• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

टुक्का माथि टुक्का लेखन शृङ्खलाको २६ औँ भाग शनिबार सम्पन्न

  • १७ चैत्र २०७८, बिहीबार २२:४५ मा प्रकाशित
  • काठमाडौ, १२ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २६ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४८ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २६ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    सफलता कसरी मिल्छ हेर लड्दै नलडेर,
    धर्तीमा जति छन् शत्रु सारा ठहरै नपरेर ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    शत्रु नभई सफल कहाँ सदैव पछि परून्,
    हिम्मत छ भने पल पलमा मेरै डाहा गरून्।

    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    मेरो सफलतामा आरिसले जल्नेहरू जल्दै गरून् ,
    मलाई रिस र डाहा गर्नेहरू , सबै उत्तानो परून् ।

    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [३]
    समय र भाग्य दुईवटै परिवर्तनशील हो, अहङ्कार गर्नु हुँदैन,
    मिहेनत गरिरहने व्यक्तिलाई, सफलता प्राप्त गर्न कसैले छुदैन।

    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४]
    म सक्दिनँ कि भन्दै डगमगाउनु राम्रो हैन,
    हर चिज पूर्ण भएको दुनियाँमा कोही छैन।

    ✍️ म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [५]
    आफ्नै बाहुबलले बढ्नु छ अगाडि,
    रिस गर्नेलाई लगाउँदै पछाडि ।

    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [६]
    बोल्ने बोल्दै गर्छन् कदम चाल्न नछोड,
    हार भयो भन्दैमा बाटो अन्तै नमोड ।

    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [७]
    देशले रगत मागेको छ नहुने भो संघर्ष नगरी,
    नागरिकले सुःख पाएनन् देशभित्र राक्षस नमरी।

    ✍️ सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [८]
    लड्नु संघर्ष ‌गर्नु आफ्नै जिन्दगीसँग भाई,
    भिड्ने अहित हुने कार्य नगर्नु कसैलाई ।

    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [९]
    मित्र चिन्नु साम, दाम, हुदैनन् अरु शत्रु,
    प्यारो हुन्छ स्वार्थ हाम्रो मिलेर सबै पत्रु।

    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१०]
    धरतीकै सारा शत्रु आरिसले जले, जल्दै लौ पछि पर,
    सफलताको दियो बालिरहन्छु, निभाउनेले फुक्दै गर।

    ✍️ अच्युत घिमिरे
    दोभान भुटान 🇧🇹

    [११]
    हुँदैन हित गर्दैमा युद्ध किन पाे लडाइँ,
    मारेर मान्छे भनिने जित याे कस्ताे बढाइँ ।

    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [१२]
    हात्तीहरू हिड्दै गर्छन्, कुकुर भुक्दै गर्छन्,
    वीरहरू लड्दै गर्छन् नामर्द मान्छे डर्छन् ।

    ✍️ रामजी लामिछाने
    पोखरा २७

    [१३]
    चुहिन्छ पसिना परिश्रमको मीठो हुन्छ फल,
    मिल्दछ खुसी आनन्द थुप्रै चुहाई स्वेद जल ।

    ✍️ कमला देवकोटा
    पाल्पा, हाल काठमाडौ

    [१४]
    बैगुनीलाई गुनले नै मार्नु भन्छन्,
    गुन गर्यो बदलामा भुसुना गन्छन् ।

    ✍️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१५]
    अगाडि बढ्न लक्ष्य मजबुत गर,
    सफलता मिल्छ अवश्य भर पर ।

    ✍️ दुर्गा तिवारी
    काठमाडौ ,महाराजगन्ज

    [१६]
    मारेर मान्छे बलियो भइदैन मित्र,
    मानवता भन्ने कुरा साच्नू आफूभित्र ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [१७]
    सफल हुनु नहुनु मेहनत इमान्दारीमा भर पर्छ,
    आह्रिसेहरूको फाँईफुट्टी हेर्दै जानु आफ सेआफ झर्छ ।

    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [१८]
    सफलताको शिखर पुग्नु अघि आत्मविश्वासमा भर परौँ,
    सानो ठूलो जस्तो काम भए पनि घमण्ड नगरी सुरु गरौँ ।

    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [१९]
    संघर्ष जति गरेपनि यहाँ, सफल को चाहिँ हुन्छ?
    चाकडी गरे जीत हुन्छ नेताको, जसको बोली सुन्छ !

    ✍️ गोपालकृष्ण डंगोल
    इटहरी, सुनसरी ।

    [२०]
    अधिकार लिनलाई आफैँ अगाडि बढ्नुपर्छ,
    जसलाई पारि पुग्नुछ उसैले पो खोला तर्छ ।

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२१]
    लड्नु मित्र जीत र हार पक्कै होला,
    आफ्नै मार्गको लागि बग्नै पर्छ खोला ।

    ✍️ प्रेम थापा “मन”
    बागलुङ

    [२२]
    शत्रु अनि मित्र भन्नु मनको कारण मात्र,
    निरन्तर परिश्रमले सफल हुन्छ पात्र ।

    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२३]
    हिड्दा लड्न सक्छ बिचमै बाटो मोड्नु हुन्न,
    सिधा हिड्नुपर्छ बाह्रहाते टाँगले छुन्न ।

    ✍️ बिके माकजु
    भक्तपुर ।

    [२४]
    जल्नदेऊ दन्किएर सुख्खा घाँसहरू,
    आँट लेऊ निरन्तर जिल्लिनेछन् बरु ।

    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [२५]
    सफलता हात पर्दछ आफ्नै पौरखले,
    विडम्बना सित्तैमा खोज्दछ यो समाजले ।

    ✍️ शंकर कार्की
    थाहा,३ मकवानपुर।

    [२६]
    कर्तव्यले शान्ति मिल्छ शत्रु जल्दै गरून्,
    कदम रोक्नु हुन्न चाहे ठहरै परून् ।

    ✍️ इश्वरी अधिकारी
    लमजुङ

    [२७]
    लडाउनु चाहनेहरू धेरै हुन्छ, खुट्टा तान्नेहरू धेरै हुन्छ,
    जसले यसको पर्वाह गर्दैन उसैले सफलतालाई छुन्छ।

    ✍️ बी.कुलुङ
    दार्जिलिङ भारत

    [२८]
    धर्तीमै उज्यालो दीप बाल्नेछु रिस डाहा गर्ने गर्दै गर,
    आफ्नो कर्म गर्न छोड्दिन शत्रुहरु जल्दै परपर सर ।

    ✍️ बेदु न्यौपाने 💕
    काठमाडौ

    [२९]
    आरिस गर्छौ मलाई देखि गर कति गर्ने,
    मेरा खुट्टा तान्दातान्दै तिमी नै हौँ पछि पर्ने ।

    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३०]
    द्वन्द्व लडाइँ झगडा गर्नु छैन मलाइ,
    अझैँ आलै छ हेर हिजोको तीब्र दुखाइ ।

