उमेश कुशवाहा,वीरगंज/ वीरगञ्ज बाट करिब १३ किलोमिटर पश्चिम र उत्तर मा रहेको पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-७ भौराटारमा सबिता देवी हजाम(ठाकुर) को छोरा लगभग १३ बर्षीय प्रियांशू हजामको पैसाको अभावले गर्दा उपचारमा समस्या भएको छ।
हजामको बांया खुटामा क्यान्सर भएको जति छिटो भए उपचार नभए बचाऊन नस्किन अवस्था रहेको छ।
परिवारलाई आर्थिक समस्या एकदमै दैनिय रहेकोले आफूले उपचार गर्न नसकिने क्यान्सर पीड़ित छोरा उपचारको लागि आर्थिक सहयोगको लागि आमाले बहुदरमाई यूथ क्लबका कोषाअध्यक्ष चन्दन यादव मार्फत दातालाई अपील गर्न अनुरोध गरेकी छन।
कोषाअध्यक्ष यादवले सबै मनकारी, समाजसेवीहरुलाई सक्दो सहयोग गरी जीवन रक्षा गरी दिन आफ्नो फेसबुक आईडी मार्फत आग्रह गर्नु भएको छन।
बुवाको मृत्यु भईसकेको र अरु दाजु भाई नरहेको प्रियांशू मेरो एकल छोरा हुनु प्रियांशूको आमाले आँखा भरी आँशु लिदै रुदै छोराको ज्यान बचाई दिन हिमालयन दृष्टि ऑनलाइन पत्रिकाका संवाददाता उमेश कुशवाहा सीत कुरा गर्दै बिभिन्न दाता र समाजिक अभियन्ता, एनजीओ,आई एनजीओलाई गुहारेकी छन।
पीडितको बस्ने घर समेत ब्यवस्थित नरहेको छिमेकीको घरमा अहिले आम र पीड़ित छोरा बसिरहेका छन।
अहिले सम्म कुनै पनि राजनीतिक दल र जनप्रतिनिधिबाट सहयोग नभएको दुःखत कुरा हो, स्थानीयहरुको भनाइरहेको छ। । सहयोगको लागि हार्दिक अपिल प्रभु बैंक 0260029908400011 अबधेश ठाकुर हजाम Esewa id: 9807264506
दाङ, २६ असोज। ‘गोरक्ष चिन्तन’ कार्यक्रमको २१औं शृङ्खला यही असोज २९ गते विजया दशमीको दिन सञ्चालन हुने भएको छ । भर्चुअल माध्यमबाट उक्त कार्यक्रमको उक्त शृङ्खलामा प्रमुख वक्ताको रुपमा पूर्वीय वाङ्मय क्षेत्रमा अध्ययन,अध्यापन तथा अनुसन्धान गर्नुभएका तिलक लुईटेल आउन लाग्नुभएको गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष एवं कार्यक्रमका सहजकर्ता प्रकाश भट्टराईले बताउनु भयो।
साथै उहाँले दाङ जिल्लामा रहेर शैक्षिक क्षेत्रमा लामाे अनुभव लिनुभएका शिक्षाविद् गाेविन्द न्याैपाने विशेष अतिथि वक्ताकाे रुपमा सहभागी हुनुहुने पनि जानकारी दिनुभयो। हरेक शुक्रबार साँझ ८ बजे हुने उक्त कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई जाेडिनकालागि पनि उहाँले आग्रह गर्नुभयो।
घाेराही उपमहानगरपालिका वडा नं.१७ चाैघेरास्थित श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठद्वारा संचालित गाेरखनाथ वैदिक गुरुकुललकाे आयाेजनामा आयोजित उक्त कार्यक्रमले हालसम्म २०औं शृङ्खला सफल रुपमा पार गरिसकेको छ।
‘गोरक्ष चिन्तन’ गुरु गाेरखनाथसँग जाेडिएका प्रसङ्ग ,राष्ट्रगुरु याेगी नरहरिनाथ ,नाथ दर्शन लगायत गुरुकुल शिक्षा र गुरुकुल प्रवर्द्धन गर्नकालागि नै चलाएकाे कार्यक्रम भएको सहजकर्ता भट्टराईले जनाउनुभयो।
