई उज्यालो
      मैनबत्ती जस्तै जलेर ।
      ३,
      जति हुन्छौँ टाढा
      जिन्दगीमा यो एकबारको
      माया हुन्छ गाढा ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ….
      १,
      बगैँचामा ढकमक फूल
      भ्रमरले चुम्दै हेर्‍यो
      उ गर्दैन भुल ।
      २,
      अख्तियार बोल्दैन, लाग्छ
      छैन खानपिन केही
      सत्यतथ्यमा सरकार जाग्छ ?
      ३,
      मलाई छैन मन
      तातो खान खाडीको
      नभए पनि धन ।
    • बेदु न्यौपाने
      …
      १,
      अन्यायमा हुँदैन पार्नु
      पुछ्न एउटाको आँसु
      सयौँलाई किन मार्नु ?
      २,
      पैसा धेरै कमायौ
      इज्जत इमान सकियो
      सर्वनाशको बाटो समायौ ।
      ३,
      देश रोएको देखेर
      मन त्यसै बरालिन्छ
      सकिँदैन वेदना लेखेर ।
    • ऋजु दिल्पाली, ईटहरी – १, हलगडा
      …
      १,
      चोखो माया भुलेर
      अरूले के भन्छन्
      नहिँड यसरी डुलेर।
      २,
      सोच आफ्नै ठानी
      तब मन जितिन्छ
      भएर आफैँमा ज्ञानी।
      ३,
      हुन्छ उसैको जित
      जसले भलो चिताइ
      गर्छ सबैको हित ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा -६ सङ्खुवासभा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०५ सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२२

  • ६ फाल्गुन २०८०, आईतवार १७:३५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासमा राखिएको प्रतिनिधि टुक्का

    बुझेर नि ! नसक्नु छ कलियुगको खेल
    मिलेसम्म त मोजमस्ती कुरा बिग्रे जेल ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारका टुक्काहरू-

    [१]
    कतिबेला के हुने हो ? छैन कुनै टुङ्गो
    फसाउने पो हुन् कि बनाउने हुन् बुङ्गो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    विकृति र विसङ्गति फैलिँदैछ अति
    स्वार्थमा नै लिप्त भए साथीहरू कति ?
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    गाह्रो होला कि तिर्खा खप्न टाढा पर्ला खोला
    थुक्ने ठाउँ नि चुन्नुपर्छ, सम्झी राख्नुहोला ।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा – १० मोरङ
    [४]
    मौका परे ठूला माछा हातभरि पर्छन्
    कुरो नमिले भित्रको दुलामा सर्छन् ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।
    [५]
    कुरा नै नबुझी गन्जागोलमा पस्छन्
    सानो कुरा नमिलेपछि आफैँ फस्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [६]
    कुरा मिले सबथोक हुन्छ, नमिले लगाउँछन् आरोप यहाँ
    बाँच्नलाई गाह्रो भो सरकार, हामी युवालाई हरेक जहाँ ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [७]
    ठुला माछा देखाएर खेल्छन् धेरै खेल
    कुराकानी नमिलेमा आफैँ पर्छन् जेल ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    [८]
    मिलेसम्म ग्वाम्मै खान्छु कसैलाई दिन्नँ भाग
    हेर्दै जाऊ देशलाई कति सम्म पार्छु खाग ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]
    जम्मा गर्न खोज्छन् पैसाका ठुलठुला धोक्रा,
    बाहिर बोक्रा देखिए नि भित्रभित्रै खोक्रा ।
    ✍️ डम्बर थामी ‘अनुपम
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१०]
    मोजमस्ती चल्छ, प्रेमको सहमतिहरू चल्दाखेरि
    थोरै चित्त बुझेन भने बलत्कारको आरोप फेरि ।
    ✍️ शंकर कार्की
    [११]
    यहाँ पैसासँग जीवनकाल आकर्षित देखाउने
    खेलले फेल खाएपछि सम्पूर्ण कहानी लेखाउने ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१२]
    चिल्ला कुरा घस्दैँ लगाउँछन् मायामा करकाप
    आराेप लागिसकेपछि हुन्छ जीवन धराप ।
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ” ।
    [१३]
    मन मिले तयार मान्न भगवान पनि
    नमिलेमा फसाइदिन्छन् यो दोषी छ भनी ।
    ✍️ सरिता सेढाइ धादिङ
    [१४]
    खेल खेल्न माहिर छन् , बुढा नेताहरू
    आफू साँढे हुन राख्छन् आसेपासे बरु ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [१५]
    सहमतिमा प्रेम प्रेमिका गर्छन् माेजमस्ती ठाउँ फेरि फेरि
    साेचे जस्तो नभए बलत्कारकाे आराेप लाउँछन् मौका हेरि ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [१६]
    मोजमस्ती गरी सारा, गल्ली गल्ली चोकमा
    जिन्दगी नै बर्बाद, एकछिनको झोकमा ।
    ✍️ चन्द्रकली राना मगर
    नौबहिनी ३ , प्युठान
    [१७]
    मन मिलेसम्म हिँड्छन् हाँसो मिसाएर
    काम बिग्रिएपछि के गर्नु रिसाएर ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१८]
    मनमा पिर बोकेर सारा मानिस गएका
    मातेर आज कलिका मान्छे के साह्रै भएका ।
    ✍️ आर्त अकुलीन
    [१९]
    खुसी हुने मन मिलेको बेलामा भगवान् भन्ने
    चित्त नबुझ्दा आरोप प्रत्यारोपण खाल्डो खन्ने ।
    ✍️ भगवती दवाडी ,दमक, झापा
    [२०]
    चाहियो आजभोलि मुखमा रामराजा बगलिमा खाजा
    छुस्स केही मनको नपुगेमा हेर बजाइदिन्छन् बाजा ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [२१]
    भागबन्डा मिलुन्जेल पिरती नै यहाँ बसाउँछन् ,
    नमिलेमा बखेडा झिकी दलदलमा फसाउँछन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२२]
    मोजमस्ती गर्नलाई होटलतिर जान्छन्
    अदालतमा मुद्दा परे नाबालिग मान्छन्।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२३]
    पैसा उडाई कति खेल्छौ जालझेलको खेल,
    पापको घडा जब फुट्छ अनि जाउला जेल ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [२४]
    मौकामा चौका हान्न आफैँ अघि सर्छन्
    मस्ती ल्याएपछि लोभको झोली भर्छन् ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२५]
    सबैँ कुरा बिग्रेकाे नीतिशास्त्रकाे भएकाे अभाव
    खुलेर आयाे हेर त जताततै विदेशी प्रभाव ।
    ✍️ प्रद्युम्न चालिसे
    [२६]
    पहिले लुकीछिपी अङ्गालो बेर्दै मस्त धोको फेर्छन् चोर
    कुरो बिग्रेपछि छेर्दै लाज पचाउन लगाउँछन् जोर ।
    ✍️ विवश पारदर्शी
    झापा,
    [२७]
    भाग्य तिम्रो त्यस्तै रहेछ पिरतीमा लाग्दा
    समाई हाल्छ कानूनले जहाँ जता भाग्दा।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [२८]
    टाठाबाठा एकै ठाउँमा छन् अनेकथरि खेल खेल्छन्
    अरूलाई केटाकेटी सम्झेर सधैँभरि यहाँ पेल्छन् ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [२९]
    सम्झौतानुसार, बाेलेकाे खै कसैले पनि पूरा गरेका छैनन् काम
    नगर्नेकाे हुँदैन दाेष, ऊ ‘नकचराे’ अगुवाहरूकै जान्छ नाम ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३०]
    थाहा छैन यहाँ कस्ले कस्लाई फसायो
    धनले न्याय जित्ने परिपाटी बसायो ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [३१]
    खै कस्को पो विश्वास गर्नु र पलपलमै कुरा गर्छ फेरिने
    आफ्नो फाइदा हुँदासम्म मात्र राम्रो नत्र गलत नजर हेरिने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [३२]
    दियो बलिरहने, थप्नुपर्छ तेल
    खेलखेलमा पर्छ है, कहिले जेल ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ भारत।
    [३३]
    स्वार्थका कुरा छाडौँ
    दु:ख सबैको फाडौँ।
    ✍️ तेजप्रसाद खनाल
    [३४]
    सित्तैमा पाए अलकत्रा पनि खान्छन्
    खाने मात्रै हाेइन झाेला भरि लान्छन् ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    [३५]
    मोजमस्ती गरेकी छु पैसा टन्नै कमाउन
    बैँसको सदुपयोग गरेकी छु रमाउन ।
    समुद्र✍️✍️
    जल्जला७गण्डकी
    [३६]
    बुझेर पनि नबुझ्ने, खेल हुन्छ यहाँ,
    लज्जा पच्चाएको मान्छे बसेको छ जहाँ।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    [३७]
    नबुझेर मन बगाउँछन् आँसुका भेल,
    आमाको सेवा गर्नेहरू नै पर्दैछन् जेल।
    ✍️ दीपा गुरुङ्ग (समभाव )
    काठमाडौँ
    [३८]
    मन नमिल्दा आगो लाग्नु अनौठो हैन
    असन्तोषको डढेलो सल्काउनु छैन ।
    ✍️नन्दलाल आचार्य
    बेलका, सिद्धार्थटोल, उदयपुर, कोशी ।
    [३९]
    सहमती मै हुन्छ हजुर यहाँ सबै काम
    फसाउने त अनि हुन नमिलेपछि दाम ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    मन मिले भन्छन् मेरो मनको राजा
    मन नमिल्दा यहाँ बजाउँछन् बाजा ।
    ✍️ सरस्वती श्रेष्ठ इटहरी
    [४१]
    पैसा पाए बोली फेर्न लाउॅंदैनन् बेर
    युगलाई दोष दिई बोल्छन् जतिखेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [४२]
    तिमीलाई भेट्न भनेर यो गाउँमा धाउँदैछु ।
    आरोप लाउनेको अगाडि उभिन आउँदैछु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [४३]
    भाैतिक विलास मात्रै हैन हाम्राे जीन्दगी
    गराैँ लाेककाे कल्याण नहोस् है जगजगी ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक, बनेपा१४ साँगा
    [४४]
    माछो समात्दा हेर भ्यागुतो फस्यो
    चतुरे उम्क्यो धूर्त दु्लोमा पस्यो ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [४५]
    ठुलै भाग खोज्छन् सबैले कठिन रहेछ मिलाउन
    गोजी भरिएपछि फेरि भन्छन् सोम रस पिलाउन ।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    [४६]
    लाग्नुहुन्न लहैलहैमा जीवन जाला खेर,
    बस्नुपर्ला सदा कुनामा रोइकराई धेर ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [४७]
    अनौठो दुनियाँमा देखिन्छ अनेक चाला,
    राम्रो गर्दागर्दै फसाउँछन् भइन्छ हाला।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४८]
    स्वार्थ मिलेसम्म बन्छन् सबै महामानव
    लोभ डाह बढेपछि हुन्छ उहीँ दानव ।
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुवेसी,कलेस्ति, तनहुँ
    हाल नागार्जुन २ सुन्दरवस्ति,काठमान्डौ
    [४९]
    यहाँ राम्रो काम गर्दा भइहाल्छ जलन
    सोझालाई फसाउने चलेको छ चलन ।
    ✍️ हिमा आर सी
    मेहेलकना सुर्खेत
    [५०]
    धेरै उम्लियो भने पोखिन्छ भन्छन्
    हिजोआज सम्बन्ध पैसामा गन्छन् ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५१]
    मनको जेल के साह्रो
    अझ दिल झनै गाह्रो।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [५२]
    चन्द्र दाहिने रहुन्जेल कति खान्छौ खाऊ
    ग्रहदशा बिग्रिएपछि मामा घर जाऊ ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [५३]
    कार्यान्वयन हैन नारा गर्ने रहेछन् चर्को
    सुन्दा बहस यी नेतृत्वको लाग्न थाल्यो झर्काे ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    कहिल्यै नसकिने त्यही जुँगाको खेल
    कतिसम्म सकेका हुन् गर्न जालझेल ।
    ✍️ गम्भीर दुवाडी
    गजुरी-५,धादिङ्ग
    [५५]
    सबै कुरा बुझेकै छन्, विद्वान हुँ भन्नेले
    उल्टो बाटो हिँडाइ दिन्छन् खाडल खन्नेले ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [५६]
    लेख्नु थियो सुनौलो अक्षरमा नाम तर लेखेनँ
    मस्त थिएँ म जवानीको जोसमा आँखा नै देखेनँ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [५७]
    समय पनि कस्तो आयो बुझ्नु जताततै डर
    आफ्नै सम्झेर नै मन खोल्यो हुन्न कसैको भर।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [५८]
    नबुझ्या झैँ गर्छन् घाटामा कोही बुझ पचाएर,
    दुनियाँ सामु कोकोहोलो गर्छन् स्वर मचाएर ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५९]
    हाम्रो जीवन रहेछ एउटा खेल
    सलल बगेर जाने साउने भेल ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविताLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२२