    ✍️भगवती दवाडी
    झापा

    [३१]
    सुनेनौ भने कहिले नि अरुको कुरा,
    आँट गरे गर्न सकिन्छ सपना पुरा।

    ✍️ लालीमाया थापा मगर

    [३२]
    लड्दा लड्दा थाकिनै सकियो हामी जनताहरू,
    गद्धार जति सबैलाई कालले लानु नि बरु ।

    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३३]
    धर्ती छाडी आकाशमा उडाइ ल्याऊनु,
    आपसमा साझेदारी मौसम छाऊनु ।

    ✍️ जि कुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    [३४]
    भाग्यमानी सफल छन् कर्म गरेर,
    अभागी बन्छ अल्छी जिउँदै मरेर ।

    ✍️लक्ष्मण समीर
    बर्दिया हाल: काठमाडौं ।

    [३५]
    कति खुट्टा तान्छौ तान तिमी आफ्नो काम गर्छु,
    आरिसले जल्छौ भने सृजनाले यहाँ भर्छु ।

    ✍️ तारा घिमिरे
    सङ्खुवा सभा

    [३६]
    राम्री लाई मरिमेटी गर्छ हेरिहेरि,
    शङ्का व्यर्थै गर्छ अन्तै आँखा जोर्छ फेरि।

    ✍️ पौडेल विमुन्स 💕
    पोखरा कास्की 💕

    [३७]
    छैन मेरो कहीँ यता सफल चित्र,
    चौतर्फी घेरा गरि पार आफ्नो मित्र ।

    ✍️ संझना कुसुम

    [३८]
    काग कराइरन्छ पिना सुक्दै जान्छ,
    आरिसेले अन्त्यमा आलु मात्रै खान्छ ।

    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३९]
    सज्जनसँग लागेर भन तिमीलाई के पाउँछ,
    नेतासँग हात मिलाउ बरु पैसो पनि आउँछ।

    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल

    [४०]
    झाँक्रीले रातोभाले नखाए भूत पनि भाग्दैन्,
    नेता निकट नभइ सफलता हात लाग्दैन् ।

    ✍️ रिजाल विनोद
    मोरङ

    [४१]
    सफलता पाउनलाई संघर्ष गर्नु पर्छ,
    रिस डाहा गर्ने मान्छे आफै जलेर नै मर्छ ।

    ✍️ बिबस पारदर्शी
    भद्रपुर – २ झापा ,

    [४२]
    भाइ भाइ बिच हुन्छ जहिले हानाहान,
    स्वार्थका निमित्त सधै नै कुर्सी तानातान ।

    ✍️ अम्बिका कोइराला
    धादिङ

    [४३]
    झगडा कसरी साम्य हुन्छ लौन बँचाऊ,
    विश्व युद्व चल्न सक्छ रुसलाई हँसाऊ ।

    ✍️ भगवती दवाडी

    [४४]
    लड्छ भन्छन् घोडा चढ्ने हुन्छ रे प्रयास गरे,
    लक्ष्य भेट्न सकिदैन् बिचमै अलमल्ल परे।

    ✍️ मनोहरी पौडेल
    गैडाकोट १नवलपुर

    [४५]
    पाैरखीकाे हातमा सुनकाे थैला ,
    ईर्ष्या गर्नेकाे मन त सदा मैला ।

    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४६]
    सफलता पाईने हो एक दुई हार मिलेपछि,
    भाग्य अवश्य नै बन्छ ईखले मनमा खिलेपछि ।

    ✍️ पुष्पशायरा
    बिराटनगर ।

    [४७]
    कुरा काट्नेकाे कुरा सुनेर लक्ष्य मेरो माेडिदैन,
    खुट्टा तान्ने धेरै छन् तर संघर्ष गर्न छाेडिदैन ।

    सुमिना तिमल्सिना

    [४८]
    डाडु र पन्यौ आफ्नै हातमा, केको लिन्छौँ पिर,
    आफूमात्र मोज गर हान्दै अरुलाई तिर ।

    वसन्त अनुभव
    घोराही, दाङ
    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्का लेखन शृङ्खलाको २६ औँ भाग शनिबार सम्पन्न

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको २४औँ अभ्यास शृङ्खला सम्पन्न

  • १६ चैत्र २०७८, बुधबार १४:११ मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ १२ /१५

    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास, स्थायी आफू खुशी राखेर पञ्चाङ्ग बनाउन अनुरोध गरिन्छ ।
    ==============================

    पञ्चाङ्ग   ०१

    स्वतन्त्र हुँदै आकाशमा उड्नेछौ तिमी
    केहिबेर  उडी  भुइँमा  उठ्नेछौ तिमी
    प्रविधिको  ज्ञान   सर्वत्र   भएको बेला
    समयको  साथ नहिंडे  छुट्नेछौ तिमी
    नेपथ्यमा सधैँको लागि लुक्नेछौ तिमी।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग  ०२

    कमाएर खान सिक रमाएर बाँच्न     सिक दुनियाँमा
    अब  मानवताको एउटै  माला गाँस्न सिक दुनियाँमा
    सुख होइन सन्तोषको खाँचो हो हजुर मिले देखि त
    पहिले त्यो विभेदको अहङ्कार मास्न सिक दुनियाँमा
    भित्री पीडा ती भगाएर बाहिर हाँस्न सिक दुनियाँमा।

    💢निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग    ०३
    १
    अरूलाई मासेर अगाडि बढेँ म
    पुगूँ माथि भन्दा पछाडी परेँ म
    कलिमा गरेँ पाप् कलिमै करायो
    टुप्पो पुग्न खोज्दा भुईंमा ढलेँ म
    पुगी शून्यतामा  बिलाएँ सडेँ म ।

    २
    अहङ्कार आयो  स्वयं नैं गलेँ म
    जुर्यो क्रोध अग्नि थलोमा परेँ म
    कलीमा गरेँ पाप् कलिमै करायो
    हटी पुण्यता यो हिलोमा फसेँ म
    कलिमै गरेँ पाप्  कलिमै ढलेँ  म ।

    💢गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका।

    पञ्चाङ्ग   ०४

    अरुको भरमा परेर हेलामा पार्नु पार्यौ तिमीले
    पृथ्वी गोलो छ हेर जहाँ  फेलामा पार्नु पार्यौ  तिमीले
    सँच्चाइको पछि लागेको थियौ भने यहाँ केही हुन्न
    जितको हार  मनाउन रेलामा पार्नु पार्यौ तिमीले
    जीवनमा भोग्नु केही छ भेलामा पार्नु पार्यौ तिमीले ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड।

    पञ्चाङ्ग    ०५

    समय सँगै हरेक बादलका धब्बा मडारिएका छन्
    कुन मगजले हो  खै दुर्बलता  पनि सारिएका छन्
    न दायाँ  हुने , न  त  बायाँ  हुने  आडम्बर गर्नेबाट
    सोझा साधु सन्त पनि पूर्वाग्रहले लछारिएका छन्
    हेलाले नि सीमा नाघ्यो र त अलपत्र पारिएका छन् ।

