पतञ्जली परिवारबाट गाेरखनाथ गुरुकुललाई आर्थिक सहयाेग प्रदान

  • १३ चैत्र २०७८, आईतवार ०९:३८ मा प्रकाशित
  • दाङ घोराहीको चौघेरा स्थित गोरखनाथ वैदिक गुरुकुललाई ५६ हजार बढी रकम आर्थिक सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकम गुरुकुल सञ्चालनार्थ कोष खडा गर्नका लागि दिइएको हो ।

    गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ चौघेरा दाङमा शनिबार आयोजित एक कार्यक्रममा पतञ्जली योग समिति, लुम्विनी प्रदेश सह-प्रभारी शारदा पोख्रेल नेतृत्वको टोलीले गुरुकुललाई उक्त रकम हस्तान्तरण गरेको थियो । टोलीमा पतञ्जली योग समितिका जिल्ला, नगर र नगर उपकेन्द्रका योग गुरुहरुको सहभागीता थियो ।

    कार्यक्रम पतञ्जली योग घोराही नगर समिति अध्यक्ष एवं योग गुरु तोयनाथ योगी ज्यूको अध्यक्षता, गुरुकुल सञ्चालन समितिका अध्यक्ष तथा पूर्व पीठाधीश याेगी देवनाथजी महाराजको प्रमुख आतिथ्य एवं पतञ्जली योग लुम्विनी प्रदेश सह प्रभारी आदरणिय गुरुआमा शारदा पोख्रेल,पतञ्जली योग समिति दाङ जिल्ला अध्यक्ष आदरणीय गुरु उदयबहादुर डाँगी तथा युवा प्रभारी केतनारायण आचार्य ज्यूको विशेष उपस्थितिमा सम्पन्न भएकाे थियो । साथै उक्त कार्यक्रममा गुरुकुल पदाधिकारीहरू, वटुक एवं कन्या सहित अन्य ब्यक्तिहरूको पनि उपस्थिति रहेको थियोे।

    गुरुकुलका वटुक तथा कन्याको स्वस्ती वाचन सँगै शुरु भएको कार्यक्रममा टोलीले पतञ्जली योग र गुरुकुलको सम्बन्ध नङ र मासुको झैँ भएको हुँदा आगामी दिनहरूमा पनि आर्थिक लगायत अन्य सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको थियो।

    गुरुकुलको उन्नयनका लागि सहयोग गरेकोमा गुरुकुलले पतञ्जली परिवार प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गरेकाे थियाे ।

    गुरुकुलमा सहयाेग प्रदान गर्नुहुनेकाे विवरण यसप्रकार रहेकाे छ:

    १)ॐशिरडीसाई योग साधना केन्द्र,दाङ रु११,१५५/=
    २)पतञ्जली योग लुम्विनी प्रदेश समिति ,दाङ रु१०,०००/=
    ३)पतञ्जली योग समिति दाङ रु१०,०००/=
    ४)पतञ्जली योग घोराही नगर समिति रु१०,०००/=
    ५)नोकबहादुर योगी,घोराही दाङ रु५,०५०/=
    ६)राप्ती योगाहल दाङ रु२,७७२/=
    ७)गंगाराम आचार्य रु२,१००/=
    ८)गणेश मन्दिर योग साधना केन्द्र रु१,५००/=
    ९)पतञ्जली योग गुलरिया केन्द्र दाङ रु१,५००/=
    १०)गोरक्ष योग केन्द्र रु१,१६०/=
    ११)लक्ष्मीपुर योग साथना केन्द्र रु१,०००/=
    ——————-
    जम्मा कुल सहयोग रु ५६,२३७/= छपन्न हजार दुई सय सैंतीस रुपैँया रहेकाे छ ।

    Leave a Reply