    साताका तीन लघुकथा- ५०

  • ६ फाल्गुन २०८०, आईतवार ११:२१ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (५०औँ) शृङ्खलाका लागि लघुकथाकार अमर त्यागीको लघुकथा ‘वृद्धालय’, लघुकथाकार रुद्र अधिकारीको लघुकथा ‘विषमता’ र लघुकथाकार धनसिंह बिश्वको लघुकथा ‘सङ्गत’ उत्कृष्ट तीनभित्र परेका छन् ।


    १) लघुकथा: वृद्धालय

    ✍️ अमर त्यागी
    मेरो जन्म हुनुपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको थियो । त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो र त्यही अशिक्षाद्रोहको आरोप लगाएर देशले मलाई पनि घरबाट निकालिदियो ।

    घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा घोर युद्धको प्रारम्भ गरेँ र जवानीकालसम्म लडिरहेँ । अन्त्यमा अशिक्षा मसँग पराजित भयो ।

    अशिक्षा पराजित भएपछि देशले फेरि बेरोजगारी नियुक्त गऱ्यो । बेरोजगारीसँग पनि कठोर सङ्घर्ष थालेपछि बेरोजगारीद्रोहको आरोप लगाएर मलाई मेरै देशले देशनिकाला गरिदियो ।

    त्यही बेरोजगारीद्रोहको अभियोगमा हरेक दिन हजारौँ युवाहरू देशनिकाला भइरहेका छन् र देश वृद्धालय बनिरहेको छ । अनि यो वृद्धालय विदेशीले चलाइरहेका छन् ।

    २) लघुकथाः विषमता

    ✍️ रुद्र अधिकारी
    “माँ ! भुइँतला कसलाई भाडामा दिनु भएको छ ?” विदेशबाट आएको छोरोले जिज्ञासा राख्यो ।

    “कार्कीका ‘मिजन्तो मिसा’, सारै ‘बाँला’ छन् ।” आमाले जवाफ दिइन् ।

    आमाले सारै राम्रा श्रीमान् श्रीमती बस्छन् भन्नुभएकोले एकछिन कुराकानी गर्न छोरो भुइँतलामा गयो । संयोगवश उसले आफ्नो कलेज पढ्दाको साथीलाई देख्यो । दुवैले हात मिलाए र अङ्गालो मारे । साथीले उसलाई श्रीमतीसँग पनि परिचय गरायो ।

    साथीकी श्रीमतीले अचम्मित भावमा “हजुर यहाँ के कति कामले पाल्नुभयो त ?” भनेर सोधिन् र चिया पकाउन थालिन् ।

    उसले हाँस्दै भन्यो- “यो मेरो घर हो । हामी विदेशमा बस्छौँ । माँ र बालाई पनि विदेश लान खोजेको, जान नै मान्नु हुँदैन ।”

    जवाफ सुनेपछि साथीकी श्रीमतीले ग्यास बन्द गरिन् र फुत्त बाहिर निस्किइन् । उसले के भयो भन्ने मेसो पाएन ।

    साथीले गम्भिर मुद्रामा हात जोड्दै भन्यो- “हामीलाई माफ गरिदेऊ । दलित भएको कारणले काठमाण्डौमा डेरा पाइएन । थरमा भएको कार्की डोलीको डोली लुकाएपछि बल्ल डेरा पाइयो । बिडम्बना ! आफ्नै साथीको घर परेछ । हामीबाट तिम्रा बाआमा माथि ठुलो पाप र अन्याय हुन गयो । अब कसरी मुख देखाउनुँ ?”

    उसले जवाफमा भन्यो- “भाउजूलाई बोलाऊ; चियामा दुध र चिया रङ्ग थपेर ग्यास पुन: बाल्न लगाऊ । माँ र बालाई लिएर म चिया पिउन आउँछु ।”
    ईटहरी-१९, सुनसरी (हालः लन्डन)

    ३) लघुकथा: सङ्गत

    ✍️ धनसिंह बिश्व
    बाटोमा मौरी र झिँगोबिच घनिष्ठ मित्रता भयो । मौरीले साथी झिँगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तिँकै झिँगोले रिसाउँदै भन्छ- “मलाई त निसास्सिएझैँ भयो नि । उफ ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिङ्गटा लाग्यो । बान्ता आउनै आँट्यो। अब म बस्न सक्दिनँ, साथी । म बाहिर जान्छु, साथी ! तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ ।” झिँगो रिसाउँदै र लर्बरिँदै मौरीको घारबाट बहिर निस्कियो ।

    मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो- “पर्ख न साथी ! केही त खाएर जाऊ । मेरो घरमा आएर केही भएन ।”
    “के छ र खानूँ ? म गएँ ।” झिँगो रिसाउँदै हिँड्यो ।
    केही समयपछि फेरि भेट भयो । झिँगोले खातिरदार गर्दै भन्यो- “ओहो मित्र ! आज मेरो घर जाऊँ । अतिथि सत्कार कसरी गरिन्छ ? म सिकाउँछु ।”
    झिँगो साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको, गनाउने सिनो माथि पुर्‍यायो । मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो ।
    गेजिङ प० सिक्किम।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५०

    नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

  • ५ फाल्गुन २०८०, शनिबार २०:२७ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! अगामी १९ फेब्रुअरी २०२४ सोमबार का दिन देखि साउदी अरेबियाको किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप खेल्न  शनिबार बिहान जेद्दा  आइपुगेको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई  नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसि जेद्दाले जेद्दा एयरपोर्टमा भब्य स्वागत गरेको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन बिहान जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली  राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायत सरहरुले खादा ओढाइ स्वागत गरिएको कुरा एनआरएनए साउदीका युवा संयोजक बिष्णु रावलले जानकारी गराए ।

    खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए मा  लेबनान र गुआम  तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४३ सम्पन्न

  • ५ फाल्गुन २०८०, शनिबार १९:०५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर:

    उदक अभ्यास शृङ्खला- १४३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    अक्कर
    धतापमा जिन्दगी
    हेर्दैमा लाग्ने चक्कर !