    💢प्रेम थापा, बागलुङ।

    पन्चाङ्ग   ०६

    शून्य जीवन,सडकमा खाँना,कुर्दा रोएको छ
    एक बालक सडकमै,खाँना तुर्दा रोएको छ
    फेरि यहीँ  देशमा फर्केर,  आउन  नपरोस्
    यही भन्दै आज चिहानबाट,मुर्दा रोएको छ
    सानै उमेरमा,सन्तान,आमा पुर्दा रोएको छ।

    💢प्रदीप नेपाली,  पर्वत

    पञ्चाङ्ग   ०७

    फूलै   फूलको   बगैँचा बीच रमाएर बाँचौ
    आफ्नो लागि पो आफैले केही कमाएर बाँचौ
    मन खुसी पार्ने असल मन्त्र हामी भित्रै छ
    आफू हाँसी दुनियालाई पो  हँसाएर बाँचौ
    पलपल  जीवन  यात्रा  पो जमाएर बाँचौ ।

    💢सरिता काफले, कोहलपुर बाँके।

    पञ्चाङ्ग   ०८

    आज ऊ मिठा मिठा सपना देखाएर गयो
    भाग बण्डा कागजी रुपमा लेखाएर गयो
    दु:ख सुखको कुरा  के  मतलव  उसलाई
    अरूलाई नसोधी आफ्नो भाग पाएर गयो
    भएको निसाना पनि सबै      मेटाएर गयो ।

    💢सरस्वती श्रेष्ठ, इटहरी।

    पञ्चाङ्ग   ०९

    परेछु कसरी म हेर शिकारीको जालमा आज
    खेलाडी रहेछ नि मनसँग खेल्ने खालम आज
    बचाउँछु भन्ठानेकाे मैले ब्याधाबाट आफूलाई
    सकिएन के गरौँ  म परिसकेछु कालमा आज
    नाच्न तयार हुनुपर्ने रे म उस्कै तालमा आज।

    💢रामराजा के. सी.फर्पिङ, काठमाडौं।

    पञ्चाङ्ग   १०

    रसाउँदा आँखा, अरुका कहानी सुनेर रमाउँने गर्छु
    आडभर चाहिए कल्पनामा हातहरू समाउँने गर्छु
    दुईचार वटा घाउहरू देखाइदिनु बाँच्ने रहर छ
    दुःख पीडा, एक्लोपन उदासीनताहरू जमाउने गर्छु
    बेरोजगार मान्छे अभाव माथि अभाव कमाउने गर्छु ।

    💢सविता के.सी. काठमाडौं।

    पञ्चाङ्ग   ११

    प्रविधिको समयले नि अधकल्चो ज्ञान दिलायो मलाई
    सबै सेवा  लिन नसकिने लाचारी पान  पिलायो मलाई
    सबैथोकको जोहो गर्न नसक्नु  पनि व्यर्थ  छ  समयमा
    अकस्मात् हुरीले आधा मिलनको समय मिलायो मलाई
    बोल्छु भन्छु आेकल्न नै नदिईकन मुख सिलायो मलाई ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ   १२

    रुख चढी घाँस झारीन्थ्यो गाई बस्तु पाल्दा
    ठेकिभरि महि पारिन्थियो गाई बस्तु पाल्दा
    हिउँदभरि   छाडा चर्थे खेत  बारीमा   बस्तु
    गाउँबेशी गाेठ सारिन्थ्यो गाई बस्तु पाल्दा
    कराईभरि घिउ खारिन्थ्यो गाई बस्तु पाल्दा।

    💢तारा घिमिरे संखुवासभा।

    पञ्चाङ्ग   १३

    जिउँदै मरेका छन् मरेकालाई के मार्नु?
    आशै आशमा बानी परेकालाई के मार्नु ?
    आशा देखाएर गलत्याउने बानी कस्को ,
    तृष्णा थियो मनको अन्त झरेर के मार्नु ?
    कम्पित निर्धोलाई  गाली गरेर  के मार्नु ?

    💢सीता देवी, लखिमपुर,आसाम,भारत।

    पञ्चाङ्ग   १४
    १
    साँचाे प्रेम हुँदै हुँदै न त भने च्यातेर फालाैँ अब,
    आगाेमा जसरी  जलेछ दिल याे  के ले पखालाैँ अब ।
    बत्तीमा पुतली सरी नजरकाे आशा जलाएपछि
    फाटेका मुटुका भुवानहरु छन् केले म टालाैँ अब ।
    चङ्गा झै बहँदै गयाे नि मन याे के ले सम्हालाैँ अब ?

    २
    मलाई दुख पर्दा   हाँस्ने  तिम्राे प्रवृति हाे ,
    स्वार्थ खातिर नाता गाँस्ने तिम्राे प्रवृति हाे
    पूर्वतिर    उदाएर   पश्चिम    जाने भुल्याै,
    रीतिस्थिति सबै  मास्ने  तिम्राे  प्रवृति  हाे
    देखावटी  बिल्ला टाँस्ने तिम्राे  प्रवृति हाे।

    💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके।

    पञ्चाङ्ग १५

    चिनो ल्याए माया लाई चुरा दिनेछु,
    प्रिय मिठा मिठा धेरै कुरा दिनेछु।
    अब मायामा तिमी र म रमाउने,
    समीप आए म पक्कै भुरा दिनेछु,
    तिम्रो लागि समय म पुरा दिनेछु।

    💢दुर्गा आचार्य,मोरङ

    पन्चाङ्ग   १६

    आज चैत्र पन्द्र गते आकाश धुम्म छ।
    बिहानी पाठ पूजा गर्दा मन झुम्म छ ।
    मेराे स्वास्थ अनुकुल् भएन कि आकाश ?
    मैले पातलै लुगा लगाएकाे   गुम्म छ ।
    ओछ्यान मा निन्द्रा कम् बस्याे भने उम्म छ।

    💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं।

    पञ्चाङ्ग   १७

    सधैं योग गरी रोग भगाउऊँ हामीले।
    प्रतिरोधात्मक शक्ति बढाऊ हामीले।
    मन आत्म स्वच्छ राख्न ध्यान दिने गरौं,
    आत्म,मनमा शुद्धता जगाऊँ हामीले।
    जीवन शैली विकास गराउँ हामीले।

    💢सुशीला पौडेल, काठमाडौं।

    पञ्चाङ्ग   १८
    १
    त्यो पाखा र पखेरा भुलेको छैन
    त्यहाँ जस्तो  अचेल डुलेको छैन
    मायानै माया बसेको त्यो पाखामा
    जन्मेको ठाउँमा झै खुलेको छैन
    त्यहाँ जस्तो त याँहा घुलेको छैन ।
    २
    आमाको काखमा जान मन लाकोछ
    आमाले पकाको खान मन लाकोछ
    छोरी अन्मिए सी फुत्त जान नमिल्ने
    आमा  नेर  ठाउँ लान मन लाकोछ
    राख्न आँगनीको मान मन लाकोछ।