साथै उहाँले गोरक्ष चिन्तन दाङ जिल्लाकै नमूना भर्चुअल कार्यक्रम हुन पुगेको बताउनुभयो। साथै उक्त कार्यक्रममा स्वदेश तथा विदेशमा रहेर विभिन्न विधामा लामाे समय अनुभव बटुल्नु भएका बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत समाजका अगुवाहरूलाई समावेश गराउदै आएको र भावी दिनमा पनि निरन्तरता दिइने कार्यक्रमका सहजकर्ता भट्टराईले बताउनुभयो ।
गुरु डा.चिन्तामणि याेगी प्रमुख निर्देशक रहनुभएकाे उक्त कार्यक्रमले हालसम्म सम्पूर्णानन्द विश्वविद्यालय बनारस ,ने सं वि .नेपाल ,दिल्ली लगायत विभिन्न मठ मन्दिरमा रहनु हुने साधुसन्त महाराज,सामाजिक क्षेत्रमा लामाे समय काम गर्नुभएका अग्रज व्यक्तित्वहरुलाई समावेश गराइसकेको छ। साथै आगामी दिनमा यस कार्यलाई निरन्तरता दिदै उद्याेगपति, स्वास्थ्यकर्मी लगायतका व्यक्तित्वलाई बोलाउने तयारी रहेको सहजकर्ता भट्टराई बताउनु भयो।
मुगु – मुगुमा बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेकाे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।
अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।
गैर आवासीय नेपाली संघको दशौँ अन्तर्राष्ट्रियमहाधिवेशन र विश्व सम्मेलन हुन दुई साता मात्र बाँकी रहेको समयमा हाललाई स्थगित भएको छ। संघका प्रवक्ता तथा अगामी २१/२३ कार्यकालका लागी उपाध्यक्षको प्रत्याशी डिबि क्षेत्री द्वारा जारी गरिएको विज्ञप्ति अनुसार १० अक्टोवर २०२१ आइतबारका दिनभर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र उपर छलफल गरी मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २३ देखि २५ अक्टोबर २०२१ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आईसकेका र आउन तयार रहेका प्रतिनिधिहरुमा पुगेको असुविधा प्रति क्षमायाचना गरेको छ। संघले परराष्ट्रको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरु सँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने जनाएको छ ।
काठमाडौ, २३ असोज । ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको तेस्रो भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४७ जना टुक्काकारहरूले सहभागिता जनाउनुभएको थियो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथक एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
उक्त व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको संयोजकमा समाजका सक्रिय टुक्काकार वसन्त अनुभव रहनुभएको छ । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । उहाँका अनुसार उक्त अभ्यास शृङ्खला साप्ताहिक रूपमा सञ्चालन गरिने छ ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको तेस्रो भागको अभ्यास लागि समाजकी सचिव एवं वरिष्ठ टुक्काकार विमुन्स पौडेलले हुलाक दिवसका सन्दर्भमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।
विमुन्स पौडेल
अभ्यासका लागि राखिएको टुक्का