    • वसन्त अनुभव
      [२]
      चुनौती
      अप्ठ्यारो बाटो
      जीवन मृत्यु द‍ोसाँध
    • जमुना कायस्थ, पोखरा
      [३]
      जिन्दगी
      सङ्घर्षको बाटो
      बाँचुन्जेल यात्रा चलिरहने !
    • पशपती राई, खोटाङ
      [४]
      भिरमा
      जिन्दगी बिताउने
      सार्‍है नै पिरमा !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [५]
      फसिँने
      नबिचारी हिँड्दा
      कहालिने गहिराइ अगाडि !
    • रचना शर्मा प्रतीक्षा, ललितपुर
      [६]
      बाँच्नु
      सङ्घर्षको बाटो
      जिन्दगी अक्करको पाटो !
    • बेदु न्यौपाने
      [७]
      आयुष्य
      स्थानै दुश्मन
      निश्चलले पातमाथि जिन्दगी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [८]
      शिखर
      कठिन परिस्थिति
      साहस सामर्थ्यकाे प्रमिति !
    • ताराप्रसाद चापागाईँ
      नधुनिबेसी
      [९]
      पहाड
      जाेखिमपूर्ण यात्रा
      जिन्दगी छ धरापमा !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारतबाट
      [१०]
      जीवन
      पर्‍यो दोसाँधमा
      मर्नु न बाँच्नु !
    • रमा पन्त, पाल्पा
      [११]
      यात्रा
      भिरकाे बाटोमा
      जिन्दगी बिचलित अवस्थामा !
    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [१२]
      पेट
      भर्ने आस
      नरहन सक्छ सास !
    • सरिता सेढाई, धादिङ
      [१३]
      अप्ठ्यारो
      भिरको बाटो
      फर्किदा गयो सातो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा
      [१४]
      जीवन
      जोखिमपूर्ण यात्रा
      बढ्यो सङ्घर्षको मात्रा
    • पृथक प्रकृति, ,झापा
      [१५]
      बाटाहरू
      छन् थरीथरीका
      जिउने आफ्नै तरिका !
    • नागेन्द्रप्रसाद यादव
      [१६]
      विधाता
      भाग्य लेखन
      नसकिने गर्न लेपन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१७]
      सङ्कट
      चारैतिर उस्तै
      समस्यै समस्याको थुप्रो !
    • घनश्याम पौडेल, पोखरा
      [१९]
      जाल
      निर्दोषलाई छोप्ला
      झुक्याएर निर्मोही कालले !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [२०]
      भिर
      नाघौँ कसरी
      भन्ने छ पिर !
    • राजकुमार कार्की
      [२१]
      जिन्दगी
      कठिन वर्तमान
      चिन्ता अनिश्चित भविष्यको !
    • प्रभादेवी पौडेल
      चितवन
      [२२]
      पिरलो
      भिरको बाटो
      उकालो कहिले ओरालो !
    • आर्त अकुलीन
      [२३]
      जिन्दगी
      सबैको एकैनास
      दुःख र त्रास !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [२४]
      भिर
      बाटो जटिल
      हिँड्नुपर्छ सदा गम्भीर !
    • भगवती दवाडी, दमक, झापा
      [२५]
      अक्कर
      चाँदे पहर
      बस्नुपर्ने सधैँको कहर !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [२६]
      भिर
      लाग्छ मलाई
      जिन्दगीको अति पिर !
    • कला ढकाल, झापा
      [२७]
      साहस
      सफलताको सार
      सङ्घर्षमय जीवनको गोरेटो !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२८]
      उचाइ
      साँघुरो बाटो
      सङ्घर्षमय जीवनको पाटो !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२९]
      भिर
      कठिन यात्रा
      लाग्छ धेरै पिर !
    • धनमाया चौधरी, कैलाली
      [३०]
      सङ्घर्ष
      जिन्दगीको गोरेटो
      असहजको त्रासमा मात्र !
      प्रेम थापा “मन”, बागलुङ
      [३१]
      यात्रा
      कहालिलाग्दो भिर
      गन्तव्यमा पुग्न मुस्किल !
    • श्रद्धा आचार्य, पोखरा
      [३३]
      जिन्दगी
      घुमाउने कसरी
      नजान्दा फसिन्छ यसरी !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३४]
      अक्कर
      अभागी खप्पर
      लाग्दो होला चक्कर !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३५]
      जीवनपथ
      जोखिम सत्य
      चल्नु मेरो कर्तव्य
    • मधुसूदन, रोल्पा
      [३५]
      जिन्दगी
      चुनौतिको जात्रा
      विवेकहीन कुबेलाको यात्रा !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३७]
      अनायास
      यात्रामा अवरोध
      सफलता गरेमा प्रयास !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      सत्य
      सुन्दर जीवन
      बाँच्न पहरामा बास !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा -९, कैलाली
      [३९]
      भिर
      अक्करको बाटो
      हिँड्नु राखेर थिर !
    • विवश पारदर्शी, झापा
      [४०]
      कहालीलाग्दो
      अप्ठ्यारो बाटो
      प्रतिविम्ब अहिलेका नेपालीको !
    • दुर्गा अधिकारी भमरकोटे
      [४१]
      सोच्दै
      चढे उकालो
      झर्नुपर्ने फेरि ओरालो !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४२]
      चुनौती
      जटिल परिस्थिति
      नियति कहालीलाग्दो जीवनको !
    • तेजप्रसाद खनाल, दाङ
      [४३]
      सङ्घर्षपूर्ण
      जिन्दगीको यात्रा
      नजाने बढ्दछ खतरा !
    • सुरेश न्यौपाने
      [४४]
      जीवन
      कठिन चुनाैती
      प्रयास सफलताकाे सिँढी !
    • टीकाराम जाेशी, टीकापुर
      [४५]
      जीवन
      बाँच्नै कठिन
      साेचभन्दा पनि पर !
    • राेशन पराजुली, धरान
      [४६]
      चारो
      नखोज भिरमा
      तात्यो मेरो पारो !
    • नन्दलाल आचार्य
      बेलाका, सिद्धार्थटोल, उदयपुर
      [४७]
      यात्रा
      कठिन मोडमा
      पर्‍यो जीवन दोधारमा !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [४८]
      उकालो
      जिन्दगीको यात्रा
      थपिँदै जाेखिमकाे मात्रा !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४९]
      चुनौती
      अपूरो बाटो
      सङ्घर्षशील जीवन काटो !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [५०]
      खतरा
      बाँच्ने चाहाना
      भोक भोकै मृत्यु !
    • धड्कन
      [५१]
      हरिण
      भिरको चिण्डो
      उधाे न उभाे !
    • दीपा गुरुङ्ग, काठमाडौँ
      [५२]
      यात्रा
      गन्तव्य नबुझ्दा
      हुन सक्छ खतरा !
    • दीपा तिम्सिना पौडेल, ईलाम
      [५३]
      हिम्मत
      नहार्नु कसैले
      गन्तव्यमा अवश्य पुगिने !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [५४]
      बाध्यता
      भाेकाे पेट
      जाेखिमसँग सधैँ भेट !
    • नवराज भट्ट, कञ्चनपुर
      [५५]
      धराप
      सतीको सराप
      जता हेर्‍यो मृत्यु !
    • लक्ष्मी स्मृति
      [५६]
      अचम्म !
      पुग्यो कसरी ?
      उम्किन्छ दरिलो मुटु ।
    • ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ
      [५७]
      चुनौती
      जीवन जिउन
      गर्नेैपर्ने अप्ठयारो सास्ती !
    • सरस्वती वली
      [५८]
      दु:खद
      गन्तव्य कहालिलाग्दो
      अन्योल वर्तमान परिस्थिति !
      कमला देवकोटा, पाल्पा
      [५९]
      बाटो
      भिर पखेरो
      धरापमा जिन्दगी मेरो !
    • बि के विरही
      टीकापुर, कैलाली
      [६०]
      सङ्कट
      कहाली लाग्दाे
      अलपत्र परेकाे अवस्था !
    • सुरेश चन्द्र घिमिरे
      कपन, काठमाडौँ
      [६१]
      प्रकृति
      बाँच्ने आधार
      अप्ठेरोमा दिन्छ सम्भार !
    • अमृत सुवेदी
      रूपा सात, कास्की
      [६२]
      गन्तव्य
      नहिँडेकाे बाटो
      यात्रापूर्वकाे साेचनिय पाटाे ।
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [६३]
      जिन्दगी
      भिरको बाटो
      देखिन्थ्यो हरियो बुटो !
    • मङ्गला उपाध्याय
      [६४]
      भिर
      सङ्कटपूर्ण बाटो
      अथाह जीवनको पिर !
    • कविता आचार्य, कैलाली
      [६५]
      चित्र
      जिन्दगीको यात्रा
      वरिपरि अति विचित्र !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [६६]
      जीवन
      सङ्घर्ष चुनौती
      आक्रमक कठै दुश्मन !
    • शारदा गौतम आचार्य, ललितपुर
      [६७]
      धराप
      ज्यान जोखिममा
      बाँच्ने आधार नदेखिने !
      -:धर्मी शाक्य, बुटबल, रुपन्देही
      [६८]
      भिरघोरल
      प्रकृतिप्रदत्त आवास
      विकट बाँच्न सुरक्षित !
    • कण्ठराज गिरी, टीकापुर, कैलाली
      [६९]
      जिन्दगी
      पहराको बाटो
      अगाडि न पछाडि !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [७०]
      जीवन
      कठिनाई भोग्दै
      जोखिमपूर्ण यात्रा गर्दै !
    • समुन्द्रा शर्मा, सुनसरी
      [७१]
      जीवन
      मर्न बाँच्न
      बिचमा दोधार बनेको !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [७२]
      हिँड्दै
      अक्कर पुगिन्छ
      खाना पनि खोजिन्छ !
    • पं ज्यो. तोयनाथ सुवेदी
      हेटौंडा -८, कमाने
      [७३]
      भाग्य
      आफ्नै हात
      दुर्भाग्य या सौभाग्य !
    • म्यामराज राई, भोजपुर
      [७४]
      यात्रा
      अप्ठ्यारो बाटाे
      जीवन एक जात्रा !
    • उर्मिला के.सी., धनकुटा
      [७५]
      जीवन
      कठिन यात्रा
      अनेक अप्ठ्यारा बाटाहरू !
    • दुर्गा आचार्य, मोरङ
      [७६]
      यात्रा
      अन्यौलको गन्तव्य
      मौन छैन मन्तव्य !
    • सविता के.सी.
      [७७]
      पहरा
      धरापमा जिन्दगी
      बाँच्नुपर्ने अनेक बाध्यता !
    • रघु थापा, सु.न.पा.१
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, साप्ताहिक तस्बिरमा उदक लेखनLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४३ सम्पन्न

    झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

  • ५ फाल्गुन २०८०, शनिबार ०७:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको प्रथम शृङ्खला गत फागुन २ गते सम्पन्न भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    झिल्का कविता लेखन अभियानमा अन्य अभ्यास शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली भाषा, संस्कृतिका विभिन्न विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको प्रथम शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    १)
    ज्ञानगुनका कुरा पढेर
    अन्धकार चिर्न सकूँ
    शिक्षाको ज्योति छरेर !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    २)
    सरस्वती विद्याकी दाता
    आज विशेष दिन
    पढाइको खोलौँ खाता !
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    ३)
    सरस्वती विद्याकी खानी
    गरौँ पुजा आराधना
    पढ्ने बसालौँ बानी !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ १८
    ~<•>~
    ४)
    पूरा होओस् चाहना
    वसन्त पञ्चमीको हजुर
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    ५)
    शिरमा रहेमा हात
    पुग्छ मनका कुरा
    हुँदैन जीवनमा आघात !
    ✍️ सीमा कार्की समर्पण
    ~<•>~
    ६)
    सरस्वतीकाे गरौँ पूजा
    ज्ञानकाे भण्डार मिल्छ
    हुँदैन जीवन धुजा !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ~<•>~
    ७)
    ज्ञानको ज्योति छर्नू
    देवी सरस्वती माता
    सबैको रक्षा गर्नू !
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ~<•>~
    ८)
    विद्याकी हुन् खानी
    सरस्वती सबकी माता
    पढ्नमा लगाऔँ बानी !
    ✍️ वि.वि.याक्खा
    ~<•>~
    ९)
    माताको मिलोस् वरदान
    पावन वसन्त पञ्चमीमा
    सकल पुस्तकको ज्ञान !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    १०)
    विद्या सरस्वती भारती
    भक्ति नित्य अध्ययन
    वेदका ऋचा आरती !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    ११)
    विद्याकी सागर सरस्वती
    भ्रष्टाचारीलाई बुद्धि देऊ
    कम्तीमा सुध्रिउन् अलिकति !
    ✍️ अनन्त अर्याल
    ~<•>~
    १२)
    तिम्रा रूप अनेक
    हे सरस्वती माता !
    देऊ बुद्धि हरेक l
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    १३)
    विद्याकी खानी माता
    अज्ञानीलाई ज्ञान देऊ
    हे सरस्वती विद्यादाता !
    ✍️ सरिता सेढाई
    धादिङ
    ~<•>~
    १४)
    सबको कल्याण गर्नू
    ज्ञानको ज्योति बाली
    अज्ञानता हाम्रो हर्नू !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    १५)
    कृपा रहाेस् माताकाे
    दाहिना बनून् सरस्वती
    सङ्ख्या बढाेस् ज्ञाताकाे !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    १६)
    शिक्षाको ज्योति छरेर
    ज्ञानको भण्डार भरूँ
    तिम्रो पूजाअर्चना गरेर !
    ✍️ बेदु न्यौपाने🇳🇵
    ~<•>~
    १७)
    सरस्वती विद्याकी खानी
    पुजा गरौँ सबैले
    एकअर्कामा बनेर ज्ञानी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    १८)
    ज्ञानकी माता रानी
    सबैलाई दिन्छिन् बुद्धि
    बनाउँछिन् सबैलाई ज्ञानी !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ~<•>~
    १९)
    सरस्वती विद्याकी खानी
    ज्ञानको ज्योति छरेर
    सुबिचारको परोस् बानी ।
    ✍️ दीपा तिम्सना पौडेल
    ईलाम
    ~<•>~
    २०)
    दिएर ज्ञान बुद्धि
    कायम रहोस् कामना
    हुनेछ पक्कै समृद्धि !
    ✍️ पृथक प्रकृति
    झापा
    ~<•>~
    २१)
    सरस्वतीको पुजा गरेर
    सत्बुद्धि सबैको आओस्
    ज्ञानको भण्डार भरेर !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    २२)
    ज्ञानको कुरा सिकेर
    पुज्छौ माता सरस्वती
    हामी सबै मिलेर !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    २३)
    विद्याकी देवी पाएर
    लिन्छौ असल शिक्षा
    ज्ञानमा सधैँ रमाएर !
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड
    ~<•>~
    २४)
    धेरै छन् हरामी
    तिमीबाट ज्ञान पाउॅंदा
    बन्छन् है दामी !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    २५)
    सरस्वतीको गरौँ आराधना
    विद्याकी खानी हुन्
    सबैलाई छ शुभकामना !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    २६)
    जय सरस्वती माता
    अपार विद्याकी खानी
    हुन् हाम्री भाग्यविधाता !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    २७)
    सरस्वती ज्ञानकी खानी
    अक्षर आरम्भ गरेमा
    बन्छन् शिक्षित नानी !
    ✍️ भगवती दवाडी
    झापा
    ~<•>~
    २८)
    मस्तिष्कमा ज्ञान भरिदेऊ
    मूर्ख बन्दैछन् मानव
    सरस्वती उद्धार गरिदेऊ !
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    २९)
    विद्याकी देवी सरस्वती
    सत्बुद्धि मिल्दछ जब
    पुजारी बन्ने सम्मति ।
    ✍️ म्यामराज राई
    भोजपुर
    ~<•>~
    ३०)
    जय सरस्वती माता
    ज्ञान, कला, सङ्गीतकी
    अलौकिक प्रतिभाकी अधिष्ठाता।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ, भारत।
    ~<•>~
    ३१)
    हे सरस्वती माता
    कसैलाई भेदभाव नगरी
    दिने ज्ञान विधाता !
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ~<•>~
    ३२)
    अज्ञानतामा केही लेखेँ
    जसले घोक्दछ किताब
    उसैमा सरस्वती देखेँ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~<•>~
    ३३)
    माता शारदेश्वरी सरस्वती
    पुष्प अर्पदै चरणमा
    गाउँछु पूजामा आरती !
    ✍️ दिल ठकुरी
    (टिस्टा भेल्ली)
    ~<•>~
    ३४)
    सरस्वतीको प्रार्थना गरेको
    रक्षा गर्नु भनेर
    उनकै भरमा परेको !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ~<•>~
    ३५)
    साहसशिल हृदयमा भरिदेऊ
    हे हंसवाहिनी माता
    जीवन तपोमय गरिदेऊ !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    ३६)
    पुज्दैछु जानी नजानी
    हे सरस्वती माता
    अटुट ज्ञानकी खानी !
    ✍️ भिम लिम्बू प्रयास
    रिमबीक दार्जिलिङ
    ~<•>~
    ३७)
    बुद्धि विवेक भरेर
    विद्याले सधैँ सजाऊ
    अज्ञानता नाश गरेर !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी ।
    ~<•>~
    ३८)
    सरस्वतीको शिरमा बास
    बोल्दा जिब्रोमा पनि
    अज्ञानताको हुन्छ विनाश !
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~<•>~
    ३९)
    ज्ञान हामीलाई देऊ
    अज्ञानी यो भक्तलाई
    सधैँ सरणमा लेऊ !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    ४०)
    सरस्वतीको पूजा गरौँ
    सबैले एकाग्र भई
    विद्या, बुद्धि भरौँ !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    ४१)
    देवी सरस्वती माता
    चाहन्छु तिमीझैँ बन्न
    बनाइदेऊ ए विधाता !
    ✍️ कमला पौडेल
    ~<•>~
    ४२)
    सरस्वतीकाे पूजा गरौँ
    मन वचन कर्मले
    ज्ञान बुद्धि भरौँ !
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~<•>~
    ४३)
    वसन्तकाे आँगनीमा छायाे
    ज्ञान बुद्धि विवेक
    हेर जताततै झल्मलायाे ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    ~<•>~
    ४४)
    असीम ज्ञानकी दाता
    विद्या बुद्धि देऊ
    हे ! सरस्वती माता ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    ४५)
    सरस्वती तिमीलाई शुभकामना
    आजै तिमी जन्मिछ्यौ
    अविद्या नाघ्ने चाहना !
    ✍️ नन्दलाल आचार्य
    उदयपुर ।
    ~<•>~
    ४६)
    चेतनाको दियो बालेर
    शान्तिको सन्देश फैलाऊँ
    मूर्खता दुष्टता फालेर !
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    ~<•>~
    ४७)
    जय सरस्वती माता
    तिमै चरणकमलमा परेँ
    विद्या बुद्धिकी दाता !
    ✍️ दीपा गुरुङ्ग (समभाव)
    ~<•>~
    ४८)
    हे ! सरस्वती माता
    सदासर्वदा सद्बुद्धि देऊ
    विद्या ज्ञानकी दाता !
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    ~<•>~
    ४९)
    सबै मिलेर पुजौँ
    ज्ञानको मुहान सरस्वती
    हुन् भनेर बुझौँ ।
    ✍️ अनमोल राई
    ~<•>~
    ५०)
    सरस्वती विद्याकी देवी
    स्विकार्नुहोस् भगवती सधैँ
    प्रणाम गर्दछे सेवी !
    ✍️ रिता खराल
    रूपन्देही
    ~<•>~
    ५१)
    ज्ञानको खानी बनेर
    उजागर नै गराइदेऊ
    समभाव गरौँ भनेर !
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    ~<•>~
    ५२)
    जन्मदिने हे माता
    काखैमा बोल्न लेख्न
    सिकाऊ सरस्वती विधाता !
    ✍️ चुडामणी देवकोटा
    चनपा १३ काठमाडौँ
    ~<•>~
    ५३)
    ज्ञानकी देवी सरस्वती
    विद्याविना हुँदैन हेर
    मानवजातिको त उन्नति !
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    ५४)
    माताको चरणमा परेर
    गर्छु नित्य पूजाअर्चना
    पूर्ण भक्तिभाव गरेर !
    ✍️ कला ढकाल
    झापा
    ~<•>~
    ५५)
    सरस्वती माता पाएर
    अज्ञानता हटाउँन सकूँ
    शिक्षाको महिमा गाएर !
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ~<•>~
    ५६)
    मनमा सरस्वती माता
    बुझ्न सकेमा सधैँ
    सबैकी ज्ञानकी दाता !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    ५७)
    सरस्वती माताकाे शरण
    अज्ञानताकाे भण्डार हटाई
    गराउने सद्वुद्धिकाे भरण !
    ✍️ कोपिला अधिकारी
    ~<•>~
    ५८)
    ज्ञानकी खानी माता
    स्विकार्नू मेरो नमन
    सम्पूर्ण जगतकी विधाता !
    ✍️ शान्ति कुमारी उपाध्याय
    भक्तपूर, सूर्यविनायक
    ~<•>~
    ५९)
    वीणा पुस्तक धारणी
    माता देवी सरस्वती
    ज्ञान बुद्धिको कारणी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक भक्तपुर
    ~<•>~
    ६०)
    माता देवी सरस्वती
    धारण गर्छ्यौ विणा
    अर्को नाम भारती !
    ✍️ रचना शर्मा प्रतीक्षा
    ~<•>~
    ६१)
    लगाऔँ चित्तले ध्यान
    बढ्ने गर्दछ सबैको
    बुद्धि, विवेक, ज्ञान !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट “
    ~<•>~
    ६२)
    हे ! माता सरस्वती
    देश हाँक्नेलाई देऊ
    सद्बुद्धि, सत्ज्ञान जति !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर पाटन
