• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

एनआरएनए अल कासिमले मृगौला पीडित तेज बहादुर तिमिल्सिनालाई गर्‍यो आर्थिक सहयोग

  • २६ पुष २०७८, सोमबार २२:५८ मा प्रकाशित
  • समर्पण रम्जान

    १० जनवरी २०२२, साउदी अरब ! नेपाल काभ्रे जिल्ला, बेथानचोक गाउंपालिका वडा नं ५ गुम्बुडांडा स्थाई निवासि तेजबहादुर तिमल्सिनालाई एनआरएनए आरसिसि अल कासिमले आर्थिक सहयोग गरेको छ ।

    तिमिल्सिना बिगत केही समय देखि दुबै मृगौलाले काम नगरेपछि उपचाररथ शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा रहेर उपचार गराइरहेका छन् । तर उहाँको आर्थिक अबस्था अत्यन्त कमजोर भएको हुनाले उहाँको जिवन बचाउनको निमित्त सहयोगको लागी उक्त संस्थाका सकृय सदस्य समीर के. सी. ले एनआरएनए अल कासिमलाइ अनुरोध गरेपछि उक्त सहयोग गरिएको संस्थाका सचिब ध्रुब कटुवालले जानकारी दिए ।
    सहयोगको क्रममा उठेको १३२० साउदी रियल ४१,६२७ रुपैयाँ संकलन भएको र हिजो ८ जनवरी २०२२ का दिन उहाँको खातामा आरसिसि अल कासिमले जम्मा गराइदिसकिएको सचिब कटुवालले जानकारी गराए ।
    यस कार्यमा सहयोगमा जुट्नु हुने सम्पुर्णलाई आरसिसी अल कासिमले आभार तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा कसैले सहयोग गर्न चाहेमा समीर के. सी. (0594785027) सँग सम्पर्क गरि सहयोग गर्न समेत अनुरोध गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए अल कासिमले मृगौला पीडित तेज बहादुर तिमिल्सिनालाई गर्‍यो आर्थिक सहयोग

    उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

  • २५ पुष २०७८, आईतवार २१:५५ मा प्रकाशित
  • उदक कविताको विशिष्ट अङ्गको रूपमा रहेको डा. बमबहादुर थापाको धारणा ।

    उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा जितालीले उदक नेपाली साहित्यमा कविताको एउटा विशिष्ट अङ्गको रूपमा रहेको महसुस भएको धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि डा. थापाले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्दै उदक लगाएत छोटा कविताहरू छोटो, मीठो, लेख्न, पढ्न र बुझ्न सहज भएको र यी सबै प्रविधिको उपलब्धी भएको बताउनुभयो । उहाँले सिर्जनालाई पहिले सर्जकको आँखाले हेरेर पछि सम्पादकको आँखाले हेरेर मात्र प्रकाशन गर्न अनुरोधका साथ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ‌।

    कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले छोटो समयमा पनि उदकले नेपाली साहित्यमा व्यापकता पाएको धारणा राख्नुको साथै शुभकामना मन्तव्य सहित आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खलामा सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ,रोशन पराजुली, देवेन्द्र खनाल, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, सुधा बाँस्कोटा ढकाल, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको बाह्रौँ शृङ्खला सम्पन्न; कार्यक्रममा २५ जना उदक यात्रीको उत्साहजनक सहभागिता

    उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

  • २५ पुष २०७८, आईतवार २०:४६ मा प्रकाशित
  • १
    औँसीमा
    उज्यालो विश्वास
    छिट्टै हुनेछ पूर्णिमा !

    २
    रहर
    पूर्णिमा निमित्त
    नजाउ फेरि शहर !

    ३
    हिमालचुली
    आफै भित्रको
    खोजौँ अब नभुली !

    ४
    जिन्दगी
    जानेमा पक्कै
    सबैमा फुल्छ कि !