के खसाल्यो बाकसभित्र झिल्के मोरोले गोप्य पत्र खोल्यो झ्याप्पै मेरो छोरोले।
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१ लोग्ने विदेश काखमा छोरो झिल्केसँग लाग्दा, वित्यास पार्यो बुढेसकालमा जवानी जाग्दा । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ।
२ उमेर भर्खर नौ,दश भयो छोरो झिल्केको, हातमा कागज बोकेर कता होला मिल्केको। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती,३काभ्रे
३ घरमा आफ्नाे हुँदाहुँदै बाहिर खाेज्नुपर्ने, गतिछाडा मनुष्यलाई कस्ले अब के गर्ने ? ✍️ ताराप्रसाद चापागाईं, धुनिबेशी
४ आमाको नाममा आएको पत्र छोरोले खोलेछ, परदेशी बुवाको पत्र हो आमालाई पोलेछ। ✍️ म्यामराज राई, भोजपुर हाल जापान
५ नलेख्न भनेको झिल्केलाई पटक्कै लेख्न छाडेन प्रेमपत्र! बाउ छोराले उठिबास लगाए भने फेरि पर्छु अलपत्र! ✍️प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
६ चिठ्ठी पत्र बोकेर आयो हुलाकी, बिहे गर्छु भन्नेले कत्ति झुलाकी। ✍️होम प्रसाद नेउपाने धरान,सुनसरी
७ हुलाक आफै खबर बनेको छ,हराएर, उल्टै उसलाई खोज्नुपर्छ,आज कराएर। ✍️चिरञ्जीवी ढकाल ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके
८ मेरो लागि प्रेमपत्र हुनसक्छ सासुआमा, बाकसमा नयाँ कपडा अनि चिटिक्क जामा। ✍️कल्पना थामी सिन्धुपाल्चोक
९ कलियुगमा छोरीभन्दा आमा दामी हुनेरैछन् , लगाएका लुगाहरुले घुँडा मात्रै छुनेरैछन् । ✍️गंगा खड्का बूढानीलकण्ठ काठमाडौँ
साउदीअरब । एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको पहिलो नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ८ अक्टूबर २०२१ का दिन एकै पटक साउदी अरबको अलकासिम क्षेत्र र पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट अलकासिममा १ सय ४६ जना र दम्माममा १ सय १५ जना आप्रवासी नेपालीहरूले आधारभूत स्वास्थ्य परिक्षण गरेका थिए।
उक्त स्वास्थ्य शिविर संगै दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १४ सेप्टेम्बर र त्यस भन्दा अघि संकलन गरिएको नवीकृत राहदानी वितरण पनि गरेको छ ।नेपाली दूतावास रियादको प्रतिनिधी हेमन्त आचार्यको नेतृत्व र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ८ सय २५ जनाको राहदानी वितरण गरिएको छ भने प्राविधिक समस्याका कारण पुन: तस्वीर खिच्नु पर्ने २० जनाको पुनः तस्वीर पनि लिएको छ।
उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी नारायण पासवान संगै लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्षको उम्मेदवार याशमिन वैगम, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी साउदीका अध्यक्ष डम्मर कुमार यादव, महासचिव उमेश भट्टराई लगायत क्षेत्रीय र स्थानिय पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतोको उपस्थिति रहेको थियो ।