    ~<•>~
    ६३)
    सरस्वती मातामा जाऔँ
    नजानेका काव्य सिकाई
    झिल्का कविता गाऔँ !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ~<•>~
    ६४)
    पूरा हाेस् चाहना
    वर्ष दिनमा आउने
    सरस्वती पूजाकाे शुभकामना !
    ✍️ श्री कृष्ण धामी
    बझाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियानLeave a Comment on झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:२४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको चौथो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    ……………………………
    १,
    तिमी चाँदनी हौ
    जगत् झलमल पार्ने
    वरिपरि बेदाग छौ ।
    २,
    आयो मायाको याम
    खुलेर प्रेम गरौँ
    राम नबनोस् हराम ।
    ३,
    मनदेखि मनसम्मको यात्रा
    जुग गाल्ने कसम
    कस्तो होला आहा !
    • म्यामराज राई, भोजपुर
      ……………………………
      १,
      कोही छैन अजम्मरी
      एकदिन सबै जानुपर्छ
      आखिर भवसागर तरी !
      २,
      जिन्दगी दुईदिने मेला
      पर्दा उठ्छ रङ्गमञ्चको
      थाहा हुँदैन कतिबेला !
    • वसन्त अनुभव, घोराही, दाङ
      ……………………………
      १.
      जिउँदै झिनो आशमा
      उत्कृष्ट जिजीविषा बोकेर,
      कुल्चेर जिउँदो लासमा।
      २.
      बचाऔॅं मौलिक परम्परा
      अतिक्रमणको सिकार नहोस्,
      हाम्रो कुनै धरा।
      ३.
      आयातित चिजबिज मौलियो
      विदेशीका उपभोक्ता भयौँ
      एकदम आलस्य बौरियो।
    • पृथक प्रकृति, झापा
      ……………………………
      १,
      अनुहार रातो पारेर
      दुई पैसाका दाँतबाट
      पसिना तरर झारेर ।
      २,
      दैवलीला छ अपरम्पार
      गरिबको जिन्दगी पर्‍यो
      दुःखीलाई दैव नटार ।
      ३,
      साँझको बेलामा भाग्यो
      परिवार धान्न गाह्रो
      बाध्यता परदेश लाग्यो ।
    • अम्बिका अधिकारी
      ……………………………
      १,
      मायामा नगरी गन्थन
      सुगन्ध फैलाऊ चारतिरै
      बनेर घोटिँदै चन्दन ।
      २,
      परदेशीको पीडा छातीमा
      सम्झेर साहुको ऋण
      ऐँठन हुन्छ रातिमा ।
      ३,
      मिठास सम्झनाका तरेलीहरूमा
      वर्तमानमा परीक्षण हुँदैछ
      टिल्पिलाउँछन् अश्रु परेलीहरूमा ।
    • सरस्वती भट्ट, सिराञ्चोक-५, गोरखा (हाल – राइनास १, लमजुङ)
      ……………………………
      १,
      जब साँझ पर्छ
      दिनको दुख बिसाउँदै
      रात अघि सर्छ।
      २,
      छल्दै हिँडे जूनलाई
      सकिएन कसै गरी
      यादकी प्यारी उनलाई ।
      ३,
      बिहानीको नरम घाम
      जिन्दगीको हिॅंड्ने बाटो
      शुरवात गर्नु काम।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      ……………………………
      १,
      प्रणयको दिवस आयो
      प्रेमी प्रेमीका बीचमा
      हर्ष उल्लास छायो।
      २,
      यौवन रङ्ग बर्साउँछ
      प्रणय ऋतुमा सुखको
      आनन्द विभोर दर्साउँछ।
      ३,
      आयो निकट फागुन
      प्रेमी छिन् विनयसाथ
      सुन्दर उपहार मागून् ।
    • विवश पारदर्शी, झापा
      ……………………………
      १,
      न्याय किनबेचको पसल
      गोजीमा पैसा भएपछि
      सरकार कानुनविद् कमसल ।
      २,
      भ्रष्टाचारी फटाहाको पाइन
      गरिबको निसाफ हरायो
      निर्दोषहरू झ्यालखानमा लाइन ।
      ३,
      प्रेम दिवस आयो
      पश्चिमा संस्कृति नक्कल
      नेपाली युवायुवतीमा छायो ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
      ……………………………
      १,
      बाटो हेर्ने पारेछ
      हेर आज निष्ठुरीले
      घरबार अन्तै सारेछ।
      २,
      गाउँघर नै राम्रो
      चारैतिर हरियो
      हेर गाउँ हाम्रो ।
      ३,
      मेहनती मान्छे भेटिन्छ
      गाउँ घरतिर नै
      अनुहारमा चमक देखिन्छ ।
    • कला ढकाल, झापा
      ……………………………
      १,
      माया प्रेम प्यारले
      बाडुली लाग्दैछ आज
      सम्झियो कि यारले ।
      २,
      हिजो उनैले ढलाए
      सोच फेरिएछ आज
      मिलेर शिर उठाए ।
      ३,
      जाडो जानै आँट्यो
      देखाएर बिहेको प्रलोभन
      उसले सतचुर्ण ढाँट्यो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ……………………………
      १,
      तिमीसॅंग जिउने चाहना
      सेलाउॅंदै गए मेरा,
      नानाथरी लायौ बहाना ।
      २,
      प्रतीक्षाको सिमा नाघ्यो
      जुन विश्वास थियो,
      सबै भ्रम लाग्यो ।
      ३,
      तिम्रै खुसी अब
      जेसुकै गरे हुन्छ,
      गर्दिन आस अब।
    • शंकर कार्की, थाहा नगरपालिका – ३, मकवानपुर
      ……………………………
      १,
      रातपछि आउने दिनमा
      सुखको माना खाई
      दिनभरि अर्थ हिसाबमा ।
      २,
      प्रणय दिवस आयो
      रमाए प्रेमी प्रेमिका
      लग्नको चमत्कार छायो ।
      ३,
      पवित्र छ सम्बन्ध
      देखाउॅंछौ सबै तिमीले
      धेरै भयो दुर्गन्ध ।
    • एवाइ प्रभात, सहिदभुमि-छेन्ताङ धनकुटा
      ……………………………
      १,
      कुन कुरा गर्छौ
      ढाँटको बीउ रोपेर
      कुन झोली भर्छौ ?
      २,
      ठुलेले देश चुस्तै
      माइलो दाउ हेर्छ
      कान्छो पनि दुरुस्तै ।
      ३,
      पैसाको खेलमा दौडियौ
      सकेनौ अरू गर्न
      जनताको पसिनामा पौडियौ ।
    • प्रेम थापा “मन”, बागलुङ
      ……………………………
      १,
      मनको तिमी मेरो
      आत्मादेखि स्वीकार गर्छु
      खोज्दा पाइॅंदैन सेरोफेरो।
      २,
      छोडेर जान्न टाढा
      एक्लै पार्दै तिमीलाई
      माया बस्यो गाढा।
      ३,
      देख्दा गर्लान् डाहा
      सबैको उदाहरण बनौँ
      कसैलाई हुन्न थाहा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका, बोस्टन)
      ……………………………
      १,
      मनमा माया साँचिन्छ
      मायाकै भरमा हेर
      वंश परम्परा धानिन्छ।
      २,
      बृहत् मायाको फ्रेम,
      सम्पूर्ण प्राणी प्रकृतिमा
      करुणा मैत्री प्रेम।
      ३,
      नदुखाउन परोस् मन,
      सबैसँग रमाउन पाए
      यही ठुलो धन!
    • दीपा गुरुङ्ग (समभाव), काठमाडौ
      ……………………………
      १,
      छैन मन शान्त
      आँखाबाट आँसु रसायो
      मन भयो भ्रान्त।
      २,
      उर्लेछ खहरे खोला
      प्रेमिका परेछन् स्वार्थी
      खोज्छन् धनको झोला।
      ३,
      तीर होइन हानेको
      तिमीलाई सुख दिउँला
      सधैँ आफ्नै ठानेको ।
    • राज कुमार राजभण्डारी “खोटाङ्गे”, मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर
      ……………………………
      १,
      रिस डाहको साटो
      मनमा राखौँ सबैले
      छातीमा देशको माटो ।
      २,
      देखेर तिम्रो रूप
      आज लठ्ठ भयो
      मेरो ज्यान खुब ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      ……………………………
      १,
      रहर परदेश जाने
      हुन सक्दैन कसैको
      दुखेसो लगाउने खाने।
      २,
      विकासको श्रोत प्रशस्तै
      तर निर्यात शून्य
      आयात भयो मस्तै।
      ३,
      भ्रष्टाचारको जग पुँजीवाद
      कुटामार भाइ भाइमा
      कसलाई हुन्छ याद।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
      ……………………………
      १,
      मिर्मिरेमै झुलुक्क झुल्कन्छ
      लायक बन्दै जाँदा छोटै समयमा चम्कन्छ ।
      २,
      माइतीले आजै बोलाए
      पतिदेवले दिनभरिको काम
      एकैछिनमा सक्न अह्राए ।
      ३,
      किन दुब्लाइस् नानी
      असन्तोषी बनिस् क्यारे
      सन्तोषले मोटायौं हामी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      ……………………………
      १,
      झिलिमिली त्यो सहर
      हेर्न मन थियो
      पुगेन कहिल्यै रहर।
      २,
      दुस्मनले आँखा तर्ने
      खै कहाँ जाउँ
      भोकभोकै मर्नु पर्ने।
      ३,
      छैन पानी धारा
      विस्वासमा घात लाग्यो
      देखेर उनको पारा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      ……………………………
      १,
      आकाङ्क्षा सिङ्गापुर सहर
      तिलस्मी कुरा रहेछ
      फगत महलको रहर ।
      २ ,
      नरसंहार अपराध जघन्य
      आखिर व्यापार भयो
      सत्ता शताङ्क जन्य ।
      ३,
      व्यापार सदनदेखि सडक
      सबै फाइँफुट्टी मात्र
      नाट्य जस्तै तडकभडक ।
    • प्रद्युम्न चालिसे
      ……………………………
      १,
      कविता हाम्रो झिल्का
      गासौँ हारमा मिलाई
      उनेर पातमा सिन्का ।
      २,
      सुनेर बुझेर लागौँ
      एक दुई हैन
      अब पूरै जागौँ ।
      ३,
      फुर्सद भएको बेला
      लेखौ व्यथा केही
      सुकाउँदै पसिनाको ठेला ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान
      ……………………………
      १,
      उज्यालो नखोज आकाशमा
      जाँउ हिँड आर्यघाट
      रेमिट्यान्स आँउदैछ बाकसमा ।
      २,
      झुल्कियो मलिलो घाम
      रापिलो छैन भने
      ताप्नुको के काम ?
      ३,
      उसको मिठो भाषण
      उस्कै भाग्य कोर्दै
      अहिले जमायो आसन ।
    • ध्रुव श्रेष्ठ हाल काठमाडौ ।
      ……………………………
      १.
      सपना साकार गर्न
      खुकुरीको धारमा तिमी
      जिन्दगीमा अघि सर्न।
      २.
      हार पछि जीत
      सङ्घर्षको यो बाटोमा
      सफलता पाउने रीत।
      ३.
      दुःख पाउनु पर्छ
      सुख पाउनको लागि
      सफलतामा पाइला सर्छ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला
      ……………………………
      १,
      यसरी माया गरौँ
      समृद्धि होस् जगत्मा
      सकेसम्म भाइचारा छरौँ ।
      २,
      परायाको यो चाडपर्व
      विकृतिहरू छरेर यहाँ
      नगर्नु है गर्व ।
      ३,
      सत्यताले पाउनेछ जस
      ह्रदयबाटै गरिएमा माया
      हरदिन प्रणय दिवस ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      ……………………………
      १,
      गरौँ मेहनत कडा
      फल राम्रो हुन्छ
      विकास गरा बडाबडा ।
      २,
      बिग्रॅंदै गयो देश
      जाग युवा हो
      उठौँ, बदलौँ परिवेश ।
      ३,
      हावा वायुमण्डलमा स्वच्छ
      हाम्रो बाँच्ने सहारा
      प्राणीको जीवन बच्छ ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ……………………………
      १,
      ठुला भाषण गर्छन्
      देशको विकास गर्नलाई
      विदेशकै भर पर्छन् ।