    ५
    हुटहुटी
    काँचुली फेर्न
    बनाऔँ सबैको ढुकढुकी !

    ६
    दियालो
    हेर्न नबिर्सौँ
    पूर्विय सभ्यताको उज्यालो !

    ७
    पुकार
    नसुन्ने बहिरा
    पार्यौ जिन्दगी धिक्कार !

    ८
    अनन्त
    उदकको भित्रै
    हामीले खोजेको वसन्त !

    खगेन्द्रप्रसाद बस्याल
    रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री खगेन्द्रप्रसाद बस्यालका उत्कृष्ट उदकहरू

    साप्ताहिक उदक अभ्यासको ३४औं शृङ्खला सम्पन्न; ५४ जना उदक स्रष्टाहरूको सहभागीता

  • २४ पुष २०७८, शनिबार २२:०८ मा प्रकाशित
  • काठमाडौ, २४ पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३४ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदकका सहभागी सर्जकहरू

    १//
    आकाश
    जूनको सौन्दर्य
    अनुपम रात्री प्रहर !
    ✍️
    आर्त अकुलीन, कैलाली

    २//
    मौसम
    रुखुवा हँगिया
    जुरार हमार अँगिया!
    ✍️
    सागर कुस्मी “संगत”
    कैलाली

    ३//
    निराशा
    आशाको दीप
    उज्यालो छर्दछ मनभरी !
    ✍️
    शिव खनाल जीवम

    ४//
    चकमन्न
    जुनेली रात
    कठ्याङ्ग्रिने जाडोको साथ!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ५//
    चन्द्रमा
    जुनेली रातमा
    निर्जीव रुख साथमा !
    ✍️
    टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    ६//
    फाेटाे
    खिच्ने काैशल
    सुकेको रुखमा चन्द्रमा !
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ७//
    चाँदनी
    रात्रीको प्रहर
    मनका स्वप्निल रहर !
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    ८//
    प्रकृति
    आकाशमा जून
    क्षितिज रुखको टुप्पो !
    ✍️
    सविता के.सी., काटमाडौँ

    ९//
    जून
    धर्तीको साहारा
    हरियो वृक्ष आधा !
    ✍️
    सरस्वती वली
    बर्दिया

    १०//
    रातमा
    जुनमा दाग
    झुल्किएको प्रकाश चिराग !
    ✍️
    केशव नेउपाने

    ११//
    रात
    सुनौलो चन्द्रमा
    सुकेको रूखको भरोसा !
    ✍️
    घनश्याम पौडेल

    १२//
    जून
    अनौठो दृश्य
    रात्रीकालिन समयको आभास !
    ✍️
    रिता खराल , रुपन्देही

    १३//
    चन्द्रमा
    हरियो वृक्ष
    सुन्दर मध्य रात!
    ✍️
    सुशीला पौडेल

    १४//
    रात
    जुनको सितलता
    बस्ती बस्तिमा मौनता !
    ✍️
    राम नेउपाने

    १५//
    चाँदनी
    वृक्ष वेदना
    बुझौला कसरी भावना !
    ✍️
    प्रेम थापा

    १६//
    चन्द्रमा
    खुला आकाश
    लुकामारी शुष्क बृक्षसँग !
    ✍️
    गोपाल पौडेल

    १७//
    रात
    चम्किलो चन्द्रमा
    निष्पट्ट प्रहरमा उदाङ्ग !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा कैलाली

    १८//
    चन्द्रमा
    उज्यालो छर्छ
    शितलता प्रदान गर्दछ !
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही

    १९//
    चाँदनी
    उन्मत्त रात
    प्रतीक्षा भोलिको प्रभात !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २०//
    चन्द्रमा
    रात्रिकालीन सहारा
    उज्यालो पनको आभास!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    २१//
    वृक्ष
    जन्म मृत्यु
    एक चन्द्रमा साक्षी !
    ✍️
    चन्द्रावती अधिकारी