    💢सुमित्रा पोखरेल, काठमाडौं।

    पञ्चाङ्ग   १९

    किन यसरी झर्केको प्रिय ?
    देख्नसाथ  फर्केको प्रिय
    म बाट के गल्ती भयो र ?
    हेर! घरीघरी तर्केको प्रिय 
    बुझिन   मुटु चर्केको प्रिय ।

    💢आर्मित्मा थापा मगर, स्याङ्जा।

    पञ्चाङ्ग   २०

    तन मन साेच स्वस्थ्य रहन ब्यायाम गर्नु पर्छ
    सुलभ याेग साधना र कर्मले मन भर्नु पर्छ
    दैनिक याेगासन गर्दा शरीर स्फुर्ति बढ्न जान्छ
    महङ्गाे उपचार प्रतिस्थापन गर्न झर्नु पर्छ
    नत्र लाखाैं खर्चले नहुँदा अकालमै मर्नु पर्छ।

    💢सुरेश चन्द्र घिमिरे, लमजुङ।

    पञ्चाङ्ग   २१

    समयको  डोरिले कसेकोछु आफै
    जमातको भिडमा बसेकोछु आफै
    नियाल्दैछु फरक तिक्तता कति छ
    पाखुरा अनि घुँडा धसेकोछु आफै
    कहिले अचानक  खसेकोछु आफै।

    💢देवि कार्की खुलाल, झापा ।

    पञ्चाङ्ग   २२

    जस्तोसुकै परिस्थितिमा पनि यहा  हार्नु हुदैन
    दु:ख भो जिन्दगीमा भनि कतै ठाउँ सार्नु हुदैन
    मानव चोला हो संघर्ष त गर्नैपर्छ जिवनमा
    परिश्रममा  कसैलाई अवगाल पार्नु हुदैन
    बिनाकारण कसैलाई होच्याएर झार्नु हुदैन ।

    💢दुर्गा भट्टराई, मोरङ।

    पञ्चाङ्ग   २३
    १
    आयो है जनता फेरि नि भोट दिने काम।
    भोट पाई  नगर नेता चोट दिने काम।
    पठायाै मिलाएर पार्यौ नि भताभुङग ।
    गर्यौ है कान्छा बा केबल खोट दिने काम।
    फेरि नगर यो गलत नोट दिने काम।
    २
    त्यसै खुसी त यहाँ कहाँ पाइन्छ  हजुर।
    खुशी हुन कर्म असल चाहिन्छ हजुर।्
    फयाङ्लाे गुन्द्रीमा नि त निद्रा मस्त  आउछ ।
    गुन्द्रुक पनि  मिठो मानी खाइन्छ हजुर।
    ढाक्न इज्जत पुरानै नि लाइन्छ हजुर।

    💢गिता अर्याल, नेपालगन्ज बाँके।

    पञ्चाङ्ग   २४

    सही साेच ब्यायाम नित्य गरी सब दिन ।
    सात्विकी खाना सादा नाना धरी सब दिन ।
    अठासी हजार ऋषिकाे ध्यान सम्झी सारा ,
    बन्नेछ तन स्फुर्ति उस्तै भरी सब दिन ।
    याेगले जान्छ दीर्घ  राेग टरी सब दिन ।

    💢भवानी  घिमिरे, सर्लाही।

    पञ्चाङ्ग   २५

    मैले बोल्दा तिमिलाई आघात हुन्छ भने
    मेरो साथले ओेैँसिको त्यो रात हुन्छ भने
    खुसी साथ जिवन तिलाञ्जली दिन्छु प्रिय
    सदा बाहार तिम्रो मीठो प्रात हुन्छ भने
    प्रत्येक पाईलामा उन्कै साथ  हुन्छ भने।

    💢चेतना पोखरेल, मोरङ।  

    पञ्चाङ्ग    २६

    साच्चै माया गर्छौभने सम्मान दिए पुग्छ
    हरपल सम्झिएको प्रमाण दिए पुग्छ
    चाहिँदैन मुल्यवान उपहार कुनै पनि
    मुटु भित्र बस्ने एउटा स्थान दिए पुग्छ
    मनै देखि बचनले जमान दिए पुग्छ ।

    💢मिथिला अधिकारी, मकवानपुर हेटौडा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको २४औँ अभ्यास शृङ्खला सम्पन्न

    साताका तीन लघुकथा

  • १३ चैत्र २०७८, आईतवार २३:०२ मा प्रकाशित
  • साताका तीन लघुकथाको दशौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (आगो, क्षुधातुर र त्याग) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : आगो

    ✍️ त्रिपुरा खरेल
    शान्तिनगरको शान्ति देखेर भुसलाई उखरमाउलो भयो। उसले दर्शन ढुङ्गोसित एक झिल्को आगो मागी। कयौँपटक आरण्य काण्ड मच्चाउने चकमकलाई जाबो शान्तिनगर सल्काउनु केही थिएन। उसले मौकाको फाइदा उठाउन भुसलाई अलिकति आगो दियो।

    भुसले त्यो आगोको झिल्कोलाई सखुवाको पतिङ्गरमा मिल्काएर एउटा चेपमा लुकेर तमासा हेर्न लागी। सुकेका पात पतिङ्गरमा झोसिएको आगो विकराल रुप लिएर दन्किन थाल्यो ।

    “आत्था ! आगोको रापले पोल्यो।” बाँसले यतिमात्र बोल्न पायो। शान्ति नगरमा चटटट .. ठ्वाङ् ठ्याङ् … पट्याङ्को आवाजले क्षणमै अशान्तिको सृजना गरिदियो । नगरवासीहरू आफ्नो पसिनाको कमाइ छोडेर भाग्न थाले। भुस खाली घरहरूभित्र पसेर सामानहरू गुट्मुट्याउन थाल्यो ।

    “आत्था ! पोल्यो ! बचाऊँ !” भुसले अघि गुट्मुट्याएका सामानहरू ह्वारह्वार्ती बल्दैथे । शान्तिनगरको ठूलो चारपाटे चोकमा गुम्सिएको आगोबाट रुमलिएको धुवाँमा भुस निसासिएर छट्पटिदै थिई।

    सिक्किम, भारत

    [२] लघुकथा : क्षुधातुर

    ✍️ दिप मङ्ग्राती “निरीह”
    “हे भगवान ! तिमीले मेरो बाउ लग्यौ, आमा लग्यौ। मेरो सारा खुशी लग्यौ । तर मेरो भोक चाहिँ किन लगेनौ ?”