      २,
      बाठा अघि सर्छन्
      सोझा जनता हजुर
      यहाँ भोकभोकै मर्छन् ।
      ३,
      कसको पर्नु भर
      अब आफ्नो लागि
      आफैँ केही गर ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………
      १,
      काम मोबाइलको खेती
      छैन कसैलाई फुर्सद
      समयको मात्र क्षति
      २,
      समय भयो सोखिन
      छैन काम धन्दा
      जता गयो जोखिम ।
      ३,
      नारीको छुट्टै कथा
      घरमा सधैं कचकच
      अव्यक्त रह्यो व्यथा ।
    • लक्ष्मी काफ्ले, लामाचौर, पोखरा
      ……………………………
      १,
      बारीमा फुल्यो गुलाफ
      ढकमक आज फुल्यो
      चौतर्फी चल्यो सुवास !
      २,
      जिन्दगी खोली बगर
      शिखर चुमे भन्दैमा
      खुसीले हल्ला नगर !
      ३,
      तराई हरियो जङ्गल
      मिलेर बचाउन सकेमा
      सबैमा हुन्छ मङ्गल !
    • आर्त अकुलीन
      ……………………………
      १,
      बिहानीको प्यारो घाम,
      कठ्याङ्ग्रिने चिसो कति,
      लाग्दछ ईश्वर धाम।
      २,
      चिसो भन्दा भन्दै
      जान लाग्यो शिशिर
      दिन गन्दा गन्दै।
      ३,
      आजभोलिको समय भन्दै
      आफ्नै दिन जान्छ
      समय ऋतु गन्दै।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      ……………………………
      १,
      कोही सहँदैनन् बदनाम
      ‘राम’ चाहियो बुझिदेऊ
      हुन चाहँदैनन् हराम !
      २,
      दिमाग जनताको नभुटौँ
      भनेको केही होइन
      मात्रै मातृभूमि नलुटौँ।
      ३,
      फेदैमा सार्‍यो डेरा
      ताछेर खाऊ भनेको
      बोक्रैसँग खायौ केरा ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ ।
      ……………………………
      १,
      नहटाउदा पन्चायत काल
      परिवारमा रमाउन खोज्दा,
      निकाल्थे शरिरको खाल ।
      २,
      पचायतको खम्बा ढालेर
      ल्याए प्रजातन्त्र सहिदले ,
      आफ्नै शरीर गालेर ।
      ३,
      देश सहिदले सजाएको
      पन्चायत भङ्ग गराई ,
      स्वतन्त्रताक‍ो शिर उठाएको ।
    • सीमा कार्की समर्पण, ठोरी – ४, मेलचोक, पर्सा
      ……………………………
      १,
      डुब्न लागेको बेला
      उपकार भन्दा पनि
      गर्दा रहेछन् हेला ।
      २,
      विकृत नगरौँ रित
      ढाँट छलकपट गरेर
      हुँदैन देशको हित ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      ……………………………
      १,
      तिम्रो चोखो माया
      हराएपछि यहाँ म
      चिनिनॅं आफ्नै छायाँ ।
      २,
      थाके याहाँ चोटले
      बदले पछि तिमी
      पैसै पैसाको नोटले ।
      ३,
      खुशीहरू सबै टुटेपछि
      बाँच्न गाह्रो भयो
      प्रिय सम्बन्धहरू छुटेपछि ।
    • भिम लिम्बू प्रयास, रिमबिक दार्जिलिङ
      ……………………………
      १,
      तिम्रै यादले सतायो
      बिर्सन कहाँ सक्छु
      झनै देह ततायो ।
      २,
      सुन मेरो कुरा
      कर्तव्य भुल्नु हुँदैन
      हुनेछ सपना पुरा !
      ३,
      भगवानको भक्ति गर
      धर्मले शान्ति मिल्छ
      पाप कर्ममा नपर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      ……………………………
      १,
      छैन जाँगर हातमा
      देखेर देशको अवस्था
      लाग्दैन निन्द्रा रातमा ।
      २,
      रोजगार पाउने आसमा
      बसेका युवा जमात
      गाडिए विदेशको भासमा ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………
      १,
      साहित्य रच्ने चाहाना
      निराश यो जीवनको
      दु:ख भुल्ने बहाना ।
      २,
      बस्ने छैन आरामले
      चलेसम्म यो देह
      सक्रिय सधैँ कामले ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ……………………………
      १,
      राजनीतिको हुन्छ दल
      नेताहरू मिलेर सधैँ
      समस्याको पूरा हल !
      २,
      काममा छैन चाल
      परदेशी जिवनमा नसोध्नु ,
      आमा मेरो हाल !
      ……………………………
      ३,
      परिश्रम अनुसारको फल
      गर्नुपर्ने हामीले सधैँ
      मेहनतीमा निरन्तर बल !
    • श्री कृष्ण धामी, सुन्दर सुदूरपश्चिम – बझाङ
      ……………………………
      १,
      दार्चुलाका सुरम्य पाखाहरू
      हिजोआज किन होला,
      सुनिॅंदैन हाक्पारे भाकाहरू।
      २,
      तिखो वचनको गोलीले,
      लथालिङ्गै पार्छ सम्बन्धहरू,
      नसोची बोलेका बोलीले।
      ३,
      तरकारी मिठो नुनले,
      सधैँ ख्याल राख्ने,
      वैरी जित्नु गुणले।
    • अनमोल राई
      ……………………………
      १,
      सुनौलो छ सन्सार
      मायाको जालले जेलेको
      चल्नु त्यसै अन्सार ।
      २,
      प्रणय दिवस आयो
      अनुनय विनय गरेर
      माया पिरती लायो ।
      ३,
      प्रणय रहोस् सधैँभरि
      वर्षमा एकदिन होइन
      माया होओस् यसैगरी ।
    • गुणनिधि घिमिरे, अमेरिका
      ……………………………
      १,
      बढ्यो झिल्का लहर
      स्रष्टा अनि पाठकले
      पुर्‍याऔँ गाउँ सहर l
      २,
      रमाउन आएको सहर
      हार्दिकता जीवित नदेख्दा
      हरायो भएभरको रहर l
      ३,
      याचकप्रति देखाउछन् दाँत
      कसैले देख्दैन सहरमा
      निमुखा जनको आँत l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………
      १,
      साहित्य सिर्जनाको धरा
      विभिन्न विधामा उब्जाउनु
      साहित्यकार कुना कन्दरा
      २,
      साहित्यमा नशा लागेको
      मनका भावना अनेकौँ
      बाहिर निस्कन चाहेको
      ३,
      जिन्दगीको बेफूर्सद हुँदा
      देशमा रहेको विकृति
      विसङ्गति मनमा छुँदा ।
    • भगवती दवाडी, दमक,झापा
      ……………………………
      १,
      साहित्य सिर्जना हाम्रो
      विभिन्न साहित्यकार मिली
      जगेर्ना गरौँ राम्रो।
      २,
      लेख्दैछु झिल्का म पनि
      अग्रजहरूको कविता पढ्दै
      जानी नजानी भए नि ।
      ३,
      कसो भो जानकारी पाऊँ
      गल्ती औंल्याई दिनु होला
      लेख्नलाई धेरै छन् ठाउँ।
    • सरस्वती श्रेष्ठ, इटहरी
      ……………………………
      १,
      जीवन फूलरूपी काँडा
      मेहनत गर तिमी
      लक्ष्य छैन टाढा ।
      २,
      अनेकौं शक्ति धाम
      यो सुन्दर देश
      नेपाल हो नाम ।
      ३,
      काँधमा छ जिम्मेवारी
      बाबा मेरो धरोहर
      एक्लै बोक्छन् भारी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौं
      ……………………………
      १,
      समय नफाल खेर
      रिसले खान्छ आफुलाई
      अटेर नगर धेर ।
      २,
      बनेर ज्ञानी जन
      बस तिमी समाजमा
      देखाऊ न सहयोगीपन ।
      ३,
      नराख पाप मनमा
      अर्को जन्ममा होइन
      पाइन्छ यही जन्ममा ।
    • सरिता सेढाई, धादिङ
      ……………………………
      १,
      पकाईयो पिरो चुसुक्क
      खाइयो तिमी आएनौ
      बाडुल्की लाग्यो कुटुक्क ।
      २,
      मुटु थर्किने हल्लाले
      आफ्नोलाई फकाउने अर्कीलाई
      हिर्काउनु पर्ला डल्लाले ।
      ३,
      घरकी लक्ष्मी घरैमा
      भागेर पुग्ला कतिन्जेल
      समाज जहानको डरैमा ।
    • कमला पौडेल, चा न पा भक्तपुर
      ……………………………
      १,
      विश्वास नगर्नु मायाको
      यथार्थ विपरित भए
      अनर्थ हुन्छ कायाको।
      २,
      प्रेमको भाका भोला
      जिन्दगीको सार, फेरि
      पाउँदैन मानव चोला।
      ३,
      मौसम आयो प्रेमरोगीको
      गुलाफ फूल बोकेर
      तमासा हेर्नु जोगीको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत
      ……………………………
      १,
      जीवन सार्थक मायाले
      एक अर्काका सहारा
      सितल पिपल छायाले।
      २,
      नघुलोस् स्वार्थको भेल
      बन्नेछ सुन्दर घर
      निष्कपट आपसी मेल।
      ३,
      सुन्दर परेवा जोडी
      जीवनमा शान्ति छर्दछन्
      जाँदैनन् माया तोडी।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      ……………………………
      १,
      नगरौँ कसैले हेला।
      पौरख गरि खानेको
      हातमा हुन्छ ठेला ।
      २,
      पेटलाई चाहिन्छ माम
      जीवन चलाउन सबैले
      गर्नुपर्छ केही काम ।
      ३,
      गर्नहुन्न कसैले चोरी
      सुन्दर हुन्छ पौरखी
      बुझ यति छोराछोरी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………
      १,
      घुम्तीमै मोटर अड्कियो
      सँगै जान्छु भन्थे
      यात्रा विचमै टुँगियो ।
      २,
      बह पोख्न पाइएन
      भए वर पर
      तैपनि विरही गाइएन ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक, बनेपा – १४, साँगा
      ……………………………
      १,
      गुलाब फूल फुलेको
      प्रेम सप्ताह चलाई
      संस्कृति आफ्नो भुलेको।
      २,
      बाँधिए झुठो वाचाले
      वास्तविक जीवन बुझ्दैनन्
      आजका आला काँचाले।
      ३,
      पश्चिमी भेल संस्कृति
      अॅंगाल्दै विकृति फोहोर
      चुर्लुम्म डुबे नेपाली ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      ……………………………
      १,
      हिमाल पहाड तराई
      एउटै हामी नेपाली
      कोही हुन्न पराई ।
      २,
      साझा फूलबारी हाम्रो
      रङ्गीचङ्गी फूलहरु फुलेका
      आहा कति राम्रो ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      ……………………………
      १,
      समान हामी भएर
      झिल्का काव्य लेखन
      झिल्का काव्यशाला गएर ।
      २,
      नपार्नु मुखले ठिक्क
      लेख्दै जाऊँ सलल
      नहुनू है दिक्क ।
      ३,
      नमस्ते सबैमा गर्दछु
      झिल्का समाज हामीमा
      झिल्का कविता भर्दछु ।
    • बेदु न्यौपाने
      ……………………………
      १,
      गर्छौ मीठा कुरा
      भित्रभित्रै चलाई दिन्छौ
      धारिलो त्यो छुरा
      २,
      देउरालीमा पाती भाकेर
      हिॅंड्छु म जीवनभरि
      देशलाई शिरमा राखेर
      ३,
      मझेरीमा दियो जलेन
      श्रम सीप चल्यो
      पानी किन चलेन ?
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ……………………………
      १,
      मिठाई दिई भुल्याइ
      सुटुक्क कहाँ लुक्छौ
      कति जानेको छुल्याइ ।
      २,
      रमाऊ तिमी रमाऊ
      सबलाई झुक्याएर अझै
      कमाऊ तिमी कमाऊ ।
      ३,
      मुसो बनी पसेर
      हात्ती बनेर निस्कन्छ
      खान्छ घुँडा धसेर ।
    • रचना प्रतीक्षा , ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

