• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २० जेष्ठ २०७९, शुक्रबार २१:२१ मा प्रकाशित
  • १
    जङ्गल
    पशुको राज
    चौतर्फी शिकारीको जाल!

    २
    जङ्गल
    पशुपक्षीको घर
    सधैँ आगलागीको डर !

    ३
    जङ्गल
    सिंहको गर्जन
    त्रासमा बाँच्ने निर्धन !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री टीकाराम पुन मगरका उत्कृष्ट उदकहरू

  • २० जेष्ठ २०७९, शुक्रबार २०:५४ मा प्रकाशित
  • १
    शहर
    व्यस्त सडक
    भागदाैडमा रित्तिँदै जिन्दगी!

    २
    शहर
    कल्पनाको संसार
    युवाहरूकाे रमाउने रहर !

    ३
    शहर
    गगनचुम्बी भवन
    काेठाभित्र साँघुरिएका मन !

    ४
    शहर
    साँझ रङ्गिन
    नशालु भाेगमा तल्लीन !

    ५
    शहर
    परिश्रमको संसार
    कामकाे छैन् दरकार !

    ६
    बादल
    पाेलिएकाे धरती
    राहत पाउने आशा !

    ७
    वर्षा
    जीवन जल
    शुष्क धरतीमा बीज !

    ८
    जुरायाे
    जन्मकुण्डलीकाे मेल
    आँकडाकाे ठुलो खेल !

    ९
    पारपाचुके
    मनको अनमेल
    आँकडाकै ठुलो खेल !

    • टीकाराम पुन मगर, सल्यान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री टीकाराम पुन मगरका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • २० जेष्ठ २०७९, शुक्रबार २०:४७ मा प्रकाशित
  • १
    सगरमाथा
    शिरको टोपी
    मेरो देशको पहिचान !

    २
    सगरमाथा
    विश्वको शिर
    नेपाली माटोको मान !

    ३
    सगरमाथा
    अग्लो ठाउँ
    नेपाली शिरको सान !

    ४
    हिमनदी
    सदाबहारको ताल
    कञ्चन सलल जल !

    ५
    पानी
    झरी नदी
    माटोमा टल्किने चाँदी !

    ६
    वासना
    फूलको सुगन्ध
    काँडासँगको छुट्टै सम्बन्ध !

    ७
    कोष
    दैलाको सङ्गेठेलो
    काजलको सुन्दर रेखा !

    ८
    जीवन
    कोरा कागज
    झरीमा रुझेको मुसा !

    ९
    प्रकृति
    आफ्नै आकृति
    सुखमा बिगार्नु विकृति !

    १०
    देश
    मनको प्रेम
    हिमाल पहाड तराई !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

  • २० जेष्ठ २०७९, शुक्रबार १६:४९ मा प्रकाशित
  • १
    वर्षा
    निरन्तर झरी
    उर्लिएको मेघ बेसरी !

    २
    बादल
    भयानक गर्जन
    हुर्रिएर बर्सन तयार !

    ३
    माैसम
    निरन्तर परिवर्तन
    प्रकृतिको सटीक नियम !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

    टुक्का अभियन्ता केशवप्रसाद ढकाल ‘प्रीतबीज’का दोहाेरी टुक्का कविताहरू

  • २० जेष्ठ २०७९, शुक्रबार ०५:५६ मा प्रकाशित
  • केटी:
    मेरो दिल तिमीले जलाई,
    गयाै टाढा छाेडेर मलाई।
    केटा:
    धनविना घर नै चलेन,
    भनेकै थ्याै चुलो नि बलेन ।
    केटी:
    खाेले सिस्नु खाएको नि राम्रो ,
    सँगै बस्ने जिन्दगी हाे हाम्रो ।
    केटा:
    आउनेछु म घर फर्केर,
    बस बस मायालु पर्खेर ।
    केटी:
    चिन्ता छ नि मायालु नहुँदा ,
    कस्ले भन्छ नराेऊ म रुँदा ।
    केटा:
    तिमी मुख नपार अँधेराे,
    टाढैबाट सम्झना छ मेरो ।
    केटी:
    बैँसवेला जाने भाे लाै खेर,
    फेरि पछि घुम्दैन उमेर ।
    केटा:
    फिर्छु अब तिमी म जमाैँला ,
    धैर्य गर मायालु रमाैँला ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on टुक्का अभियन्ता केशवप्रसाद ढकाल ‘प्रीतबीज’का दोहाेरी टुक्का कविताहरू

    उदक यात्री कल्पना पहाडीका उत्कृष्ट उदकहरू

  • १९ जेष्ठ २०७९, बिहीबार १०:५६ मा प्रकाशित
  • १
    आमा
    निश्वार्थ देवी
    धान्छिन् विधाताको सृष्टि !

    २
    चुनाव
    बेमौसमी चाड
    वर्षामा खहरेको बाढी !

    ३
    राजनीति
    झुटको पेसा
    विना प्रमाणको जागिर !

    ४
    विवाह
    जीवनको दाम्लो
    यौनको वैधानिक अनुमति !

    ५
    प्रेम
    भावनाको सरोजिनी
    डुबेपछि तैरिन नसकिने !

    • कल्पना पहाडी, सिन्धुली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कल्पना पहाडीका उत्कृष्ट उदकहरू

    उदक यात्री समुन्द्रा शर्माका उत्कृष्ट उदकहरू

  • १९ जेष्ठ २०७९, बिहीबार १०:५१ मा प्रकाशित
  • १
    संवाद
    दु:ख सुखको
    मनको बोझ हलुङ्गो !

    २
    साथी
    आत्मिय शब्द
    सधैँ सम्झना पवित्र !

    ३
    बालापन
    अमूल्य समय
    जिन्दगीको सुन्दर पल !

    • समुन्द्रा शर्मा, इटहरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री समुन्द्रा शर्माका उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १९ जेष्ठ २०७९, बिहीबार १०:४६ मा प्रकाशित
  • १.
    आमा
    तिम्रो बिम्ब
    रहन्छ सधैँ मनमा !

    २.
    तिमी
    सधैँ मेरो
    अधुरो प्रेम कहानी !

    ३
    अठोट
    लक्ष्य ठानी
    ज्ञान हासिल गरेर !

    ४.
    बुद्ध
    ज्ञानको लक्ष्यमा
    कोसिस जारी राख !

    ५.
    अभाव
    सधैँ जिउने
    जीवनको एक नाटक !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    घाेराहीकाे तेराैटे स्थित जेष्ठ नागरिक सराेकार केन्द्र (वृद्ध आश्रम )मा गाेरखनाथ वैदिक गुरुकुलका वटुकद्वारा हवन र गीता पाठ

  • १८ जेष्ठ २०७९, बुधबार १४:४५ मा प्रकाशित
  • जेष्ठ १७, तेराैटे, दाङ
    दाङ जिल्लाकाे तेराैटेमा संचालित वृद्ध आश्रममा गोरखनाथ वैदिक गुरुकुलका वटुकहरूले हवन र गीता पाठ गरेका छन्।

    आश्रममा बस्दै आउनु भएका एक जेष्ठ सदस्य गाेविन्द आचार्यकाे १३औँ दिनकाे शुद्ध शान्तिकाे कार्यक्रममा मृतात्माकाे शान्तिका लागि हवन तथा गीता पाठ गरिएकाे हो । आश्रमको निमन्त्रणामा गुरुकुलका पदाधिकारी लगायत वटुक तथा कन्या त्यहाँ पुगेको गुरुकुलले जनाएको छ।

    संस्थाका अध्यक्ष भुपाल गिरीकाे अध्यक्षता एवं गाेरखनाथ वैदिक गुरुकुलका अध्यक्ष जाेगी देवनाथकाे प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको प्रमुख वक्ताको रूपमा बोल्दै जाेगी देवनाथले समाजमा गुरुकुल शिक्षाकाे अपरिहार्यता तथा वृद्ध आश्रममा असल सन्तानकाे अभावमा वृद्ध आश्रमा आउनुपर्ने उत्पन्न अमानवीय अवस्थाहरु सुनिदा दुख लागेकाे कुरा ब्यक्त गर्नुभयो ।
    साथै उहाँले वृद्ध आश्रममा पनि प्रयाप्त स्थान भएकाे, भाैतिक संरचनाकाे पनि खासै अप्ठेराे स्थिति नभएकाले गुरुकुल चलाउदा राम्राे हुने बताउनुभयाे ।
    धेरै जिल्लामा ५,६ वटा गुरुकुल रहेकाे र सबै आश्रमहरू राम्राेसँग चलेको उल्लेख गर्दै ती आश्रमहरू प्राय: गुरुकुलकै कारण चलेको बताउनुभयो।
    दाङ जिल्लामा एउटा मात्र गुरुकुल हुनु त्याे पनि चलाउन गाह्रो हुनु सबैकाे लागि लाजमर्दाे कुरा रहेकाे सबै वक्ताहरूको धारणा थियाे ।

    जेष्ठ नागरिक सराेकार मञ्चकी सदस्य सुषमा कुमारी रेग्मीले संचालन गर्नु भएकाे कार्यक्रममा जेष्ठ नागरिक सराेकार मञ्चका सुसिला आचार्य, रुपा वली, मनाेरमा शर्मा तथा गुरुकुलका निवर्तमान अध्यक्ष तथा प्रमुख व्यवस्थापक प्रकाश भट्टराईको उपस्थिति रहेकोे थियो ।

    अन्तमा संस्थाका अध्यक्ष भुपाल गिरीले गुरुकुलसँग संस्थालाई जाेड्न पाउँदा खुसी लागेकाे उल्लेख गर्दै सबै मिलेर गुरुकुल राम्रोसँग चलाउनु पर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले कार्यक्रममा सहभागिताकाे लागि गाेरखनाथ वैदिक गुरुकुल परिवार प्रति धन्यवाद प्रकट गर्नुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on घाेराहीकाे तेराैटे स्थित जेष्ठ नागरिक सराेकार केन्द्र (वृद्ध आश्रम )मा गाेरखनाथ वैदिक गुरुकुलका वटुकद्वारा हवन र गीता पाठ

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न

  • १८ जेष्ठ २०७९, बुधबार ०८:०० मा प्रकाशित
  • काठमाडौ, १४ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ३५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जीत सधैँ खरो नहुँन सक्छ, यथार्थको कराहीमा,
    हारेर पनि जीत हुन्छ रे, आफ्नै घरको लडाइँमा ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कसैलाई सरकारमा जान हतार थियो गयो,
    मलाई त चुनाव लड्नु समेत ठुलो जित भयो।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [२]
    स्वच्छ प्रतिस्पर्धाकाे लडाइँमा जित्दा धेरै राम्राे,
    जालझेल र कुटनीतिले बिग्रियाे छवि हाम्राे ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [३]
    राजनीतिमा जीत उसैको हुन्छ,
    जसले नित्य दीनको पाउ छुन्छ।
    ✍️
    बिके मुखिया,
    सिग्रीमताम बस्ती दार्जीलिङ, भारत।

    [४]
    बिना कुलो गन्तव्यसम्म पुग्न बग्दैन पानी,
    नसके त लड्न चुनौतीसँग गर्नेछ हानी ।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    [५]
    हारजित हुने जान्दाजान्दै भन, चुनाव लड्यौ किन,
    अब कसरी तिर्छौ चुनावमा बाँडेको पैसाको रिन ?
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [६]
    लु भन्नुस् आखिरमा कसले खै कति जितेर लान्छ?
    आखिर सबै मान्छे यो संसारबाट बितेर जान्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ

    [७]
    लङ्कामा युद्ध भयो रामको रावण सित,
    हिम्मत भए स्वतन्त्र भै अझै पनि जित ।
    ✍️
    माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन

    [८]
    अकलुषित स्वच्छ ढङ्गले पो जित्दा राम्रो हुन्छ,
    शालीन जीतले मात्रै प्रगतिको मन्जिल छुन्छ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [९]
    सम्झना हाेला कसैलाई बाबै हिजोको खनिउँ,
    जित्नेकाे हातमा हुने नै भयाे डाडु र पनिउँ ।
    ✍️
    `प्रीतबीज´
    गाेरखा

    [१०]
    चाहे कुलो जता खनियोस्, मतलब भएन,
    तर खनिएको कुलोमा, पानी किन गएन ?
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [११]
    हारजित दलदलकाे जे हाेस् जनताकाे होस् जित,
    हारजित ब्यक्ति ब्यक्तिमा जे हाेस् नेपालकाे होस् हित ।
    ✍️
    निरज काेइराला
    बेलका १ उदयपुर

    [१२]
    देखाउन मात्र गर्छन् कुरा, हुन्छ गहिरो नाता,
    जसले जतिसुकै भनोस् बस्छन् मिली भई भ्राता ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१३]
    भिजन सोधौं अरूको चिन्हबाट जित्ने कतिलाई,
    मान गरौं गठबन्धनमा त्याग गर्ने जतिलाई ।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [१४]
    चुनावमा उत्रेपछि हुन्छ जित हार,
    मुख्य कुरा पहिले आफ्नाे मति सपार ।
    ✍️
    प्रद्युम्न चालिसे

    [१५]
    कोही हारेर पनि प्रगतिमा लगाउँछन् मीत,
    आडम्बरले नै कोही पोखिन्छन् भए पनि जीत ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    मृत्युसँग लडेर पशु पुगे कराहीमा नुनसँगै भुटिन,
    यता मानिस भुटन खादै थाले हर्षले आनन्दमा कुटिन।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१७]
    एकै देश उही समाज नियम हो हार र जीत,
    हारेकालाई नि साथ लिई गराैं लगाए झैँ मीत ।
    ✍️
    रामप्रसाद पुरी
    ऐसेलुखर्क २ बादेल,खाेटाङ

    [१८]
    जिते पनि हार्न सक्छाै लत छाड्न थाले,
    शिराेपर गर आज्ञा जे जे भन्छन् बाले ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [१९]
    अङ्गार खाएर आगो ओकल्दैमा हुने कुरा के छर ?
    हारजितमा नअल्झी लौ जनताको माग पूरा गर ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२०]
    मनको जित दीगो हुन्छ धनको भर हुन्न,
    स्वच्छ रहे प्रतिस्पर्धा कुनै डरले नि छुन्न ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [२१]
    चुनाव एउटा खेल न हो, पक्कै हारजित हुन्छ,
    जीत उसको हुन्छ, जसले जनताको मन छुन्छ ।
    ✍️
    बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४ झापा

    [२२]
    स्वीकार्नुपर्छ हार होस्, वा जित किन सरोकार,
    विचार सत्य बोकेनौ भने, के दिन्छौ अधिकार ?
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२३]
    जित हार भन्ने कुरा प्रकृतिको हो ऐन,
    बिर्सिएर सबैकुरा बटुल्नुपर्छ चैन ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२४]
    जीते भनेर किच्च दाँत देखाएर मात्र हुने भए,
    विकास नगर्नेहरू त हारेर खोलैखोला नै गए ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२५]
    न अर्थ नत कुनै महत्व छ, जीत-हारको हिजोआज,
    व्यर्थको ढाकछोपले चलेको छ, प्रजातन्त्र लाजकाज।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२६]
    स्वच्छ प्रतिस्पर्धा गरेर कामगर्दा हेर हुन्छ जित हार,
    नेताज्यूहरू आ-आफ्नो विवेक बुद्धि मति लौ आफैं सपार ।
    ✍️
    बेदु न्यौपाने भोजपुर
    हाल निवास काठमाडौ

    [२७]
    लेखिएका टुक्का जब सोचेर निकालेर फालिए,
    यताबाट फालिनुभन्दा राम्रो आफैं लेख्न छाडिए ।
    ✍️
    पौडेल विमुन्स

    [२८]
    रितिरिवाज नै हो यो पनि कहिले जित कहिले हार,
    सहज रुपमा लिनुपर्छ जनताको आक्रोश र प्यार ।
    ✍️
    सुरेखा चाम्लिंग**
    -भक्तपुर//

    [२९]
    हारजित सधैँ हुन्छ आपसमा वैरभाव किन भयो,
    अर्कालाई हानेको बन्चरोले आफ्नै खुट्टामा लाग्न गयो।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३०]
    जसले हरेक जनताको मनमा छुन्छ,
    माथिदेखि तलसम्म जीत उसकै हुन्छ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३१]
    प्रयत्न सदा जारी राख्नु, हारजित जे भएपनि,
    झुक्ने गर्दछ विवेकशील मान्छे कलम झैँ बनि ।
    ✍️
    जिकुमार गौतम

    [३२]
    उसले खुट्टादेखि शीर सम्म माला लगायो,
    जीतमा मासुभात खाएर दुनियाँ अघायो ।
    ✍️
    कर्ण दयाल
    मेलौली नगरपालिका ७ , बैतडी

    [३३]
    नियम नै हाे चुनावको हुने गर्छ हारजित,
    अब मिली अघि बढ मैत्री भावले गर्दै हित ।
    ✍️
    रामकृष्ण रिजाल

    [३४]
    न जीत न हार किन आफ्नैसँग पनि गर्नु लँडाइ,
    रिस र घृणा ब्यर्थ हुन् यसमा कसैको हुन्न भलाइ ।
    ✍️
    गोपालकृष्ण डंगोल
    काठमाण्डौँ हाल इटहरी

    [३५]
    जिन्दगी एक खेल हो, कहिले हार कहिले जित,
    आफ्नै टाढा हुन्छ कहिले, पराइ बन्छ साक्खै मित ।
    ✍️
    वसन्त अनुभव
    घोराही उ.म.न.पा.१४, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P