त्यसै गरी साउदी अरबको अलकासिम क्षेत्रमा संचालित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सहजीकरणको लागी एनआरएनए एनसीसी साउदीका उपाध्यक्ष भक्तविर राई लगायत त्यस क्षेत्रका क्षेत्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गरेका नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघ संस्था एवम् व्यक्तित्वहरूलाई एनआरएनए एनसीसी साउदी अरबियाले धन्यवाद दिँदै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा विभिन्न संघ संस्थाहरू संगै हातेमालो गर्दै अगाडी बड्ने प्रतिबद्धता समेत संघले गरेको छ।
काठमाडौ, २३ असोज । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २१ औं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
उदक स्रष्टाहरूद्वारा सृजित उदकहरू
१ जमिन गुल्झार फँटुवा तराई पहार हिमाल ! ✍️ सागर कुस्मी, कैलाली २ टाकुरा श्वेत शैल गर्वानुभूति शान्त हिमाल ! ✍️ राेशन पराजुली, धरान ३ हिमाल विश्वकाे माथ नेपाली माटाेकाे गौरव ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा ४ हिमशृङ्खला प्राकृतिक उपहार सौन्दर्यले भरीपूर्ण दृश्य ! ✍️ रमा पन्त, पाल्पा ५ हिमाल सुन्दर जङ्गल बिच बस्ती अटल ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन-६, संखुवासभा, हाल: मलेसिया ६ शरद खुलेको मौसम नेपाली जनहरूमा रमझम ! ✍️ घनश्याम पौडेल, पोखरा ७ रमणिय मेरो शहर माईती देश नेपाल ! ✍️ गृष्मा पौड्याल, टोकियो, जापान ८ हिमाल मातृ वात्सल्य स्वर्गीय भूमि नेपाल ! ✍️ शिव खनाल जीवम, रुपन्देही ९ हरियाली वन पाखा चाँदनी हिमालको छाया ! ✍️ बादल गुरुङ वियोगी संखुवासभा, हाल: काठमाडौँ १० पर्वतराज डाँडामाथि हाँसेका हामी हेर्दै नाचेका ! ✍️ दुर्गा अधिकारी, काठमाडौँ ११ आहा सुन्दर हिमाल अनुपम स्वर्ग नेपाल ! ✍️ वसन्त अनुभव, घोराही-१४, दाङ १२ हिमाल हरिया पहाड नेपालकोे भौगोलिक परिवेश ! ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली १३ शरद खुल्ला आकाश जनमानसमा सुनौलो आभास ! ✍️ सरस्वती श्रेष्ठ, इटहरी १४ प्रकृति स्वर्गीय दृश्य पहाडी सुन्दर वस्ती ! ✍️ पशपती राई, खोटाङ १५ पावन धवल हिमगिरी सुन्दर टलक्क टल्केको ! ✍️ विजया घिमिरे, जनकपुर १६ माछापुच्छ्रे सुन्दर हिमाल गाैरव हाम्रो नेपाल ! ✍️ खड्गबहादुर गुरुङ, टीकापुर १७ मनोरम प्राकृतिक छटा सर्वाङ्गीण बैँसमा हिमाल ! ✍️ गोपालप्रसाद पौड्याल, विराट चोक, मोरङ १८ कञ्चन शारदीय आकाश कुमारी हिमाल माछापुच्छ्रे ! ✍️ श्रीकृष्ण शर्मा, पोखरा १९ स्वर्गीय सौन्दर्यले भरिएको प्रकृतिको काखमा गाउँबस्ती ! ✍️ सरस्वती वली, बर्दिया, नेपाल २० हिमाल अमूल्य निधि हाम्रो राष्ट्रकाे गाैरव । ✍️ सीता पाण्डेय मरासिनी रेसुङ्गा नगरपालिका-९, गुल्मी २१ हिमाल प्रकृति मोती जीवन जगत धर्ती ! ✍️ घनश्याम पौडेल, कैलाली २२ माछापुच्छ्रे स्वर्णिम परिदृश्य स्वर्गमा सुन्दर नेपाल ! ✍️ कमला देवकोटा, पाल्पा २३ हिमाल अनुपम दृष्य स्वर्गभूमि