    गाउँ फर्किरहेको परदेशी टोकियो साँझसॅंगै दुईओटा कृति विमोचन कार्यक्रम सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:०९ मा प्रकाशित
  • २०८०/१०/२८ गते आइतबार विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा कवि द्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचनअन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ ।

    विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम सुरु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।

    गंगा गगनको स्वागत मन्तव्यसॅंगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा कृतिहरुको विमोचन तथा विमोचित कृतिका सर्जकहरूको लेखन अनुभव सुन्ने थियो । त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य सेसन थियो । भर्चुअल माध्यमबाट जोडिई अतिथि आसन ग्रहण गरेका भोजपुरबाट राष्ट्रिय कविता महोत्सव -२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् श्री दिनेश पौडेलले कर्मथलो जापान बनाएका नेपाली साहित्यमा कलम चलाउनेहरूको यो अनुकरणीय र महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाउॅंदा असाध्यै खुसी लागेको बताए । प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेलले शुभकामना मन्तव्य दिॅंदै भने – “साहित्यबाट हरसमाजले केही न केही शिक्षा पाउने र सच्चिनुपर्ने ठाउॅंमा सच्चिन प्रेरित समेत गर्ने भएकोले विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो समाजका लागि कलमकर्मीले निरन्तर लेखिरहनुहोस् ।” भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए ।

    दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । विनेसामको सल्लाहकार भुवन रोकाले मन्तव्यसहित रचना तथा बिमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।

    कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउॅं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्को एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउॅं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । करिब ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुन्जायमान भएको थियो ।
    कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गंगा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ को विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको निबुखोले सोल्टिनी बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउॅंदै छमछमी नाचेका थिए ।

    स्मरण रहोस्, विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सन्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on गाउँ फर्किरहेको परदेशी टोकियो साँझसॅंगै दुईओटा कृति विमोचन कार्यक्रम सम्पन्न

    साताका उत्कृष्ट झिल्का- ४

  • १ फाल्गुन २०८०, मंगलवार १०:२३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको चौथो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ४ का लागि झिल्काकार त्रय गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे र सीमा कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    १.
    झिल्का साहित्यको जय
    झट्का हानौँ कुरीतिहरूलाई
    नरहोस् कसैको भय !
    २.
    निरन्तरता रहोस् सधैंभरी
    सजिलो तरिकाले सधैँ
    लेखिरहनु होला यसैगरी !
    ३.
    नौँ शब्दको कविता
    चम्किरहोस् ज्योतिर्मय बनेर
    जबसम्म रहन्छन् सविता ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~<•>~~

    १.
    साहित्यमा उदायाे झिल्का
    व्यङ्ग्य हैन यथार्थ
    भ्रष्टलाई टिपेर मिल्का !
    २.
    राजनीति देशकाे सेवा
    झुठो खेती फगत
    रगतको आहालमा मेवा !
    ३.
    जीवन आशाकाे बाटाेमा
    हामी जिउने गर्दछौँ
    आफ्नाे जन्मभूमिकाे माटाेमा !
    ✍️
    प्रधुम्न चालिसे
    ~~<•>~~

    १.
    राम्रो देखिने कोट
    इमानदारी मान्छेलाई मात्र
    सबैले पुर्‍याउने चोट ।
    २.
    इमानदार सधैँ लडे
    बढेर घुसखोरी यहाँ
    कालाबजारी सर्वत्र बढे !
    ३.
    बोली भएन पूरा
    आफ्नै स्वार्थ हेरी
    विकास सबै अधुरा !
    ✍️
    सीमा कार्की
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ४

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

  • २८ माघ २०८०, आईतवार २०:१८ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    चलेकै छ कुराले देश, युगौँयुग चल्छ
    छक्क पर्छु केवल तिम्रो, मन किन जल्छ ?