    २२//
    चाँदनी
    पुष्प गुच्छामा
    मनमोहक प्राकृतिक दृश्य !
    ✍️
    रामचन्द्र ढकाल
    भरतपुर, चितवन

    २३//
    मानव
    प्रकृतिको बिनाश
    पर्यावरणमा गम्भीर असर!
    ✍️
    पशपती राई खोटाङ

    २४//
    चाँदनी
    साथको रात
    बिते पछि प्रभात!
    ✍️
    बुद्धिप्रसाद लामिछाने कैलाली

    २५//
    जुनेली
    रातको प्रतीक्षा
    शितलता पाउने आसामा।
    ✍️
    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    २६//
    आकाश
    जुनको प्रकाश
    देखिन्छ बिचित्रको झकास !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २७//
    शान्त
    रात्रीको जून
    इश्वर उनै हुन !
    ✍️
    इश्वरी अधिकारी

    २८//
    चन्द्रमा
    चाँदनी रात
    आनन्दै आनन्दको साथ !
    ✍️
    गुणनिधि घिमिरे #पाँचथर #मोरंग

    २९//
    जून
    छाया चित्र
    निशाकाे उज्यालाे आभाष।
    ✍️
    राेशन पराजुली,धरान

    ३०//
    रुख
    जून शिरमा
    उज्यालाे पाउने अासामा !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    ३१//
    चाँदनी
    रातमा शिकारी
    विनाश वन्यजन्तु पर्यावरण!
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ३२//
    सत्यता
    चन्द्र गगन
    सृजन विनासको निरन्तरता!
    ✍️
    कणठराज गिरी टीकापुर कैलाली
    हाल अष्ट्रेलिया ।

    ३३//
    बृक्ष
    सुर्योदयको पर्खाइमा
    चन्द्रमाको शितल छहारी।
    ✍️
    रमा पन्त
    पाल्पाली

    ३४//
    जूनले
    जुनेली रातमा
    बनायो आकर्षक दृश्य !
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    ३५//
    चन्द्रमा
    सुकेको वृक्ष
    मिलन हुन्छ रातमा!
    ✍️
    बालकृष्ण खनाल

    ३६//
    आकाशमा
    चम्किलो जून
    रातीको अमुल्य सुन ।
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ३७//
    पतझर
    बसन्त बहार
    चन्द्रमा छुने रहर!
    ✍️
    जमुना कायस्थ

    ३८//
    चाँदनी
    छरेर शीतलता
    सुन्दर अलौकिक छटा !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ३९//
    पतझर
    वृक्षको आशा
    जुनेली शितले पलाउने !
    ✍️
    सावित्री अधिकारी

    ४०//
    जीवन
    सुकेको रुख
    खुसीको पालुवा पर्खाइ !
    ✍️
    बादल गुरुङ वियोगी

    ४१//
    जून
    अध्यारोको साथी
    मात्र देखिन्छ राती !
    ✍️
    शारदा गौतम आचार्य
    ललितपुर !

    ४२//
    कृष्णपक्ष
    झुलुक्क झुल्की
    लुक्न खोज्दैछ चन्द्रमा !
    ✍️
    मंगला उपाध्याय

    ४३//
    वृक्ष
    पतझडको चित्र
    जुनेली रातको दृश्य ।
    ✍️
    सरस्वती श्रेष्ठ

    ४४//
    चन्द्रमा
    जुनेली रात
    अन्धकारलाई दिदैछ मात !
    ✍️
    खेमराज पुरी कैलाली हाल मुम्बई

    ४५//
    चन्द्रमा
    खुसी छर्दै
    बिहानीकाे आशा भर्दै !
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४६//
    चन्द्रमा
    खुशी छर्दै
    मिलन हुने आशामा !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ४७//
    रुख
    चन्द्रमा नियाल्छ
    सुन्दर बिहानी पर्खेर !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    ४८/
    पूर्णिमा
    चकमन्न रात
    वाह! क्या बात!
    ✍️
    राम बहादुर चौधरी, गोरखा