प्याराे नेपाल ! ✍️ चन्द्रावती अधिकारी, कोहलपुर २४ देश नेपाल राम्रो अग्लो हिमाल हाम्रो ! ✍️ बासुदेव दनुवार, सिन्धुली २५ उदक हिमाल पाखा पखेरा मनै लोभ्याउने प्रकृति ! ✍️ सुशील घिमिरे, रुपन्देही २६ फेवाताल शिरमा हिमाल माछापुच्छ्रे देखिन्छ कमाल ! ✍️ नवराज भट्ट, महेन्द्रनगर २७ हिमाल माछापुच्छ्रे सुहाउँदो गाैरव हाम्रो देशकाे ! ✍️ ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ २८ नेपाल सुन्दर देश असुर नेताले डुबान ! ✍️ पद्युम्न चालिसे, भक्तपुर २९ गाउँ हिमालको काखमा सुन्दर प्रकृतिको माझमा ! ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली ३० हिमाल गौरव नेपालको सुन्दर प्राकृतिक उपहार ! ✍️ सावित्री अधिकारी, काठमाडौँ ३१ नेपाल हिमाली देश पर्यटकलाई सुन्दर क्रीडाकानन ! ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत ३२ प्रकृति सेता हरिया मानव निर्मित घर ! ✍️ सविता के.सी., काठमाडौँ ३३ नेपाल विदेशी पर्यटक देखेर लोभिने हिमाल ! ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा ३४ हिमाल प्राकृतिक सुन्दरता मनमोहक मनुष्य क्रीडास्थल ! ✍️ रामसुन्दर थारु, कैलाली ३५ हिमाल हाम्रो शान कहिल्यै नझुकेको नेपाल ! ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली ३६ हिमाल चाँदीको पर्खाल देशको सीमा रक्षक ! ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही ३७ हिमाल सुन्दरताले भरिपूर्ण नेपालको गौरव शान ! ✍️ धर्मी शाक्य, बुटवल, लुम्बिनी प्रदेश ३८ आहा हिमाल पहाड सुन्दर सङ्गम स्थल ! ✍️ नारायण कोइराला, पाल्पा ३९ गाउँ मनाेरम प्रकृति काखमा हिमालय शृङ्खला ! ✍️ श्रद्धा आचार्य, पोखरा-१६, कुरेचाैर ४० माछापुच्छ्रे सुन्दर हिमाल प्राकृतिक बरदान कमाल ! ✍️ रामकृष्ण दुवाडी, पाेखरा ४१ हिमाल झुक्दैन कहिल्यै विश्वमा नेपालकाे गाैरव ! ✍️ ईश्वर लामिछाने, धरान ४२ गजुर नेपालको मन्दिर संसारकै अग्लो हजुर ! ✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी ४३ उच्च हिमाल प्रकृतिकाे देन कति कमाल ! ✍️ तोयानाथ सुबेदी, काठमाडौँ ४४ हिमशैल स्थिरता सहनशीलता निश्चल ग्रामिण तादाम्यता ! ✍️ नीलकण्ठ अछामी, अछाम ४५ कमाल सुन्दर बस्तिको नजिकै टलक्क हिमाल ! ✍️ भाजुराम के.सी., धादिङ ४६ हिमाल अरुणोदय नेपाल सुन्दर शितल विशाल ! ✍️ चक्र आले मगर, कैलाली ४७ हिमाल प्रकृति हराभरा आहा! मनमोहक दृश्य ! ✍️ रिता खराल, रुपन्देही ४८ माछापुच्छ्रे टल्कियो टलल पोखराको सौन्दर्य हेरन ! ✍️ पुष्पा सायरा, विराटनगर ४९ अलाैकिक पर्यटकीय भूगाेल शिरमा माछापुच्छ्रे हिमाल ! ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली ५० नेपाल उच्च हिमाल सुन्दर हरियाली बस्ती ! ✍️ साहित्य सहयात्री, रुपन्देही ५१ हिमाल शिर हाम्रो विश्वमा साह्रै राम्रो ! ✍️ लक्ष्मी बस्याल, बर्दिया ५२ हिमाल सुन्दर माछापुच्छ्रे रमणीय गाउँ बस्ती ! ✍️ कविता आचार्य, कैलाली ५३ माछापुच्छ्रे देशको शान सुन्दर दृश्यले भरिपूर्ण ! ✍️ खेमराज पुरी, कैलाली ५४ हिमशिखर नियाल्दैछ निरन्तर कन्दरा पाखा बस्तीहरू ! ✍️ हृदय लेकाली, भैरहवा ५५ हरियाली बेसीमा घरहरू शिरमा सुन्दर माछापुच्छ्रे ! ✍️ आर्त अकुलीन, कैलाली ५६ माछापुच्छ्रे मनमाेहक दृश्य अनुपम प्राकृतिक छटा ! ✍️ ओमप्रकाश मदुवा, कैलाली ५७ चमकदार हिमालको हिउँ सधैँभरि आँखामा सजाउ ! ✍️ ईश्वरी अधिकारी, लमजुङ ५८ प्रकृति माछापुच्छ्रेको सौन्दर्य प्रिय मनमोहक नेपाल ! ✍️ वासुदेव ज्ञवाली, पाल्पा ५९ माछापुच्छ्रे आहा! टल्किदैँ ग्रामीण परिवेश झल्किँदै ! ✍️ किशोर अनुपम, तानसेन-१, पाल्पा
६० माछापुच्छ्रे कास्कीको शान फेवाताल छ आँगन ! ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे ६१ भूगाेल मनाेरम हाम्राे दिव्य प्रकृति छटा ! ✍️ खलविर नाराज, पाल्पा ६२ सेताम्य अग्ला हिमाल मुस्कुराउँदै वन पाखा ! ✍️ बलराज गिरी, कैलाली ६३ भव्य दिव्य विशाल उत्तुङ्ग माछापुच्छ्रे हिमाल ! ✍️ टीकाराम जाेशी, टीकापुर ६४ माछापुच्छ्रे मनोरम छटा प्रकृतिको काखमा बस्ती ! ✍️ रामचन्द्र ढकाल, चितवन ६५ हिमाल मनमोहक दृश्य सुन्दर शान्त बस्ती ! ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी ६६ हिमाल हरियाली पखेरा सुन्दर शान्त विशाल ! ✍️ चक्र शाही, कैलाली ६७ मुस्कुराएको सुन्दर हिमाल आहा मनोरम वनपाखा ! ✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु ६८ माछापुच्छ्रे गाउँबाटै देख्दा रमाउन्न कसको मन ? ✍️ रमेश प्रभात, चितवन ६९ शिखर हिमालको फेद हरियाली गाउँको दृश्य ! ✍️ धनमाया चौधरी, कैलाली ७० माछापुच्छ्रे टल्क्याे टलल उत्तरमा झल्क्याे झलल ! ✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ ७१ हिमाल सुन्दर खानी सम्पति हाम्रो हाे ! ✍️ रामराजा के.सी., काठमाडौँ
नइ साहित्य मञ्च युएईको आयोजनामा नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नइ प्रकाशनको रजत जयन्तीको अवसर पारेर पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम नइ साहित्य मञ्च युएईका संस्थापक ताराप्रसाद चापागाईको संयाेजकत्वमा भएको थियोे । नइ प्रकाशनले कोरोना महामारीका कारण यस वर्ष असोज २३ गते आफ्नो स्थापना दिवस मनाउन लागेको हो । भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा विशेष टुक्काहरू वाचन गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियोे ।
नइ प्रकाशनको स्थापना नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने उद्देश्यले आजभन्दा २५ वर्ष पहिले २०५२ साल माघ १५ गते गरिएको थियो । संस्थापकद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्थाको स्थापना गरिएको थियोे । देशदेशान्तरका प्रतिभाहरूको सम्मान गर्ने, पुस्तक प्रकाशन गर्ने जस्ता प्रमुख उद्देश्य बोकेको यस संस्थाले नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी रूपमा काम गर्दै आएको छ ।