    “सुनेको थिएँ, तिमीले चाह्यौ भने जे पनि गर्न सक्छौ । असिना पानी वर्षाए जस्तै, खानेकुराहरू किन आकाशबाट वर्षाइदिएनौ ?”
    “म मेरो आमा बाबाको परी थिएँ, मलाइ सडकको परी किन बनायौ ?”
    “पेटको साथसाथै भोक दियौ । तर भोक मेटाउने खानेकुरा किन दिएनौ ?”
    भोकले बेहाल भएकी परीले भगवानसँग गुनासो गर्न थाली।

    “हे बालिके ! तिम्रो मनोकामना अवश्य पूरा हुनेछ ! खानेकुराहरूको वर्षा हुनेछ !”
    “पर्ख, धैर्य गर, हरेक कुराको आफ्नो समय हुन्छ।” भन्दै आकाशवाणी भयो । अनि एकैछिनमा , आकाशबाट भातको वर्षा हुनथाल्यो । सेतो फुर्फुराउँदो भात। हेर्दाहेर्दै वरिपरि जताततै, भातको रास थुप्रियो । ऊ खुशीले नाच्न थाली । अनि रमाउँदै भात टिपेर खान खोजी, तर उसको हातै चलेन । जति प्रयास गरेपनि उसले भात टिपेर खान सकिन । दिक्क भएर हात झट्कारी, हात झट्कार्दा उसको हात छेवैको ढुङ्गामा बजारियो।
    ‘ऎया !’ भन्दै ऊ ब्युझी। सपनामा हात झट्कार्दा साच्चिकै झट्कारिन पुगेछ।

    यसो ध्यान बटुलेर हेरी, ऊ सडकको पुल मुनि सुतिरहेकी रहिछ। भोकले लखतरान र थकित ऊ आराम गर्न पुल मुनि बसेकी थिई । त्यहीँ निदाइछ। बाहिर आकाशबाट बेतमास असिना पानी वर्षिरहेको रहेछ। उसको भोकको प्रतिविम्व बनेर भातको साटो, ऊ उठी । अनि त्यहीँ असिना टिपेर , अघाउन्जेल खाई ।

    बेलबारी, मोरङ

    [३] लघुकथा : त्याग

    ✍️ तुलसी पण्डित
    रुपले पनि मान्छेलाई निल्न सक्ने रहेछ । मलाई लाग्थ्यो मेरो रुप र यौवनलाई कसले मात दिन सक्छ र ?! म गाउँदेखि पर शहरमा बसेर पढेको थिएँ । लोकसेवा दिएर सुब्बामा नाम निकाल्न सफल भएँ ।

    मेरो कोठाको केही पर एक युवक केटा बस्थ्यो । ऊ अति सुन्दर थियो, खाइलाग्दो थियो । मेरो उसैसँग हिमचिम बढ्दै गयो । हिमचिम प्रेममा परिणत भयो । आखिर हामी दुबैले विवाह गर्यौँ ।

    आखिर ऊ त अनपढ रहेछ । साथीहरूले ‘खसमले कति पढेका छन् ?’ भन्दा लाज लाग्न थाल्यो । मैले उनलाई आफैँले निकै मेहनतका साथ पढाएँ । उनले पनि निकै मेहनत गरे । म आफैँले जाँच लिन्थे । उनले सबै मिलाउथे ।

    मैले उनलाई स्कुल लगी भर्ना गरिदिएँ । उनले निकै मेहनत साथ पढे । स्कुलको पढाई सकियो । ‘एस इ इ’ मा उनले राम्रो गरे । मैले उनलाई फार्मेसीमा भर्ना गरि दिएँ । उनले फार्मेसी पनि पास गरे । त्यसपछि बैंकबाट ऋण लिएर औषधि पसल राखि दिएँ । त्यसबाट उनले प्रशस्त कमाए ।

    घर किने । अरू औषधि पसल थपे । प्रशस्त सम्पत्ति आर्जन भएको थियो । ‘मैले लोग्नेलाई खर्च गरेर पढाएको पनि काम लाग्यो।’ भन्दै म अति नै खुशी थिएँ । तर उनले अरू नै केटी माथि आँखा लगाउन थालेछन् । मैले उसलाई सचेत पार्दै भनेँ । “मेरो त्यागको अवमूल्यन नगर है ।” तर ऊ भन्दै थियो। “जिन्दगी रोमान्स रहेछ ।” “तिमीले याद गर रोमान्सलाई आफ्नो अधिनमा राख्न नसके सिर्फ पतन निम्त्याउने छ । ” मैले यति भन्दाभन्दै पनि ऊ केही समयपछि त्यही केटीसँग जोइला गएछ ।

    भरतपुर, चितवन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    पतञ्जली परिवारबाट गाेरखनाथ गुरुकुललाई आर्थिक सहयाेग प्रदान

  • १३ चैत्र २०७८, आईतवार ०९:३८ मा प्रकाशित
  • दाङ घोराहीको चौघेरा स्थित गोरखनाथ वैदिक गुरुकुललाई ५६ हजार बढी रकम आर्थिक सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकम गुरुकुल सञ्चालनार्थ कोष खडा गर्नका लागि दिइएको हो ।

    गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ चौघेरा दाङमा शनिबार आयोजित एक कार्यक्रममा पतञ्जली योग समिति, लुम्विनी प्रदेश सह-प्रभारी शारदा पोख्रेल नेतृत्वको टोलीले गुरुकुललाई उक्त रकम हस्तान्तरण गरेको थियो । टोलीमा पतञ्जली योग समितिका जिल्ला, नगर र नगर उपकेन्द्रका योग गुरुहरुको सहभागीता थियो ।

    कार्यक्रम पतञ्जली योग घोराही नगर समिति अध्यक्ष एवं योग गुरु तोयनाथ योगी ज्यूको अध्यक्षता, गुरुकुल सञ्चालन समितिका अध्यक्ष तथा पूर्व पीठाधीश याेगी देवनाथजी महाराजको प्रमुख आतिथ्य एवं पतञ्जली योग लुम्विनी प्रदेश सह प्रभारी आदरणिय गुरुआमा शारदा पोख्रेल,पतञ्जली योग समिति दाङ जिल्ला अध्यक्ष आदरणीय गुरु उदयबहादुर डाँगी तथा युवा प्रभारी केतनारायण आचार्य ज्यूको विशेष उपस्थितिमा सम्पन्न भएकाे थियो । साथै उक्त कार्यक्रममा गुरुकुल पदाधिकारीहरू, वटुक एवं कन्या सहित अन्य ब्यक्तिहरूको पनि उपस्थिति रहेको थियोे।

    गुरुकुलका वटुक तथा कन्याको स्वस्ती वाचन सँगै शुरु भएको कार्यक्रममा टोलीले पतञ्जली योग र गुरुकुलको सम्बन्ध नङ र मासुको झैँ भएको हुँदा आगामी दिनहरूमा पनि आर्थिक लगायत अन्य सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको थियो।

    गुरुकुलको उन्नयनका लागि सहयोग गरेकोमा गुरुकुलले पतञ्जली परिवार प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गरेकाे थियाे ।

    गुरुकुलमा सहयाेग प्रदान गर्नुहुनेकाे विवरण यसप्रकार रहेकाे छ:

    १)ॐशिरडीसाई योग साधना केन्द्र,दाङ रु११,१५५/=
    २)पतञ्जली योग लुम्विनी प्रदेश समिति ,दाङ रु१०,०००/=
    ३)पतञ्जली योग समिति दाङ रु१०,०००/=
    ४)पतञ्जली योग घोराही नगर समिति रु१०,०००/=
    ५)नोकबहादुर योगी,घोराही दाङ रु५,०५०/=
    ६)राप्ती योगाहल दाङ रु२,७७२/=
    ७)गंगाराम आचार्य रु२,१००/=
    ८)गणेश मन्दिर योग साधना केन्द्र रु१,५००/=
    ९)पतञ्जली योग गुलरिया केन्द्र दाङ रु१,५००/=
    १०)गोरक्ष योग केन्द्र रु१,१६०/=
    ११)लक्ष्मीपुर योग साथना केन्द्र रु१,०००/=
    ——————-
    जम्मा कुल सहयोग रु ५६,२३७/= छपन्न हजार दुई सय सैंतीस रुपैँया रहेकाे छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पतञ्जली परिवारबाट गाेरखनाथ गुरुकुललाई आर्थिक सहयाेग प्रदान

    उदक यात्री आर्त अकुलीनका केही उत्कृष्ट उदकहरू

  • १३ चैत्र २०७८, आईतवार ०७:०२ मा प्रकाशित

  • ———————- … ✍️ आर्त अकुलीन
    १
    अगुवा
    मतिले भ्रष्ट
    विकृत छेपारे नीति !

    २
    सुरुवात
    रङ्गमञ्चमा खेल
    बाहिर व्यवहारमा जालझेल !

    ३
    षड्यन्त्र
    कालो नियत
    एक पुरातन पर्खाल !

    ४
    मसान
    भूतको दृश्य
    गाउँ सहरमा भय !

    ५
    बगैंचा
    सुन्दर फूलहरू
    चौतर्फी काँडाको राज !

    ६
    जीवन
    घाम छाया
    आँखमा अस्रु सागर !

    ७
    वैराग्य
    हिंसात्मक पर्वत
    दैनिक चुँडिएका फूल !

    ८
    आँगन
    चारैतर्फ किरा
    भित्र खाएका हीरा !

    ९
    जङ्गल
    चौतर्फी सन्त्रास
    रूखमा मौन बाँदर !

    १०
    होली
    पारिवारिक मिलन
    जीवनका खुसीका रङ्गहरू !

    ११
    होली
    खुसीको उत्सव
    रङ्गको अनुपम पर्व !

    १२
    जीवन
    खुसीको रङ्ग
    जून ताराको उमङ्ग !

    १३
    बगैंचा
    सुन्दर फूलहरू
    जीवन जिउने परिकल्पना !

    १४
    गमला
    सुन्दर कुसुम
    कुसुम जस्तै जीवन !

    १५
    वसन्त
    खुसीको वर्षा
    जीवन यात्रा अनन्त !

    १६
    करेसाबारी
    हरियो तरकारी
    चलखेलमा मकैका किरा !

    १७
    पत्थर
    मानेमा देवता
    नमाने वेवारिसे वस्तु !

    १८
    बाँदर
    विनाशक तत्त्व
    काला कर्तुतको प्रदर्शन !

    १९
    गन्तव्य
    निरन्तर यात्रा
    सफलताको उच्च शिखर !

    २०
    अन्धकार
    रावणहरूको बस्ती
    कालको विकृत साम्राज्य !

    २१
    नियत
    हात्तीका दाँत
    दुषित सामाजिक तत्त्व !

    २२
    दम्भ
    मनको कालो
    सल्केको भुसको आगो !

    २३
    भावना
    स्वप्निल आकाश
    आकाश जस्तै हृदय !

    २४
    सीप
    पसिनाको मुल्य
    सन्तानको सौम्य भविश्य !

    २५
    सुन्दर
    गाउँ समाज
    चौतर्फी कुकुर आतङ्क !

    कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका केही उत्कृष्ट उदकहरू

    वरिष्ठ टुक्काकार रामकृष्ण दुवाडीका उत्कृष्ट ब्यङ्ग्यात्मक टुक्काहरू

  • १२ चैत्र २०७८, शनिबार १९:२९ मा प्रकाशित
  • साथी सँगी घाेडा चढे मैले चढेँ धुरी,
    मक्किएकाे छानाे भत्क्याे उड्यो सिरीखुरी ।।१।।

    गेडी थियाे पाकेटमा मेरी थिइन् साथमा,
    छेद पर्याे झर्याे गेडी छैन मेराे हातमा ।।२।।

    नेता हुने विचारले भाषण सिक्न थालेँ,
    समृद्धि र विकास हुने लय शब्द हालेँ ।।३।।

    चुनाव आउँदा सबै थाेक दिलाउँछु यहाँ,
    चुनाव पश्चात उठे झाेक मिलाउँछु कहाँ ।।४।।

    रामकृष्ण दुवाडी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on वरिष्ठ टुक्काकार रामकृष्ण दुवाडीका उत्कृष्ट ब्यङ्ग्यात्मक टुक्काहरू

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४४औँ भाग शनिबार सम्पन्न

  • १२ चैत्र २०७८, शनिबार १८:५६ मा प्रकाशित
  • काठमाडौ, १२ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४४औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    प्रकाश
    कर्म यथार्थ
    जीवन बाँच्ने प्रयास !

    राेशन पराजुली
    धरान।

    [२]
    परिश्रम
    जुत्ता सिलाउँदै
    सन्तानको उज्ज्वल भबिष्य !

    खेमराज पुरी
    कैलाली

    [३]
    गरिब
    तर परिश्रमी
    सामान्य परिवारको जिन्दगी !

    शिव ज्ञवाली
    गुल्मी

    [४]
    परिश्रम
    कर्मको फल
    गरेपछि भइन्छ सफल !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [५]
    ज्ञान
    अमुल्य धन
    समयमै गर आर्जन !

    भमरकोटे ।

    [६]
    सीप
    पसिनाको मुल्य
    सन्तानको उज्यालो भविश्य !

    आर्त अकुलीन
    कैलाली

    [७]
    परिश्रम
    उमेर अनुसारको
    तुन्दै बुन्दै सिलाउँदै !

    सविता के.सी.
    काडमाडौँ ।

    [८]
    जिन्दगी
    कडा परिश्रम
    अभावमा आशाको किरण !

    भवानी घिमिरे
    सर्लाही

    [९]
    बाध्यता
    सिकाउँछ सभ्यता
    भोको पेटको आवश्यकता !

    प्रेम थापा “मन “
    बागलुङ

    [१०]
    सन्तान
    पढाउने रहर
    पेशा सडकमा पालिस !

    नवराज भट्ट

    [११]
    श्रम
    परिवर्तनको चाहना
    कर्म नै पूजा !

    कण्ठराज गिरी

    [१२]
    जीवन
    परिश्रमी हात
    बालकलाई दिऊन् आशीर्वाद !

    कमला देवकोटा,
    पाल्पा

    [१३]
    परिश्रम
    स्वावलम्बी हात
    वास्तविक जीवनको पाठ !

    राजाराम रत्गैंय
    अमौरा कैलाली

    [१४]
    अवसर
    बनाउन सकिन्छ
    जिन्दगीका धेरै चुनाैती !