    ४९//
    वृक्ष
    सुनसान रात
    सुन्दरताको प्रतीक चन्द्रमा !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा-९, गुल्मी ।

    ५०//
    चन्द्रमा
    निलाे अाकाश
    हाँगाकाे बिचमा प्रकाश !
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ५१//
    मन्त्रमुग्ध
    बृद्ध रुख
    समीप पाएर चन्द्र !
    ✍️
    बिके माकजु ,भक्तपुर ।

    ५२//
    चन्द्रमा
    शितल प्रकाश
    सजिव निर्जिवमा बराबरी !
    ✍️
    गणेश विष्णु

    ५३//
    जुनेली
    रातको आभास
    स्वर्गीय आनन्दको अनुभुति !
    ✍️
    मिलन के.सी.(थापा)पोखरा

    ५४//
    जीवन
    खोलिको पानी
    बाचियो जानी नजानी !
    ✍️
    अबोध निर्मल कैलालि

    जय उदक ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३४औं शृङ्खला सम्पन्न; ५४ जना उदक स्रष्टाहरूको सहभागीता

    टुक्काकार दीपक ठटालका उत्कृष्ट पाँच टुक्का कविताहरू

  • २३ पुष २०७८, शुक्रबार १९:०५ मा प्रकाशित
  • १
    बैँस ढलेपछि चर्म चाउरी पर्छ,
    मान्छेको चुरीफुरी पनि सबै झर्छ|
    २
    बैँसमा मात्तिनु साह्रै राम्रो हैन,
    उमेर ढलेपछि हुँदैन चैन|
    ३
    खाने लाउने बैँसमै हो सुन,
    लहैलहैमा नखोज्नु जून छुन ।
    ४
    जोवन जान्छ तर बैँस जाँदैन भन्छन्
    नजाने बैँसमा कतिले खाड़ल खन्छन्|
    ५
    रंगीन हुन्छ बैँसको सपना,
    तरुनी पाउने हुन्छ जपना|

    दीपक ठटाल

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार दीपक ठटालका उत्कृष्ट पाँच टुक्का कविताहरू

    कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द

  • २३ पुष २०७८, शुक्रबार १३:५४ मा प्रकाशित
  • तुलसीपुर२३-पुस/

    तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।मंगलबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको थियो ।सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द

    ‘मुख्या बाको छोरो’ – कविता

  • २२ पुष २०७८, बिहीबार १६:०० मा प्रकाशित
  • म त मुख्या बाको छोरो
    बिना काम डुल्ने मोरो ।।

    पढ्न लेख्न जानिएन
    पैले भन्या मानिएन ।।

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    मैंले माया लाको छैन
    बिहे पनि भाको छैन ।।

    दाजु भाई पर्देशैमा
    म बस्दैछु स्वदेशैमा

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    हेर्दा लाटा सिधा जस्ता
    कुरा गर्ने चिप्ला कस्ता !!

    सकिँदैन भेटाउन
    मन्को प्यास मेटाउन ।।

    हे बरी हे बरी आम्मै
    लाई दिउँ माया ठ्याम्मै ।।

    कुरा गर्न चिप्ला खाले
    यस्तै लेउ भन्थे बाले ।।

    दाजुभाई आरिस् गर्छन्
    ल्याऊँ भने रिस्ले मर्छन् ।।

    हे बरी हे बरी आम्मै
    लाई दिऊँ माया ठ्याम्मै ।।

    • गुणनिधि घिमिरे
      पाँचथर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मुख्या बाको छोरो’ – कविता

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २२ पुष २०७८, बिहीबार १५:५४ मा प्रकाशित
  • १.
    स्रष्टा
    भावमा भक्ति
    विश्व परिवर्तनको शक्ति !

    २.
    नेता
    चढ्ने गाडी
    जनता ऋणको भारी !