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    अबुझ छन् सारा जनता, कुरै बुझ्दैनन्
    हजुरको महान् वाणी सुन्ने कोही भैनन् ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    भाषणले नै सरकार भित्र विकास चल्दैछ
    दङ्ग सबै गठबन्धनमा प्रतिपक्ष जल्दैछ ।
    ✍️ ताराप्राद चापागाईँ
    धुनिबेसी
    [३]
    गठबन्धनमा सबैले मिलेर खाने
    अर्को चुनावमा गठबन्धनमै जाने।
    ✍️प्रदीप के रिमाल।
    [४]
    गर्नुपर्छ हामी सबैले देश लुट्ने ,भुँडी भर्ने काम
    रेमिटेन्सले देशमा भित्रेकाे नै छ कराेडाैँकाे दाम ।
    ✍️केसर बाेहरा “सङ्घर्ष”
    सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट ।
    [५]
    सत्ताको मोहले बाहिर निस्कन कस्लाई हुन्छ मन
    कमाएका छन् जालझेल गरी पुस्तौंपुस्तालाई धन ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    हाम्रो देशमा चल्ने भनेको नै कुराले हो सारा
    अर्को चुनाव आएर पनि उस्तै हुनेछ पारा ।
    ✍️बेदु न्यौपाने 🇳🇵
    [७]
    एउटाले देश बनाउन खोज्छ अर्काले खुट्टा तान्छ
    कुर्सीको लडाइँमा त पाँच वर्ष त यत्तिँकैमा जान्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [८]
    कुरा नै त रहेछ मानव जिवनको भविष्य मित्र
    काम कार्बाहीको त सधैँ अनिकाल हुन्छ देशभित्र।
    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [९]
    त्यही त भन्या छक्क परेको छु म पनि आजभोलि तिमीलाई देखेर
    यसो समय मिले आँखा लगाउनु पठाएको छु एक टुक्का लेखेर।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१०]
    भाषण अनि आश्वासनमा देश चल्दैछ
    पाउनेले भुँडी भरे नपाउने जल्दैछ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [११]
    लुटेराहरूको बढ्दैछ चलखेल
    नेपालको अर्थतन्त्र बन्दैछ फेल ।
    ✍️कला ढकाल
    झापा
    [१२]
    नेताहरूको कुकृत्य झन बढ्दैछ
    देशमा भ्रष्टाचार उकालो चढ्दैछ।
    ✍️सरस्वती श्रेष्ठ इटहरी
    [१३]
    पेशा केही छैन यिनको झुटको राजनीतिभन्दा
    तर पनि राम्रै चलेको छ, लुटाहाहरूको धन्दा ।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    [१४]
    कसैलाई प्रेम दिवस रे कसैलाई खान लुट्नको चटारो
    भ्रष्टाचारी भूमाफिया अदालतलाई निर्दोष भन्न हतारो ।
    ✍️चुडामणी देवकोटा
    [१५]
    जमायाै आसन चलायाै शासन केवल मन जलायाै
    देखायाै लालच कमायाै दाैलत सर्वत्र भ्रष्ट फलायाै ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१६]
    छैनौ मरेका ! छरेकै छ चारो नहान झटारो
    ठुङ्दा यी भालेहरूले किन मान्नु गाह्रो चटारो ?
    ✍️विवश पारदर्शी
    झापा,
    [१७]
    झन अस्थिरता आज, अस्ति हिजोभन्दा
    अचम्मको चलेको छ तिम्रो भ्रष्ट धन्दा ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [१८]
    कुराले नै बनाउँछन् नेता नेपाललाई जापान टाेकियो
    साच्चै नेपाल विकसित भए ठगि धन्दा यिनको रोकियो ।
    ✍️सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१९]
    देशको लागि गर्छु भने, भ्रष्टाचारको काममा
    बेचिखाए खोला र नाला,विदेशीको नै नाममा।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [२०]
    नगर मेरो रिस सके तिमी पनि लुट
    बाँड अलिकति घुस पाइनेछ है छुट।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२१]
    चलोस् देश कुराले, नचलोस् तिखा धारिला छुरा
    मन जले जलोस्, नजलोस् वसन्त, कपना, भूरा ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [२२]
    जल्नेहरू खरानी बन्छन् अस्तित्व पनि फेरिन्छ
    यस्तै हो यहाँको चलन सन्सारलाई हेरिन्छ ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    काठमाडौ
    [२३]
    जस्तालाई तस्तै मिले खुसीयालीले प्रफुल्ल हुने
    राजनीति विकृति डुङ्डुङ्ती गन्हाउँदा मन रुँने ।
    ✍️प्रद्युम्न चालिसे
    [२४]
    मेरो तिम्रो भन्नुभन्दा हाम्रो भन्नुपर्दछ
    स्वयम् हाम्रो उन्नति अघि अघि नै सर्दछ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२५]
    मेरो देश मेरो धर्ती मलाई प्यारो लाग्छ
    सबै मिले यस देशको बैँरी आफैँ भाग्छ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२६]
    हेर्दाहेर्दै सिङ्गो देशलाई मज्जाले नै निल्यो
    नेताहरूलाई अजिङ्गर भने ठ्याक्कै मिल्यो।
    ✍️बि.कुलङ
    दार्जिलिङ रंगबुल्
    [२७]
    इमानी भई काम गर्न कहाँ मन मान्छ उसको ?
    अरूका महल देख्दा मन पुग्छ फन्दामा घुसको ।
    ✍️कमला देवकोटा, पाल्पा
    [२८]
    तिम्रो गफको साम्राज्य अब धेरै टिक्तैन
    तिम्रो झुटो आश्वासन अब बिक्तै बिक्तैन ।
    ✍️नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    [२९]
    उसको यादले घरी घरी सधैँ मन पाेल्छ
    नचिनेको मान्छेले पनि त सधैँ राम्रो बोल्छ !
    ✍️श्री कृष्ण धामी – बझाङ
    [३०]
    बोल्दाबोल्दै वृद्ध भयौ भूमिमा झर्छौ अब
    तिम्रो कुरा चल्दै हुन्छ देश रोकिन्छ तब ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [३१]
    खै कताकता बस्यौ र तिमी पुग्यौ सत्तामा
    मूल एजेन्डा बसेको हुन्छ आफ्नै भत्तामा ।
    ✍️दीपा तिम्सना-ईलाम
    [३२]
    जसरी नि दलमा लुटतन्त्र फस्टाएकै हुन्छ
    नेपाली हामी कराउने मात्र हो कसले सुन्छ ।
    ✍️टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३३]
    बिक्छ पिठो यहाँ ,जसले गर्छ मिठा कुरा
    स्वार्थ सिद्ध भएपछि रोप्छन् पिठमा छुरा ।
    ✍️शुक्रराज कुँवर
    धरान १०
    [३४]
    भएभर रित्याएर तिमी खाने गर्छाै
    अब ज्यादा खायौ भने भुँडी फुटी मर्छाै ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [३५]
    देश चलाउने हिँडेका छन् दलालकाे भर
    ठगी धन्दा गरी बनाएका छन् ठुल्ठुला घर।
    ✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अनेक तारतम्य मिलाएर देश चलेकै छ त भन्छौ कुराले
    टिक्न नसकेर युवा विदेशिए, के पत्याउनु बुढा र भुराले !
    ✍️प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    [३७]
    कुर्सीमा बस्छौ झार्ने होइन धुलो
    यी नेताहरूको कुरा मात्रै ठुलो ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [३८]
    हुँदैन उन्नयन, हुँदैन विकास
    दलालले खाए, छैन यहाँ निकास ।
    ✍️नागेन्द्रप्रसाद यादव
    [३९]
    देशकाे सिमानाभित्र कसरी भित्रियाे सय किलाे सुन ?
    साह्रै नै लगाएका रहेछाै ती दुई नम्बरीलाई गुन ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    कुराले नै बाठाटाठा जताततै धेरै छन् खाने
    इमानदार निराश भई ओइलाएर जाने ।
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [४१]
    कुरै कुराले बन्ने भए राष्ट्र किन जनता रुन्थे
    युवाहरू खुसीसाथ अहिले आफ्नै देशमा हुन्थे ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    [४२]
    बाहिर एक अनेकभित्र कालो छ मुहार
    कालैले आज चम्किलो हुन खोज्दै छ जुहार !
    ✍️आर्त अकुलीन
    [४३]
    सास चलेर मात्र के गर्नु चाहिँदो ठाउँमा बोल्दैन भने,
    सेवक हुँ म भनेर आएका पदमा पुग्दा मालिक बने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४४]
    थाहै भए पनि कार्बाही गर्दैनन् स-प्रमाण हुँदा प्रष्ट,
    नामैका लागि त ठुलाले गरेका हाेलान् नि पथमा भ्रष्ट ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [४५]
    पृथ्वीनारायण शाहले बनाएको देश सम्हाल्न सकेनौ
    देश बनाउँछु भन्दै थोत्रा भाषण तिमी यति त बकेनौ।
    ✍️तेजप्रसाद खनाल दाङ।
    [४६]
    ख्याल गर्नु चलाउँदा अब देश कुरै कुराले?
    चियो गर्न थालेका छन् अचेल सचेत भुराले l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४७]
    ज्यान कसले दिने हो र देश विकास भनी
    मौका पर्दा भकारी भर्ने हो पैसा गनि गनि ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४८]
    सबै देश बनेर जाँदा हाम्रो मात्र सधैँभरि किन बिग्रन्छ
    भोट हाल्ने भोकभोकै तर राष्ट्रको धन नेता कहाँ थिग्रन्छ !
    ✍️पवन कुमार बुढाथोकी
    काठमाडौँ
    [४९]
    सफलता मिलेकै छ कालो धनलाई सेतो बनाउने,
    भन्नेले जेसुकै भनुन् तिनकै मुख नमिठो गनाउने ।
    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [५०]
    लुटेराको हातमा देश सुम्पेपछि त्यस्तै हुन्छ
    जनता सबै भेडा नेता बहिरा कसले सुन्छ ।
    ✍️यामनाथ आचार्य
    पर्वत
    [५१]
    नेता कामले माखो मार्ने होइनन् दुनो सोझ्याउँदै ठिक्क
    पढेका युवाहरू देशमा बस्नै मान्दैनन् म भए दिक्क ।
    ✍️भगवती दवाडी
    दमक, झापा
    [५२]
    बुढाहरूको दिन गए, अब चलाउनुपर्छ देश युवाले
    भ्रष्टाचार नियन्त्रण गर्यो भनेपनि, सुख पाउँछौँ साराले ।
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५३]
    चल्ने मात्र कुरा गर्छौ,तिमी हौ पराइ भक्ति
    एकमुठी सास बाँकी रह्यो,छैन उठ्ने शक्ति ।
    ✍️मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५४]
    हाम्रो देश गुज्रिरहेकाे भ्रष्ट अनि दलालहरूकाे परेर भर
    भ्रष्टाचार गरि जनतालाई रुवाई ठाउँ ठाउँमा बनाए घर।।
    ✍️सहयात्री शोभा अर्याल
    रुपन्देही
    [५५]
    भाषणलेनै जम्छ आसन भने किन गर्नु राम्रो कर्म
    पापलेनै चल्छ जीवन गजब भने किन गर्नु धर्म ।
    ✍️ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ
    [५६]
    कुराले मात्रै हुँदैन नि विकास याे हाम्राे गाउँ
    नगराैँ सधैँ भ्रमकाे खेती सम्हालाैँ आफ्नै ठाउँ ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक, बनेपा १४
    साँगा बजार ।
    [५७]
    नेता दलाल, जनता भेडा नेपाल खुला बजार
    दलाली मै मोलमोलाइ छ देशको मूल्य हजार ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    मख्ख छन् दुनियाँ ती, चिल्लो बोलेर
    जान्छन् फेरि त्यही, चिल्लोले पोलेर ।
    ✍️चन्द्रकली राना मगर
    नौबहिनी ३, प्युठान
    [५९]
    तछाड मछाड केको सधैँ न सकेको देशको मुहार फेर्न
    गर देशमा रजाइँ जनता बसेका छन् तिम्रो रमित हेर्न।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [६०]
    चारैतिर टलक्कै सेतै हिमाल हाँसेको
    सलल बग्ने नदीलाई देख्दैछु मासेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता3 Comments on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P