कार्यक्रममा नइ साहित्य मञ्च युएईका संस्थापक/ संयाेजक ताराप्रसाद चापागाईले वसुधैव कुटुम्बकमको सिद्धान्त बोकेको यस गरिमामय संस्थाको रजत महोत्सव मनाउन पाउँदा आफू निकै हर्षित भएको जनाउनुभएको थियो । साथै उहाँले नइ रजत महोत्सव विशेष टुक्का वाचन कार्यक्रममा प्रत्यक्ष र परोक्ष रूपमा सहभागीता जनाउनु हुने सम्पूर्ण शुभेच्छुकहरू प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । नइ प्रकाशनका अध्यक्षमा इन्दिरा प्रसाईं र सदस्य-सचिवमा नरेन्द्रराज प्रसाई रहनुभएको छ ।
उक्त कार्यक्रमको सञ्चालन साहित्यकार एवं कुशल कार्यक्रम प्रस्तोता विमुन्स पौडेलले गर्नुभएको थियो ।
उक्त अवसरमा वाचित टुक्काहरू
१. प्रकाशन र संस्कृतिकाे सेवा एकै ठाउँमा, नइ भनी जन्म भयाे दुई जनाकाे नाउँमा। २. रजत महाेत्सव अायाे हार्षित भयाैं दङ्ग, प्रतिभाकाे खाेजि अनि सम्मानमा छ उमङ्ग। ३. वसुधैव कुटुम्बकम्काे चाेखाे भावना, नइ प्रति सफलताकाे शुभकामना । ४. उषाकाे लाली जस्तै धर्तीलाई उजेल्याउनु, चाेटिला कथा बाेकी सबकाे मनमा छाउनु । ५. कति मेहनत परिश्रमले धर्तिमा आयाै, छाेटाे मिठाे टुक्का बनी सबकाे मनमा छायाै । ६. साउनकाे भेलसरि उर्लिँदैछ तन मन, हाँसाे सधैं ओझेल पारेँ याे दुखिया जीवन । ✍️ ताराप्रसाद चापागाईं
१. भाषा र साहित्यको मोहको कारण अघि सरेका, नेपाली वाङ्मयको श्रीवृद्धिमा सधैँ लागि परेका । २. वसुधैव कुटुम्बकमको सिद्धान्तमा अघि बढेर, यात्रा निरन्तर छ लक्ष्य ताकी आँधीबेह्रीमा परेर । ३. फलोस -फुलोस चिरञ्जीवी बनोस् सधैँ भरी, जोश -जाँगरको साथमा सदैव अघि सरी । ४. प्रतिष्ठानको सुगन्ध छर्न लिएका छन् अभिभारा, जयजयकार छन् नइ दम्पत्तिका जगत सारा । ५. नइको रजत महोत्सव हामी सबैले मनाउँदैछौँ , संस्थाको उत्तरोत्तर प्रगतिमा शुभेच्छा जनाउँदैछौँ । ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ्ग
१. साहित्यको नौलो साझा चौतारी, नइ प्रकाशन हाम्रो दौंतारी। २. मानव मन हो उर्वर भूमी, साहित्य सृजन आउँछ घुमी। ३. आनन्दको स्वर्ग यही छ मानौं, अनुभूति मिठा छानेर तानौं। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
१. रजत महोत्सवको अशेष शुभकामना, सधैँ बाँचि रहोस् ‘नइ संस्था’ यही छ भावना। २. वसुधैव कुटुम्बकमको सिद्धान्त नै राम्रो, सनातन,संस्कार र संस्कृति यही हो हाम्रो। ३. संस्थाको उद्देश्य सबै परिपूर्ति हुँदै जाऊन्, यसको संरक्षण गर्न भावी सन्तति आऊन्। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
१. नइ साहित्य सस्थालाई धेरै धेरै शुभकामना, युगान्तकारी भावनामा सधैं चलाेस् भन्ने चाहना । २. फलाेस् फूलाेस् सधैं दुवाे सरि , शालिन र शान्ति जस्तै गरि । ३. श्रीवृद्धि हाेस् यहि कामना छ मेराे रङ्गाई रहनु साहित्यकाे घेराे । ✍️ लक्ष्मी घिमिरे दहाल दमक, झापा