    ३.
    वन
    सम्पदाको खानी
    व्यक्तिकाे ठूलो निगरानी !

    ४.
    ज्ञान
    सदा बृद्धि
    उत्सुकता र मेहनतमा !

    ५.
    मेल
    एक आपसमा
    उन्नति मानव जीवनमा !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    सँगै खाना खाने साथी थिए, लागुऔषध चोरेको झोकमा घाँटी रेटिदिए !

  • २२ पुष २०७८, बिहीबार १२:३१ मा प्रकाशित
  • आरोपी पक्राउ गर्न भारतीय पक्षसँग समन्वय गर्दै छौँ : प्रहरी

    काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा प्रहरी अनुसन्धान जारी छ ।

    यही पुस पहिलो साता जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियोे । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव फेला परेको थियो ।

    हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो । सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रहरी अधिकारीहरूका अनुसार मनोज र दास एउटै समूहका साथीहरू थिए । उनीहरू सँगैसँगै खाना खाने, घुम्ने र मिल्ने साथी रहेको खुलेको छ । निम्नवर्गीय परिवारका दास र मनोजको समूह लागुऔषध कारोबारी र प्रयोगकर्ता समेत हुन सक्ने प्रहरीको अनुमान छ ।

    मनोजले आफूले मारेको भनिएको अडियोमा एक थप्पडको बदला लिन अरुणको हत्या गरिएको आशय व्यक्त गरिएको पाइएको थियो । प्रहरी अधिकारीहरूका अनुसार दासले लागुऔषध चोरेको हुन सक्ने आशंकामा हत्या गरिएको हो ।

    प्रहरीले अनुसन्धानका लागि कमल साउदलाई नियन्त्रणमा लिएको छ । उनले मनोजको अडियो मृतककी श्रीमतीलाई पठाएका थिए ।

    घटनामा संलग्न मनोजसहितका सबै आरोपी भारतमा लुकेर बसेको प्रहरी दाबी छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशी घटनामा संलग्न सबैको पहिचान भइसकेको बताउँछन् ।

    उनले भने, “सबै अभियुक्तको पहिचान भइसकेको छ । घटनामा पाँच÷सातजनाको संलग्नता देखिन्छ । उनीहरू सबै भारतमा रहेको सूचना छ । यसका लागि हामी भारतीय पक्षसँग आवश्यक समन्वयमा छौँ ।”

    डीएसपी जोशीले मृतक दास र आरोपीहरू चिनजानकै साथी रहेको खुलेको पनि बताए । प्रारम्भिक अनुसन्धानमा लागुऔषधकै कारण घटना भएको खुलेको डीएसपी जोशीको भनाइ छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सँगै खाना खाने साथी थिए, लागुऔषध चोरेको झोकमा घाँटी रेटिदिए !

    आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २२ पुष २०७८, बिहीबार ०७:२४ मा प्रकाशित
  • १
    शिशिर
    मुटुको कम्पन
    खुला आकाशको जीवन !
    २
    देवढुङ्गा
    सर्वोच्च शिखर
    नेपाली माटोको शान !
    ३
    फूलबारी
    ढकमक चाहाना
    नयाँ वर्षको शुभकामना !
    ४
    चौतारी
    पीपलु छाया
    जाडोमा न्यानो माया !
    ५
    मष्तिस्क
    ज्ञानको सागर
    जीवन सुन्दर अपार !
    ६
    पिँजडा
    चरीको बन्धन
    समयको आर्त जीवन !
    ७
    ईश्वर
    अदृश्य शक्ति
    मन वचनले भक्ती !
    ८
    मन्दिर
    धार्मिक आस्था
    फूलहरू चुँडेर हत्या !
    ९
    सिरेटो
    सिरक अभाव
    कारुणिक बस्तीको पीडा !
    १०
    शितलहर
    मुटुको कम्पन
    हत्केलामा यो जीवन !

    ✍️ आर्त अकुलीन, कैलाली

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P