    केशवप्रसाद ढकाल `प्रीतबीज´

    [१५]
    बुवाको
    मेहनत देखेर
    पढ्दैछु भविष्य सुधार्न !

    मंगला उपाध्याय

    [१६]
    सफलता
    लगनशील कर्म
    सच्चा मानव धर्म !

    पशपती राई

    [१७]
    जीवन
    कर्मको पर्याय
    संसार एक पाठशाला !

    गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [१८]
    सदुपयाेग
    श्रमकाे सम्मानमा
    सुन्दर संसार निर्माणमा !

    नीमबहादुर थापा
    लनपा-३ बनगाउँ देउखुरी ।

    [१९]
    पिता
    वर्तमानको मेहनत
    सन्तानको भविष्य सुनिश्चितता !

    प्रभादेवी पौडेल
    भरतपुर ९, चितवन

    [२०]
    जीवन
    सङ्घर्षको मैदान
    जिउने अथक प्रयास !

    मिलन के.सी.(थापा)
    पोखरा

    [२१]
    मिहिनेत
    दरिलो आत्मविश्वास
    एकदिन ल्याउँछ सफलता !

    नारायण कोइराला
    तानसेन पाल्पा

    [२२]
    परिश्रमी
    हातलाई रोक्न
    कसैले सक्दैन् यहाँ !

    सुशीला पौडेल

    [२३]
    जीवन
    फरक संसार
    तनमन आफ्नै आधार !

    सन्तु खत्री
    भक्तपुर

    [२४]
    पेशा
    जिउने कर्म
    हुँदैन सानो ठूलो !

    धनमाया चौधरी
    कैलाली जानकारी

    [२५]
    शिक्षाप्रेमी
    अभिभावक सन्तान
    परिश्रमी हुँदा महान् !

    टीकाराम जाेशी
    टीकापुर

    [२६]
    कर्तव्यबोध
    सन्तानको लागि
    सपनाहरू देखिन्छ जागी !

    इश्वरी अधिकारी
    लमजुङ

    [२७]
    जिन्दगी
    सम्झेर युद्ध
    खेप्नु पर्छ चोट !

    शारदा आचार्य
    ललितपुर ।

    [२८]
    छोराको
    पढ्ने मन
    बाबुको पढाउने मन !

    पुष्प शायरा
    विराटनगर ।

    [२९]
    पिता
    बाबुको कर्तव्य
    सन्तान खुशी हेर्ने !

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [३०]
    सङ्घर्ष
    मानव जीवन
    एक सडक यात्री !

    कविता आचार्य,
    कैलाली

    [३१]
    जीवन
    प्रत्येककाे फरक
    जीउँनु पर्छ जसरी !

    भावना मञ्जु
    माेरङ

    [३२]
    कर्म
    फलदायी हुन्छ
    निरन्तर लाग्नु पर्छ !

    समुन्द्रा शर्मा
    ईटहरी

    [३३]
    आत्मनिर्भर
    शिक्षा स्वास्थ्य
    परिश्रमी कला बाध्य !

    जमुना कायस्थ
    पोखरा

    [३४]
    बाबु
    गर्दै सङ्घर्ष
    सन्तानमा खुसी हर्ष !

    वसन्त अनुभव
    घोराही, दाङ

    [३५]
    काम
    प्राथमिकता माम
    शिक्षाले चिनाउँछ नाम !

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३६]
    मेहनत
    फकाइ फुल्याइ
    सन्तानको निरन्तर पढाइ !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर,काठमाण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४४औँ भाग शनिबार सम्पन्न

    पञ्चाङ्ग चित्रपटको आठौँ भाग सम्पन्न; १९ जना स्रष्टाहरूको सहभागीता

  • ११ चैत्र २०७८, शुक्रबार १४:०१ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: ०८
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७८/१२/१०

    प्रशिक्षक :
    ————
    सविता के.सी.
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीवार

    चित्र संकलक
    —————-
    गिता अर्याल

    समायोजन
    ————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ  शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग   ०१

    निरोगी हुन  बिहान व्यायाम   गर्नुपर्छ
    याेग    गरी याे  शरीरकाे राेग  हर्नुपर्छ
    हाम्रो परम्परामा चलेको योग नबिर्सौँ
    रोगलाई    पालेमा अकालमा मर्नुपर्छ
    हाम्रै प्राचीन  संस्कृति कै  भर पर्नुपर्छ ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    याेग ध्यान गराैँ साथी निराेगी हुने हाे,
    शुद्ध  खाना  नभएमा  राेगले छुने हाे ।
    तन  मन शुद्ध  पाराै   सात्विक  बनेर ,
    तन  स्नान  मन ध्यान  यसरी धुने हाे
    समयमा  नसाेचेमा   धर्धरी   रुने  हाे ।

    ✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर

    पञ्चाङ्ग   ०३

    याेगबाटै बन्छ मान्छे
    निराेगी छु भन्छ मान्छे
    ऋषि मुनिहरूकाे याे
    स्वस्थ बन्ने मन्छ मान्छे
    सय पुगैँ गन्छ मान्छे ।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

    पञ्चाङ्ग   ०४

    योगले हामीलाई सधैं बाँच्न सिकाउँछ,
    साथि भाइ सबै मिलेर नाच्न सिकाउँछ  ।
    प्रातकाल योग हामी ध्यान पूर्वक गरौँ,
    मान्यजन र साथीसँग हाँस्न सिकाउँछ ,
    सम्मान, सद्भावको माला गाँस्न सिकाउँछ ।

    ✍️दुर्गा आचार्य, मोरङ

    पञ्चाङ्ग   ०५

    योग गरर स्वस्थ्य जीवन बाँच्न सिकौँ अब हामी
    रोगहरूलाई जितेर  हाँस्न सिकौँ अब हामी
    शुद्ध खानपान दैनिक योग  गर्ने बानि गरौँ
    पाईँदैन फेरि जीवन साँच्न  सिकौँ अब हामी
    योग गर्दै खुसी बनेर नाच्न सिकौँ अब हामी

    ✍️चेतना पोखरेल, मोरङ

    पञ्चाङ्ग   ०६

    भगाउने  ध्यान र योग  गरेर  रोग   सबैले
    स्वास्थ्यको जोग भरौंन त गरेर योग  सबैले
    समयमै   तन   मन   दिएर    गरिनुपर्दछ  
    हटाउन पनि  सकिन्छ  मनको  भोग सबैले
    स्वस्थ व्यक्तिलाई नै सधैं दिनेछन् ढोग सबैले ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चाङ्ग   ०७

    पञ्चाङ्ग  १
    प्रात: उठी  सबेरैमा तातोपानी खानु पर्छ
    खाली पेट  गराएर  योग  गर्न  जानु  पर्छ
    योग गरी रोग  भगाउँ  ध्यान गरौँ  प्रभूको
    ठाउँ हेरी आफूलाई ओछ्याउने लानु पर्छ
    योगासन प्राणायाम  रोग व्याधि सानु पर्छ ।
    २
    प्राणायाम  योग   गरौँ  रोग    बगाउनलाई
    चित्त वृत्ति  रोक्न अनि शोक भगाउनलाई
    काम क्रोध लोभ मोह अहंकार त्याग्नु पर्छ
    खान   पान  सुधारेर  भोक   जगाउनलाई
    सत्य साँचो बाटोतिर  लोक   लगाउनलाई।
    पञ्चाङ्ग ३
    काम क्रोध लोभ  मोह  अहंकार रोग हो
    बिषय प्रती आशक्ति भयङ्कर भोग हो
    योगले चित्तका वृत्तिहरू निरोध हुन्छन्
    यम नियम आसन प्राणायाम  जोग हो
    तन  मन   वचन  कर्म  सुध्रनु  योग हो।

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०८

    निरोगी बन्नलाई हामीले योग गर्नुपर्छ
    रोगलाई जितेर हेर्नुस अगाडि सर्नुपर्छ
    कत्ती हिम्मत नहारी दिनहुुँ संघर्ष गरौँ
    तन्दुरुस्त हुन शरीर व्यायामले भर्नुपर्छ
    स्वस्थ भइ जिन्दगीको खोला तर्नुपर्छ ।

    ✍️आर्मित्मा थापा मगर, स्याङ्जा

    पञ्चाङ   ०९

    निरोगी बन्न योग अभ्यास जरुरी छ
    स्वास्थ्य जिन्दगी हुनु नै खास जरुरी छ
    जीवन स्वास्थ्य हुनु ठूलो धन हो हाम्रो
    आफू स्वास्थ्य छु भन्ने विश्वास जरुरी छ
    मस्तिष्क स्वस्थ्य छ भन्ने आस जरुरी छ।

    ✍️तारा घिमिरे सङ्खुवासभा

    पञ्चाङ्ग   १०

    सबैले  गरौँ   योग  ध्यानी   बनेर,
    सुखीले   जिऊँ   है  ज्ञानी  बनेर।
    मिली आज साथी सबैसाथ जुटी
    सबैको  पियारो  र  ज्यानी  बनेर।
    नजाने  सिकौँ  सिघ्र  यानी बनेर।

    ✍️ नारायणप्रसाद निरौला, काठमाडौं

    पञ्चाङ्ग    ११

    स्वस्थ शरीर हुनेछ गरेमा योगले हित गर्न सक्छ
    तनाव भगाउने कोसिस गरे एवम् रीत भर्न सक्छ
    हिताहार मिताहार अनि ऋताहार खाना मिलाएमा
    तन्तुरुस्त भई आफ्नै विविध ती रोगहरू हर्न सक्छ
    त्यो नै हो जीवनको सहयोगी जसले ज्ञान छर्न सक्छ ।

    ✍️प्रेम थापा “मन “बागलुङ

    पञ्चाङ्ग   १२

    योग र ध्यान तन मन पो जोड्ने साथी
    मन शान्त  पार्ने कुलत पो छाड्ने साथी
    प्रणायम  र  व्यायायम नै हुन् धेरै जाती
    सत्यको बाटो रोझ्न यसैले मोड्ने साथी
    आत्मामा अमृत रोपी फूल गोड्ने साथी।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग   १३

    योग गरेर  निरोगी   हुनुछ
    रोग हरेर निरोगी    हुनुछ
    हर बिहान एक एक घन्टा
    ध्यान भरेर निरोगी  हुनुछ
    शन्त बनेर निरोगी  हुनुछ।

    ✍️सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग    १४

    सधैँ योग गरी रोग भगाउँ हामीले।
    प्रतिरोधात्मक शक्ति बढाउँ हामीले।
    मन आत्म स्वच्छ राख्न ध्यान दिने गरौं,
    आत्म,मनमा शुद्धता जगाउँ हामीले।
    जीवन शैली विकास गराउँ हामीले।

    ✍️सुशीला पौडेल, काठमाडौं

    पञ्चाङ्ग   १६

    योग एउटा साधना हो रोग निको पार्छ साच्चै
    ब्यायाम त हामी सहि गरौँ किटाणु मार्छ साच्चै
    बिहान उठि योग गरेमा रहन्न  रोग ब्याधी
    अल्छिपना नि रहन्न बाबै तनमा हार्छ साच्चै
    छैन पैसा पासमा आफ्नो योगले पो टार्छ साच्चै।

    गिता अर्याल, नेपालगन्ज

    पञ्चाङ्ग   १७

    शरीरलाई  योग नै   चाहिन्छ साथी
    योग गरेपछि   बाँच्न पाइन्छ साथी
    दिनहुुँ  योग गर्नाले       शरीर बन्छ
    बाँच्दासम्म नै योगमै छाइन्छ साथी
    आफू सधैँ योगतिर   धाइन्छ साथी

    ✍️देवि कार्की खुलाल, झापा

    पञ्चाङ्ग   १८

    सही साेच ब्यायाम नित्य गरी सब दिन ।
    सात्विकी खाना सादा नाना धरी सब दिन ।
    अठासी हजार ऋषिकाे ध्यान सम्झी सारा ,
    बन्नेछ तन स्फुर्ति उस्तै भरी सब दिन ।
    याेगले जान्छ दीर्घ  राेग टरी सब दिन ।

    ✍️भवानी  घिमिरे
          सर्लाही

    पञ्चाङ्ग   १९

    योग गरौँ,ज्ञान लिनलाई अघि सरौँ सदा
    स्वास्थ्य नै ठूलो धन हो अब ख्याल गरौँ सदा
    स्वर्ग नर्क कहिँ छैन यहाँ  सदाचार ठूलो
    श्रममा शक्ति हुन्छ यसकै भर परौँ सदा
    स्वस्थ रहन व्यायाम गर्न बेसी झरौँ सदा।

    ✍️निर्मला सुवेदी, बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग चित्रपटको आठौँ भाग सम्पन्न; १९ जना स्रष्टाहरूको सहभागीता

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ११ चैत्र २०७८, शुक्रबार १३:५२ मा प्रकाशित
  • १
    वसन्त
    कोकिल कण्ठ
    उमङ्गको बढ्दो उत्कर्ष !

    २
    हरियाली
    सिमसिमे पानी
    मुस्कुराउँदै प्रकृति रानी !

    ३
    फूल
    ढकमक फक्रेका
    परागमा मख्ख भमरा !

    ४
    पक्षी
    भ्रुण जोहो
    बुन्दै तार जाली !

    ५
    सञ्चार
    नवरस शरीरमा
    मल्हम बन्दै ग्रीष्मको !

     - कमला देवकोटा 
             सदस्य 

    उदक साहित्य समाज नेपाल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका तीन उत्कृष्ट उदकहरू

  • १० चैत्र २०७८, बिहीबार ०७:३८ मा प्रकाशित
  • १.
    सपना
    मनकाे कल्पना
    जीवन विताउने तिर्सना !

    २.
    झरना
    पानीको गाना
    प्रकृतिको अनुपम ताना !

    ३.
    वसन्त
    पालुवाकाे आगमन
    रमेका धरणी हरियालीमा !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका तीन उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P