१. रजत महोत्सवको सम्पुर्णमा शुभकामना चढाएँ, को कहाँ को कहाँ उत्सवमा सबै सित मित्रता बढाएँ! २. सफल रहोस् महोत्सव यहि मिठो कामना गर्दछु, मनमा मन मिलाई सबै संग आत्मियता भर्दछु! ३. यो अन्योलको भिडमा आफैलाई कुन शहरमा खोजौं, अँधेरी रातमा फूल हो कि काँडा कुन प्रहरमा रोजौं। ४. सम्बन्ध रगतको नातामा होईन ममतामा हुन्छ, आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ! ५. लक्ष्य कठिन हुन्छ पाइला पाइलामा आफैलाई जोखिन्छ, जिन्दगीको यात्रामा कहिले पसिना कहिले आँसु पोखिन्छ। ✍️शरद प्रधानाङ्ग, विराटनगर-७
१. नेपाली बाङ्गमयको छत्रछायामा बास बस्न पाउँदा सगरमाथा टेकेको झै भयो रजत जयन्ती आउँदा । २. उच्चस्तरीय उदेश्य बोक्ने शक्तिको रुपमा नइ प्रकाशनलाई चिन्छौं, पच्चीसौ बर्षको सफलता हात लागेकोमा असीम शुभकामना दिन्छौं। ३. आउँदा दिनमा अझै सबैको मनमुटु छुदै उचाइमा बस्नु, प्रगाढ माया बोकि नेपाली साहित्य जगतको डोरी दह्राे कस्नु । ✍️ इश्वरी अधिकारी, लमजुङ्ग
१. यस महाेत्सवकाे अशिम शुभकामना, “नड संस्था”प्रगतिकाे छ मनमा भावना। २. नइ सस्थाकाे उत्तर उत्तर प्रगति सधै नै हुँदै जाऊन्, यसलाई रक्षा गर्ने संरक्षण गर्ने युवा सन्तति आऊन्। ३. याे संस्थाकाे उदेश्य उन्नती प्रगति राम्रो, संस्कृति,साहित्य संस्कार परिचय हाम्रो। ✍️ साहित्य सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
१. दुई नामकाे नइ प्रकाशन स्थापना भएकाे , पच्चिस बर्षमा धेरै काम अनि नाम रहेकाे । २. शुभ रहाेस् नइ रजत महोत्सव निमन्त्रणा गर्दछौं , सेवामुखी नइ प्रकाशन संस्थालाई मनमा भर्दछौं । ३. नइ रजत महोत्सव याे उन्नती प्रगती बढोस् भन्ने भावना , नइ प्रकाशन र साहित्य मञ्चलाई धेरै धेरै शुभ कामना । ✍️ बेदु न्यौपाने काठमाडौ ।
१. अाऊ दिदी बहिनी हाे तिज मनाअाैं, व्रत बसि नाचाैं गाअाैं भव्य बनाअाैं। २. जाेगाऊँ हाम्राे संस्कृती तडक भडक छाेडेर साैहार्द भई घर र माईतीकाे नाता जाेडेर । ✍️ रश्मि रिमाल, झापा
१. काँडा होकी जीवन, लाग्छ घोचेजस्तो, कहिल्यै भैन राम्रो, मैले सोचेजस्तो । २. दु:खसँगै जिउँछ, सधैं दिनरात, सुख जति लखेटी, गर्छ सधै घात । ३. पानी भर्छ नयन, चिन्ता पीर पर्दा, छैनन् करकमल, पुछ्ने आँसु झर्दा । ४. जिन्दगीमा उनको, धोकामात्र मिल्यो, बाँरुलो र मौरीले, चिल्नुसम्म चिल्यो । ५. बास बस्छ समस्या, घर आई राती, मुटुभित्र ऐठन, पार्दै पोल्छ छाती ।
✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
१// संदेश बोक्दछन् ती संसारका कुनामा, यो शान्तिको दियालो बाल्छन् त्यहाँ थुनामा।
✍️ पौडेल विमुन्स
१. शान्ति र हरियाली जीवन बाँच्ने आधार हट्नु पर्छ अब जब्बर अशान्तिको बार ।
✍️रचना शर्मा प्रतीक्षा , ललितपुर ।
१ शान्तिको प्रतीक समचारको बाहक, घरको शोभा हो म उसैको ग्राहक। ✍️-पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे